Monday, May 24, 2010

यात्रा

हिजो एका बिहानै मामा घरको दैलो टेकियो सुवास भन्दै थियो यसरी उज्यालो नहुँदै जाँदा कता तरसने हुन् आँखा मिच्दै ढोका उघारेर बाहिर निस्कदा हजुर आमाले हामीलाई देखिहाल्नु भयो अबुइ भन्ने शब्द उहाँको मुखबाट फुत्कियो सुवासले थप्यो 'हामीले कता तस्रने हुन् भन्दै आएको हजुर आमाले अबुइ भने पछि त्यस्तै भयो "
आइतबार पाँच बजे नारायणगढबाट मोटर साइकलमा सुवास पश्चिम तर्फ लाग्दा उताको क्षितिज केही अध्यारो देखिन्थ्यो जेठ महिनामा हावाहुरीसँगै केही बेर पानी पर्नु सामान्य थियो बुटवल नगइ नहुने भएकाले क्षितिज धमिलिए पनि यात्रा रोक्नु मनासिव थिएन पानी आउला थामिएला भन्ने विश्वासले वाइक दौडाइयो
जे जस्तो भए पनि पानी नआउँदै दाउन्ने कट्नु पर्ने योजना थियो एक पटक हेटौडा जाँदा पानी परेको समयमा वाइक नराम्ररी चिप्लिएको घटनाले पानी परेका बेलामा वाइक कुदाउन चाहिने जति आत्मविश्व्ास आउन छाडेको थियो दाउन्नेको त्यो जब्बर उकालो ओरालेमा पानी आएपछि वाइक चलाउदा के हुने के नहुने दुविधा बढ्ने भएकोले पहाड पार नहुँदासम्म पानी नपरोस भन्ने कामना गर्दै थियौं
साँझ पख राजमार्गमा भिडभाड अत्याधिक हुने वाइक सोचेको स्पिडमा दौडाउन गाह्रै भयो सात बजेसम्म उज्यालो हुने बेलामा त्यस दिन डम्म थियो आकास तुवालो लागे जस्तो कतै विश्राम नगरिकन एकोहोरो जाँदा पनि डण्डा कटेर चोरमारा आउने आउने बेलामा जंगलमा पानीका एक दुई छिटाले निधार छोयो
चोरमारा कटेर अरुणखोला पार नहुँदासम्म अध्यारो बादलको मात्रा बाक्लिन थाल्यॊ दुम्किवास आउने आउने बेलामा बाटोमा वाइकनै हुत्याउे गरेर हावा चल्न थाल्यो दाउन्ने चढ्ने उकालो सुरु हुनै लाग्दा पानीका छिटा बढ्न थाले हेर्दा हेर्दै ह्वार्रै पानी आयो आडैको एउटा स्टाफ होटलमा छिरेर केही बेर बस्ने अनि पहाड चढ्ने निधो लियौं हामीले
निकै जोडले दर्केर पानी आयो यो पानीमा दाउन्नेको उकाले चढ्नु भन्ने कल्पना गर्दा मन अत्तालिन सुरु भयो कुनै दिन पानी आएका बेलामा चलाउँदा बाइक पल्टिएको थियो भन्ने कुरा अब बिस्रनुको विकल्प थिएन चिया खादै पुरानो क्षण पखाल्ने जमर्को थाल्यौ हामीले केही बेरपछि आकास थामियो
तर ह्वार्र आउने छाड्ने पानीबाट बच्न रेनकोटको साहार लिन आवश्यक थियो रक्षा गर दाउन्ने माई भन्दै हेडलाइट अन गरेर सुरु भयो चढाइ पछाडी बसेको सुवाससँग कुराकानी सुरु भयो चेन्नइमा इन्जिनियरिङ पढ्दै गरेको सुवासले हामीभन्दा अगाडी लागेको एउटा ट्रकलाई देखाउँदै भन्यो 'दाइ त्यो पछाडीको दुई चक्कालाई बीचोबीच पारेर गोलाकार वस्तु किन झुण्डिएको थाहा ?"
सामान्य लाग्ने त्यो गोलाकार बस्तुको भूमिका निकै बेजोडको रहेछ हामीले कहिल्यै वास्ता नगरेका त्यो के हेला भनेर बाइकका लागि दाउन्नेको उकालो अपरिचित थिएन मनमा गढेको पानी परेका बेला चलाउँदा पल्टने त्रासले मात्रै केही असजिलो बनाएको थियो तर मनमा त्यो सम्झना पर्न नदिएपछि अगाडी बढ्न केही सकस भएन सकुशल कट्यो दाउन्नेको उकालो
बर्दघाट टेकेपछि बल्ल नयाँ ठाउँमा आए जस्तो लाग्छ दाउन्नेसम्मको माहौल सवै चितवनको जस्तै यस्तो लाग्नुको अर्थ हामी बुटवलको नजिक आयौं भन्ने पनि हो पानी यता नपरेको होला भन्ने अनुमान गलत भयो यता भर्खर पानी आउन सुरु हुँदै थियो तर धेरै पर हेर्दा सुनौलो बादलको टुक्रा देखिन्थ्यो बुटबल त्यही हो भन्ने अनुमान लगाउँदै हामीले थप अन्दाज लगायौ 'त्यता परेको छैन होला पानी "
वासा भन्ने गाउँमा पुग्दा नपुग्दै अध्यारो झपक्कै भएर आयो हाइवेमा गाडीको भिड बढ्न थाल्यो हेडलाइट डिम गर्न अटेर गर्ने चालकहरुले आफै जोगिएर जाउँ भनिरहेका थिए उता बुटवलबाट सानीमाको तारन्त्ार फोन आउथ्यो धन्न त्यता पानी आएको रहेन नभए सानीमाको अर्डर आउने थियो 'बाइक चलाउँदै नचलाउ त्यतै बस "
भुमही पुग्दा फेरि जोडले हुरी सुरु भयो आकास पनि चम्कन थाल्यो नराम्रोसँग रेनकोटको टोपी हेलमेटको पर्खाल छिचोलेर पनि कानै थर्काउने आवाज आउथ्यो चट्याङको त्योभन्दा अघि चम्कने बिजुली सातो नै खाने खालको हुन्थ्यो चमक्क बिजुली देखापर्दा सारा संसारको झलक पाइन्यो अनि झमक्कै अध्यारो कतै हेडलाईट खाइदिने हो कि भन्ने त्रास पनि बढ्यो
पानीआँधी चट्याङ छिचोल्दै रुपन्दैही प्रवेश गर्यौं तर देवदह छुन नपाउँदै वरपरको बत्ती भुयाप्पै निभ्यो निकै होसियारीसँग वाइक हाक्दै नारायणगढबाट हिडेको साढे तीन घण्टामा पुगियो बुटवल घरमा खाना तयार थियो त्यसपछि लगत्तै धेरै कुराहरु गर्नु पर्ने थियो राती जति बेला सुते पनि बिहान पाँच बजे उठेर मामा घर नगइ भएको थिएन भोलिपल्ट चाडैभन्दा चाडै चितवन फर्कनु पनि थियो
बिहान पाचै बजे उठेर भेटघाट सुरु गर्दा पनि मुख्यमुख्य तीनचार ठाउँभन्दा अन्यत्र जानै सकिएन १० बजे चितवन नै पुग्ने योजना थियो तर त्यो बेलासम्म बुटबल मै थिए तर ठिक १० बजे त्यहाँबाट हिँडे वाइकमा अघिल्लो दिन सुवास थियो फर्कदा एक्लै साथै बाटोमा अघिल्लो दिनको जस्तो अपुठ्याराहरु पनि थिएनन् आकास सफा थियो बाटो पनि खुला नै पैदल यात्रु पनि कमै देखा परे, क्या आनन्द

1 comment:

  1. डल्ली सुनारको वसयात्रा नराम्रो लाग्न नसकेको कारणले तपाईंको व्लगबाट सुटुक्क चोरेर मैले मेरो नेपाल कतार अनलाइन डट कममा पनि राखिदिएको छु । यसलाई अन्यथा नलिईदिनुहोला रमेश सर । तपाईंको क्यामेराले कैद गर्नु भएको डल्ली सुनारको फोटो त धेरै अगाडि नै अनलाइनको फिचरीङ्गमा अपलोड गरी सकेको थिएँ । अहिले तपाईंको लेखलाई फेसबुक मार्फतबाट पनि सवैलाई निशुल्क बाँडी रहेको छु । कतारको आठ बर्षको बसाईले गर्दा नेपाल छँदा ताका तपाईंसंग अलि अलि नजिकन खोजेको सम्बन्ध पनि चुँडिन खोजिसकेछन् । अव नेपाल आउँदा तपाईंलाई भेट्ने वाचा गर्दै तपाईंको लेख नसोधीकन अनलाइनमा राख्न पुगेकोमा दुःख नमानी सहर्षता जनाईदिनुहोला भन्ने अनुरोध गर्दै विदा ।
    Rabi Bhatta Roshi
    Chief Editor
    Doha, Qatar
    www.nepalqataronline.com
    E-mail: rabi_roshi@yahoo.com

    http://www.nepalqataronline.com/literature.php?cid=110

    ReplyDelete