चितवन तोरी उत्पादनका लागि कहलिएको जिल्ला हो । तर अचेल तोरी एकाधठाउँमा मात्रै फुलेको देख्न पाइन्छ । भरतपुरदेखि गीतानगर जाँदैगर्दा बीचमा तोरीखेत भन्ने एउटा ठाउँ आउँछ । नाम अनुसारको त्यहाँ न तोरी छ न खेत नै । आज भोलि त्यस ठाउँमा कि त घर छन् या घर बन्न नपाएका घडेरी । जग्गा जति प्लटिङले खायो ।
भरतपुरबाट सौराहा जानलाई रत्ननगरको बकुल्लर कटेर आउने सौराहा चोक नै पुग्नु पर्ने बाध्यता छैन । निपनीबाट दक्षिण तर्फ गज्जबको पिच बाटो खुलेको छ सौराहासम्म पुग्ने । पुरानो बाटोमा जस्तो खाल्डाखुल्डी र घरहरुको भिडभाड त्यत्ति छैन । पुरानो बस्ती एक दुई ठाउँमा झुरुप्प भएर बसेको छ । बाँकी समतल फाँटमा बालीहरु लगाएको देख्न पाइन्छ ।
सौराहा जानका लागि निस्फिक्री भएर बाइक चलाइ रहँदा मनमा यी फाँटहरु कहिलेसम्म यसरी नै बाचिरहने हुन भन्ने भावना आउने गर्छ । फाँटलाई मध्ये भागबाट चिरेर गएको फराकिलो पिच बाटो यो उर्बरा जमिनका लागि कतै अभिसाप बन्ने त होइन भन्ने प्रश्न उठ्ने गर्छ । कारण घडेरी व्यवसायमा लाग्नेहरुलाई बाटोले छिचोलेको खुला जमिन देख्नै हुँदैन ।
गत हप्ता जिल्ला कृषि विकास कार्यालयमा बसेका बेला प्लटिङले कहाँ कहाँ खेती नास्नु पर्ने अवस्था आयो भन्ने विषयमा चर्चा भएको थियो । पिठुवामा डेढ विघा जग्गा भाडामा लिएर कमल मल्लले लगाएको सुन कागती फुल खेल्ने बेलामा फाँड्नु परेछ । कारण जग्गा धनीले त्यो प्लट घडेरी व्यवसायमा लागेकालाई बेचिदिएछन् ।
नेपालमा भारतबाट मात्रै एक वर्षमा छ करोड रुपैयाँ बराबरको कागती आउने पाँच वर्षअघिको एउटा तथ्यांकले देखाएको थियो । यो पर निर्भरता हटाउन पिठुवाको कागती खेतीले थोरै भए पनि योगदान दिने थियो । तर फुल खेल्न नपाउँदै मासिनु पर् यो । खेती हुने जग्गामा यस्तो मनमरी किन भएको होला
पदमपुरमा पनि त्यस्तै भएछ । यज्ञ सुवेदीले जग्गा भाडामा लिएर डेढ विघामा लगाएको केरा खेती प्लटिङ कै कारण हटाउनु परेछ । टिकौली हुँदै लोथरसम्म जाँदै गर्दा खेतीका लागि योग्य भूमि नासिदै गएको धेरै देख्न पाइन्छ । तरकारी फल्ने फाँटहरु टुक्रटुक्रा भएका छन् । धान झुल्ने खेतहरुमा राम्रा आली लगाउने होइन कालो पत्रे गर्ने होड चलेको छ ।
यस्तो हालत पूर्व पश्चिम राजमार्गमा मात्रै छैन । अलि अलि पिच भएका या ग्रावेल बाटोले छोएका जिल्लाका सवै कुनाको जमिन टुक्रने क्रम ह्वात्तै बढेको छ । पहाडी गाविस बाहेक प्लटिङले अरु कुनै ठाउँ अछुतो छैन । अनि यस्तै हालत रहने हो भने फोटोमा देखिए जस्तो हरियो खेत चितवनमा केही वर्षपछि देख्नै पाइने छैन ।
उब्जाउ जमिनमा अन्न फलफुल र तरारीको साटो घर मात्रै ठडाउने होड चल्ने हो भने चितवन घरैघरले घेरीएको सहर त बन्छ होला तर त्यो घरले ओगटेको जग्गाले कटौती गरेको उत्पादनका कारण देश र समाजलाले भने घाटा मात्रै बेहोर्नु पर्छ । दुई चार पैसा गोजीमा राख्न पाएका बेलमा घडेरी व्यवसायीले यस्ता कुरा सोचेकै छैनन् । त्यसैले हरिया फाँटको हरियाली जोगाउन यो बेलामा नसोचे घातक परिणाम निम्तने पक्का छ ।

No comments:
Post a Comment