Monday, May 17, 2010

माछा पोखरी

सुकिला मुकिला भिजिलान्ते भन्ने सुन्ना साथ अचेल हामी दुईवटा अनुहार झलक्क सम्झन्छौं एउटा नेता प्रचण्डको रोद्र अर्को कलाकार मदनकृष्ण श्रेष्ठको हास्य अनुहार मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्यसँग मिलेर चेतनामुलक धेरै फिलिम, टेलिफिलिम नाटकहरु बनाए यी कलाकार श्रेष्ठ अचेल वर्तमान राजनैतिक परिवेश प्रति तिखो टिप्पणी गर्छन
उनले हिजो सोमबार साँझ नेता कलाकारको समान्ता फरकको कुरा गर्दै थिए उनका अनुसार नेता ठुलो पोखरीको ठूलो माछा झै बन्न चाहन्छ रे कलाकारको स्वभाव पनि यस्तै हो रे तर नेता कलाकारमा फरक भनेको पोखरीको ठूलो माछा बन्न नसकेमा नेताले पोखरी नै साना साना बनाएर तिनै मध्ये कुनै एक सानो पोखरीको ठूला माछा बनेर बस्छ रे
'हामी कलाकार ठूलो बन्ने चाहनामा पोखरी नै भत्काएर सानो बनाउन खोज्दैनौ" मदनकृष्णले आवाज उचो बनाउँदै धारणा राखे उनको यसो भनेर देशलाई विभाजन गर्न तम्सने नेताहरु प्रति प्रहार गर्दै थिए नेपालमा जात जाति समुदायका बीचमा अन्तर कलह थपेर संघीय राज्यहरु निर्माण गर्दै जाने नेताहरुको सोचको उनले खिल्लि उडाइ रहेका थिए
नाटकमा पनि प्राय सकारात्मक चरित्रमा अभिनय गर्ने कलाकार मदनकृष्ण श्रेष्ठको सकि्रयता अचेल देशको राजनैतिक गतिविधि तर्फ पनि बढेको देखिन्छ उनको सकि्रयता समाधानको विन्दु पहिल्याउन नेताहरुको कलह बढाउने चरित्रलाई सुधार्न गर्ने तहसम्म मात्रै रहेको अनुमान गर्न गाह्रो छैन पद अरु अदृश्य चाहनाले उनी पक्कै लागेका होइनन्
माओवादीले अनिश्चित कालिन आम हड्ताल गरेपछि त्यसलाई फिर्ता लिन सहमतिको राजनीति गर्न आग्रह गर्दै उद्योगि व्यवसायी पेशाकर्मीले काठमाडौंको बसन्तपुरमा राखेको शान्ति सभामा मदनकृष्ण श्रेष्ठले जनमानसले नेतालाई सुनाउन चाहेका कुराहरु राखे बिहान सभा भयो त्यसैको साँझ माओवादीले हड्ताल फिर्ता लिएको संयोग पर्यो हड्ताल रोकेको दिनको भोलिपल्ट खुलामंचमा भएको सभामा प्रचण्डले आक्रोश पोखे 'सुकिला मुकिला भिजिलान्तेले गर्दा जनता जनता भिड्ने अवस्था आयो अनि हड्ताल स्थगित भयो "
प्रचण्डको आक्रोश बसन्तपुरमा शान्तिसभा गर्ने त्यसमा बोल्नेहरु प्रति नै लक्षित थियो प्रचण्डका यो बॊलीको आलोचना भयो काठमाडौंको जनमानस रुष्ट बनेको मेसो पाएर तारे होटलमा बुद्धिजिवि व्यवसायीसँग छलफल राखे जहाँ बोल्ने क्रमको सुरुवात गर्दे कलाकार मदनकृष्ण श्रेष्ठले मुसुमुसु हास्दै भने 'यस तारे होटलमा जम्मा भएका हामी सुकिला मुकिला भिजिलान्तेको नमस्कार " उनको यो बोली अगाडी बसेका प्रचण्ड सहितका माओवादी नेताको मर्मलाई छुन काफि थियो
मदनकृष्ण हरिवंशले पंचायतकालमा पनि बहुलदलाई सहयोग पुग्ने तरिकाले आपुना कला अभिव्यक्तिहरु जनमानसमा फैलाए पंचायत सकिएर बहुदल लोकतन्त्र गणतन्त्र आयो तर देशको गति नेताको मति उस्तै उस्तै जनताको तहबाट नेताहरुलाई गर्नु पर्ने खवरदारी मदनकृष्णले अहिले पनि गरे जस्तो लाग्छ मुसुमुसु हास्दै शालिन ढंगले गर्ने उनको प्रतिरोधमा हामीले पनि साथ दिन आवश्यक

No comments:

Post a Comment