Saturday, May 8, 2010

सौराहा र हात्ती


देश दुनियाबाट मान्छेहरु सौराहा आउँछन् र हात्ती चढेर चितवन राष्ट्रिय निकुंज घुम्छन् दुर्लभ गैंडा लगायतका जंगली जनावरहरु हेर्न । सौराहा र हात्तीको सम्बन्ध यत्तिमै सकिदैन । सौराहा धानिएको छ गैंडाले त्यो गैंडा जोगाउन आर्मी र निकुंजका अधिकारीहरु हात्तीमै जंगल भित्र गस्ति गर्छन् । हात्तीले नै हराभरा बनाएको हो सौराहालाई ।
शनिबार चार पाँच बजे तिर भरतपुरमा ठूलो हावाहुरी सहित वर्षा भएछ । त्यो समयमा हामी सौराहाको होटल पार्क साइडमा संचालक शेरबहादुर परियार र संरक्षणकर्मी दाजु बासु ढुंगनासँग सौराहा र हात्तीको सम्बन्ध केलाई रहेका थियौं । हाम्रो संवाद विथोल्ने तहको हावा सौराहामा चलेन । पार्क साइडमा अचानक भेटभएका चितवनका सीडीओ बसन्तराज गौतमले भरतपुरको बबण्डर बताउँदा हामी छक्कै पर् यौं ।
हामी त हात्तीले गरेको हित र गुनकै बखानमा मग्न थियौं । शेरबहादुरले भने 'हात्तीको िलंड (गोबर) बाटामा मिल्केको देख्दा मलाई त पैसा मिल्के बराबर लाग्छ । अरुले पनि मलाई सुनाउछन् हेर त शेरबहादुर नगद बाटोमै बिलाउने भयो " बासु दाइ अध्यक्ष रहेको संस्था ग्रीन सोसाइटी सौराहाले अहिले हात्तीको गोबरबाट कागज बनाउछ । शेरबहादुरको जोडले यो काम भएकोमा अरुको फरक मत छैन ।
हात्तीको गोबरमा समेत सिर्जना पोख्न खप्पिस भएछन् सौराहावासी । दुई वर्षअघि थाइल्याण्डको राजधानी बैंकक गएका बेला त्यहाँ हात्तीको गोबरबाट कागज बनाउने र त्यो कागजमा रंगिन बुट्टाहरु बनाएर बेचेको देखेका शेरबहादुरले सौराहा आएर यो काम सुरु गरेछन् । अहिले हात्तीको गोबरबाट बनेको कागजका डायरी एलबम लगायतका समानहरु बनेर नभ्याउँदै हाताहात बिक्री हुन्छ ।
पार्क साइडका दुईवटा हात्तीको गोबरले अहिले काम चलिरहेको छ । अब ठूलो कारखाना बनाएर धेरै व्यपार गर्ने आँट उनीहरुले गरेका छन् । हात्तीको गोबरबाट बनेको कागज गनाउ छ या गनाउदैन भन्ने कौतुहता तपाइँलाई पक्कै भयो होला । समान किन्ने पर्यटक पनि यो आशंका मेटाउन सवैभन्दा पहिले सुंघने गर्छन् रे । तर गन्ध भने आउँदैन । अव यो उत्पादनलाई सौराहाको पहिचान बनाउने ध्याउन्न गि्रन सोसाइटीको छ ।
'ुसौराहाले हात्तीको सबै चिज उपयोग गर् योु बासु दाइले गोबरबाट प्रशंग मोड्न खोजे । हात्ती खोलामा नुहाउन जान्छ सँगै पर्यटक पनि पसेर आनन्द लिन्छन् । पर्यटन सिजन सकिन लाग्दा हात्ती दौड राखेर हामीले पर्यटक अडाउन खोज्दै आएका छौं ।ु" बासु दाइले थपे 'ुयो गोबर के काम आउला भन्ने लाग्दथ्यो यसको कागज बन्यो । कागज बनाएर बाँकी रहेको गोबरको छेस्का र सिन्काले बि्रकेट बनाएर बेच्ने छौ ।"ु
हात्तीको पुच्छरको रौं समेत बिक्री भयो । तर यो गैरकानुनी काम हो । हात्तीलाई पिडा पनि हुन्छ यसले । यो सिर्जनशिलताले भन्दा पनि परपिडक मानसिकताले भएको काम हो । अरुलाई दुःख दिएर आफु रमाउने यस्तो मानसिकता बोकेकालाईे सौराहावासीले सुधार्नै पर्नेमा बासु दाइ र शेरबहादुर गम्भीर देखिए । सौराहाको पर्यटनसँग जोडिएको हात्ती प्रजनन् केन्द्र गफगाफको विषय नबन्ने कुरै भएन ।
खोरसोरको सो केन्द्रमा पर्यटक खचाखच हुन्छन् । हात्तीका छावाको हर्कतले हुनसम्मको आनन्द दिने गर्छ । योभन्दा पनि हात्तीको यौन व्यवहार जान्न सवै इच्छुक हुन्छन् । तर अहिले सूचना केन्द्रको भित्तमा लेखिएको विवरणले जिज्ञांसा मेटाउनु पर्ने अवस्था छ । प्रजनन् केन्द्रको कथा कुनै वियोगान्त नाटकको जस्तै भएको छ ।
प्रजनन् केन्द्रले हुर्काको भाले हात्तीले रोमासंको चान्स कमै पाउँथ्यो । जंगलबाट आउने भाले हात्तीले ओगटेको थियो प्रजनन् केन्द्र । घरेलु ढोइमा हुरुक्कै जंगली मत्ताले नाम पाएको थियो रोमियो । पागल रोमियोले केन्द्रको घरेलु प्रतिद्वन्दि वीरेन्द्रप्रसादलाई एक दिन सदाको लागि बाटोबाट हटाइदियो । रोमियोको आक्रमणले केन्द्रको भाले मर् यो ।
केन्द्र्रमा रोमियोको एक छत्र राज सुरु भयो । उसलाई चुनाती दिने सजातीय कोही भएन । तर उ लगाएतका जंगली जनावरको सहज प्रवेशलाई बन्देज लगाउन प्रजनन् केन्द्र घेरेर लगाइएको विद्युतीय बारको झड्काले दुई वर्षअघि रोमियोको पनि प्राण लियो । गोबरबाट सुरु भएको हात्ती सम्बन्धि गनथन रोमिएको अन्त्यमा आएर टुंगियो । कुराकानीको बिट मार्दा झमक्क साँझ परेको थियो ।

No comments:

Post a Comment