Wednesday, May 12, 2010

अर्थहिन दौड

जब बस आयो एउटा कुकुर त्यसको पछाडी बेस्सरी दौडदो रहेछ भुक्दै बसलाई केही मिटर परसम्म पछ्याएप्छि थाकेर कुकुर दौडन छाड्दो रहेछ एक दिन होइन दुई दिन होइन बस आएको देखेपछि कुकुर दौड्न झिजो मानेन बसको पछाडी दौड्नु उसको सवैभन्दा महत्व पूर्ण छाड्नै नहुने काम हो जस्तो अरुलाई लाग्न थाल्यो
दिन हप्ता महिना विते कुकुर त्यसरी नै बसको पछाडी दौडेको दौड्यै सधै जसो एकद दिन पनि बस आयो कुकुर दौडी यो तर कुकुर थाकेर फर्कने विन्दुमा नपुग्दै बस बिग्रेर बनाउनलाई रोकियो त्यस दिन कुकुरले बसलाई भेटायो पनि रोकिएको बसलाई चार पटक परिक्रमा गरेर कुकुर फर्कियो
बसलाई भेटेको भोलि पल्टदेखिु कुकुरले दौडने काम भने त्यागे कुकुरले पहिलाको त्यस्तो रफ्तारमा अचानक ब्रेक लागेपछि अरु भने आश्चर्यचकित परेछन् यसका साथीहरुले एक दिन सवै मिलेर कुकुरलाई बसको पछाडी दौड्न सुरु गर्नु रोक्नुको कारण सोधेछन् त्यो कुकुरले एउटा सानो सभा नै राखेर कारण खोले

उसले भन्यो 'एक दिन बस बिक्रेर बनाउनलाई रोकियो त्यस दिन मैले उसलाई भेट्टाए " अनि केही बेर रोकिएर फेरि भनाइ सुरु गर्यो 'भेट्दाको दिन त्यसलाई मैले कोपर्न सके चिथोर्न " दौडदै बसलाई भेट्टाउन सकेको दिन उसलाई बल्ल् हेक्का भएछ कुनै काम नआउने बस्तु प्रति एकोरिएरु त्यसै दौडेको रहेछु
उसले लामो सास फेर्दै कुराको बिट मार्न खोज्यो ' त्यो बस सुरुकै दिन बिग्रेको भए मैले बेकारमा दुःख नपाउने रहेछु " अझै पनि कुकुर उसको मतिलाई भन्दा पनि बसैलाई गाली गर्दै थियो एउटा तन्नेरी छाउरो उठेर भन्यो 'छाड्देउ दाइ त्यो नबिग्रको भए तिर्मो अर्थ हिन दौडाइ वर्षे वर्षसम्म पनि कायम रहन सक्थ्यो धन्न चाडै बिग्रेछ केका पछाडी किन दौडेको भन्ने थाहा नआउदा तिमीले दुःख पाएका हौ बसले गर्दा होइन "

No comments:

Post a Comment