नेपालका कम्युनिष्टहरुलाई संसदीय परिपाटीमा सफल बनाउने श्रेय मदनकुमार भण्डारीलाई जान्छ । भण्डारीले बहुदलीय जनवादको सिद्धान्त अपनाएर एमालेलाई त्यस अनुरुप हिडाए । पार्टीको महासचिवव भएका बेलामा वि.स. २०४८ सालमा संसदको निर्वाचन भयो । जसमा उनको पार्टीले चमात्कारिक नतिजा ल्यायो ।सिद्धान्तकारका साथसाथै धारा प्रवाह रुपमपा भाषण गर्न सक्ने नेताको पहिचान बनाएका भण्डारीको वि.स.२०५० सालको जेठ तीन गते चितवनको दास ढुंगामा भएको जिप दुर्घटनामा परेर निधन भयो । सो घटनामा उनीसँगै पार्टीका तत्कालिन संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि ज्यान गयो ।
मदन आश्रितको निधनसँगै यो घटना नेताहरुको ज्यान लिने नियतले गराएको भन्ने टिप्पणी अहिलेसम्म पनि सन्न पाइन्छ । दुई नेताको मृत्युपछि देश व्यापी तरंग आयॊ । प्रतिक्षालय र चौतारा पनि ठाउँठाउँमा बने मदनआश्रितको नाममा । साथै उनका भाषण र विचारको प्रवाह पनि एकदमै हुन थाल्यो देशका कुना कुनासम्म ।
उनले भनेको राजनीतिमा थकाइ भन्ने शब्दावली नै हुँदैन भन्ने वाक्य राजनीतिककर्मीका लागि आदर्श बचन भएको छ । कम्युनिष्ट हुन् या काँग्रेस सवैको ओठबाट निस्कने गर्छ यो बाक्य । महान नेताको यस उदगारलाई मैले काट्न खोजेको पक्कै होइन तर मलाई लागेको कुरा के हो भने थाकाइ त जसलाई पनि जहाँ पनि लाग्छ नि होइन र ?
भण्डारी माक्स्रवादी सिद्धान्तमा विश्वास गर्दथे । माक्सवादले द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छ । दुई बस्तुबीच जहाँ पनि संघर्ष हन्छ भन्ने यसको सार हो । संघर्षमा सधै माथि परिन्छ भन्ने ठान्नु उपयुक्त नहोला । संघर्षमा कहिले को त कहिले को माथि हुन्छ । तल परेका बेलामा सधै यस्तै हुन्छ भनेर निरास हुन भएन ।
काम गर्दा थकाइ पनि लाग्छ भन्ने सत्यलाई किन भुल्ने । थकाइ लागेपछि बसेको बस्यै हुनु पो भएन । केही क्षण विश्राम लिए अगाडी बढ्न झनै सजिलो हुन्छ । राजनीतिक भाषामा यसलाई शक्ति संचय भन्छन् । हिड्दै गर्दा थकाइ लागे चौतारामा बस्ने गरिन्छ । यात्रा थाल्दा बाटोमा सुस्ताउने त्यस्ता उपयुक्त चौताराहरु कहाँ कहाँ छन् हेक्का गरेर योजना बनाए राम्रो ।
भण्डारीले थकाइ भन्ने शब्दलाई शब्दावली भने भनेर भाषा विज्ञहरुले व्याकरणको दृष्टिबाट केही आलोचना पनि नगरेका होइनन् । मैले यहाँ राखेको कुराहरु त्यो ढंगको तथ्यपूर्ण अवश्य छैन । मनमा लागेको कुरा मात्रै व्यक्त गर्ने मेरो जमर्को हो । अन्तिममा स्वर्गीय नेता मदनकुमार भण्डारी र जिवराज आश्रितप्रति हार्दिक श्रादांजली ।
Thank You Rames ji
ReplyDeletemaile Jeev Raj Aasirt ko photo khojeko thiya paiyana
Ram Chandra Acharya
Bharatpur-11
Chitwan
charmnepal@yahoo.com