Friday, May 28, 2010

पछार्ने चिन्तन

नेताहरु दुई वर्षमा संविधान लेख्छु भन्ने बाचा गरेर संविधानसभाको सदस्य चुनिएका हुन् भोट माग्ने बेलामा गरेको प्रतिवद्धता पुरा नगरेपछि मतदातासँग माफी माग्नु पर्ने हो तर हिजोको संविधानसभाको बैठकमा यो प्रसंगले प्रवेश नै पाएन तोकिएको समयभन्दा १५ घण्टा ढिला सुरु भएको बैठक संविधानसभाको आयुलाई एक वर्षसम्म लम्ब्याएको तर नेताहरुको उचाइ घटाउँदै ल्याएको
प्रधानमन्त्रीको पद 'छाड" 'छाड्दिन" भन्ने धम्कि धुर्की हिजो अन्तिम अन्तिम समयसम्म पनि कायमै रहेको थियो नेताहरुले संविधान बनाउनभन्दा कुर्चीलाई यस्तो महत्व दिएको हुँदा उनीहरुको कद कटौतीमा परेको हो त्यसो नेपाली नेताहरु कुन चाहि अग्लो कदका थिए तर ऐतिहासिक जिम्मेबारीलाई सफल्ता पूर्वक पुरा गरेको भए उनीहरुको हैसियत पक्का माथि उठ्ने थियो यो अवसर गुमाएका छन् नेताहरुले
कद बढाउने अवसर सदुपयोग नगरेपछि अरुलाई पछारेर आफु अग्लो हुने चाहना केहीमा हुन्छ हो हाम्रा नेताहरुले यसैलाई अनुसरण गरे संविधानसभामा चुनिएर गएपछि एक अर्कालाई न्याकेर पछारेमा मात्रै आफु अग्लो देखिन्छु भन्ने चिन्तनले काम गर्दा उनीहरु झगडामा रुमलिएर समय बर्बाद पारे जिम्मेबारीको पहाड उक्लने कोसिस गर्दै गरेनन् कसैले अरुलाई ठेगान लगाउन सत्ता हडप्ने चाहनामा बस्दा प्रधानमन्त्रीको कुर्ची माग्ने नछाड्ने नेताहरुको बर्बराहट सुनेर समय बिताए सर्वसाधरणले
संविधान समयमा नलेखेपछि संविधानसभाको म्याद थप्ने अन्तिम अन्तिम क्षणसम्ममा पनि नेताहरुले गरेको पदको बर्गेनिङले अबका दिनहरुमा पनि उनीहरुको चाला नसुध्रनॆ प्रष्ट्याएको देश देशवासीको हितका लागि पनि पटक्कै झुक्न नखोज्ने नेताहरुबाट धेरै आशा गर्ने ठाउँ छदैछैन विष्लेषक सीके लालले भने जस्तो कुनै अग्लो कद भएको भए पो झुक्न खोज्दथे हाम्रा नेताहरु जसको कदनै अग्लो छैन झुक्ने कुरै आउँदैन
त्यसैले अरुलाई पछारेर आफ्नो आकार देखाउन खोज्ने नेताहरुले मल्ल युद्ध चलाउदा दर्शक दिर्घामा बसेर पक्ष विपक्षँमा तालि पिट्ने हुटिङ गर्ने काममा हामी लाग्न छाडेमा नेताहरुको जोश सेलाएर जाने उनीहरुलाई चुनौतीको हिमाल उक्लने दिशामा हामीले नै अग्रसर बनाउन सक्छौं आगामी दिना यो अभिभारा हामीबाट पुरा भयो भने मात्रै सुन्न नपर्ला प्रधानमन्त्रीको पद ले दिन्न भन्ने दोहरी सवैमा गणतन्त्र दिवसको हार्दिक शुभकामना अन्तिम अन्तिम समयमा भए पनि नेताहरुले संविधानसभाको म्याद थपेर आशा गर्ने ठाउँ राखिदिए यसका लागि उनीहरुलाई धन्यवाद, हामीलाई बधाई


No comments:

Post a Comment