Saturday, May 15, 2010

बाहुनहरुको बहस

यो देशमा बाहुनहरुले पनि राज्यसँग जातीय अधिकार खोज्ने बेला आइसके आदिवासी जनताति दलित महिला मधेसी कर्णलीवासीले अधिकारको माग गर्दै आएको लामो समय नै भयो अब लेखिने संविधान मै उनीहरुको हक अधिकारका विषय उल्लेख हुने पक्का यसरी जातीय राजनीति मौलाएपछि बाहुनहरु पनि किन पछाडी पर्थे
राष्ट्रिय क्षेत्रीय जिल्ला नगर गाउँ तह हुँदै बाहुनहरु संगठन गर्न अहिले वटा टोलमा छिरेका छन् बस्ने गरेको भरतपुर नगरपालिकाको वडा नं। मा हिजो जेठ गते शनिबार बाहुनहरुको वडा भेला सम्पन्न भयो सो भेलाले ब्राह्मण समाज नेपाल नाम गरेको बाहुनहरुको संगठनको वडा समिति गठन गर्यो
यो देशमा दलितहरु आदिवासी जनजाति भनिदै आएका गुरुङ मगर चेपाङ तामाङ लगायतका जातीहरु महिलाहरु क्षेत्रगत हिसावले मधेसी कर्णालीवासीहरु राज्यबाट देखिने गरेरै पछाडी पारिदै आएका हुन् उनीहरुको उन्नतीका लागि राज्यले सोच्न थाल्दा त्यसबाट पर्न असरहरुलाई बाहुनहरुले कसरी केलाउँदा रहेछन् त्यो बुझ्न पनि भेलामा सहभागी भए
भेलामा आएका थिए ब्राह्मण समाज नेपालका चितवन जिल्ला कार्य समितिका अध्यक्ष काशीनाथ पौडेल उनी कार्यक्रमका प्रमुख अतिथि पनि थिए बाहुनहरुको मुख्य विमति आरक्षण जातीय आधारमा संघीयता कायम गर्न खोज्नुप्रति रहेछ यी कुरा राख्नलाई लम्मेतान भाषण गर्ने क्रममा बक्ताहरुले केही रोचक तर्कयुक्त कुरा पनि बोले
काशीनाथ पौडेलले भने . नेपालमा रहेका ब्राह्मण क्षेत्रीलाई समाप्त पार्न अन्तराष्ट्रिय शक्ति लागेको . हामी संगठित भएर अहिले नै आन्दोलित भएनौं भने पछि गएर हामीलाई पनि दलित सरहको अधिकार लेउ भनेर आन्दोलन गर्ने बेला आउँछ . जसले जातिपाति मान्दैनौ भन्यो उसले नै जातीय राज्यको माग गर्नु षड्यन्त्र हो
काशीनाथ धाराप्रवाह बोल्दै थिए अगाडी उनले भने . अब बन्दै नेपाल खाने कालाकुट विष त्यसैले जागौ साथी हो . अहिले कुनै जाती विषेशलाई पुरै शोषित बाहुन क्षेत्रीलाई पुरै शोशक भन्ने पारिदै यो गलत हो सात सालमा प्रजातन्त्र आएपछि बाहुन समुदायबाट १० जना प्रधानमन्त्री भए गलत गरेका हुन भने उनैलाई थुनौ अरुलाई नमुछौ
काशीनाथ तर्क गर्न थाकेनन् उनले थपे ७) १२ सय वर्षदेखि हामी बाहुनहरु यहाँ बस्दै आएका छौ हामी आदिवासी किन होइनौं . जातीय राज्य खडा गर्नुको भित्री कारण बाहुनहरुलाई लखेट्नु नै हो . हामी जप गर जनै लगाउ भन्नलाई होइन हाम्रा सन्तानले भुटानबबाट खेदिएका नेपाली भाषीको नियती भोग्न नपरोस भन्नका लागि संगठन खोलेका हौं
काशीनाथले पत्रकारहरुसँग पनि गुनासो पोखे उनले भने 'प्रमाणित इतिहासको आधार खोज्दै नजोजी तापाइँहरुले त्यसै अरुलाई भटाभट आदिवासी भन्दै हुनुहुन्छ पत्रकारले यस्तो काम गर्न भएन " भेलामा आएका समाजका केन्द्रीय सदस्य ध्रुवराज अर्यालले भने 'फलामले फलामलाई काट्छ भनेझै पार्टीमा रहेका बाहुन नेताहरुले सवै बाहुनलाई डुवाउने भए "
त्यस्तै समाजका जिल्ला सचिव चुडामणि ओलीले थपे ' जातीयताको आधारमा सरकारले आरक्षणको व्यवस्था गर्नै हुँदैन यसो भयो भने आरक्षण नपाउने जातीका गरिवहरुका क्षमतावानहरुको बेहाल हुन्छ आरक्षण पाउने जातिमा पनि टाठाबाठाको बोलाबोल हुने खतरा हुन्छ " ओलीले निस्चित समय अवधी पछाडी आरक्षणको व्यवस्था पुर्णरुपमा खारेज हुनु पर्ने धारणा राखे सधै आरक्षण हुँदा क्षमतावान पछाडी पर्ने खतरा उनले औलाए
भारतमा केही समय अगाडी महिला आरक्षण सम्बन्धि विधयक संसदबाट पारित हुँदा त्यहाँ केही दलले कडा विरोध जनाए त्यसरी विरोध जनाउनेमा महिलाले नेतृत्व गरेको मायावतीको पार्टी बहुजन समाजवादी दल ममता बनर्जीको त्रिमुल्ण काँग्रेस जस्ता पार्टीहरु थिए महिलालाई आरक्षण दिए पनि त्यसले मुस्लिम दलित गरिव महिलालाई भन्दा धनी हुनेखाने तहका महिलालाई मात्रै हित गर्ने उनीहरुको तर्क थियो
तसर्थ नेपालमा सरकारले आरक्षणको व्यवस्था गर्दा गरिवहरुलाई हित गर्ने ढंगले ल्याओस भनेर ब्राह्मण समाजले आवाज उठाउनु उसका दृष्टिबाट खासै नाजायज छैन त्यस्तै जातीयताको आधारमा संघीयता भए देशै टुक्रने तहसम्मको खतरा आउन सक्ने चेतावनी नेपालमा ब्राह्मण समाजले मात्रै होइन अरुले पनि दिएकै हुन्
काशीनाथको भनाइ थियो 'देश राम्रो बनाउनलाई नागरिक सवैलाई बराबर अधिकार दिन पर्यो सरकारमा बस्नेहरुले अन्याय अत्याचार गर्न भएन अत्याचार गर्नेहरुलाई कानुनले छाड्न भएन घुस खान भएन यस्तो कुरा गर्न छाडेर देश टुक्राटुक्रा बनाउँदै शासन गर्न खोज्दैछन् जुन निको चाल होइन "
बाहुनहरुले बोल्ने बेलामा आवेश युक्त दुईचार शब्द फुत्काए पनि समर्गमा देश समाज प्रतिको चिन्ताले हामी संगठित भएका हौं है भन्ने संदेश सहभागीहरुमा फैलाए बाहुनलाई शोसकको रुपमा चित्रण गरे पनि उनीहरुले प्रतिवाद गर्ने छैनन् भन्ने चिन्तलले नेताहरुले देशमा जातीय राजनीतिलाई मलजल गरेको सहभागीहरुका बीचमा चर्चा चलेको थियो यसले देशलाई नराम्रो गर्ने चिन्ता त्यहाँ व्यक्त भयो

No comments:

Post a Comment