पूर्णीमाको रात आकाश सफा थियो । झनै बुद्ध जयन्ति परेकाले मनले शान्तिको भरपुर अनुभूति लिनु पर्ने थियो । तर नेपालीका लागि हिजोको सफा आकाशमा चम्किएको पूर्णचन्द्र निकै वेस्वादिलो लाग्यो । कारण देशको राजनैतिक वातावरण साह्रै नराम्ररी धमिलिएको छ । अशान्तिका बाछिटाहरुको प्रहार फेरि खेप्नु पर्ने हो कि भन्ने आशंका बढेकाले पूर्णीमाको जून पनि नेपालीलाई जून जस्तो लागेन ।
वि.स.२००७ सालदेखि प्रतिक्षा गरेको संविधान बनाउने व्यक्तिहरु चुन्ने संविधान सभाको चुनाव वि.स.२०६४ सालको चैत्र २८ गते सम्पन्न भयो । वि.स.२०६५ सालको जेठ १५ गते बसेको संविधान सभाको बैठकले आफ्नो दुई वर्षे कार्यकाल भित्रै नेपालीलाई उन्नत संविधान दिने घोषणा पनि सभासद्हरुले गरे । तर त्यसपछि संविधान बनाउनभन्दा सत्ता र सरकारमा बस्ने कुरामा नेताहरु झगडा गर्न थाले । जसको परिणाम संविधान सभाको समय सकियो नयाँ संविधानको खाका पनि नेपालीले पाएनन् ।
सत्ताको खेलमा नेताहरु यसरी मग्न भए कि उनीहरुले संविधान बनाउने काम गरेका छन् भन्ने संकेत पनि नागरिकले पाउन सकेनन् । अहिले प्राविधिक रुपमा संविधान सभाका समय थप्न सकिने कुरा उठिरहेको छ तर त्यसरी समय थप्नका लागि पनि सत्ता र पदको मोलमोलाइ नराम्ररी चलिरहेको छ । एउटा भन्छ प्रधानमन्त्रीले राजिनामा नदिएसम्म थप्दै थप्दिन अर्को भन्छ राजिनामा दिन्न ।
माओवादीले शसस्त्र संघर्ष सुरु गरेपछि देशमा १० हजारभन्दा बढीले ज्यान गुमाए । यो संख्या अझै बढ्न सक्थ्यो । संविधान बनाउन प्रतिनिधि छानेर पठाए युद्ध रोकिने थियो भन्ने धेरैलाई लाग्यो । किन कि माओवादीले युद्ध रोक्ने सर्त संविधानसभाको निर्वाचनलाई बनाएको थियो । त्यसैले धेरै नेपालीले संविधान सभाको चुनावपछि मुलुक नयाँदिशामा जाने आशा गरेका थिए । तर भयो उल्टो । चुनाव भएपछि पार्टीहरु मध्ये कसैमा अहंकार बढ्यो कसैमा आशंका ।
यो अहंकार र आशंकाले सहमतिको राजनीति नराम्ररी विथोलियो । संविधान सभाको पहिलो बैठकबाट सुरु भएको असहमतिको तुष बढ्दै गएर राष्ट्रपतिको चुनाव अनि गत वर्षको सेनापति प्रकरणसम्म नराम्ररी मौलायो । त्यसपछिको यो एक वर्षमा नेताहरु एक अर्कालाई बोलि बचनले न्याक्न र पछार्न मात्रै लागे । तुच्छभन्दा तुच्छ शब्दहरुको वर्षा नै भयो । अनि यस्तो शब्दको बाढीले संविधान लेखनको कार्य सूचिलाई पखाल्दै लग्यो ।
देशमा असहमति बढेर राष्ट्र नै टुक्रा टुक्रा हुने खतरा मौलाउदा समेत नेताले सर्वसाधरणलाई आश्वस्त पार्ने प्रयास गरेनन् । जातजाति बीचको खाडल गहिरो हुँदै गएको छ । समाजमा अपराध गर्नु सम्मानित काम हो भन्ने जस्तो लाग्न थालि सकेको छ । मान्छे मारेर शक्ति आर्जन गर्ने र सत्ता हत्याउने दाउमा एकपछि अर्को समूह जन्मन थालेका छन् । यस्तो बेलामा प्रमुख भनिएका दलहरु प्रधानमन्त्रीको पद 'ले" र 'दिन्न" भन्ने साह्रै तुच्छ खेलमा मात्रै अल्झिएका छन् ।
इतिहासको यो दःखद् क्षणको साक्षी बस्दा साह्रै नरमाइलो लाग्दो रहेछ । दल र नेताहरु मिलेर काम गर्दा देश बन्छ भन्ने हामीले ठानको हो । तर यो जनविश्वासलाई ख्यालै राखेनन् नेताहरुले । दुई वर्षअघि मात्रै देशमा गणतन्त्र आएको हो । यसलाई दरिलो बनाउन संविधान चाहिन्छ र त्यसका लागि सहमति आवश्यक छ भन्ने कुरा नेताहरुले किन बिरसे किन ?
नेताहरु कुर्चीको लागि रस्सा कस्सीमा छन् । राजतन्त्र नै समाप्त भएको दुई वर्ष नपुग्दै त्यति बेलासम्मका राजा ज्ञानेन्द्र फेरि हसिलो मुख बनाउदै मुलुक चाहर्न थालेका छन् । उनी एकताको कुरा गर्छन् । असहमतिहरु निकै शालिन शब्दमा प्रकट गर्छन् । पुरातनवादी भनिएका ज्ञानेन्द्रको जत्ति पनि शैली र सोच देखिएन अग्रगामी भनिने हाम्रा नेताहरुमा । नेताहरुको यो अपरिपक्क चिन्तले देश अन्धकार तर्फ धकेलिदै छ । संयोग पनि कस्तो आजैबाट समय पनि औशीको यात्रा तर्फ अग्रसर छ ।

No comments:
Post a Comment