Wednesday, May 26, 2010

तन्नेरी तिर्थलुहरू

देवघाटधाम तनहुँ नवलपरासी चितवनको साँध छोएको प्रख्यात धार्मिक स्थल हो गोसाइकुण्डबाट आएको त्रिशुली मुक्तिनाथबाट आएको कालीगण्डकी नदीको मिलन यही भएको यो वेणीमा डुबुल्कि मारे मुक्ति पाइने विश्वासले मान्छेहरु टाढाटाढाबाट आउने गर्छन् यसैको किनारमा प्राण त्याग्ने अभिलाषाले वृद्धवृद्धाहरु कल्पबासनै बस्छन्
यत्ति कुरा गर्दा देवघाट आउने चाहना कस्तालाई हुन्छ भन्ने थाहा पाउन गाह्रो छैन निसन्देह प्रौढ पुस्तानै यो स्थल भनेपछि हुरुक्क हुने गर्छन् नारायणगढबाट नजिकै भए पनि बजारको कोहलाहल प्रदुषणबाट मुक्त यो ठाउँ सुन्न पाइन्छ केवल भजन किर्तनका धुन देख्न पाइन्छ साधु सन्तको जीवनशैली जस्मा तडक भडक होइन केवल सादगी
धार्मिक ग्रन्थहरुमा यो ठाउँमा देवताहरुनै घुम्न आउँथे भन्ने कुरा पढ्न पाइन्छ देख्दा सुन्दामा जीवनदेखि वैराग्यकाहरु आएर बस्ने ठाउँ जस्तो लागे पनि अध्यात्मको ऊर्जाले भरिपूर्ण भएको हुन्छ देवघाट जहाँ पुगेपछि मनका तनावहरु हराउन बेर लाग्दैन देवघाटको वास्तविकतानै यही हो योनै हो यस ठाउँको पहिचान
प्रौढलाई तान्ने यो देवभूमिमा युवायुवती किसोर किसोरीले पनि पाइला नराख्ने होइन तर उनीहरु बाहुल्य भए भने त्यहाँको सादगी आध्यात्मिक परिवेश विथोलिन थाल्दो रहेछ चाचल मनबाट उब्जेका गतिविधि त्यहाँको परम्परागत पहिचान अनुकुलका नहुँदा रहेछन् गत वर्षको साउनको पहिलो सोमबारको बिहान देवघाटमा देखिएका दृश्यहरुले बोलेका कुरा हुन् यी
साउन महिनामा शिवको विशेष आरधाना हुन्छ अझ सोमबारका दिन शिवप्रति नै समर्पित हुन्छन् नारी नरहरु यो शिव आरधना विवाहित नारीले पतिको दिर्घायु अविवाहितले चरित्रवान श्रीमानको कामनाका लागि गर्छन् भन्ने अलि बढी सुन्ने गरिन्छ तर धर्मप्रति आस्था विश्वास भएका प्राय सवैले साउन महिनामा शिवकै जपध्यान गर्छन्
धार्मिक ग्रन्थहरुमा साउने सोमबारको साधनाको फलका बारेमा उल्लेख भएको कुरा जानेरै हो या आपुनो बुझाइको तहबाट मात्रै ब्यख्या गरेर हो धेरैले पतिपत्नीको सम्बन्धसँग यसलाई जोड्ने गरेका छन् पतिपत्नीको सम्बन्धसँग जोडिएर आएको हुँनाले अहिलेका किसोर किसोरी युवायुवतीले यसलाई हिन्दु संस्करणको 'भ्यालेण्टाइन डे" जस्तो मान्न थालेका छन्
'आईलभयु" एकजना किसोरका गालामा यही लेखिएको त्यो शब्द पानको पातको आकारको घेरा भित्र परेको बेणी तर्फ झर्न लागको बेला बाटोमा भेटिएका उनी दोस्तहरुको हुलमा छन् िलंगका हिसाबले समावेसी देखियो उनको त्यो समुह उनीहरु शिव बाबाको जपका लागि घाट जान लागेका हुन् या म्युजिक कन्सर्टमा छुट्टयाउन गाह्रो पर्यो
घर फर्कन लाग्दा देवघाटको तनहुँतर्फ पुलको आडैमा देखियो अघिको किसोरले गालमा आईलभयु छाप हानेको ठाउँ व्यपारी जोगेश्वर साह सानासाना काठको फ्रेममा तयार विभिन्न चित्र शब्दहरु रंगमा डुबाउँदै छाप हानिदिने कारोबारमा मस्त थिए पानको पातको घेरोमा 'आइलभयुका" साथै दिल हे तुम्हारा" बोलबम जस्ता शब्दहरु पनि नभएका होइनन् तर बोलबमको मार्केट डाउन थियो
यो थियो किसोरको च्वाइसको कुरा तल स्नान घाटमा किसोरीहरुको करामत पनि कमको थिएन नुहाएपछि पूजा गराउन एउटा ब्राहमण आइ हाल्दथे शिव िलंग तयार गरु भन्ने ब्राहमणको आदेश मानेरे शिव िलंग खोज्न लागेकाहरु आकार आकारका ढुंगा टिप्दै हासेरै मुर्छा पर्दथे पूजा पाठमा भन्दा उनीहरुको चित्त अरुनै कुरामा गएको थियो
पूजा चाडै सकेर हिड्ने हतारमा थिएनन् उनीहरु पूजापछि नदी स्नानको मज्जा लिन तम्सनेमा किसोरी युवतीहरु बढी थिए िसंगापुर आर्मीमा भर्ति हुन चाहनेहरुलाई आधारभूत तालिम दिने संस्थामा आवद्ध सिकारु युवाहरु एका बिहानै दौडेर देवघाट पुग्छन् नदीमा हेलिएर अभ्यास गर्छन् त्यस दिन पनि उनीहरु त्यसै गरे किसोरीहरु पनि त्यसैको सिको गर्न थाले
पौडिन जान्ने जस्ता थिएनन् उनीहरु तर नदीमा पस्ने हिम्मत गरे कताबाट आएको हो कुन्नि त्यस्तो जोश उनीहरु लगाई रहेको कपडासँगै नदीमा पसेका हुन्थे पौडनेभन्दा पानीमा उफ्रेर रमाइ रहेका थिए उनीहरु
एकजना दुईजना हो हुलका हुल युवती पस्न थाले पानीमा पहिला समान्य स्नानपछि छोटो पूजा अनि जलकि्रडा लाग्दथ्यो सोमबारको दिनमा अरुभन्दा महत्वपूर्ण यही जलकि्रडानै हो सामान्य स्नान पूजापछिको गर्नै पर्ने पाटो हो त्यो तर होइन युवक किसोरहरु भने बाहिरै बसे किन हो केटाहरुले हेलिनभन्दा हेर्नमै आनन्द माने जस्तो थियो
अनुभव नभए पनि नदीको वर्षे भेलमा पस्न आट गरेका युवतीहरुको हिम्मत यसरी बढ्यो की उनीहरु किनारका युवकहरु तान्न आउन थाले युवकहरु भने आनाकानी पो गर्छन् ुपाइन्ट सर्ट खोलेर के पस्ने त्यत्तिकै गए के फेर्नेु भन्ने ख्याल राखेको पाइयो तर महंगा कुर्था सुरुवाल जिन्स पाइन्ट टिसर्टमा रहेका युवती किसोरीले यस्तो सोचे जस्तो लागेन
नदीमा नुर्थुक्क भएपछि पालो आयो फोटो सेसनको देवघाटको वेणीमा पूजा गर्नेको जति समूह लगभग त्यत्तिनै समूह नदी किनारमा थियो जसले जलकि्रडाको आनन्द फोटोमा सुरक्षित राख्न चाहि रहेको थियो यो तन्नेरी तिर्थालुहरुको कुरा भयो तर त्यो पावन भूमिमा उनीहरुकै मात्रै रजगज भने थिएन सोमबारे स्नानको पुरानत ब्यख्या मान्यतालाई आत्मसात गरेर आउने तिर्थालुहरु पनि उत्तिकै थिए त्यहाँ
विभिन्न बोलबम धामहरुमा चढाउने शुद्ध जल लिन देवघाट जाने चलन एक दशक यता ह्वातै बढेको बैजनाथ धाममा चढाउने जल लिन आएका चितवनको पदमपुरका लछन महतो पनि त्यही भेटिए जसलाई जलसँग बाहेक नदीमा भएको जलकि्रडासँग कुनै मतलबै थिएन वेणीमा जप ध्यानमा लागेका प्रौढलाई पनि ुडिस्टर्ब भए जस्तो लागेन
'अरे यार साउने सोमबारको ब्रतको प्रसंग पतिपत्नीको सम्बन्धसँग जोडिएको भने अहिलेका युवायुवती किसोर किसोरीको मनमा छुट्टै तरंग चल्नु अस्वभाविक हुँदैन के" देवघाटको नौलो माहौलका बारेमा साथी गणेशले यस्तो टिप्णी गरे तन्नेरी तिर्थालुको हाउभाउका बारेमा एकजना तन्नेरीले नै यो विश्लेषण सुनाउँदा हामी देवभूमि देवघाट छाडेर कोहलाहलले भरिएको नारायणगढ आइसकेका थियौं





No comments:

Post a Comment