Monday, November 29, 2010

डायरी समाएकी पत्रकार



रेकर्डर छ, डायरी छ कलम पनि समाएकी
जनताको कुरा लेख्न पाउँदा यी पत्रकार साह्रै रमाएकी ।
सबैको नजर उनै तर्फ, आशा धेरै राखेका छन्,
जन साधरणकै साथी हुँ भनि हेर कसरी जनाएकी ।

माघको कुहीरो, चैत्रको हुरी या होस असारको झरी ,
गोली चले पनि रोक्निनन्, सधै पाइला चलाएकी ।
हतार हुन्छ सधै , लुकाउनु पर्छ आफ्नो विमार,
समस्या अनेक आउँदा पनि दुःख छोपेर रमाएकी ।

Sunday, November 28, 2010

महिला मैत्री हात्ती पोलो

हात्ती पोलो रमाइलो खेल हो । सय मिटरको मैदानमा आठवटा हात्तीमा बसेका व्यक्ति घम्साघम्सी गरेको दृश्य हेर्नेहरुलाई रमाइलै हुन्छ । हात्ती माथि बसेकाले गोलका लागि तछाडमछाड गर्ने हुन् । एउटा निश्चित नियम भित्र बाँधिएर उनीहरुले लौरोको साहाराले सानो सेतो पोलो बललाई विपक्षीको पोष्ट तर्फ हुत्याउँछन् गोलका लागि । नियम भित्र रहेर गरिने प्रतिस्पर्धामा जस्ले बढी गोल गर्छ उसैले जित्छ । बढी गोल गरेर जितिने खेलमै कुनै टिमले सित्तैमा चार पाँच गोलसम्म आफ्नो प्रतिस्पर्धी टिमलाई दिन्छ । ह्यनण्डी क्यान भनिने यो गोलको आधारमा कुनै टिमको खातामा मैदानमा नछिर्दै केही गोल जम्मा भइसक्छ । उपहार दिएको समूहले त्योभन्दा बढी संख्यामा गोल गर्न सकेन भने आफैले दिएको उपहारका कारण हार बेहोर्नु पर्छ । यो चलन कायमै छ । कमजोर टिमलाई अनुभवी टिमले ह्याण्डी क्यान दिन्छ । नेपालमा आरक्षँण खुवै चर्चामा आउँछनी हो यस्तै हो यो ह्याण्डी क्यान्ट । कमजोर भए पनि खेलमा सामेल गराउने अनि पहिले नै केही अंक दिएर उसलाई बलियो बनाउने ।
आरक्षणको कुरा आइ हाल्यो यो खेल समावेशी पनि छ । विश्वमा यस्तो कुन खेल छ जसमा महिला पुरुष सँगै एउटै टिममा मिसिएर खेल्छन् । हात्ती पोलोमा भने यस्तो हुन्छ । टिममा महिला र पुरुष दुवैले भाग सिलन पाउँछन् । कुनै कुनै टिम त महिलाका मात्रै पनि हुन्छन् अनि पुरुषसँग जुद्धछन् मैदानमा । अनि हात्ती पोलोको नियममा महिलालाई विषेश व्यवस्था पनि छ । महिला खेलाडीले बल हिर्काउदा देव्रे या दाहिने दुवै हात चलाउन पाउछिन् । पुरुषलाई भने यो छुट छैन । खेलमा देव्रे चलाउने भए देब्रे र दाहिने चलाउने भए दाहिने हात मात्रै चलाउन पाउँछ पुरुषले । यो नियमले महिलालाई भने बाँधेको छैन । खे अवधिमा बल हुर्कान दाहिने देव्र जुन अनुकुल पर्छ त्यही हात नचाउन पाउँछन् महिलाले पुरुषले त्यो गरो भने अजंगको ठुलो हात्तीमा बसेको एम्पाएरले सिठ्ठी फुक्छ र फल दिन्छ ।
ओ हो कस्तो गज्जबको खेल यो हात्ती पोलो । नेपालका महिला अधिकारकर्मीले चाहेको कुरा रहेछ हात्ती पोलोमा । तर नेपालका महिला अधिकारकर्मीहरु पनि अलि अनौठै छन् कुनै प्रवन्ध गरेनन् भने हामीलाई वास्ता गरेनन् भनेर नारा लगाउँछन् अनि सहुलियत चाहियोसम्मका कुरा गर्छन् । सहुलियत सहित समावेश गरेको देखियो भने हामीलाई कमजोर ठानेर यसो गरेको भनेर विरोध गर्छन । विरोधका लागि विरोध मात्रै गर्ने नारीहरुलाई हात्ती पोलोमा व्यवस्था भएको नियम पक्कै रुचीकर नलाग्न सक्छ । आजभन्दा ३० वर्षअघि वेलायती नागरिक जिम एडवर्डले महिलालाई पनि सहभागी गराएर यस खेलको सुरु कसैको दवाव वा आग्रहमा पक्कै गरेका थिएनन् होला । विभेद नगर्ने उनको चिन्तनको उपज पनि हो ला यो व्यवस्था ।
सहुलियत भयो हामीलाई कमजोर ठानेर यस्तो प्रवन्ध गरियो भनेर कुनै नेपाली नारीलाई दुख लाग्छ भने उनीहरुलाई खुसी बनाउन सक्छ हाम्रो नेपाली टिमको चरित्रले । हात्ती पोलोमा नेपालको टिम सशक्त मानिन्छ । तर नेपाली टिममा कहिल्यै महिला समावेश हुँदैनन् । नेपाली समाजको प्रतिविम्ब छ हात्ती पोलोको नेपाली टिममा । साच्चै महिलावादीहरुले टिप्पणी गर्न परो भने मैले चर्चा गरेको हात्ती पोलोको यो सन्दर्भलाई कसरी व्यख्या विश्लेषण गर्दा हुन् ?

Friday, November 26, 2010

तिहारको तेल नसुक्दै गयो प्राण भाइको

तिहार भर्खरै सकिएको छ । २० दिन मात्रै भयो तिहार हामीबाट विदा भएको । तिहारका पाँच दिन हुन्छन् जसलाई यमपंचक भनिन्छ । यो बेलामा यमराज अर्थात काल पनि विदामा हुन्छन रे उनी बहिनी यमुनासँग बसेर टीका लगाउँछन् रे । भाइ टीका हुन्छ यमपंचकको अन्तिम दिन । दिदी बहिनीले दाजु भाइलाई निकै श्रद्धाले टीका लगाइ दिन्छन् त्यस दिन । चामलको भिजाएको पिठोको निधारमा ठाडो धसो्र बनाएर त्यसमा सप्तरंगी टीका अडाइ दिन्छन् दिदी बहिनीले । त्योभन्दा अघि पुजा गर्छन् । ओख्खर फुटाउँछन् । टीका लगाउन बसेका दाजुभाइलाई तेलको घेराले घेर्छन् । टीकापछि गलामा मखमली फूलको माला लगाइ दिन्छन् । दिदी बहिनीले बनाएको तेलेको घेरा नसुकुन्जेल, मखमली नओइलाउनजेल दाजुभाइलाई कालले लैजान सक्दैन भन्ने कथन तिहारसँग जोडिएको छ ।
यही आस्था र विश्वसाले पुर्वी चितवनको खैरहनीकी अप्सरा खरेलले पनि कात्तिक २१ गते दिउँसो भाइ कृण कँडेललाई टीका लगाइ दिएकी थिइन् । अप्सराका दाजु भाइ तीनजना हुन् तर दुईजना बेलायतमा छन् । अप्सरा सहित पाँच दिदी बहिनी मिलेर भाइ कृष्णलाई टीका लगाइ दिए । खाना खाएपछि कष्ण भैलो खेल्न भन्दै निस्किए । उनी त्यो रात घर फर्केनन् । भर्खर २१ लागेका कृष्ण रमाइलो गर्दै होलान भन्ने सोचे घरकाले । उनी आफन्तै पर्नेसँग निस्केका थिए घरबाट । कुनै अन्यथा सोचेनन् त्यस बेला । भोलि पल्ट बिहानै गाउँ नजिकको पम्पा खोलामा युवकको लाश भेटिएको हल्ला चल्यो । कृष्णको परिवारको मनमा चिसो पस्यो । कोही कृष्ण हो भन्छन् कोही होइन भन्छन् । मुख फिँजले छोपिएको थियो । त्यसैले झट्ट चिन्न सकेनन गाउँलेले । तर त्यो लाश कृष्णकै रहेछ ।
अघिल्लो दिन हालेको तेलको घेरो सुक्ने कुरै थिएन । गलाको मखमलीको महक अलिकती पनि घटेको थिएन । निधारमा सप्तरंगी अडाएको चामलको सेतो धसो्र राम्रोसँग सुक्न नपाउँदै कृष्ण यो संसारबाट सधैका लागि विदा भइसकेछन् । शरीरका विभिन्न ठाउँमा चोट थिए । कानमा नराम्रोसँग घाउ बनेको थियो । परिवारले त लाशै हेर्न सकेनन् । गाउँले पनि भक्कानिए । सवैलाई लाग्यो यो हत्या हो । अनि प्रहरीलाई हत्यारा समात्न आग्रह गरे । परिवार शोकमा छ । गाउँलेलाई उस्तै पिर परेको छ । प्रहरीले राम्रोसँग काम गर्ला भन्ने आशंका बढ्यो । प्रहरीले अनुसन्धान गरोस भन्ने उनीहरुले माग राखे । माग राखेपछि बाटो बन्द गर्नु नै पर्छ नेपालीलाई यो भने साह्रै नराम्रो चलन बस्यो नेपालमा । टीकाको भोलिपल्ट खैरहनीमा बिहानदेखि मध्यान्हसम्म चक्का जाम भयो । पुर्व पश्चिम राजमार्ग यसरी जाम हुँदा तिहारको बिदा सकाएर काममा फर्कन लागेकालाई कत्ति आपत परो होला यसको हेक्का कमैले राखे ।
बाटो बन्द भएपछि प्रहरी आयो सहमति गरो । अनुसन्धानका लागि चारजना उसै दिन समातिए । गहन अनुसन्धान गर्न भन्दै काठमाडौंबाट तालिम प्राप्त कुकुर मगाइयो । प्रहरीले काम गरेकै छ । तर गाउँलेहरुलाई अझै राम्रोसँग काम नहुने हो कि भन्ने गहिरो आशंका छ । पोष्टमार्टम रिपोर्ट गलत आएको छ रे भन्ने सूचना घरघरमा पुगेको छ यद्यपि त्यस रिपोर्टमा के छ त सत्य कुरा कसैलाई थाहा छैन । सामान्य मान्छेले पनि पोष्टमार्टम रिपोर्टको गज्जबसँग विश्लेषण गरेको देखिन्छ, सुनिन्छ । घटनाको सत्यतासम्म प्रहरी पुगोस भन्नका लागि गाउँलेहरु दवाव दिन छाडेका छैनन । हिजो मंसिर १० गते शुक्रबार चारस वस गाउँले जिल्ला प्रहरीमा आए धर्नामा बसे । प्रहरीले घटनाको सत्य पत्ता लगाएरै छाड्ने र दोषिहरुलाई कारवाही गरेरै देखाउने बचन दिएपछि उनीहरु फर्के । आश्वासन पाएर गाउँलेहरु फर्के तर जे भए पनि जसो भए पनि अप्सराले अब त्यो प्यरो कान्छो भाइ कहिल्यै पाउने छैनन् । जसले त्यो भाइलाई मारेको हो ति सवै समातिउन, जेलमा जाउन, उनको चाहना यही हो ।

Thursday, November 25, 2010

धन्यवाद सर

भनेको बेलामा कार्यक्रम सुरु नभएर हैरानी बेहोर्नु पर्ने नेपालीको साझा समस्या हो । समय उल्लेख गरेको हुन्छ १० बजे कार्यक्रम सुरु हुँदा १२ बजाइ दिन्छन् । कार्यक्रम समयमा सुरु नहुने मुख्य कारणमा अतिथिको आगमन जिम्मेवार रहेको देखिन्छ । सवै आइसके पनि अतिथि आएनन् भने आयोजकले कार्यक्रमको सुरसारमा ध्यानै दिदैनन् । कोठे कार्यक्रम होस या खुला मंचको सभा सवैको विषेशता हो यो । तोकिएको समयमा कार्यक्रम गरे मानौं दाताले बजेटै रोक्छन या जनताले पत्याउँदैनन भन्ने भान पो परेको हो कि जस्तो देखिन्छ पारा हेर्दा । समयमा कार्यक्रम सुरु गर्नेहरु लाछि हुन् जस्ले कुराउन सक्यो त्यो जब्बर बहादुर हो भन्ने ठान्छन् भन्ने सोचले काम गरेको पो हो कि भन्ने देखिन्छ कुनै बेला ।
समयमा कार्यक्रम सुरु गर्न राष्ट्रिय रुपमा कहलिएको मानव अधिकार तथा शान्ति समाज भन्ने संस्था । उसको त नारै छ 'मान्छे हो या भगवान समय नै सवैभन्दा बलवान ।' तोकेको समयमा कार्यक्रम सुरु गर्ने र तोकिएकै समयमा सक्ने काम गर्छ शान्ति समाजले । मान्छे कुरेर पटक्कै बस्दैन । समयमा आउनु परो नत्र भने कसैलाई कुरेर किन बस्ने निश्चित संख्यामा मान्छे आए भने जति छन् जो छन् कार्यक्रम सुरु भइ हाल्छ । समय भित्र त्यो निश्चित संख्याका मान्छे उपश्थित भएनन् भने कार्यक्रम स्थगित गरेर हिड्छन् शान्ति समाजका मान्छेहरु । समयको महत्व बुझउान शान्ति समाजले गरेको यो सुरुवातलाई पछ्याने अरु संस्थाहरु भने कमै भेटिएका छन् ।
राष्ट्रिय स्तरमा शान्ति समाजले यस्तो गर्छ देशका अरु ठाउँ रहेका यसका शाखाले पनि यसैलाई अनुसरण गरेका छन् । यो त भयो राष्ट्रि स्तरको संस्थाको क्ररा अव हाम्रै जिल्ला चितवनमा कुनै छनकी यस्ता संस्था भनेर बुझ्न नलाग्दा नै होला जस्तो सवैेले सोच्नु स्वभाविकै हो । जिल्लाको कुन चाहि निकायले समय आन्दोलनलाई आत्मसात गरेको होला र यहाँ त सवै ठुला मान्छे र अतिथिका पछाडी नै कुद्ने खालका छन् । समयको कुनै मतलव छैन, कार्यक्रममा सहभागी हुने अरु सर्वसाधरणको केही वस्तै छैन यहाँकालाई । तर यसरी सोलोडोलोमा सोच्नु पनि भएन । जिल्लामा पनि छन् कोही त्यस्ता जसले समय बाहेक अरु कसैलाई चिन्दैन ।
अस्ति बुधबार एउटा पत्रकार सम्मेलनमा जानु थियो । मंसिर सात गते मंगलबार अवेला मात्रै टेलिफोनबाट त्यसका लागि सूचना आएको थियो । समय तोकिएको थियो साढे एक बजे । बुधबार आँपटारीमा चक्काजाम थियो । त्यो चब्का जाम यसो हेरेर एक बजे लगत्तै लागियो पत्रकार सम्मेलन हुने ठाउँ तर्फ । त्यहाँ पुग्दा सवा एक भएको थियो । अरु ठाउँमा तोकिएको समयभन्दा आधि घण्टा पछाडी जाँदा पनि आयोजकको अत्तो पत्तो हुँदैन । त्यहाँ त समय अगावै जाँदा पनि आयोजकहरु तम तयार भएर बसेका रहेछन् । अनि साढे एक हुने बेला भयो पत्रकारहरुले लगभग सवै थिए तर आयोजकहरुलाई फसाद परेछ किन भने कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति नै आइपुगेनन् । उनी साढे एक बजे नआउने लगभग निश्चित भएछ । तर अध्यक्षता गर्ने व्यक्तिलाई कुर्नुको सोटो कार्यक्रम सुरु गर्ने, ति व्यक्ति आएपछि मात्रै सभाध्यक्षको आशन ग्रहण गराउने निधो आयोजकले गरे ।
यसरी सभाध्यक्ष बिनै कार्यक्रम सुरु भयो । संचालन भएको आधि घण्टापछि बल्ल ति ब्यक्ति आएर सभाध्यक्षको आशनमा बसे । यसरी कार्यक्रम सुरु भएको नारायणगढको बालकुमारी कलेजमा हो । त्यहाँका पि्र_िन्सपल चिरंजिवी श्रेष्ठ समयमा कार्यक्रम चलाउन कटिबद्ध छन् । यसका लागि श्रेष्ठ सरलाई धेरै धेरै धन्यवाद ।


Wednesday, November 24, 2010

शिक्षकको राशन बोक्न खाली खुट्टा खोला तर्दै

कुमबाट बाहुला च्यातीएको आकासे रंगको सर्टलाई एउटा टाँकले मात्रै शरीरमा आडाएको छ । पाइन्ट कालो हो या निलो रंगको हो मैलोले छुट्याउन नमिल्ले भएको छ । खुट्मा चप्पल छैन । कम्मरभन्दा माथिसम्म पानीमा झिजेको प्रष्टै देखिन्छ । कात्तिक ३० गते बिहान भेटिएका सात वर्षीय मित्रलाल चेपाङ लगलग काप्दै पनि छन् । किनकी उनी झरेको लोथर बजारमा सिरोठो मज्जाले चलिरहेको छ । त्यसमाथि उनी त्योभन्दा तीन घण्टा परको काँकडा गाविसबाट एका बिहानै खोलामा हेलिदै यहाँसम्म झरेका हुन् । केही बेर सुस्ताएपछि १० किलो चामल बोकेर उनी फर्कनु पर्छ । उनी गाउँकै प्रदिप चेपाङको साथ लागेर आइपुगेका हुन् । मकवानपुर काँकडा गाविस वडा नं. १ सिलिङेका यी दुई चेपाङ गाउँका शिक्षकहरुको चामलको भारी बोक्न सिरोठोमा खोलो तर्दै बजार झरेका हुन् ।
मित्रलाल सिलिङेकै स्कुलमा कक्षा दुई र प्रदिप कक्षा नौमा पढ्छन् । ज्यादै विकट र उब्जनी नहुने गाउँ भएकाले शिक्षकहरुले चितवन र मकवानपुरको दोसँधमा पर्ने लोथर बजारबाटै चामल लैजान्छन् । अनि चामल बोकाउन शिक्षकहरुले नै विद्यार्थीलाई पठाउँछन् । एकजनालाई ५० रुपैयाँ खाजा खर्च र चामल बोकेको किलोको पाँच रुपैयाँका दरले ज्याला दिन्छन् । शिक्षकका लागि हप्तामा दुई पटक चामल बोक्नु पर्छ । यसका लागि आठ नौजनाले पालो गर्छन् । महिनाको एक पटक आफ्नो पालो आउने गरेको प्रदिप चेपाङले बताए । ' स्कुल भर्ना जहिले भए त्यसै बेलादेखि चामल बोक्दै आएको छु ' प्रदिपले भने । प्रदिपले २० किलो चामल बोक्छन् भने सात वर्षीय मित्रलालले १० किलो बोक्ने गरेका छन् ।
भारी नबोकेका बेलामा सिलिङेबाट लोथर आउन तीन घण्टा लागे पनि भारी बोकेर जाँदा पाँच घण्टासम्म लाग्ने गरेको प्रदिपले बताए । चामल लिन आएका बेलामा पढाइ छुट्छ । चामल जहिले सकिन्छ त्यही बेलामा बजार झर्नु पर्ने भएकाले शनिबार आउँछु भनेर सुख पाइदैन । बाटो सजिलो छैन । उर्लेको लोथर खोलो ठाउँठाउँमा तर्नु पर्छ । चामल लिन आएका बेलामा अरु अत्यावश्यक सामानहरु पनि लैजानु पर्छ । 'कापी कलम किन्न खर्च चाहिन्छ । घरका ठुला मान्छेले पैसा दिन सक्दैनन् त्यसैले लागि भारी बोक्नु परेको हो' प्रदिपले बताए । खर्चको जोहो गर्न नसक्ने भएकाले धेरै चेपाङहरु छोराछोरीलाई विद्यालय पठाउँदैनन् । चामल बोक्न आएका दिन शिक्षकहरुले गयल नहुने व्यवस्था मिलाएका छन् । ' स्कुल नगए पनि हाम्रो हाजिर हुने गरेको छ । चामल बोक्न आउँदाका दिन गयल भइएला भन्ने चिन्ता छैन' मित्रलालले बताए ।
चेपाङहरु बस्ने विकट क्षेत्रमा कोदो मकै जस्ता अन्नबाली पनि अति नै कम फल्ने गरेको छ । धान फल्ने खेत देख्नै गाह्रो पर्छ । प्रदिपले भने 'सरहरूले कहीले काही चामल दिनु हुन्छ । हामीले त्यति बेलै हो धानको भात खाने ।' दसैंका बेलामा ऋण गरेर भए पनि चेपाङहरुले चामल किन्ने गर्छन् । अन्न सकिएपछि गिठ्ठा तरुल खाएर गुजरा गर्छन् ।



Monday, November 22, 2010

पौरखी किसानको अधुरो सपना

यस पटक एकजना पौरखी किसान र उनको अधुरा सपनाहरुको चर्चा गर्न लाग्दै छु । चितवनको माडी सरकारले वास्तै नगरेको ठाउँ हो । वि.स.२०२२ सालदेखि घना रुपमा बस्ती बसेको त्यो ठाउँमा अझै विजुली पुगेको छैन । बश्र गाउँलेहरुले आफ्नै प्रयासमा घरघरमा सोलार राखेर उज्यालोको जोहो गरेका छन् । ठुला दुईवटा खोलामा पुल बनाइदिन पनि आना कानि गर्छ सरकारले । एउटामा चार पाँच वर्ष भयो पुल बनेको अर्कोमा बल्ल बन्ने सुरसार छ । खोलाको त विस्कुननै छ माडीमा वर्षा लागेपछि सवै घरघरमा पस्छन् । निकुंजको घना जंगलले घेरिएको छ माडी जंगली जनावरहरु विस्तारामै आउँछन् । सरकार र प्रकृति सवैले तड्पाउन मात्रै खोज्छ माडीलाई ।
माडीमा बस्ने जनाता पौरखी नै हुन् । आँटीला पनि हुन् । पौरख र आँट नभएको भए माडीमा टिक्न गाह्रो हुन्छ । माडीका मान्छे टिकेर मात्रै बसेका छैनन् इलम गरेर अरुलाई जिल्ल्याइ दिएका पनि छन् । धेरै पात्र भेटिन्छन् त्यहाँ खोज्दै जाँदा जसको कथा प्रेरणाको स्रोत भन्न सक्छ अरुका लागि । सवैको कुरा अहिलेलाई राख्न सकिएन छविलाल पराजुलीको चर्चा भने गरि हालौं अहिलेलाई । गर्दी गाविस माडीको चार गाविस मध्ये यता भरतपुरबाट जाँदा पहिलो पटक टेकिने गाविस हो । छविलाल त्यही गाविसका बासिन्दा हुन् ।
पराजुलीले त्यति ठुलो चमत्कार त गरेका होइनन् तर अचम्मको काम भने गरेका छन् । उनी विशुद्ध किसान हुन् किसानीबाट दशै छक्क पर्ने काम गरेका छन् । तर किसानले कुनै ठुला सपना देख्नै नहुने जस्तो दुःखद अनुभुति पनि मनभरी छ उनको । उनले के गरे त्यो पहिला र उनको सपनाको कुरा त्इसपछि गरौंला । उनले पसिना बगाए त्यो पनि माडीको खेतमा । भयो के भने त्यो पसिनाले भिजेको माटोले उनलाई अब्बल किसानको दर्जा दियो । गत वर्ष र यो वर्ष चितवन कुमरोजका किसान विष्णुहरि बर्तोला नेपालमा बढी दरमा धान उत्पादन हुने किसान घोषित भएका थिए । वि.स. २०६२ र ६३ सालमा यो खिताव पराजुलीले जितेका थिए ।
लगातार दुई पटकसम्म राष्ट्रिय पुरस्कार जित्दा उनको धान उत्पादन दर हेक्टरमा आठ क्वीण्टलभन्दा बढी थियो । किसानी बाबु छविलालका छोरा पढाइमा मेधावी ठहरिए । उनका छोराले आइएससीमा ८० प्रतिशतभन्दा बढी नम्बर ल्याए । त्यसपछि छोराको रहर डाक्टर बन्ने थियो । नेपालमा सरदर प्रतिहेक्टर तीन क्वीण्टल धान फल्ने गरे पनि त्यसको झण्डै तेब्बर धान फलाएका छविलालसँग छोरोको डाक्टरी पढाइका लागि लाखौं जुटाउने सामथ्र्य भने थिएन । छात्रावृत्तीमा नाम निकाल्न छोराले घुँडा धसेर प्रवेश परीक्षको तयारी गरो । पढेर छात्रावृत्ती पाउने भए छोराले कुनै कसर बाँकी राखेको होइन तर के मेसो नमिलेर हो जति पढे पनि छोराले नाम निकाल्न सकेन । पटक पटकको मिहनेत सफल नभएपछि पौरखी किसान बाबुका ति जेहन्दार छोरा दिल्ली हानिएका छन् । मिहेननत मजदुरीका लागि उनी दिल्ली गएका भने होइनन् है यदि त्यस्तै भएको भए सवै मिलेर यो देह चलाउनेको फोटो अगाडी राखेर एक पटक सवैले थुक्नु हुन्थ्यो । उनी डाक्टर हुने चाहना भने छाडेका छन् । छविलालका छोरा चार्टर एकाउन्टेन बन्नका लागि सीए पढ्न दिल्ली गएका हुन् ।
अब छोरा डाक्टर बन्ने चाहना थाति राखेर दिल्ली लागेपछि छविलालको छोरीले फेरि त्यो क्रमलाई समाएकी छन् । छोरी पनि मेडिसिन नै पढ्ने प्रयासमा छिन् । छात्रवृत्तिमा एक पटक प्रवेश परीक्षा पनि दिइन तर दुर्भाग्य नाम निस्केन । छोरी कोशिस नछाड्ने पक्षमा छिन् छविलाल छोरोको नियती नदोहरियोस भन्ने कामना गर्दै बसेका छन् । एउटा मिहेनती किसानको सपना पुरा भएको देख्न पाए यो मन पनि औधि रमाउने थियो ।

Sunday, November 21, 2010

कालो बिरालोले बाटो काटेको यात्रा

दुई दिनको यात्राका लागि मंसिर ३ गते बिहानै हाम्रो टोली भरतपुरबाट निस्कियो । सवैभन्दा अगाडी प्रमुख जिल्ला अधिकारीको गाडी थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक चढेको गाडी थियो । सवैभन्दा पछाडी सिमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक सहितको टोली चढेको गाडी थियो भने त्यो गाडीभन्दा अगाडी जिल्ला कृषि विकास कार्यालयको गाडी थियो जसमा हामी थियौं । प्रमुख जिल्ला अधिकारीको क्वाटरबाट गाडी निस्किए । हाकिम चोक क्यान्सर अस्पतालको बाटो हुँदै हुँईकिए गाडीहरु । गीतानगर बजारबाट अगाडी बढेपछि एक आर्काभन्दा धेरै पर भए गाडीहरु । गीतानगर बजार कटेपछि एउटा पुल र घुमाउरो मोड आउँछ हो त्यो पनि पार भयौं हामी ।
त्यो मोड पार गरेर अलिकति के अगाडी बढेका थियौं एउटा कालो बिरालोले बाटो काट्यो । हामी तर्फ हेर्दै पश्चिमबाट पुर्व लाग्यो त्यो कालो बिरालो । बिरोलोले बाटो काट्यो भने साइत पर्दैन भन्छन् । कालो बिरालोलाई अझै अशुभको रुप्मा लिइन्छ । सामान्य बिरालोले बाटे काट्दा मलाई पनि केही जस्तै लाग्दैन । मैले धेरै पटक देखेको छु बिरालोले बाटो काट्यो भने गाडी देखि साइकल र उस्तै परे पैदल यात्रुसम्म टक्क अडिन्छन, त्यो ठाउँबाट अरु कोही कट्यो भने बल्ल हिड्छन् । म भने नरोकिनेमा पर्छु । त्यस्तोमा धेरैजना म हिडेपछि बाटो काटेको देखेको छु । तर कालो बिरालोले हेर्दै बाटो काटेको घटना कहिल्यै बेहोरेको थिइन । त्यति बेला बाटो काट्यो । चालकले सकेसम्म उछिन्न खोजेका हुन तर केही लागेन बिरालो पार भयो । तर चालकले रोकेनन् गाडी स्वभाविक रफ्तारमै कुदाए । हाम्रो गाडी नरोकिइ गएकाले हुनु पर्छ विपरित दिशाबाट आएको एउटा मोटरसाइकल चालकले अचम्मको भावले हाम्रो गाडीलाई हेरो । तर हाम्रो गाडीका कसैले पनि विरालोका बारेमा अह एक शब्द बोलेनन् ।
गीतानगर पटिहानी जगतपुर निकुंजको वन हुँदै रिउँ तरेर हामीले माडी टेक्यौं । त्यस दिन माडीको भित्र भित्रसम्म हिँडियो । बगर बगरमा कुदे गाडीहरु । पानी भरिएको फराकिलो कुलोमा समेत गाडी हिड्यो । प्रहरी उपरीक्षक पुष्प रिाजत त्यस्तोमा गाडी नहालौं घुमाउरो भए पनि अरु बाटोबाट जाउँ भन्दै थिए । तर सवैले हाले । अन्तिममा भएको सिमा सुरक्षा कार्यालयको प्रहरी उपरीक्षक चढेको गाडी भने फस्यो बरु । तर सानो प्रयासले निस्कि हाल्यो । अध्यारो हुँदासम्म दौडेको दौड गरियो । साँझ राम्रै ठाउँमा सुतियो । माडीमा पर्ने पिल्लर नम्बर ४५ हेर्न जाने सल्लाह तीन गते साँझ नै भएको थियो । चार गते शनिबारको कार्यक्रमहरु धेरै थिए । त्यसैले बिहान सवेरै जाने छिटो हिड्न सक्ने मात्रै जाने र चाडै फर्कने कुरामा सल्लाह मिल्यो । टोलीमा रहेका लगभग आधा मात्रै जाने भए पिल्लर भएको ठाउँ ।
बगरै बगर गाडीमा ४५ मिनेट हिँडेर त्यसपछि जंगलको बाटो हिड्नु परो पैदल । अध्यारो नै थियो टर्च बाल्नु परो । राती भालु आउँछ सिमानमा भेटिने भारतीय सिमार सुरक्षा बलका जवानहरु पनि त्यति मिलनसार हुँदैनन् जस्ता कुराहरु माडीवासीले सुनाएका थिए । डेढ घण्टा हिडेपछि सिमान भएको सोमेश्वर डाँडाको टाँकुरामा पुगियो । भालुको गन्ध पनि फेला परेन । टाँकुराबाट केही पर लागेपछि पिल्लर नं ४५ भेटिदो रहेछ । पिल्लरसम्म पुग्दा बाटो बिलाउँदो रहेछ । भिरालो पाखोमा ज्यानै फालेर उक्लिनु पर्दो रहेछ । बिरालोले बाटो काटेको प्रभाव यहाँ त देखिनै होइन भन्ने लागयो । तर त्यो जोखिम युक्त ठाउँमा पनि राम्रैसँग पार पाइइयो । अघिल्लो दिनको सल्लाह र समय अनुसार तल माडी झरियो । छिस्रिक्क केही भएन । अनि माडी छाड्ने तर्खर भयो । यसै गरि लाम लाग्यो गाडीको । हामी ठोरी बीरजंज हुँदै भरतपुर पुग्ने योजनामा छौं
ठोरीबाट कृषि विकास कार्यालयको गाडी फर्कने सल्लाह भयो । हामी कुनै गाडीमा बस्ने भयौं । माडीबाट ठोरी लाग्ने बाटो बसन्तपुर बनकट्टासम्मको जस्तो राम्रो छैन । बगइ पोष्टपछि आउने जंगलको बाटो झनै खराव छ । साँगुरो र ठुला ढुंगाले भरिएको त्यो बाटो साह्रै नै विजोगको छ । अमुवा पोष्ट कटेको केही बेरपछि पसा्र जिल्लामा पर्ने निर्मलबस्ती उपभोक्ता समितिले बनाएको स्वागत गेट पार भयो । ओहो पिच भएको बाटो पो फेला परो । क्या गज्जव लाग्यो । तातो गेग्रेटोमा लतारेको शरीर कमलो बिस्तारामा पुगे जस्तै भयो । तर पिच त जम्मा पाँच सय मिटर मात्रै होइछ । अनि सुरु भयो त्यही बगर र धुले बाटो । बाटो एका तर्फ छ हामी गाउँ हेर्न खेत हेर्न थाल्यौं । विजुली नपुगेको भर्खर पोल गाड्दै गरेको । माडीको अवस्था पनि यस्तै हो तर त्यहाँ प्रत्येक घरमा सोलार प्यानल देखिन्छ यहाँ एकाध घरमा छन् । घर पनि त्यत्ति राम्रा छैनन् । अनि माटो साह्रै बेरसिलो लाग्यो । धान झुल्न नसकेर ठाडै । अलि पर गएपछि भने लामा बोट र झुलेका बाला देखिए तर त्यो धेरै थिएन ।
ठोरी पुगियो खाना खाइयो । लहरै छाप्रा रहेछन् । उता पट्टि भारतको भिखना ठोरी पर्दो रहेछ । बीचमा ठुलो खहरे छ । ठोरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले औलाले भिखना तर्फ देखाउँदै 'उ त्यो ठुलो रुखमा महेन्द्र सरकारले मृग मारेर खिचाएको फोटो त्यहीको घरमा छ ।' उनको आशय पहिला त्यो ठाउँ नेपालकै हो भने जस्तो थियो । यसैलाई पुष्टि गराउन हामीले थप प्रश्न राख्यौ । उनले भने 'होरे भिखना भनेको भिख हो । भारतले भिखै मागेर लगेकोले भिखना ठोरी भनेको ।' राजनैतिक दलको मान्छे भएको भए अतिक्रमण भयो भन्थ्यो होला उनले जमिन उता परे पनि दान दिएको हो भनेर माथि पर्न खोजे । सिमानामा बस्ने एउटा जिम्मेवार सुरक्षाअधिकारीले भनेको हो बोली कुन हदसम्मको यथार्थ हो त्यसमा भने ढुक्क हुन सकिएन ।
खाना खाएपछि माडी फर्कने भनेको कृषि विकास कार्यालयको गाडी नफर्कने भएछ । गज्जब भयो जुन गाडीमा आएको हो त्यसैमा भरतपुरसम्मै जान पाइने भयो । भिखना ठोरीलाई दाहिने पार्दै खोलै खोल हुँइकिन थाले गाडीहरु । बाटो धुलै धुलो विजुलीका पोल मात्रै ठडिएका छन् । घर सामान्य खालका फलेकले बारेको । उब्जनी हुने खालको मोटो देखिएन । उता भारतको जंगल यता नेपालको जंगल । जंगलै जंगलको बीचमा पसेको सानो खोलॊ जस्तो रहेछ निर्मलबस्ती । सुवर्णपुर आएपछि भने तोरी बारी देखियो । निर्मलबस्तीमा खेती कमै पाइयो । सुर्तीका विरुवा भने खुवै सब्लाएका रहेछन् निर्मलबस्तीमा । सुवर्णपुर त पसा्र जिल्लाकै बढी सुर्ती उत्पादन हुने ठाउँ रहेछ । तर त्यो अनुसारको सम्पन्नता गाउँ र त्यहाँका घरहरुमा झल्किदैन थियो । सुवर्णपुरभन्दा धेरै पर आएपछि मात्रै गाउँमा बीजुली बत्ती देख्न पाइयो । तर घरहरु बाटोमै छोइएका । हाँस र कुखुराका चल्ला अनि बाख्राका पाठा चक्का मुनिनै आउने । पीच सडक उही निर्मलबस्ती उपभोक्ता समुहले प्रवेश गेट अगाडी जे बनायो बनायो त्यत्ति हो । त्यसपछि बीरगाज आएपछि मात्रै देख्न पाइयो पिच । ग्रावेल बाटो पनि साह्रै खत्तम । बगइबाट अमुवा पेष्टसम्मको जस्तो । धुलोमा ग्रावेल पनि नहालेको । जनताले के हेरेर बसेका होलान स्थानीय सरकारले के गरेको होला यस्ता प्रश्न मनमा खेलि रहे । गण्डक नहरको किनार मात्रै ग्रावेल गरेको त्यो पनि त्यत्ति राम्रो होइन । पुरा तीन घण्टा धुलै धुलौबाटोमा हिडेपछि बल्ल टेकेको हो पिच । गाउँ पनि साह्रै विपन्न जस्ता । माडीलाई विकट भन्छौ हामी सडक विजुली सहजसँग लान नपाएर विकट भएको हो तर पसा्रको त्यो भेग गर्दै नगरेर विकट भएछ । साँझ आठ बजे भरतपुर छिरियो । कालो बिरालोले अघिल्लो दिन बाटो काटेको थियो । तर यात्रा दुखद रहेन ।

Saturday, November 20, 2010

पिल्लर नम्बर ४५

बिहान पौने छ बजे चढ्न सुरु गरेकॊ टाँकुरामा पुग्दा सवा सात भएको थियो । हिड्ने बेलामा टर्चको उज्यालोमा बाटो पैलाउँनु परेको थियो । जंगल छिचोल्दै यसरी हिड्नेमा चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम, स्थानीय विकास अधिकारी उद्धव तिमिल्सेना, सिमा सुरक्षाकार्यालय भरततपुरका प्रमुख मदनबहादुर भुजेल सहित १३ जना थियौं । मान्छे त्यत्ति ओहर दोहर नगर्ने भएरै होला बाटोमा स्याउला पत्कारहरु थिए । कतै कतै बिग्रेको बाटो पनि मिलाउने काम भएको थियो । ढुंगाको तख्ता बनाएर उक्लन सजिलो पनि पारिएको थियो तर बाटो त्यति चल्तिको भने होइन । पिल्लर नं. ४५ त्यस त्यो यात्राको लक्ष्य थियो । नजिकै पर्ने मन्दिरको दर्शन गर्न किन छाड्ने ? पिल्लर हेर्ने अनि मन्दिर पुगेर फर्कने योजना बनेकाले बिहान चारै बजेर यात्राको तयारी गरेका थियौं ।
माडी बसन्तपुरको सागर गेष्ट हाउसबाट सवेरै निस्केर गाडी चढेर खोलै खोल पौने घण्टा हिडेपछि जंगल तर्फ पैदल लागेका हौं । यति भएपछि पिल्लर नम्बर ४५ के हो अनि यो लस्कर केका लागि हो भन्ने कुरा धेरैले अनुमान लगाइ सक्नु भयो होला । हो हामी माडी गाउँदेखि दक्षिणमा पर्ने सोमेश्वर श्रृखलामा रहेको नेपाल भारत सिमानाको सिमा स्तम्भको अवस्था हेर्न सुरक्षाअधिकारीहरुको टोलीमा सामेल थियौं । हामी छरछरे खोलाबाट पस्यौं । त्यो बाटोबाट डाँडको टाँकुरामा रहेको सिमा स्तम्भ नं. ४५ र सोमेश्वर कालिका पुगिन्थ्यो । बाटो खासै उकाले होइन । हालै मात्र सिराइचुली यात्रा गरेका सीडीओ र एलडीओले त्यो र यो बाटो दाज्न थाले । हुन पनि त्यस्तो अफ्ठेरो केही थिएन । एक चौथाइ पनि नहिड्दै उज्यालो भयो । एउटा अफ्ठेरो अध्यारो थियो, त्यो पुर्वी क्षितिज चम्कन थालेपछि त बिलाइ हाल्यो । माडीका स्थानीयवासी जंगलमा भालु आउने कुरा गर्दथे । तर मान्छेको ठुलै लर्को भएकाले भालुको खतरा पनि टर्छ ।
हामी कतै नबसिकन सवा सात बजे टाकुरामा पुग्यौं । केही बेर त्यहाँ सुसस्तापछि इलाका प्रहरी कार्यालय माडीका सई देवनारायण चौधरीले पिल्लर पुर्व तर्फ १० मिनेट र मन्दिर पश्चिम तर्फ १५ मिनेटको दुरीमा भएको बताए । हामी पहिला स्तम्भर तर्फ लम्कियौं । पुर्व हिड्दा देब्रे तर्फ नेपाल र दाहिने तर्फ भारत थियो । हामी सिमारेखा टेक्दै लम्केका छौं पिल्लर नं. ४५ हेर्न । भएजतिको उकालो अफ्ठेरो काटेर टाकुरामा पुगिएको थियो । त्यही टाँकुरोमै केही पर पर्ने पिल्लर नं.४५ जान कुनै चुनौतीको सामना गर्नु पर्ला जस्तो लागेन । तर भारतीय सिमा सुरक्षा बलका जवानहरु सधै चनाखो रहने र गस्ती पनि गर्ने तथा सिमानामा भेटिनेहरुलाई समात्ने, केरकार गर्ने र सर्वसाधारणहरुलाई दुव्र्यबहार समेत गर्ने किस्साहरु माडीमा सुनिएको थियो । तर टोलीमा जिल्लका उच्च स्तरका सरकारी अधिकारीहरु रहेकाले यस प्रकारको समस्या हामीले झेल्नु नपर्ने पक्का जस्तै थियो । सुरक्षकर्मीहरु भारतीयको कुरा गर्दा एउटा शब्द उच्चारण गर्दथे 'काउण्टर पार्ट' । जे जस्तो भए पनि 'काउण्टर पार्टलाई' ख्यालको रुपमा त लिनै भएन । के थाहा केही हुने पो हो कि । सामान्य नागकिरकको हैसियतले सोच्दा एउटा विरानो र निर्जन ठाउँको अन्तराष्ट्रिय सिमारेखामा उभिएका बेला यस्ता सोचाइ पनि मनमा आउँदो रहेछ ।
यस्ता कुराहरु क्षणभरमा आए अनि बिलाउन पनि बेर लागेन किनको टोलीका सदस्यहरुको कुराकानीले मनमा अनेक तरनाहरु आउन दिएन । पाँच मिनेट जति हिडेपछि बाटो बिलायो । लौ आपत हामी खरको झ्याङ भित्र बिलाउनु परो । अगाडी माडी इप्रकाका सइ थिए त्यसैले बाटो जे जस्तो भए पनि माडी र पिल्लर नं. ४५ ओहर दोरह गर्ने ति सइलाई पछ्याउनुको कुनै विकल्प थिएन ।
खरको झ्याङपछि हामी डाँडाको वल्लो अर्थात नेपाल तर्फको पाटोमा आइ पुगियो । अगाडी खर समात्दै, तल खुट्टाले खास्रेर टेक्दै अगाडी बढेका छौं बाटो भन्ने छैन । एक हिसावले 'रक क्लाइम्बिङ" गरे जस्तो । हातले समातेको खरले भार थाम्न सकेन या खुट्टाले टेकेको आधारले टाउँ छोड्यो भने पल्लिर नम्वर ४५ हेर्न हिडेको मान्छे सिधै ४५० हात तल पछारिने सम्भावना छ । जे होस निकै सतर्क भएर भित्तामा झुण्डिदै झुण्डिदै अगाडी बढ्दा आँखैमा ठोक्नि आयो पिल्लर नं. ४५ । सायद दुई मिटर परिधिको गोलाकार टाँकुरामा पिल्लर नं. ४५ ठडिएको रहेछ । धेरै यता उता नगर्न सुरक्षाकर्मीहरुले सतर्क गराइ रहेका थिए । सुकेको खरको मुनि भिर बाहेक केही थिएन । खरको गाँजमामा पाइला परे सिधै तल ।
शसस्त्र प्रहरीको सिमा सुरक्षाकर्मीले पिल्लरको अवस्था हेरे । नक्सा निकाले वरपरको टाँकुरा र भुदृश्य नियालेपछि पिल्लर सही ठाउँमै भएको ठोकुवा सिमा निरीक्षण अधिकारीहरुले गरेपछि हामी फिर्ता भयौं । अनि लाग्यौं सोमेश्वर कालिकाको दर्शन गर्न । बस्ने पाटी सहितको सामान्यखालको मन्दिर । होम कुण्ड समेत रहेको सेतो रंगको मन्दिरमा कुनै मनुवा भेटिएन । केही क्षण त्यहाँ बसेपछि ओर्लन थाल्यौ हामी । चितवनले भारतलाई छोएको छ भन्ने कुरा धेरैपछि थाहा पाएको हो मेले, त्यस्तै १५ वर्षभन्दा बढी भएको छैन । त्यति बेला जनमोर्चा नेपाल भन्ने दल थियो । सिमा अतिक्रमणका बारेमा कार्यक्रमहरु राख्थ्यो । नारायणगढमा भएको एउटा कार्यक्रममा दिवाकर भुषालले माडीमा पनि भारतले सिमा मिचेको कुरा गर्दा 'ए माडीमा पनि भारतीय सिमाना रहेछ" भनेर म छक्क परेको थिएँ ।
त्यसपछि माडी धेरै पटक गइयो । अरु जिल्लामा रहेका अन्तराष्ट्रिय सिमाना धेरै पटक टेकियो, पार पनि गरियो । तर आफ्नै जिल्लामा पर्ने अन्तराष्ट्रिय सिमाना र सिमा स्तम्भ देख्न समेत पाइएको थिएन । त्यो मौका यस पटक मिल्यो । सिमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मदनबहादुर भुजेलका अनुसार तराइका जिल्ला मध्ये अफ्ठेरो ठाउँमा सिमा स्तम्भ रहेको जिल्ला चितवन मात्रै हो । चितवनमा २७ वटा स्तम्भ रहेछन् । सवैभन्दा सजिलो स्तम्भ हामीहरुले छोएको स्तम्भ रहेछ । कार्यालयले जेठदेखि काम सुरु गरेको हो । भरतपुरमै मुख्य कार्यालय छ सिमानाको आडमा पोष्टहरु समेत राख्न भ्याएको छैन । अहिलेसम्म कार्यालयका अधिकारीहरुले समेत १६ वटा मात्रै स्तम्भ मात्रै पुग्न सकेको रहेछ । उता भारतीयहरु भने सिमारेखाको नजिकै पोष्ट बनाएर बसेका छन् । नियमित गस्ती गर्छन् । हाम्रो यस्तो अफ्ठेरो ठाउँमा त्यो पनि सम्बन्धित कार्यालयभन्दा निकै टाढा पर्ने सिमा र सिमा स्तम्भको रक्षा कसरी होला सोचनीय बनायो । त्यसो त ढिलो चाडो सिमानकाकै आडमा पोष्टहरु बस्लान । गस्ती पनि होला । अनि मलाई मनमा लाग्यो हाम्रा सिमासुरक्षाका अधिकारीहरु चढ्ने गाडी समेत भारतले अनुदानमा दिएको रहेछ । यो हदसम्म परनिर्भर हामीले सिमाना सम्बन्धि कडा कुरा कसरी गरौंला ?
त्यसो भए त्यो विकट ठाउँको सिमा स्तम्भ र सिमारेखाको रक्षा कस्ले गर्ने ? मैले देखे त्यो त सोमेश्वर कालिकाले भरपर्दैसँग गर्न सक्छिन् । त्यो कसरी भने सोमेश्वरकालिकाको प्रचार प्रसार अत्याधिक गर्ने । यो मन्दिर नेपालमा छ । प्रचार प्रसार गर्न सके डाँडाको मौलाकालिकाकै हाराहारीमा पुग्छ । यसो हुँदा पर्यटन मौलाउँछ । मान्छे ओहर दोहर गर्न थालेपछि साँध सिमाना मिच्ने आँट कस्लाई आउँला र ? सरकारले यसरी पनि सोच्ने कि ?

Tuesday, November 16, 2010

साँध सिमाना

यो लोथर खोलको पुल हो । यो चितवनको पुर्वी सिमानामा पर्छ । पुल तरेपछि मकवानपुर जिल्ला टेकिन्छ । चितवन र मवानपुरको सिमाना रहेको यो पुलको फोटो देखाएर केही कुरा लेख्न मन लाग्यो आज । हुन त यो ब्लगमा देखेको कुरा लेख्ने हो । देखेका सबै कुरा लेख्न लायक पनि हुँदैनन । अनि यो पुलमा लेख्न लायक कुरा के भेटियो त भन्ने प्रश्न उठ्न सक्छ । त्यसो त पुलको बारेमा लेख्ने अनेक कुरा हुन सक्छ । जस्तै यो पुलको तल बालुवा र ढुंगा थुपि्रएर पलनै पुरिने खतरा बढेको छ । यो विषयमा ब्लग मात्रै हो र दामी समाचार लेख्न सक्निछ । तर अहिले पुल तल नजाउँ । पुलमाथिकै कुरा गरौं । त्यो पनि साँध सिमानामै केन्द्रित रहेर । आखिर पुल नै सिमाना हो भने अहिलेलाई अरु कुरा किन गर्ने ।
यो पुलले दुई जिल्ला छुट्याएको छ । त्यसो त पुललेभन्दा पनि खोलोले हो सिमान कोरेको । तर लोथर बजारमा पुगेपछि 'यो पुल पारी मकवानपुर हो' भनिन्छ । त्यसैले पुल सिमाना नै हो । सिमाना हो भने अहिले मकवानपुर र चितवनका बीचमा केही बेमेलका कुराहरु आएर लेख्न थाल्योकी भन्ने पनि नसोच्नु होला । दुई जिल्लाबीच विवाद निस्केको पटक्कै होइन । साँधमा रहेको पुलमै साँध सिमाना सँध्ने काम भएको रहेछ मैले त्यसैको बारेमा लेख्न थालेको हो । त्यसो त यो फोटोमा प्रष्टसँग देखिन सकेको छैन । के देखाउन लागेको हो त्यो कुरा मैले के देखेँ भन्ने बर्णन गर्दै जाने छु, अनि तपाईहरुले पनि थाहा पाउनु होला ।
पुलको किनारमा दुईवटा पार्टीका नारा लेखिएका छन् । पुर्व तर्फ नेपाली काँग्रेसको १२ औं महाधिवेशनको प्रचार गरिएको भित्ते लेखेन छ । अनि पश्चिम तर्फ माओवादी अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रमको प्रचार गर्दै नारा लेखिएको छ । माओवादीको नारा पुरानो हो । भर्खर सकिएको अधिवेशनको प्रचारका लागि लेख्दा काँग्रेसकाले त्यो नारामाथि आफ्नो पार्टीका लागि चुना पोत्ने काम गरेनछन् । ठिकै गरे यता आफु उता अरु भनेर छाडेछन् । उबेला लेखे पनि किन मेट्ने त्यो उसैको भयो भनेर खुरुक्क छाडे जस्तो देखियो हामीले हेर्दा ।
योसम्म त ठिकै हो अर्को रमाइलो कुरा पनि देख्न पाइयो त्यहाँ । काँग्रसले पुलको रेलिङ राख्ने पिल्लरमा पुर्वबाट झण्डा बनाउँदै आएको छ तर जव माओवादीले लेखेको ठाउँ आएको छ त्यहाँबाट भने पिल्लर खाली छ । यस हिसावले त्यो पुलमाथि पनि साध सिमाना कायम भएको झै लागेको हो तपाइँलाई भने के लाग्यो कुन्नि । ठ्याक्कै छाडेको छ झण्डा बनाउन काँग्रेसले कुनै अरुको क्षेत्रमा किन पस्ने भनेर लुसुक्क निस्केको झै देखिन्छ त्यो हेर्दा । बाघले साँध सिमाना तोक्छन् एक अर्काको क्षेत्र कुल्चने प्रयास गरे लडाइ हुन्छ । त्यहाँ नाराको लागि कायम भएको साध सिमाना मिच्ने काम गेर लडाइ लफडा हुने पक्का छ त्यसैले खैचिएका होलान कोही । त्यसो त जाबो भित्तामा नारा लेख्नका लागि किन लफडा निम्त्याउनु परो र त्यसरी खैचिएको नै बुद्धिमानी भयो ।
त्यसो त इतिहास हेर्दा साध सिमानका लागि युद्ध भए नरसंहार भए । यो सिमाना भनेको यस्तो ज्याद्रो विषय हो । नारा लेख्ने भित्ते सिमाना मिच्दा भएका किचलोहरु इतिहासमा होइन केही दशकअघि नेपालमै भएका उदाहरणहरु छन् । अहिलेको एकीकृत माओवादीका नेता डा। बाबुराम भट्राई तत्कालिन संयुक्त जनमोर्चाको अध्यक्ष हुँदा काठमाडौंमा भित्तोमा नारा लेख्न चुना पोत्न जाँदा अर्को पक्षबाट चुटाइ खाएकै हुन् । त्यसैले यो नारा लेख्ने विषयमा पनि स्थायी साध सिमना कायम गरेकै ठिक । लोथरमा त्यो देखियो । जे देखिएको हो त्यसलाई यस ब्लगमा लेखियो । हस्त विदा पाउँ नमस्कार ।