Saturday, May 22, 2010

आशा र सपना

मान्छेको जीवनलाई गतिशिल बनाउनु पर्छ भन्ने सन्दर्भमा अति बोलिने दुई शब्द हुन् आशा सपना उपदेश दिनेहरुको बाक्यमा अनेक पटक दोहरिएर आउने शब्द यी नै होलान् गीत निवन्ध कथा कवितामा आशा सपनाहरु नपर्ने सम्भावना नै रहदैन शब्दको संग्रहमा आशाभन्दा सपनाको संख्या बढी देखिन्छ
मान्छे आशावादी हुनु पर्छ भन्ने बाहेकका बाक्यमा आशा शब्द परेको त्यत्ति देखिदैन तर सपनाको प्रयोग विविध बाक्य सन्दर्भहरुमा पनि हुने गरेको यो कारण आशाभन्दा सपना बढी प्रभावशाली हो कि भन्ने लाग्छ भारतीय कवि अवतार िसंह पासको भनाइ सवैभन्दा खतरनाक हुन्छ सपनाहरुको मृत्यु हुनु
सपनाहरु नभएको मान्छे मरे तुल्य हो भन्ने सन्देश यो वाक्यमा रहेको सपना मान्छेको जीवनको उर्जा हो मोटर गाडीहरु दौडाउन डिजेल पेट्रोल या त्यस्तै अन्य कुनै इन्धनहरु आवश्यक पर्छ मान्छेको जीवनमा सपनाले त्यस्तै काम गर्छ सपनाले व्यक्तिको मानसिक संरचनालाई उर्जा दिने हो भौतिक स्वरुपलाई उर्जा दिन हामी खाना नै खान्छौ
यसरी हेर्दा सपनाले नै मान्छेलाई गाडी अन्य पशुहरुको गतिशिल अवस्था भन्दा भिन्न देखाउने गर्छ खाएर भौतिक स्वरुपलाई चलाउन पशुले पनि सकेको हुन्छ सायद उसले सपना देख्दैन डिजेल हालिदिएपछि निर्जिव मोटर कार पि दौडेकै हुन्छ सवै गतिशिल भए पनि मान्छेको जस्तो सपना उनीहरुसँग छैन त्यसैले मान्छे अरु भन्दा फरक
सवैभन्दा खतरनाक हुन्छ सपनाहरुको मृत्यु हुनु भन्ने मन्त्र सुन्दै आएको मैले गत हप्ता सपनाभन्दा पनि आशालाई प्राथमिकता दिएको एउटा वाक्य पढे मेरा सपनाहरु सकिए पनि आशा जिवितै छन् भन्ने वाक्य साहित्यकार प्रकाश सायमीको फेस बुकमा पढ्न पाइयो आशा भनेकै सपनाको मुहान हो भन्ने बुझ्न गाह्रो भएन यो पढेपछि
सपनाहरु राम्रा नराम्रा दुवै हुन्छन् मान्छेले जे जस्तो सोच्ने गर्छ योजना बनाउने गर्छ त्यो नै सपनाको रुपमा प्रतिबिम्वित हुने गर्छ सोचाइ नै सकारात्मक भयो भने सपनाहरु पनि राम्रा देखिन्छन् आशावादी चिन्तन जस्तो सकारात्मक मनोवृत्ति अरु केही छैन सपनाहरु सकिए भने पनि आशाले नयाँ सपनाहरु जन्माउने सम्भावना कायमै रहन्छ
आशावादी बनौ भन्ने उपदेश सपना देखौ भन्ने उपदेशभन्दा उन्नत जस्तो लाग्छ अर्को तर्फ आशावादी बन्न गतिशिल जीवनमै सकिन्छ भने सपना देख्न सुत्नै पर्छ जीवनलाई गतिशिल अवस्थाबाट हटाएमा मात्र सपना देख्न सम्भव सपना देखेपछि त्यसलाई पुरा गर्न उठ्नै पर्छ नउठी सपना पुरा हुँदैनन् यो एउटा हिन्दी सिनेमाको संवाद हो



No comments:

Post a Comment