मान्छे अनुसार आँखा फरक हुन सक्लान तर आँखामा बस्ने आँशुको स्वाद र रंग एउटै हुन्छ । एकै रंग र स्वादको भइकन पनि परेलाको डिल नाघेर आँखाबाट आँशु बाहिरिने कारण अनेक हुन्छन । तर कहिले काही आँशु छचल्किने कारण एकै बन्न सक्छ । कानी र शिलु पात्र फरक हुन् तर दुवैका आँखा ओभाना छैनन् । उनीहरुको व्यथा एउटै हो ।
पूर्व चितवनको कठार बजारको मुखैमा एउटा कल्भर्ट भेटिन्छ । त्यसबाट पूर्व लाग्नु भयो भने तीन सय मिटर टाढा नपुग्दै फेरि अर्को कल्भर्ट आउँछ । कल्भर्टको आडैमा देब्रे तर्फ छ कानीको घर । प्लाष्टर नलगाएको एक तले घरको बरण्डामा हामीले देखेको एकजना अधवैशे महिला नै कानी रहेछिन् । हामीलाई उनले आशा र आशंकाको दृष्टिले हेरिरहेकी थिइन् ।
वाइकबाट झरेर उनीसँग चिनजान र आउनुको कारण बताउन भ्याउदा नभ्याउदै आगनमा एकजना युवती आइपुगिन् । कानीले हामीलाई बरण्डामा रहेको खाटमा बस्न आग्रह गरिन् । साथै आगनमा देखा परेकी युवतीलाई हाम्रा लागि पानी ल्याउन अहर् याइन् ।
पानी पिउँदै उनको कथा खोतल्ने क्रम सुरु भयो । 'जग्गा बल्ल बल्ल हिजो फिर्ता गरे । मान्छेको केही अत्तोपत्तो छैन बाबु" कानीले सुनाइन् । गत वर्षको साउने मसान्तिको दिनदेखि उनका श्रीमान ठिसारी महतो घर फर्केका छैनन् । उनको घरदेखि केही पर बस्ने विसारीसँग श्रीमानको खुव मिल्ति थियो । सोधखोजका लागि पहिले उसैको घरमा गइन् ।
विसारीले ठिसारीको बारेमा केही थाहा नभएको जवाफ दिए । राम्रै मुखले थाहा भएन भनेको भए कानीले चित्त बुझाउथिन् होला तर ठिसारीले झर्केर उनीसँग कुरा गर्दा साह्रै नै नमिठो लागेछ । श्रीमान हराएको तापले खाना र निद्रा छाडेर बसेकी कानीलाई सान्त्वना दिनुको साटो एक दिन विसारी आएर भने 'तेरो यो २१ कठ्ठा जग्गा मैले लिएको छु । हेर यो हो लालपूर्जा ।"
यो कुराले कानी छाँगाबाट खसे जस्तो भइन् । विसारीको चाल निको नलागेपछि समाजसँग सल्लाह गरेर उनी विरुद्ध प्रहरीमा उजुरी हालिन कानीले । विसारी विरुद्ध अपहरणको अभियोगमा मुद्दा चल्यो । तर जसरी ठिसारी साउनबाट हराइ रहेका थिए त्यसरी नै एकाएक गायव भए विसारी पनि ।
यो मुद्दामा चैत्र १९ गते अदालतमा थुन छेकको लागि बहस हुँदै थियो । विसारी त्यही आइपुगे । जग्गा लिएको स्वीकार गरे पनि ठिसारी बारेमा आफुलाई केही थाहा नभएको उनले बयान दिए । ठिसारीसँग उनले एक वर्ष पहिले नै जग्गा लिएका रहेछन् तर परिवारलाई केही थाहा छैन । थुनछेक बहस हुँदा न्यायधिसले एक लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिए ।
ठिसारीसँग तीन लाख ८० हजारमा २१ कठ्ठा जग्गा लिएको विसारीले बताए । तर समाजले कानीलाई जग्गा फिर्ता गर्नु पर्ने निस्कर्ष निकाल्यो । ठिसारीले बेचेको हो या होइन बेचेको भए कतिमा बेचेको हो यो थाहा पाउन ठिसारीलाई खोज्न आवश्यक थियो । पछि ठिसारी भेटिएमा उसैले भने अनुसार ठहर्ने गरेर डेढ लाख रुपैयाँ विसारीलाई दिएर कानीले जग्गा फिर्ता लिइन् । त्यही पैसा धरौटीमा राखेर विसारी जेठ २ गते सोमबार जेलबाट निस्के ।
विसारी गाउँमा फर्केका छन् । कानीले जग्गा पनि पाइन् तर श्रीमान ठिसारीको अवस्था अज्ञात छ । महिलाको लागि सम्पत्तिभन्दा श्रीमान नै महत्वपूर्ण कुरा हो । तर श्रीमानको अवस्था के हो कसो हो भन्ने मेसो झण्डै एक वर्ष हुन लाग्दा पनि कसैले पाएको छैन । त्यसैले आँगन टेक्ने हर परिचित अपरिचतलाई पनि आशा र शंकाको दृष्टिले हेर्ने गर्छिन । उनलाई लाग्छ यीनीहरुले श्रीमान फेला परेको खवर ल्याए कि वा कुनै अपि्रय सूचना पो दिने हुन ।
मंगलबार बिहान कानीलाई भेट्दा उनको आँखाबाट पटक पटक आँशु चुहिएर भुइमा बिलाए । अहिले त्यस्तै अवस्थामा छिन् भरतपुरकी शिलु श्रेष्ठ । कानीसँग बिहान १० बजे कुरा भइरहको थियो । मंगलबारकै राती सवा १० बजेबाट शिलुका श्रीमान डा.भक्तमान श्रेष्ठ सम्पर्क बाहिर छन् । खाना क्ररेर बसेकी शिलु चारपाँच दिन भयो खवर मात्रै कुरेर बसेकी छन् । प्रतिष्ठित व्यक्तित्व डा.श्रेष्ठ किन हराए कसैले इकिन गर्न सकेको छैन ।
नेपालकै प्रतिष्ठित क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.श्रेष्ठ हराउनुको कारण उनको परिवारले पनि कानीले जस्तो केही महिनापछि पाउने हो कि त्योभन्दा पहिल्यै केही आउछ निस्चित छैन । शिलु श्रेष्ठ क्वाटरमा शुभचिन्तकहरुबाट घेरिएर बसेकी छन् र ध्यान जति संचार माध्यममा छ । उनको क्वाटरमा पुग्दा कुराकानी थाल्नु अघि कानीको घरमा जस्तै एक गिलास पानी दिए कसैले । नेपाली समाजको संरचना र भावना आखिर जहाँ पनि एकै त रहेछ ।
डा.भक्तमानको अपहरण भएको हो भनेर ठोकुवा गर्न नसके पनि घटनाक्रमले यो आशंकालाई बलियो बनाउँदै ल्याएको छ । खाना कुरेर बसेकी शिलु अहिले राम्रो नराम्रो जे आए पनि भक्तमानको प्रष्ट जानकारी चाडै आओस भन्ने प्रतिक्षामा छिन् । खवर सकारात्म नै आआसे भन्ने उनको मात्रै होइन िसंगो समुदायको कामना र चाहना छ ।
कानी हुन या शिलु समाज उनको साथमा छ । शसस्त्र संघर्षका बेलामा यो या त्यो पक्षले मान्छे कब्जामा लिएर अवस्था सार्वजनिक नगर्ने प्रचलन मौलाएको थियो । शान्ति आएपछि यो क्रम रोकिएला भनेको अपराधिक मनोवृत्ति भएकाले यो शैली अपनाउन थाले । यो मामलामा चितवन केही शान्त थियो तर कानीदेखि शिलुसम्मको भोगाइले यो प्रवृत्तिले यहाँ पनि टाउँको उठाउन थालेको देखिएको छ ।
शान्ति सुरक्षाको नाममा गफ मात्रै ठूला गर्ने तर चुनैती पूर्ण काम गर्न सधै पछि पर्ने प्रहरीको भरोसामा बस्दा चितवनमा छिरेको व्यक्ति कब्जामा लिएर गायब गर्ने परिपाटी फष्टाउन सक्छ । समुदायले अव कानी र शिलु जस्ता पिडितहरु प्रति सहानुभूति मात्रै नराखेर समाजमा निस्केकॊ अपाराधिक भावनालाई निर्मुल पार्ने तर्फ बेलैमा लागे कानीको जस्तै कथा शिलुसम्म मात्रै सिमित हुने थियो ।

No comments:
Post a Comment