Friday, May 14, 2010

जहाँ सितारा चम्कनुलाई अपराध मानिन्छ

वेष्ट इण्डिजमा संचालन भइरहेको २० ओभरमा सकिने कि्रकेट खेलको विश्व कप प्रतियोगितामा यस पटक अफगानिस्तानले पनि भारतको सामना गर्यो कि्रकेट खेलको हस्ति भारतले पहिलो पटक विश्व कप खेल्न लागेकॊ अफगानिस्तानलाई नराम्ररी हराउने भयो भन्ने सवैलाई लागेको थियो तर अफगानिस्ताले डटेर भारतको मुकाविला गर्यो
खेल भारतले नै जित्यो तर रन आँकडा सय कटयो अफगानिस्तानले भारतले यसलाई सस्तैमा समेट्ने अनुमान गलत निस्कियो भारतको महत्वपूर्ण तीन विकेट पनि अफगानीले झारे नेपालभन्दा चरम द्वन्द्वमा फसेको अफगानिस्तानले भारत जस्तो शक्तिशाली देशलाई यस्तो चुनौती दिएको देख्दा यहाँ भारतलाई नरुचाउने कि्रकेट प्रेमीहरु रमाउँदै नाँचेका थिए
मन खुसी भयो भने जो पनि नाँच्न अग्रसर हुन्छ तर अफगानिस्तानमा महिला भने त्यसरी नाच्न नपाउँदा रहेछन् कट्टर इस्लामिक कानुन यस्ता कार्यको विरुद्ध उभिदो रहेछ नेसनल जियोग्राफि च्यानलले इण्डिया सिरिज अन्तर्गत देखाएको अफगानिस्तानको एउटा डकुमेन्ट्रिमा नाचेका कारण महिलाले बेहोरेको हण्डरको चर्चा
नेसनल जियोग्राफीले देखाएको सो डकुमेन्ट्रि इण्यिन आइडल नेपाली तारा जस्ता गायन प्रतिभाहरु खोज्ने अफगानिस्तानको टीभी कार्यक्रम अफगान स्टारमा केन्द्रित बन्दुक समाएका युवाहरुको हातमा संगित थमाइदिने उद्देश्यले यो कार्यक्रम चलाएका संचालकहरुकॊ मत अफगान स्टरको उत्कृष्ट १० मा दुई महिला पनि पुग्छन्
लेया सितारा ती दुई युवती हुन् जो अफगान स्टारको उत्कृष्ट १० मा पुगेका हुन्छन् धेरै अफगानी शब्द हिन्दीसँग मिल्ने भएकाले सितारा भनेको तारा नै होला भनेर हामीले अनुमान गर्नु सायद गलत नहोला कट्टर मुस्लिम समुदाय जहाँ केही वर्षअघि सम्म तालिवानको शासन थियो महिलाहरु घर भित्रै खुम्चन बाध्य थिए त्यस्तो देशमा महिलाहरु सांगेतिक आकासमा चम्कन आउनु चानचुने कुरा थिएन
उत्कृष्ट १० मध्येबाट नौको छनौट गर्दाका सितारा बाहिरिनु पर्ने हुन्छ त्यस दिन अफगान स्टरको मंचमा उनले अन्तिम पटक गीत गाउछिन् गाउँदै गर्दा उनी नाँच्न पनि सुरु गर्छिन् उनको शिरबाट कपाल ढोकेको दुपट्टा पनि झर्छ उनले यसरी गाउँदै गर्दा लै अब के के प्रतिकि्रया आउने हो भनेर सहभागीहरु बीच कार्यक्रम स्थलमै हल्लि खल्लि चल्छ
सितारा त्यसरी नाचेको दृश्य टेलिभिजनबाट प्रसारित भएपछि उनको घर भएको हेरात प्रान्तमा विरोधको आवाजले आकाश छुन्छ हेरात प्रान्तका पूर्व प्रमुखले टिभी मार्फत नै सिताराले इस्लामिक कानुन संस्कारको खिल्लि उडाएको प्रतिकृया दिन्छन् अफगान स्टार चलाउने टिभीका विरुद्ध पनि यी कुराहरु ख्याल राखेर कार्यक्रम चलाउन कडा चेतावनी सहितको पत्र सरकारी सहयोगमा संचालित इस्लाम काउ_िन्सलले पठाउछ
कडा विरोध भएपछि सितारा तत्काल घर जान सक्दिनन् उनी कावुलमै केही समय बस्ने निधो गर्छिन् तर उनको हिम्मत भने कमजोर भएको देखिदैन उनले भन्छिन् 'तालिबानहरुको पालमा हामीले योभन्दा पनि कडा प्रतिवन्धको सामना गरेर आएको हो विस्तारै सवै ठिक हुँदै आउछ अहिले किन डराउने " कार्यक्रममा नाच्नुलाई उने गलत मान्दै मान्दिनन् 'मैले त्यस दिन मन खोलेर गाए अनि त्यो उमंगमा नाचे मैले केही गल्ति गरिन ' त्यस दिन गीत गाउँदा लगाएको हल्का निलो रंगको कुर्ता सरवाल निकालेर उनले भनिन् यो कपडा मैले स्याहार गरेर राख्ने छु किन कि यो लगाएर मैले आपुनो उमंगलाई पोखेको थिए "
उता सिताराले कडा विरोधको सामाना गर्नु पर्दा पनि हिम्मत हारेकी हुँदिनन् भने लेया एकपछि अर्को सहभागीलाई पछार्दै उत्कृष्ट तीनसम्म आउछिन् कार्यक्रमको अन्तिम भागमा तीनजनालाई सँगै राखेर अफगान स्टारको घोषणा गरिन्छ लेयाले अफगान स्टारको उपाधि पाउँदिनन् उनी तेस्रो हुन्छिन् तै पनि उनी खुसी नै देखिन्छिन् कार्यक्रमबाट बाहिरनु पर्दा सितारा भने धरधरी रुदै आफु रोएको थप दृश्यहरु नखिच्न आग्रह गरेकी थिइन्
'अफगान स्टरा हुन नपाउँदा रुन मन लागेन" उनलाई यो प्रश्न सोधिन्छ लेयाले भन्छिन् ुउपाधि नपाउदा किन रुने मलाई घाँटीमा चक्कुले रोपे पनि रुन मन लाग्दैन " अफगानिस्तानमा सन् ८० मा आधुनिक संगितको निकै बाढी आएको रहेछ तर आन्तरिक संघर्षमा फसेर कट्टरपन्थी तालेवानहरुको शासन स्थापित भएपछि संगित मात्रै होइन स्वतन्त्रता नै नामेट भएर गए यसमा महिलाहरु झनै पिडित बन्नु पर्यो तालेवानको शासन हटे पनि स्वतन्त्रताका धेरै ढोकाहरु नखुलेको अफगान स्टरको भोगाइमा व्यक्त भएको
बुर्का भित्र रहेका अफगान महिलाले नेपालमा जस्तो महिला शसक्तिकरणका गोष्ठीमा गएर पश्चिमाहरुसँग स्वतन्त्रताको परिभाषा सिक्ने मौक कमै पाएका होलान किन कि त्यहाँ यस्ता कुराहरु अझै पनि बर्जित नै छन् बन्द समाजको बर्बर यातनाले नै उनीहरुमा स्वतन्त्र हुनु पर्छ भन्ने चाहना भरिदिएको सितारा लेयाको आत्मविश्व्ाास पूर्ण अभिव्यक्तिले यही कुरा देखाउछ कट्टर पन्थी समाज संस्कारका विरुद्ध सितारा लेयाले आफनै बल बुतामा गरेको संघर्षबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ सितारा तारा चम्कनु अपराध हो भन्नेहरुको प्रतिवाद हुने नै गर्छ्र किन भने कसैले भन्यो भन्दैमा तारा नचम्कने होइन

No comments:

Post a Comment