Thursday, May 6, 2010

आन्दोलनले पनि मुटुमै हान्यो इन्द्रकलीलाई


मुटु दुखेर उपचार गर्न अस्पताल हिडेकी इन्द्रकली कँडेल एकीकृत नेकपा माओवादी को आम हड्ताल र सो पार्टी निकटको विद्यार्थी संगठनको विरोध प्रदर्शनको चेपुवामा नराम्ररी पि_िल्सनु पर् यो । उमेर ७८ पुगेकी बृद्धा इन्द्रकली आइतबार बिहान भरतपुरमा भएको अश्रु ग्याँस र ढुंगा हानाहानका कारण समयमै अस्पताल जानबाट बिाचत हुनु पर् यो ।
"आमालाई आज नौ बजे जसरी पनि डाक्टरलाई देखाउने पालो थियो । तर हड्ताल भएकाले सात बजेबाटै एम्बुलेन्स बोलाएको बोलाई गर् र्यौ । सवै व्यस्त रहेछन्' उनका छोरा तिलकप्रसाद कँडेलले बताए । एम्बुलेन्स नआउने देखेपछि दुई भाइ मिलेर बेक्दै आमालाई सडकसम्म ल्याए । त्यसपछि रिक्स्ामा राखेर भरतपुर ल्याउने यात्रा झनै कठिन बन्यो ।
उनीहरु भरतपुरदेखि झण्डै आठ किलो मिटर पश्चिम नवलपरासीको गैंडाकोट कालिका स्कुल नजिक बस्ने गर्छन् । घरबाट बोकेर आमालई सडकमा ल्याएपछि भरतपुरको ओम हस्पिटलसम्म लैजना रिक्साले एक सय रुपैयाँ माग्यो । बहिनी सिता गौतमलाई रिक्सामा आमासँगै राखेर उनी भाइसँगै साइकलमा भरतपुर तर्फ लागे ।
ओम हस्पिटल पुग्नुभन्दा झण्डै तीन सय मिटर वर माओवादी समर्थित विद्यार्थी र प्रहरीबीच झडप चर्किरहेको थियो । रिक्साले इन्द्रकलीलाई भरतपुर ओरालोभन्दा पर लैजान नसक्ने बतायो । छोराछोरीले डोराएर उनलाई ओरालोको चौतारो तर्फ लैजादै गर्दा प्रहरीले अश्रु ग्याँस र विद्यार्थीले ढुंगा हान्ने क्रम उत्कर्षमा पुग्यो ।
कक्षा १२ को परीक्षा स्थगित गर्नका लागि दबाब दिन माओवादी निकटका विद्यार्थीहरुले चितवन उच्चमावि अगाडी गरेको प्रदर्शन तनाव पूर्ण हुदै गएकाले सडकमा कोही हिड्नै नसक्ने अवस्था आएको थियो । जुन अवस्था देखेर इन्द्रकलीका छोराछोरीको मन साह्रै आत्तियो । त्योभन्दा बढी इन्द्रकलीनै त्रसित भइन् । उनी साहारा बिना अडिन पनि सकिनन्् ।
ुतीन चार वर्षदेखि मुटु रोगले च्याप्दै ल्याएको हो । बेला बेलामा देखाउदै औषधि खानु पर्ने । आज नौ बजेलाई डाक्टरले भेट्न बोलाएका थिए नपुगे फेरि डाक्टरपछि भेट हुने हो या होइनन् । यो बन्द र हड्तालले न एम्बुलेन्समा लौजान सकियो । न रिक्सामै राम्रोसँग पुर् याउन पाइयोु छोरी सिताले दुखेसो पोखिन् ।
उनका छोराछोरी एका तर्फ यसरी पिरोलिदै थिए भने अर्को तर्फ प्रहरीले हानेको अश्रु ग्याँसको सेल बृद्धा बसेको भरतपुर ओरालोको चौतारो नजिकै खस्न थाल्यो । जसको पिरो गन्धले उनलाई झनै सकस भयो । अर्को तर्फ चौतारो वरपरबाट विद्यार्थीले हानेको ढुंगाले पनि लाग्ने हो की भन्ने डर छदै थियो ।
अस्पताल जाने अगाडी र पछाडीका दुवै बाटोमा प्रहरी र विद्यार्थीको तनाव उच्च तहमा पुगेको थियो । ढुंगा हानाहानका कारण बाटोमा एम्बुलेन्स पनि निकै जोगिएर हिडेका थिए । घाम चर्कदै र सडकमा प्रदर्शन बढ्दै जान थालेपछि बाटो छिचोल्न गाह्रो हुँदा अस्पतालमा डाक्टर भेट्न नपाउने सम्भावना थियो । त्यसैले इन्द्रकलीका सन्तान आमालाई भोलि ल्याएर आउने निधो गर्दै त्यहाँबाट फर्किए ।

1 comment: