एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज अनिल शर्मा आफै पनि लेखक हुन् । उनले लेखेका सवै कुरा बहुसंख्यक समुदायको हितका लागि हो भन्ने उनलाई लाग्न सक्छ । उनले लेखेको मन नपराउने पनि प्रसस्तै हुन सक्छन् । मन परेन भनेर उनका अक्षरहरुलाई आगो लगाउने काम भयो भने उनको चित्तले के भन्ला अक्षरको मर्म बुझेका जो कोही पनि अक्षरमा आगो लगाउन अग्रसर हुँदैन । अक्षरको अस्तित्व त्यसरी नामेट पार्न सकिन्न भन्ने उसले बुझेको हुन्छ । तर तिनै अनिलले सल्काए अक्षरका विरुद्ध आगो ।
भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक रहस्यमय ढंगले सम्पर्क बिहिन भएपछि अनेक अड्कलहरु चल्न थाले । दिन बिते हप्ता बिते डा.भक्तमान कहाँ छन् कस्तो अवस्थामा छन् के भएर यसरी सम्पर्क बिहिन भएका हुन् भन्ने कुराहरु रहस्यमै रहन थाले । यस्तो अवस्थामा बारको नागरिकले भक्तमान मओावदीको कब्जामा भन्ने समाचार छाप्यो । कब्जामा लिनु पर्ने कारणहरु पनि समाचारमा उल्लेख थिए ।
एकीकृत नेकपा माओवादी का सह सेक्रेटरी ओवनाथ पाण्डेले फोन गरेर भने मसँग असन्तुष्ट प्रकट गरे समारचार भ्रामक हो । यस्तो समाचार छापेकाले पत्रिका जलाउने निर्णय भएको उनले सुनाए । पाण्डे र म कुनै बेलाका सहपाठी पनि हौं । उनलाई मैले भने समाचारको असन्तुष्टि यसरी सडकमा पोख्न भएन । एकीकृत नेकपा माओवादी जस्तो देश कै ठूलो पार्टीले विधिसम्मत तरिकालाई नपछ्याएर सडकमै आक्रोश पोख्दा पर्ने दुरगामी प्रभावलाई ख्याल राख्नु होला भन्ने आग्रह गरे पनि उनी अडानबाट ओर्लेनन् ।
भरतपुरको चौविस कोठीमा मध्यन्ह १२ बजे पत्रिका जलाउने निधो भए छ । ठाउँठाउँबाट माओवादीका कार्यकर्ता जम्मा भएका थिए । केही साहित्यकारहरु समेत नागरिकलाई सराप्दै अक्षर सल्काउने अनुष्ठानको शोभा बढाउन सहभागि भएका थिए । इन्चार्ज अनिल शर्माले पत्रिका जलाउनुको औचित्य सिद्ध गर्न केही बेर शब्दहरु खेर फाले । पत्रकारले मनपरि गरॆको हुँदा आफुहरुले पनि साथमा रहेको हतियार निकाल्ने उद्घोष अनिलले गरे । अनिलको पार्टीले हतियार उठाएर संघर्ष गरेको हो । अहिले हतियार कन्टेनरमा बन्द छ । कन्टेनरबाटै हतियार निकालेर पत्रकार विरुद्ध आउलान भनेर हामीले नठाने पनि माओवादीले निकाल्ने हतियार के होला भनेर सर्वसाधरणले बुझ्ने उनै एसएमसी एलएमजी नै हो ।
अनिलले त्यस्तो वाक्य नबोलेको भए राम्रो हुन्थ्यो । अक्षरका भक्त भए पनि अक्षरमा आगो साल्काउन अग्रसर हुँदा हतियारको ध्वास आइहाल्दो रहेछ । उनलाई पनि त्यस्तै भयो । पत्रिका जलाउने तयारी हुँदा माओवादीका कार्यकार्तले तालि ठोके । पार्टीका सह इन्चार्ज शोभा कट्टेलले दुई किनारमा समातेर पत्रिका झुण्ड्याइन् । अनिलले साथमा भएको हतियार ग्याँस लाइटर निकाले । शोभाको हातमा पत्रिका झुण्डीको देख्दा मनले ठान्यो कसैलाई फासिको तख्तामा राखिदै छ र जल्लादहरुले व्यक्तिको घाँटीमा फन्दा हाल्ने र खुट्टले टेकेको तख्ता तान्ने तयारी गर्दैछन् । शोभाले समाएको पत्रिकामा अनिलले आगो झोसे । विस्तारै पत्रिकालाई आगोलाई आगोले खायो । यसो गहिरिएर हेरेको आगोले खाएको पत्रिकाको अक्षर झनै तेजिला पो देखिए । माओवादीको लर्को ठूलै वर्ग दुष्मनलाई निर्मुल गरेझै विजयी भाव लिएर फक्र्यौ ।
अनिलले नागरिकले माफी नमागे जे पनि हुन सक्ने चेतावनी दिएका थिए । त्यो चेतावनीको प्रभाव भोलि पल्ट शनिबारकॊ बिहानीमा देखियो । नागरिक बोकेर काठमाडौंबाट आउँदै गरेको गाडीलाई नारायणगढको रामनगर जंगल नजिक रोकेर माओवादीका कार्यकर्ताले आगो लगाए । सात वर्षको बालक र त्यसका चालकलाई समेत ओर्लने मौका नदिएर उनीहरुले आगो झोसेर दौडिएछन् । हिजो अक्षर पोल्न अग्रसर हुनेहरु ज्युदै मान्छे पोल्न लम्केछन् । बल्ल बल्ल ज्यान जोगएका चालक किसन श्रेष्ठ र उनीसँग रहेका भतिज सात वर्षीय सुदर्शन श्रेष्ठको सातो नै गएको थियो । वालक सुदर्शन बोल्न खान छाडेर टोलाउने मात्रै भएका छन् ।
गाडीमा रहेका धेरै पत्रिका जलेका रहेछन् । बाँकी रहेको मध्येबाट एउटा पत्रिका झोलामा राखेर म फर्के । दिनभर व्यस्त रहेकाले साँझपख पत्रिका हेर्ने मौका मिल्यो । पत्रिका अगाडीको किनार आगोले खाएको थियो । एक त थाकेको शरीर त्यसमाथि पत्रिकाको जलेको अंशले मन भावुक हुँदै थियो । त्यसैबेला विदेश पुगेको साथी रामेश्वरको फोन आयो । यताको घटनाक्रमसँग जानकार उसले सोध्यो 'रमेश के गर्दैछस् ?" मैले भने "आगोले बाँकी राखेका अक्षरहरु हेर्दै छु" । उसले थप्यॊ " साथी आगोले निल्नै सक्दैन अक्षरलाई "

अक्षरसंग खेल्ने बेलामा आगोसंग खेलेपछि आगोवालाहरुलाई यो अक्षरको महत्व कति होला भनेर के थाहा छ र ?? धन्न भण्डाराको काजोल प्रकरण दोहोरिएनछ ।
ReplyDelete