Wednesday, May 19, 2010

प्रश्नमाथि मात्रै प्रश्नै प्रश्न

डा.भक्तमान श्रेष्ठ काम सकेर बेलैमा घर पुगेनन् मंगलबार राती १० या साढे १० बजेको आसपासमा उनी घर पुगिसक्नु पर्दथ्यो तर नगएपछि बुधबार बिहानसम्म भक्तमान अपहरित भएको खवर चितवनका घरघरमा पुगिसकेको थियो अप्रेसन गर्न चितवन अस्पतालको थिएटरमा पस्नुअघि साँझ सवा बजे उनले श्रीमतीलाई फोन गरे आफु अलि ढिला राती १० बजेसम्म क्वाटर आइपुग्ने बताएका रहेछन् त्यसपछि भक्तमानले कसैलाई फोन गरेर अरुले गरेका बेलामा उनले फोन उठाए भक्तमानको अवस्था यस्तो हो भनेर कसैले कतै फोन गर्यो
नेपालको सुविधा सम्पन्न क्यान्सर अस्पताल भरतपुरको वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा अढाइ वर्षअघि देखि महत्वपूर्ण कार्यकारी निर्देशकको पद समेत सम्हाल्दै आएका छन् श्रेष्ठले उनी बस्ने पनि क्यान्सर अस्पतालकै चिकित्सक क्वाटरमा हो अस्पताल राम्रोसँग संचालनमा नआउँदै उनी क्यान्सर अस्पतालमा सेवा गर्न आएका चिकित्सक हुन् तर क्यान्सर अस्पतालभन्दा झण्डै तीन किलो मिटर पूर्वमा रहेको चितवन अस्पतालमा विरामीको शल्यकि्रया भ्याएर क्वाटर जान हिडेका भक्तमान कता गए कता बिहिबार बिहानसम्म प्रश्न मात्रै बनेर रहेको
सवैभन्दा ठूलो प्रश्न भक्तमानलाई के भएको हो भन्ने चितवन प्रहरी हाललाई भक्तमान हराएका हुन भन्ने पक्का भएको अरु केही भन्न सकिदैन भनेर तर्किन्छ त्यसैले संचार माध्यमहरुले भक्तमान सम्पर्क बाहिर रहेको भन्ने समाचार दिइरहे तर समाचारलाई केही बलियो बनाउन अनुमान मात्रैको आधारमा अपहरणको आशंका भन्ने शब्द राखेर एउटा वाक्य थप्न पनि छाडेनन् मिडियाहरुले उनको अपहरण नै भएको हो भने बुधबार एका बिहानैबाट मिडियामा यो खवर आएको तर जिम्मा लिन कोही तम्सनु पर्यो नि परिवारलाई भक्तमान सम्पर्क बाहिर हुँदाको दिनसम्म यस्तो धम्कि आएको थियो उनी घर फर्केर नआएपछि कसैले यस्तो कुरा गरेको
कसैले चर्चा चलायो भक्तमान चिकित्सक साथै पैसा कमाउन थप अर्को पेशामा पनि थिए त्यो पेशामा हालैका दिन केही अपुठ्यारो देखा परेकाले उनी टेन्सनमा आएर एकाएक गायब भएका हुन् उनी त्यता लागका थिए भने परिवारलाई उनले यसका बारेमा केही भनेर दुईचार दिन कतै जान्थे होला नि आखिर उनको महत्वपूर्ण पेशा चिकित्सा नै हो अर्को पेशाका कारण झमेला आए पनि अपहरणसम्मको आशंका फैलने गरेर सम्पर्क बाहिर त्यत्तिकै बस्दा भोलि उनको चिकित्सा पेशामा नै धक्का लाग्न सक्ने कुराको ख्याल उनलाई पक्कै अर्थात अरु केही कारणले कतै जानु परेको भए परिवारमा कुरा गरेरै जान्थे होलान अपहरणको आशंकाको हल्ला चल्नै पाउथेन यो कुराको हेक्का नभएको पक्कै होइन होला उनलाई
भक्तमानको चिकित्सक पेशाभन्दा बाहिरको त्यो व्यवसायसँग सम्बिन्धित कसैले उनलाई जर्वजस्ति उठाएको हो भने चितवनको प्रहरीले यसको मेसो पाउनु पर्ने हो नि किन सुस्त देखियो एसपी धिरु बस्नेतको चाल यो काण्डमा उनी अनेका नाममा अप्रेशन चलाउँदै आएका छन् तर चिकित्सक हराएको २४ घण्टाभन्दा बढी समयसम्म घटनाको गुह्य कुरा थाहा पाउन नसक्नु कस्तो विडम्वना उनी चढॆको कार पोखरामा फेला पर्यो प्रहरीले भेट्टाएको होइन स्थानीयले देखेर खवर गरेपछि बल्ल प्रहरी आएको रे प्रहरी पछाडी नै परेको घटनाको नजिक जाने सन्दर्भमा
क्यान्सर अस्पतालको जागिर पदका सवैका लागि आकर्षणको केन्द्र बन्ने गर्छ तर त्यहाँको पद विवादित पनि रहन्छ सधै भरी कार्यकारी निर्देशक रहेका बेला डा।सम्पुर्णानन्द ढुंगनाले कालोमोसो पनि बेहोर्नु पर्यो त्यसपछि उनी हानिए अमेरिका क्यान्सर अस्पतालमा पदका लागि हुने खिचातानी खुट्टा तानातानले भक्तमानलाई सम्पर्क बिहिन हुने गरेर विरक्तिने पो बनायो कि रु यो प्रश्न पनि किन नगर्ने तर खाना कुरेर बसेको श्रीमान घर नआउँदा श्रमतीलाई परेको बेदना हामीले अन्दाज पनि गर्न सक्दैनौ यस्तो बेलामा अनेक प्रश्न राखेर मर्महात मनसँग खेलवाड गर्नु पनि भएन प्रहरीले चाडोभन्दा चाडै डा। भक्तमानलाई खोज्नु पर्यो धेरै प्रनको उत्तर उनैले देलान दिन बाँकी केही प्रश्नको उत्तर विस्तारै समयले नै देला


No comments:

Post a Comment