पानी जिवन हो । अनि यही पानीको रौद्र रुप अर्थात बाढी विनासको जड हो । बाढीको शक्तिको प्रतिवाद गर्ने ताकत मान्छेमा भएन भने जिवनको अन्त्य हुन्छ । बाढीले जितेमा बर्बादी मात्रै आउछ । यस्तै बर्बादीले खाएको चितवनको माडी क्षेत्रको अवलोकन गर्न जाँदा झण्डै झण्डै जितेको थियो बाढीले । न भेल तरेको कुनै अनुभव थियो न त पौडी नै खेल्न जानिएको छ । साथ लागेर गएकालाई यी दुवैको अनुभव थियो । बढेको खोलो त्यसैको आधारमा तर्ने आँट गरेको हो तर हेलिएपछि मन भित्र खोलोको भेल जस्तै डर उर्लिन थाल्यो ।
माडीमा भदौ ८ गते बाढी जाँदा रिउ खोला छेउछाउका गाउँहरु जलमग्न भएका थिए । इमिलिया, पौवारी, सिमरा जस्ता गाउँबाट मान्छेहरु विस्थापित भएका छन् । रिउको बाढीले बगाउँदा इमिलियाकी मुनरी माझीको अझै अत्तोपत्तो छैन । अरु ठाउँका दुईजनाको लाशै भेटियो । गोपालनगरमा माछा पोखरी नै सखाप भए । यी सवै हेर्ने जमर्को पहिला पनि दुई पटक गरे कै हो । तर झरी र खहरे खोलाहरुमा अचानक आउँने बाढीले बाधा हालेका कारण विनासमा परेका गाउँमा पुग्न सकिएको थिएन ।
तेस्रो पटक आँट गरेर मंगलबार बिहान त्यता लागियो । हिड्दा सिमसिम पानी परेको थियो । रिउ बढ्यो होला भन्ने शंकाले मन डराइ रहेको थियो । रिउ बढेमा बनकट्टाबाटै तर्न गाह्रो हुन्थ्यो । फेरि अलि परबाट त्यही खोलो तरेर इमिलिया, पौवारी पुग्न सम्भव नै हुन्थेन । बनकट्टामा गाडाले तार्ने गर्छ भने अरु ठाउँमा हेलिएरै पार लाग्नु पर्छ । तर पानी ठुलो परेन । बनकट्टा पुग्दा रिउ शान्त् थियो तर्न सकिने भयो भन्ने लाग्यो । पारीबाट गाडा वालाहरु कराए 'चाडै मोटरसाइकल राखिहाल्नु होस बाढी बढ्दै छ । गाह्रो हुन सक्छ ।"
हतार गरेर गाडामा रिउ तरियो । तरेपछि बनकट्टा गाउँसम्म पुग्ने तीन सय मिटर बाटो क्षत विक्षत छ । मोटरसाइकल पनि राम्रोसँग चलाउन नमिल्ने । जसो तसो गरेर गर्दी गाविसको कार्यालय पुगियो । इमिलियाका बाढी पिडितहरुले सोमबारबाट त्यहाँ धर्ना सुरु गरेका छन् । वस्ती नै सार्नु पर्ने उनीहरुको माग छ । अगुवा लालबहादुर विश्व्कर्मासँग कुरा गर्दै गर्दा एकजना युवा अगाडी सेरर भने 'होइन उतै गाउँ पनि पुगेर आयौ । विनास हेर्नु पर्छ । अझैसम्म कोही नगएको त्यो ठाउँमा तपाइँहरु पनि जान्न नभन्नु है ।" उनी रहेछन् कर्णबहादुर विश्वकर्मा । उनी सहित तीनना एउटै वाइकमा रिउ आडैको गाउँ भैरवपुरसम्म पुगियो ।
भैरवपुरमा वाइक राखेर केही वेर पैदल हिडेपछि घोल, पाँगो माटोको थुप्रो र काँशको गाँजसँग संघर्ष सुरु भयो । चप्पल लगाउन नमिल्ने हाफ पाइन्ट पनि माथि सार्नु पर्ने । काँशको पातले बलाबेलामा पाछ्ने । यस्तो बाटो १० मिनेट हिडियो होला तर एक घण्टा हिडे जस्तै लाग्यो । इमिलियाबाट तरेर आएका केही महिला बाटोमा भेटिएका थिए । उनलाई कर्णबहादुरले पानी कति छ भनेर साधे । महिलाहरुले च्यापु तलसम्म आएको कुरा गरे । मेरो त सातो जान थाल्यो । आडैमा पुग्दा रिउ निकै फैलिएको थियो । हिउँदको नारायणी नदी जस्तै थियो रिउको रुप । केही उर्लेको आवाज पनि आयो । त्यति ठुलो थिएन आवाज । तै पनि डर झन बढ्यो ।
कर्णले केही फराकिलो ठाउँबाट तारे हामीलाई । पानी कम्मरभन्दा माथि आएन । खोलो तरेपछि ठुलो सास तान्यौ । यति भएपछि फर्कदा सजिलै तर्न सकन्छ भन्ने भयो । किन कि बिहान पानी आएको थियो । अहिले घाम लाग्न थालेको छ । त्यसैले फर्कदा रिउ रौद्र रुपमा हुँदैन भन्ने लाग्यो । तर कुरा सोचे जस्तो भएन । त्यो कुरा सुरुमा हामीलाई के थाहा । हामी खोलो तरेपछि विनास हेर्न थाल्यौ निश्फिर्की भएर । सुरुमा शनिश्चर माथिको घर भएको ठाउँ आयो । माझी घर भएको ठाउँमा अहिले गोलो खाल्डो छ, मकवानपुरमा अग्नीको जहाज खस्दा बनेको जस्तो खाल्डो । घरको कुनै अवशेष नै छैन । उनी र श्रीमतीलाई बगाएको थियो बाढीले । उनी पार लागे श्रीमती मुनरी अझै वेपत्ता छिन् ।
शनिश्चर बसेको ठाउँबाट पसेर हामी पुरै गाउँ घुमेर रिउको किनारमा आयो । गाउँ झण्डै अंग्रेजीको यु अक्षर आकारको छ । रिउको किनारमा आउँदा त अचम्म खोलो अघिकोभन्दा निकै उर्लेको छ । जाँदा हामी रिउसँग अर्को खोलो पनि मिसिएपछिको ठाउँबाट तरेका थियौ । अव त्यहाँबाट तर्न सम्भवै नहुने भयो । बाढीको तह निकै बढेको थियो । माथि अलि फराकिलो ठाउँ हेर्दै आएको भेल र भुल्को धेरै नै भए पनि एउटा ठाउँ अलि उपयुक्त लागेछ कर्णलाई । पहिला कर्ण गए बिचार गर्न । उनी स्वाट्टै तरे । पानी कम्मरभन्दा केही माथिसम्म थियो । 'ल सकिन्छ तर्न" भने उता गएर उनले । हामीलाई पनि तरिएला जस्तो लाग्यो । उनले तरेको ठाउँ नेर आफ्नो झोला छाडे ।
'त्यताबाट भन्दा यताबाट अलि सजिलो होला आउनु होस" भन्दै उनले हामीलाई खोलामा हेलिन लगाए । उनी पनि केही माथिबाट हामी तर्फ आउन खोलामा पसे । तर त्यहाँ त गहिरो रहेछ । कर्ण डुबे, पौडन जानेकाले तत्कालै उत्रेर उनले 'यता नआउनु है" भनेर कराए । हामी खोलाको लगभग बीचमा छौ । पानी घुँडाभन्दा माथि छ तर अब यता जाने या उता भइयो । कर्णको हाल देखेर झन डर लाग्यो । कर्ण पौडी खेल्दै हाम्रा सामु नआउँदासम्म हामी बीच मै रोकियौ । झोला उनले समाए । हामीलाई दौडी दौडी आउनु है भन्दै उनी अघि लागे । खोलो तरेको अनुभव छैन पैडी खेल्न पनि आउँदैन । तै पनि भेलमा पसिएको छ । बगाए हाले छ भने कर्णले बचाउँछन् भन्ने लाग्यो । फेरि किनारमा अर्को माझी पनि थियो । त्यसैले आँट गरेको हो । यस्तो आधार नभएको भए सायदै पसिन्थ्यो खोलोमा ।
दौडि दौडि खोलो तरेको घरी उच्च ठाउँमा पाइला पर्छ घरी होचो ठाउँमा । पहिला तरेको बेलामा कर्णले राखेको झोला आडैमा उत्रने योजना बनाएको तलतल पो पुग्न लागियो । अब भने डर बढ्न थाल्यो । तर डराए खोलामा नै पल्टिने पक्का थियो । त्यसैले छिटोभन्दा छिटो पाइला चालियो । झोला राखेको ठाउँभन्दा १० मिटर पर गएर किनार भेटियो । किनारमा उत्रेपछि शरीर गलेर फत्रक्कै भयो । हिड्ने आँटै आएन । अघि बाढीले सत्या नास पारेको गाउँमा घुडाघुडासम्म हिलोमा डुब्दै कतै पछारिदै अढाई घण्टा हिड्दा बरु थकाइ लागेको थिएन । खोलो तर्न अढाइ मिनेट पनि लागेको थिएन तर शरीरको शक्ति सवै सकिए छ ।
खोलोको किनारमा बसेर एक पटक उत्तर तर्फको त्यही इमिलियालाई नियाँले । बाढीले पुरेका धान खेत मात्रै होइन पानीले भिजेका भकारी आँखामा नाच्न थाले । भकारीमा धान र थाँक्रोमा मकै टुसाएर हरियो हुन लागेका थिए । जंगल आडैको गाउँमा देउमाया परियार धरधरी रोइन । उनकै घरको तलामा समेत बाढीले हिर्काएको रहेछ । 'यस्तो ठाउँमा कसरी बस्नै" भनेर बिलौना गर्दै थिइन् उनी । त्योभन्दा पर शुक्रबहादुर परियार 'मेरो घर छिर्नु न" भन्दै घरै भित्र उर्मेर जमारा भएका मकै देखाउँदै आँशु बगाएका थिए । सिङ्गो केही छैन, सद्दे केही छैन । गाउँमा मन भाँचिएको छ यो बेला । बस्ती सरकारले सारिदेओस भन्ने सवैको माग छ । यही माग पुरा गराउन पिडितहरु भोकभोकै र निद्रा पनि नभनि गाविसमा भेला एका छन् । अघि तीन वर्षको बालक काखामा सुताएर महिलाहरुको समुहमा धर्नामा बसेकी श्रीमाया भण्डारीको सम्झना भयो ।
सवै सम्झेर ल्याएँदा त्यहाँ गाउँलेले कति ठुलो सास्ती भोगेका छन् भन्ने लाग्यो । अनि हामी किन थकित हुने भने झै लाग्यो । शरीरमा कता कताबाट शक्ति दौडन थाल्यो । बाढी ग्रस्त अरु क्षेत्र पनि घुमेर बनकट्टा आउँदा रिउ बिहानकोभन्दा झनै ठुलो भएको रहेछ । गाडाले अहिले त भाडा पनि डबल गरेछन् । बाटामा सीपी सुवेदी भेटिए । उनी भन्दै थिए 'अघि त डेढ घण्टा गाडा पनि तरेन रे भेल बढेर" । त्यही बेला हामी माथि इमिलियाबाट फर्कदा रिउमा हेलिएका रहेछौं ।