अघिल्लो वर्ष बाघको संख्या सार्वजनिक गर्दा नेपालभर १२१ वटा बाघ फेला परेको जानकारी दियो । यो वर्ष चितवन राष्टियनिकुंजमा मात्रै १२५ वटा बाघ रहेको अर्को तथ्य बाहिर आएको छ । पहिला चितवन निकुंजमा ९१ वटा बाघ थिए । यो वर्ष ३४ अर्थात एक तिहाईभन्दा बढी बाघ एउटै ठाउँमा बढेको पाइयो । वर्ष दिनमै यत्रो बाघ बढे भनेर खुसी मान्ने अवस्था भने छैन । यो संख्या गत वर्ष नै आउन सक्थ्यो । गत वर्ष गन्न छुटेका बाघहरु यस पटक समेटिएका हुन् । त्यसैले निकुंजमा नयाँ बाघ थपिएका होइनन् छुटेका बाघ मात्रै भेटिएका हुन् । दोहर् याएर काम गर्दा ३८ लाख रुपैयाँ भने सकिएको छ ।नेपालमा राष्ट्रिय निकुंज तथा वन्यजन्तु संरक्षण विभागले वि।स।२०६५ सालको मंसिर पाँच गतेदेखि फागुन १२ गतेसम्मे रौतहटदेखि पश्चिम तराइका बाघ पाइने सम्भावित १४ वटा जिल्लाका वन क्षेत्र निकुाज तथा आरक्षमा अनुगमन गरेको थियो । अनुगमन सुरु गर्ने र सक्ने काम सवै ठाउँमा एकै पटक भएको थियो । चितवन निकुंजमा पनि त्यसै गरियो । चितवन निकुाज नेपालमा बाघको मुख्य वासस्थल हो । यो निकुाज बाहेकका ठाउँमा अत्यन्त कम बाघ छन् । गत वर्ष सार्वजनिक अनुमगन प्रतिवेदन अनुसार नेपालमा बर्दिया राष्ट्रिय निकुंजमा १८ शुक्ला फाँटा आरक्षमा आठ र पसा्र आरक्षमा चार बाघ छन् ।बाघको मुख्य बास स्थल चितवन निकुाजमा अघिल्लो पटकको अनुगमनमा निकुंज अन्तर्गत रहेको चुरे क्षेत्र पुरै छुटाइयो । अनि एक वर्ष नपुग्दै वि।स।२०६६ सालको मंसिर २२ गतेदेखि चैत्र आठ गतेसम्म चितवन निकुाजमा दोहर् याएर बाघ अनुगमन गरिएको थियो । यस पटक पहिला छुटेको चुरेमा मात्रै अनुगमन गरेर हुँदैन थियो । चुरे सहित निकुाजको पुरै क्षेत्र समेटेर बाघको अनुगमन गर्दा ३३ वटा बाघ चुरे क्षेत्रमा र एउटा मात्रै त्योभन्दा बाहिर फेला पर् यो । यस पटक चितवन निकुाजमा मात्रै दोहर् याएर बाघ अनुगमन भयो । पहिलेको अनुगमनभन्दा पछिल्लो अनुगममा जम्मा नौ दिन बढी समय लागेको छ ।पुरै निकुंजमा पाइने मध्ये एक तिहाई बाघ चुरे क्षेत्रमा बस्छन् भन्ने तथ्य निकुाजका अधिकारीलाई थाहा नभएको पक्कै होइन होला । यस्तो हुँदा हुँदै पनि गत वर्ष अधुरो काम किन गरियो त यो प्रश्नको उत्तर निकुाजबाट आएकै छैन । नेपालभर एकै पटक सुरु गर्ने र सक्ने लक्ष्यका साथ काम गर्दा चुेरे क्षेत्र छुट्न गयो भनिए पनि चुरेका लागि मात्रै धेरै समय नलाग्ने देखिइहाल्यो । यो पटक पहिलाकोभन्दा जम्मा नौ दिन मात्रै बढी समय लागेको छ । अर्थात गत वर्ष तोकिएकै समय भित्रैमा काम सक्न त्यत्ति गाह्रो नपर्ने यसले देखाउछ । फेरि चितवन निकुंज बाघ पाइने मुख्य ठाउँ हो भने यहाँ खर्च हुने समयको अनुमान गरेर पो काम सक्ने मिति निर्धारण गर्नु पर्दथ्यो । बाघ नपाइने र कम पाइने ठाउँमा सकियो भनेर चितवन निकुाजको पुरै क्षेत्र अनुगमन नगर्दै काम छाड्दा नगद मात्रै ३८ लाख रुपैयाँ खर्च गर्नु पर् यो । पहिला नै काम गरेको भए यो जोगिने थियो । संरक्षणको अरु काममा लगाउन सकिन्थ्यो ।नेपाल सरकारको नीति प्रत्येक दुई दुई वर्षमा बाघको अनुगमन गर्ने भन्ने छ । तर एक वर्ष नपुग्दै चितवनमा मात्रै बाघ अनुगमन गरियो । कुनै क्षेत्र नछाडिकन बाघ अनुगमन गर्ने भन्ने शिक्षा लिएर काम गरेको होला भनेर सन्तोष गर्ने ठाउँ पनि छैन । किन भने यो पटक पनि निकुाजले सोमेश्वर पहाडी क्षेत्रलाई हेर्दै हेरेन । जुन ठाउँ बाघको बासस्थल भइकन पनि अनुगमनमा पहिलो पटक पनि समेटिएको थिएन । पहिलाको गल्ती नसुधार्ने हो भने किन दोहर् याएर काम गर्नु परेको होला निकुाजलाई ?
दातृ निकायको सहयोगमा नेपाल सरकारको निर्देशन बमोजिम निकुाजले काम गरेको हो । विश्व वन्य जन्तु कोष डब्लुडब्लएफ ले विश्वमा अहिले जति बाघ छन् त्यसको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने योजना घोषणा गरेको छ । पहिला ठाउँ छाडेर अर्को वर्ष अनुगमन गर्दा नेपालमा एकै वर्षमा एक चौथाईभन्दा बढी बाघ बढे । ठाउँ छुटाउँदै गन्दै अनि पहिलाकोभन्दा बढी बाघ देखाउने र सन् २०२२ को लक्ष्य भेटाउन सकिन्छ भन्ने नियत सरकारले राखेको हो भने यो संरक्षणका लागि यो घातक हुने छ । सुरुमै राम्रोसँग काम नगर्ने खर्च बढाउने र नतिजाको आफ्नो अनुकुल व्यख्या गर्ने परिपाटीले संरक्षणमा कसरी सहयोग पुग्छ ?
हास्नु साह्रै राम्रो हो । हाँसेको मान्छे हेर्दै रसिलो लाग्छ । हाँसोले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । योगीहरु सुझाव दिन्छन् हास्ने गर । मान्यजनहरु आशिष दिन्छन् सधै हासिरहनु । हाँसोको कुनै गलत साइड इफेक्ट हुन्छ भनेर कसैले सोचेको हुँदैन । उपचारमा समेत लाफ्टर थेरापी प्रयोग हुन्छ रे । योगामा समेत मान्छेले हाँसोलाई मिसाउन थालेको छ । योगी विकाशानन्द कस्तरी हाँसछन् देख्नु भएकै होला बाबा रामदेव हाँसो उठ्दो कुरा गरेर अरुल्लाई गललल्ल हसाँउँछन् आफु मुसुमुसु मुस्काउछन् । विकाशानन्द ठूलो स्वरमा हा हा गर्छन् । उनले त्यसो गर्दा मन भए पनि नभए पनि अरु पनि हाँसी हाल्छन् ।हाँसोले बिगार्छ भनेर सोच्न पनि सकिदैन । तर हाँसोले बिगार गरेका घटनाहरु थुप्रै छन् । उसले खित्का छाडेर नहाँसेको भए सायद त्यस्तो नराम्रो हुँदैन थियो होला भन्न लायक कथाहरुको सुची लामै छ । पौराणिक कालमा समेत हाँसोले बिगारेको छ । यो कलियुगमा झन के बाँकी राखेको होला हाँसोले । द्रोपती त्यसरी नहाँसेको भए महाभारतको कथा सायद अर्कै हुन्थ्यो होला । त्यत्रो युद्ध नहुन पनि सक्थ्यो । द्रोपतीले गलत ठाउँमा हाँसेर दुर्वचन समेत बोलेकाले महाभारतको कथाले एउटा मोड लियो । सायद कुठाउँमा हाँसदा मान्छेको बोलीमा समॆत देउताको साटो दानव आएर बसेको हुन्छ होला त्यसैले त बिगार्ने हाँसो नै हो ।मलाई कथा स्पष्ट याद आएन । सम्झे अनुसार दुर्योधन युधिष्ठिरहरुको दरवारमा आएका हुन्छन् । दरवार अदभुतको हुन्छ । पानी जस्तो देखिने ठाउँमा टेक्दा पानी भएको हुँदैन । कडा ठाउँमा टेक्दा पानीको पोखरी नै हुन्छ । दरबारको बाटोमा भएको यस्ता आश्चार्य लाग्दो संरचानाहरुले झुक्कि पनि दुर्योधन दंग नै परि राखेका हुन्छन् । यो त टेक्ने ठाउँ होला भनेर सरासर टेक्दा दुर्योधन पानीमा चोबलिन्छन् । यो देखेर द्रोपतीलाई खुवै हाँसो उठ्छ । कसैले देखेका छैनन होला भ्नने सोची रहेका दुर्योधनलाई द्रोपतीले देखेको थाहा पाउँदा हदैसम्मको ग्लानी हुन्छ । देखेको मात्रै हो र द्रोपती मुर्छा परेर हास्न थाल्छिन ।द्रोपतीको हाँसोको रफ्तार बढ्न थाल्छ भने दुर्योधनको रिसको पारो उक्लिन लाग्छ । महाभारतको यो प्रशंगमा द्रोपतीले त्यसरी नहास्नु पर्दथ्यो भन्ने कथा पढ्ने सवैल्ाई लाग्दछ । दुर्योधन दुष्ट अवश्य हुन् तर युधिष्ठिरको दरवारमा उनी सायद निम्त्याइएर गएका हुन् । भलै त्यहाँको जादुमयी संरचनासँग उनी अभ्यस्त थिएनन् र पानी र जमिन छुट्याउन सकेनन् । यस्तो देख्दा द्रोपती हाँस्नु हुँदैन थियो । यो तपाइँ हामी सवैलाई लाग्छ भने दुष्ट चरित्रको दुर्योधनलाई झन कस्तो भयो होला ।द्रोपती हास्दिनन् मात्रै अन्धाको छोरो अन्धै भन्ने दुर्वचन समेत बोल्छिन् । हाँसोमा होस हराएपछि उनको बोली पनि बिग्रन्छ । द्रोपतीको यो हाँसो र बोलीले दुर्योधन बिच्किन्छ । अनि उसले यसको बदला लिएरै छाड्ने प्रण गर्छ । दुष्टहरुलाई सपार्न सकिन्छ । तर दुर्योधनको दुष्टतालाई द्रोपतीको हाँसोले सुधार्नुको साटो झनै झँगिने बनाउँछ । महाभारतमा युद्धको विजारोण पहिले भए पनि त्यसलाई हुर्कने उपयुक्त वातावरण त्यही हाँसोले दियो । अनि त्यत्रा पराक्रमी र बुद्धिमान पात्रहरुले भरीएको महाभारतको कथा युद्ध र विनासमा गएर सकियो । मान्छेलाई उपहास गरेर ठाउँ कुठाउँमा हाँस्दा केसम्म हुँदो रहेछ भन्ने उपयुक्त दृष्टान्त महाभारतमा छ ।
एस्योरेन्स युनिटी लाईफ इन्टरनेशनल प्रालिले एक पटक तहल्कै पिट्यो । यथार्थमै उनीहरुको वैभ उभो लाग्दो थियो शान सौकत चढ्दो थियो । काठमाडौंमा भब्य बिल्डिङमा अफिस बेको थियो त्यसलाई उनीहरु
युनिटी टावर भन्थे । त्यो टावर झनपछि झन धर्तीबाट टाढा टाढा र आकाशको नजिक नजिक जानेछ भन्ने कुरा सुनिनिन्थ्यो । धेरैले जागिर पाएका थिए । आकासमा जहाज उडाउनेसम्मका योजनाहरु युनिटीले प्रकाशमा ल्याएको थियो । युनिटीको
अफिसमा नोकरी पाइन्छ कि भनेर साइकल भढेर जो सोध खोज गर्न आएर काम पाएकाहरुले झडै नै वाइक किने । बाइक भएकाहरु कार हाँक्ने भए ।व्यपार गर्न हिडेका युनिटीका मान्छेहरुले न आशव्यक भएको बस्तु बिक्री गर्दथे न त चाहिएला भन्ने खालका सेवा दिन्थे । पैसाको लोभ बोकेकाहरुलाई कमाउने विधि मात्रै सिकाएका थिए उनीहरुले । त्यसैले युनिटीमा लागेकाहरु पैसाभन्दा केही देख्दैन थिए । पैसाका लागि समाजमा एकपछि अर्कोलाई फसाउँदै लगेका थिए उनीहरुले । जसले जतिलाई मुर्गा बनाउन सक्यो
उ त्यति मालामाल हुन्थ्यो । यो बोह कानुनी आधार र उपभोक्ताको आवश्यकतामा उभिएकै थिएन युनिटी । जसको आधार यानि जग कमजोर हुन्छ त्यो संरचना गर्लम्म ढल्छ । युटिीको बाहिर देखिएको बैभ जग बिहिन रहेछ जुन तासको घरझै ध्वस्त भयो ।पैसा कमाउने मान्छेको सपना र चाहनालाई गलत रुपमा प्रयोग गरेका युनिटीसंचालकहरुल्ाई पहिलाको आफ्नो बैभ र शान अहिले सपना जस्तै लाग्दो हो । विचराहरुले अहिले हुनसम्मको सास्ति बेहोरेका छन् । उनीहरुले बनाएका सदस्यहरुको बिल्लिबाँँठ हुन लागेको छ । नारायणगढ सहिद चोकमा रहेको त्यसको शाखा कार्यालय उद्घाटनसँगै मेरो नजरमा थियो । त्यति बेला मैले काम गर्ने चितवन पोष्ट दैनिकको ठ्याक्कै माथि थियो त्यसको कार्यालय । मान्छेको भिडभाड अचाक्लि । पैसा कमाएका सुकिला मुकिलाको चहल पहल लोभ लाग्दो देखिन्थ्यो । अफिसमा आएर बाहिर निस्कदाँ आफ्ना सदस्य बाहेक अरुसँग बोल्न पनि गाह्रो मान्ने । जव युनिटीको कुनै कानुनी हैसयित नभएको भनेर कारवाहीको चर्चा सुरु भयो मान्छे ह्वात्तै कम भए त्यो कार्यालयमा ।केही समयसम्म कर्मचारीले धानेर बसे । ठुलाठालुहरु दुलो पसे । हुटिट्याउँले के आकाश थाम्न सक्दो हो र एक दिन ताला नै लगाएर हिडे युनिटीका कर्मचारीहरु । मान्छेहरु दुला पसेपछि युनिटीको कार्यालयमा मुसाहरुको राइदाइ सुरु भएको रहेछ । मान्छे दुला पसे मुसा दुलाबाट निस्किए । उनीहरुले त्यहाँको सवै समानमा सक्दो उपद्रो मच्चाएका छन् । अहिले त कार्यालय नै प्रहरीले शिल गरेको छ । खाएर ढाडिएका मुसाहरु धमाधम मर्न थालेका छन् । हिजो बुधबार साँझ चितवन पोष्टको कार्यालय छिर्दा साह्रै नमिठो हस्को आयो । युनिटीमा मुसा कुहिएर फैलिएको गन्ध रहेछ त्यो । शिलबन्दी गरेको कार्यालयमा पसेर कसरी सफा गर्नु यो दुर्गन्ध अझै कति फैलने हो । युनिटीले समुदायमा यो ढ्रगबाट पनि सास्ति पुराउने भयो । चाडै सफा नभए कता फेरि प्लेग फैलने हो । अधारहिन सपनाको जव मृत्यु हुन्छ र त्यसको व्यवस्थित तरिकाले अन्तिम संस्कार हुँन पाउँदैन अनि यसरी नै फैलन्छ दुर्घन्ध यस्तै लाग्यो मलाई ।
एउटा भए पुग्छ । सवै नेपालीले सन्तानको बारेमा यस्तै सोच्लान भन्ने ठान्ने सहरीयाहरुले श्रीमायालाई देखे भने पक्कै तस्रलान । एउटा सन्तान आवश्यक नै हो । दुईवटा सन्तान रहर हो । त्यसपछिका सन्तान बाध्यता हो । जे जस्तो भए पनि सन्तानको संख्या चार नघाउनु हँदैन भन्ने अचेल धेरैलाई लाग्छ । यस्तो मान्यता बोक्नेहरु कम बढी जे जति भए पनि उनीहरुले नौ सन्तान जन्माएकी श्रीमायालाई देख्दा अचम्म मान्लान छक्क पर्लान । चितवनको लोथर गाविस वडा न ९ लाफकाइकी श्रीमायालाई सन्तानको चाहना सकिएको उहिल्यै होला तर नौ पुगि सक्यो १० हुने सम्भावना पनि ज्युँका त्युँ छ ।चितवनमै यस्तो -
तथाकथित आधुनिकहरुले यस्तै भन्दा हुन् । गाउँमा सन्तान रहर पुगेपछि पनि जन्मन्छन यो हामीले विस्रन मिल्दैन । धेरै सन्तान जन्मेपछि उसलाई राम्रोसँग हुर्काउन पढाउ सक्दैनन् । तर नेपाली समाजमा सुत्केरी हुँदा आमाले स्याहार सुसार पाएकै हुन्छन यद्यपी त्यो पर्याप्त नहुन सक्छ भन्ने मेरो सोचाइ थियो । श्रीमायाको हकमा भने यस्तो भएको पाइएन । श्रीमायाले नेपाली समाजको अर्को तिथो यथार्थलाई पटाक्षेप गरिन् । रहर सकिएपछि मात्रै होइन नेपाली समाजमा शक्ति सकिए पनि सुत्केरी हुनै पर्दौ रहे छ । महिलामा सन्तान उत्पादन हुने प्राकृतिक गुण रजश्वाला हुन रोकिएपछि बन्द हुन्छ । रजश्वला नै रोकियो भने मात्रै नभए सुत्केरी हुँन श्रीमाया जस्तालाई केहीले छेक्दो रहेनछ ।सन्तान जन्माउने प्राकृतिक गुणलाई नियन्त्रण गर्न अचेल पशुले मात्रै सक्दैन । त्यो गुणलाई व्यवस्थित गर्न मान्छेले विभिन्न आविश्कारहरु गरेको छ । पशुको गर्भधान प्रकृयामा समेतमा मान्छेले नियन्त्रण राख्न थालि सक्यो यस्तो बेला श्रीमाया नौ सन्तान जन्माइ सकेर अझै अर्को सन्तानको प्रतिक्षामा किन बसेकि होलान सरसर्ती हेर्दा श्रीमाया र उनको लोग्ने सन्तान जन्माउने विषयमा गैरजिम्मेवार हुन भन्ने सवैलाई लाग्छ । सुतेकरील्ाई खान लाउन समेत प्रवन्ध गर्न नसक्ने श्रीमायाको लोग्ने सन्तानको लागि किन मरिहत्ते गर्दो हो कुन्निलाफकाइ पुग्दा पैदल हिडेको १० घण्टा नाघेको थियो । महेन्द्रराजमार्गमा पर्ने लोथर बजारबाट पैदल हिड्नुको विकल्प थिएन । आठ घण्टाभन्दा बढी लोथर खोलाको बगर छिचोल्दै अगाडी बढ्यौं । त्यसपछि ठाडै उकालोमा पसिना चुहाउँदै पाइला बढाउदा लफकाइ पुग्ने बेलामा पानी दर्कियो । लेकमा पसिना त ओभाएको थियो तर पानी थर्केकाले ज्यान काँप्न थाल्यो । बुट्यान र झाडीले भरिएको बाटोमा राम्रोसँग ओत लाउने ठाउँ पाइएन । घरको खोजीमा दौडदा श्रीमायाकोमा पुगेका थियौं हामी ।पिढीमा ओत लाउन सकिएन । भित्रै आउनु भन्ने महिलाको आवाजले दैलो नाघ्यौ हामीले । अव भित्र पनि कहाँ फराकिलो ठाउँ थियो र सहरमा गुड्ने टेप्मोभन्दा अलि फराकिलो थियो उनको घर । राम्रोसँग नियाल्दै जादा श्रीमायको विजोग सामुन्ने आयो । उनी मैलिएर पोतोभन्दा बढी भएको लुगा कम्मर मुनि बेरेर बेसेकी थिइन् । कम्मरमाथि त्योभन्दा केही बिसेकको लुंगी ओढेकी थिइन् । त्यो लुंगी भित्र एउटा शिशु गुटमुटिएको रहेछ । च्याँ गरेर कराउन थालेपछि श्रीमायाले भनिन् २० दिन भयो यो जन्मेको । उनको जेठो छोरो २१ वर्षको भए छ । अहिले पनि छोरो नै भए छ । उनले नौ सन्तान जन्माइछन् । एउटा भने नहुर्कदै बितेको रहेछ । बिस्तारै आँखाले घर भित्रका अरु कुराहरु पनि ठम्याउन थाल्यो । अनि अगेनाको आडैमा गुटमुटिएर बसेका रहेछन् उनका अरु पाँच छोराहरु । त्यस मध्ये एउटाले मात्रै सर्ट पाइन्ट लगाएको थियो । दुईवटाको आङमा लुगै थिएन । एउटाले मैलो भएर ठाउँठाउँमा च्यातिएको सर्ट मात्रै ओढेको थियो । दुई छोरा बाहिर गएका रहेछन् ।पुग्दो लुगा सुत्केरीको ज्यानमा समेत थिएन । उनको शरीरमा चोलो ब्लाउज छैन । न्यानो लुगा त भएन भएन पोषिलो खानाको उस्तै अभाव छ । त्यसैले बच्चा अघाउने गरेर दुध आइरहेको छैन । खाने कुरा केही छैन । उही मकैको भात र टाँकी र सिस्नुको साग खाइरहेकी छु । कुनै दिन दुई पटक कुनै दिन तीन पटक यस्तै खान्छु श्रीमायाले बताइन् । सुत्केरी हुँदाको दोस्रो दिन उनले एक छाक कुखुराको मासु खाइन । सुत्केरी भएको पँचौ दिन कोदालो बोकेर मकै खन्न हिडेकी श्रीमायाले छोरो पनि मकै बारीमै जन्मएकी हुन् । व्यथा लागेपछि हामी त बाहिर दगुर्छौ । घर भित्र पनि के बच्चा जन्माउने फोहर हुन्छ श्रीमायाले सुनाइन् । परिवार नियोजनका साधन र खोप जस्ता कुराको उनलाई कुनै जानकारी छैन ।खै अप्रेशन गरे बच्चा जन्मन्न भन्छन् । तर कमजोर भइन्छ रे । हामी काम गर्नेलाई गाह्रो हुन्छ भनेर त्यो नगरेको हो श्रीमायाले अन्कनाउँदै कुरा राखिन । बच्चा जन्मेको दुई चार दिन भित्रै काममा निस्के पनि ज्यानलाई कुनै कष्ट भएको छैन भन्छिन उनी । कहिले काही धेरै खुन बग्ने गरेको समस्या भने उनले व्यत्तः गरिन् । उनले केही सम्झे जस्तो गरेर भनिन् मेरो शरीरमा जतिवटा बच्चा छ त्यत्ति त पाउनै पर् यो । भएको सकिएपछि जन्मदै जन्मन्न । नौवटा जन्मे अव कति नै जन्मेलान र सायद सकिए पनि होलान । श्रीमायाका श्रीमान सूर्यबहादुर चेपाङ स्थानीय प्राथमिक विद्यालयको व्यवस्थापन समितिको सदस्य पनि हुन् । तर धेरै बच्चा जन्माउन हुँदैन भन्ने मात्रै होइन जन्मेकालाई पढाउन पर्छ भन्ने हेक्का उनलाई छैन । जन्मेका मध्ये अहिलेसम्म दुईजनाले मात्रै स्कुल देख्न पाएका छन् । माइलो रामकुमार कक्षा तीनमा पढ्छ साइलो भर्खर भर्ना भयो ।जन्मेपछि सन्तानका लागि पुरा गर्नु पर्ने अभिभावको अभिभारा के हो उनीहरुलाई पत्तो छैन । सुत्केरीको समेत ख्याल राख्न नसक्नेहरुले पनि सन्त्ान जन्माएको जन्माइ छन् । यसमा श्रीमाया र उनका श्रीमानको मात्रै दोष छ या सन्तान उत्पादन गर्ने प्राकृतिक गुण र क्षमता माथि नियन्त्रण राख्न सकिन्छ भनेर जानेबुझेकाहरुले यो कुरा त्यो ठाउँसम्म नपुराएको हुँदा यस्तो भइरहेको छ एक पटक सोचौ त ।
सम्झना र सम्पर्कले नै नाता सम्बन्धलाई प्रगाढ बनाउने रहेछ । रगतको साइनो नभए पनि सहयोगी मान्छेहरु मानसपटलबाट कहिल्यै ओझेल हुँदैनन् । सूर्य एउटा त्यस्तै व्यक्ति हो मेरा लागि । बाल्यकाल बित्न बित्न लाग्दा सूर्यसँग भेट भएको हो । त्यति बेला हामी नवलपरासी मुकुन्दपुर गाविसको भैसाखोरी गाउँमा बस्ने गर्दथ्यो । सूर्य चितवनबाट केही समयको लागि बस्न हाम्रो घरमा आएका थिए । यसको बोलिबचन व्यवहार सवै राम्रो । अनि कथा सुनाउँदा उनी कहिल्यै नथाक्ने । सूर्यसँगको सम्झना उनले सुनाउने गरेका लोककथासँग जोडिएको हो ।हिउँद लागेपछि हाम्रो गाउँभन्दा माथिको जंगलमा चितवनबाट मान्छेहरु आएर दाउरा जम्मा गर्दथे । उनीहरु समूह समूहमा आउँथे । एक पटक यस्तै एउटा समूह हाम्रो घरमा आएर बस्यो । त्यो समूह अपरिचित भने थिएन । हजुरबुबाहरु उहिल्यै बर्माबाट फर्कदा बाटामा भेट भएर मित लगाएका व्यक्तिको परिवार हाम्रो घरमा पुगेको थियो दाउरा जम्मा गर्नका लागि । मित हजुर बा त्योभन्दा पहिला पनि एक दुई पटक हाम्रो घरमा जानु भएको थियो । यो सम्बन्धले दाउरा संकलनका लागि हिडेको समूहले केही दिन हाम्रो घरमा आश्रय लिएको थियो ।मित हजुरबा बाहेक अरु सवै हाम्रा लागि अपरिचत थिए । मित हजुर बा दाउरा खोज्ने समूहमा आउनु भएको थिएन । समूहका अरु सवै सदस्य नयाँ नौलो भए पनि उनीहरुको कुरा र व्यवहारले वर्षौदेखिमा परिचित आफन्त जस्ता लाग्न थाले उनीहरु । पाका महिला केटीहरु र युवकहरु थिए समूहमा । अहिले मैले ति मध्ये धेरैलाई सम्झन सक्दिन । अरन खटन गर्न मित हजुर आमा आफै जानु भएको थियो । उहाँको मुहारै हसिलो । हामीलाई आफ्नै हजुर आमाले जस्तो माया गर्नु हुन्थ्यो । सूर्यसँगै उनकै उमेरका एक जना अलि भकभकाएर बोल्ने युवक हुन्थे जसको नाम मलाई थाहा छैन ।उहाँहरु सवै बिहानै भात पकाउनु हुन्थ्यो । लगभग १० जना हुन्थे होला भात खाने । उहाँहरुले भात पकाएको खाएको नै हामीलाई रमाइलो लाग्थ्यो । हामी केटाकेटीमा वन भात खान जान्थ्यौ । अहिले पिकनिक भनिने त्इति बेलाको हाम्रो वनभातमा हजुर आमाको टोलीमा जति साथीहरु हुन्थे । वनभात खान जाँदा औधि रमाइलो हुन्थ्यो । हजुर आमाको टोलीलाई पनि वनभाते टोली मान्ने गर्दथे म । त्यसैले म पनि उहाँहरुले पकाएको खान्थे । चाडै खात खाएर टोली दाउरा खोज्न जंगल पस्थ्यो । म स्कुल गएर आएको केही बेरपछि टोली फर्किन्थ्यो । अनि बिहानको जस्तै पकाउने क्रम सुरु हुन्थ्यो । साँझ पनि चाडै नै तयार हुन्थ्यो उहाँहरुको भान्सा ।खाना खाएर टोली विभिन्न ठाउँमा छरिएर सुत्थ्यो । सूर्य र भकभक गरेर बोल्ने युवक हाम्रो घरको तलमा लिस्नोभन्दा देब्रे तर्फको खालि ठाउँमा सुत्थ्यो । म उनीहरु दुईजनाको बीचमा सुत्थे । अनि सूर्यले म ननिदाउदासम्म कथा सुनाउथे । नेपाली लोक कथाहरु मैले उसैको मुखबाट सुनेको हुँ । के कथा भनेनन् उनले सवै भने । खुवै मिलाएर भन्ने सुनौ सुनौ लाग्ने गरेर भन्ने । प्रत्येक दिन उनले नयाँ नयाँ लोक कथा भन्ने गर्दथे । दुईवटा तीनवटा कथा सुनाउने । कथामा आएका अनौठा लाग्ने प्रसंगमा मैले सोध्ने प्रश्नको उत्तर पनि खुवै राम्रोसँग दिने । दाउरा खोज्न उहाँहरु तीन चार वर्ष नै आउनु भयो क्या हो । सूर्य प्रत्येक वर्ष आउँथे । पछि धेरै कथाहरु दोहररिन थाले तर कथा भन्ने शैलीले सुनौ सुनौ लाग्ने । अहिले मलाई लाग्छ सूर्यले सुनाउने कथा भन्दा पनि उनले सुनाउने तरिका औधि राम्रो थियो ।हजुर आमाहरुलाई हामी रंगिलाको हजुर आमा भन्थ्यौ । उहाँहरु बस्ने ठाउँलाई रंगिला भनिन्थ्यो । पछि थाहा भयो रंगिला चितवनको पार्वतीपुर गाविसमा पर्दो रहेछ । अहिले त्यो काम गर्न सहयोगीको रुपमा बसेका रहेछन् । तर हजुर आमाहरुले उनलाई परिवारकै भाइ छोरो जस्तै व्यबहार गरेको मैले देखेको थिए ।दुई चार वर्षपछि चितवनबाट हाम्रो गाउँमा दाउरा काट्न जाने टोलि ठप्पै भयो । हजुर आमाहरुको जमघट सम्झनामा मात्रै रहन्थ्यो । अनि सूर्यको कथा सधै सम्झ्यो बस्यो । दिन बित्दै गयो । मित हजुरबाहरुसँगको सम्पर्क पनि कम हुँदै गायो । तर पछि फेरि विबाह पूजा आजामा बोलाउने क्रम सुरु भयो । उहाँको घरमा म जान भने पाएको थिइन । पछि हामीले धान खाने खेत नै त्यता किन्यौ । अनि म पनि जान थाले उहाँहरुको घरमा । घर जाँदा बित्तिकै मैले हजुर आमासँग् सूर्य खै भनेर सोधे । हजुर आमा पनि दंग पर्नु भयो । आम्मै एल्ले पनि विसे्रको रहेनछ उसले पनि निकै सम्झन्छ भन्नु भयो । सूर्य घर जम गरेर हजुर आमाको घर छाडेर निस्कि सकेका रहेछन् । हामी पहिला बस्ने भैसाखोरी नजिक बेल्डिहा गाउँमा । उनी बेल्डिहा जाँदा हामी भने चितवन आइ पुगेका थियौ ।हजुर आमासँग भेट भयो कि म सूर्यको बारेमा सोध्ने गर्दथे । हजुर आमा एक दिन उसलाई हाम्रो घरमा ल्याएर आउने कुरा गर्नु हुन्थ्यो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष कृष्ण गिरीको बुबा बितेको हिजो साउन १० गते १३ दिन पुगेको थियो । त्यसैले जगतपुर जान पर्ने । म धान हेर्न र त्यसपछि हजुर आमाको घरमा पनि पस्ने निधो गर्दै घरबाट निस्किए । घान हेरेर शंकर चोक निस्कदा हजुर बा आमा सवै हुनु हुन्थ्यो । केही बेर सन्चो बिसन्चो सोधियो । अनि सूर्यको बारेमा सोध खोज भइ हाल्यो । यस पटक हजुर आमाको मुखबाट सूर्यक्ो बारेमा अकल्पिनीय जानकारी आयो ।हजुर आमाले सूर्यको निधन भयो नि बाबु हेर त भन्नु भयो । बाल्य कालको सम्झनासँग जोडिएको सूर्य अस्ताइ सकेको खवर पाउँदा आखाँ अगाडी एक पटक झपक्कै अध्यारो छायो । सूर्य अस्ताइ सकेको छ तर सम्झनाबाट उ ओझेल पर्न गाह्रो छ । रगतका हिसावले कुरा गर्ने हो भने रंगिलाका हजुर बा हजुर आमा निकै टाढाका मान्छे हुन् । उहाँको घरमा सहयोगीको रुपमा बसेका सूर्य झनै कति परको कति दुरको । तर सम्बन्ध रगतबाट मात्रै गााँसिदो रहेनछ । सहयोगी बोलि र व्यवहारले मान्छे हृदयमा बस्ने रहेछ । सूर्यलाई मेरो हार्दिक श्रद्धा सुमन ।
नेपाल टेलिकमका जागिरेहरुलाई निकै चइन छ । त्यहाँबाट उपभोक्ताले पाउने सेवा भने साह्रै नै गए गुज्रेको छ । सेवा दिनेहरु ठाँटले बस्छन् र सेवा लिनेहरु सधै दिक्दार बन्छन टेलिकममा । यो सामन्ति संस्कार हो । नेपाल टेलिकममा सामन्ति संस्कार छ । सामन्तिहरुले अड्डा जमाएको ठाउँ हो नेपाल टेलिकम । यो आक्रोशको झोकमा त्यसै लगाएको आधारहिन आरोप होइन । उपभोक्ताको समस्या सुन्दै नसुन्ने चरम स्तरको लापरवाही छ टेलिकममा । कर्मचारीका नाता गोता र चिने जानेकालाई मात्रै यो कुरा अन्यथा लाग्ला नत्र टेलिकमको चाला यही हो भन्ने सवैले बुझेका छन् ।मोवाइल फोनका उपभोक्ताहरुको हैरानी वर्णन गरि साध्यको छैन । ल्याण्डलाईनका ग्राहहरुको समस्या पनि आफ्नै खालका छन् । ल्याण्डलाईनका उपभोक्तालाई टेलिकमका जागिरेहरु दुहुनो गाई सम्झन्छन् । दुहुनो गाई पनि नभनौं किन भने दुहुनो गाईलाई पनि धेरै चाकरी गरे मात्र दुध दिन्छ । टेलिकमले ग्राहलाई दिक्क बनाउने र त्यसको साटो पैसा असुल्छ भने कसरी भए ग्राककहरु दुहुनो गाई यो त लुट मात्रै भयो होइन र लुट्नेहरु हाम्रो समाजमा तल्लो स्तरका नागरिक हुन् । तर टेलिकमका कर्मचारीको हकमा यो कुरा लागु भएको छैन् । त्यसैले भनियो उनीहरु सामन्ति हुन् । सामन्त्हिरुक्ो लुटको खिलापमा सुरुमा कोही जादैनन् । जव जान्छन् लुट्ने सामन्तहरुको हविगत के हुन्छ भनि रहन नपर्ला । चार दिनदेखि हाम्रो टोलमा ल्याण्डलाईन टेलिफोन बिग्रेको छ । टेलिकममा एक पटक मात्रै हो र पटक पटक कुरा राख्दा पनि बन्ने छाट छैन । एकजानले मात्रै हो र धेरैजनाले भन्दा पनि सुनुवाइ भएको छैन । टेलिफोन स्वाँ सुँ केही गर्दैन । मोवाइलबाट त्यो नम्बरमा डायल गर्दा तपाइँले डायल गरेको नम्बर अहिले बिजी छ भन्छ । कता धमाधम विल चढेको छ भन्ने टेन्सनले टाउँको दुखाएको छ । समस्या राख्यो टेलिकम सुन्दैन । विल उठ्यो भने नतिरेर सुख भन्न बेर मान्दैन टेलिकम । तुरुन्त नबने पनि के भएको हो कहिलेसम्म बन्ला जस्ता कुराहरु प्रष्ट भन्नु टेलिकमको दायित्व भित्र पर्छ तर सामन्तिहरुले आफ्नो दायित्व के हो हेक्का नै राखेका हुँदेनन् । सामन्तहरुलाई अरुको अधिकार र आफ्नो कर्तब्यको कहिल्यै ख्याल हुँदैन ।टेलिकमका मान्छेहरुले ग्राहको अनुकुलमा काम गर्नु पर्ने हो नियम अनुसार तर यहाँ त्यहाँका कर्मचारीको अनुकुलतामा काम हुन्छ । आएर पैसा नमागि काम गर्दैनन् । टेलिफोन जोड्दा नै सुरु हुन्छ पैसा थाप्ने क्रम । त्यति बेला उनीहरुल्ाई खुसी नपारे त्यसको झोक अरु बेला फेर्छन् । सायद हाम्रो टोलमा त्यस्तै भएको होला अहिले । त्यसैले टेलिकममा मगन्तेहरु पनि छन् सामन्तहरु पनि छन् । मगन्ते र सामन्त्हरुका कारण सर्वसाधरण उपभोक्ता मर्कामा छन् । देशले राजा हटाए पनि टेलिकम जस्ता सेवा दिने निकायहरुमा अड्डा जमाएको सामन्ति प्रथा कायमै छ । सामन्तको मुल सुक्यो कि भनेको ठूलो मुल सुके पनि जता ततै उम्रेका र रसाएका अनगिन्ति स साना मुलहरुले नेपालीहरुलाई अझैसम्म सताइ रहेको छ ।यसको उपचार के होला । टेलिफोनमा समस्या आउँद्या बित्तिकै टेलिकममा उजुरी लेखाउने । चाडै बने ठिकै छ नभए हाकिमलाई फोन गरेर गालि गर्ने । गालि अशिष्ट र अश्लिल हुनु हुँदैन । कुकुरले टोक्यो भनेर मान्छे त्यसैलाई टोक्न जादैन । हाम्रो उद्देश्य ग्राहकलाई टेन्सन दिएर टेलिकमका ठालुहरु अन्यत्र मस्त नहुन भन्ने हो यसका लागि धेरै होइन दुई चार शब्द खर्चे हुन्छ एक पटकमा । नमस्कारको साटो के छ सामन्त भनेर बल्ल मेरो अस्ती बिग्रको फोनलाई कहिले बन्छ भनौं त्यसपछि उसको कुरा सुन्नुभन्दा अघि फोन राखि हालौं । प्रष्ट कुराहरु उजुरी लेखाउने बेलामा मात्रै गरौं आफुले बुझ्ने काम पनि त्यही बेलामा गरौं ।टेलिफोन नबनाउँदासम्म एकोहोरो आफ्नो कुरा मात्रै राखैं उसको सुन्दै नसुनौं । यसो गर्नु भनेको टेलिफोन किन समयमा नबनाएको भनेर गालि गरेको हो टेलिकमका ठालुहरुलाई । त्यसैले टेलिकमको हाकिमको मोवाइल फोनको नम्बर घरको क्वाटरको अफिसको सवै ठाउँको नम्बर राखेर रात विरात जुन सुकै समयमा पनि फोन गरेको गरेइ गरौं । उपभोक्ताहरुको तर्फबाट केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझएर सुरु गरौं यो अभियान । पाउने पैसा नपाए तत्कालै लाइन काट्छ टेलिकमले आफुले दिने सेवाका लागि आँखा चिम्लन मिल्छगए गुज्रेको सेवा दिएर पैसा कमाउन पल्केको टेलिकमको प्रवृत्ति प्रति केही न केही नगरि भएको छैन । यो प्रवृतिका विरुद्ध हाकिमलाई हैरानी पार्ने अभियान नचलाए टेलिकम चल्ने चटपटाउने बाला छैन । पहिलो चरणको आन्दोलनमा भद्र र थोरै शब्दमा गालि गरौं । लाग्छ यो आन्दोलन नै काफी हुने छ टेलिकमलाई सेवा लिनेहरु प्रति उत्तरदायी बनाउन । यसो गर्दा पनि सुनुवाइ भएन भने गालिका शब्द धेरै र केही कडा पारौं । सुधार नहुँदासम्म यसको स्तर बढाउँदै लगौं । शब्दको शक्तिको बेवास्ता गरेमा हाकिमहरुको हविगत के हुन्छ अर्को पटक लेखौंला । तर जति लम्बिए पनि हामी भद्र शैली छाड्ने छैनौं । यो उपाएले टेलिकमलाई सुधार्छ भन्ने लाग्छ भने सवै लागौ आजबाटै अरु पनि केही विधि छन् भने त्यता पनि जाऔं तर तत्काललाई अरुलाई गालि गर्नु जस्तो सजिलो आन्दोलन अरु नहोला अहिले त्यसै गरौं ।
मान्छेले धेरै गर्न सक्छ भनिन्छ तर खै गर्न सकेको नेपाली सभासद्हरुले दुई वर्षमा संविधान लेख्न सकेनन् । अब गर्छौ भनेर लागेका हुन तर सोचे अनुसार गर्नै सकेका छैनन् । सामान्य झाडा पखला लाग्दा जोगाउन बचाउन नसकिने देशमा नेताले पनि केही गर्न नसक्दा रहेछन् । फेरि अनौठो त के छ भने आफुलाई सामान्इ ज्वरो आएमा विदेश गएर उपचार गराउन भने सक्छन् नेपालका नेताहरु । यस्ता नेताहरु पनि बेला बेलामा नगर्न सक्ने निरिह ठर्हछन् । जस्तै प्रचण्डले प्रधानमन्त्री भएका बेलामा धेरैपतिहरुलाई रुष्ट बनाउन त सके तर प्रधानमन्त्रीको कुर्ची जोगाउन भने सकेनन् ।प्रचण्डले धेरै काम गर्न सक्छन् तर केही गर्न पनि सक्दैनन् । दशौं हजार नेपालीको ज्यान जाने सशस्त्र संघर्ष चलाउन सक्छन् प्रचण्ड तर त्यसबाट युद्ध जित्न सक्दैनन उनी । निर्वाचनमा मत पाएर पार्टीलाई ठुलो दल र आफुलाई विजयी बनाउन सक्छन् तर चारचार महिनासम्म प्रधानमन्त्री हुन पनि पाउँदैनन् उनी । बल्ल बल्ल पद त पाउँछन् तर जोगाउन सक्दैनन उनी । अनि त्यो कुर्ची चाहियो भनेर आन्दोलन चलाउन त सक्छन् तर आन्दोलन सफल बनाउन सक्दैनन् उनी । प्रधानमन्त्रीमा फेरि नयाँ मान्छे आउन खोज्दा पार्टी भित्र बाबुरामलाई हराउन त सक्छन् तर दुई दुई पटकसम्म प्रत्रानमन्त्रीको निर्वाचनमा पराजित हुन्छन् उनी । अब यस्लाई गर्न सकेको भन्ने या नसकेकोप्रचण्ड एक्लै हुँदा खुईय गर्दै भन्दा हुन् उफ गर्ने्र सकिएन । त्यसैले धेरै गरेका प्रचण्डलाई केही नगरेको लाग्न सक्छ भने अरु हुतिहाराको के कुरा । त्यत्रा छ सयजना सभासद् भएर पनि एकजना प्रधानमन्त्री चुन्न सक्दैनन् यो नेपालमा । दुई करोड नेपालीबाट ज्यादै उम्दा र अब्बल भनेर चुनिएका ुहन् ती मान्छेहरु । त्यत्राले पत्याएकाहरुले पनि गर्न केही सक्दा रहेछन् यो देशमा । गर्छौ भनेर गएकाहरुले नगरेपछि थुतेर सडकमा मिल्काउनु पर्ने हो नि । तर त्यसो गर्न पनि कसैले नसक्ने रहेछ यो नेपालमा । त्यसैले लाग्छ गर्नै नसक्नेहरुको झुण्ड मात्रै छ कि क्या हो यहाँ । यो रोग हामीमा मात्रै हो र अन्यत्र पनि छ नि ।त्यत्रो विश्व शक्तिमान अमेरिकाले इराकमा र अफगानिस्तानमा शान्ति कायम गर्न सकेन । इराकमा त युद्ध जिते कै थियो सद्धामलाई हराएर । अफगानिस्तानमा लडेको लड्यै छ लादेनलाई समात्नै पाउँदैन । आखिर अमेरिका भन्नु मात्रै उसले पनि गर्न सक्दो रहेनछ । ब्राजिलले मात्रै होर अरु उ सहित अरु तिस देशले यो पटकको विश्व कप फुटबल जित्न सकेनन् । एउटाको जित हुँदा धेरैले गर्न नसकेको ठहरर्दो रहेछ त्यसैले धेरै मान्छेले गर्न सक्दा रहेनछन् यो संसारमा ।सचिन तेन्दुलकर भारतका महान कि्रकेट खेलाडी हुन् । उनी महान कहलिए पनि एक दिवशीय कि्रकेटको विश्वकप जितेको जस लिन सकेकै छैनन् उनले अझसम्म । खै कसरी गर्न सक्छ भनिएको हो मान्छेले धेरै जहाँ ठुला ठुला हस्ती र शक्ति सम्पन्न समूहले पनि गर्न नसकेका यति विधि उदाहरणहरु रहेछन् हाम्रा सामु । जे जस्तो भए पनि मान्छेले खान सक्छ सुत्न सक्छ र देनिक नित्य कर्म गर्न सक्छ यी अत्यवश्यक कर्म हुन् जीवनका । तर संसारमा यी काम गर्न नसक्ने मान्छेहरु पनि अधिक संख्यामा छन् । उसले गर्ला मैले गरौंला तर मान्छे भएर हेर्दा के नै पो गर्न सकिदो रहेछ र यहाँ ।
चितवनमा अचेल बाइक चढ्नेहरु अचाक्लि बढेका छन् । सडक छोपिने गरेर दौडन्छन् बाइक । आवश्यक भएका नभएका सवै कुद्को पाइन्छ बाइकमा । बाइक मात्रै बढेको होइन बाइक चोरी पनि फष्टाएको छ चितवनमा । असारको १९ गतेदेखि पाँच दिनको बीचमा चितवनका तीनजना पत्रकारको बोइक चोरी भयो । असार महिनामा उनीहरु कसैको उजुरी चितवनको जिल्ला प्रहरीमा परेको रहेनछ । उजुरी परेकै कुरालाई आधार मान्ने हो भने पनि असार महिनामा नौवटा बाइक चोरले लगेको रहेछ ।चोरहरु भरतपुर नगरपालिका क्षेत्रमा बढी पल्केका रहेछन् । हराएका ६६ मध्ये १४ वटा बाइक मात्रै भरतपुर नगरपालिकाभन्दा बाहिरबाट चोरी भएका रहेछन् । नगरपालिकाको वडा नंं १० बाटै मात्रै १८ वटा बाइक चोरले उछिट्याएको रहेछ । यहाँ चोरी भएका बाइक तत्काले हेटौंडा बीरगाज या बुटबव पुग्छन् रे । त्यसैले सजिलोको लागि पनि चोरहरु नगरक्षेत्रमै केन्द्रि्रत भएको प्रहरीको ठम्मयाइ छ । उताका मान्छेले चितवनका मान्छेलाई कारिन्दा बनाएर चोर्न पठाउने र चोरलाई केही पैसा दिएर बाइक बेचेर धन आफुले कुम्ल्याउने गरेको प्रहरीले जनाएको छ । तर हराएको उजुरी लिने प्रहरीले चोर भने कमै समातेको छ । वाइक पनि अपवादको रुप्मा मात्रै फेला पारेको छ ।समातिए पनि चोर एक महिना मात्रै जेल बस्नु पर्छ रे । अनि मोटरसाइकल फेला परेमा त्यसैको मुल्य बराबरको जरिवाना मात्रै तिरेर पुग्दो रहेछ । चोरहरुलाई हौसला कानुनको यो कमजोरीबाट मिलेको रहेछ । अनि किन नमौलाओस त मोटरसाइकल चोरीका घटना । मान्छे मारेर कारवाही भोग्न नपर्ने देशमा एक महिना जेल बसे पुग्ने मोटर साइकल चोर्न को उद्दत नहोस त । त्यसैले धमाधम वाइक किन्न कस्सिएकाहरुले यो कुरालाई पनि ख्याल गर्न आवश्इक भएको छ । मोटरसाइकल नहराओस भन्नका लागि धनीको सजगता नै चाहिदो रहेछ ।बजाजको पल्सर वाइक आतंकले सहर हैरान छ । चोरले पनि पल्सरलाई नै पहिलो निसानामा राख्ने गरेको छ । हराएका मध्ये झण्डै एक चौथाइ पल्सर बाइक नै छन् । चोरलाई बजार नै सजिलो लाग्दो रहेछ क्याहो पल्सरपछि चोरीनेमा बजाजकै अरु ब्राण्डहरुको बोलाबाल छ । चोरेको बिगबिगि थामिने छाट भने छैन । सरकारी कार्यालको हाता भित्रबाट बाइक बोकेर चोर दौडेको छ । घरको दौलोबाट छिरेर ह्याण्डिल लक गरेर बाइक कुदाउन पनि भ्याएकै छ चोरले । कति आँटीला र फुर्तिला छन् चोरहरु । अनि प्रहरी निदाएको कुम्भकर्णभन्दा पनि झुर छ चोर समात्ने मामलामा । त्यसैले गाह्रो छ बाइक बचाउन ।
भाषा भयो भने देश पनि पाइन्छ । चिन्तक सीके लालले इजरायलको उदाहरण दिदै सुनाए । असार ३० गते हेटौडामा राष्ट्रियताको बारेमा बहस चल्दा मुख्य वक्ता उनै थिए । देश देशावरका अनेक चलन चल्ति र विज्ञहरुको परिभाषालाई उनले आफ्नो सोचपत्रमा समेटेका थिए । तर उनको २० पेजभन्दा लामो सोचपत्रले बुझाउन नसकेको कुरा छलफलको क्रममा भनेको छवटा शब्द भएको एउटा बाक्यले धेरै हदसम्म प्रष्ट्यायो । इजरायलीहरु दुई हजार वर्षसम्म राष्ट्र बिहिन भएरै बसेका रहेछन् । भाषा बचेकाले उनीहरुले ६५ वर्षअघि आफ्नो छुट्टै देश पाए । भाषाको शक्ति यस्तो हुँदो रहेछ ।असार ३० को अघिल्लो दिन भानु जयन्ति परेको थियो । नेपाली भाषाका आदि कवि भानुलाई हामी अचेल त्यत्ति वास्ता गर्दैनौं । देशका सर्वोच्च पदमा आसिन भएकाहरुले नै नेपाली भाषालाई हेला गर्न थालेका बेलामा भानुभक्तको वास्ता किन हुन्थ्यो यो देशमा । २९ गते कान्तिपुर दैनिकको विचार पृष्टमा एउटा लेख छापिएको थियो । त्यहाँ भुटानमा नेपाली भाषा र भानुको स्मृतिमा हुने गरेको कार्यक्रममाथि आइ परेको आपतको चर्चा थियो । नेपालको राजनैतिक सिमानाभन्दा बाहिर रहेका नेपालभाषीहरुले जत्ति पनि चिन्ता गर्दै नौ हामी नेपालका नेपालीले आफ्नो पहिचानसँग जोडिएको भाषालाई अचेल ।देश व्यापी बनेको भाषालाई अनेका लााछना लगाएर पछाडी पार्ने कोशिस हुँदै छ । जुन नेपाली राष्ट्रियता विरुद्धको योजनावद्ध अभियान पनि हुन सक्छ । देश भित्र रहेका अनेक भाषाको संरक्षण के कसरी गर्ने भन्ने चिन्तालाई नाजायज भन्नै हुँदैन । तर अहिले अल्पसंख्यकहरुको भाषालाई जोगाउने र प्रवद्र्धन गर्ने भन्दा पनि देशभर फैलिएको र विदेशमा समेत नेपालको पहिचान बनाइ सकेको नेपाली भाषालाई कसरी पछाडी पार्ने भन्ने ढंगले काम भएको अनुमान लगाउन मात्रै होइन त्यसै हुँदैछ भनेर ठोकुवा गर्न पनि कुने गाह्रो छैन । त्यसैले हेटौंडाको बहसमा सहभागिहरुले जोड दिए अब नेपालीको विकल्प खोज्नुभन्दा पनि नेपालीसँगै अग्रेजीमा जानकारी राख्ने र नेपाली बोल्नेले पनि नेपाल भित्र बोलिने अरु भाषा मध्ये कम्तिमा पनि एउटा भाषामा दख्खल राखौं भन्ने प्रस्ताव गरे ।राष्ट्रियताको अकाट्य परिभाषा हुँदो रहेनछ । राम्रो गर्छु भनेर त्यसैमा अल्झने पनि गर्नु हुँदो रहेनछ । नत्र राम्रा सवै जनावरको शरीर जोडेर अति राम्रो जनावर बनाउँछु भन्दा ऊँट जस्तो विरुपको जनावर बन्ने खतरा हुँदो रहेछ । राष्ट्रियताको प्रवद्र्धन गर्न खोज्दा देशको सिमाना भित्र मात्रै होइन सिमाना बाहिर बस्ने त्यस देशको भाषा संस्कृति अनुकुल हुन आउने व्यक्ति र समुदायको पहिचानलाई पनि ख्याल राख्न सकूनु पर्छ भन्ने तहका कुराहरु त्यस बहसमा उठे । राष्ट्रियताको परिभाषा र त्यसमा सरोकारवालको अपन्वत्व झल्काउनका लागि सकारात्मक नियतले कामको सुरुवात गरिहाल्ने र सुरुमा खोलेको ट्रयाकलाई जति पनि फैल्ाउन सकिन्छ भन्ने मान्यता बोकेमा उत्तम हुने देखियो । अलग पहिचान खोज्नै पर्छ । नत्र भिडमा हराउने डर हुन्छ । अस्तित्व गुमाएर के बाँच्नु । युरोपका सवै देश अरु सवै कुरामा एउटै हुन थाल्दा पनि भाषाका माध्यमबाट पहिचान दिन भाषा जोगाउनका लागि बढीभन्दा बढी बजेट खर्च गर्छन रे । त्यसैले हामी पनि भाषा र संस्कृति संरक्षणका लागि गम्भीर बनौ भन्ने सन्देश हेटौंडाको बहसले दियो ।