चितवनमा अचेल बाइक चढ्नेहरु अचाक्लि बढेका छन् । सडक छोपिने गरेर दौडन्छन् बाइक । आवश्यक भएका नभएका सवै कुद्को पाइन्छ बाइकमा । बाइक मात्रै बढेको होइन बाइक चोरी पनि फष्टाएको छ चितवनमा । असारको १९ गतेदेखि पाँच दिनको बीचमा चितवनका तीनजना पत्रकारको बोइक चोरी भयो । असार महिनामा उनीहरु कसैको उजुरी चितवनको जिल्ला प्रहरीमा परेको रहेनछ । उजुरी परेकै कुरालाई आधार मान्ने हो भने पनि असार महिनामा नौवटा बाइक चोरले लगेको रहेछ ।चोरहरु भरतपुर नगरपालिका क्षेत्रमा बढी पल्केका रहेछन् । हराएका ६६ मध्ये १४ वटा बाइक मात्रै भरतपुर नगरपालिकाभन्दा बाहिरबाट चोरी भएका रहेछन् । नगरपालिकाको वडा नंं १० बाटै मात्रै १८ वटा बाइक चोरले उछिट्याएको रहेछ । यहाँ चोरी भएका बाइक तत्काले हेटौंडा बीरगाज या बुटबव पुग्छन् रे । त्यसैले सजिलोको लागि पनि चोरहरु नगरक्षेत्रमै केन्द्रि्रत भएको प्रहरीको ठम्मयाइ छ । उताका मान्छेले चितवनका मान्छेलाई कारिन्दा बनाएर चोर्न पठाउने र चोरलाई केही पैसा दिएर बाइक बेचेर धन आफुले कुम्ल्याउने गरेको प्रहरीले जनाएको छ । तर हराएको उजुरी लिने प्रहरीले चोर भने कमै समातेको छ । वाइक पनि अपवादको रुप्मा मात्रै फेला पारेको छ ।
समातिए पनि चोर एक महिना मात्रै जेल बस्नु पर्छ रे । अनि मोटरसाइकल फेला परेमा त्यसैको मुल्य बराबरको जरिवाना मात्रै तिरेर पुग्दो रहेछ । चोरहरुलाई हौसला कानुनको यो कमजोरीबाट मिलेको रहेछ । अनि किन नमौलाओस त मोटरसाइकल चोरीका घटना । मान्छे मारेर कारवाही भोग्न नपर्ने देशमा एक महिना जेल बसे पुग्ने मोटर साइकल चोर्न को उद्दत नहोस त । त्यसैले धमाधम वाइक किन्न कस्सिएकाहरुले यो कुरालाई पनि ख्याल गर्न आवश्इक भएको छ । मोटरसाइकल नहराओस भन्नका लागि धनीको सजगता नै चाहिदो रहेछ ।
बजाजको पल्सर वाइक आतंकले सहर हैरान छ । चोरले पनि पल्सरलाई नै पहिलो निसानामा राख्ने गरेको छ । हराएका मध्ये झण्डै एक चौथाइ पल्सर बाइक नै छन् । चोरलाई बजार नै सजिलो लाग्दो रहेछ क्याहो पल्सरपछि चोरीनेमा बजाजकै अरु ब्राण्डहरुको बोलाबाल छ । चोरेको बिगबिगि थामिने छाट भने छैन । सरकारी कार्यालको हाता भित्रबाट बाइक बोकेर चोर दौडेको छ । घरको दौलोबाट छिरेर ह्याण्डिल लक गरेर बाइक कुदाउन पनि भ्याएकै छ चोरले । कति आँटीला र फुर्तिला छन् चोरहरु । अनि प्रहरी निदाएको कुम्भकर्णभन्दा पनि झुर छ चोर समात्ने मामलामा । त्यसैले गाह्रो छ बाइक बचाउन ।





साथै हिडे पनि सवै ठाउँमा सँगै लान नसकिदो रहेछ । सँगै नभएपछि गुमाउनु पर्ने डरले मन थिरमा रहदो रहेनछ । केही साथीहरुले गुमाइ सकेकाले अचेल म बढी सजग हुन परेको छ । घरसम्म सँगै भए पनि ढोका भित्र लैजान नमिल्ने भएकाले बाटामा छाडेर हिड्नु पर्ने बाध्यता छ । बाटो भरोसा गर्न लायकको ठाउँ हुँदै होइन । त्यसैले त्यहाँ छाडेको चिज के भयो होला भन्ने चिन्ताले घर भित्र मलाई पनि चैइनसँग बस्न दिदैन । आफ्नै घरको सामुन्ने पाउँदा तुलनात्मक रुपमा मन धेरै ढुक्क हुन्छ । तर यस्तो सधै हुँदैन । कहिले कहाँ कहिले कहाँ भइन्छ । अनि आफु भित्र उ बाहिर । यस्तोमा आफ्नो शरीर मात्रै भित्र हुन्छ मन जति सवै बाहिर । त्यसलाई जहाँ छाडेर आएको हुँ बाहिर निस्कदा सोही ठाउँमा पाउने छु भन्नेमा ढुक्क नभएकाले यस्तो त हुने नै भयो । साथी सूर्यप्रकास कँडेलले यस्को समाधान खोजी सक्नु भएछ । उहाँ अब ढुक्क । त्यसैले यो समाधान गर्न त्यत्ति गाह्रो मान्नु पर्ने विषय पनि होइन । तर आज आज भोलि भोलि भन्दा भन्दै समाधानको साधन जुटाउन बेर भइरहेको छ । जति अबेला गर् यो गुमााउने खतरा बढ्दै जान्छ भन्नु हुन्छ सूर्य जी । लापरवाही नगर्नु होस है भन्ने सल्लाह हिजो जिल्ला जनस्वास्थ्य कार्यालयमा भॆट हुदा सूर्य जीबाट पाएको हो । तर साधान जुटाउने जाँगर अझै गरिएन । त्यत्ति महंगो होइन जम्मा पाँच सय रुपैयाँ पर्ने दाम्लो बाधेपछि धेरै ढुक्क हुने अनुभव राख्नु भयो सूर्य जीले । त्यो दाम्लो नभए के हुन्छ चिनेका दुई तीनजना साथीहरुको जे अवस्था अहिले छ मेरो पनि त्यस्तै हुने खतरा कायम रहन्छ । गुमाउने बेला आउँदा घर बाहिर भित्र जहाँ भए पनि गुम्दो रहेछ । त्यसैले कहिले काही घरमै भए पनि पिर चिन्ता बाहिर हुँदा जस्तो हुन्थ्यो घरमा हुँदा पनि उस्तै ।साथी दिपेन्द्र बडुवालले घर बाहिरबाट गुमाएका हुन् । दिनेशकुमार थपलियाले भित्रैबाट त्रिवेणी एफएमका साथीले कहाँबाट गुमाए त्यस्को भने हेक्का भएन । तर गुम्ने बेलामा घर भित्र बाहिर जहाँबाट पनि गुम्दो रहेछ । अचेल किन हो पत्रकारहरु नै बढी निसानामा परेकाले मन झनै आत्तिएको हो । धेरै थरीको निसानामा परेका पत्रकारहरु अचेल बाइक चोरको निसानमा पनि परेका छन् । त्यसैले सावधानी अपनाउन आवश्यक भएको हो । यहाँ नाम उल्लेख भएका मध्ये सूर्यजीले बाइक गुम्न नदिने दह्रो व्यवस्था गर्नु भएको छ भने नाम उल्लेख भएका अरु साथीले राम्रा राम्रा र दामी बाइक गुमाइ सक्नु भएको छ । बाइक जोगाउने दह्रो व्यवस्था गर्न नभ्याएका म जस्ता केहीको मन सधै धुक्चुक धुकचुक हुने गरेको छ । खाजा खान होटल भित्र पस्दा आँखाले देखिने ठाउँमा राखेर हिड्ने गरिन्छ । कार्यक्रमहरुमा छिद्रा देख्न मिल्ने ठाउँमा राख्न पाइएन भने कार्यक्रम नै बहिस्कार । लक छ ह्याण्डिल लक हुन्छ यति हुँदा पनि बाइकको पिर गर्नु पर्ने अवस्था छ । अब दाम्लो किनेर चक्कामा नकस्दासम्म ढुक्क हुने अवस्था छैन । गुडेर गयो बाइक बाहिर राख्यो आफु भित्र छिर् यो । शरीर भित्र छिरे पनि मन त बाइकमै ।