Thursday, May 20, 2010

बाँध हुँदैन, मन थुन्ने

पानी सङ्लो भए पनि लोथर खोलाको बहाव केही तेज पाइला दह्रो नबनाई तर्न गाह्रै पर्छ एक जना युवकले पिठ्युमा नानी बोकेका छन् उनीसँग हात समातेर अर्की एक युवती खोलो तर्न तम्सेकी छन् खोलो पार गर्न लागेको यो सानो समूह चितवन पिप्लेका हेमबहादुर चेपाङको परिवार हो उनले यो सानो संसार निकै दुःखले आर्जेका हुन्
दसैं मनाउन उनीहरु काठमाडौंबाट घर आउँदै रहेछन् महेन्द्र राजमार्गको आडैमा पर्ने लोथरमा झरेर उनीहरु घर तर्फ जाँदै थिए मकवानपुर चितवनको सिमानामा पर्ने यो बजार सानो तर ढिडो लोकल कुखुराले गर्दा प्रख्यात चितवनको कोराक, लोथर, पिप्ले गाविसको पहाडी गाउँ मकवानपुरको काँकडाका चेपाङ तथा तमाङको मुख्य बजार यो नै हो
पहाडबाट झरेका चेपाङहरु लोथर बजारमा आफूले ल्याएको कुखुरा निबुवा केरा डोका बेचेर दसैं मनाउन चामल नुन मसला जोहो गर्दै छन् त्यो ठाउँका धेरैले चामलको भात मसला हालेको तरकारी चाख्ने दसैंमा मात्रै हो उनीहरुको गाउँ बजारबाट उत्तरमा बाटो भन्नु लोथर खोलाको बगर हो पिप्ले गाविसको वडा नं. मखरानीमा रहेको हेमबहादुरको घर जान बजारबाट दुई घण्टा पैदल हिड्नु पर्छ
यो भुगोलका हेमबहादुर जीवन धान्ने उपाएको खोजीमा वाग्लुड्ड पुगे वाग्लुड्ड बजारको महेन्द्र चोकमा मासु काट्ने पसलमा काम गर्दा उनको भेट पर्वत जिल्लाको शंकरपोखरी गाविस वडा नं. की सरिता थापा क्षेत्रीसँग भयो उनै सरिता हेमबहादुरकी जीवन संगिनी बनिन् गत वर्षको असारमा छोरो जन्मेपछि परिवार लगभग पूर्ण भएको तर सवै कुरा सामान्य भैइसकेको छैन
पर्वतकी चेलीले चितवनको चेपाङ युवकलाई जीवन भर साथ दिन गरेको निर्णय परिवारलाई स्वीकार्य थिएन त्यसैले बिहे पछि सरिताले माइतीको आँगन छुन पाएकी छैनन् अरु बेला भन्दा पनि तीज दसैं तिहार आउँदा माइती सम्झेर भक्कानिने गर्छिन उनी यी पर्वहरु छोरी ज्वाइ नाति नातिनी बिना अपूर्ण जस्तै हुन्छन
तीन भाइ दुई बहिनी मध्ये कान्छी हुन् सरिता दिदीको बिहे राम्रै ठाउँमा गर्न सकियो भनेर आमा बाबु मख्ख परेका थिए वाग्लुङ बजारमा बस्ने दिदीलाई भेट्न बेलाबेलामा जाने गर्दा हेमबहादुरसँग सरिताको भेट भयो बोलचाल सुरु भएको तीन महिना पछिनै ६३ साल भदौं नौ गते उनले हेमबहादुरलाई वरमाला पहिर्याइदिइन् जुन माला जन्म घर छेक्ने पर्खाल बन्यो
'पानी नचल्ने जातसँग गएकी भनेर मसँग सवै रिसाएका छन्सरिताले सुनाइन् देशभर गरेर ५३ हजारको हाराहारिमा रहेको चेपाङ नेपालको अति सिमान्तकृत आदिवासी जाति हो बनपाखा नजिक दुखसाथ बसेका विपन्न चेपाङलाई पुरानो समाजले पनि 'पानी नचल्ने जातभित्र पारेको छैन तर के भएर हो सरिताको परिवार हेमबहादरलाई त्यसो भन्छ
गत वर्षको असारमा छोरो जन्मे पछि उनी माघमा माइती गाउँ पुगिन तर कसैले उनको वास्ता गरेन माइतीको मन नपग्लेको आभाष पाए पछि उनी फर्किन तीन वर्ष हेमबहादुसँग बस्दा उनमा पर्वतमा जन्मेकी क्षेत्रीको छोरीको छनक हराउदै दुरीको हिसावले पनि कहाँको पर्वत कहाँको पिप्ले तर अचेल उनको बोलिको लवज पनि चेपाङको जस्तै हुन थालेको
बिहे पछि वाग्लुङ बस्न सक्ने अवस्था नै थिएन त्यसैले उनीहरु चितवन आएर बसे अनि केही समय पछि काठमाडौं लागे अहिले काठमाडौं जोरपाटीको सेतो गुम्बाको गलैचा कारखाना उनीहरुको बिसौनी भएको जहाँ परिवारको गर्जोटार्ने ध्याउन्नमा दम्पती नै रातो दिन काममा व्यस्त हुन्छन् गत वर्षदेखि सरिताका नन्दहरु पनि यही काममा छन् त्यसैले होला चेपाङझै बनेकी उनी
आपुनो रोजाई प्रति उनको कुनै गुनासो छैन 'इच्छाले आएको सुख दुःखको मतलव राख्ने कुरै भएनउनले सुनाइन् उनको विचारमा मन नै सबै भन्दा ठूलो हो जब मन खुसी हुन्छ अन्य कुराबाट असन्तोष उब्जन्न स्वीकारे पनि नस्वीकारे पनि उनले बाबुआमालाई भन्न चाहेको यो नै हो तर यो भन्न नपाउँदा मनको एक कुनामा दुःख डल्लो परेर बसिरहेको
पर्वका बेला चिन्ताको त्यो सानो बिबिरो केही बढ्छ चैते दसैंमा लाग्ने मेलाले ख्याती कमाएको बाग्लुङ नजिक हुर्केकी सरिताले दसैंमा उता हुने गज्जबो चहलपहल भुलेकी छैनन् अलि राम्रोसँग दसैं मनाउनका लागि पनि चेपाङहरुले निकै मिहनेत गर्नु पर्छ जुन रमाइलो उनले तीन वर्ष अघिका दसैंमा भोग्ने गर्दथिईन त्यस्तो उल्लाहस पिप्लेको पहाडी बस्तीमा पाईदैन
उनको दाइ प्रहरी निरीक्षक हुन् अरे भिनाजु पनि राम्रै ठाउँमा जागिरे यी मध्ये कसैले एक दिन बाबुआमालाई कुरा बुझाउनेमा उनी आशावादी छन् 'माइतीले आफुहरुलाई बोलाएको नानीलाई काखमा राखेर मान्यजनबाट टीका लगाएकोयस्तो क्षण सम्झदा उनी कहीले खुसी हुने गर्दछिन् भने कहीले यही कुराले उनलाई रुवाउँछ




No comments:

Post a Comment