'जेण्डर'
अनि जेण्डर वायस र जेण्डर इक्वालिटीको व्याख्या आवश्कतामा यो लेख केन्द्रित नभएको पहिल्यै प्रष्ट पार्न चाहन्छु । प्राकृतिक रुपमा मान्छेको पुरुष र महिला भन्ने लिङ्ग हुन्छ । अचेलत अझै तेस्रोलिङ्गी भन्ने अवधारणा पनि आएको छ । कोही कुनै लिङ्गी भएकै आधारमा सवल हुने अनि कोही दुर्वल हुने भन्ने मानसिकता राख्नु हुँदैन । सवै सक्षम र समान छन् भन्ने अवधारणा राखेर बोली र व्यवहारमा पनि त्यो मान्यतालाई आत्मसात गरियो भने जेण्डर इक्वालिटी भनेको मैले बुझे अनुसार यही नै हो । यो प्रतिकुलका काम कुरालाई जेण्डर वायस भनिन्छ होला । यसभन्दा अरु केही हो या थप केही प्रष्ट्याउनु पर्ने आवश्यकता हो भने कोही विज्ञले मलाई सहयोग गर्न सक्नु हुने छ ।हामी यस सभाका सभापति भन्छा भने त्यो जेण्डर वायस झल्कने शब्द हो । पति भनेको पुरुष मात्रै हुन्छ । अनि सभाको मुखिया लोग्ने मान्छे मात्रै हुन सक्छ भन्ने मानसिकताले हामीले सभापति शब्द प्रचलनमा ल्यौं । अब त्यसलाई बदल्नु परेको छ र हामी भन्छौं सभाका अध्यक्ष महोदय । यस्ता अनेक शब्दहरु आएका छन् अचेल । शबद मात्रै हो र कदम कदममा होस पुराउन थालिएको छ । कहि कतै वायस भएको आास नमिलोस हेक्का राख्ने गरिएको छ ।यो चित्र हेरउ त यहाँ तपाइँलाईहरु भगवान राधा र कृष्ण देख्नु हुन्छ । अनि अरु धेरै कुराहरु पनि देख्नु होला म भने जेण्डर इक्वालिटी पनि देख्छु । राधार कृष्णकी प्रेमीका हुन् तर बिहे गर्ने बेलामा कृष्णले मिरालाई गरे । धर्म शास्त्रमा यही वर्णन छ । यो कुरा पनि चटक्क यही छाडौं अहिलेलाई । कृष्णको कुरा चल्द राधाको प्रशंग आइ हाल्छ । अनि कृष्णको तस्विरसँगै राधा उभिएको देखिएकै छ । त्यत्रो महाभारतको युद्धमा कृष्णले अर्जुनको रथ चलाए यो तस्विर पनि देखेकै हो हामीले । तर कृष्णसँगै राधा उभिएको तस्विर धेरै नै छ ।सवै तस्विर अर्थात चित्रहरुमा कृष्णले बाँसुरी बजाएको र राधा कृष्णसँगै उभिएको देखिन्छ । मैले गुगलमा धेरै खोजे प्रयाय यस्तै चित्रहरु छन् । अनि एक दुईवटा चित्रमा राधाले कृष्णको बाँसुरीसम्म समाएको भेटियो । तर गहिरिएर हेरौं त यो चित्र त धेरै भिन्न छ । यहाँ त राधाले कृष्णको समानान्तर उभिएर कृष्णले जस्तै बाँसुरी नै बजाएकी छन् । सामान्यतया महिलाले बाँसुरी बजाएको देखिएको छैन । र बजाउन सक्दै नसक्ने भन्ने त होइन नि । सवै गर्न सक्छन् भने बाँसुरी बजाउनु कुन ठुलो कुरा हो र ।अनि कृष्णले बाँसुरी बजाएर राधा मन्त्रमुग्ध भइ आड लगाएको चित्र मात्रै किन हेर्ने । कृष्णकै हाराहारीमा उभिएर उनले पनि बाँसुरी बजाएको चित्र बनाएर के बिग्रन्छ र । बिग्रने होइन बरु सन्देश नै जान्छ । जेण्डर इक्वालिटीको भावानालाई फैलाउन बल दिन्छ । यही उद्देश्यले यो चित्र तयार पारेको हो या होइन त्यो भने मलाई थाहा छैन । तर चित्र हेर्दा यसै गर्न खोजेको झै लाग्छ । तपाइँलाई
के लाग्यो कुन्नी ?
'हाम्रो घरको धुरीमाथि हवाइ जहाज उठ्छ । हाम्लाई पिर गिठा भ्याकुर कता तिर जुट्छ ।साँझ बिहान हिउँद र वर्खा कस्ले बुझ्छ चेपाङको पिर मर्का ।'
चितवन लगायत मकवानपुरधादिङ र गोरखाको विकट पहाडी क्षेत्रमा बस्ने नेपालका आदिवासी चेपाङको अवस्था यो गीतभन्दा फरक छैन । कष्टर जिवन बिताउँदै आएका चेपाङ समुदायका अगुवालाई अचेल नयाँ खाले पिरले पनि सताउने गरेको छ । चेपाङको युवा पुस्ता आफ्नो संस्कार र संस्कॄतिबाट टाढा हुँदै गएको अनुभूति उनीहरुलाई छ ।चेपाङको वस्तीमा छोनाममा ढ्याङग्रो बज्ने क्रम घट्न थालेको छ । सामुहिक रुपमा पुजा गर्ने भुँयरथान भेटिन मुस्कील छ । वायु पुज्ने चलन एकादेशको कथा बन्दै छ । '
हामी विपन्न होउँला तर कला संस्कृति र संस्कार त हाम्रा पनि प्रसस्तै छन् नि'
चेपाङ अगुवा यमन चेपाङ भन्छन् । उनै यमनले यस पटक गाउँगाउँमा चेपाङको संस्कार र संस्कृति सम्झाउने अभियानको अगुवाइ गरे ।
चितवनका ३६ गाविस मध्ये नौवटा पहाडी गाविस चेपाङ बहुल्य क्षेत्र हो । ति गाविसमा चेपाङहरुको साँस्कृतिक टोली १० दिनसम्म डुल्यो । '
दुःख पिर अनि माया पिरतीको गीत सुनायौं हाम्रा रितिथिति के के हुन नाटकका माध्यमबाट त्यो पनि बतायौं । अनि हाम्रा संस्कार हाम्रा अमुल्य सम्पत्ति हुन तिनलाई भुल्नु हुँदैन भन्ने संदेश दियौं'
कलाकार रविन चेपाङले भने ।चेपाङको मुख्य चाड छोनाम अर्थात न्वागी हो । खेतबारीमा फलेको नयाँ अन्न फलफुल त्यस दिन आफ्ना पुर्खालाई चढाएर मात्रै चेपाङले खाने गर्छन् । झाँकि्रको भेषमा रहने चेपाङको पुरोहित अर्थात पान्देले मन्त्र उच्चारण गर्दै अन्नहरु पिता पुर्खालाई चढाउने गर्छन् । नयाँ पुस्ता पान्दे भनेको के हो थाहा नै नपाउने भएका छन् । कसैले त पान्देलाई पाण्डे भनेर गलत उच्चारण गर्छन् ।'
हाम्रा संस्कार र शब्द के हुन तिनको महत्व के हो नाटक र साँस्कृतिक कार्यक्रमबाट ति कुरा जनमानसमा राख्ने काम गर् यौ'
नेपाल चेपाङ संघका केन्द्रीय महासचिव समेत रहेका यमनले सुनाए । नयाँ नेपालमा जनजातिको आत्म सम्मानलाई कायम राख्न पनि संस्कार र संस्कृति जोगाउन आवश्यक रहेको उनले बताए ।
आफ्नो उमेर बताउँने उनको तरिका रोचक नै थियो । रोकिदै बोल्दै उनले सुनाइन् '
९० सालको भुकम्प जाँदा म १० वर्षकी थिएँ ।'
अगाडी भनिन् '
अब म ९० कि हुन मात्रै तीन वर्ष बाँकी छ ।'
मात्रै १० की हुँदा प्रकृतिको भुकम्पको भयङ्कर ताण्डब देखेकी ८७ वर्षीया धर्मकुमारी भट्टराईले यो लामो जिवनमा अरु खाले झट्काहरु पनि पटक पटक बेहोरेकी छन् । सम्बन्ध जुट्नुको खुसी क्षणिक छ । बिछोडका पिडाहरु छाती भरी छन् ।नाम र उमेर लगत्तै उनले आफ्नो अवस्था बारेर थप भनिन् '
म बाल विधवा ।'
त्यसै त रोकिएर कुरा गर्ने धर्मकुमारीको बोल्ने गति झनै धिमा भयो । देवघाटधाममा तीनवटा बृद्धाश्रम छन् । जसमध्येको एउटा हो रोटरी करुणालय बृद्धाश्रम । सोही आश्रमा तीन वर्षदेखि बस्दै आएकी छन् धर्मकुमारी । त्योभन्दा अघि उनी वनारसमा थिइन् । बाबुआमाले उनलाई परदेशीको जिम्मा लगाएर बनारस पठाएका हुन् । सिन्धुलीमा जन्मेकी धर्मकुमारीको सुरुको थर हो खतिवडा । बनारस गएपछि उनी भइन् भट्टराई ।सिन्धुली छाड्दा उनी जम्मा १२ वर्षकी थिइन् । आमाबाबुले ३० वर्षको परदेशीसँग जिम्मा लगाए । जिम्मा लगाए भनेको बिहे गरेर अन्माइदिए । ३० वर्ष पाका भट्टराईले त्यसअघि पनि दुई विहे गरेका रहेछन् उनी परिछन् तेस्री । तर भट्टराईसँगको साथ तीन वर्ष पनि टिकेनछ । विहे गरेर बनारस पुगेपछि एक वर्ष उनी त्यही बसिन् । एक वर्षपछि माइत सिन्धुली आइन् । माइतमा पनि उनले पुरै एक वर्ष बिताइन् ।माइतबाट फर्केर गएको छ महिना भएको थिएन श्रीमान ज्वरोले थलिए । आठ दिनसम्म ज्वरो निको भएन । त्यही ज्वरोले भट्टराई बाजेलाई लग्यो । सानैमा बिहे भयो । बिहे भएको अढाइ वर्ष पनि बित्दा नबित्दै श्रीमान बिते । बिछोडको यो नयाँ चोटले पुरानो घाउ पनि बल्झायो । उनका पिता पनि बालखैमा बितेका रहेछन् । बाबुकोत अनुहार पनि सम्झन गाह्रो पर्छ भन्छिन् धर्मकुमारी । जन्मेको सानै उमेरमा पिता गुमाइन् । जिवनभर साथ दिने पति पनि चाडै चितामा जलेको देखिन् । एकपछि अर्को बर्जपात भयो उनीमाथि ।कुरा यत्तिमा खत्तम हुँदैन । पति बितेको चानचुन १० वर्षपछि उनलाई जन्म दिएकी आमाले पनि संसार छाडिन् । साथ दिनेहरु धमाधम जान थाले । सम्पत्ति पनि नभएको होइन तर त्यसले पनि झनै चाडो डेरा सरेको देखिन धर्मकुमारीले । बनारसमा उनको ३० बिघा जमिन थियो । तर श्रीमानको मृत्युपछि मुद्दा मामिलाको झमेला सुरु भयो । आफ्नो भनेको सम्पत्ति सवै अरुको भएको नमिठो क्षण पनि उनले आफ्नो छातीमा संगालेकी छन् । यता माइतीमा आमा बितिन् भएको एउटा भाइ पनि बाचेनन् । सात दिदी बहिनीमा साइली दिदीका सन्तान मात्रै यो धर्तीमा उनका आफन्त हुन् । कहिले काही उनीहरु भेट्न आउँदा उनलाई बल्ल यो संसार केही उज्यालो लाग्दो रहेछ ।
अनि बनारसमै उनी लामो समयसम्म पाटीमा बसिन् । घुम्दै फिर्दै देवघाट आएका बेलामा यतै अडिइन् । उनी बसेको आश्रमलाई दाहिने पारेर दिनको चारपाँचवटा लर्को तल नदी किनार तर्फ झर्ने गर्छ । जिवन सकिएपछि नदी किनारमा जलाउन लाश बोकेर ल्याएका मलामीको लर्को हो त्यो । परेपछि जलाउन ल्याउने ठाउँको नजिकै आइ पुगिएछ भन्ने लाग्छ अचेल धर्मकुमारीलाई । त्यसैले जिवनमा कहाँदेखि कहाँ पुगे पनि अहिले आएर बसेको ठाउँ आफ्ना लागि उपयुक्त भएको उनको ठम्म्याइ छ ।'
मरेपछि त्यसै मिल्कन नपर्ला । किन भने गंगाजी नजिकै रहिछिन् । जस्ले पनि त्यहाँसम्म लगेर सेलाउलान नि'
उनी ढुक्क छिन् । मर्ने बेलामा सजिलै प्राण जाओस भनेर उनले दिनरात भगवान पुकारेकी छन् । भगवानले धेरै पुकार नसुने पनि जिवनको अन्तिम चरणको यो अपिल सुनिदिए हुन्थ्यो भन्ने उनको इच्छा छ । दुःख र विछोडले भरीएको धर्मकुमारीको जिवनले के देखाउँछ भने मान्छे एक्लै किन नहोस तर उ लामो यात्रा हिड्न सक्दो रहेछ । अनि दुःखले जति थिचे पनि पुरा जिवन जिउँन पाउँदो रहेछ । कालो बादलमा चाँदीको घेरा भने झै उनको भोगाइले अरुलाई भने आशावादी बनाउन सक्छ ।
नारायणगढ मुग्लिन सडक खण्डबाट त्यस्तै १५ मिनेट पर छ उनको घर । राजमार्गबाट घरसम्म पुग्न ठाडै उकालो पैदल जानु पर्छ । गाउँ भने पनि घरहरु छपक्कै छैनन् । साना साना थुम्काहरु छरिएर रहेका छन् । एउटा थुम्कामा त्यस्तै दुई चार घर अटाएका छन् । त्यही एउटा थुम्कोमा रहेको छ मानबहादुर चेपाङको घर । घर सानो छ परिवार भने सानो भन्न मिल्ने खालको छैन । चार बहिनी छोरी दुई भाइ छोरा समेत गर्दा परिवार संख्या आठ पुग्छ । तर अहिले साथमा धेरै छैनन् ।तीनजना छोरीको बिहे भइसक्यो । जेठो छोरो २० वर्षको छ । तर उ अहिले घरमा भने छैन । छोरो कमाउन दिल्ली गएको छ । घरमा जेठी बुहारी काखमा नाती लिएर बसेकी छन् । कान्छी छोरी र १० वर्षको कान्छो छोरो पनि साथमै छन् । अनि खरले छाएको सानो बुकुरोको आँगन पाँच हातको मात्रै छ । पिढी डेढ हातपछि ढुंगाको गाह्रोले थुनेको घरको भित्री भाग त्यस्तै पाँच हात चौडा र सात हात लम्बाइको होला ।उनकी जेठी छोरीले भर्खर सुनाएको एउटा खवरले मानबहादुर तीन छक परेका छन् । छोरीले उनलाई भनिछन 'बा भरपुरमा एक हात जग्गाको एक लाख पर्छ ।' ओ हो यो सुनेपछि मानबहादुर मन मनै गम खाने भएका छन् । उनको बारी पाखो भिरालो छ । अन्नामा मकैसम्म फल्छ अरु उम्रन गाह्रो पर्छ । मैसमले साथ दिए ६०,
७० डोका मकै भित्रन्छ घरमा । गएको पटक खडेरीले खायो जम्मा २० डोका मकै घरमा ल्याए उनले ।यति मकै फल्ने बारी भने निकै लमतन्न भएर पर परसम्म फैलिएको छ । डाडाक पुरै एउटो पाखो उनको हो । अनि उनले गमै मैले यो पाखो सवै बेचेँ भने कति पर्ला । चलेको मुल्यबाट उनले हिसाव लगाए छन् पुरै जग्गाको ५० हजार रुपैयाँ पाउन पनि मुस्किल हुँदो रहेछ । अनि त्यो भरतपुरमा जाबो एक हात जग्गाकै एक लाख पर्ने उनी चित खाएका छन् । त्यो भरतपुर उनको घर देखि कति टाढा हो र । पाँच मिनेट ओरालो झरेपछि गाडी चढ्ने बाटो भेटिन्छ । गाडीमा चढेपछि ढिलोमा एक घण्टामा भरतपुर झरिन्छ ।ठाउँ त टाढा होइन तर भरतपुर र आफु बस्ने चण्डिभाज्याङ गाविसको वडा नं। ६ मा पर्ने कालिखोलको पाखोबीच मुल्यमा किन यस्तो अन्तर होला मानबहादुरको मन भित्र धेरै पटक यी कुराहरु खेल्ने गर्छ । हामी चेपाङ बस्ने गाउँलाई अरुले नगनेको हो ला नि । मानबहादुरलाई कता कता यस्तो पनि लाग्ने गर्छ । चेपाङहरु नेपालका अल्प संख्यक आदिवासी हुन् । उनीहरु सुधो जाती हुन् भन्ने गरिन्छ । चेपाङ बस्नाले काली खोलालाई यति हेला अर्घेलो गरेको हो त मानबहादुरलाई यसो भन्न पनि मन लाग्दो रहेछ ।
गाउँमा गत वर्ष बिजुली पुगेको छ । मानबहादुरको घर भएको थुम्कोको दायाँबायाँ दुवै तर्फबाट विजुलीको तार अरु थुम्को तर्फ लागेको छ । मानबहादुरको दौलोमा भने मिटर बाक्सा झुण्डीएको छैन । एक बित्ता चौडा र एक हात लामो मिटर बाक्सा १२ सय रुपैयाँ तिरेपछि बल्ल दौलोको सिरानमा बस्दो रहेछ । त्यो १२ सय कताबाट ल्याएर बिजुली अफिसका हाकिमहरुलाई दिने मानबहादुरको समस्या यही हो ।छोरो दिल्ली गएको डेढ वर्ष भयो । ५० हजार नकमाइ नफर्कने भन्छरे । अब त्यो ५० हजार कुन जुगमा कमाउने हो । अस्ती भर्खर फोनमा छोराले यसै भने छ । मोबाइल अचेल धेरैको हातमा छ । मानबहादुरसँग् त्यो पनि छैन । छोरोको ससुरालीमा मोवाइल फोन रहेछ । कहिले काही संधी उनको घरसम्म आएका बेलामा छोराले बात गर्छ । धेरै कुरा पनि हुन पाउँदैन रे लौ पैसा सकियो भन्दै हत्तन पत्त फोन काटिदिन्छ भन्छन् मानबहादुर ।गाउँमा ३० घर छन् विजुली १० वटा घरमा पनि छैनन् । फोन त झन् दुईचारजनाको हातमा मात्रै छ । एक घण्टा परेको भरतपुर र आफ्नो गाउँबीच यस्तै कुराले ठुलो खाडल पारेका हुने कि भन्ने उनलाई लाग्दो रहेछ । यो खाडल कस्ले कसरी पुर्ने हो यो बारेमा भने उनलाई केही थाहा छैन ।
हिजो फागुन ५ गते रंगहरुको पर्व फागु पुर्णिमा परेको थियो । नेपाल पत्रकार महासंघमा बिहान ११ बजे भेला भएर होली खेल्न सुरु गरेको साँझ पाँच बजेसम्म व्यस्त भइयो । हिजोको होली निकै रमाइलो र उमंगसँग खेलीयो । अबिर मात्रै प्रयोग गरेको हुँनाले अन्य केही समस्या देखिएन । नभए टाउँको दुखेर हैरानै हुन्थ्यो । यस पटक त्यस्तो केही भएन । साँझ पख चन्द्रमा कुरेर बसियो । आकाश धुलोले घेरीएको थियो । चन्द्रमा धमिकलो देखियो । चन्द्रमा किन हेरेको भने हिजो पृथ्वीको निकै नजिक आउने भएकाले चम्किलो र ठुलो देखिन्छ भनेर हो । तर आकास सझा नभएकाले चन्द्रमाको तेजै कम थियो । अब ठुलो हो कि सानो हो यो आँखाले त्यत्ति फरक थाहा पाएन ।चन्द्रमाको दर्शनपछि हिजो कि्रकेट हेरियो टिभीमा । एक दिवसीय कि्रकेटको हिजो साँझको अष्ट्रेलिया र पाकिस्तानको खेल हेर्नु पर्ने खालको थियो । अष्ट्रेलियाले लगातार विश्व कप जित्दै आएको मात्रै होइन विश्व कपमा खेलिने ३४ वटा गेम लगातार जित्दै आएको पनि छ । अनि पाकिस्तान अघिल्लो विश्व कपमा निकै खराव प्रदर्शन गरेको टोली । यो पटक विश्व कपअघि उसका राम्रा केही खेलाडीहरु खेलमिलिमतोको आरोपमा परेपछि खेल्नै नपाउने भए । निकै समस्यामा रहेको पाकिस्तानले यस पटकको विश्व कपमा भने आश्चर्यजनक नतिजा पस्कदै आएको छ । त्यसैले हिजोको खेल हेरौं न भन्ने खालको थियो ।आहा पाकिस्तानले गज्जब नै गरो । कि्रकेटको विश्व बादशाह अष्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो तर पाकिस्तानी बलरहरुले उसको धज्जि उडाए । त्यस्तो राम्रो टिम अष्टे्रलिया जम्मा १७६ रन मात्रै बनाउन सक्यो । अब ब्याटिङ गर्ने पालो पाकिस्तानको । अष्ट्रेलियाले दिएको चुनौती निकै सानो हो । तर पाकिस्तानी ब्याट्सम्यान भरपर्दा कहाँ छन र मैदानबाट धमाधम फर्केर चुनौतीको त्यो सानो थुम्को पनि चढ्न नसक्ने हुन् कि भन्ने आशंका मनभरी छ । पाकिस्तानी ब्याट्स म्यानले सुरुवात पनि त्यस्तै गरे । २० रन नपुराउँदै पहिलो ब्याट्सम्यान आउट भए ।सय रन नपुग्दै अर्का पनि गए मैदान बाहिर । लै बर्बाद त हुने हैन ढुकढुकी बढ्न थाल्यो । तर दईजनापछि चारजना हुन केही बेर लाग्यो । तर चारजनापछि छजना ब्याट्स म्यान आउट हुन धेरै समय लागेन । लौ है खेल जे पनि हुन सक्छ । अष्ट्रेलिया न हो धुलो चटाउने भयो आफुले खडागरेको रनको लक्ष्य नाघ्न पाकिस्तानलाई नदिने भयो भन्ने लाग्यो । तर छपछि पाकिस्तानीहरु सम्हालिन थाले । बल निकै बाँकी थियो रन १४ मात्रै लिने हो भने पाकिस्नातले जित्ने भयो । पाकिस्तानले फेरि एक रन लियो । जित्नका लागि चाहिने आँका घट्दै अयो । १२ भयो अब दुई छक्का लगाए हुने भयो । अनि चौका छक्का हान्ने ताकमा धमाधम ब्याट्सम्यानहरु आउट भएमुखैमा आएको गास फुत्किन सक्थ्यो । स्वस्थानी कथामा शाली नदीमा खसेकी एकजना पात्रको हातबाट सबै फुत्के झै ।१२ रनबाट जित्न आवश्यक रन आठमा झरो । दुइृ चौका हानिदिए खेल खत्तम । अनि सातबाट छमा खुम्चियो आवश्यक रन । अनि त्यत्ति नै बेला बत्ती गयो फ्याट्ट । लोडसेडिङ राती १० बजे जानु थियो गयो । कि्रकेट टुङ्गिन लाग्यो भनेर रोकिने होइन केरे बिजुली । लै खत्तम । एक मनले त भनेको थियो खेल पाकिस्तानले जित्छ । खेल्न कै लागि चारजना ब्याट्स म्यान बाँकी नै छन् अनि खेल्ने ओभर पनि झन् धेरै छ यस्तो गेम त पाकिस्तानको हातबाट कसै गरे पनि फुत्किने छैन । तर कि्रकेट साह्रै अनिश्ति खेल हो रे । अन्तिम बल नसिकदासम्म जित हार के हुन्छ छुट्टाउन सकिदैन रे । अब सात रन बाँकी रहदै बत्ती गयो क्या फसाद ।विश्व कप र विश्व कपका सवै खेल लगातार जित्दै आएको अष्ट्रेलियाले गेम आफ्नो पक्षमा जसरी पनि पार्छ यो सम्भावना पनि जिउँका त्यु छ । हैन चक्मा दिन्छ पाकिस्तानले मनले यसो पनि भन्छ । तर बत्ती गएकाले के हुने हो चाडो थाहा नपाइने भयो । १० बजेसम्म गेमको टुंगो नलागेकाले तत्काल एफएमबाट पनि केही थाहा नपाइने भयो । अनि दिउँसो होली खेल्दाको थकाइ यसो पल्टेको निद्रा आइहाले छ । बिहान पनि चाडो उठ्न सकिएन । कायाकैरन भन्दा पहिलाका रेडियो बुलेटिन सुन्ने सकिन । छ बजे बत्ती आउँछ भनेर बसियो खेलमा के भयो टिभी हेरेर थाहा पाइ हालिन्थ्यो । तर आउनु पर्ने समयमा बत्ती आएन ।कायाकैरन सुन्न रेडियो खोलेको मुख्य खवर गइसकेछ खेल खबर आउन अलि समय लाग्छ लौै फसाद यहाँ पनि । लै अब कम्प्युटर नखोली भएन । युपीएसले धानेको कम्प्युटरले साथ नदिन पनि सक्छ तर मनमा औडाहा चलेकाले जे होला होला भनेर कम्प्युटर अन गरे । कम्प्युटर खुल्यो । नेट चल्यो । अनि फ्याट्ट त्यही बेलामा बत्ती पनि आयो । नेटमा कान्तिपुरको इ पेपर खोलेको पहिलो आँखा पहिलो पेजमै पर्ने नै भयो त्यसपछि स्वाट्ट खेल पेज खोलियो । त्यत्रो उथल पुथल पुर्ण खेलको नतिजा हेड लाइन मै आउला भन्ने आशा थियो तर हेडलाइन तर बंगलादेश र दक्षिणअपि्रुका विरुद्धको झुर खेलको पो बनेको छ त । जुन खेल दिउँसै सकिएको थियो । पाकिस्तान र अष्टेलियाबीचको खेलको एउटा फोटो समाचारको बिचमा त छ तर फोटोको क्याप्सनमा खेलको नतिजा के भएको हो उल्लेख छैन ।समाचारको बीचमा सब हेड राखेर बल्लपाकिस्तान र अष्ट्रेलिया बीचको खेलको करा बर्णन गरिएको रहेछ । त्यो विवरण फेला पार्न सानै भए पनि कसरत नै गर्नु परो । अनुमान गरे जस्तो खेल पाकिस्तानले नै जिते छ । पाकिस्तानले अचम्मै गरो । अष्ट्रेलियाले हिजो खत्तम नै गरो । यस्तो पनि गर्ने हो हिजो उसका समर्थकहरु यसो भन्दै थकथकाइ रहेका होलान । अनि जावो सात रन बाँकी रहदा विजुली काट्ने नेपाल विद्युत प्राधिकरणले समयमा भने बिजुली नदिएर यस्तो के गरेको होला भन्नु परो मैले । अनि अष्ट्रेलिया र पाकितानबीचको खेलको समाचार हेडलाइन बनेको भए राम्रो हुने थियो भनेर मैले राखेको आशा नराम्रो हो र ?
र अन्तयमा यसमा राखिएको तस्बिर पत्रकार विनोदबाबु रिजालको फेसबुकबाट झिकिएको हो । लेख र फोटोका बीचमा कुनै तालमेल र सम्बन्ध छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनको आडैमा रहेको अधिवक्ता फूलमाया रानाभाटको ल फर्ममा माघ ७ गते दिउँसो भीडभाड थियो । श्रीमानसँग कानुनी रुपमै सम्बन्ध तोड्न चाहने एक युवती सो ल फर्ममा गएर सरसल्लाह गर्दै थिइन् । उनी त्यहाँ छिन् भन्ने पत्तो पाएर आक्रोश पोख्न तम्सेकी अर्की युवतीलाई रोक्न दौडेका महिला प्रहरीहरुलाई पछ्याएका रमितेहरु त्यहाँ रोकिएका थिए ।आक्रोशित युवतीबाट जोगिन सम्बन्ध विच्छेद गर्न चाहने युवतीलाई गाह्रै परेको थियो । उनी ल फर्मको भित्रपट्टि रहेको सुरक्षित कोठातर्फ सर्नु पर् यो । केही समयपछि महिला प्रहरीले आफ्नो घेराभित्र राखेर युवतीलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छिराए । हल्का नीलॊ रङ्गको टाइट जिन्स पाइन्टमाथि सेतो ज्याकेट लगाएकी युवतीलाई यस्तो आपत् आइलागेको हो ।'
धनं बचियो ’
दाहिने खुट्टा देब्रेमाथि खप्ट्याएर घुँडामा दहिने हात राखेर सो हातको औंलाले तल्लो ओठ चलाइरहेकी उनले महिला सेलको कोठाभित्र बसेर यस्तै सोचेझंै लाग्दथ्यो । उनी बसेको ठाउँमा प्रहरी कोही थिएनन् । अर्को कोठामा सबै जम्मा भएर एउटा उजुरीमाथि विचार विमर्श गरिरहेका थिए ।प्रहरी नभएको ठाउँमा एक्कासी छिरेको अपरिचितलाई देख्दा उनका आँखा केही शसंकित र चनाखा भए । उनी आत्तिएको छनक पाइयो । प्रहरीको कोठामा नभएको भए उनी चिच्याएरै '
किन आएको यहाँ को हौ तिमीहरु ’
भन्ने मुद्रामा थिइन् त्यति बेला । जो भए पनि हामी विरोधी होइनौं भन्ने संकेत पाएपछि उनी केही ढुक्क देखिइन् ।'
दिभोस्र गर्न पाउनु मेरो अधिकार हो मेरो स्वतन्त्रता हो । मैले यसो गर्न खोज्दा बेकारमा उनीहरु मप्रति खनिएका छन्’
कुरोको चुरो खोतल्ने क्रमकॊ सुरुवात यसरी भयो । अनि किन गर्नु पर् यो त डिभोस्र उनी कारण सुनाउन अग्रसर भइन् । '
सानैमा गरेको गल्ती सुधार्न १४ वर्षकी हुँदा बिहे गरेको अहिले गल्ती गरंे भन्ने लाग्यो त्यसैले ।’
बिहे गरेको अहिले आठ वर्ष भएछ ।उनले जेलाई गलत गरेँ भनिरहेकी थिइन् त्यो काम यस प्रकारको थियो । उनी कक्षा सातमा पढ्दा नौंमा पढ्ने किशोर मन परेछ । माया प्रेम यति झाङगिए छ कि किशोर १० मा र उनी आठ कक्षामा पुगेकै बेलामा बिहे नगरी नहुने अवस्था सिर्जना भएछ । बिहे गरेको एक वर्षभित्रै छोरीको जन्म भएछ । यहाँसम्मको उनको भनाइ प्रेमकथा भएको सुपरहिट सिनेमाको झैं छ । नराम्रो कहिलेबाट भयो त कुरो बिगि्रए रहेछ आजभन्दा तीन वर्षअघिबाट । भएछ के भने सानैमा बिहे गरेर पाँच वर्ष सँगै बिताएपछि परिवाररुपी डुंगा आर्थिक अभावको भवसागरमा परेर लड्खडाउन थालेछ । त्यसबाट पार पाउने उद्देश्यले किशोर लागे मलेसियामा काम गर्न । '
मलेसिया लागेपछि बल्ल थाहा पाएँ उसको असली चाला’
युवतीको भोल्युम अलि खुल्यो ।'
उता गएपछि तीन वर्षमा जम्मा २० हजार रुपियाँ पनि पठाएन उसका बाबु आमाले मलाई देख्नै नसक्ने पैसा भने उनैलाई पठाउने । यस्तो भएपछि किनसँगै बस्ने ’
युवतीले एकै सासमा धेरै कुरा राखिन् । कुरकुरे बैंशमा लगाएको पिरतीलाई टुङ्ग्याउने निचोडमा पुग्नुको कारण यस्तो पो रहेछ । युवक मलेसियाबाट आएको मेसो पारेर उनले काम फत्ते गर्न लागेकी ।उनी धेरै बोल्न चाहिररहेकी थिइनन् । त्यसैल अब हामी डिभोस्र गर्न खोज्ने उनीमाथि आक्रोश पोखिरहेकी युवतीतर्फ मोडियौं । प्रहरीले रोकेकाले उनी गेट बाहिरै थिइन् । '
जान्छु भन्नेलाई किन रोक्न खोजेको ’
उनीसामुन्ने पुगेर महिला सेलमा सुनेका कुरालाई क्रस चेक गर्न थालियो । हाम्रो यस्तो प्रश्नले युवतीको क्रोधको पारो झन् उक्लियो । '
त्यसलाई रोक्न लागॆको हुँदै होइन । भेट्टाएमा भुतालेर मार्न खोजेको’
रणचण्डीको झलक आयो उनमा ।आखिर उनी किन यस्तो आक्रोशित अधिवक्ता धर्मराज आचार्यको ल फर्म अगाडिको बेाचमा बसेर उनको कुरा सुन्ने कोसिस गर् यौं । उनको भनाइले आक्रोशको मात्रा चुलिनु अस्वभाविक देखाएन । तर रिसलाई कावुमा राख्नै पर्छ भन्ने सुझाव हामीले पनि दह्रोसँग दियौं ।'
यो केटी मेरो साख्खै मामाकी बुहारी । छोराले सानैमा बिहे गरेर ल्याएको हुनाले उसलाई मामा माइजूले बुहारीभन्दा पनि छोरी नै ठान्नु भयो’
अब महिला सेलमा सुनेको र यहाँ सुन्दै गरेको कुरा बाझ्न थाल्यो । '
हामी ठकुरी भाइले बाहुनी केटी ल्यायो । उसका मइतीले चित्त नपराएर छ महिनासम्म प्रहरीमा धाउने बनाए तैपनि मामा रिसाउनु भएन’
युवतीले बेलीबिस्तार लगाइन् । उनले थपिन् '
कुकुरालाई ध्यू नपचेको ।’
'
मामा र हाम्रो घरको आँगन जोडिएको छ’
उनले सबैकुराको जानकारी यो कारणले राखेकी रहिछन् । हामीलाई लाग्यो त्यसै भएर होला अहिले उनी बढी अक्रोशित भएको तर मुख्य कारण त झनै गम्भीर रहेछ । युवतीले सुनाएको झसंग हुने कुरा यस्तो थियो '
लोग्ने मलेसिया लागेपछि ऊ त मेरो आफ्नै भाइसँग पल्किछ । यो अब मेरो भाइसँग आउन ठीक्क परेकी छे ।’
'मामाकी बुहारीलाई म आफ्नो बुहारी भएको कसरी हेर्ने ’ उनको बोली रोकिएन । '
ऊ मेरो भाइसँग आएपछि मामा र हाम्रो घरको अहिलेसम्मको सुमधुर सम्बन्धमा बिराम लाग्छ । मामा या हामी अथवा दुवै परिवारले गाउँ छाड्नै पर्छ ।’
युवतीको चिन्ता थियो-'
उसले त रोजेको पोइ पाउली तर हामीले इज्जत नातासम्बन्ध र बस्दै आएको गाउँनै गुमाउनु पर्ने भयो ।’
बसेको बेाचबाटै जुरुक्कै उठेर हामीतर्फ चोर औंलो देखाउदै युवती कुर्लिन- 'बरु त्यसलाई लुछेर मारिदिएँ भने सबै कुरा रोकिन्छ । म जेल परौंला अरुले त केही दुःख पाउँदैनन् । आखिर अहिले आए पनि दुई चार वर्षपछि त्यसले मेरो भाइलाई छाड्ने नै छे ।’ आफ्नै पारामा बर्बराउँदै युवती हामीबाट छुट्टिइन् । जिल्ला प्रहरी कार्यालय चितवनको गेट नजिकै उभिएको छ एउटा युवक । न मोटो न दुब्लो जुङगा पनि पातलै छ । चाहेमा भनेजस्ती युवती भित्र्याउन उसलाई कुनै मुस्किल छैन । तर ऊ बिहे या माया प्रेमका कुरा सुन्नै नचाहने भएको छ । युवतीले डिभोस्र गर्न चाहेको युवक ऊ नै हो । डिभोस्र र त्यसपछि आउने नयाँ परिस्थितिले उसको मुटु हल्लाएको छ ।'
कमी उमेरमा बिहे गरे पनि मायामा कमी नहोस् भन्ने भरपुर ख्याल गरेकै थिएँ । ऊ त फुपूको छोरोसँग पो लागिछ बुद्धि पनि कस्तो हो कुन्नि’ बाहिर-बाहिर हाँसे जस्तो गरेर युवकले ब्यथा पोखे । विदेशको कमाइ दिएनौ रे नि यो सुनेपछि उनले आश्चर्य मानेझै गरेर भने '
त्यस्तो हुँदै होइन । तीन वर्षमा मलेसियामा अढाई लाख रुपियाँ बचाएँ होला दुई लाख त उसैलाई पठाएको हूँ ।’मायामा खोट लाग्यो इज्जतको धज्जी उड्ने बाला छ । विदेशमा पसिना बगाएर कमाएको पैसाको हिसाबै हरायो । परिवारका लागि भनेर विदेिसंदा श्रीमती त फुत्किने पक्का छ भनॆ मायाको निसानी छोरीसमेत गुमाउनु पर्दैछ । वैदेशिक रोजगारसँग जोडिएको यस्तो नमीठो खवर कमै सुनिन्छन् । हाम्रो कामना थियो यस्तो घटना प्रवृत्ति नभएर अपवाद मात्रै बनोस् ।तर कामना गरेअनुसार भएन । त्यसको भोलिपल्टै यस्तै प्रकृतिको अर्को घटनासँग सामना भयो । माघ ८ गते अघिल्लो दिनकैे आसपासको समयमा अधिवक्ता उद्धव लोहनीको ल फर्ममा सुन्नु पर् यो त्यस्तै कथा । लोहनीको फर्ममा निवेदन लेखाउन छिरेका रहेछन् पूर्वी चितवन घर भएका एक अधबंैसे पुरुष । लेखेपछि लोहनीले सुनाएको निवेदनको बेहोरा यस्तो थियो ।'मेरो निवेदन यो छ कि मैले अरबमा चारचार वर्ष खुन-पसिना बगाएर कमाएको पैसाले श्रीमतीको नाममा किनेको घडेरीमा बनाएको घर छोरीसमेतलाई भाग नलगाई श्रीमतीले बेच्न ठीक्क परेको थाहा पाएकाले सो जग्गा रोक्का राख्ने प्रकि्रयाको लागि सम्बन्धित कार्यालयमा आदेश गराई पाउँ’ निवेदन प्रमुख जिल्ला अधिकारीसामु लिएर जाँदै थिए ती व्यक्ति । '
एनसीसी बैंकको खातामा एक लाख रुपियाँ पनि छ । त्यो रोक्न मिल्ला या नमिल्ला’
बिचराको कमाई अन्यत्र पनि फँसेको रहेछ । समय फरक कथा उही पात्र फरक व्यथा त्यही । कुनै सोधखोज नगर्दा पनि दिन बिराएर सामुन्ने आएका यी घटनाले वैदेशिक रोजगारसँग जोडिएको यो समस्या अपवाद होइन प्रवृत्ति नै बन्न पो थालेछ भन्ने सोच्न बाध्य बनायो ।'
धोका दिनेलाई के भनौं र खोई तिमी हाँस भो मै बसौंला रोई’
धेरैले रुचाएको लोकगीतको यो हरफ वैदेशिक रोजगारीमा जाने हाम्रा दाजुभाइहरुको नियति हुन थालेको छ । उनीहरुले कमाएको धनले देश धाँनिएको छ तर उनीहरुले पाइला पाइलामा धोका र हण्डरको सामना गर्नुपरेको छ । '
ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’
भनेझैं उनीहरुको आफ्नै मुटु पनि पराई हुन लागेको हो कि