घाम पश्चिमी डाडाको आडैमा छ । त्यसैले किरण ताप बिहिन थियो । हामी लक्ष्यमा नपुग्दै त्यो बिलाइ हाल्ने हो कि भन्ने आशंकाले जब्बर ठाडो उकालोमा पनि खुट्टाको चालको रफ्तार घटाउन भएको छैन । सूर्यको रापले नभए पनि हिडाइको चापले शरीर पसिनाले भिजेको थियो । थुक हराएकाले घाँटीले पानी खोज्यो । त्यसैले ज्यान एकक्षण सुस्ताउन चाहन्थ्यॊ ।
बाटॊ लागेपछि एक पटक त घाँटी भिजाए कै हो । तर त्यो जलले धेरै बल दिएन । उकालो एक तिहाइ जति बाँकी रहदा गोरेटोको दाहिने तर्फ दुई चारवटा घर भेटिए । 'पानी खान पाइन्छ होला" गोरेटो आडैको घरको आगनमा बसेकी गोरी युवतीले हास्दै भनिन् 'लौ किन नपाइने पानी पाइन्छ नि हजुर ।"
घरको धुरी नाघेर आएको घामको सुनौली किरण उनको गोरो अनुहारमा पोतिएको थियो । एक त गोरी त्यसमाथि घाम थपिएकाले उजेली अनि हसिली पनि । उनको नाम रहेछ रन्जिला चेपाङ । उनले आँगन छाडिनन् । एकजना फुच्चेले ल्यायो पानी । 'यो तिम्रो घर हो कि माइत ?" हातमा चुरा गलामा रातो पोते र भरिएको सिउँदो देखेर युवतीलाई यो प्रश्न सोध्यौं ।
'घर हो माइत गोरखाको भुम्लिचोक" उनले भनिन् । गाउँबाट त्रिशुली तरेपछि पृथ्वीराजमार्ग टेकिन्छ भने राजमार्गबाट त्रिशुली तर्नासाथ उनको गाउँ । गाडीको आवाजले कानै खान्छ । त्यस्तो ठाउँबाट यो अनकन्टार उकालोमा उनी कसरी आइपुगिन । जहाँ गाडीबाट ओर्लेपछि हामी आधा घण्टा समतल र एक घण्टा जति ठाडो उकालो हिडेर आएका छौं ।
यहाँबाट भुम्लीचोक पुगेका भरतलाई रन्जिला गाउँमै भेटेकी हुन् । लभ परेपछि बिहे भयो । मायाको डोरीले तानेको रहेछ उनलाई यहाँसम्म । अनि त्यस्तो ठाउँमा नारयणगढको चमक दमक छाडेर हामी पनि हानिएका थियौं । किन भने त्यहाँभन्दा केही माथि रहेको उपरदाङगढी पुग्नु थियो हामीलाई । गढी १८ सालसम्म चितवनकै सदरमुकाम थियो ।
त्यहाँ अहिले पनि किल्ला छ । जुन डेढ सय वर्षअघि बनेको हो । किल्लाको पर्खालमा बसेर खुट्टा हल्लाउँदै अस्ताउँदो सूर्यलाई नियालेर आनन्द लिन सकिन्छ । त्यति बेला उत्तरका गोरा हिमाल सुनौलो बन्छन् । चितवनको दाहखानी गाविसमा पर्ने त्यस ठाउँमा आदिवासी चेपाङहरुको गाउँ छ । उनीहरुको रहन सहन बुझ्न र खानपानको स्वाद लिन पाइन्छ ।
त्यसैले कष्टकर भुबनोटलाई छिचोल्ने प्रायस हामीले गरेका हौ । गढीमा पहिला पनि पुगको हो । त्यहाँ खाएको भुटेको मकै उसिनेको तरुल र पिडालुको स्वाद जिब्रोबाट पखालिनै सकेन । तर रातमा देखिने नारयणगढको झिलिमिलि उज्यालो त्यो बेला पुग्दा तुवालोमा हराएको थियो । घाम डुबेको दृश्य हेर्ने धोको पनि पुराभएको थिएन ।
'यो पटक त सनसेट जसरी पनि हेर्नै पर्छु" मात्रै एक रात त्यहाँ विताउने निधो गरेर हिडेका हामी मध्ये केही युवाले यस्तो विचार गर् यौ । साथीको बगाल छाडेर हामी अघि लाग्यौ । चितवनको सिनर्जी एफएमले आफ्नो वार्षिकोत्सवको अवसरमा सो यात्राको आयोजना गरेको थियो । साहित्यकारको लामै लर्को थियो यात्रामा । अन द स्पट कविता कोर्ने योजना थियो ।
साहित्यकार मध्ये धेरैले डुब्दो घामलाई नियाल्ने चेष्टा गरेनन् अफ्ठ्यारो बाटोका कारणले । हामीले भने हेर्ने नै प्रण गरेकाले हस्याङ फस्याङ गर्दै उकालो चढ्यौ । रन्जिला घरमा पानी खाए पछिको बाटो पहिलाको जस्तो जब्बर उकालो थिएन । त्यसैले सूर्य नडुब्दै गढीको टाकुरोमा पुग्न हिडाइको गति झनै बढायौ हामीले । आशा गरे अनुरुप घाम नडुब्दै ठाउँमा पुगियो ।
किल्लाबाट सिधै तल भिरालो पर्दै गएको बन थियो । केही पर उखुबारी जस्तो सालको घना जंगल । अनि त्यसपछि नारायणगढ बजार । नारायणीको पुलमा गाडी हिडेको पनि हेर्न सकियो । यी सवैमा लाली छर्दै केही बेरपछि पुललाई बीचोबीच पार्दै सूर्य क्षितिजमा बिलायो ।
घाम डुबेपछि अध्यारोले घेर् यॊ । उत्तरमा टल्केको हिमाल केही बेरपछि देखिनै छाडे । किल्ला वरपर झ्याकिरीहरु कराउन सुरु भयो । किल्लाभन्दा परपर जुनकिरी पिल्पीलाए जस्तो देखिन्थ्यो । छरिएर रहेको पातलो बस्तीको झुर्पाहरुका आँगनमा आगो बल्दा र पिढीमा टुकी राख्दा आएको प्रकाश थियो त्यो ।
किल्ला आसपासको पुरै इलाका विजुली बिहिन थियो । तर त्यहाँबाट दक्षिण र पश्चिम तर्फ देखिने नजरा भने बेग्लै थियो । किल्लाको दक्षिण पश्चिम कुनामा देखियो शक्तिखोरको चमक । त्यसपछि जुटपानी पिठुवा टाँडी हुँदै मधुरो बनेको ज्योति पश्चिम लाग्दै गर्दा एउटा बिन्दुमा बिलाउँछ । त्यो रहेछ टिकोलीको जंगल । जंगलको अन्धकारको फैलावट ज्यादा छैन ।
'त्यो गोन्द्राङको कोक फ्याक्ट्रि" टिकौलीको जंगल सकिए लगत्तै विजुलीको प्रकाशमा जगमगाएको ठाउँ चिन्न कुनै बेर लागेन हामीलाई । किल्लाबाट केही तल झरेर तेजबहादुर गुरुङको आँगनमा आगो ताप्दै हामीले हेर्दै छौ यी दृश्य । तेजबहादुरको भान्सामा धिपधिपे टुकीलाई उछिन्दै चम्केको आगोको ज्वालामाथिको कराहीमा खसीको मासु पाक्दै छ ।
'भरतपुर त धेरै ठूलो रहेछ" उज्यालोको फैलावटमा नारायणगढको तुलना गर्दै हामीले भन्यौ । हेर्दा हेर्दै खान खाने निम्तो आयो । अघिल्लो पटक गढी जाँदा म शाकाहारी थिए । यस पटक मासु खान सुरु गरेकोले बल्ल थाहा पाइयो पहाडी खसीको तिख्खर स्वाद । मसलाको कुनै गन्ध थिएन । मासुको महक र थकाइले धेरै भात खाइयो त्यो रात । चुठ्दै गर्दा कसैले भन्यो 'मासु भनेर सधै मसलाको स्वादमा हराइएको रहेछ । मासुको स्वाद त बल्ल पाइयो ।"
खाना खाएपछि अलि माथि गए धेरै ठाउँको उज्यालो एकै पटक देख्न सकिने कुरा सुनाए स्थानीय होमबहादुर बुढाथोकीले । उनको पछि लागेर केही पर गइयो । शक्तिखोर टाँडी भरतपुर नारायणगढसम्मको उज्यालो आँखैले एउटै फ्रेममा देख्यौं त्यहाँबाट । नारायणीको पुलमा हिँडेका बस ट्रकको मेसो पाउन पनि गाह्रो भएन ।
फर्कैदै गर्दा अध्यारो बाटोमा ढुंगाको ठेस लागेर एकजना साथी धन्नै लडेन । उता मैदानमा देखिने झलमल उज्यालोको कुनै अर्थ थिएन यहाँ । आँखाले देखेको र मनले भोगेको यो कुरालाई भोलि साहित्यकारहरुले पक्कै पनि कवितामा उतार्ने छन् । तलको उज्यालो खिच्ने गतिलो क्यामरा नभएकाले यसो भन्दै हामीले चित्त बुझायौं ।
बग्दै गरेको सयमले तिम्रो वेशीलाई सभ्य सहर बनाइदिएको छ ।
र तिमीलाई एउटा अपायक कुनामा छाडेर ,
तिम्रो अध्यारोप्रति उपहास गर्दै ,
वैभवको उज्यालोमा बाँच्न खोज्दै छ त्यो सहर ।
कवियत्री सरिता तिवारीले भोलि पल्ट बिहान रचना गरेको कविताको यो पंक्तिले हामीले भोगेका धेरै अनुभूतिहरुलाई पनि समेटेको थियो ।

No comments:
Post a Comment