'
परेवाकोट जानु पर्छ'
साथी दिपेन्द्र बडुवाल केही दिनदेखि यसै भन्दै थिए । '
दुवैजना जानु पर्छ है'
उता पुर्वी चितवन पत्रकार मंचका अध्यक्ष केपी किरण शर्माले हामी लोग्ने स्वास्नीलाई नै निम्ता दिए । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि जाउँ भने । '
सानो सानो पिकनिक जस्तो हो जाउँन रमाइलै हुन्छ'
एकल सिलबालबाट थप हौसाउने काम भयो । पुस १४ गते बिहान साढे चार बजे नै दिपेन्द्रको मिस कल आयो सायद जगाउनलाई होला । सहिद चोक पुग्दा सवा छ भएको थियो । दिपेन्द्रले ल्याएर आएको मिनी बसमा छिरियो । पत्रकाहरु पायक पर्ने ठाउँमा पर्खेर बसेका थिए । जोडी भएका पत्रकार मित्रहरु पनि क्रमशः थपिन थाले ।चितवन र मकवानपुरको सिमाना लोथर खोलामा पुगेपछि बस रोकियो । अव सवै झरेर उकालो लाग्नु थियो । परेवाकोट चितवनको पिप्ले गाविसमा पर्ने पहाडी गाउँ हो । जहाँ धेरै चेपाङ र केही तामाङको बसोबास छ । कुरा यत्तिमा सिमति छैन । यो त पुरानो र ऐतिहासिक ठाउँ पो हो अरे । मैले योसम्म सुनेको छु धेरै कुरा भन्न सक्ने अवसथामा छैन । तर उत्तर तर्फ हिमाल टल्केको र दक्षिण तर्फ नागबेली राप्ती र मैदानी इलाकाको आनन्ददायक दृश्य देख्न पाइदो रहेछ । तर हामी पुग्दा कुहीरोले छोपेको थियो सवै कुरा ।'
रातीमा मज्जाले तारा देख्न पाइने ठाउँ हॊ यो'
एकजना बुज्रुकले बयान गरे । बिहानको उदाउँदो सूर्य र साँझको अस्ताउँदो सूर्य हेर्न भन्दै नजिक टाढा जता पनि जान थालेका छन् नेपाली तर यो रातमा तारा हेर्न भन्दै कतै जाने कुरा भने हामीलाई उदेक नै लाग्न सक्छ । तर झलमल तारा हेर्नु पनि रमाइलै हुन्छ । यो कुरा विस्तारै थाहा पाउने छौं हामी । लगातार तीन् घण्टा जति हिडेपछि परेवाकोट पुगियो । केपी किरण अघिल्लै दिन आएर खानपानको व्यवस्था मिलाएका रहेछन् । कोदोको ढिडो पनि थियो भागमा । कसैले जानेर निले,
कसैले नजानेर चपाए अनि कसैले शान दिनलाई चम्चाले उधिन्दै मुखमा हुले त्यसलाई ।खाना खाएपछि कुराकानी सुरु भयो । एकजनो भने '
पाठक थरका एकजानले महेन्द्रको पालामा पैसा नै बनाएको ठाउँ हो यो ।'
एकजनाले सुनाए '
अलि तल गुफा छ जाने हो ।'
साथ लागेर गए दुई चारजना साथी । लैजानेलाई नै बाटोको पत्तो भएनछ । थाकेका साथी आधा घण्टा हिडेपछि निरास हुँदै फर्के । चर्च थियो गाउँमा । परेवाकोट भनेपछि देवीको मन्दिर नहुने कुरै भएन चर्च थियो,
मन्दिर थियो अनि गाउँ थियो थोरै घर भएका । खाना खाएपछि हिडिहाल्ने तयारी भयो । अघि तीन घण्टा लगाएर उक्लेको समयमै नहिडे अध्यारोले पिरोल्ने डर । तर थाकेका साथीहरु उतै बस्ने भए । वाइवाइ गर्दै बाहिरियौं हामी ।गाउँदेखि केही पर आएपछि पहिला गएको बाटो त्याग्यौं हामीले । तल लोथर बजार उत्तिनै खेर आइयो । मोटर जाने बाटोमा हिँडेकाले पहिला जाँदा पो त्यति समय लागेको रहेछ । मान्छे हिड्ने बाटो हिड्दा बेर नलाग्ने रहेछ । मोटर जाने बाटोमा यस पटक मोटर चढेर जाने हिम्मत कसैले गरेन । कारण त्यो बाटोमा तीन वर्षअघि ट्रयाक्टर चढेर गएका थिए धेरै । तर फर्कदा पुरै फर्कन सकेनन् । ट्रयाक्टर दुर्घटना भयो । तीनजनाको ज्यानै गयो । पत्रकार दिपेन्द्र बडुवाल लगायतका साथीहरु गम्भीर घाइते भए । दुर्घटना स्थलपुग्दा उबेला परेवाकोट पुगेका धेरैका आँखा रसाए । जे होस यस पटक त्यस्तो नराम्रो केही भएन । बरु रमाइलै भयो । पत्रकारसँगै उनका श्रीमतीहरु पनि यो रमाइलोमा मिसिए । ठ्याक्कै परेवाकोट के कस्तो हो त्यसको खोजीनीति गर्न भने इमान्दार भएर भन्नु पर्दा लाग्दै लागिएन । तर ठाउँ भने रमाइलो छ है । त्यो किन भनेको भने त्यत्रो उकालो ओरालो हिडाउँदा पनि श्रीमतीबाट कुनै गुनासो आएन ।
चकमन्न रातमा '
जंगली हात्ती गाउँ पस्यो'
भन्ने अवाज सुनेपछि आक्रमणमा परिने भयले सुकराम सुनार श्रीमती सहित जोगिनका लागि आफ्नो सानो घरबाट बाहिर निस्के । अरु गाउँलेसँगै मिसिएर उनकी श्रीमती मायादेवि सुरक्षित ठाउँमा पुगिन । त्यो समूहमा सुकराम नदेखिएपछि खोजी गर्दा भोलिपल्ट बिहान घरभन्दा केही पर उनको लाश फेला पर् यो । सुकरामको भन्दा १० घर परकी कुमारी तमाङलाई हात्तीले मार् यो भने खवर राती नै गाउँमा फैलिसकेको थियो । आशलाल तमाङकी दुईमध्ये जेठी श्रीमती कुमारीको तत्कालै ज्यान गयो भने कान्छी हरिमाया गम्भिर घाइते भइन् । पुस ३ गते राती यस्तो घटा बेहोरेपछि गाउँलेले घरमा रात कटाउँदैनन् । सुकरामको किरिया गाउँदेखि टाढाको अर्कै घरमा भएको छ ।चितवन अयोध्यापुरी गाविस बडा नं.
९ मा पर्ने प्याउली गाउँ हात्तीको शन्त्रासबाट अझै मुक्त भएको छैन् । प्याउलीभन्दा डेढ किलो मिटर उत्तरमा पर्ने बगही गाउँको एउटा घरमा मृतक सुकरामका दुई छोरा र श्रीमती किरियामा बसेका छन् । सुकरामका जेठा छोरा कृष्णले भने '
के थाहा हात्ती फेरि पनि आउने हो कि !
त्यसैले त्यहाँ किरिया बस्न सकिएन ।'
प्याउलीमा गाउँलेहरु दिनभर घरमा बसेपछि रात कटाउन अग्लो डाँडा तर्फ लाग्छन् । प्यालीका २७ घर सवै सुकुमवासी हुन् । रिउ खोलाको आडैमा घर बनाएर बसेकाहरु अचेल साँझ परेपछि माथि डाँडा तर्फ लाग्छन् । स्थानीय रामबहादुर सुनारका अनुसार अग्लो ठाउँमा बस्दा हात्ती आएको चाडै चाल पाइने र भाग्न सजिलो हुन्छ ।डाँडामा रहेका घरहरुमा सवै अटाउन पनि सकेका छैनन् । त्यसैले कोही पाखामा त्यसै बस्छन् । जंगल आडैमा यसरी बस्दा एक रात बाघ कराएको पनि सुनियो भन्छन् रामबहादुर । आडका रुखमा शितको थोपा खसेर पातमा परेका आवाजले समेत हात्ती आएको भान दिन्छ । रामबहादुर भन्छन् '
घरमा जाउँ सानी आमा पापिनी बनमा बाघ र बघिनी झै भएको छ ।'
प्याउलीमा वि.
स.
२०६३ सालको मंसिरमा ३२ वर्षीय शिव शर्मालाई जंगली हात्तीले मारेको थियो । वि.
स.
२०६४ सालमा सौर्य उर्जाबाटै विद्युतीय झड्का दिने तार (
सोलार इलेक्ट्रिक फेन्स)
लगाएपछि गाउँलेहरु ढुक्क थिए । यस पटकको बाढीमा बगेको तारबार नबनाउँदा विपत फर्कियो । '
आन्गानमा हात्ती देखेपछि अरु केही गर्नै सकेनौं । घरको तलामा बसेर हात जोड्दै जाउँ गणेश जाउँ मात्रै भन्यौं'
चोकलाल श्रेष्ठले भने ।चितवन राष्ट्रिय निकुंजको मध्यवर्ती क्षेत्रमा पर्ने परसाको ठोरीमा मंसिरको अन्तिममा एकजना मार्ने र प्याउलीमा आएर आक्रमण गर्ने हात्ती एउटै भएको चितवन राष्ट्रिय निकुंजका प्रमुख संरक्षण अधिकृत डा.
नरेन्द्रमान बाबु प्रधान बताउँछन् । हात्ती नियन्त्रणमा लिन दुई टोली खटाए पनि देखा नपरेकाले गाह्रो भएकॊ उनको भनाइ छ । '
देखेमा लठ्याउने औषधि दिन्छौ । त्यसपछि उसको रिस शान्त हुन्छ र जंगल तर्फ धपाउन सकिन्थ्यो । देख्दै नदेखेर समस्या भयो'
प्रधानले भने । चितवन निकुंजमा दुई महिना यता मात्रै लोथर,
ठोरी,
मेघैली र प्याउलीमा गरेर जंगली हात्तीको आक्रमणमा परि पाँचजनाले ज्यान गुमाएका छन् । निकुंजको मध्यवर्ती क्षेत्रमा घटना भएकाले परिवारले एकजना मृतकको डेढ लाख रुपैयाँ राहत र घाइते भएकाले अधिकतम ५० हजार रुपैयाँ उपचार खर्च पाउने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियारले बताए ।
'सिराई घुम्न जाउँ , झुल्के घाम देखिन्छ रमाइलो छ ठाउँ'हात्तीवाङ गाउँका युवायुवतीले यसो भन्दै दोहरी गीतले माहौल तताइ रहेका थिए । पाहुनाहरु पनि उनीहरुको स्वरमा स्वर थप्थे । नजानेकाहरु पनि नाच्न तम्सन्थे । तर चाडै नसुते भोलि बिहान उठ्न सकिदैन । समयमै उठेर नहिँडे सिराइको झुल्के घाम कुरेर बस्ने वाला थिएन । त्यसैले दोहरीलाई विश्राम दिन भनियो र लागियो सुत्न । हात्तीवाङ चितवनको काउले गाविसमा पर्ने पहाडी गाउँ हो । पृथ्वीराजमार्गमा पर्ने धादिङको हुग्दीखोलामा बसबाट झरेर जोगीमारा हुँदै चार घण्टा पैदल हिडेपछि टेकिन्छ यो ठाउँ ।त्यसोत हुग्दीबाट हात्तीवाङसम्म पुग्ने मोटरबाटो गाउँलेले यसैपाली खनि भ्याएका छन् । तर मोटर चढेरभन्दा हिडेरै जाने निधो गरेर पाइला बढाइयो । सिराइको झुल्के घाम हेर्न भोलि पल्ट झिसमिसेमा पुग्नु पर्छ । त्यसैले चाडै गए पनि खासै अर्थ नभएकाले विस्तारै हिड्दै जानुको मज्जा अनेक हुन सक्छ । सुरुमै छ जब्बर उकालो । तर खुट्टाले मेसो पाएपछि बाटो गाह्रो हैन भन्ने अनुभव चाडै नै हुन्छ । त्यो बाटोमा भेटिने प्रत्येक स्थानीयले चिनेकै झै गरेर सोध्छन् '
कहान्सम्म होला ?'
आफु बाहेक दायाँबायाँ अरु कसैको मतलव नराख्ने सहरीया रिवाजमा हुर्केकाहरुलाई यही प्रश्न नै अनौठो र आत्मिय लाग्छ ।यो ठाउँ नेपालका अल्पसंख्यक आदिवासी समुदाय चेपाङहरुको बसोवास क्षेत्र पनि हो । मुख्य बाटोभन्दा केही पर नै छ उनीहरुको वस्ती तर बाटोमा भेटिने चेपाङहरुले पनि बटुवालाई चेपाङ रहन सहन र संस्कृतिका बारेमा जानकारी दिन सक्छन । उनीहरुको अवस्था अवलोकन गर्दा नै धेरै कुरा अनुभव गर्न सकिन्छ । बाटोमा भेटिने खोरभाज्याङ गाउँ जाडो याममा सुन्तलाले पहेलपुर हुन्छ । मौसम अनुसारका फलफूल र तरकारी टुट्दैन यहाँ । फलेका बेलामा रसिला सुन्तला आफैले रुखबाट टिपेर खान पाइन्छ खोरभाज्याङमा । त्यहाँबाट अलि पर छ जयपुरी गाउँ । रु १० दिएपछि एक गिलास पाइने यहाँको दहीले बाटोभरी लागेको तिर्खा मात्रै होइन थकाइ नै पखाल्छ ।हात्तीवाङ छिरेपछि देखिन्छन चिटिक्क परेका घरहरु । पाहुनालाई सत्कार गर्न आइ पुग्छ स्थानीय आमा समूहको टोली । अगि्रम जानकारी भएमा गाउँकै मुखमा फूलमाला र टीकाको सत्कार पाइन्छ नभए पिढीमा पुगेपछि पाइन्छ यस्तो सम्मान । भर्खर मोटर बाटोले छोएको हात्तीवाङमा गिरी पुरी र मगरहरु पनि बस्छन् । रातोमाटोले पोतेको दुई पाखे घरमै बस्ने हो सिराइ जान तम्सेका पर्यटकहरु । चितवनको जिल्ला विकास समितिले तालिम दिएपछि त्यहाँका गाउँलेले होम स्टे अर्थात पाहुना घर चलाएका छन् । सुतेको एक रातको ७५ रुपैयाँ खाना पनि यही मोलको हो । मासु थप्न पर् यो भने अलग मुल्य लाग्छ । प्लेटका हिसावले मासु पाइदैन त्यहाँ । कुखुरो या खसी जे हो िसंगै किन्यो अनि खाएर सक्यो ।रासायनिक मल तथा विषदी बिना लेकको हावापानी र दाना मलमा हुर्केका लोकल कुखुरा,
खसी हुन या सागपात गेडा गुडी सवैमा फरक र तिख्खर स्वाद हुन्छ । सुन्तला र मौसम पाखा भरी भेटिन्छन् । निबुवा कागती र अमिलो जातका अन्य फलफूल हात्तीवाङका विषेशतै हुन् । यो सवको आनन्दमाथि बिहानै उठेर झुल्के घाम देख्न पाइन्छ भन्ने कुराले मन असाध्यै प्रफुलित हुन्छ । हात्तीवाङबाट चार बजे नै उठेर सिराइ हिड्ने सुरसार गर्नु पर्छ । डेढ घण्टा हिडेपछि पुगिन्छ सिराइको चुचुरोमा । एक हजार ९४६ मिटर उचाइ रहेको सिराई चितवनकै सवैभन्दा अग्लो ठाउँ पनि हो ।सिराई पुग्दा घाम हेर्ने धैर्यता टिक्नै मुस्कील पर्छ । होइन आज नदेखिने भयो क्या हो । आगन्तुकहरु यसो भन्दै चिन्ता जाहेर गर्छन् । हात्तीवाङमा पथ प्रदर्शकहरु पनि छन् । साथ लागेर जाने पथ प्रदर्शकले गाठी कुरा सम्झाउन्छन् झुल्के घाम हेर्न ब्यग्रतामा बसेकाहरुलाई । पथप्रदर्शकहरु घाम हेर्नेलाई उत्तर तर्फ देखाएर भन्छन् '
त्याताको हिमाल सुनौलो भएर नटल्कदासम्म सूर्योदय भएको हुँदैन । त्यसैले नआत्तिनुहोस ।'
समय भएपछि पर पुर्वी क्षितिजमा कुनै शिखरको चुचुरोको आड लागेर चम्किलो रेखा देखा पर्छ । त्यो रेखाले बढ्दै गोलाकार रुप लिन्छ । निःशब्द भएर त्यता नियालेकाहरु सूर्यको पुर्ण आकार देखेपछि त्यसलाई पृष्टभुमिमा राखेर तस्विर लिन तछाडमछाड गर्छन् । यो त भयो पुर्वको दृश्य जव घाम झुल्कन्छ उत्तरमा रहेका सेता हिमालमा लाली चढ्छ ।उत्तरमा धवलागिरी र अन्नपुर्ण हिमश्रृङ्खला उभिएका छन् । मनास्लु गणेश र लामटाङसम्मको हिमसिखर त्यहाँबाट देख्न पाइदा आगन्तुसकहरु औधि रमाउने पथप्रदर्शक अमर तामाङको अनुभव छ । वातावरण खुलेको बेलामा दक्षिण तर्फ नारायणी नदी र त्यस आसपासको मैदानी इलाका समेत प्रष्ट देखिन्छ । सिराइबाट झुल्के घाम हेरेपछि हात्तीवाङ फर्कन पनि सकिन्छ । होइन भने दक्षिण पश्चिमको बाटो समातेर उपरदाङगढी पुग्न सकिन्छ । उपरदाङगढीमा २५० वर्षअघि बनेको मानिने ठुलो किल्ला छ । अनि त्यो किल्लाको आड लागेर सूर्यास्तको मनोरम दृश्य नियाल्न पाइन्छ ।हुग्दीबाट उक्लेर सिराई हुँदै उपरदाङगढीसम्म पुग्ने हो भने दुई रात बास बसेर दक्षिणको शक्तिखोर पुग्न सकिन्छ । शक्तिखोरबाट प्रख्यात पर्यटकीय क्षेत्र चितवन निकुंजको प्रवेशद्वार सौराहा जम्मा २५ किलो मिटर टाढा छ । त्यसो त शक्तिखोर हुँदै उपरदाङगढीको सुर्यास्त हेरेर रात त्यही बसी अर्को दिन हात्तीवाङ या सिराई नजिकको ज्यानदालामा बास बसेर सिराइको झुल्केघाम हेर्ने उक्लनेहरु पनि छन् । या सिराइबाट सुर्योदय मात्रै हेरेर हात्तीवाङ फर्कने र उपरदाङगढीबाट सूर्यास्त मात्रै हेरेर शक्तिखोर फर्कने पनि गरिन्छ । सूर्योदय र सूर्यास्त दुवै हेर्ने हो भने कम्तिमा दुई रात तीन दिनको भ्रमण प्याकेज बनाउनु पर्छ । यो समयमा हुग्दी हात्तीवाङ सिराई उपरादाङगढी र शक्तिखोर पैदल मार्ग भित्र पर्ने धेरै दृश्य र स्थानीयको रिती थिती रहनसहन संस्कृतिसँग एकाकार हुन पाइन्छ ।चितवन जिल्ला विकास समितिले पर्यटनका माध्यमबाट स्थानीय गरिवहरुको जिवन स्तर उकास्ने उद्देश्यले यो पैदल मार्गको विकास गरेको हो । दश वर्ष यता यहाँ चहल पहल बढ्न लागेको हो । विदेशीहरु फाट्ट फुट्ट आउन थालेका छन् । काठमाडौंका विभिन्न कलेजले विद्यार्थीहरु ल्याएर आउँछन् । सवै स्थानीयले चलाएको होमस्टेमा बस्छन् । टेन्ट ल्याएर आउनेहरु पनि छन् । हात्तीवाङ होम स्टे समितिका सचिव राजु आचार्य दीप भन्छन् '
हाम्रो घरमा रमाएर बस्छन् । कोदो मकैको राटी पनि स्वाद मानेर खान्छन् । यसले हामीलाई पनि आनन्द दिन्छ ।'
काठमाडौंबाट मात्रै ८० किलो मिटर टाढा छ हुग्दी । दुई हजार रुपैयाँ बोकेर हिड्ने हो भने हुग्दीदेखि शक्तिखोरसम्मको रुटसम्म मज्जाले घुम्न सकिन्छ । मौसम अनुसारका फलफूल र गेडागुडी कोसेली ल्याउन पनि पाइन्छ ।
चितवन प्रहरीले बेलाबेलामा पत्रकारहरुलाई कार्यालयमा डाक्छ । माथिल्लो तलाको छेउमा रहेको हलमा राख्छ अनि मिनरल वाटर टक्राउँछ । पातलै भए पनि दुध हालेको चिया र ओसिन नभ्याएको कोकोनट बिस्कुट पनि तेरसाउँछ । यता हलमा बसेर पत्रकारहरु केही बेर हल्लिखल्लि गरेपछि कालो चस्मा लगाएका एसपी साबको सवारी हुन्छ दायाँ बाँया डीएसपी र इन्सपेक्टर राखेर । हलमा पसेपछि डीसपीले लगभग दुई पेजको विज्ञप्ति पढ्छन् । जसमा पाकेट मारेका रक्सी खाएर हल्लाखल्ला गरेका एकाध घटना विवरणहरु हुन्छन् । पत्रकारलाई यस्ता कुराले सायदै पुग्दो हो अनि अलि गम्भीर मानिएका केही अपराधसँग सम्बन्धित विवरणहरु बारे जानकारी माग्छन् । त्यस्ता कुरा दिन भने आनाकानी गर्छन एसपी साब । अनि तिनै पाकेटमार र रक्स्याहाँहरुलाइए लहरै राखेर फोटो खिच्न पत्रकारहरुलाई आग्रह गर्छन् ।प्रहरीको यो सनातन कर्म हो । जुन सुकै एसपी आओस यसै गर्छन् । सूचना दिएको भनेर साखुल्ले हुन खोज्छन् । सूचना दिन बोलाएपछि दौडेर पुग्नै परो पत्रकार प्रहरीको हलमा । प्रहरीले मात्रै कति बोलाइ बोलाई सूचना दिनु प्रहरीले नबोलाए पनि सूचना त चाहिएकै हुन्छ पत्रकारलाई । अनि फोन लगाउने गर्छन एसपी या प्रवक्ता भनिएका डीएसपीका मोवाइलमा । कार्यालयमा फोन गर्दा अधिकृतहरु नभेटिने सम्भावान ९९ प्रतिशत रहने गर्छ त्यसैले मोवाइल फोन डायल नगरी सुखै छैन । यो हप्ता चितवनका एसपी र डीएसपीको मोवाइल असंख्य पटक बज्यो होला । धेरैको नम्बरबाट फोन आएको होला कतिका उठाए उठाएनन् थाहा भएन तर पत्रकार भनेर चिनिएका नम्बरबाट आएका फोन कसैका पनि उठाएनन् ।फोन नै नउठाउने व्यस्तता थियो भने अफ गरेर राखेको भए हामी पनि चित्त बुझाउँथ्यौ । तर पत्रकारका फोन नउठाउने नीति बनाएर बसेपछि हामीले के ठान्ने यहाँका अधिकारीलाई । प्रवक्ता भनिएका डीएसपीको बल्ल बल्ल फोन त उठ्छ तर सोधेको कुरा पटक्कै चुहाउँदैनन् उनी । यो मंसिर २५ गतेको मध्यरातमा चितवनको टाइगर टप्स होटलमा दुईजना व्यक्तिहरु बाजाबाज गरेछन् । एउटा '
म शक्तिशाली हुँ'
भन्ने अहम पालेको व्यक्ति अर्को भर्खर शक्ति गुमाए पनि त्यो स्वीकार गर्न तयार नभएको व्यक्ति । दुईजनाले जव नसाको सुरुमा वार्ता सुरु गरे नहुनु अनहोनी हुनु नै थियो,
एउटाले गाली मात्रै गर्नेलाई
गोलीपड्काइ हाले ।गोली पड्क्को हो भनेर सोध्यो जिल्लाका सवै कुरा जान्ने ठानिएका प्रमुख जिल्ला अधिकारी खै प्रष्ट केही जानकारी छैन भन्छन् । प्रहरीका एसपी सम्पर्कमै छैनन् । सम्पर्कमा आएका डीएसपी त्यस्तो केही भएको नै होइन भनेर सरासर झुट बोल्छन् । पत्रकार भनेर सूचना माग्दा यस्तो जवाफ दिने अधिकारीहरुलाई खै के भन्ने के । जनताले आन्दोलन गरेर गद्दीबाट पछारका ज्ञानेन्द्र जसलाई अब पुर्वराजा भनिन्छ उनका छोरा पारस जसलाई सुरु देखिनै उद्दण्ड भनेर जताततै चिनिएको छ हो तिनै पारसले टाइगर टप्समा गोली चलाएछन् । सवैले त्यो गोलीका आवाज सुने तर हाम्रा जिल्लाका जिम्मेवार अधिकारीहरु सुने पनि नसुने झै गर्न थाले । पारसलाई राजतन्त्र छ भन्ने भ्रम भए जस्तै यहाँका अकिारीहरुलाई पनि छ नै भन्ने परेको पो हो कि भन्ने ठान्नु के गलत हुन्छ रयो देशमा राजा र उनका परिवारको सवै मानपदवी इतिहास भइसक्यो । त्यसैका कारण गोली चलाएपछि पारसलाई समात्नु परो । उनी समातिए । समातिन लागेका पारसका बारेमा मागेको विवरण पनि दिन चाहेनन् प्रहरी अधिकृतहरुले । एसपी साबको फोन उठ्दै नउठ्ने । डीएसपी साबले बल्ल बल्ल फोन त उठाए तर भने यो विशिष्ट खालको केश परेकाले अरुको जस्तो यो केशको प्रवक्ता म होइन । त्यसैले मलाई कही नसोध्नु ।यताका प्रहरी अधिकृतहरुले यसरी पुच्छर लुकाए तर कास्कीका प्रहरी अधिकारी जहाँबाट पारसलाई समातिएको थियो उनीहरु भने हाका हाकी सवै विवरण दिइ रहेका थिए । त्यसपछि विरालोले दिसा लुकाए जसरी यहाँका प्रहरी अधिकृतले सूचना लुकाउनुको कारण बाह्य केही दवार र निर्देशन रहेनछ यहीकै अधिकारीहरुको मनको रन्कोले जे भन्यो त्यो अनुसार गरेको प्रष्ट भयो । मुद्दामामिलाको प्रकृयासँग सम्बिन्धित सूचना माग्दा पनि पटक्कै केही दिएनन् यहाँका प्रहरी अधिकृतहरुले । हामीले पारसलॆ के खाए कस्ता कपडा ल्याएका थिए जस्ता निधीखुदी खोजन लागेकै थिएनौ उनलाई कुन आरोपमा समातिएको हो जस्ता आधिकारिक कुरा पनि दिन तयार भएनन् यहाँका प्रहरी ।पारसलाई भरतपुर एयरपोर्ट या तालिम केन्द्र ल्याउने हल्ला चले पनि अन्तमा उनी तालिम केन्द्र भित्र झरे । हेलीकोप्टर कति बेला झरेको हो भनेर सोध्दा समेत बताएन प्रहरीले । तालिम केन्द्र भोलिपल्टदेखि पारसका भक्तहरुको कब्जामा गयो । ति भक्तमा यस्ता अनुहार पनि देखिन्थे जो हाम्रो प्रहरीले पत्रकारलाई बोलाएर अभियुक्त भनि फोटो खिच्न लगाएको थियो । हो उनै हावि थिए त्यहाँ । '
पत्रकार पछिहट्'
भन्दै थर्काँदै अगाडी आएर पारसलाई माला लगाउन खोज्न तम्सनेहरुका अनुहार मैले नियाले हो ति उनीहरुनै थिए जसको फोटो जिप्रका भित्रको चौरमा मेरो क्यामराले खिचेको थियो ।जव पारस तालिम केन्द्रबाट गाडीमा बसेर निस्के प्रहरी गेटमा बसेका हुल्याहा केटालाई छेक्दैन बरु फोटो खिच्न पर्ने पत्रकारहरुलाई सकेसम्मको वल लगाएर हुत्याउँछ । चितवन प्रहरीले पारस प्रकरणमा सूचना दिन पुर्ण रुपमा असहयोग गरो फोटो खिच्ने बेलामा पनि उत्तिकै अवरोध गरो । फोटो खिच्न खोज्यो धकेल्छ मात्रै । यही धकेला धकेलमा पत्रकार एकल सिलवाल घाइते भए । प्रहरीले लडाएकाले एकलको खुट्टा पारसको गाडीमा ठोक्कियो । एसपी साबले पाकेटमार समात्न पक्कै छाड्दैनन् । समाति राख तिमी पाकेटमार । तर चाहिएको सूचना जुन सूचना मैले घर लगेर रोटी पकाएर खाने कुरा पनि होइन जनमानसमा सार्वजनिक गर्न आधिकारिक तवरमा मात्रै लिन खोजेको कुरा थियो त्यो बेलामा पुर्णरुपमा असहयोग भयो । अनि यस्तो ब्यबहार गर्नेले एउटा समान्य पाकेटमारका फोटो खिच्न किन बोलाउने ?
नेपालको ईतिहासमा पहिलो पटक नै होला पुर्वै भए पनि कुनै राजपरिवारको सदस्य अभियुक्त भएका छन् र सामान्य नागरिक सरह उनी पनि मुद्दाका प्रकृयामा छन् । विवादस्पद छवि भएका पुर्व युवराज पारसलाई प्रहरीले समात्यो मुद्दा पनि लाग्यो । मुद्दा अझै टुिगंएको छैन । उनी धरौटीमा छुटेका हुन् र आउँदो फागुन १९ गते उनी फेरि जिल्ला प्रशासनमा हाजिर हुनु पर्छ । राजखानदानले कहिल्यै नसोचेको एउटा न्यायिक प्रकृयामा हिडि रहेका छन् पुर्व युवराज । उनले मान्छे पनि किचेर मारे कै हुन, हुलहुज्जत र हवाइ फायर त कति गरे कति । तर उनलाई हिजो कसैले छुन सक्थेन । धेरै घटनाहरु बाहिर पनि आउँदैन थिए । तर यस पटक चितवन आएर गोली चलाए छन् जसले उनलाई प्रहरीको हिरासतसम्म पुरायो । न्यायिक कठाघरमा उभिन बाध्य भए ।चितवन निकुंज भित्र रहेको टाइगर टप्स होटल सदरमुकाम भरतपुरबाट झण्डै ३५ किलो मिटर टाढा छ । त्यस्तो अनकन्टार ठाउँमा उनले गोली चलाएको कुरा सयद बाहिर नआउन पनि सक्थ्यो यदी त्यो प्रहार कोइरलापुत्री,
काँग्रेसकी नेतृ तथा वर्तमान काम चलाउ सरकारको उपप्रधानमन्त्री सुजता कोइरलाका ज्वाई रुवेल चौधरी प्रति लक्षित हुदैन थियो भने । ठुला मान्छेका आफन्तलाई प्रहार गर्दा पारस प्रहरीको खोरमा पुग्नु परो । अनि सुजता जस्तो नेपाली राजनीतिको अरुचिकर पात्रको नातेदार रहेका र विवादस्पद कि्रयाकलापमा मुछिएका रुवेल लक्षित गतिविधि भने पारसलाई मात्रै होइन मसानघाटमा पुगेको राजतन्त्रका लागि समेत संजिवनी जस्तो देखिन पो थाल्यो ।राजखानदानमा जन्मेको आडमा सधै उदण्ड भएर हिड्ने व्यक्तिमाथि पहिलो पटक राज्यले कारवाही गर्न थाल्यो भनेर यो घटनालाई हेर्नेहरु कमै छन् । बर राजतन्त्र समर्थकहरुले यसलाई राजनैतिक रंग दिएर राजनीति गर्न उद्धत हुँदैछन् । पारसको समर्थनमा सडकमा जुलुस निस्केको छ । उनलाई राखिएको तालिम केन्द्र अगाडी मान्छेहरु जम्मा भएर राजा आउ देश बचाउ भने । हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ र हिन्दु अधिराज्य कामय गर जस्ता नारा पनि सुन्न पाइयो । यद्यपि त्यो नारा लगाउने भाडामा ल्याइएका कुण्डले र झ्यापुल्लेहरु थिए तर समर्थकको भिड जुटाएर माहौल आफ्नो पक्षमा पार्न पारश सफल देखिए ।नेपाली राजनीतिको अरुचीकर पात्रका आफन्तलाई हानेको घटनामा समातिएको हो भन्ने कुराले सहानुभूति जति पारसलाई गएको छ । यसैको आधारमा राजवादीहरु चलमलाउन थालेका छन् । अनि माओवादी समेत पारसलाई सहयोग पुग्ने बोली बचन व्यक्त गर्छ यस्तो बेलामा । माओवादी चितवनका इन्चार्ज अनिल शर्मा बिरहीले भने कि रुवेलले नेपालीको अपमान गरेको हो भने एउटा कोही मर्नु भन्दा ठुलो हाम्रो लागि राष्ट्रियता हो । उनका अनुसार रुवेलाई पारसले गोली हानेरै मारेको भए पनि केही हुने थिएन । अनि अनिलको यस्तो बोलीले राजावादीहरु हौसिनु स्वभाविकै थियो ।पारसलाई राष्ट्रवादी नायक बनाएर राजावादीहरु बौरीन थाल्दैछन् । गुण्डागर्दी गरेर समातिएपछि यस्तो पनि वाइवाइती पाउँदा पारस मख्ख छन् । हिजो राजाको जगजगीका बेलामा राजतन्त्र मुर्दावाद भनेर हिरासतमा बसेपछिद्ध निस्केका गगन थापा र गुरुराज घिमिरेको जसरी जय जयकार भएको छ पारसको । ओ हो यो त साह्रो विडम्बना पो भएको छ नेपालीका लागि । पारस तर्फ ढल्केको जतमतले गणतन्त्रलाई कति कम्जोर बनाउला या नबनाउला त्यो अलि परको कुरा हो । तर सरकारले यस घटनापछि चर्चामा आएका रुवेल चौधरीको विवादस्पद कि्रयाकलापलाई अनुसन्धानको दायरामा ल्याएन भने चितवन घटना राजतन्त्र चाहनेहरुका लागि मात्रै फलदायी हुने पक्का छ ।
मोवाइल फोनको फाइदा भनेको खल्टीमा हाल्यो नेटवर्कले साथ दिएका ठाउँमा आएका फोन उठायो या मन लागेको नम्बर डायल गरो कुरा सुन्यो या सुनायो । सुरु सुरुमा यस्तै कामका लागि हुन्थ्यो मोवाइल फोनको प्रयोग । तर अचेल यसको कार्य क्षेत्र पनि फराकिलो भएको छ । एउटा कम्प्युटरले गर्ने धेरै कामहरु मोवाइल फोनको सेटबाट हुन थालेको छ । रेडियो विस्थापित भए मोवाइल फोन सेटका कारण । क्यामराको आवश्यकता पनि यसैबाट टार्न थालेका छन् मान्छेले । यसको मुख्य कार्य फोन त सवैले उपयोग गर्ने भए नै । तर तामिन मुग्लिन ओहर दोहर गर्ने झण्डै पाँच दर्जन विद्यार्थीले मोवाइल फोनको सेट फोन गर्न होइन कि गीत सुन्दै बाटो कटाउने साधनको रुपमा उपयोग गर्छन् ।मुग्लिन बजार नेपालीलाई चिनाइ रहन पर्ने ठाउँ होइन । काठमाडौं जाने धेरैले मुग्लिनको भात खाएकै हुनु पर्छ । नारायणगढ बजारबाट ३६ किलो मिटर टाढा उत्तर पुर्वमा पर्ने मुग्लिन बजारबाट झण्डै डेढ घण्टा हिडेपछि पुगिन्छ तामिन गाउँ । बाटो सजिलो छैन । पातलो भए पनि जंगल छ । अनि उकालो भने जब्बर छ । सजिलो बाटो मुश्किलले पाँच प्रतिशत मात्रै होला । मुग्लिन माथिको त्यो टाँकुरामा जम्मा कक्षा पाँचसम्म पढाइ हुने एउटा प्राथामिक विद्यालय मात्रै छ । पाँच पास भएपछि विद्यार्थीहरु मुग्लिन झर्नु पर्छ छ कक्षा पढ्नलाई । अनि त्यो पट्यार लाग्दो बाटो कटाउने माध्यम बनेको छ मोवाइलमा बज्ने गीतहरु ।चितवनमा धेरै एफएम छन् । नेपालको ४३ जिल्लामा सुनिने भनेर नथाक्ने एफएम पनि यहाँ छन् । तर विद्यार्थीहरु ओहर दोहर गर्ने त्यो पाटोमा चितवनका कुनै एफएम सुनिदैनन् । मुग्लिन चितवनमै पर्ने एउटा बस्ती हो । बरु उता पारिको गोरखा एफएम प्रष्ट सुनिन्छ उनीहरुको सेटमा । एफएमको गीत सुन्दै बाटो लाग्छन् विद्यार्थी । एफएममसधै गीत मात्रै आउँदैन त्यसैले मेमोरि कार्डको भर पर्छन् उनीहरु । छानीछानी मेमोरी कार्डमा भरेको म्युजिक बजाउँदै ओहर दोहर गर्दा बाटो कति बेला कट्छ पत्तै हुँदैन भन्छन् विद्यार्थी ।मुग्लिनको त्रिभुवन बराहा माविमा कक्षा ७ मा पढ्ने तामिनका आकाश प्रजाले मोवाइल फोनको सेट पाइन्टको खल्तीमा छिराएका छन् । हेडफोनबाट मज्जाले गीत सुनेका छन् । उनीसँगै आएका सहपाठी प्रेम प्रजाको हेड फोन रहेनछ मज्जाले बाहिरै सुनिएको छ '.......
जाउँहिड रेलैमा सरर गोरखा पल्टन ।'
तामिनबाट कक्षा छदेखि १० सम्ममा पढ्न मुग्लिन झर्ने ६० जना भएको बताउँछन् आकास प्रजा । जस मध्ये आधाले मोवाइल फोनको सेट समातेको उनको भनाइ छ । त्यो फोन गर्न होइन गीत मात्रै सुन्नका लागि हो ।कसैले त सिमकार्ड पनि राखेका हुँदैनन् भन्छन् प्रेम । सिमको ठाउँ मेमोरी कार्डले लिएको हुन्छ । अनि हेल्लो र हजुरभन्दा चल्तिका गीतहरुको आवाज गुन्जन्छ सेटहरुबाट । स्कुल पुगेपछि सवैले बिरालोले दिसा लुकाए जसरी झोलामा घुसारछन् मोवाइल सेट । '
गेटभन्दा वरै स्वीच अफ गर्छौ र राख्छौं'
भन्छन् आकास । अनि जव स्कुल सकिएको लामो घण्टी बज्छ गेट बाहिर निस्केपछि मोवाइल अन हुन्छ । रिङ टोन बज्ला भन्ने छैन । कसैले पठाएर पेन्डिङमा बसेको म्यासेज डेलिभरी होला भन्ने पनि छैन । सिम कार्ड भएकाले एफएम पनि ट्युन गर्छन । हैन भने ग्यालरीमा गयो म्युजिक अप्सन दवायो । मन परेको गीत ओके गरो । फोन सेट नभएका अरु दुई चारजना पनि अघिपछि लाउँछन् । तामिन सुन्तलाको लागि प्रख्यात छ । त्यही बेचेको पैसाले बाबु आमाले किनेको मोवाइल स्कुल जाँदा छोरा छोरीको साथी भएको हो ।
नेपालीमा उखानै छ जस्लाई तिर्खा लाग्छ उ खोलो धाउँछ । यो उखानको अर्थ खोल्न उदाहरण दिनु पर्दा अर्जुन बोहरा सुयोग्य पात्र ठहरिन सक्छन् । उनलाई विद्याको तिर्खा लागेको हो । त्यो तिर्खा मेटाउन उनी दिनहुँ चार घण्टा पैदल ओहर दोहर गर्छन् । नेपालीमा अर्को उखान पनि छ खाने मुखलाई जँगाले छेक्दैन । बोहरा शारिरिक अवस्थाले कम्जोर हुँदा हुँदै पनि ज्ञानको तिस्रना मेटाउन उनी उकाली ओराली जाने आउने गर्छन् दिनदिनै । यस अर्थमा बोहर दुई उखानको उदाहरण दिन मिल्ने गतिला व्यक्ति हुन ।विस २०४७ सालमा जन्मेका बोहराको देब्रे हात राम्रोसँग चल्दैन । उमेर अनुसार हात बढेको त छ तर यो अरु सामान्य हात जस्तो आफै यता उता पटक्कै गर्दैन । दाहिने हातले समाएर जता लैजान्छ तव मात्रै उतै लाग्छ यो देब्रे हात । उनको देब्रे खुट्टो केही सानो छ । के भएर यस्तो भएको हो ? भनेर सोध्दा बोहराले '
सानैमा लडेपछि ययस्तो भएको हो'
भन्ने आवाबुबाको उत्तर मात्रै दोहराउन सक्छन्,
के भएको हो उनैलाई थाहा छैन । अनि उनको आँखा पनि सामान्य छैन । चस्मा लगाउने बोहराले टाढाको दैख्न सक्दैनन् ।तर यति हृँदा हुदै पनि उनी स्कुल धाउन छाडेका छनन् । चितवन दारेचोक गाविसको वडा नं.
४ तामिना रहेको उनको घरबाट मुग्लिन बजारमा रहेको त्रिभुवन बराहा मावि आउन अरुलाई एक घण्टा लाग्छ । उनी दुई घण्टा लगाएर स्कुलसम्म आउँन् । जान पनि उति नै समय लाग्छ । बाटो सजिलो छैन । जंगलले ढाकेको बाटो उकालो र भिरालॊ छ । गेग्रेटो पनि भएकाले होस पुराएर हिड्नु पर्छ । तै पनि उनी निरन्तर स्कुल आइ रहेका छन् । उनी अहिले कक्षा १० मा पढ्छन् ।गत वर्षको कक्षा १० को टेष्ट परीक्षमा उनी फेल भएछन् । हार नमानेर फेरि पढेका हुन् पास गरेरै छाड्ने प्रणका साथ । कक्षा १० मा पुगेपछि गाउँका धेरै तल मुग्लिन बजारमै कोठा खोजेर बस्छन् । ट्युशन कोचिङ पढ्छन् । तर पहाडी पाखोमा मिहनेत मजदुरी गर्ने अर्जूनका बाबु आमासँग त्यति धेरै धन छैन जसका कारण उनी बजारमै बसेर थप पढ्न सकुन । अनि उनी आफ्नो ताकतले जे जति भ्याउँछ त्यसैको आधारमा एसएलसी कटाउने योजनामा छन् । दुई दुई घण्टा हिडेर आइजाइ गर्दा उनको ज्यान थकाइले थिलो थिलो हुन्छ । थाकेको ज्यानले राम्रोसँग पढोस पनि कसरी । धन्न उनले घरको अरु काम गर्नु पर्दैन र केही राहत भएको छ ।तीन भाइ र एक बहिनी मध्ये उनी जेठा हुन् । कान्छो भाइ र बहिनी पनि उनी पढेकै स्कुलमा कक्षा सातमा पढ्छन् । माइलो भाइ पढ्दा पढ्दै छाडेर माओवादीमा लाग्यो,
अनि छापामार भएर क्यान्टोनमेन्टमा बस्यो । बाँकी रहेका भाइ र बहिनीलाई राम्रोसँग पढाउने र आफुले पनि सके जति,
मिले जति पढ्ने अभिलाशा बोकेका छन् अर्जुनले । कक्षामा पाँचसम्म गाउँकै प्राथामिक विद्यालयमा पढे उनीहरुले । पाच पास भएपछि तल धाउनु पर्ने आपत आएको हो उनीहरुलाई ।मुग्लिनको त्रिभुवन बराहा माविमा कक्षा छमा भर्ना भएका वर्ष अर्जुन फेल भएछन् । गाउँको स्कुलमा थोरै थिए मुग्लिनको स्कुलमा विद्यार्थी नै धेरै । नयाँ साथी नयाँ शिक्षक अनि अशक्त ज्यानले ओहर दोहर गर्नु पर्ने अवस्था ॥ जसका कारण फेल भए भन्छन् अर्जुन । त्यसरी नै गत वर्ष पनि उनले धक्का बेहोर्नु परो । तर हरेस नखाएका अर्जुन किताव बोकेर उकालो चढ्ने भिरालो झर्ने गरि रहेका छन् । ठाउँ ठाउँमा बनेका चौतारामा थकाइ मार्छन । सँगैका साथीले उछिने भनेर हतार पनि गर्दैनन् । विस्तारै हिडे पनि लक्ष्य भेटिनेमा उनी विश्वस्त छन् ।