Thursday, May 6, 2010

यो खेलकुदको लिग हो र ?

शान्ति संविधान निर्माणलाई सुनिश्चित गर्ने भन्दै एकीकृत नेकपा माओवादी ले बैशाख १९ गतेदेखि आयोजना गरेको आमहड्ताल खुल्ने प्रतिक्षामा धेरै बसेका छन् तर समस्याको गाठो झट्टै फुक्ने छाँट देखिदैन समाधानका लागि नेताहरु तात्नु पर्ने हो तर उनीहरुको ताल फुटबल कि्रकेट खेलका लिग चरणमा भिडेको समूहको जस्तो
अनिश्चित कालसम्मका लागि भनेर घोषणा भएको हड्ताल लम्बिदै जाँदा माओवादीले राजधानीमा थुपारेका कार्यकर्ता नै विरामी पर्न थालेका छन् । जिल्लामा सरकारमा सामेल पार्टी र माओवादीका कार्यकर्ता मुठभेडमा उत्रन थालेका छन् । किसानको तरकारी बारीमा कुहिन थालेको छ । उपभोक्ताले चर्को मुल्यमा पनि उपभोग्य वस्तु किन्न पाएका छैनन् ।
यस्तो बेलामा सर्वसाधारण मात्रै होइन आन्दोलनमै होमिएका माओवादीको कार्यकर्ताको चाहना पनि चाडैभन्दा चाडै सहमति होस र आन्दोलन रोकियोस भन्ने नै रहेको छ । सहमति जुटाउने विषयमा दलहरु गम्भीर भएर लाग्नु पर्ने हो । दलहरुले एक दिन मात्रै होइन एक निमेष पनि हड्ताल लम्ब्याउनॆ अवस्था आउन दिनु हुदैन थियो ।
नागरिकले अपेक्षा गरे जस्तो सकि्रयता दलहरुबाट भएको भने छैन । जस्तै बिहिबार बिहान एमालेका नेताहरुले प्रचण्डको घरमा गएर माओवादीसँग बैठक गरे । त्यसपछि एमालेका नेताहरु काँग्रेससँग बैठक बस्ने समाचार आयो । काँग्रेस र माओवादी पनि बैठक बस्ने र छलफल गर्ने योजना रहेछ ।
खेलकुद प्रतियोगिताको लिग चरणमा एउटै समूहमा रहेका सवै टोली एक आपसमा भिड्ने गर्छन् । बिहिबारको दलको बैठकको समाचारले त्यही खेलकुदको लिग चरणको झल्को दियो । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन फुटबलको लिग माओवादीको आन्दॊलनले रोकिएको छ । अनि २० ओभरमा सकिने कि्रकेट प्रतियोगिताको विश्व कप वेष्ट इन्डिजमा सुरु भएको छ । यी प्रतियोगिताको लिगभन्दा रोमााचक छ नेपालको राजनीतिक खेलको लिग ।
माओवादी नेतृत्वको सरकारले गत वर्ष नेपाली सेनाका तत्कालिन प्रधान सेनापति रुक्मांगद कटवाललाई हटाए पनि राष्ट्रपति डा।रामबरण यादवले कटवाललाई पदमै रहन आदेश दिए । त्यसपछि सरकार छाडेर राष्ट्रपति विरुद्ध आन्दोलित माओवादी अहिले प्रधानमन्त्री फेर्न सवै शक्ति लगाएर उत्रेको छ । तर आन्दोलन मार्फत पुरा गर्न चाहेको उसका भित्री अभिष्ट के हुन् धेरैले धेरै थरी आशंका गर्दै आएका छन् ।
एक वर्षसम्म विभिन्न रुप र एजेण्डामा माओवादीले आन्दोलन चलायो । यो समयसम्म राजनैतिक मुठभेडको स्थिति अन्तिम अवस्थामै पुगेको होला भन्ने ठान्नु गलत हुँदैन । तर अहिले आएर नेताहरु फाइनल खेलमा हुने प्रतिस्पर्धाको जस्तो तदारुकता देखाउलान भन्दा लिगको जस्तो गोलचक्करमा रुमलिइ रहेका छन् । जस्ले गर्दा नेताहरुको भूमिका बेस्वादिलो लाग्न थालेको छ ।
नेताहरुको यस्तो भूमिकाले अहिलेको यो आन्दोलन भोलि गएर देशकै सवैभन्दा कलंकित समय मानिन बेर लाग्दैन । किन भने देशमा संविधान सभाको चुनाव भएर राजा हटेको दुई वर्ष पुग्दा नपुग्दै सहयात्री दलहरु संविधान निर्माणको अभिभारा छाडेर मुठभेडमा लागेका छन् । धेरैले प्रधानमन्त्री फेर्नेभन्दा अरु उपलब्धि मुलक हुने नठानेको माओवादी आन्दोलनले देश लामो समयसम्म बन्दी बन्यॊ भने भावि पुस्ताले हामीलाई धिकार्ने छ ।

2 comments: