चितवन आएका बेला घुम्न जाने एउटा आकर्षक गन्तब्य थपिएको छ । नारायणगढबाट नजिकैको नवलपरासी गैंडाकोटमा रहेको मौलाकालीका मन्दिरले धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको छ । त्यसो त प्रकृतिसँग रमाउन खोज्ने जो कोहीको पनि मन लोभ्याआउन सक्ने सामथ्र्य मौलाकालीका मन्दिरमा छ ।त्यसैले हामी स्वदेशी वा विदेशी सवै खालका पर्यटकलाई यहाँसम्म ल्याउने योजनामा छौं मौलाकालीका धार्मिक सेवा समितिका पुर्व अध्यक्ष मानबहादुर सापकोटाले भने । पर्यटन वर्ष सन् २०११ को अवसरमा मौलाकालीका मन्दिर व्यवस्थापन समितिले वर्षभर विभिन्न खालका कार्यक्रमहरु समेत गर्ने भएको छ ।
केही वर्षयता मौलाकालीकामा लाग्ने गरेको दर्शनार्थीहरुको लर्कोले मन्दिर व्यवस्थापन समितिलाई भ्रमण वर्षका बेलामा थप कार्यक्रम गर्न हौसाएको हो । राम्रोसँग प्रचार प्रसार गरे यहाँ पर्यटक ओइरिनेमा कुनै आशंका छैन । व्यवस्थापनन समितिले मन्दिरको प्रचारसँगै भौतिक पुर्वाधार निर्माणमा पनि सकि्रयता बढाएको छ ।नारायणगढ बजारबाट पाँच र पुर्व पश्चिम राजमार्गबाट चार किलो मिटर टाढा छ मौलाकालीका । तर मन्दिरको दर्शन पाउँन सालका रुखले ढाकिएको घना जंगल भएको हरियो डाँडाको उकालो छिचोलेर र टाँकुरामै जानु पर्छ । जंगलको फेदी र मन्दिरसम्मको दुरी १२ सय मिटर छ । उकालो भए पनि आत्तिनु पर्दनै । किन भने फेदीदेखि मन्दिरसम्मै सिढी बनेको छ ।फेदीमै मन्दिरको आकर्षक प्रवेशद्वार रहेको छ । चिसो पानी कलकलाउँदै झर्ने कलात्मक ढुंगे धारा आडैमा छ । हिउँद लागेपछि पिकनिक खानेहरुको भिडभाड हुन्छ फेदीमा । केही पर प्यागोडा शैलीको गणेश मन्दिर छ । धर्ममा आस्था राख्नेहरु यही मन्दिरमा पुजा गरेर लाग्छन् मौलाकालीकाको दर्शन गर्न ।समुन्द्र सतहबाट ५६१ मिटरको उचाएमा छ मौलाकालीकाको मन्दिर भएको ठाउँ । बाटेमा कतै कतै नाकै ठोक्किने उकाले समेत नभएको होएन तर बार सहितको िसंढी बनेकाले राहत मिल्छ । त्योभन्ाद ठुलो कुरा हरियाली र चाराहरुको चिरबिरले पसिना ओभाउँछ हावा नै चल्नु पर्छ भन्ने छैन । ठाउँ ठाउँमा पानी र चौतारो सहितका विश्राम स्थल पनि छन् ।
भ्रमण वर्षको अवसरमा यो बाटेको केही ठाउँहरुमा खजा नास्ता गर्न मिल्ने कटेजहरु पनि बनाउने योजना छ मौलाकालीका धार्मिक सेवा समितिका सचिव होमनाथ सुवेदीले जानकारी दिए । त्यस्ता कटेजहरु धार्मिक मुल्य मान्यतालाई ख्याल राखेर संचालन हुनेछन् । मन्दिर पुग्ने बेलामा फूलबारी सहितकॊ चौडा सिढी झनै आकर्षक छ ।मन्दिर पुगेपछि गजब्बकॊ आनन्द आउने छ । दक्षिण हेर्दा चितवनको समथर भाग र नारायणीको नागबेली स्वरुप सर्लक्कै देखिन्छ । उत्तरमा जंगल र काली गण्डकी हुँदै आकास खुलेका बेला क्षितिजमा सेता हिमाल टल्केका हुन्छन् । पुर्वमा काली गण्डकी र त्रिशुली मिलेको दोभान सहितको देवघाट धाम पहाडी श्रृंखला र बग्दै गरेको त्रिशुलीको टाढासम्मको दृश्य देखिन्छ । दृश्यावलोकनका लागि उपयुक्त ठाउँ हो यो मन्दिर ।रातको दृश्य झनै मोहक हुने गर्छ । दक्षिणको मैदानी क्षेत्र उज्यालोले ढाकिन्छ । त्यसैले धर्ममा आस्था राख्नेलाई मात्रै नभइ अरुलाई पनि भरपुर सन्तुष्टि दिन्छ मौलाकालीका मन्दिरको दर्शनले । यो मन्दिरको इतिहास सेन वंशी राजाहरुसँग जोडिएको छ ।सेनवंशी राजाहरुले आजभन्दा पाँच सय वर्षअघि यस ठाउँमा मौलो खडा गरेर बडा दशैं र चैते दशैंमा पुजा गर्ने गरेको धार्मिक सेवा समितिका पुर्व अध्यक्ष मानबहादुर सापकोटाको भनाइ छ । मौलोको आडमा ठुलो सालको रुख थियो । जुन वि.
स.
१९९० सालको भुकम्पका बेला ढल्यो । त्यसले आडैको मौलोलाई पनि भताभुङ्ग बनायो ।भुकम्पपछि त्यो ठाउँ त्यसै थियो । वि.
स.
२०३२ सालमा स्थानीयले केही पुजा सामाग्री भेटाएपछि थप खन्ने खोज्ने गर्दा मौलोको अवशेष फेला पर् यो । वि.
स.
२०३७ सालमा मौलाकालीका सेवा समितिल गठन भयो र सो समितिले वि.
स.
२०४१ सालमा काठले बारेको सानो मन्दिर बनायो । त्यो मन्दिर चाडै भत्किएपछि वि.
स.
२०४३ सालमा जस्ताले छाएको अर्को मन्दिर बन्यो । अहिलेको आकर्षक र भव्य प्यागोडा शैलीको मन्दिर वि.
स.
२०५१ सालमा बन्न सुरु भएर दुई वर्षमा सकिएको हो ।
मन्दिरमा पुजारी घर र पाहुनाहरु बस्न मिल्ने धर्मशाला समेत छ । जहाँ शैचालयको राम्रो सुविधा छ भने ६० जनासम्म सुत्न मिल्न छ । विजुलीको सुविधाले गर्दा रातमा मन्दिरमा बल्ने बत्तिले आकाशमा चम्कने ताराको झल्को दिन्छ । मान्छेहरु मौलाकालीकाको नाममा भाकल गर्ने र पुरा भएमा दर्शन गर्न आउने गर्छन् । बडा दशैं र चैते दशैंमा दर्शन गर्न आउनेहरुको संख्या बढी हुन्छ । शनिबार पनि यहाँ भिड लाग्छ ।दर्शन गर्न पिकनिक खान र प्रकृतिको आनन्द लिन नेपालका विभिन्न जिल्लाबाट मान्छेहरु यहाँ आउने गरेका छन् । भारतबाट समेत धार्मिक पर्यटकहरु आउछन् । आडैमा प्रख्यात धाम देवघाट र विश्व विख्यात पर्यटकीय स्थल चितवन राष्ट्रिय निकुंज रहेकाले मौलाकालीका मन्दिरमा पनि पर्यटन मौलाउनेमा गैंडाकोटवासी ढुक्क देखिन्छन् ।
विष्णुकुमारी वाइवाको उपनाम हो पारिजात । पारिजात भन्नासाथ हामी प्रख्यात नेपाली साहित्यकारलाई सम्झन्छौ । उनले शिरिषको फूल जस्तो विख्यात उपन्यास लेखिन । सैद्धान्तिक रुपमा पछि त्यसलाई उनी आफैले मन पराइनन् । तर पनि धेरैले पढ्छन् धेरै, ठाउँमा पढिन्छ त्यो उपन्यास । शिरिषको फूल लेख्नेले आफ्नो नाम फूलको अर्को जात पारिजात किन राखिन कुन्नी ?
मैले पनि शिरिषको फूल नपढेको होइन,
पटक पटक पढेको हुँ तर त्यसमा के छ म सम्झन्नै सक्दिन । मैले यही कुरा एकजना साथीलाई भने साथीसँगको छलफलले मैले त्यो उपन्यासको मुख्य पात्रको नाम भने सम्झन थालेको छु । त्यो नाम हो सकमबरी ।खासमा मैले पारिजातलाई उनको कृतिबाट भन्दा पनि उनको जिवनीबाट चिन्ने मौका पाए । उनको जीवनी पढे,
साह्रै संघर्षपुर्ण लाग्यो । शरीर चल्न नसक्ने रोगले सिकिस्त हुँदा पनि पारिजातले लेखनलाई नछाडेकाले आज उनी भौतिक रुपमा मरेर गए पनि अमर भइन । उनको जीवन कथा साह्रै प्रेरणदायी छ । त्यसैले उनको लेखनभन्दा उनको जीवनी नै भिजेको छ मेरो दिमागमा । उनी भारतको दार्जिलिङ जन्मेकी हुर्केकी । दार्जिलिङको घुम पहाडमा उनी खुवै रमाएर घुम्ने गर्थिन भन्ने कुरा जीवनीमा पढेको थिए । दार्जिलिङ जाँदा जव घुम पहाड आउँछ मेरो मन ढक्क फुल्ने गर्छ खै किन हो कुन्नी ।
पारिजात फूल पनि हो । एउटा अनौठो फूल जुन राती फुल्ने गर्छ । मानिसहरुको चहल पहल सुरु हुने बेला अर्थात झिसमिसेमै मज्जाले झरि सकेको हुन्छ । यो असोज महिनामा फुल्ने गर्छ । देवीको बिहानै पूजा हुन्छ यो महिनामा । त्यसैले मन्दिरमा पुगे देवीको पाउँमा चाडै पुग्ने अवसर पाएको हुन्छ यो फुलले । मेरो घर अगाडी र पछाडी पारिजातको बोट छ । यो रातीमा ढकमक्क फुल्छ । बिहान रुखको फेँद सेताम्मे हुन्छ । बिहानै मान्छेहरु भुम्मिएका हुन्छन् रुखको फेँदमा । एफएम रेडियोमा भजन या समाचार सुन्दै मान्छेहरुले बटुल्छन पारिजातका थुंगाहरु ।झरेको फुल देउतालाई चढ्देन भन्छन् तर यो हिसावले पारिजातलाई अपबाद मान्नु पर्ने भयो । मान्छेहरुले मज्जाले साहरर्छन झरेको पारिजात । रातमा फुल्ने बिहानमा झर्ने । झरेर पनि भगवानलाई चढ्ने । स्वाभावै अलग सम्माननै अलग । पारिजात फूलको यही विशेषताले विष्णुकुमारी वाइवाले आफ्नो नाम पारिजात राखेकी हुन त ?


'
के हो चितैनेको चाला ?"
बुटबलमा मलाई यस्तो प्रश्न गरे । असोज १९ गते मंगलबार बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिकमा पहिलो पृष्टमा छापिएको एउटा खवरका कारण मैले यस्तो प्रश्नको सामना गर्नु परेको हो । खवर चितवन घर भएका एकजना व्यक्ति सँग सम्बन्धित थियो । तर समारमा उल्लेख त्यो व्यक्तिलाई मैले चिनेको,
जानेको,
देखे भोगेको केही गरेको होइन । उसको ठेगना चितवन र म पनि चितवन नै बस्ने बाहेक अरु केही सरोकार छैन । खवर सकारात्मक छैन नकारात्मक कामको भएकाले मान्छेले भनि हाले के हो चितौने यस्तो । चितवनका पिडक र उसबाट पिडा पाउने बुटवलकी एकजना महिला भएर पनि म चितौनेलाई शब्दका मार्फत भयो हल्का कटाक्ष ।खवर चितौने युवकले अहिले चर्चा र चल्तिको शिखरमा रहेको फेसबुक मार्फत गरेको अपराधसँग सम्बन्धित छ । प्रहरीले चितवन खैरहनी गाविस वडा नं ४ का सावर श्रेष्ठ भनिने मनिस श्रेष्ठलाई समातेको रहेछ । श्रेष्ठले फेसबुक मार्फत नचाहिदो मात्रै होइन गम्भिर प्रकृतिको अपराधिक काम गरेको आरोप बुटवल प्रहरीको रहेको छ । श्रेष्ठमाथि बन्धक ठगि लगायतका तीन चारवटा मुद्दा पर्ने बुटबल प्रहरीको भनाई उदृत गर्दै लुम्बिनी दैनिकले खवर छापेको छ । फेसबुक अति दुरुपयोग हुँदै गएर प्रतिबन्धित हुने अवस्थामा पुगेको बेला लुम्बिनी दैनिकमा छापिएको सो खवरले फेसबुकका शुभचिन्तक प्रयोग कर्तालाई थप चिन्तित बनाउने छ । साथै सजक र सतर्क हुनु पर्ने शन्देश पनि दिने छ ।
त्यसैले खवर चितौनेसँग मात्रै जोडिएको होइन प्रविधिको दुरुपयोग गर्ने प्रवृत्तिसँग गाँसीएको छ । लुम्बिनी दैनिकको खवरमा उल्लेख भए अनुसार मनिसले फेसबुक मार्फत सम्पर्कमा आएकी एकजना युवतीको फोटोलाई प्रविधि मार्फत नग्न बनाएर उसैसँग ५० हजार रुपैयाँ बाग्रेनिङ गरेछन् । फेसबुकमा आएका युवतीको नाता गोता आनिबानी सवैको विवरण राख्ने र बेजिल्लामा गएर उनीहरुलाई धम्क्याउने जुक्ति उनले लगाएका रहेछन् । बीबीएस पढ्दै गरेका श्रेष्ठले यसरी थुप्रै युवतीलाई ठगेको प्रहरीले बताएको लुम्बिनीले लेखेको छ ।श्रेष्ठ चितवनबाटै समातिएका हुन तर प्रहरीले निगरानी राख्दा उनी परासीमा थिए । परासीबाट फुत्केका उनी चितवनमा समेत प्रहरीलाई झुक्याउन सफल भएका रहेछन् । तर अन्तिममा उनी समातिए । फेसबुक आफैमा नराम्रो कदापी होइन तर यसलाई दुरुपयोग गर्ने खतरा बढेको यो घटनाले देखाएको छ । फेसबुकमा जो सुकैलाई पनि साथी बनाउँदा केसम्मको दुख र हैरानी पाइदो रहेछ भन्ने कुरा मनिसले सताएकाहरुलाई भन्दा बढी जानकारी अरु कसलाई होला र ?
तर हामी त्यो हैरानीको अनुमान लगाउन भने सक्छौं ।फेसबुकका भित्ताहरुमा अश्लिल सिनेमाका क्लिप्सहरु आएर धेरैलाई सताएको हो ला । अब अश्लिल सिनेमाको पात्रै नै आफैलाई बनाएर पैसा माग्न थालेमा अचम्म नमान्नु पर्ने बेला आयो । प्रतिबन्धित हुने बाटोमा लम्केको यो फेसबुक होसियारीका साथ चलाउ । अहिलेलाई यत्ति नै ।
सुगत पौडेल देवघाटका बासिन्दा हन् । देवघाट धामको तनहुँ तर्फ उनको घर छ । यी युवक पहिला नारायणगढमा पत्रिका बाँड्दथे । उनलाई चितवन पोष्ट बाँड्दै हिडेको देखेको हुँ सुरुमा । पछि म पनि त्यही पत्रिकामा रिपोर्टर भएँ । म आएको केही समयपछि नै उनले चितवन पोष्ट छाडे जस्तो लाग्छ । तर मिजासिला सुगतसँग छोटै समयमा पनि राम्रै चिनजान भयो । पत्रिका छाडेपछि उनी कुनै किराना पसलमा काम गर्ने थाले । तर भेटघाट हुँदा उनी बोलाई हाल्थे,
चिच्याइ हाल्थे । सुगत अहिले आफ्नो घरमै छन् अर्थात देवघाट जाने पुल तरेपछि महेस सन्यास आश्रम तर्फ लाग्नु पर्छ उनको घर पुग्न । आश्रमभन्दा वरै छ उनको घर । घरभन्दा तीन चार घर पर उनले पसल राखेका छन् अचेल ।उनको पसल अचम्मको छ । पसलमा चना चटपट बेच्न राखेका छन् । चना चटपट पहिला भारतीय या मधेसीले मात्रै बेच्ने गर्दथे । बाँसिको मोटो र लामो सिन्काले बनाएको बस्ने मुढा जस्तो तर मुढाभन्दा तीन गुना अग्लो स्टेण्डमा नाङ्लो जस्तो बस्तुमा भुजा या भुटेको चिउँरा मसला कागती भुटेको चना भिजाएको केराउ राखेर चना चटपट बेच्न हिँड्ने चलन थियो पहिला । बिस्तारै ठेलामा राखेर हिडाउन थाले । भारतीय या मधेसीले मात्रै गर्दथ्यो यो काम । नेपाली र त्यसमा पनि पहाडीया समुदायका व्यक्तिले यो काममा हात हाल्नै हिचकिचाए किन हो कुन्नी । अहिले भने फाट्ट फुट्ट देखिन्छन पहाडीय नेपालीहरु चटपट बेच्दै हिँडेको ।त्यसो त पसलै राखेर चटपट बेच्नेहरु पनि भेटिन थालेका छन् सहर बजारमा । पहाडीयाले पसल खोलेर चना चटपट बेच्न थाले भन्ने कुरा आफैमा नौलो रहेन अब । कुरा सुगतको चना चटपट बेच्ने तौर तरिकाको हो । एक पटक चना चटपट राख्ने भाँडोको सम्झना गरौं त सवैले सुरुमा कागज बेरेर लामो साली जस्तो बनाएर त्यसमा राखेको चना चटपट हत्केलामा राख्दै फाँको हाल्ने गर्दथ्यौ सवैले । पछि पछि चना चटपट राख्ने भाँडो र खाने तौरतरिका फेरियो । चार पाटे कागजमा चना चटपट घोप्टाएर कडा कागजलाई चम्चा जस्तो बनाएर स्वाद लिन थाल्यौ हामीले । यो बीचमा चटपटमा मिसाउने चिजबिज र मसालामा पनि निकै अन्तर अयो । अचेल त चटपटमा चाउचाउ नमिसाइ कसैले खाँदैनन् ।सुगतको चना चटपटे पसलमा पनि यी सव कुरा छन् । अनि सवै कुरा उही हो भने किन सुगतको चना चटपटे पसलको कुरा गर्न लाग्या हो भनेर तपाइँहरुलाई झर्को पनि लाग्यो हो ला । तर सुगतको पसलमा एउटा नौलो कुरा देखेर त्यसलाई मैले यहाँ उल्लेख गर्न मात्रै खोजेको हो । सुगतको चटपट अन्यत्रको भन्दा फरक न होला तर उनले चटपट प्लेटमा राखेर खान दिन्छन । प्लेटको चटपट चम्चाले मुखमा हाल्यो जिब्रो फड्कारो । भएन त नौलो र अनौठो अनि गज्जबको कुरा । हामीले सौध्यौ किन हो यसरी पलेटमा चटपट दिने गरेको । यसले चटपट खानेको सानै बढाउने जवाफ उनले दिए ।यो छोटो उत्तरले मात्रै उनी चुप लागेनन् । प्लेटमा चना चटपट राखेर दिएपछि फोहर पनि नहुने रहेछ । मान्छेले हिँड्दै चटपट खान्छ र कागज जहाँ तही फाल्छ । यसले फोरह असाध्यै बनाउँछ । आफ्नो चलेको पसलको कारण महेस आश्रम जस्तो ठाउँ नजिक फोहर नहोस भनेर उनले प्लेटमा चटपट दिन थालेछन् । फोहर कम गर्ने सुगतको सोचलाई धन्यवाद भन्नै पर्छ । ग्राहकलाई स्वादीलो चटपट दिएर सुगतले कमाए मात्र गरेका छैनन् पवित्र देवघाट धाम आफ्नो कारणले फोहर नहोस भनेर सचेतना पनि अपनाएका छन् । त्यसैले लेखेको हुँ प्लेटमा चटपट बेच्ने सुगतको कुरा यहाँ । तपाइँहरुलाई दिक्क लागेको भए क्षमा चाहन्छु ।
मैले यहाँ भारतीय मिडियाको समग्र चिरफार गर्न लागेको होइन । भारतीय मिडिया कस्ता हुन्छन हिन्दी सिनेमा '
पीपली लाइभको"
कथाले चित्रण गरेकै छ । '
पीपली लाइभको"
कथा मैले यो ब्लगमा सुनाइ सकेको छु । त्ये भारतीय मिडियाको कमजोर पक्षमा केन्द्रित छ । भारतीय मिडियाले देखाउने देश भक्ती भने बखान गर्ने खालकै हुन्छ । राष्ट्रियताको मुद्दामा उनीहरु जहिले पनि एक हुन्छन,
राष्ट्रि हितलाई संरक्षण गर्छन् । नेपाली मिडिया यो मामिलामा निकै पछाडी छन् । राष्ट्रका लागि भारतीय मिडियाले केसम्म गर्छन ठट्टाको रुप्मा एकजनाले केही दिन अगाडी भनेका थिए । ठट्टा लाग्ने उनको बोली साच्चै नै हो कि भन्ने पारे तिनै भारतीय मिडियाले ।देशलाई माथि पार्न भारतीय मिडियाले के गर्छन भन्ने बारेमा अस्ती भर्खर सौराहामा सम्पन्न जलवायु परिवर्तन सम्बन्धि तालिम कार्यक्रममा एकजनाले कथा सुनाए । कथा अनुसार एक पटक भारत र पाकिस्तान दुई देशबीचमा मात्रै कार दौड प्रतियोगिता भएछ । प्रतियोगितामा दुईवटा मात्रै कार रहेछन् । भारतका लागि दुर्भाग्या दौडमा पाकिस्तान अगाडी आएछ । खवर त दिनु नै थियो भारतीय मिडियाले,
तर दिएछन् यसरी । '
आज भएको कार दौड प्रतियोगितामा भारत दोस्रो भयो । पाकिस्तानको कार अन्तिम कारभन्दा केही मिटर मात्रै अगाडी थियो ।"
सत्यका हिसावले सवै कुरा दुरुस्त छ । बस कुरा यत्ति हो भारतीय मिडियाले दौड पाकिस्तानले जित्यो भन्ने कुरा उच्चारणै गरेनन् । बरु सत्यकै आड लिएर उनीहरुले पाकिस्तानलाई पछाडी पार्ने काम गरे अन्तिम कारभन्दा केही मिटर मात्रै अगाडी थियो भनेर ।यो त ठट्टा मात्रै थियो । तर कुरा सत्य नै हो कि भन्ने गरेर भारतीय मिडिया नै पेश भए कथा सुनेको केही दिनपछि । भारतमा अहिले कमन वेल्थगेम भइरहेको छ । पहिला बि्रटिसले शासन गरेका देशहरु यो खेल प्रतियोगितामा सहभागि छन् । भारतीय मिडियामा लगातार समाचार आइरहेको छ भारतले आज कास्य पदक जित्यो । भारतले आज रजत पदक जित्यो । लगातार दुई दिनसम्म भारतले कास्य र रजत पदक मात्रै जितेको खवर आयो । स्वर्ण पदक कस्ले जित्यो । पदक तालिकामा को अगाडी छन् यस्ता कुरा भारतीय मिडियाले पटक्कै भन्दैनन् । भारतले स्वर्ण जित्न थालि सकेको छ तर पदक तालिकामा भारत कुन स्थानमा छ भारतले पाँचवटा स्वर्ण जित्दा अरु देशले कतिवटासम्म स्वर्ण पदक जिते यस्ता कुरा सुन्नै पाइएन भारतीय मिडियामा ।दुई चार दिन अगाडी कथाको रुपमा सुनेको कुरा र कमनवेल्थ गेममा भारतीय मिडियाले देखाएको व्यवहार धेरै हदसम्म मिल्दो छ । हामी नेपाली यसरी कहिल्यै सोच्दैनौं । राष्ट्रिय भावना हाम्रा लागि ज्यादै परको विषय बन्छ । अस्ती भर्खर एकजना पत्रकारको ब्लगमा लेख हेरेको थिए । थाइल्याण्ड भ्रमणका बारेमा उनले लेखेका रहेछन् । उनले थाइल्याण्डलाई स्वर्ग र नेपाललाई नर्कसँग दाँजेका रहेछन् । भारतीय मिडियाले जे गर्छन राष्ट्रियताका लागि अति गर्छन् । हामी नेपाली राष्ट्रियताको ख्याल नराखेर अति गिर्ने खालका पनि छौं । यो अति राम्रो होइन ।
यो फोटो मैले मनिराम श्रेष्ठको फेसबुकमा भेटाएको हो । मनिराम श्रेष्ठको गाउँ नवलपरासीको मुकुन्दपुर गाविस वडा न.
५ मा पर्छ । पहिला म पनि त्यही गाउँमा बस्थे । फेसबुकमा मनिराम पनि भेटिए । सायद उनी अचेल गाउँमा छैनन विदेशमा होलान । फेसबुकमा उनको एलबममा निकै पुराना फोटाहरु रहेछन् । त्यही यो गैंडा माथि बसेको दुर्लभ फोटो पनि रहेछ । गैंडा आफैमा दुर्लभ वन्यजन्तु हो । त्यसको पिठ्युमा बसेर खिचेको फोटो यसै दुर्लभ हुने भयो । सौराहामा एकजना बृद्ध छन् गैंडामाथि चढेका हुन भनेर उनको खुवै मानमनितो हुन्छ । यता मनिराम खुसुक्क गैंडामा बसेर फोटो पनि खिचाए सकेछन् ।सौराहाका मल्लु चौधरी र मनिरामको गैंडा चढाइ अवश्य पनि फरक छ । मल्लु जंगलकै गैंडामाथि बसेका रहेछन् । मनिराम भने मान्छेसँग घुमिल भएको गैंडामाथि बसेका हुन् । सायद यो जंगे हुनु पर्छ । चितवन राष्ट्रिय निकुंजको मुख्यालय कसरामा जंगे थियो । खुला बस्यो त्यो धेरै सयम । आमा बिहिन भएपछि कर्मचारीहरुले त्यसलाई ल्याएर पालेका थिए हुर्काका थिए । यसरी मान्छेको संगतमै हुर्केको जंगेमाथि चढ्नु शाहसिक काम त थिएन तर गैंडामाथि यसरी ढुक्कसँग बसेर फोटो खिचाउनु अनौठो लाग्ने काम भने अवश्य हो ।मनिराम मान्छेसँग रत्तिएको गैंडामा बसेर फोटो खिचे । यो पनि मान्छेकै कारणले भएको हो । मान्छेका कारणले यस अर्थमा कि सायद त्यो गैंडाको आमा कुनै चोरी सिकारीको फन्दामा परेर मरो होला अनि मान्छेलेनै ल्याएर पाल्नु परो उसलाई । मान्छकै कारणले उ मान्छेसम्म पुग्यो । यसो हुँदा उसले आमाको ममता मात्रै गुमाएको छैन आफ्नो प्राकृतिक वानी बेहोरा र बास स्थलबाट समेत बंचित हुन परो । गैंडा देखेर मान्छे परपर भागुन न त्यो पो मज्जा तर हेर यहाँ गैंडामाथि मस्त बसेर फोटो खिचाउँदा समेत गैंडा हलन चल भएर बस्छ ।मैले यहाँ मनिरामले फोटो खिचेर गल्ती गरे नहुने काम गरे भन्न खोजेको पटक्कै होइन तर यसो गहिरिएर बिचार गर्दा गैंडाको दुर्दशा भने झल्कन्छ । त्यो दुर्दसाको मुख्य कारक के होला थाहा भएन । यो फोटोमा भएको गैंडा अहिले कसरामा छैन । बिक्रम बाबा मेलाको मेसो पारेर मनिरामले धेरै पहिला यो फोटो खिचेका हुन जस्तो छ । मान्छेका कारणले आमा बिहिन भएर त्यो गैंडा त्यसरी भौतारीदै मान्छेसँग हिमचिम गर्न आएको हो भने त्यो मान्छे जसले गैंडालाई आमासँग बिछोड गरायो उ भने महाअपराधि हो ।
भर्खर अर्थात यही भदौकै कुरा हो मंगलपुरमा एउटा गैंडा करेण्ट लागेर मरो । धान खान आयो भनेर गैंडालाई भगाउन गाउलेहरुले नाङ्गो तार खेत वरीपरी बारेर करेण्ट छाडेका रहेछन् । त्यही करेण्टको झड्काले गैंडा मरो । उ भर्खरकी सुत्केरी रहेछ । दुई तीन महिनाको उसको बच्चाको बिजोग भयो । सानै भए पनि सुरुमा त्यो बच्चाले मान्छेलाई लखेट्यो । तर खान नपाएर लखतरान भएपछि एक दिन मान्छेले त्यसलाई समाएर वन कार्यालयका कर्मचारीको जिम्मा लगाए । वनका कर्मचारीको काखमा मान्छेको बच्चो जसरी बसेको गैंडाको त्यो छाउरोले मान्छेकै औंला चुसेको थियो आमाको कल्चौडोको थुन ठानेर होला सायद । केही सयमपछि त्यो बच्चो ठुलो हुनुका साथै आफ्नो प्राकृतिक गुण गुमाएर भैसीको पाडो जस्तो मान्छेसँग रमाउने स्वभावको हुने छ । अनि मनिरामले जसरी अरु कोही उसको आँङमा मज्जाले बस्ने छन् फोटो खिचाउने छन् । त्यती बेला उनीहरुले गल्ती गरे भन्नु इर्थ हुने छ गल्ती मात्रै होइन अघि माथि नै भने जस्तो महाअपराध त त्यसको आमा मार्नेहरुले गरेका हुन् । आमा मरेकाले नै बच्चाको अवस्था यस्तो निरिह भएको हो । अब यसरी आमाहरु कहिल्यै नमरुन सवैले यही कामना गरौं ।
कालो पत्रे गरेको फराकिलो सडकमा निश्चित रुपमा मज्जाले गाडी हाँक्न मन लाग्छ । फराकिलो कालो पत्रे सडक बनेको पनि यसैका लागि हो । तर तस्विर हेर्दा त्यस्तो लाग्दैन । मानौ सडक दाई हाल्ने खलो हो । सडक दुर्घटना चलाउनेका लापरवाहीले हुन्छ । दुर्घटना भएपछि सवैले ठान्ने यस्तै हो । तर सडकमा लापरवाही गर्नेहरु तर्फ कसैले ध्यान दिदैनन् । यो सडकमा यसरी पराल राख्दा कुदेर आएका गाडीहरु चिप्लिन सक्छन् । चिप्लिएमा दोष चलाउने मात्रकै हुने हो ?
सौराहा पर्यटनका लागि विश्वमै ख्याती कमाएको ठाउँ हो । दिनमा सयौं पर्यटक यहाँ आउँछन् । यो पराल फिजाएको ठाउँ त्यही सौराहा जाने सडक हो । पर्यटकका गाडीहरु प्रशस्तै आवत जावत गर्ने मुख्इ सडकमा यस्तो अवरोध राख्न हुने हो त । स्थानीयले आफ्नो सानो स्वार्थका लागि अरुलाई दुख दिने उपाय अपनाएका छन् । सडकमा यसरी असरल्ल पराल राख्दा अल्झेर र चिप्लेर दुर्घटना हुने कुरामा गाडी चलाउनेले मात्रै सजगता अपनाउनु पर्ने हो र । सडक त खुला छाडि दिनु पर्ने होइन र । यो अभिभारा स्थानीयले पनि पुरा गर्नु पर्ने होइनअस्ती भर्खर एउटा समाचार आएको थियो । गाडी या मोटर समाइकलसँग भैसी ठोक्किएको । सडकमा अनियन्त्रित तरिकाले गाई वस्तुहरु डुलाउँदा गाडीहरु जनावरहरुसँग ठक्कर खान्छ । प्राय गाडी गएर जनावरमा ठोक्किएको रुपमा अथ्र्याइन्छ । निर्वाध रुपमा गाडी चल्न पाउनु पर्ने सडकमा अनियन्त्रित तरिकाले गाई भैसी डुलाएपछि गाडी गएर भैसीमा ठोक्किनै गर्दैन भैसी आफै आएर ठोक्किन्छ गाडीमा । अनि दोष बाटोमा भैसी डुलाउनेको कदापी हुँदैन । हप्की दप्की लौरो चड्कन र जरिवानाको भागिदार हुनु पर्छ गाडी वाला ।खोरमा राम्रोसँग थुनेर राखेन भने बाहिर निस्केका बेलामा ख्याल गरेन भने कुखुराको चल्लो मात्रै होइन माउ पनि सिकारी चरा बाज वा चिल तथा स्यालको फेला पर्न सक्छ । चिल या स्यालले खायो भने निलेको निल्यै पारिदिन्छ । त्यही चल्लो बाटोमा आएरु गाडी या वाइकले छिस्रिक्क पारिदियो भने सुरु हुन्छ चर्को मोलमोलाई । खोरकै गएर चल्लो तानेको चोरलाई जस्तो तुच्छ व्यवहार गर्छ चल्लोको साहुले गाडी चालकलाई । एक पटक महेन्द्रराजमार्गमा एउटा ट्रकले हाँस मारेछ । गुड्दै आएको ट्रक मान्छे झार्न रोकिएको थियो । मान्छे झरेपछि ट्रक गुड्यो । कताबाट हाँस भित्र छिरेको रहेछ चक्काले छोयो मरो ।ट्रकको चालक इमान्दार रहेछ । स्वाट्टै कुदाएन रोक्यो । तर हाँस मालिकले तुजुक देखायो । मरेको हासको खुट्टा समाएर उ करायो जावो एउटा हाँस् जोगाउन सक्दैनस भने के गाडी चलाउँछस । देशको मुख्य राजमार्गमा आएर हाँस मरेको छ उल्टै हाँस मालिक तुजुक देखाउछ बा । हाइवे गाडी कुदाउनलाई बनाएको हो या उसका हाँस् चराउनलाई । हाँस चरन क्षेत्रमा गएर मारेको होर त्यो ड्राइभरले हाँस । तर ड्रइभर सोझो परे छ के गारै ?
भन्न् थाल्यो । हाँस मारेपछि पैसा नतिरि सुखै छैन तर मालिकले बढी पैसा झार्न थाल्यो । सडकमा चल्लो मरो भने यस्तै परे खसीको मुल्य चुकाउनु पर्छ । यो चल्लो ठुलो हुन्थ्यो अण्डा पर्दथ्यो यति बगाल बनाउथ्यो भन्नेसम्मका हिसाव लगाउँछन् मान्छेहरु ।ल चल्लो मरेमा पैसा दिने रे । माग्नै आउँछन् मान्छेहरु नियम र कस्को कम्जोरी थियो तिर्नु पर्ने हो या होइन भन्ने कुरा राख्नै पाइँदैन । तर त्यही चल्लो जोगाउँदा वाइक वा गाडी चिप्लिएर गाडीको मान्छे घाइते वा अन्य केही खती भयो भने चल्लो धनीले खर्च बेहोर्ने या नबेहोर्ने ?
राजमार्ग गाडीका लागि हो र त्यहाँ आएका गाइ भैसी कुखुरा हाँस आएर मरेमा कुनै पैसा दावी गर्न नपाइने ?
तिनका कारणले गाड़ी वा सवारलाई केही भएमा जसको भैसी चल्ला हो उसैले खर्च बेहोर्नु पर्ने नियम कडाइमा साथ लागु भएमा पराल सुकाउनेहरु पनि तस्रने थिए कि । तर मेरो मतलव सडक छ भन्दैमा लापरवाहीसँग गाडी चलाउन पाउनु पर्छ भन्ने होइन । सडकमा अरुले पनि लापरवाही गर्न पाइँदैन भन्ने मात्रै हो ।