Friday, June 4, 2010

स्याल कराउनु कुखुरो हराउनु

डा.भक्तमान श्रेष्ठ सम्पर्क बिहिन भएको १८ दिनपछि सकुशस आज शनिबार एका बिहानै क्वाटर फर्केका छन् यो साह्रै खुसीको कुरा हो मिलनको त्यो क्षण परिवार मात्रै होइन शुभचिन्तक सवैका लागि निकै भाव विभोर हुने खालको थियो तर स्याल कराउँदा कुखुरा हरायो भने उसैले खायो भन्ने आशंका प्रवल हुन्छ भन्न खोजेको केहो भने हिजो माओवादीले डा। श्रेष्ठ अपहरणमा परेको ठोकुवा गर्यो आज उनी मुक्त भए घटनामा माओवादी मुछिएका बेला पत्रकारहरुलाई कुनै प्रश्न सोध्ने नपाइने सर्तमा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले आफुलाई नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको बताए
अपहरणमा पर्दा पनि निकै आशंाहरु उश्जेका थिए जुन आशंका आज उनै आएर बोल्दा पनि साम्य भएन दरवार हत्या काण्डपछि पत्रकारहरुले प्रश्न सोध्न नपाउने गरेर राजिव शाहीले पत्रकार सम्मेलन गरेका थिए नेपालमा त्यस्तै भयो आज भरतपुरमा भक्तमान फेरि कामममा फर्कुन उनी दक्ष सर्जन हुन् उनले पहिलाको जस्तै काम गरुन् तर के भएको थिया कस्ले पत्ता लगाउने यो प्रश्न अझै कायमै

Thursday, June 3, 2010

सबै जालान जस्तो छ

पूर्णबहादुर चेपाङले पनि बिहिबार राती प्राण त्यागे छन् भरतपुर अस्पतालको शैयामा जीवनमा लागि गरेको चार दिनको संघर्षमा मृत्यु विजयी भयो सोही अस्पतालमा उनले जीवन संगिनी गुमाए जेठी छोरी त्यही आएर मरिन् भाइ बुहारीलाई पनि चिकित्सकहरुले बचाउन सकेनन् अस्पताल आएका मध्ये भाइ जीतबहादुरको जिवन मृत्युको संघर्ष अझै बाँकी अस्पताल नआउँदै पूर्णबहादुरका बा आमा कान्छी छोरीको गाउँमै ज्यान गइसकेको थियो हप्ता दिनको बीचमा एकै परिवारका सातजना स्वर्गे भए उपचार हुँदै गरेको जीतबहादुर पनि बच्ला भन्ने आशा धेरैलाई छैन
पूर्णका बा ६५ वर्षीय बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि जीवनमाथि मृत्यु हावि हुन थालेको हो अनि त्यो मृत्युलाई पराजित गर्न गाउँको धामिले सक्यो सहरको डाक्टरले तत्काल उपचार नपाएका कारण मृत्युले गाल्दै ल्याएको शरिरलाई झनै थिलो थिलो बनाउने काम गर्यो भौगोलिक विकटताले टाढाबाट अस्पताल आउँदा विषले शरिरको कोषकोषमा कब्जा जमाइ सकेको रहेछ उपचारै नपाएर गाउँमा तीनजनाको इहलिला समाप्त भयो उपचार गर्न भरतपुर आएका पाँचजना मध्ये चारजना अब कहिल्यै गाउँ फर्कने छैनन् काठमाडौं अस्पताल टेकेका एकजना जीतबहादुरले फेरि लोथरको त्यो डाडापाखा टेक्ने हुन या होइनन् प्रतिक्षा गरौं अनि उनको जीवनको कामना पनि गरौं
नौ महिने सन्सरबहादुरको काख साथ सवै गुम्यो उनकी आमा बा दुई दिदी सवै गए च्याउका कारणले हजुर बुबा हजुर आमा काकीलाई समेत यो बेलामा कालले निल्यो अब यीनको स्याहार कस्ले गर्ला ? आमाको काख पिताको छहारी गुम्यो गुम्यो सहानुभूति दिनेहरु पनि नहोलान जस्तो यो उमेरमा के विपति झेल्नु पर्यो त्यो बालकले बालकको भाव शुन्य आँखाले गरेका धेरै आशा अपेक्षाहरु यो समाजले पुरा गर्न गाह्रो सातसात जना बलवानहरुको केही जोर नचलेको यो समयमा त्यो बालकको विजोग हुन के बेर
बालकृष्ण थपलियालाई स्याब्बासी दिनै पर्छ यस्तो सहयोगी मन भएकाहरु पाउन गाह्रो यो स्वार्थले भरिएको दुनियामा पूर्व चितवनको भण्डार गाविसमा पर्ने मैदानी गाउँ पूर्वारीबाट अनकन्टार लोथरको कान्दामा उने विस २०५९ सालमा पाइला राखेका रहेछन् त्यहाँको कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयमा पढाउन राजमार्गबाट १२ घण्टा पैदल हिडेर पुगिने त्यस्ता विकट गाउँमा मैदानबाट जाने शिक्षक गाउँलेहरुका लागि संसार बुझेको सर्वेसर्वा हो इनारका भ्यागुतालाई बाहिर निकाल्ने सारथी हो राम्रो चित्तले काम गरे उसले यो भूमिका पुरा गर्न सक्छ बालकृष्णले त्यही गरे
च्याउ खाएर विरामी भएपछि धामी झाँक्रीको भर परेका गाउँलेहरुलाई गाली गर्दै डोकोमा बोकाएर अस्पताल झार्न उनको ठूलो भूमिका अस्पताल ल्याएका धेरै बाँचेनन् तर उनले यो प्रयास नगरेको त्यति धेरै गाउँले मरेको खवर गुपचुप नै रहन्थ्यो त्यो अनकन्टारमा अरु को पुग्ने जनस्वास्थ्यले सोमबार पठाएको टोली शुक्रबारसम्म नफर्केको मात्रै होइन सम्पर्कमा पनि आएको थिएन रे नफोन टिप्छ दौडेर आउन मिल्छ यस्तो ठाउँको राज्यको प्रतिनिधि भएर काम गरे शिक्षक बालकृष्णले सवै भकाभक मर्न थालेपछि जीतबहादुरलाई लिएर काठमाडौं दौडेका यी कर्तब्यवान शिक्षकलाई राज्यले तक्मा दिनु पर्ने होइन ? तर राम्रो गर्नेभन्दा विगार पार्नेले तक्मा पाएको यो देशमा यस्तो इच्छा के राख्नु ?
विरामीहरुको उपचारमा संलग्न चिकित्सक डा.विजय पौडेल भन्दै थिए उनीहरुले खाएको च्याउ साह्रै विषालु परेछ विषको असर निकै भिजेपछि उपचारका लागि आएकाले बचाउन गाह्रो भन्ने उनको निचोड थियो उपचारका लागि आएका एक बालिका एक महिलाले प्राण त्यागेपछि बुधबार दिउसो उनले यस्तो निराशा पोखेका थिए त्यसपछि दुई ज्यान गुमिसकेका छन् जहाँ लगेर गरे पनि उपचार त्यही हो डाक्टरले आशा मारेपछि हामीले कति नै भरोसा गर्न सकिन्छ त्यसैले च्याउ खाएका सबै जाने पो हुन कि भन्ने उसै दिनदेखि बढेको आशंका शुक्रबारसम्ममा आइपुग्दा झनै बलियो भएर गएको
च्याउ खाएर परिवारै सखाप भएको यो विवरणले संचार माध्यममा निकै चर्चा पाए तर गाउँलेहरुलाई यसको कुनै अर्थ रहेनछ चितवनकै पदमपुरमा जंगली च्याउ खाएर फेरि तीनजना विरामी परेका छन् मेघिया महतो उनका दुई छोराहरु लक्ष्मण सुरजको भरतपुर अस्पतालमा उपचार हुँदै चौविस घण्टा नबित्दै उपचारका लागि अस्पताल आइ पुगेकाले यस पटक मृत्यु पराजित हुने सम्भावना तर च्याउ खाएका घटना दोहरीन छाडेनन् भने सचेत मानिने चितवनलाई के भन्ने ?







Tuesday, June 1, 2010

मेडिकल सिटीमा उपचार नपाइ मृत्यु

वि. .२०६४ सालको फागुन गते दिनभर हिडेर चितवनको विकट पहाडी गाविस लोथरको वासवाङ गाउँ पुगिएको थियो रात प्राथामिक विद्यालय स्वास्थ्य चौकी भएको ठाउँ नजिक विताइयो भोलिपल्ट उज्यालो नहुँदै एउटा नौं १० वर्षको किसोर हामी बसेको ठाउँ नेर आयो स्वास्थ्य केन्द्रकी महिला कार्यकतालाई उसले एउटा चिट दियो चिट हेरेर उनले भनिन् 'मान्छे नै ल्याएर आउनु पर्ने यसै खै कसरी हुन्छ ?"
किसोरले ल्याएको चिट हामीले पनि हेर्यौ चिटमा उल्लेख बेहोरा यस्तो थियो 'नमस्कार मिस यस पल्तिरको गाउँमा एकजना २० वर्ष उमेरको मान्छे लडेर अचेत अवस्थामा गाउँमा उसलाई बोक्न सक्ने मान्छे कोहीे नभएका हुनाले उसलाई त्यहाँसम्म ल्याउन सकिएन त्यसैले दुखाइ कम गर्नका लागि टाउँकोमा चोट परेको हुँदा त्यसको पनि औषधि यो भाइसँग पठाइ दिनु होला "
मेडिकल सिटीको रुपमा चर्चा पाएको चितवनको एउटा गाउँमा स्वास्थ्यसँग जोडिएको यस्तो दुराअवस्थासँग त्यति बेला साक्षत्कार भयो हाम्रो लडेर टाउँकोमा चोट लागेकर अचेत भएको मान्छेले तत्कालै उपचार पाउनु पर्छ सिटी स्क्यान गरेर टाउँकोमा के कति असर परेको खुट्याउनु पर्छ जिल्ला सदरमुकाम भरतपुर बस्नेलाइृ यी सवै सेवा सुविधाहरु सहज छन् तर टाढाको विकट गाउँका सर्वसाधरण उपचारका लागि बोक्ने मान्छे पनि पाउँदैनन्
वासवाङबाट फर्केपछि त्यो मान्छे के भयो होला भन्ने प्रश्नले लामो समयसम्म घच्घच्याइ रहन्थ्यो बोक्ने मान्छे नहुँदा गाउँमा बिरामी परेपछि केसम्म हुन्छ भन्ने दृष्टान्त यो हप्ता भोग्न पाइयो लोथर गाविसमै पर्ने वासवाङ नजिकैको कान्दा गाउँका ६५ वर्षीय बाबुराम चेपाङ उनको परिवारका धेरै सदस्यले अनाहकमा ज्यान गुमाएका छन् तत्काल उपचार पाएको भए उनीहरुको त्यसरी अकालमै निधन हुने थिएन
बाबुराम चेपाङको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाए दुई श्रीमती सहित बाबुरामका तीन छोरा दुई बुहारी दुई नातिनी एक नाति गरेर ११ जनाको परिवार सँगोलमै बस्थ्यो बाबुरामले च्याउ ल्याएको शुक्रबारको दिन घरमा जेठी श्रीमती कान्छो छोरो थिएनन् कान्छो नातिले आमाको दुध बाहेक केही नखाने सानै त्यसैले च्याउ खाने आठजना भए खाएका सवै बिरामी परे
विरामी मात्रै भएनन् लगभग २४ घण्टापछि मान्छे पनि मर्न थाले बाँचेकालाई डोकोमा राखेर भरतपुर ल्याउने सल्लाह भयो तर बोकर हिडाउने बलियाहरुको अभाव थियो त्यसैले धेरै सिकिस्त बाबुरामका छोरा पूर्ण जीतबहादुरलाई सातजना गाउँलेले डोकोमा बोकेर हिडे उनीहरु अस्पताल आउन झण्डै २४ घण्टा लाग्यो योबीचमा गाउँमा बाबुराम उनकी कान्छी श्रीमती मतिमाया नातिनी आइतमायाको इहलिला समाप्त भइसकेको थियो
लोथर विकट पहाडी गाउँ हो समथर भूभाग छदैछैन भने पनि हुन्छ भिरालो थुम्कामा एक दुई घर हुन्छन् बाबुरामको घर वरपर पनि तीन घर मात्रै थिए अरु ठाउँ चिच्याएर बोलाएमा सुनिन्थ्यो तर मान्छे आएन कम्तिमा पनि आधा घण्टा लाग्ने ठाउँहरु छन् भन्छन् सोही ठाउँको प्राथमिक विद्यालयमा पढाउने शिक्षक बालकृष्ण थपलिया त्यसैले मान्छे जम्मा गर्न उपचारका लागि बोकेर हिडाउन समय लाग्यो पूर्ण जीतबहादुरसँगै उनीहरुका श्रीमती एक छोरीलाई पनि ल्याउनु पर्ने थियो तर बोक्ने मान्छे भएनन्
पूर्णबहादुरलाई लिएर टोली हिडेको केही घण्टापछि गाउँमा रहेका महिला बालिका पनि थप सिकिस्त भए गाउँमा रहेका लाशहरुको राम्रोसँग सतगद गर्न छाडेर पाँचजना गाउँलैहरु मिलेर उनीहरुलाई पनि भरतपुर ल्याए पूर्णबहादुर जीतबहादुर अस्पताल आएको १२ घण्टापछि सिकिस्त महिला बालिकाहरुले पनि अस्पताल टेक्न पाए तर यसरी आएका तीनैजनाको ज्यान भने बचेन अस्पताल आउँनासाथ बालिका मंगलीको ज्यान गयो त्यसपछि दिउँसो जीतबहादुरकी श्रीमती साँझ पूर्णबहादुरकी श्रमतीले प्राण त्यगिन बोकेर ल्याउने मान्छे भएको भए अघिल्लो दिन नै उनीह्रु अस्पताल आउन पाउँथे ज्यान जाने अवस्था पनि टर्ने थियो यसो नहुँदा घरमुली सहित एकै पटक छजनाले संसार छाडे
उनीहरुले खाएको च्याउ एकदमै विषालु हो उपचारमा संलग्न डा।विजयराज पौडेलले भने विषको लक्षण दखिनासाथै ल्याएको भए उपचार सम्धव थियो तर समय गुजारेर ल्याएका हुनाले अस्पताल आए पनि तीनजनालाई बचाउन सकिएन डा।पौडेलको विश्लेषणमा यसले नेपाली समाजमा गरिवहरुले भोग्नु परेको एउटा दर्दनाक पाटोलाई सार्वजनिक गरेको
चेपाङहरु खान लाउन नै धौ धौ हुने समुदाय हो खान पुग्दो हो जंगली च्याउको भर पर्नु पर्दैन थियो सुगममा बसेको भए विरामी हुनासाथै उपचारका लागि दौडने थिए दुर्गममा बस्नु गरिव हुनुको सजाय भोग्यो बाबुरामको परिवारले दुई दुईवटा ठूला ठूला मेडिकल कलेज उपचारमा नाम कमाएको एउटा सरकारी अस्पताल घरैपिच्छे खुलेका निजी अस्पताल नसर्िङ होम सदरमुकाम भरतपुरमा छन् यसैलाई हेरेर धेरैजनाले चितवन मेडिकल सिटी हो भनेर मख्ख पर्छन् तर जिल्लाकै एउटा गाउँमा उपचारै नपाएर परिवारै विनास भएको घटनाले यी सवैलाई गिज्याएको


Monday, May 31, 2010

चरित्र

चलचित्रमा खेल्ने कलाकारहरु कथामा जस्तो चरित्रमा हुन्छन् वास्तविक जिवनमा कस्ता होलान भन्ने कोतुहल्ता सवैमा रहन्छ नकारात्मक चरित्रमा देखिने कलाकारहरु वास्तविक जीवनमा पनि त्यस्तै होउन भन्ने अपेक्षा राखिदैन तर सकारात्मक चरित्रमा आउने कलाकारहरु विषेश गरेर नायक नायिकाहरुको यथार्थ कथा पनि पर्दामा देखिने जस्तो अनुकरणीय होस भनेर धेरैले ठानेका हुन्छन्
हामीले गरेको आशा उनीहरुबाट पुरा नै भएको भने हुँदैन पर्दाको चरित्रभन्दा बेग्लै उल्टो कथा बोकेका नायकहरु हाम्रो समाजमा छन् हिन्दी सिनमा माइ नेम इज खान हेरेका दर्शकहरुलाई लाग्दो हो सिनेमाको जस्तो कथा नायक शाहरुख खानको वास्तविक जीवनमा पनि या छैन किन भने धेरैलाई थाहा भएको कुरा के हो भने सो सिनेमामा जस्तै शाहरुखको वास्तविक जीवनमा पनि उनकी श्रीमती हिन्दू नै रहेकी छन्
माइ नेम इज खान शाहरुखको पछिल्लो चलचित्र हो चलचित्रमा पनि उनी वास्तविक जीवनमा जस्तो मुस्लिम युवाकै चरित्रमा छन् उनले विवाह गर्छन् एकजना हिन्दु युवतीसँग शाहरुखको वास्तविक जीवन सँगिनी पनि हिन्दु नै हुन् उनको नाम हो गौरी माइ नेम इज खानमा एकातर्फ नायिका काजोल देवी देवताको तस्विर अगाडी उभिएर पूजा गर्छिन भने अर्को तर्फ शाहरुख टाउँको रुमालले छोपेर नवाज पढिरहेका हुन्छन्
सिनेमाको जस्तो यो दृश्य शाहरुखको घरमा होल या नहोला भन्ने प्रश्न उठ्नु स्वभाविक हो हिन्दुमा जस्तो खुकुलो पना मुस्लिम धर्ममा छैन भन्ने लाग्नेहरुलाई पुरषप्रधान मुस्लिम सम्प्रदायमा गएकी गौरी शाहरुखकै मुस्लिम मन्त्रमा भिजेकी होलिन भन्ने ठान्नु अस्वभाविक हुँदैन
माइ नेम इज खान बन्नुभन्दा धेरैअघि तयार भएको शाहरुखको जीवनसँग जोडिएका भिडियो कथाहरुमा यी सवै कोतुहल्तालाई समेटिएको माइ नेम इज खानमा जस्तो शाहरुखको घरमा पनि हिन्दू देवी देवताहरुको पूजा हुँदो रहेछ शाहरुखका बच्च्ाहरु गायन्त्री मन्त्र पढ्न पोख्त भएका रहेछन् उनको घरमा नवाज पनि उत्तिकै श्राद्धाका साथ पढिदो रहेछ
गौरी इस्लाममा विलयी भइनकी भन्ने चिन्ता लागे जस्तो शाहरुख पनि हिन्दु नै बनुन भन्ने अपेक्षा गरेको होइन दुवैले आफ्नो बेग्लै संस्कारलाई कसरी बचाएर राखेका छन् आपसमा कसरी मिलेर बसेका छन् भन्ने उत्सुकता रहेको थियो भिडियो कथाले त्यसलाई पुरा गर्यो जातीय रुपमा असहिसुष्ण बन्दै गरेको नेपाली समाजलाई यो एउटा गतिलो पाठ हुन सक्छ वास्तविक जीवन पनि पर्दाको जस्तै अनुकरणीय देखाएकोमा शाहरुखलाई धन्यवाद

Sunday, May 30, 2010

लिसराको नाममा

उजिर मगर

मयूर टाइम्सकी लिसराको न्वारन गर्ने 'पण्डित' को ब्लग...
०६५ कात्तिक ११ गते हो क्यारे। नागरिक दैनिकलाई एक साथीको नामसारी लिएर काठमाडौं जिल्ला प्रशासनमा दर्ता गरिएको। त्यही साँझ मेसेजको सङ्केत मोबाइलमा बज्यो- 'बधाई छ उजिर, राम्रो नाम दर्ता भएछ 'नागरिक'। मलाई पनि मेरी छोरीको नाम चाहिएको छ। जुराउने तिम्रो जिम्मा।' यसो हेरें- नारायण वाग्लेको मेसेज।
यता हामी नागरिक दैनिकको तयारीमा जुटेका थियौं। उता नारायण दाइहरुले दैनिकीमा अनलाइन सुरु गरिसक्नुभएको थियो। उहाँहरुको उतै चटारो थियो। 'लिसरा राख्नुस दाइ'- मेसेज पठाएँ। 'लिसरा भनेको के हो ?'- प्रश्न आयो मेसेजमार्फत् नै। 'मगर भाषामा फक्रिएको सुन्दर फूल'- मैले उत्तर पठाएँ तत्काल।

'नाम त मन पर्‍यो तर मलाई 'न' बाट चाहिन्छ, सकेसम्म दुई शब्दमा, यो जमनामा लामो नाम उपयुक्त हुँदैन'- थपियो मेसेज। पछि केही दिन शब्द खोजियो, नारायण दाइको छोरीको नाम जुराउन सकिएन। यत्तिकैमा गत चैत २० गते नागरिकन्युजमा चैत २८ गतेदेखि पल्पसा क्याफेका लेखकको मयूर टाइम्स आउने समाचार आयो।

समाचारमा नारायण दाइले 'लिसरा मुख्य पात्र' छिन भनेका रहेछन्। अफिसमा सबैले बधाई दिए। त्यसमा मैले पनि दिएँ। फेरि समाचार पढेर अर्को बधाई दिएँ। कुरा बुझेछन् नारायण दाइले। 'हा...हा... ल उजिर भनेर हात ठ्याप्प पारे, उही चिरपरिचित शैलीमा।'
पराग- 'फूलभित्र हुने सुगन्धी धुलो।' लिसरा मगर भाषा हो। जसको माने 'सुन्दर फक्रिएको फूल हुन्छ।' डा. तीर्थबहादुर श्रेष्ठका अनुसार मयूर 'चराको संसारमा विश्व सुन्दरी मात्र नभई नाचेरसमेत सौन्दर्य प्रदर्शन गर्न सक्ने चरा हो।'
यतिबेला उपन्यास 'मयूर टाइम्स' मा यी दुई पात्रलाई मुख्य बनाइएको छ। लिसरा शब्द बाह्र मगरातमा बोलिने भाषाबाट आएको हो। फेरि लिसरा पुन बनेकी छन्। यसको अर्थ बाह्र मगरातमा पुन मगर प्रायः छैनन्। मधेशबाट जाने कर्मचारीका छोरा-छोरीसँगको सम्बन्ध, लगभग उपन्यासमा मधेशकी पराग यादव उपन्यासका लिसराको जस्तै हुन्छ। पहाडमा कि खस क्षत्री, मगर अनुहारमा काली अनुहारकी पराग मिसिँदा हुने वातावरणको झल्को धेरै पहाडी पाठकलाई अनुभूति हुनेछ।
जनकपुरबाट हिँडेका ओभरसियर मध्य पहाडी कुनै जिल्लामा पुगेको देखिन्छ। पराग बुबासँग त्यहीँ पुगेर एसएलसी सक्छिन्। जुनबेला बालपनमा लिसरा मगर्नीसँगको मितेरी साइनोले उनलाई पहाड झनै रमाइलो लागेको छ। कथा ०६० सालको सेरोफेरोबाट शुरूवात् गरिएको देखिन्छ। मध्य पहाडी क्षेत्रको वातावरण राम्ररी केलाइएको छ। जनआन्दोलन ३ सुरु हुनेबेला पराग काठमाडौंमा झरिसकेकी छन्। लोकतन्त्र आयो। जुन बेला उनका व्वाइफ्रेन्डसँगको केही रोचक सङ्गत। त्यही क्रममा उनी ब्याङ्कमा जागिरे। एकाएक राजधानीबाट जनकपुर मोटरसाइकलमा एक्लै यात्रा गर्ने साहसी पराग।
यतिबेलासम्म लिसरा गुमनाम छिन। पराग घर जाँदाको यात्रा संयोग बनेको छ। परागलाई भौतिक रुपको बाटो बन्द भयो। राजमार्गमा दिनै हुने बन्द। तर, बाटो बन्दले उनको भविष्यको अर्को नयाँ गोरेटो सुरु भएको छ। जो उनले नयाँ संसारमा हाम फालेकी छन्। त्यसपछि लिसरा र परागको काम अघि बढ्छ।
चुरे सकिने, तराई सुरु हुने ठाउँको कल्पना हो मयूरनगर। त्यहीँबाट सुरु भएको छ मयूर टाइम्स। शान्ति प्रक्रियापछि तराईमा देखिएको 'भयतन्त्र'। त्यही नेराघेरामा मोफसलमा पत्रकारिता कसरी गुज्रिरहेको छ भन्ने कथा हो मयूर टाइम्स। पहाडबाट विस्थापित महिमा मिस, फेरि मधेशबाट विस्थापित। महिमा मिसको साडीमा देखिएको बुट्टेदार मयूर, पुतलीप्रति परागको बालपनको सम्बन्ध सुरुदेखि अन्तसम्म।
उपन्यास पढ्नेले तराईमा रहेर मोफसल पत्रकारिता गर्नेले अझै थप अनुभूति सङ्गाल्ने छन्। यतिबेला नेपाल पत्रकार महासङ्घमा रहेका कारण थाहा छ- मधेशको पत्रकारिता कसरी गुज्रिरहेको छ। गत वर्षमात्रै ३ सय १८ जना पत्रकारलाई धम्की आएको थियो। त्यसमध्ये अधिकांश मधेशका थिए। त्यो कुरालाई उपन्यासमा राम्ररी समावेश गरिएको छ। कतिपयले परागलाई उमा सिंहको ठाउँमा राखेर हेरेका छन्। उपन्यासमा त्यो झल्किन्न।
आखाँ चिम्सा, कहिलेकाहीँ झर्किने। लिसरालाई मगर पाराको स्वभाव उपन्यासमा निक्कै झल्काइएको छ। लिसराकी आमा अहिले पहिले जस्तो कर्मचारीलाई महिनावारी खाना खुवाउने पेशा छोडेकी छन्। बुबा बारीमा गान्टे मुला उखल्दैनन्। कतार गए। गर्मीमा उतै देहवसान भयो। लिसरा क्याम्पस पढ्न झरेकी छन्, त्यतै पत्रकार बनिन्।
मयूर चिया पसलकी बूढी आमाको पीडा, सीमा वारपार व्यापार गर्ने समूहको बिगबिगी। खुकुलो सुरक्षा व्यवस्था। प्रहरीलाई राजनीतिक दबाब। छरछिमेकबाटै हुने अपहरण। त्यसलाई गहिरिएर रिपोर्टिङ गर्न नजिक पुग्छिन् पराग। सत्य लेख्छिन् लिसरा। त्यही भएर मयूर टाइम्सको चर्चा छ। तर, अस्वस्थ पत्रकारिता। अर्को डेलीको समाचार लेखाई फरक छ। त्यो प्रकृति हेर्दा कतै वीरगञ्ज वरपरको पत्रकारिता जस्तो देखिन्छ।
मधेशमा कसरी पत्रकारिता गर्ने एउटा साहस दिन्छ मयूर टाइम्सले। तर, व्यवहारमा कसरी जाने, त्यसले के असर पार्छ, उपन्यास बोल्दैन। पराग साहस गरेर घटनाको गहिर्‍याइमा पुग्छिन्, कुरा मनमै रहन्छ, मयूर टाइम्समा आउँदैन। यसमा जवाफ 'सम्बन्धित परिवारको सुरक्षाका कारण' हुनेछ। पत्रकारितामा सबैभन्दा डरलाग्दो 'सेल्फ सेन्सरसीप' हो। पराग त्यसको पात्र बनेकी छन्। हुन त पराग अपहरणमा पर्छिन्। पत्रकारिताबाट हात झिक्दिनन्। त्यो सुखद् पक्ष हो।......
मोफसलका पत्रकार कति लापरबाही गर्छन् भन्ने उदाहरण मयूर टाइम्सको शीर्षकमा देखिएको कमजोरी छापा माध्यमका पत्रकारलाई राम्ररी थाहा छ। जुन कुरा कहिलेकाहीँ 'जोक' हुने गर्छ। कहिलेकाहीँ मोफसलमा पत्रकारबीच हुने जोक छ- भूत स्रोतका अनुसार, त्यहाँ मान्छेलाई तर्साउँछ।नेपालको भूगोल अलि धेरै चाहरेकालाई रिङ्ग्याउँछ मयूर टाइम्सले। लिसरा मध्य पहाडकी हुन भन्नेमा शङ्का छैन। उनी एक्कासि तराईछेउ अर्थात् जनकपुर पुग्ने ४ घन्टावर कसरी आइपुगी मयूरनगर ? लिसराको गाउँमा स्ट्रबेरी हुँदैन। स्ट्रबेरी नुवाकोट वरपर बढी हुन्छ। यसले एक्कासि झसङ्ग बनाउँछ।

परागको गाउँ पुग्न ४ घन्टावर हेटौंडा र वीरगञ्ज वरपर झल्काउँछ। मयूर चिया पसल्नी बूढी यतै मकवानपुरका डाँडाबाट बसाई झरेको भान हुन्छ। एकाएक अहिले जातिवादी नारा घन्किरहेका बेला पत्रकारिता कसरी गर्ने भन्ने प्रश्न मयूर टाइम्सले गम्भीर रूपमा उठाएको छ।
र, अन्तमा लिसरा र परागको पत्रकारिता निरन्तर रहनेछ। मयूरनगर विस्तारै सदभावको नगर भनेर चिनिनेछ। पराग र लिसराको सम्बन्ध सधै उस्तै होस्। नारायण वाग्लेको उपन्यासकी छोरी लिसरा, नाम मैले न्वारन गरिदिएँ। पराग र लिसरा धन्य पत्रकारिता गरिरहू। नारायण दाइले भनेका छन्- प्रिय उजिरलाई लिसराको नाम मेरी छोरीलाई दिन चाह्यौ, मैले पुस्तककी एक मुख्य पात्रको न्वारन गर्न पाएँ, धन्यवादसहित।' नारा..ले २९। १२। २०६६।

Saturday, May 29, 2010

अक्षर विरुद्ध आगो

एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज अनिल शर्मा आफै पनि लेखक हुन् उनले लेखेका सवै कुरा बहुसंख्यक समुदायको हितका लागि हो भन्ने उनलाई लाग्न सक्छ उनले लेखेको मन नपराउने पनि प्रसस्तै हुन सक्छन् मन परेन भनेर उनका अक्षरहरुलाई आगो लगाउने काम भयो भने उनको चित्तले के भन्ला अक्षरको मर्म बुझेका जो कोही पनि अक्षरमा आगो लगाउन अग्रसर हुँदैन अक्षरको अस्तित्व त्यसरी नामेट पार्न सकिन्न भन्ने उसले बुझेको हुन्छ तर तिनै अनिलले सल्काए अक्षरका विरुद्ध आगो
भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक रहस्यमय ढंगले सम्पर्क बिहिन भएपछि अनेक अड्कलहरु चल्न थाले दिन बिते हप्ता बिते डा.भक्तमान कहाँ छन् कस्तो अवस्थामा छन् के भएर यसरी सम्पर्क बिहिन भएका हुन् भन्ने कुराहरु रहस्यमै रहन थाले यस्तो अवस्थामा बारको नागरिकले भक्तमान मओावदीको कब्जामा भन्ने समाचार छाप्यो कब्जामा लिनु पर्ने कारणहरु पनि समाचारमा उल्लेख थिए
एकीकृत नेकपा माओवादी का सह सेक्रेटरी ओवनाथ पाण्डेले फोन गरेर भने मसँग असन्तुष्ट प्रकट गरे समारचार भ्रामक हो यस्तो समाचार छापेकाले पत्रिका जलाउने निर्णय भएको उनले सुनाए पाण्डे कुनै बेलाका सहपाठी पनि हौं उनलाई मैले भने समाचारको असन्तुष्टि यसरी सडकमा पोख्न भएन एकीकृत नेकपा माओवादी जस्तो देश कै ठूलो पार्टीले विधिसम्मत तरिकालाई नपछ्याएर सडकमै आक्रोश पोख्दा पर्ने दुरगामी प्रभावलाई ख्याल राख्नु होला भन्ने आग्रह गरे पनि उनी अडानबाट ओर्लेनन्
भरतपुरको चौविस कोठीमा मध्यन्ह १२ बजे पत्रिका जलाउने निधो भए ठाउँठाउँबाट माओवादीका कार्यकर्ता जम्मा भएका थिए केही साहित्यकारहरु समेत नागरिकलाई सराप्दै अक्षर सल्काउने अनुष्ठानको शोभा बढाउन सहभागि भएका थिए इन्चार्ज अनिल शर्माले पत्रिका जलाउनुको औचित्य सिद्ध गर्न केही बेर शब्दहरु खेर फाले पत्रकारले मनपरि गरॆको हुँदा आफुहरुले पनि साथमा रहेको हतियार निकाल्ने उद्घोष अनिलले गरे अनिलको पार्टीले हतियार उठाएर संघर्ष गरेको हो अहिले हतियार कन्टेनरमा बन्द कन्टेनरबाटै हतियार निकालेर पत्रकार विरुद्ध आउलान भनेर हामीले नठाने पनि माओवादीले निकाल्ने हतियार के होला भनेर सर्वसाधरणले बुझ्ने उनै एसएमसी एलएमजी नै हो
अनिलले त्यस्तो वाक्य नबोलेको भए राम्रो हुन्थ्यो अक्षरका भक्त भए पनि अक्षरमा आगो साल्काउन अग्रसर हुँदा हतियारको ध्वास आइहाल्दो रहेछ उनलाई पनि त्यस्तै भयो पत्रिका जलाउने तयारी हुँदा माओवादीका कार्यकार्तले तालि ठोके पार्टीका सह इन्चार्ज शोभा कट्टेलले दुई किनारमा समातेर पत्रिका झुण्ड्याइन् अनिलले साथमा भएको हतियार ग्याँस लाइटर निकाले शोभाको हातमा पत्रिका झुण्डीको देख्दा मनले ठान्यो कसैलाई फासिको तख्तामा राखिदै जल्लादहरुले व्यक्तिको घाँटीमा फन्दा हाल्ने खुट्टले टेकेको तख्ता तान्ने तयारी गर्दैछन् शोभाले समाएको पत्रिकामा अनिलले आगो झोसे विस्तारै पत्रिकालाई आगोलाई आगोले खायो यसो गहिरिएर हेरेको आगोले खाएको पत्रिकाको अक्षर झनै तेजिला पो देखिए माओवादीको लर्को ठूलै वर्ग दुष्मनलाई निर्मुल गरेझै विजयी भाव लिएर फक्र्यौ
अनिलले नागरिकले माफी नमागे जे पनि हुन सक्ने चेतावनी दिएका थिए त्यो चेतावनीको प्रभाव भोलि पल्ट शनिबारकॊ बिहानीमा देखियो नागरिक बोकेर काठमाडौंबाट आउँदै गरेको गाडीलाई नारायणगढको रामनगर जंगल नजिक रोकेर माओवादीका कार्यकर्ताले आगो लगाए सात वर्षको बालक त्यसका चालकलाई समेत ओर्लने मौका नदिएर उनीहरुले आगो झोसेर दौडिएछन् हिजो अक्षर पोल्न अग्रसर हुनेहरु ज्युदै मान्छे पोल्न लम्केछन् बल्ल बल्ल ज्यान जोगएका चालक किसन श्रेष्ठ उनीसँग रहेका भतिज सात वर्षीय सुदर्शन श्रेष्ठको सातो नै गएको थियो वालक सुदर्शन बोल्न खान छाडेर टोलाउने मात्रै भएका छन्
गाडीमा रहेका धेरै पत्रिका जलेका रहेछन् बाँकी रहेको मध्येबाट एउटा पत्रिका झोलामा राखेर फर्के दिनभर व्यस्त रहेकाले साँझपख पत्रिका हेर्ने मौका मिल्यो पत्रिका अगाडीको किनार आगोले खाएको थियो एक थाकेको शरीर त्यसमाथि पत्रिकाको जलेको अंशले मन भावुक हुँदै थियो त्यसैबेला विदेश पुगेको साथी रामेश्वरको फोन आयो यताको घटनाक्रमसँग जानकार उसले सोध्यो 'रमेश के गर्दैछस् ?" मैले भने "आगोले बाँकी राखेका अक्षरहरु हेर्दै छु" उसले थप्यॊ " साथी आगोले निल्नै सक्दैन अक्षरलाई "

Friday, May 28, 2010

पछार्ने चिन्तन

नेताहरु दुई वर्षमा संविधान लेख्छु भन्ने बाचा गरेर संविधानसभाको सदस्य चुनिएका हुन् भोट माग्ने बेलामा गरेको प्रतिवद्धता पुरा नगरेपछि मतदातासँग माफी माग्नु पर्ने हो तर हिजोको संविधानसभाको बैठकमा यो प्रसंगले प्रवेश नै पाएन तोकिएको समयभन्दा १५ घण्टा ढिला सुरु भएको बैठक संविधानसभाको आयुलाई एक वर्षसम्म लम्ब्याएको तर नेताहरुको उचाइ घटाउँदै ल्याएको
प्रधानमन्त्रीको पद 'छाड" 'छाड्दिन" भन्ने धम्कि धुर्की हिजो अन्तिम अन्तिम समयसम्म पनि कायमै रहेको थियो नेताहरुले संविधान बनाउनभन्दा कुर्चीलाई यस्तो महत्व दिएको हुँदा उनीहरुको कद कटौतीमा परेको हो त्यसो नेपाली नेताहरु कुन चाहि अग्लो कदका थिए तर ऐतिहासिक जिम्मेबारीलाई सफल्ता पूर्वक पुरा गरेको भए उनीहरुको हैसियत पक्का माथि उठ्ने थियो यो अवसर गुमाएका छन् नेताहरुले
कद बढाउने अवसर सदुपयोग नगरेपछि अरुलाई पछारेर आफु अग्लो हुने चाहना केहीमा हुन्छ हो हाम्रा नेताहरुले यसैलाई अनुसरण गरे संविधानसभामा चुनिएर गएपछि एक अर्कालाई न्याकेर पछारेमा मात्रै आफु अग्लो देखिन्छु भन्ने चिन्तनले काम गर्दा उनीहरु झगडामा रुमलिएर समय बर्बाद पारे जिम्मेबारीको पहाड उक्लने कोसिस गर्दै गरेनन् कसैले अरुलाई ठेगान लगाउन सत्ता हडप्ने चाहनामा बस्दा प्रधानमन्त्रीको कुर्ची माग्ने नछाड्ने नेताहरुको बर्बराहट सुनेर समय बिताए सर्वसाधरणले
संविधान समयमा नलेखेपछि संविधानसभाको म्याद थप्ने अन्तिम अन्तिम क्षणसम्ममा पनि नेताहरुले गरेको पदको बर्गेनिङले अबका दिनहरुमा पनि उनीहरुको चाला नसुध्रनॆ प्रष्ट्याएको देश देशवासीको हितका लागि पनि पटक्कै झुक्न नखोज्ने नेताहरुबाट धेरै आशा गर्ने ठाउँ छदैछैन विष्लेषक सीके लालले भने जस्तो कुनै अग्लो कद भएको भए पो झुक्न खोज्दथे हाम्रा नेताहरु जसको कदनै अग्लो छैन झुक्ने कुरै आउँदैन
त्यसैले अरुलाई पछारेर आफ्नो आकार देखाउन खोज्ने नेताहरुले मल्ल युद्ध चलाउदा दर्शक दिर्घामा बसेर पक्ष विपक्षँमा तालि पिट्ने हुटिङ गर्ने काममा हामी लाग्न छाडेमा नेताहरुको जोश सेलाएर जाने उनीहरुलाई चुनौतीको हिमाल उक्लने दिशामा हामीले नै अग्रसर बनाउन सक्छौं आगामी दिना यो अभिभारा हामीबाट पुरा भयो भने मात्रै सुन्न नपर्ला प्रधानमन्त्रीको पद ले दिन्न भन्ने दोहरी सवैमा गणतन्त्र दिवसको हार्दिक शुभकामना अन्तिम अन्तिम समयमा भए पनि नेताहरुले संविधानसभाको म्याद थपेर आशा गर्ने ठाउँ राखिदिए यसका लागि उनीहरुलाई धन्यवाद, हामीलाई बधाई