आँगनबाटै बस चढ्ने उनको धोको पुरा भयो । उमेरले ७५ वर्ष नाँघेकी डल्लीकुमारी सुनार यो कुराले औधी खुशी भइन् । झण्डै ४० वर्ष अघि उनी श्रीमानसँगै स्याङजाबाट चितवन झरेकी थिइन । उ जमानामा चितवन आएकी डल्लीको आँगन नजिक बल्ल बस पुग्यो त्यो पनि एक रातका लागि ।
उनकै घर छेवैमा बसले रात काट्यो । भालिपल्ट बिहान त्यसैमा चढेर उनले आधी घण्टा यात्रा गरिन । डाँडाको घाम झै भएकी डल्लीका लागि यॊ छोटो समयको बस घुमाई जिन्दगीकै अनुपम क्षण बन्यो । अब त्यस ठाउँमा त्यत्रो बस कहीले जाने हो ठेगान छैन । त्यसैले उनलाई यो पल 'दैवले नै जुराईदिको मेसो झै’ लाग्यो ।
सुगम भनिनॆ चितवन जिल्लाको विकट क्षेत्र माडी शितलपुर घुसेरीकी वृद्धाको अनुभूति हो यो । माडीमा बसै नचल्ने भने होइन । रापतीको पुल तरेर निकुंजको झण्डै १० किमि जंगल छिचोल्दै र रिउ खोलाको भेलमा चक्का चोबल्दै माडीमा पर्ने चारवटै गाविसलाई बीचोबीच पारेर हिड्छन् बस । रिउ र अन्य खोलको भेलले ठूलै चुनौती दिँदा मात्रै ठप्प हुन्छ यातायात ।
यॊ छेक बार त छदै गियो एक वर्ष अघिसम्म निकुाजको समय सिमाले पनि माडीमा यातायातको निर्वाध प्रबेशलाई खुम्च्याएको थियो । त्यहाँ बस्ने ६० हजार जनतालाई अहिले पनि दिनको मुश्किलले छवटा गाडीले ओहर दोहरको सुविधा दिने गर्छन् । यातायातको यो अफ्ठ्यारो माथि बिजुली नपुगेको पिडा छ । त्यसैले माडी सुगम जिल्लाको विकट इलाका मानिन्छ ।
'हामी स्यङजाट झर्दाको ताक त्यो नरनघाट पनि यस्तै यस्तै त थियो’ डल्लीलाई उहीलेको कुरा झिक्न मन लागे छ । त्यो जमानामा मान्छेहरुको रोजाइमा भरतपुर नारायणगढभन्दा माडी र अन्य बस्तीहरु नै पर्दथे । माडीबाट ३० देखि ५० किमि दुरीमा पर्ने सदरमुकाम भरतपुर अनि नारायणगढको चमकदमक अहिले उबेलाको भन्दा कता हो कता माथि पुग्यो ।
'त्यही नरनघाट नगएको पनि कत्ति भइसक्यो’ काम परे पो जाने हो भनेर उनले मनबुझाउने गर्छिन । टाढा जाने कामै पर्दैन लैजाने डुलाउने आफन्त कोही छैन । स्याङजाबाट १४ दिन हिडाएर चितवन टेकाउने श्रीमानले संसार छाडेको दशक नाध्यो छोराछोरी जन्मेनन् । उनको संगी बनेकी छन् समबयी कैशीला, कौशीला उनकी मितिनी रहिछन् ।
'आफन्त भन्नु मितिनी मात्रै’ बसको पछिल्लो सिटमा कुम जोडेर बसेकी कौशीलाको देब्रे हत्केलामा आफ्नो दाहिने हत्केलो खप्ट्याउँदै डल्लीले यो घोषण गरिन् । उनी बसेको गाउँमा ३० घर छन् प्राय घर दलितका । घरले ओगटेको माटो र त्यस पछाडीको करेसा बाहेक थप जग्गा नभएकाहरुनै हुन् सबै । अनि उनीहरुसँग त्यो जग्गाको पनि लालपूर्जा छैन ।
यो हिसाबले नाता लागउँदा सबै गाउँलेनै डल्लीका आफन्त । माडीको बरुवा बजारबाट पश्चिम दक्षिणमा छ यो घुसेरी गाउँ । बरुवा बजारबाट त्यता हेर्दा जंगल बाहेक केही देखिदैन । नजिकै पुगेपछि जंगलसँग जोडीएको जुन बस्ती देखिन्छ त्योनै घुसेरी हो । यस्तो ठाउँमा यो बस्ती बसेको तीन दशक नाध्यो तर नीति निर्माताको नजरमा अझै पर्न सकेको छैन ।
मान्छेको नजर पनि नपुग्ने ठाउँमा बस कसरी पुग्ने धन्न त्यहाँ एउटा सामुदायिक भवन बनेको रहेछ । बसमा यात्रा गरेर नारायणगढबाट आएको समुहलाई राख्ने प्रवन्ध त्यही भवनमा भएको थियो । यो बाध्यता नभएको भएर चालक श्याम थापा जोखिम मोलेर त्यता लाग्ने बालानै थिएनन् । बस बाटोमा दगुरेर होइन खोलाको ढुंगे बगरको अबरोधलाई कुल्चेर त्यहाँसम्म गुगेको थियो ।
'यस्तो बाटोमा बस ल्याउन कर गरेको’ भनेर चालक थापा केही रिसाएका पनि थिए । भोलि पल्ट बिहान चालकलाई फूल मला र अबिर लगाइदिन जम्मा भएका गाउँले देखे पछि उनी मख्ख परे । सानो गाग्रोमा पानी भरेर आउँदै गरेकी डल्ली पनि यो 'उत्सव’ सामेल भइन र ' मलाई बसमा चढाएर अलि परसम्म लगिदेउ न’ भन्ने अपिल गरिन् ।
अपिलको सुनुवाइ भएपछि दौडदै घर भीत्र छिरेर चोलो बदलिन् सेतो पछ्यौरा ओढिन र मितिनीलाई पनि बोलाउँदै बस चढिन् । खोलाको बगरमा बसले निकै उफार् यो । बृद्धा मितिनीहरु 'लौन के भा हो यस्तो’ भन्न थाले । सिटमा अडिन हातले भेटेका चिजलाई मज्जाले अठ्याउन थाले । बगर काटे पछि भने बस्ले गति लियो । उनीहरुले सुविस्ताको सास फेरे ।
फेरि उफार्ने पो हो कि भन्ने त्रास भने कायमै रहेछ । एउटा हातले सिटको डण्डी दह्रोसँग नै समाइराखेका थिए । ध्यान भने बसको झ्याल बाहिर थियो । बसले बगर पार गर् यो । तोरी फूलेको फाँट पनि काट्यो । अब बसले बस्तीलाई पछाडी हुत्याइ राखेको छ । थारु बस्तीमा लगभग एकै नासका घर छन् । खबडाको छानो खडाइले बारेर पोतेको भित्तो । केही घरका भित्ता चित्रले संगिएका पनि छन् । आँगनमा आगो तापेका मान्छे र हाँसका बथान देखिन्छन् ।
'हैन यो बस दौडेको हो या घर हिडेका हुन्’ बाहिर हेर्दा हेर्दै डल्ली यस्तो दुविधामा परिछन् । खासमा उनी दोमनमा परेकी होइन रहिछन् ठट्टा गर्न पो खोजेकी । 'ए बाबु मेरो कुरा सुनेर हाँसो लागेन तपाइलाई ’ यसो भन्दै डल्ली दिल खोलेर आफै हासिन् । उनी हास्दा गिजाको साथ नछोडेको अगाडीको एउटा दाँतले पनि बसको भित्रको रमाइलो हेर्ने मौका पायो ।
बस माडीबाट बेलुकासम्म नारायणगढ पुग्ने सुरमा थियो । डल्लीको अन्तिम गन्तब्य भने सोधी खोजी भएको थिएन । ँम बसन्तपुरसम्म पुग्ने’ अरुले चासो राखे पछि बल्ल आफु झर्ने ठाउँ अवगत गराइन् उनले । बसन्तपुर बघौडा गाविसमा पर्ने माडीको राम्रो बजार क्षेत्र हो । गाविस कार्यालय पनि त्यही छ । बृद्धा भत्ताको फारम भर्न डल्लीलाई त्यहाँ आउनु परेको रहेछ ।
'आँधी खोला उर्लेर आयो आउने थिइन मायाले बोलायो’ बसको क्यासेटमा यो गीत बझ्दा डल्लीले मन थाम्न सकिनन् । सिटमा बसे पनि हात र जिउ हलाउदै नाचेको पारामा डल्लीले रमाइलो गरिन् । आँधीखोला स्याङजन जिल्लामै पर्छ । बस यात्राले गदगद भएकी डल्लीलाई यो शब्दले नाँच्न हौसाए छ ।
काम परे 'नरनघाट’ आउने अभिलासा पनि उनले सुनाइन् । 'घुम्नै भनेर त कसरी आउने र खै छोराछोरी आफन्त कोही छैनन् नरनघाट नपुगेरै मरिन पनि सकिन्छ’ बसन्तपुर आएर हामीसँग छुट्टिने बेला उनले यो खिन्नता प्रकट गरिन् । उनका लागि 'नरनघाट’ भनेको नारायणगढमा बस्नेले सोच्ने लण्डन पेरिस जस्तो नभए पनि बम्बै बेजिङ या बैंकक जस्तो पक्कै थियो ।

Photo chahi dami cha
ReplyDeleteडल्ली सुनारको वसयात्रा नराम्रो नलाग्न नसकेको कारणले तपाईंको व्लगबाट सुटुक्क चोरेर मैले मेरो नेपाल कतार अनलाइन डट कममा पनि राखिदिएको छु । यसलाई अन्यथा नलिईदिनुहोला रमेश सर । तपाईंको क्यामेराले कैद गर्नु भएको डल्ली सुनारको फोटो त धेरै अगाडि नै अनलाइनको फिचरीङ्गमा अपलोड गरी सकेको थिएँ । अहिले तपाईंको लेखलाई फेसबुक मार्फतबाट पनि सवैलाई निशुल्क बाँडी रहेको छु । कतारको आठ बर्षको बसाईले गर्दा नेपाल छँदा ताका तपाईंसंग अलि अलि नजिकन खोजेको सम्बन्धपनि चुँडिन खोजिसकेछन् । अव नेपाल आउँदा तपाईंलाई भेट्ने वाचा गर्दै तपाईंको लेख नसोधीकन अनलाइनमा राख्न पुगेकोमा दुःख नमानी सहर्षता जनाईदिनुहोला भन्ने अनुरोध गर्दै विदा ।
ReplyDeleteRabi Bhatta Roshi
Chief Editor
www.nepalqataronline.com
E-mail: rabi_roshi@yahoo.com
http://www.nepalqataronline.com/literature.php?cid=110