Friday, December 10, 2010

मोवाइल फोनको फाइदा अनेक

मोवाइल फोनको फाइदा भनेको खल्टीमा हाल्यो नेटवर्कले साथ दिएका ठाउँमा आएका फोन उठायो या मन लागेको नम्बर डायल गरो कुरा सुन्यो या सुनायो सुरु सुरुमा यस्तै कामका लागि हुन्थ्यो मोवाइल फोनको प्रयोग तर अचेल यसको कार्य क्षेत्र पनि फराकिलो भएको एउटा कम्प्युटरले गर्ने धेरै कामहरु मोवाइल फोनको सेटबाट हुन थालेको रेडियो विस्थापित भए मोवाइल फोन सेटका कारण क्यामराको आवश्यकता पनि यसैबाट टार्न थालेका छन् मान्छेले यसको मुख्य कार्य फोन सवैले उपयोग गर्ने भए नै तर तामिन मुग्लिन ओहर दोहर गर्ने झण्डै पाँच दर्जन विद्यार्थीले मोवाइल फोनको सेट फोन गर्न होइन कि गीत सुन्दै बाटो कटाउने साधनको रुपमा उपयोग गर्छन्
मुग्लिन बजार नेपालीलाई चिनाइ रहन पर्ने ठाउँ होइन काठमाडौं जाने धेरैले मुग्लिनको भात खाएकै हुनु पर्छ नारायणगढ बजारबाट ३६ किलो मिटर टाढा उत्तर पुर्वमा पर्ने मुग्लिन बजारबाट झण्डै डेढ घण्टा हिडेपछि पुगिन्छ तामिन गाउँ बाटो सजिलो छैन पातलो भए पनि जंगल अनि उकालो भने जब्बर सजिलो बाटो मुश्किलले पाँच प्रतिशत मात्रै होला मुग्लिन माथिको त्यो टाँकुरामा जम्मा कक्षा पाँचसम्म पढाइ हुने एउटा प्राथामिक विद्यालय मात्रै पाँच पास भएपछि विद्यार्थीहरु मुग्लिन झर्नु पर्छ कक्षा पढ्नलाई अनि त्यो पट्यार लाग्दो बाटो कटाउने माध्यम बनेको मोवाइलमा बज्ने गीतहरु
चितवनमा धेरै एफएम छन् नेपालको ४३ जिल्लामा सुनिने भनेर नथाक्ने एफएम पनि यहाँ छन् तर विद्यार्थीहरु ओहर दोहर गर्ने त्यो पाटोमा चितवनका कुनै एफएम सुनिदैनन् मुग्लिन चितवनमै पर्ने एउटा बस्ती हो बरु उता पारिको गोरखा एफएम प्रष्ट सुनिन्छ उनीहरुको सेटमा एफएमको गीत सुन्दै बाटो लाग्छन् विद्यार्थी एफएममसधै गीत मात्रै आउँदैन त्यसैले मेमोरि कार्डको भर पर्छन् उनीहरु छानीछानी मेमोरी कार्डमा भरेको म्युजिक बजाउँदै ओहर दोहर गर्दा बाटो कति बेला कट्छ पत्तै हुँदैन भन्छन् विद्यार्थी
मुग्लिनको त्रिभुवन बराहा माविमा कक्षा मा पढ्ने तामिनका आकाश प्रजाले मोवाइल फोनको सेट पाइन्टको खल्तीमा छिराएका छन् हेडफोनबाट मज्जाले गीत सुनेका छन् उनीसँगै आएका सहपाठी प्रेम प्रजाको हेड फोन रहेनछ मज्जाले बाहिरै सुनिएको '....... जाउँहिड रेलैमा सरर गोरखा पल्टन ' तामिनबाट कक्षा छदेखि १० सम्ममा पढ्न मुग्लिन झर्ने ६० जना भएको बताउँछन् आकास प्रजा जस मध्ये आधाले मोवाइल फोनको सेट समातेको उनको भनाइ त्यो फोन गर्न होइन गीत मात्रै सुन्नका लागि हो
कसैले सिमकार्ड पनि राखेका हुँदैनन् भन्छन् प्रेम सिमको ठाउँ मेमोरी कार्डले लिएको हुन्छ अनि हेल्लो हजुरभन्दा चल्तिका गीतहरुको आवाज गुन्जन्छ सेटहरुबाट स्कुल पुगेपछि सवैले बिरालोले दिसा लुकाए जसरी झोलामा घुसारछन् मोवाइल सेट 'गेटभन्दा वरै स्वीच अफ गर्छौ राख्छौं' भन्छन् आकास अनि जव स्कुल सकिएको लामो घण्टी बज्छ गेट बाहिर निस्केपछि मोवाइल अन हुन्छ रिङ टोन बज्ला भन्ने छैन कसैले पठाएर पेन्डिङमा बसेको म्यासेज डेलिभरी होला भन्ने पनि छैन सिम कार्ड भएकाले एफएम पनि ट्युन गर्छन हैन भने ग्यालरीमा गयो म्युजिक अप्सन दवायो मन परेको गीत ओके गरो फोन सेट नभएका अरु दुई चारजना पनि अघिपछि लाउँछन् तामिन सुन्तलाको लागि प्रख्यात त्यही बेचेको पैसाले बाबु आमाले किनेको मोवाइल स्कुल जाँदा छोरा छोरीको साथी भएको हो

Thursday, December 9, 2010

विद्याको तिरसना

नेपालीमा उखानै जस्लाई तिर्खा लाग्छ खोलो धाउँछ यो उखानको अर्थ खोल्न उदाहरण दिनु पर्दा अर्जुन बोहरा सुयोग्य पात्र ठहरिन सक्छन् उनलाई विद्याको तिर्खा लागेको हो त्यो तिर्खा मेटाउन उनी दिनहुँ चार घण्टा पैदल ओहर दोहर गर्छन् नेपालीमा अर्को उखान पनि खाने मुखलाई जँगाले छेक्दैन बोहरा शारिरिक अवस्थाले कम्जोर हुँदा हुँदै पनि ज्ञानको तिस्रना मेटाउन उनी उकाली ओराली जाने आउने गर्छन् दिनदिनै यस अर्थमा बोहर दुई उखानको उदाहरण दिन मिल्ने गतिला व्यक्ति हुन
विस २०४७ सालमा जन्मेका बोहराको देब्रे हात राम्रोसँग चल्दैन उमेर अनुसार हात बढेको तर यो अरु सामान्य हात जस्तो आफै यता उता पटक्कै गर्दैन दाहिने हातले समाएर जता लैजान्छ तव मात्रै उतै लाग्छ यो देब्रे हात उनको देब्रे खुट्टो केही सानो के भएर यस्तो भएको हो ? भनेर सोध्दा बोहराले 'सानैमा लडेपछि ययस्तो भएको हो' भन्ने आवाबुबाको उत्तर मात्रै दोहराउन सक्छन्, के भएको हो उनैलाई थाहा छैन अनि उनको आँखा पनि सामान्य छैन चस्मा लगाउने बोहराले टाढाको दैख्न सक्दैनन्
तर यति हृँदा हुदै पनि उनी स्कुल धाउन छाडेका छनन् चितवन दारेचोक गाविसको वडा नं. तामिना रहेको उनको घरबाट मुग्लिन बजारमा रहेको त्रिभुवन बराहा मावि आउन अरुलाई एक घण्टा लाग्छ उनी दुई घण्टा लगाएर स्कुलसम्म आउँन् जान पनि उति नै समय लाग्छ बाटो सजिलो छैन जंगलले ढाकेको बाटो उकालो भिरालॊ गेग्रेटो पनि भएकाले होस पुराएर हिड्नु पर्छ तै पनि उनी निरन्तर स्कुल आइ रहेका छन् उनी अहिले कक्षा १० मा पढ्छन्
गत वर्षको कक्षा १० को टेष्ट परीक्षमा उनी फेल भएछन् हार नमानेर फेरि पढेका हुन् पास गरेरै छाड्ने प्रणका साथ कक्षा १० मा पुगेपछि गाउँका धेरै तल मुग्लिन बजारमै कोठा खोजेर बस्छन् ट्युशन कोचिङ पढ्छन् तर पहाडी पाखोमा मिहनेत मजदुरी गर्ने अर्जूनका बाबु आमासँग त्यति धेरै धन छैन जसका कारण उनी बजारमै बसेर थप पढ्न सकुन अनि उनी आफ्नो ताकतले जे जति भ्याउँछ त्यसैको आधारमा एसएलसी कटाउने योजनामा छन् दुई दुई घण्टा हिडेर आइजाइ गर्दा उनको ज्यान थकाइले थिलो थिलो हुन्छ थाकेको ज्यानले राम्रोसँग पढोस पनि कसरी धन्न उनले घरको अरु काम गर्नु पर्दैन केही राहत भएको
तीन भाइ एक बहिनी मध्ये उनी जेठा हुन् कान्छो भाइ बहिनी पनि उनी पढेकै स्कुलमा कक्षा सातमा पढ्छन् माइलो भाइ पढ्दा पढ्दै छाडेर माओवादीमा लाग्यो, अनि छापामार भएर क्यान्टोनमेन्टमा बस्यो बाँकी रहेका भाइ बहिनीलाई राम्रोसँग पढाउने आफुले पनि सके जति, मिले जति पढ्ने अभिलाशा बोकेका छन् अर्जुनले कक्षामा पाँचसम्म गाउँकै प्राथामिक विद्यालयमा पढे उनीहरुले पाच पास भएपछि तल धाउनु पर्ने आपत आएको हो उनीहरुलाई
मुग्लिनको त्रिभुवन बराहा माविमा कक्षा छमा भर्ना भएका वर्ष अर्जुन फेल भएछन् गाउँको स्कुलमा थोरै थिए मुग्लिनको स्कुलमा विद्यार्थी नै धेरै नयाँ साथी नयाँ शिक्षक अनि अशक्त ज्यानले ओहर दोहर गर्नु पर्ने अवस्था जसका कारण फेल भए भन्छन् अर्जुन त्यसरी नै गत वर्ष पनि उनले धक्का बेहोर्नु परो तर हरेस नखाएका अर्जुन किताव बोकेर उकालो चढ्ने भिरालो झर्ने गरि रहेका छन् ठाउँ ठाउँमा बनेका चौतारामा थकाइ मार्छन सँगैका साथीले उछिने भनेर हतार पनि गर्दैनन् विस्तारै हिडे पनि लक्ष्य भेटिनेमा उनी विश्वस्त छन्






Wednesday, December 8, 2010

केटो स्याहार्दै किसोर

एउटा नवलपरासी लौगाइँको नारायणीको भंगालोमा भेटिएको अर्को चितवनको मंगलपुर ज्ञानेश्वर सामुदायिक वनमा सानैमा आमा गुमाएका गैंडाको यी दुई बच्चा केटो ले नारायणी ज्ञानेश्वर भन्ने नाम मात्रै होइन आमाकै झै लाग्ने स्याहार पनि पाइरहेका छन् चितवन निकुंजका गेम स्काउट २५ वर्षीय किसोर न्यौपाने यिनीहरुलाई रेखदेख गर्छन्
किसोर अविवाहित पनि हुन् तर निकुंज आडैको जगतपुर गाउँका उनले निकुंजबाट पाएको जिम्मेवारी कुशल्ता पुर्वक पुरा गरिरहेका छन् मान्छेका केटा केटी स्यहार्ने अनुभव समेत नभएका किसोरलाई यो जिम्मेवारी किन दियो ? निकुंजका प्रमुख संरक्षण अधिकृत डा.नरेन्द्रमान बाबु प्रधान 'सानैदेखि गैंडाको सँगत गरेकाले उनको भर परेको हो' भन्छन्
निकुंजसँगै जोडिएको जगतपुरमा गैंडा खेतमा पस्छन् उस्तै परे घर आँगनमा पनि आइपुग्छन् यति मात्रै होइन गैंडासँग नजिकिएको अरु अनुभव पनि किसोरसँग एक पटक निकुंजको मुख्यालय कसरामा जंगे भन्ने बच्च गैंडा थियो जंगॆ गाउँमा धेरै आउँथ्यो उसैसँग खेल्थे किसोर अनि त्यो सँगतले अहिले काम गर्यो
नाकमा िसंग हुने गैंडा अजंगको वन्य जन्तु हो चितवन निकुंजमा पाइने गैंडाको नाकमा हुने त्यो एउटा िसंगलाई खाग भनिन्छ खागका लागि गैंडा मार्छन तस्करहरु जसका कारण यो जन्तु नासिदै गएको हो त्यसो यो अजंगको जनावर सुधो पनि हुँदैन भेट्टाएमा मान्छेको ज्यानै लिन्छ यसले मान्छेसँग नजिक नपर्दासम्म सानै भए पनि मान्छे देख्दा रिसाउँथ्यो ज्ञानेश्वर तर जव मान्छेको सँगतमा परो बाख्राका पाठा जस्ता मिजासिला भए यी केटोहरु अव ठुलो भए पनि उनीहरुमा आक्रमक स्वभाव त्यति रहँदैन
प्राकृतिक रुपमा यस्ता आक्रमक स्वभाव भएका जंगली जनावरको केटोहरु स्यार्न बिहान छबजे खोरमा पुग्छन् किसोर राती आठ बजे काटेको बन्दा आलु बाँटामा हालेर ढोका बन्द गरेपछि बल्ल उनले सुख पाउँछन् बजे केटोहरुलाई दुध खुवाउनु पर्छ बट्टाको धुलो दुध तातो पानीमा घोलेर खुवाउना साथ सर्वेत्तम पिठो दिने समय भइ सक्छ सर्वोत्तम पिठो गहुँ मकै चामल भुटेर उनी आफै तयार गर्छन
बिहान १० बजे फेरि दुध खाएपछि केटोहरु खोरबाट निस्कन्छन् अचे चर्न जंगल छिर्न थालेका छन् असार तीन गते ल्याउँदा नारायणीको ठाउँ ठाउँमा चोट थियो एउटा घाउँबाट तीन महिनासम्म पिप बग्यो ज्ञानेश्वर भदौं १६ गते कसरा आइ पुगेको हो आमा करेण्ट लागेर मरेपछि टुहुरो भएको थियो
सुरुमा आउँदा ख्याउटे हिड्न पनि नसक्ने केटोहरु अहिले मोटाउँदै आएका छन् चर्नका लागि यता उता जान लागे पनि दुध खाने बेला भयो कि कराउँदै खोर नजिक आउने गर्छन् किसोरले दुध पिठो तयार पारि राखेका हुन्छन त्यो खाएर फेरि चर्न निस्कन्छन् साँझ परेपछि त्यसरी नै फर्कन्छन् चरेका बेलामा पनि किसोरको आँखा उनैमा हुन्छ
एउटाले चार पटकसम्म दुध खान्छ त्यसैले एकजना व्यक्तिलाई पुरै समय उनीहरुको रेखदेखमा खटाउनु परेको प्रमुख संरक्षण अधिकृत डा.प्रधानले बताए आहारमा मात्रै दिनको एक हजार रुपैयाँ खर्च हुने गरेको यसरी हुर्काएको केटोहरु प्राकृतिक बाँसस्थानमा फर्कन सक्दैन सरकारले उनीहरुलाई कहाँ राख्ने भन्ने निर्णय गर्न सक्छ यसअघि कसरामा जंगे व्युटी भन्ने गैंडाका बच्चा यसरी नै हुर्केका थिए सरकारले ति दुवैलाई उपहार स्वरुप विदेश पठाएको थियो



Tuesday, December 7, 2010

सिता बाँचेमा मानवता पनि बाँच्नेछ

तिहार ताका बान्ता नरोकिएपछि श्रीमान अक्कलबहादुर थापा मगरले सिताकुमारीलाई अस्पताल लगे उनको दुवै मृगौलाले काम नगरेको अस्पतालले पत्ता लगायो रोग हो उपचारपछि निको हुन्छ तर उपचारका लागि मनग्य पैसा लाग्दो रहेछ नेपाल खानेपानी संस्थानको भरतपुर शाखामा ज्यालादारीमा चौकीदारी काम गरेका ४० वर्षीय अक्कलबहादुरको साथमा भने जति पैसा छदै छैन सहयोग गर्न सक्ने अरु आफन्त पनि कोही छैन वि।स। २०६१ सालको वर्षामा जुगेडी डाँडामा रहेको घर पहिरोका कारण गुमाएका अक्कलबहादुर अचेल फेरि एउटा नमिठो आशंकाले सधै तस्रन थालेका छन् जम्मा ३३ वर्ष पुगेकी सिता पैसाकै कारणले उपचार विहिन भएर कुनै अनर्थ निम्तियो भने उनी मात्रै एक्ला पर्ने होइन चार सन्तान मात्रै टुहुरा पर्ने होइनन् साच्चै मानवता पनि मर्ने
अब सितालाई बचाउने एक मात्र ओषति भनेको मानवता मात्रै हो दुवै मृगौलाले काम नगरेपछि उपचारमा झण्डै लाख रुपैयाँ नाघ्ने देखिएको महिनाको सात हजार रुपैयाँ नतखा बुझेर परिवारको गुजरा चलाएका अक्कलबहादुरलाई एक दुई पैसा सहयोग गर्ने कोही कोही निस्कियो भने सितामायाको उपचार सम्भव नत्र भने अरु कुनै उपाए छैन तुरुन्त उपचारका लासिग ल्याउ भनेको हो डाक्टरले तर पैसा नभएकाले उनले अस्पतालबाट झिकेर विरामी सितालाई डेरामा राखेका छन् अचेल सिता बोल्न सक्दिनन् शरीरको रंग उडेको केही सुन्निए जस्तो पनि देखिन्छिन उनी छोरा छोरी आमा हेरेर टालाउँछन् अक्कलबहादुरको ओठ तालु सुकेको केही उपाए लाग्छ कि भनेर यता यता भौतारिन छाडेका छैनन्
कसैले भन्यो गरिवहरुलाई सरकारले पनि सहयोग गर्छ उनी गाविस गए सिफरिस ल्याएर जिल्ला प्रशासन पुगे जिल्ला प्रशासनले कागज बनाइ दियो जिल्ला जन स्वास्थ्य जाउँ भन्यो जिल्ला जन स्वास्थ्यले काठमाडौंको बनस्थलीमा रहेको राष्ट्रिय मृगौला रोग केन्द्रमा गएरु एउटा सिफारिस ल्याएर आउँ भन्यो केही होला कि भनेर विरामी श्रीमती ५देखि १४ वर्ष उमेरका चारजना लालाबाला छाडेर उनी बनस्थली पुगे कागजमा निवेदन लेखे त्यो निवेदन अस्पताल प्रशासनमा दर्ता गराए अस्पतालले दर्ता शुल्क ५० रुपैयाँ लियो अनि उनी सिफारिस गर्ने डाक्टरको कोठामा पुगे
त्यो मान्छेका अगाडी पुग्दा अक्कलबहादुरले ठुलो आशा राखेका थिए यो गरिवलाई केही केही अवश्य सहयोग मिल्छ भन्ने विश्वास लिएका थिए सुकिला डाक्टर सफा मन्दिर भित्र रहेको चिटिक्क परेका देउता जस्ता लागेका थिए मन्दिरको मूर्ती चल्दैन उनले देउता ठानेका डाक्टरले आँखा नचाउन थाले उनलाई नियाले साच्चै देउताको नजर परेझै भयो उनलाई डाक्टरले हात चलाए कलम समाए उनको निवेदनको पछाडी केही लेख्न थाले डाक्टरले अक्कलबहादुरलाई लाग्यो अव पक्कै केही शुभ हुने
लेखेर भ्याएपछि अक्कलको निवेदन उनैलाई थमाइ दिए डाक्टरले निवेदन पछाडी नजर लगि हाले उनले 'डाक्टरले लेखेका थिए यहाँ उपचार नगराएका हुनाले सहयोगको सिफारिस गर्न मिल्दैन ' अक्कलबहादुर अक्कन बक्क भए अग्लो अग्लो घरबाट कसैले घुचेटेर तल खसाइ दिए जस्तो भयो उनलाई उनको ठाउँमा आफुलाई राखेर एक पटक हामीले सोचौत यो बेलामा हामी भक्कानिएर रुने थियौं कि थिएनौं जे होस अक्कलबहादुर सम्हालिए काठमाडौंबाट हिजो मंसिर २१ गते साँझ पख मात्रै डेरामा आइ पुगेका छन् उनले अब आशा गरेको ठाउँ भनेको समुदाय मात्रै हो यहाँबाट पनि बनस्थलीको जस्तै व्यवहार भए अक्कलबहादुरको सवै गुम्ने छोराछोरी टुहुरो हुने छन् अनि मानवता हराएको पक्का हुने यो देशमा

Monday, December 6, 2010

यस्ता कार्यक्रम

केही दिनअघि बालकुमारी कलेजले अन्तराष्ट्रिय सेमिनार आयोजना गर्ने भन्यो श्र त्यसका बारेमा जानकारी गराउँन डाकिएको पत्रकार सम्मेलन समयमै सुरु गरेकोमा कलेजमा पि्र_िन्सपल चिरंजीवी श्रेष्ठको यसै ब्लगमा मुक्त कण्ठले प्रशंसा भयो सभाको अध्यक्षता गर्ने व्यक्ति नआए पनि समय भइसकेकाले श्रेष्ठले कार्यक्रम सुरु गरेका थिए तर जव अन्तराष्ट्रिय सेमिनारकै दिन आयो केही झुर कुराहरु पनि देख्न पाइयो चार पाँचजना भारतीय विज्ञहरु आएका रहेछन् त्यसैका आधारमा सेमिनारलाई इन्टरनेशनलको रंग दिइयो अनि इन्टरनेशनल भनिए पनि कलेज भित्रकै कुनै समारोह जस्तो प्रध्यापक संघ कर्मचारी संघ स्ववीयु मात्रै होइन जे जति विद्यार्थी संगठन छन् उनका प्रतिनिधिलाई पनि बोल्ने पालो दिइयो
हिजो मंसिर २० गते बिहान दिउँसो दुईवटा कार्यक्रममा गइयो बिहानको कार्यक्रम बालकुमारीको जस्तो नै रहेछ इन्टरनेशनल कुरा के रहेछ भने नेपाल चलचित्र निर्देशक समाज भन्ने संस्था रहेछ काठमाडौंमा त्यसले अन्तराष्ट्रिय कार्यशाला गर्ने भएछ चितवनमा अनि यो बारेमा अन्तरकि्रया राखेछबिहानै आठ बजे नगरपालिकाको सभा कक्षमा बुझ्दै गएको माघको पहिलो साता कार्यक्रम तय भइसकेको रहेछ चलचित्रलाई सुधार गर्न छलफल गर्ने उद्देश्यले सो कार्यक्रम राखिएको रहेछ तीन देशबाट चारजना विज्ञहरु त्यो बेला आएर नेपालका चलचित्र निर्देशकहरुमा कुरा राख्ने भए छन्
विज्ञ मात्रै बाहिरका थिए सहभागि सवै नेपाली सिकाउने मान्छे मात्रै बाहिरका आउने भए भन्दैमा त्यसलाई अन्तराष्ट्रिय भन्न मिल्छ खै तै भारत कोरियाबाट को को आउने हुन फिक्स भएको रहेछ अमेरिकाबाट एकजना आउने भनेको को आउने हुन् नाम दिन सकेनन् आयोजकहरुले अब हिजोको गोष्ठिको समिक्षा गरौं समयमा सुरु नहुने नेपाली पारा कायमै थियो बिहानै जाडोमा मान्छे बोलाएर धेरै आइसक्दा पनि केहीलाई कुरेर बसे आयोजकहरु कार्यक्रम सुरु भयो मंचमा भएका एक दर्जन कुर्ची सकिए अनि कार्यक्रम सुरु भएको १५ मिनेट बितेको थियो या थिएन मंचकै एक तिहाइभन्दा बढी कुर्ची खाली देखिए
अन्तरकि्रयामा आएका व्यक्तिहरु आफु बोलेपछि बाहिरिए रमाइलो के भयो भने अतिथि बोल्दै गर्दा अन्तरकि्रयाका आयोजक मध्येका एकजना जो कार्यक्रमका सभापति पनि थिए उनी समेत मंचको कुर्चीमा थिएनन् कुनै एफएमका भाइहरुले बोलाए उनी ओर्लिए अनि बार्दली तिर लागे सभापति बिनाको कार्यक्रम टुहुरो भयो सभाको मर्यादाको हिसावले मात्रै उनको उपश्थिति खड्केको होइन अरुले के सल्लाह दिन्छन भनेर उनैले सो कार्यक्रम राखेका थिए अनि यस्तो कार्यक्रममा अतिथिहरु बोल्दै गर्दा उनी आफै उठेर हिँड्न मिल्छ ? फोटोमा जे जति खाली कुर्ची देखिएका छन् सुरुमा ति भरिएका थिए । १५ मिनेटपछि खाली भए । अनि बीचमा देखिएका एकजना व्यक्ति अतिथि हुन् । कार्यक्रमका सभापति त्यति बेला थिएनन् ।
अब दिउँसोको कार्यक्रमको चर्चा गरौं बालकृष्ण थपलियाले निकै राम्रोसँग कार्यक्रम उद्घोषण गरेका हुन् घाँटी फुट्ने गरेर उनले उद्घोषण गर्नु परे पनि मिठास छुटेको थिएन पहिला अतिथिहरुको नाम बोलाएको बोलाइ गर्नु परो पछि बोल्न आउ भनेको भन्यै गर्नु परो अनि घाटीको के हालत भयो होला बालकृष्ण जीको यो कार्यक्रम हो सूर्यभक्त पतनादेवि स्मृति कलेजको वार्षिकोत्सव तथा नेपाल प्रेस युनियन नवलपरासी शाखाको पुरस्कार वितरण समारोह तर कार्यक्रममा यी दुई कुराकोभन्दा बढ्ता अरु कुराको महक चमक थियो
कार्यक्रम पुरै काँग्रेसी पारामा गयो भन्दा सायद कसैले चित्त नदुखाउला अव प्रमुख अतिथि नै काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउपा जो थियो आशन ग्रहण नै पुरै काँग्रेसी तरिकाको काँग्रेसहरु मंचमा कुर्चीमा बस्दैन् कुशनमा बस्छन् त्यसरी नै बसे त्यहाँ सवै साच्चै भनौ यो तरिका मलाई ठिक लाग्छ पलेटी मारेर बसेको राम्रो हो
काग्रेसका जो जो आएका थिए देउपाको साथ लागेर ति सवैले बोले काँग्रेसका जिल्ला सभापतिले बोलॆ मंचमा काँग्रेसका तीनना केन्द्रीय दिस्य थिए एकजना सदस्य नवलपरासी घर भएका कृष्णचन्द्र नेपाली उनले बोल्नै परो चन्द्रभण्डारी तार्किक कुरा गर्छन् पालो दिनै परो शंकर भण्डारी सवै बोलेपछि छुटाउँदा अन्याय हुन जान्थ्यो ठाउँ दिनै परो कार्यक्रमको सह आयोजक मध्येको प्रस युनियनका मध्यमांचल उपाध्यक्ष थिए सचिव थिए अनि केन्द्रीय अध्यक्ष नै आएका थिए सवैले कुरा राख्नै पाउनु परो तर गाउँका काँग्रेसी नेताको स्तरको भाषण गरे उनीहरुले पत्रकासर महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले के भने कुन्नी उनको कुरा सुन्नै पाइएन भोक अत्याधिक लागेर खाजा खान गएका बेलामा आएछ उनको पालो
कलेजलाई सहयोग गर्ने पनि सम्मनित भए त्यो कार्यक्रममा तर चार लाख दिएकोमा एक लाख भन्ने परेछ बिचरा मध्यान्हबाट सुरु भएको कार्यक्रम सकिदा झमक्क साँझ परेको थियो ४६साल पछाडी हो ठाउँ ठाउँमा नेता आउँथे बिहानदेखि भाषण सुरु गरेको साँझ पार्दथे त्यति बेला जनता सुन्न उत्सुक थिए फुस्रद पनि हुन्थ्यो तर अचेल जनता नेताका कुरा सुन्न उत्सुक छन् नत उनीहरुलाई फुस्रद नै तर पनि कार्यक्रम उही ढर्रामा चल्छ रिसानी माफ पाउँ लागेको कुरा राखेको हो हस्त नमस्कार



Friday, December 3, 2010

धोका दिनेलाई के भनौ र खै

राम्रा कुशन, ढाकाको कपडाको भिर्ने आकर्षक झोला यस्ता समानहरु अरु पनि छन् जस्तै पैसा राख्ना मिल्ने महिलाका पस्र, मोवाइल फोन राख्न मिल्ने व्याग, क्यामराका खोल जुन ढाकाकै हुन् यी सामानसँगै मैन बत्ती पनि छन् राम्रा खप्ने खालका यी सामान सृजना गर्ने हातहरु भने परिवारको साथ नपाएका िहंसा पिडित महिलाहरुका हुन्
उदयपुरकी एकजना युवती जो पाँच वर्षअघि मोटरसाइकल दुर्घटनामा पर्छिन् बाबुले चलाएको मोटरसाइकलको पछाडी बसेकी उनी दुर्घटनाका कारण उनको कम्मरदेखि तलको भाग स्टीलले अडाएको राम्रोसँग हिँडडुल गर्न गाह्रो हुन्छ उनलाई कसैले आशा देखायो विहे गर्छु भन्ने दुई वर्षअघि आशा देखाउनेसँग परिवारको सल्लाह बिनै उनी भागिन्
युवकले ल्याएर भक्तपुरमा राख्यो युवतीको शरीरमा केही गहना थिए अलि कति पैसा पनि साथमा थियो युवकले एक दिन उनलाई कोही आफन्त अति नै विरामी परेको सुनायो गहना पैसा माग्यो युवतीको मन पग्लियो उपकार हुने ठानेर जिम्मा लगाइन आफुसँग भएको केही चल अचल सम्पत्ती
तर युवक उपकारका लागि गएको होइन रहेछ युवतीसँग भएको त्यही गहना केही पैसा बोकेर उम्कने दाउँ मात्रै उसले गरेछ माइतीले छिर्न दिदैनन् जोसँग साथ लागेर हिँडेकी थिइन उसले तुच्छ व्यवहार देखायो बेसाहारा जस्तै बनेकी उनलाई चितवन भरतपुरको आदर्श गृहले साथ दियो हो कुशन ब्याग पस्र खोल मैन उनी जस्तैले बनाएका हुन्
भरतपुरमा महिलाहरुले चलाएको आदर्श नारी विकास केन्द्र भन्ने सामाजिक संस्था सो संस्थाले १८ महिनाअघि संचालन गरेको आदर्श गृहमा उनी जस्ता १६ जना महिला उनीहरुका आठजना बालबालिकाहरुले आश्रय पाए सवै परिवारको साथ नपाएका महिलाहरु थिए श्रीमानको िहंसाले प्रताडित थियो उनीहरुको जीवन
नारी विकास केन्द्रले १८ महिना आदर्श गृह चलाउँदा ३५ लाख रुपैयाँ खर्च भयो यो खर्च नेदरल्याणका विद्यार्थीले पुराना किताप जन्म दिनका उपहार बेचेर तथा खाजा खर्च जोगाएर आदर्श गृहका लागि जुटाइ दिएका हुन् भारत नेपालका महिलाको अवस्था अध्ययन गरेर थेसिस लेख्न नेपाल आएकी विद्यार्थी उइका विनको मन पग्लदा जन्मेको हो आदर्श गृह
आदर्श नारी विकास केन्द्रकी मिना खरेलका अनुसार पारिवारिक िहंसाले पिडित नेपालका यस्ता महिललाई केही सहयोग गर्ने इच्छा उइकाले व्यक्त गरिन् उनको प्रस्तावमा राम्रैसँग छलफल भयो केही प्रभावकारी काम गर्ने निधो भयो उइका नेदरल्याण फर्किन् त्यहाँ ११ जना अरु साथीहरुलाई समेटेर 'दिदी फाउण्डेशन' खडा गरिन
फाउण्डेशनले आदर्श गृह धान्ने आड दियो अनि त्यहाँ बस्न आए १६ जना महिला उनीहरुका आठजना बालबालिका जस मध्ये केही धनीका छोरी बुहारी थिए कानुनी उपचार नपाएर रुदै हिडेका थिए आदर्श गृहले केहीको मुद्दा लड्यो केहीका श्रीमान अरु परिवार राखेर छलफल गरायो
आएका मध्ये सातजना महिला उनीहरु मध्येका दुई बालबालिका घरपरिवारमै फर्के बाँकी नौ महिला छजान बालबालिकालाई पठाउँन सक्ने अवस्था आएन अनि सिप सिकाउने क्रम सुरु भयो सिपमा उनीहरु पारङगत भए सिलाइ कटाइ हस्तकलाको सिपबाट बनाएका सामानहरु बेच्न उनीहरुले भरतपुरको वडा नं। १० मा अदर्श व्यवसायिक केन्द्र पनि खोलेका छन् सिप , बनाएका सामान बिक्री भए जीवन सजिलै चल्छ भन्ने उनीहरुलाई लागेको
समान बिक्रीको लागि बजार खोज्न आदर्श नारी विकास केन्द्र पनि लागेको नेदरल्याणको दिदी फाउण्डेसन पनि हस्तकलालाई उतै लैजाने सोचमा जसका लागि उसले 'दिदी' लोगो समेत जुराएको आदर्श गृहमा अव नयाँ महिलाहरु आउँदैछन् पहिलो चरणमा बसेर अन्तिम समयसम्म आश्रय लिएका मध्ये केही माइतीको संरक्षण पाउने भएपछि फर्कदै छन्
केही प्रशिक्षक भएर अलि टाढै जाने आँट गर्दैछन् जस्तै विहेपछि गहना बोकेर लोग्ने भागेको अपाङता भएकी युवती आफु जस्तै अरु धेरैलाई सिप सिकाउने अभियानमा लाग्ने प्रण गरेकी छन् केहीलाई आदर्श गृहले नै प्रशिक्षक बनाएर राख्ने बोल्न नसक्ने साहारा नभएर हार खाएका महिलाहरु गृहमा आएर आँटिला भए त्यसैले आदर्श गृह पनि विदेशीको सहयोग बिना चल्ने योजनामा
पहिलो चरणमा आश्रय लिएर बसेका महिलाले जे सिप सिके त्यसको आधारमा बनाएका समान बेचेर अब आश्रय गृह चलाउने कार्यक्रमका संयोजक मिना खरेलको भनाइ सरकारले बेसाहारा महिलाका लागि १५ ठाउँमा यस्ता सेवा केन्द्र खोल्ने घोषणा गरेको हो तर कार्यन्वयन भएन नारी विकास केन्द्रले आफ्नै पहलमा धेरै गरेर देखाइ सकेको मानव हितमा आफुले गरे मध्येको यो उच्चतम काम भएको खरेल सुनाउँछिन्


Thursday, December 2, 2010

काम गरिहने हात

बाहिरको मौसम चिसो चिसो माहौल भने अलि गरम नै पुर्वी चितवनमा एकजना व्यक्ति प्रहरी हिरासतमै बिते छन् दिउँसो गाउँलेले साइकल चोरेको आरोप लगाएर इलाका प्रहरी कार्यालयमा बुझाएको मान्छेको निधन भएपछि प्रहरीले आफन्त नभेटाएको भन्दै वेवारिसे लाश नगरपालिका मार्फत सतगत गरे उसले आत्म हत्या गरेको हो भन्ने जिकिर गरेर प्रहरी थाक्दैन यत्तिकैमा आशंकाको बादल फार्दैन भनेर उसका परिवार पछाडी हट्दैन परिवारलाई माओवादी पार्टीको साथ जसका कारण आन्दोलन सशक्त हुँदै गाछ मृत्युका बारेमा न्यायिक आयोग गठन गर्न माग राखेर चितवन बन्द समेत भयो मौसम चिसो भए पनि बन्दैले माहौल गरम बनाउँछनै
यो चिसो मौसम गरम माहौलमा एका बिहानै चितवनका लियो क्लवहरुले मनाउने सप्ताह व्यापी कार्यक्रमहरुको शुभारम्भको मेसोपनि जुरेको रहेछ बिहान आठ बजे नै पुगियो लायन्स चोकको लायन्स भवनमा बन्दले बिथोलेर नै होला सहभागि जुटिसकेका थिएनन् जति जम्मा भएका छन् ति एकआपसमा गफिदै थिए पुगेको केही क्षणमै कफी आयो कागजको बुट्टे कपमा आएको दुध हालेको कफी स्वादिलो नै थियो कफीले मौसमको चिसो पखाल्न सहयोग गर्ने नै भयो पिउँदै यसो यता सरेको देखियो कफी त्यही तयार पो भइरहेको टिनको गोलाकार बट्टाको टाउँकोमा किट्ली देखिन्छ कट्लिीभन्दा तल स्टोभ रहेछ जो देखिदैन स्टोभ बलिरहेको हुँदो रहेछ किट्लिमा हुन्छ दुध
कफी चाहियो भने किट्लिको दुध कपमा खनायो अनि दियो कप आडैको एउटा प्लाष्टिकको बाल्टीमा कपमा दुध भर्नुभन्दा अघि बाल्टीमै भएको एउटा स्टीलको सानो बट्टा झिकेर कफी मसलाको मिश्रण पर्छ त्यसको पिँधमा दुई बातले उचालेर जहाँ पनि लैजान मिल्ने यो मोवाइल कफी एउटा खाइ लाग्दो युवाले चलाएका छन् सफा जिन्सको ज्याकेट जिन्सकै पाइन्ट लगाएका उनले कपाल पनि मिलाएरै काटेका छन् उनी यताको पहाडी मुलका होइनन्, मधेसी पक्का हुन उस्तै परे भारतीय पनि हुन सक्छन् तर जे भए पनि उनी मिहनेतमा विश्वास राख्ने काममा लगाव राख्ने व्यक्ति पक्का हुन् यताका हामी भएको भए यसरी काम गर्न अति लाज मान्ने थियौं
कार्यक्रम सुरु भयो लियो क्लव, युवाहरुको क्लव हो युवाले समाज देशका लागि गर्नु पर्ने कामका चर्चाहरु त्यहाँ भए कार्यक्रम मध्य अवस्थामा पुगेपछि कफी बाँड्ने क्रम फेरि सुरु भयो त्यो युवक किट्ली उचाल्छ कप झिकेर कफी छर्छ अनि कपमा दुध भर्छ तयार कफी कुर्चीमा बसेकाहरुलाई बाँड्छ उसको कफीको चुस्की लिदै धेरैले भाषण सुनिरहेका छन् मंचबाट बक्ताले युवाहरुको भुमिकाको चर्चा जो भइरहेको मलाई लाग्यो मंचबाट भाषण गर्नेभन्दा कुर्चीमा बसेर कफी पिउँदै त्यो सुन्नेभन्दा कफी बाँडी रहेको त्यो युवक कता हो कता उपल्लो दर्जामा यसको काम गराइ हेर्छु कुनै सिर्जनामा तल्लिन साधकको जस्तो लाग्छ उसको गतिविधि मिठ्ठो कफी पिलाउनु भन्ने उसलाई लागेको भाषणमा ध्यान छैन किट्ली उचाल्छ कप निकाल्छ कफीको धुलो छर्छ दुध खन्याउँछ ल्याएर दिन्छ मान्छेले स्वाद मानेर पिउँछन्
यो दृश्य निकै नियाले मैले कमिला धमिराको जस्तो लगन उसमा देखे मैले फूलमा हुने परागको थोरै थारै कण बटुलेर मानाका माना मह जम्मा गर्ने माहुरी जस्तै पो हो कि यो युवक भन्ने लाग्यो मलाई जे होस कोठमा अरुले युवा भएर समाजमा के गुर्न पर्छ भन्ने भाषण गरि रहेका थिए उसले युवा भएर यही गर्नु पर्छ भन्ने काम गरेरै देखाइ रहेको थियो
कार्यक्रम सकियो बाहिर निस्कदा सडक सुन सान थियो प्रहरीले हिरासतमा राखेको व्यक्ति मरेपछि उसको बारेमा सत्यतथ्य पत्ता लगाउन आयोजना भएको बन्दका कारण पसल गाडी सवै बन्द थिए प्रहरीले हिरासतमा राखेको व्यक्ति मर्नु हुँदैन मरेपछि दोष कस्को हो कमजोरी कस्को हो कम्जोरी गर्ने दोषि पक्ष कारवाहीको भागिदार हुनै पर्छ यो विषयमा सवै चुप लागे पनि माओवादी अगाडी आएर बोलेको चोरीको आरोप लागेको व्यक्तिलाई जे सुकै होस भनेर चुप लागेर बस्नु उचित कदापी हुँदेन तर मृतकको परिवारलाई अन्याय परेको भनेर आवाज उठाउने बेलामा अरु धेरैलाई अफ्ठेरो पार्ने काम कदापी गर्नु हुँदैन बन्दले धेरैलाई अफ्ठेरोमा पार्छ जसलाई दवाव दिन खोजेको हो उसलाई पटक्कै केही छुदैन जनताको हितमा काम गरेको छु भन्ने पार्टीले जनसाधरणलाई दुख दिने गरेर नै बन्द राख्छन्
बन्दले परिणाम केही नआए पनि काम गरेको हो भनेर देखाउन सजिलो हुन्छ त्यसैले आन्दोलन गर्नेलाई बन्द अति पृय लाग्छ नेपालमा बोलिदिएको भरमा बन्द हुन्छ माओवादी जस्तो आधार भएको पार्टीले राख्यो भने बन्द नहोला भनेर चिताउने पर्दैन तर बन्दको आह्वान मात्रै गर्ने हो खोल्नेलाई कसैले केही नगर्ने हो भने यहाँ बन्द हुनै सक्दैन वास्तवमा बन्द आह्वान मात्रै गर्ने हो त्यो आह्वान जो जस्ले मान्छन मान्छ् नमान्नेहरुलाई सैले केही नगर्ने नै हो तर आह्वान मानेनन् भने उसकोमा तोडफेड ताण्डव हुन्छ जनाधार भएको देखिने माओवादीले पनि अझैसम्म बन्दको आह्वान मात्रै गरेर कार्यक्रम सफल पार्न सकेको छैन पनि तोडफोडमै उत्रन्छ
हो लियोको कार्यक्रमबाट सडकमा निस्किए पुलचोकमा नेताहरु टन्नै थिए खाइ लाग्दा ज्यान भएको युवाहरु थिए फाट्ट फुट्ट चलेका मोटरसाइकल डोराएर जाउ भनेर उनीहरु हप्काइ रहेका थिए हजुर विरामी ल्याएर आएको भन्नेलाई पनि दया देखाउन सकेका थिएनन् उनीहरुको आवाजमा चेतावनी भरिएको हुन्थ्यो किन चलाएको फोडिदिउँ भन्ने हुँकार हुन्थ्यो सडकमा केही बेर टोलाए अघिको त्यो कफी बेच्ने केटो सम्झे यहीलेका यी युवा सम्झे
कफी बेच्ने केटोको कामको उद्देश्य समाजका लागि भन्ने थिएन देशका लागि भन्ने थिएन यसले राम्रो कफी तयार पारेर बेच्ने परिवारको गुजारा चलाउने ध्याउन्न मात्रै राखेको थियो सडकका युवाहरु कोही निर्धोलाई न्याय दिन भनेर आएको थिए यो फरक फरक उद्देश्यका लागि दुवैले केही केही काम गरेकै थिए तर कोठाको युवकले गर्ने काम सवैलाई खुसी पार्ने खालको थियो यता सडकका युवाले केका लागि गरि रहेका छन् भन्ने सोधखोज गर्ने फुस्रद कसैलाई थिएन जे गरिराछन् त्यो कसैलाई चित्त बुझेको होइन अन्यायमा परेकाले न्याय पाउओस अरुले पनि सास्ती नपाउन अर्थात सर्प पनि मरोस तर सर्प मारिहाल्नु पर्ने जिव भने होइन लठ्ठि पनि नभाँचियोस भन्ने उपाए विधि सोच्न हाम्रा नेताहरु पटक्कै लागेनन् सिर्जनशिल काममा लगाउनु पर्ने युवालाई सडकमा झारेर टाउर बाल्ने तोडफोड गराउने गतिविधिमै मात्रै उपयोग भइरहे हाम्रा युवाहरु त्यो अर्काको मोटरसाइकल तोडफोड गर्ने पसलको सिसामा ढुंगा हिर्कानेलाई के थाहा एक कप मिठो कफी बनाउन कति मिहेनत चाहिन्छ भन्ने बनाउन मिहेनत लाग्छ भन्ने बुझेकाले भत्काउने कुरामा आफुलाई कहिल्यै अग्रसर गराउँदैन त्यसैले नाम ठेगना राष्ट्रियता थाहा नभए पनि त्यो मिठो कफी बनाउने युवाअरु भन्दा माथि