Sunday, May 9, 2010

समयले बनाएका डोबहरु

मान्छे हो या भगवान समय सवैभन्दा बलवान भन्ने नारा मानव अधिकार तथा शान्ति समाजको मुल मन्त्र हो मान्छेको शरीरमा लाग्ने जति सुकै ठूला घाउ चोटका डोबहरु पुरिदै जान्छन् फगत केही दाग मात्रै सधै देखिने हो तर समय यस्तो हुन्छ कि त्यसले डोबहरु बनाउदै मान्छेलाई नै सिध्याएर छाड्छ समयले बनाएका डोबहरु पुरिने खालका हुँदैनन्
'मेरे पास गाडी हे बंगला हे तेरे पास क्या हे" भन्ने संवादको प्रतिउत्तर लगाउँदै 'मेरे पास मा हे" भन्ने हिन्दी सिनेमा दिवारको यो डाइलगलाई समयले कहिल्यै मेट्न नसक्ला यो साह्रै नै प्रख्यात डाइलग हो त्यस्तै यो डाइलग बोल्ने नायक शशी कपुर पनि धेरैको मन मश्तिष्कबाट ओझेल परेका छैनन्
शशी कपुर भन्दा बित्तिकै हिन्दी सिनेमाका दर्शकहरुको आँखा अगाडी हाँसी रहने हिरोको छवी सामुन्ने आइहाल्छ उनी गाला नै खुम्चने गरेर हास्छन् प्राय सिनेमामा उनको यही स्वरुप देख्न पाइन्छ उनी १२ वर्षको उमेर हुँदा सिनेमामा लागेका रहेछन् तर उनका युवा कालका सिनेमा मात्रै धेरै हेर्न पाइन्छ
उनका उति बेलाका सहकर्मी अमिताभ बच्चन अझै पनि पर्दाकै दुनियामा छन् राजेश खन्ना शम्मी कपुर जस्ता उबेलाका नायकहरु पछि उमेर ढल्कदै जाँदा प्रौढको अभिनयमा पनि जमेकै हुन् तर शशी कपुरलाई युवा अवस्थाको बाहेक अरु बेलाको भूमिकामा सिनेमामा देख्ने अवसर दर्शकहरुलाई मिलेन
गाला नै खुम्च्याएर हाँस्ने त्यो नायक अहिले कस्तो शशी कपुर भनेर चिन्नेहरुलाई खुल्दुली पक्कै हुन्छ होला अहिलेको शशी कपुरलाई देख्दा बित्तिकै चिन्छु भन्ने कसैलाई लाग्छ भने त्यो भ्रम हुने शशी कपुर समयले बनाएका निर्मम डोबहरु लिएर बसेका रहेछन् हामीले पहिला देखेको उनको छवि छिन्न भिन्न भएको
यस पटकको फिल्मि फेयर अवार्ड वितरण समारोहको रेकर्डेड दृश्य आइतबार दिउँसो सव टीभीमा आउँदै थियो शाहरुख खान सैफअलि खानले चलाएको सो कार्यक्रममा बेला बेलामा क्यामरा दुईजना बुढाहरु तर्फ फोकस हुन्थ्यो दुई बुढा मध्ये एउटा शम्मी कपु चिन्नलाई केही गाह्रो थिएन तर उनीसँगै ह्वील चियरमा बस्ने अर्का अजनवी जस्ता थिए
शाहरुख सैफले जव लाइफ टाइम एचिभमेन्ट अवार्ड पाउने व्यक्तिको नाम शशी कपुर भनेर घोषणा गरे शम्मी कपुरले आफ्नो आडमा ह्वील चियरमा बसेका बृद्धको गालामा म्वाई खाए जिर्ण शरीर लिएर जेन तेन कार्यक्रममा भाग लिन आएका ह्वील चियरमा बस्ने व्यक्ति शशी कपुर रहेछन् भन्ने बल्ल पक्का भयो गाला च्यातिने गरेर हाँस्ने शशी कपुर अहिले ह्वील चियरमा झोक्राएर बसिरहेका थिए विश्वासै गर्न गाह्रो दृश्य थियो त्यो
अवार्ड लिन मंचसम्म उनलाई सहयोगीहरुले ह्वील चियरमै डोराएर लगे अवार्ड पाएपछि उनले थ्यांक्यु भन्ने एक शब्द मात्रै बोलेर बाहिरिए उनको शारीरिक अवस्था त्यो एक शब्दले समारोहलाई नै भावुक बनायो जसले ३० वर्षअघि बोलेको डाइलग दुनियाले अझै विस्रन सकेको छैन आज त्यही नायक एक वाक्य पनि बोल्न नसक्ने गरेर शब्दमा मात्रै आपुनो अभिव्यक्ति सिमित राख्न बाध्य यो समयको निर्मम प्रहार नभए के हो मानव अधिकार तथा शान्ति समाजले त्यसै भनेको रहेनछ मान्छे हो या भगवान समय नै सवैभन्दा बलवान

No comments:

Post a Comment