Friday, May 7, 2010

हड्ताल खुल्यो संविधान बनाउने बाटो भने खुल्ला जस्तो छैन


एकीकृत नेकपा माओवादीले आमहड्ताल फिर्ता लिएपछि आज शनिबारदेखि जनजीवन सामान्य हुँदै जाने अनिश्चितकालिन भनिएको सो हड्ताल सरकारसँग कुनै सहमति भएर माओवादीले फिर्ता लिएको होइन त्यसैले अनिश्चितकालिन हड्ताल सकिए पनि माओवादी सडकमै रहेकाले संविधान बन्ने नबन्ने कुरा भने थप अनिश्चित भएको
माओवादीले देशभरका कार्यकर्ता काठमाडौंमा भेला गराएर आन्दोलन चर्काएको थियो अनिश्चितकालिन हड्ताल सुरु हुनुभन्दा एक दिनअघि मई दिवसको दिन खुलामाचमा भएको सभामा नेता प्रचण्डले भनेका थिए 'ुआन्दोलनमा सहभागि हुन देशभरबाट काठमाडौं आउनु भएकाहरुलाई काठमाडौंले स्वागत गरेको त्यसैले आधा लडाई हामीले अहिल्यै जित्यौं "
शान्ति संविधान निर्माणलाई सुनिश्चित गर्न भन्दै माओवादीले एक हप्ता अगाडी मात्रै अनिश्चितकालिन आमहड्ताल घोषणा गरेको थियो एमालेका नेता माधव नेपालले नेतृत्व गरेको सरकारले राजिनामा गर्नु पर्नेे उसको प्रमुख सर्त थियो नेपालले राजीनामा नदिए पनि माओवादी पछाडी हट्दै हड्ताल स्थगित गरेको तर आन्दोलन भने त्यागेको छैन
हड्ताल लब्बिनु हुँदैन भन्ने धेरैको माग आग्रह थियो सहमति पनि नहुने हड्ताल पनि नटुंगिने अवस्था आएपछि सर्वसाधरणहरु सडकमा निस्केर 'हड्ताल" हटाऊ भन्ने नारा लगाउन थालिसकेका थिए विदेशी राजदूतहरुले पनि चेतावनीको भाषामा हड्ताल त्याग्न माओवादीलाई भनेकै हुन् यी सवले गर्दा माओवादीले हड्ताल स्थगन गर्यो
संविधान निर्माणको बाटो सुनिश्चित होस भन्नेहरुले यो बेलामा सरकार पक्ष माओवादीबीच सहमति भएको हेर्न चाहेका थिए सरकारसँग सहमति भएको भए माओवादी सडकबाट संविधान सभामा आउने थियो विद्रोहको स्वरलाई विराम लगाएर विधिमा बस्ने थियो माओवादी जस्तो ठूलो दल विधिमा पसे मात्रै संविधान बन्ने नभए नबन्ने पक्का
माओवादीले हड्ताल स्थगन गरे पनि संविधान निर्माण प्रकृयालाई अवरोध हुने गरेर आन्दोलनका कार्यक्रमहरु बाहिर ल्याएको त्यसैले सरकारसँग कुनै सहमति नहुँदै हड्ताल फिर्ता लिएको माओवादीले अव प्रष्टरुपमा आपुनो अनुकुल हुने संविधान निर्माणको एजेण्डालाई लिएर आन्दोलन चर्काउने सम्भावना बढेर गएको
माओवादी गएको एक वर्षदेखि आन्दोलित नेता प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष तत्कालिन प्रधान सेनापति रुक्माङगद कटवाललाई पदबाट हटाएको निर्णय गर्यो सो निर्णयमा सरकारमा सहभागि अरु दलको पनि सहमति देखिएन अनि राष्ट्रपतिले सरकारको निर्णयलाई काट्ने गरेर कटवाललाई पदमै रहन निर्देशन दिए
राष्ट्रपतिको सो कदमले नागरिक सर्वोच्चता हनन् गरेको भन्दै सरकारबाट राजिनामा दिएर माओवादीले आन्दोलन सुरु गर्यो आन्दोलन थाल्दा उसको माग राष्ट्रपतिको कदम सच्चिनु पर्छ भन्ने थियो यो एजेण्डामा उसले संसदको बैठक लामो समयसम्म अवरुद्ध पार्यो तर यो एजेण्डामा कोही सहमत नभएपछि संसद खोलेर भारत विरुद्ध आन्दोलन चलायो
पछिल्लो समयमा माधव नेपालको राजिनामा माग गर्दै आन्दोलित माओवादी ठूलै आत्मविश्वसका साथ आम हड्तालमा उत्रेको थियो विश्लेषकहरुले प्रधानमन्त्रीको राजिनामा भन्दा पनि आउँदो संविधान माओवादी अनुकुलको बनाउने या नबनाउने भन्ने मुख्य अन्तरविरोध माओवादी अरु पक्षको रहेकाले सहमति गाह्रो भएको टिप्पणी गरेका थिए
हड्ताल सुरु भएपछि दलहरुबीच भएका लगातारका वार्तामा दुवै पक्षबाट आएको अडानले कुरा प्रधानमन्त्रीको पदको मात्रै रहेनछ भन्ने संकेत गरेकै हो प्याकेजमा सहमति भएको भए प्रधानमन्त्रीको पद गौण बन्दै आएको थियो प्याकेजको सहमतिले आउँदो संविधान कस्तो बनाउने भन्ने कुरालाई धेरै हदसम्म प्रतिविम्बित गर्दथ्यो अनि सरकार फेरबदल सडकबाट निस्केर संसदको अधिकार क्षेत्रमा समेटिने थियो अहिले सहमति नभएकाले यी सम्भावनाहरु बिलाएर गएका छन्
आन्दोलनका ठूला कार्यक्रमहरु घोषणा गर्ने त्यसबाट पछाडी हट्ने युद्धकालदेखिकै प्रवृत्तिलाई माओवादीले अझैसम्म त्यागेको छैन त्यसैले अहिले हड्ताल छाडेको माओवाीले योभन्दा ठूलो आन्दोलन नल्याउला भन्ने ठान्नु गलत हुने राष्ट्रपति भारतीय नीति प्रधानमन्त्री विरुद्ध असफल आन्दोलन गरेको माओवादी अव संविधान आपुनो अनुकुलको बनाउनेमा थप शक्ति लगाएर संघर्षमा आउने अबेर गर्ने छैन
कष्टकर बनेको जनजीवन आमहड्ताल फिर्ता भएपछि अवश्य सहज बन्दै आउने तर अन्यौल ग्रस्त बनेको संविधान निर्माण प्रकृया प्रति आँखा चिम्लियौं भने देश नै असहज बाटोमा लाग्ने बन्द खुलाउन यस पटक सर्वसाधरणको तत्परताले ठूलो भूमिका खेल्यो अझै पनि गाठो नफुकेको राजनैतिक संकटलाई समाधान गर्न पनि नेताको विश्वासमा पर्नुभन्दा नागरिकको खवरदारी आवश्यक

No comments:

Post a Comment