Friday, September 17, 2010

फेस बुकको लत

फेस बुक नभएमा केही काम रोकिने छेकिने हुँदैन तर इन्टरनेट प्रयोगकर्ताले कमप्युटर खोलोपछि फेसबुक पनि खोली हाल्छन् नेट फेसबुक उस्तै उस्तै जस्तो भएको अचेल नेपालमा त्यो सो यो नेपालमा मात्रै होइन विश्वव्यापी रुपमा नै फेसबुक लोक पि्रय तर यसको उपयोगिता त्यस्तै बिछट्टै केही छैन फेसबुकलाई धेरैभन्दा धेरै उपयोगि बनाउने दायित्व यसका प्रयोगकर्ताको पनि हो तर अत्याधिक प्रयोगकर्ताले यसलाई हल्का फुल्का गफ गर्ने नेट मंच या चौतारीको रुपमा लिएका छन् यसको खास उपयोगिता के हो कसैलाई थाहा छैन सवैले आफ्नो तरिकाले बुझेका छन् चलाएका छन् जसका कारण कुनै कुनै देशको सामाजिक रिवाज भन्दा प्रतिकुल काममा फेसबुक बढी प्रयोग भएकाले दक्षिण एसियाका केही देशहरुमा यो प्रतिवन्धित समेत
नेपालमा पनि यस्तै ताल रहयो भने यो प्रतिबन्धित हुने समय धेरै टाढा छैन जस्तो अस्ति भर्खर पत्रिकामा एउटा समाचार आएको थियो अश्लिल हो भन्ने लागेमा सरकारले फेसबुक पनि बन्द गर्न सक्छ फेसबुक आफैमा अश्लिल साइट हुँदै होइन तर प्रयोगकर्ताले यसलाई त्यस्तो बनाएका छन् फेसबुकमा अश्लिल भिडियोका क्लिप्सहरु छ्याप्छ्याप्ती हुन थालेका छन् सरकार आफ्नो बचनमा पक्का हो भने फेसबुक बन्द हुन कुनै समय लाग्दैन तर सरकारले भने अनुसार के पो गरेको नेपालमा अहिले काही अनौठो काम पनि गर्छ यस्तै सनकमा लागेर फेसबुक फ्याट्ट बन्द गरिदिइ हाल्न पनि सक्छ
मानौ नेपालमा फेसबुक नेपालमा बन्द भयो भने के होला प्रयोगकर्ताहरु केही समयसम्म नुन खाएका कुखुरा जस्तो झोक्राएर बस्ने छन् त्यो समय महिना दिन या त्योभन्दा बढी पनि हुन सक्छ अहिले नियमित फेसबुक चलाइ रहेको हुँदा कसैलाई त्यस्तो नलागेको हुन सक्छ तर फेसबुक झ्याप्प बन्द भयो भने प्रयोगकर्तामा पर्ने प्रभावको आँकलन अहिले कसैले गर्न सक्दैन तर कुरा के हो भने फेसबुक बन्द हुँदा बित्तिकै मुटुमै चोट पनि पर्न सक्छ धेरैलाई किन भने यसले लतको रुप लिइसकेको लत सुपारी खाए जस्तो चिया खाए जस्तो चुरोट खैनी खाए जस्तो अनि अन्य खतरनाक लागु औषध खाए जस्तो लत फेसबुकलाई कुन तरिकाले प्रयोग गरेको लतको मात्रा त्यसको प्रभाव पनि त्यही अनुरुपको हुने भयो
फेसबुकको लत लागेको कुरा एउटा घटनाले देखाएको हो अस्ति भिदौ ३१ गते बिहानैदेखि फेसबुक खुलेन फेसबुक नखुल्दा अचम्म लाग्यो दिउँसोसम्म पनि खुलेन सोधखोज गर्दै जाँदा धेरैको कम्प्युटरमा यस्तो भएको थाहा भयो साँझ चितवन पोष्ट गएको त्यहाँ भने चलि रहेको रहेछ पहिला कतै पनि चलेको छैन भन्दा खासै केही लागेको थिएन् पछि कतै चलेको कतै नचलेको बुझियो यो बुझाइ एका तर्फ भने अर्को तर्फ फेसबुक नचल्दा बेचैनि निकै बढेको थियो मैले फेसबुक खासै चलाउँदिन आफ्नो ब्लग भने यसमा लिङ्क गर्छु स्टाटस पनि हप्ता १० दिनमा एक पटक बदलिन्छ कुनै उपयोगि कुरा भए त्यो पनि लिङ्क गर्छु कमप्युटर खुलेपछि फेसबुक पनि खुल्छ अनलाईनमा भेटहुने साथीहरुसँग च्याट हुन्छ
बस यत्ति गर्ने मलाई फेसबुक नखुल्दा साह्रै गाह्रो भयो हिजो ब्लग नै लेखिन फेसबुक नचलेको हो तर मलाई नेट नै नचलेको जस्तो भान परो पछि एउटा पुरानो खवर याद आयो जसमा भदौ ३० गतेपछि फेसबुक पुरनो ब्राउजरमा नखुल्ने कुरा थियो ब्राउजर अपडेट नै भएको थिएन त्यो ख्याल हुना साथ ब्राउजर अपडेट गरेको फेसबुक साविक कै तालमा चल्यो अनि मेरो नेट मनस्थिति पनि साविकको तालमा आयो प्रतिबन्ध लागेरयो बन्दै भएमा के होला ? यसको निकटमा बढीभन्दा बढी बसेकाहरुलाई के हुने होला ? भन्ने मलाई यस कारणले लागेको हो त्यसो फेसबुक बन्द नै भए पनि हामीले गरि रहेका कुनै काम रोकिने बाला भने छैन

Wednesday, September 15, 2010

मायालाई ख्याल नसम्झ, झेल नगर

'राम्रो केटा देख्दा बिहे गरौं भन्ने कुन केटीलाई हुँदैन' कुराकानी लम्बिन थालेपछि उनी खुल्न थालिन 'उसले नै बिहे गर्छु भनेपछि यसै मख्ख परिन्छ ' मख्ख परेर बिहे गरेको जिन्दगीमा यति दुःख हण्डर खाइएला भनेर त्यति बेला के मेसो पाउने भन्छिन उनी केटाले अबिवाहित हुँ तिमी जस्ती केटीको खोजीमा थिएँ भनेपछि उनीहरुका बीच बिहे भएको हो तर अहिले उनीसँग छोरो श्रीमान छैन अबिबाहित छु भनेर उसले ढाँटेको पो रहेछ दोस्रो श्रीमतीको मान्यता पनि उनले पाउन गाह्रो भयो कारण उनी मायामा होइन जालमा परेकी रहिछन् फकाइ फुलाइ गरेर बिहे गर्छु भन्ने लोभ देखाएर यौन चाहना पुरा गर्ने उद्देश्य बोकेको व्यक्तिको विश्वासमा पर्दा उनको बेहाल भएछ
यो चितवन निकुंजसँग सिमाना जोडिएको कुनै एउटा गाउँमा बस्ने महिलाको सत्य कथा हो निकुंजको सुरक्षाका लागि विभिन्न पोष्टहरु बनाएर नेपाली सेनाको टोली बस्ने गर्छ उनको गाउँ नजिकैको पोष्टमा बस्ने एकजना जवानसँग उनी नजिकिएकी थिइन् आफ्नै जातको भएकाले सुरुमा बोल्न खुल्न सजिलो भयो भेटघाट बाक्लियो बिहे नै गर्छु भन्ने कसम खान थाल्यो कसम खानेको अविश्वास पर्न भएन तर बच्चा मन्मिएपछि निकुंजको पल्टन सरुवा भयो सरेर जानेले सवै बाचा कसम भुल्यो
बच्चा काखमा बोकेर उनी त्यसको बाउँ खोज्न कहाँ कहाँ पुगिनन् तर भेटिएन आउला नि भन्ने आशा मनमा पालेर उनले अर्को बिहे पनि गरिनन् खोज्न पनि थकाइ लागि सक्यो तर खोजी अभियान फेरि जागेको यस पटक खोज्नेमा उनी एक्लि छैनन् एउटा समुह नै जुटेकॊ वास्तवमा मायालाई ख्याल सम्झेर झेल गर्नेहरुको फन्दामा पर्ने उनी एक्लि होइन रहिछन् चितवन निकुंजको आडमा पर्ने आठवटा गाउँमा यस्ता महिलाको संख्या ८२ रहेछ उनीहरुका १२२ जना सन्तान रहेछन सवैको कथा व्यथा उस्तै हो बिहेको लोभ देखाएर उनीहरुलाई बच्चाको आमा मात्रै बनाएर छाडेछन् पल्टनेहरुले श्रीमानको माया, घरकी बुहारी हुने चाहाना थुनामा परेछन् हण्डर लांछना मात्रै पाएछन् उनीहरुले
परिवार श्रीमानको माया नपाए पनि केहीले अधिकार भने खोसेरै लिएका रहेछन यसअघि जस्तै अलपत्र पारेर गएपछि तत्काल व्यारेकमा खवर गरेछन् व्यरेकले तलवके एक तिहाइ मिलाइ दिने व्यवस्था गरेछ सन्तानको जन्म दर्ता, आफ्नो बिबाह दर्ता श्रीमानकै तर्फबाट नागरितासम्म निकाल्न सकेका रहेछन् एकाध महिलाले उद्यपि उनीहरु श्रीमान उसको परिवारबाट अझै पनि टाढा छन् शान्ति सेनामा गए वापत पाउने पैसामा पनि हक पाएका रहेछन् केहीले तर उनीहरुले यसका लागि धेरै मिहेनत आँट गर्नु परो जोखिम मोल्नु परो तर गरेमा माया नभए पनि अधिकार पाइन्छ भन्ने यसले देखायो
दुई चारजनाको यो कथाले अरुलाई झस्काएको हो सवै एकाध जस्ता आँटिला अवश्य हुँदैनन् यसका लागि संगठन चाहिन्छ संगठन भएमा धेरै कुरा गर्न सजिलो हुन्छ पिडा पाएका लांछना खेपेकाहरुलाई संगठित गर्न सोचे जति सहज पनि छैन तर यो काम फत्ते भइ सकेको गएको साउनमा यस्ता पिडित महिलाहरु मिलेर संगठन खोले जसको नाम उनीहरुले दिएका छन् 'निकुंजका सेना पिडित महिला संगठन ' उनीहरुले मायालाई ख्याल सम्झेर झेल गरेर जाने पल्टनेहरुको खोजी सुरु गरेका छन् कोही रिटायर्ड भएछन् कोहीलाई त्यो पल्टनमा होला भनेर खोज्यो अर्कोमा भन्ने जानकारी आउँछ त्यसमा गएर बुझ्यॊ त्यहाँ पनि हुँदो रहेनछ रिटायर्ड भएकाहरुको गाउँ पत्ता लगाउनै गाह्रो तर आकास पाताल जहाँ भए पनि खोज्ने भएका छन् किन भने महिलाहरु संगठित भएका छन्
पल्टनेले केवल यौन आनन्दका लागि मात्रै गाउँका युवतीसँग सम्बन्ध राखे बच्चा जन्मदा पनि वास्ता नगरेर अलपत्र हुने गरेर टाप कसे यो हिजोको कथा थियो त्यसो आज पनि यो चलन रोकिएको छैन तर हिजो जे गरे पनि महिलाले खोज्दैनन् भन्ने थियो आज महिला खोज्नका लागि जागेका छन् त्यसैले लुक्दै हिड्न अव सम्भव छैन चितवन निकुंजमा हज्जारौं सेनाहरु आइजाइ गरे सवैको नियत खराव हुन्थ्यो आज धेरैभन्द्या धेरै महिलाहरुको विचल्लि हुन्थ्यो तर जसले सेना हुनुको कर्तव्य वुझेनन् सेना भएपछि शक्तिशाली भइयो भन्ने ठाने उनीहरुले गर्दा ८२ जना महिला उनीहरुबाट जन्मेका १२२ सन्तानको बिचल्लि भएको तर अव बेला हिजोको जस्तो छैन पाप गरेपछि दण्ड अवश्य पाइन्छ भन्ने कुरा सेना भए भन्दैमा शक्तिको अहम पाल्ने एकाधले बेलैमा बुझ्नु आवश्यक



Tuesday, September 14, 2010

बोटेनी र वृद्ध भत्ता

कपाल फुलेरै सेत्तै भएकी मंगली बोटे वृद्ध भत्ताको प्रतिक्षामा छिन् सरकारले ७० नाघेका बुढाबुढीलाई महिनाको पाँच सय रुपैयाँ भत्ता दिन्छ नेपाली नागरिकताको प्रमाण पत्रमा यो उमेर प्रष्टसँग लेखिएको हुनु पर्छ त्यो पैसा पाउनलाई तर विडम्वना मंगलीसँग नागरिकता छैन उनलाई आफु निकै बुढी भएको लाग्छ त्यसैले बुढी भएपछि भत्ता पाउनु पर्ने उनको जिकिर रहदै आएको त्यसो कति वर्षकी भएँ भन्ने हेक्का पनि उनलाई छैन उनको श्रीमान भिखनाले भत्ता पाउन लागेको चार वर्ष भयो श्रीमानले बेलादेखि पाएको हुँदा अब आफुले पनि पाउनु पर्ने उनको तर्क
जगतपुर गाविसको वडा नं. ध्रुवघाटभन्दा केही पश्चिम धम्पुसेमा उनको चार हातको छाप्रो जहाँ उनका श्रीमान भिखना उनी दुई चारवटा भाँडा कुँडा बाहेक केही अटाउँदैन छाप्रो बनेको ढिस्को तल राप्ती नदी बगेको यो वर्षामा राप्ती पनि उर्लन्छ हिउँदको नारायणीभन्दा ठुलो राप्ती यो बेला दैलोभन्दा दुई हात पर राप्ती बगेको मंगलीका जस्ता चारवटा छाप्रा छन् त्यहाँ उनका छोरा बुहरी श्यालाल स्यानी पनि त्यही बस्छन् नदीको आडैमा बसेको फइदा एका बिहानै साँझ पख पानीमा गएर जाल हानेर माछा धेरै मार्न सकिन्छ हो यत्तिका लागि उनीहरुलाई खोलोको ढिकले लोभाएको हो
तर मंगली भिखनाको जोडीले जति गरे पनि धेरै माछा मार्नै सक्दैनन् उनीहरुलाई अब उमेरले साथ दिदैन दिनमा एक पाउ आधा किलोसम्म माछा मारे भने उनीहरु थाकेर चुर चुर हुन्छन् एक किलो माछा बेच्दा दुई सय रुपैयाँ हात लाग्छ यो कमाइ सगरमाथा उक्ले सरह गाह्रो असम्भब हुन लागेको अचेल यी दम्पतिलाई अस्ती सोमबार हामीले भेट्दाको दिनमा मंगलीलाई सुर्ती खान खुवै तलतल लागे छोरासँग १० रुपैयाँ मागिन पाइनन् बुहारीले पनि उनको आग्रहलाई सुनेको नसुने झै गरिन् बुढालाई जाल हान्न जाउँ भनेर निकै कर गरिन एक मुठ्ठि सिद्रा परे त्यससँग पसल गएर सुर्तीको पोको साट्ने योजना मंगलीको थियो तर घर भित्रको एक हात अग्लो टाँडमा पल्टेका भिखना उठ्दै उठेनन्
उमेरसँगै आलस्य बढ्छ मंगलीले यो कुरा चाल पाएकी छन् त्यसैले भिखना उनको सुर्ती खाने चाहना पुरा गर्न हातमा जाल समातेर राप्तीमा हेलिने जागर चलाएनन् हो यस्तै बेलालाई चाहिदो रहेछ बृद्ध भत्ता भन्छिन् मंगली उनले भनिन 'जाल बोकेर माछा समात्न त्यस्तै हुन थाल्यो जंगल जान सक्दिन तल काट्न पनि सक्दिन सुर्ती खान अरुले १० रुपैयाँ पनि पत्याउँदैनन् यस्तो बेला भत्ता भए कति सुविस्ता हुन्थ्यो "
आठ वर्षअघि सम्म भिखना ध्रुवघाटमा ढुंगा चलाउँथे सिमेन्ट लगाएको घरमा बस्थे मंगलीलाई त्यो घर कत्ति पनि मन परेको थिएन सिमेन्टको चिसोले शरीर खान्छ भन्ने डर उनलाई थियो सिमेन्टको चिसोले के खान्थ्यो एक दिन घरमा चट्याङ भने परो एकजना महिलाको ज्यानै गयो मंगलीको शरीर नराम्ररी जल्यो भिखनाको पनि उही हालत भयो उपचारपछि देखिने चोट निको भयो त्यसपछि उनीहरु सिमेन्टको घर त्यागेर चार हातको छाप्रोमा बस्न आए झमझम झरी गर्दा राप्ती पस्ला भन्ने पिर उनीहरुलाई छैन बरु झरी चिसो बढ्दा चट्याङले खाएको दुवैको ज्यान नराम्ररी दुख्छ त्यो बेला मंगलीलाई लाग्दो रहेछ ' भत्ता नपाइ मर्ने भएँ "

Sunday, September 12, 2010

पाकेटमार चिन्ने काइदा

चोर हाम्रो प्रहरीभन्दा धेरै बाठो जस्तो लाग्छ हामीलाई किन भने बाठो नभएको भए चोरेर टाप कस्न कसरी सक्थ्यो तर प्रहरी पनि चलाख नै रहेछ किन भने चोरको पनि चण्डाल पाकेटमारको बोलि, बचन हर्कत सवै मेसो पाएछ नेपाल प्रहरीले अनि प्रहरीलाई धन्यवाद दिनु पर्छ किन भने पाकेट मारका कोड भाषा उसका हर्कत सवै सर्वसाधरणले थाहा पाउन भनेर पर्चा नै बनाएर छरेको चितवन प्रहरीले यस कारण प्रहरी प्रति हामी आभारी छौं दशैं तिहार जस्ता चाड पर्वहरु नजिक आउँदा पाकेटमार पनि चलायामान हुन्छन् त्यसैले प्रहरीबट पाएको जानकारीले हामीलाई लुटिनबाट जोगाउन सक्छ
गाडीमा कसैले ', यहाँ पैसा खसेछ" भन्ने कुरा गरेमा जान्नु रे त्यहाँ पाकेटमार पसेको पैसा खसेको भन्ने कुरा गर्ना साथ मान्छेले पहिला आफ्नो पकेट पैसा राखेको ठाउँ छाम्ने भयो पैसा खसेको भनेर पाकेट मार्ने उद्देश्यले कराएको मान्छेले अरु मान्छेले कहाँ छाम्छन् त्यो हेरेर पैसा राखेको ठाउँ पत्ता लागउँछ मेसो मिलाएर पैसा उछिट्याउँछ प्रहरीले बाँडेको पहेलो पर्चामा यो कुरा उल्लेख त्यसैले भिड भएको ठाउँमा बस्दा या बसमा यात्रा गर्दा कतैबाट पैसा खस्यो भन्ने आवाज आयो भने पैसा राखेको ठाउँमा आफ्नो हात अवश्य नै जान्छ अनि त्यसपछि 'ओहो यहाँ पाकेटमार रहेछ" भन्ने ख्याल राखेर सचेत हुनु पर्ने भयो
प्रहरीको पहेलो पर्चाले अरु पनि धेरै कुरा भन्छ जस्तै पाकेटमारले पाकेटमारलाई नै आफ्नो भाषामा केभन्दा हुन् ? उनीहरुले कोडभाषामा पाकेटमारलाई टिनुवा वा टिप्ली भन्दा रहेछन् ध्रुब दाइ पैसा भएको मान्छे हो भन्ने उनीहरुको कोड भाषा रहेछ गज भनेको हजार रुपैयाँको नोट आधा सेतो भनेको पाँच सय रुपैयाँको नोट गज भनेको सय रुपैयाँको नोट हुँदो रहेछ पाकेटमारको कोड भाषामा टिप्ली मास्टर भनेको पाकेटारको मेन मान्छे हुँदो रहेछ प्रहरीलाई के भन्दा हुन भन्ने लाग्दो हो थरि थरि सुरक्षाकर्मीका लागि फर फरक कोड भाषा रहेछ प्रहरी भ्यानलाई भने पाकेटमारहरु कोडा भाषामा मानबेचे भन्दा रहेछन्
पोशाकमा रहेको प्रहरीलाई लाटा र सादा पोशाकको प्रहरीलाई पाकेटमारहरु ठुला भन्दा रहेछन् केरकारको प्रहरीलाई डे भन्दा रहेछन् नेपाली सेना शसस्त्र प्रहरीलाई निलचरी भन्दा रहेछन् लाहुरे भन्न माहुरे शब्द प्रयोग हुँदो रहेछ माइली भनेको भारतीय रुपैयाँ होइछ डलरलाई पाकेटारहरु ठुली भन्दा रहेछन् कान मसला भनेको मोवाइल रहेछ तान भनेको साथी होइछ घोप्टे भनेको खुकुरी रहेछ पाकेटमार्दा छेकछाक गर्ने मान्छेलाई ढेक भन्दा रहेछन् उनीहरु छुरी या चक्कुलाई चिसो भन्ने बानी रहेछ दस्ती तोड भनेको रुपैयाँ निकाल भनेको होइछ दह भनेर पनि यही कुरा संकेत गर्दा रहेछन् पाकेटमारहरु
चितवन प्रहरीले यो कोड भाषा पत्ता लगाउन निकै मेहनत गरेको देखिन्छ मिहनेत गरेको बाहिर देखाउनु पनि पर्छ त्यसैले पर्चा नै छापेर बाँडेको अब समस्या कहाँ नेर आउँछ भने धेरै कोड शब्दहरु दैनिक कामकारवाहीमा बोलीमा आउने छन् पाकेटमारले नभएर राम्रै मान्छेले ति शब्द बोल्यो भने बिचरा उसको राम धुलाई हुन बेर छैन त्यसैले शब्द सुनेपछि पनि केही बेर बोल्नेको हर्कत बिचार गर्नै पर्छ है नत्र बर्बाद होला अनि पुलिसले पाकेटमारका कोड शब्द यसरी सार्वजनिक गरेपछि पाकेटमार कौन्सा हुस्सु हो उनै शब्द बोल्दै बस्ने उसले पनि कोड शब्द नयाँ जन्माउला नि नयाँ शब्द नखोजे पाकेटमार लन्ठु, जन्माए हाम्रा प्रहरी हुस्सु होइन ?


Saturday, September 11, 2010

आहा बागमती

बागमती नदी हेरेर काठमाडौंमा आहा भन्ने कोही पनि हुँदैन सवैको मुखबाट छ्या वागमती निस्कन्छ आरध्यदेव पशुपति नाथको मन्दिर आडैमा पनि वागमती शुद्ध सफा छैन वागमती नदी नभएर धेरै ठाउँमा कुलो अझ फोहर पानी बग्ने साह्रै अव्यवस्थित नाला जस्तो देखिन्छ वागमतीको हालत निकै दयनिय अवस्थामा पुगेको यो कहिल्यै सफा हुन सक्दैन भन्ने लाग्छ नेपालीलाई तर केही यसलाई निर्मल कंचन बनाउन लागेका छन् मरिमेटेर तर त्यो शक्ति निकै थोरै
यो छ्या वागमतीलाई आहा भन्ने बनाउन नसकिने भने पक्कै होइन नागरिक न्युज अनलाइनमा विकास कार्मीले एक पटक होइन दुई पटकसम्म वागमतीको एउटा फोटो हालेका छन् जुन फोटो हेरे त्यो वागमती हो भन्ने विश्व्सा गर्नै सकिन्न फोष्टरहरु मा देखिने विदेश तिरको दामी सिन जस्तो त्यो फोटो त्यति राम्रो ठाउँ वागमती भनेर झुक्किभएर राख्यो कि भन्ने पनि लाग्छ सुरुमा तर त्यो वागमती नै रहेछ त्यति राम्रो पनि रहेछ वागमती कुनै पुरानो होइन अहिले कै फोटो हो
वर्षाले पखालीएर वरपरको ढुंगा पनि सफा चिल्ला भएका छन् हरियाली लपक्कै पोतिएको सुन्दर चित्रमा मिलाएर रंग पोते जसरी पानी यति कंचन कि पानी नभएर त्यो दुध हो यस्तो वागमतीको कल्पना हामी गर्नै सक्दैनौं पशुपतिको आडमा वगेको वागमती देख्नेहरुले शिव लिङ्गमा दुध चढाएको जस्तै देखिन्छ त्यहाँको नदीको धारा साच्चैको अकल्पनीय वागमतीको तस्विर यस्तो पनि रहेछ वागमती एक पटक दगदास बनाउँछ सवैलाई त्यो फोटोले मान्छे धेरै बेर गम खान्छ गम खाँदा खाँदै वागमतीलाई पुरै त्यही अवस्थामा देखने चाहना पनि मन भित्र फैलाउँछ यद्यपि यथार्थमा त्यो हुन केही गाह्रो भने अवश्य
यो फोटो वागमती नदीको मुहान सुन्दरी जल नजिक खिचेको होइछ मुहान आसापास वागमती एक्दमै सफा जसको मुहान सफा हुन्छ त्यसलाई पुरै सफा राख्न केही असम्भव हुँदै हुँदैन वागमती तल लागेपछि मान्छेका कारणले फोहर भएको हो आधारभुत रुपमा वागमती सफा नै मान्छेका कारण मैला भएको हो भने त्यसलाई सफा गर्ने ताकत पनि मान्छेसँगै फोहर गर्न सजिलो , निकै सजिलो, सफा गर्न भने त्यति सजिलो छैन सजिलैसँग गरेको फोहर हटाउन केही मिहेनत गरे जत्रो सुकै फोहरको पहाड पनि पन्छिन्छ तर पहाड फार्ने आँट गर्नु पर्छ योजना बनाउनु पर्छ आँट योजना एक दुईजनाले बनाए हुन्छ तर योजना कार्यान्वयन गर्न समुदायलाई नै समेट्नु पर्छ
यसरी काम भयो भने पुरै वागमती आधारभुत स्वरुपमै फर्कन बेर लाग्दैन हामीलाई प्रकृतिले ज्यादै सुन्दर बस्तुहरु दिएको वागमती पनि त्यस्तै सुन्दर प्राकसतिक रुपमा त्यसलाई विगार्ने काम हामीले गरेका हौ उसलाई उसकै रुपमा फर्काउनु पर्ने दायित्व पनि हाम्रो हो तर हामी अझै यो बारेमा त्यति गम्भिर छैनौं हामी वागमतीको मुहान नै धमिलाउँन उद्यत होउँला तर वागमतीलाई मुहानको जस्तो कंचन निर्मल बनाउन लालयित छैनौं ।वागमती सुधार्न देखा परेको मुख्य समस्या नै आखिरमा यही हो

Friday, September 10, 2010

लम्बिएको तिज

आज बल्ल तिज हो हिजो मध्यरातसम्म महिलाहरु दर खाँदै थिए आज पानी पनि नखाइ ब्रत बस्नु पर्ने भएकाले मध्यरातमा पनि आडिलो खाना खाएका हुन् दर भनेको त्यही हो तिजको ब्रत बसेको एक दिनपछि या भोलि पल्टै पंचमीको पुजा हुन्छ यस पटक भोलि नै पंचमी परेको यसरी दर, ब्रत पंचमी गरेर तिज सकिन्छ तिजको मुख्य पहिचान गित नाँच हो गित गाउँदा धपक्कै हगना महंगा साडी लगाउने परिपाटी बढेको पानी पनि नखाइ श्रीमानको लागि भनेर ब्रत बस्ने चलन रज्वसाला हुँदा कसैलाई छोएको भए त्यसको पाप कटाउने भनेर गरिने पंचमी पुजाको महिलावादीहरुले खुवै विरोध गरेका छन् नछुने हुँदा कसैलाई छुनु पाप होइन श्रीमानका लागि पानी समेत नपिएर ब्रत बस्नु पनि पर्दैन धार्मिक दृष्टीले हेर्दा तिजका धेरै आलोच्य पक्ष पनि छन् तर यसको सामाजिक सास्कृतिक पक्ष पनि जसले तिजलाई जोगाउनु पर्ने देखिन्छ
विवाह भएर गएकी महिलालाई जन्म घर अर्थात माइत ल्याएर राख्नु मिठो खुवाउनु नाच्ने गाउने मेसोमा अरु चेलीहरुको पनि जमघट गारउनु तिजको सामाजिक पक्ष हो तिजका गित नाँच नेपाली संस्कृतिका धरोहर नै हुन् यस्ता गित भाका अरु देश पाइदैन त्यसैले तिजका बेलामा माइत जाने मिठो खाने सवै जम्मा भएर नाँच्ने गाउने कुरा प्रति कसैको पनि असहमति छैन तिजको धार्मिक पक्षलाई लिएर चर्को आलोचना गर्नेहरु पनि यसको यो सामाजिक साँस्कृतिक पक्षलाई स्वीकार गरेकै छन् त्यसैले अहिलेसम्म हिन्दु धर्म मान्ने नेपालको विशेष गरेर पाहाडी समुदायका सवै खालका महिलाहरु तिजमा यो या त्यो रुपमा सरिक भएका छन् त्यसैले तिजको रौनक वर्षै पिच्छे थपिदो
तिजको आलोचना गर्न लायक धार्मिक पक्षको बारेमा चाहिनेभन्दा बढी चर्चा भयो तिजको सामाजिक पक्षमा भित्रिएको धेरै गहना लगाउने महंगो कपडा पहिरिने चलनको विरोधमा चर्चासम्म चल्न थालेको त्यस्तै यसको साँस्कृतिक पक्ष गितहरुमा देखिने उत्ताउलो पनका बारेमा त्यत्ति ध्यान गएको छैन तर तिजसँग अर्को खतरनाक पक्ष पनि जोडिएर खाएको जसको ख्यालै कसैलाई छैन त्यो हो तिज अचेल तीन या चार दिनमा सिमित हुन छाडेको यो विकृति नै हो यसले तिजको महिमालाई जोगाउनु भन्दा यससँग् जोडिएर आउने नकारात्मक पक्षलाई फैलाउने काम गर्छ तिजलाई फड्किलो चाड बनाउँछ तिज लम्ब्याउनेमा व्यक्ति परिवार नभइ समुदाय चेतना फैलाउने भनिएका सामाजिक संघ संस्था नै अग्रसर छन्
तिज आज हो तर मैले थाहा पाए अनुसार भदौं लाग्ना साथ दर खुवाउने गरिएको बजारमा टेन्ट माइकको व्यपार मौलएको क्यासेट लगाएर नाच्ने गरिन्छ मादल आफ्ना भाका शब्दहरु कुनामा थन्किएका छन् अरु भन्दा पनि दर खाने कुरामा जोड दिइएको तिज पनि पुर्णरुपमा बजारको नियन्त्रणमा जाला जस्तो भएको सवै किनेरै चलाउन थालेपछि समुदाय, परिवार व्यक्ति बजारमै निर्भर भएर तिज व्यपारिलाई नाफा कमाउने मेसो मात्रै बनाइदैछ तिजको नाममा व्यपार गर्न खोज्नेहरु माथि पर्नाले लम्बिएको हो तिज यसलाई रोक्ने तर्फ अहिलेबाटै हामीहरु लाग्नु पर्छ धार्मिक अन्धविश्वाससँग जोडिएको भन्दा बढी खतरनाक हुन्छ बजारमुखि अवधारणाबाट लम्बिएको तिज






Thursday, September 9, 2010

कान्दालाई कपडा

कान्दालाई कपडा चाहिएको सुत्केरी समेत न्यानो कपडा लगाउन नपाउने त्यो ठाउँमा कपडा को महत्व अति नै विद्यालयमा आउँदा समेत पुरै कपडा लगाएका हुँदैनन् केटाकेटीहरु पाका महिलाहरुको पनि कम्मर माथि कुनै कपडामा हुँदैनन् कम्मर मुनिको कपडा पनि कपडा भन्न लायकको हुँदैन यस्तो विजोग कान्दा गाउँमा १७ हजार फिटको त्यो गाउँमा सिरेठो चल्छ मुटु फुटाउने त्यस्तो ठाउँमा सुत्केरी समेतले न्यानो कपडा नपाउँदा कस्तो आपत परेको होला एक क्षण कल्पना गरौं
गत जेठमा त्यो गाउँमा ठुलो विपत आयो जंगलबाट ल्याएको च्याउँ पकाएर खाँदा कान्दाका बाबुराम चेपाङका परिवाररै सखाप भए सहरमा डा. भक्तमान श्रेष्ठ अपहरणमा परेको छुटेको कुराले मिडिया ढाकिएका थिए त्यसैले एकै परिवारका आठजना सखाप हुँदा पनि यो विषयले मिडियामा त्यत्ति ठाउँ पाएन त्यस दिन च्याउको रस नखाएको नौ महिने बालक मात्रै जोगिए अरु सवैको जिवन समाप्त भएको थियो कान्दाको पछिल्लो अवस्था बुझ्न असारको सुरुमै हामी भरतपुरबाट तीनजना पत्रकार त्यता उक्लिएका थियौं
बिहान सवा बजे लोथर बजारबाट हिडेको पहिला खोलाको तिर त्यसपछि अत्यस लाग्दो उकालो चढेर लोथर गाविसको कान्दा गाउँ पुग्दा साँझको सवा सात भएको थियो बाटोमा देखिएको थियो २० दिने सुत्केरीको विजोग तागत दिने खानाको कुरा परै जाओस सिमसिम पानी परेको त्यो लेकमा न्यानो लुगा समेत नपाएर अगेनाको आडैमा बसेकी थिइन ति सुत्केरी जसले यसअघि पनि आठ सन्तान जन्माइ सकेकि थिइन्
गाउँमा कपडा नहुनु सवैको साँझा समस्या रहेछ त्यहाँबाट फर्केर समाचार लेखेपछि सुत्केरी महिला उनका सन्तानका लागि केही कपडाहरु जुट्यो त्यहाँबाट फर्केपछि पत्रकार एकल सिलवाल आफ्नो मितसँग फेरि त्यो गाउँ पुग्नु भएछ उहाँ मितले अहिले कान्दाका लागि धेरै खाले योजना ल्याउनु भएको जसमा कान्दाका लागि कपडा पनि पर्छ अस्ति भरतपुरको वडा नं १० गुँरास चोकका महिलाले १२ बोरा कपडा जम्मा गरेछन् पत्रकार एकल सिलवालले खिचेको तस्विर र सिलवालको अनुभुतिलाई आधार बनाएरपत्रकार प्रकाश ज्ञवालीले स्थानीय लोकतन्त्र दैनिकमा लेखेको आलेखले मन छोएर त्यहाँका महिलाले स्वस्फुर्त रुपमा कपडा जम्मा गरेछन् अरु पनि सहयोग गर्ने अभिलाषा उनीहरुको
कपडा पाउन कुनै गाह्रो भएन तर विकासका प्रशस्त सम्भावना भएर पनि त्यो ठाउँ भिल्लाको देशमा मिल्केको मणी जस्तै भएको राम्रो चरन , मलिलो पाखो बाख्रा पालन फष्ठाउँछ, सिमि बोडी मौलाउँ यी यावत सम्भावनालाई पनि सदुपयोग गरेर िसंगो कान्दाको मुहार फेर्ने योजना एकलजीहरुले बनाउनु भएको च्याउले आठजना गुमेको गाउँमा पुग्ने जमर्को गरेका पत्रकारहरुका कारण गाउँको स्वरुप फेरियो भने पत्रकारहरुलाई समाजले साच्चै माया गर्ने छ ।