Thursday, July 22, 2010

वाइक चोरीको कथा कहानी

चितवनमा अचेल बाइक चढ्नेहरु अचाक्लि बढेका छन् सडक छोपिने गरेर दौडन्छन् बाइक आवश्यक भएका नभएका सवै कुद्को पाइन्छ बाइकमा बाइक मात्रै बढेको होइन बाइक चोरी पनि फष्टाएको चितवनमा असारको १९ गतेदेखि पाँच दिनको बीचमा चितवनका तीनजना पत्रकारको बोइक चोरी भयो असार महिनामा उनीहरु कसैको उजुरी चितवनको जिल्ला प्रहरीमा परेको रहेनछ उजुरी परेकै कुरालाई आधार मान्ने हो भने पनि असार महिनामा नौवटा बाइक चोरले लगेको रहेछ
चोरहरु भरतपुर नगरपालिका क्षेत्रमा बढी पल्केका रहेछन् हराएका ६६ मध्ये १४ वटा बाइक मात्रै भरतपुर नगरपालिकाभन्दा बाहिरबाट चोरी भएका रहेछन् नगरपालिकाको वडा नंं १० बाटै मात्रै १८ वटा बाइक चोरले उछिट्याएको रहेछ यहाँ चोरी भएका बाइक तत्काले हेटौंडा बीरगाज या बुटबव पुग्छन् रे त्यसैले सजिलोको लागि पनि चोरहरु नगरक्षेत्रमै केन्द्रि्रत भएको प्रहरीको ठम्मयाइ उताका मान्छेले चितवनका मान्छेलाई कारिन्दा बनाएर चोर्न पठाउने चोरलाई केही पैसा दिएर बाइक बेचेर धन आफुले कुम्ल्याउने गरेको प्रहरीले जनाएको तर हराएको उजुरी लिने प्रहरीले चोर भने कमै समातेको वाइक पनि अपवादको रुप्मा मात्रै फेला पारेको
समातिए पनि चोर एक महिना मात्रै जेल बस्नु पर्छ रे अनि मोटरसाइकल फेला परेमा त्यसैको मुल्य बराबरको जरिवाना मात्रै तिरेर पुग्दो रहेछ चोरहरुलाई हौसला कानुनको यो कमजोरीबाट मिलेको रहेछ अनि किन नमौलाओस मोटरसाइकल चोरीका घटना मान्छे मारेर कारवाही भोग्न नपर्ने देशमा एक महिना जेल बसे पुग्ने मोटर साइकल चोर्न को उद्दत नहोस त्यसैले धमाधम वाइक किन्न कस्सिएकाहरुले यो कुरालाई पनि ख्याल गर्न आवश्इक भएको मोटरसाइकल नहराओस भन्नका लागि धनीको सजगता नै चाहिदो रहेछ
बजाजको पल्सर वाइक आतंकले सहर हैरान चोरले पनि पल्सरलाई नै पहिलो निसानामा राख्ने गरेको हराएका मध्ये झण्डै एक चौथाइ पल्सर बाइक नै छन् चोरलाई बजार नै सजिलो लाग्दो रहेछ क्याहो पल्सरपछि चोरीनेमा बजाजकै अरु ब्राण्डहरुको बोलाबाल चोरेको बिगबिगि थामिने छाट भने छैन सरकारी कार्यालको हाता भित्रबाट बाइक बोकेर चोर दौडेको घरको दौलोबाट छिरेर ह्याण्डिल लक गरेर बाइक कुदाउन पनि भ्याएकै चोरले कति आँटीला फुर्तिला छन् चोरहरु अनि प्रहरी निदाएको कुम्भकर्णभन्दा पनि झुर चोर समात्ने मामलामा त्यसैले गाह्रो बाइक बचाउन


Wednesday, July 21, 2010

राष्ट्रियता बाँच्छ भाषा र संस्कृतिमा

भाषा भयो भने देश पनि पाइन्छ चिन्तक सीके लालले इजरायलको उदाहरण दिदै सुनाए असार ३० गते हेटौडामा राष्ट्रियताको बारेमा बहस चल्दा मुख्य वक्ता उनै थिए देश देशावरका अनेक चलन चल्ति विज्ञहरुको परिभाषालाई उनले आफ्नो सोचपत्रमा समेटेका थिए तर उनको २० पेजभन्दा लामो सोचपत्रले बुझाउन नसकेको कुरा छलफलको क्रममा भनेको छवटा शब्द भएको एउटा बाक्यले धेरै हदसम्म प्रष्ट्यायो इजरायलीहरु दुई हजार वर्षसम्म राष्ट्र बिहिन भएरै बसेका रहेछन् भाषा बचेकाले उनीहरुले ६५ वर्षअघि आफ्नो छुट्टै देश पाए भाषाको शक्ति यस्तो हुँदो रहेछ
असार ३० को अघिल्लो दिन भानु जयन्ति परेको थियो नेपाली भाषाका आदि कवि भानुलाई हामी अचेल त्यत्ति वास्ता गर्दैनौं देशका सर्वोच्च पदमा आसिन भएकाहरुले नै नेपाली भाषालाई हेला गर्न थालेका बेलामा भानुभक्तको वास्ता किन हुन्थ्यो यो देशमा २९ गते कान्तिपुर दैनिकको विचार पृष्टमा एउटा लेख छापिएको थियो त्यहाँ भुटानमा नेपाली भाषा भानुको स्मृतिमा हुने गरेको कार्यक्रममाथि आइ परेको आपतको चर्चा थियो नेपालको राजनैतिक सिमानाभन्दा बाहिर रहेका नेपालभाषीहरुले जत्ति पनि चिन्ता गर्दै नौ हामी नेपालका नेपालीले आफ्नो पहिचानसँग जोडिएको भाषालाई अचेल
देश व्यापी बनेको भाषालाई अनेका लााछना लगाएर पछाडी पार्ने कोशिस हुँदै जुन नेपाली राष्ट्रियता विरुद्धको योजनावद्ध अभियान पनि हुन सक्छ देश भित्र रहेका अनेक भाषाको संरक्षण के कसरी गर्ने भन्ने चिन्तालाई नाजायज भन्नै हुँदैन तर अहिले अल्पसंख्यकहरुको भाषालाई जोगाउने प्रवद्र्धन गर्ने भन्दा पनि देशभर फैलिएको विदेशमा समेत नेपालको पहिचान बनाइ सकेको नेपाली भाषालाई कसरी पछाडी पार्ने भन्ने ढंगले काम भएको अनुमान लगाउन मात्रै होइन त्यसै हुँदैछ भनेर ठोकुवा गर्न पनि कुने गाह्रो छैन त्यसैले हेटौंडाको बहसमा सहभागिहरुले जोड दिए अब नेपालीको विकल्प खोज्नुभन्दा पनि नेपालीसँगै अग्रेजीमा जानकारी राख्ने नेपाली बोल्नेले पनि नेपाल भित्र बोलिने अरु भाषा मध्ये कम्तिमा पनि एउटा भाषामा दख्खल राखौं भन्ने प्रस्ताव गरे
राष्ट्रियताको अकाट्य परिभाषा हुँदो रहेनछ राम्रो गर्छु भनेर त्यसैमा अल्झने पनि गर्नु हुँदो रहेनछ नत्र राम्रा सवै जनावरको शरीर जोडेर अति राम्रो जनावर बनाउँछु भन्दा ऊँट जस्तो विरुपको जनावर बन्ने खतरा हुँदो रहेछ राष्ट्रियताको प्रवद्र्धन गर्न खोज्दा देशको सिमाना भित्र मात्रै होइन सिमाना बाहिर बस्ने त्यस देशको भाषा संस्कृति अनुकुल हुन आउने व्यक्ति समुदायको पहिचानलाई पनि ख्याल राख्न सकूनु पर्छ भन्ने तहका कुराहरु त्यस बहसमा उठे राष्ट्रियताको परिभाषा त्यसमा सरोकारवालको अपन्वत्व झल्काउनका लागि सकारात्मक नियतले कामको सुरुवात गरिहाल्ने सुरुमा खोलेको ट्रयाकलाई जति पनि फैल्ाउन सकिन्छ भन्ने मान्यता बोकेमा उत्तम हुने देखियो अलग पहिचान खोज्नै पर्छ नत्र भिडमा हराउने डर हुन्छ अस्तित्व गुमाएर के बाँच्नु युरोपका सवै देश अरु सवै कुरामा एउटै हुन थाल्दा पनि भाषाका माध्यमबाट पहिचान दिन भाषा जोगाउनका लागि बढीभन्दा बढी बजेट खर्च गर्छन रे त्यसैले हामी पनि भाषा संस्कृति संरक्षणका लागि गम्भीर बनौ भन्ने सन्देश हेटौंडाको बहसले दियो


Tuesday, July 20, 2010

आज एक महिना

असार पाँच गते भेट भएके हो मेरो उनको त्यसअघि कुनै चिनाजान थिएन झुक्किएर पनि देखादेख भएको थिएन असार तीन गते १२ घण्टा हिडेर कान्दा पुगेको चार गते नौ घण्टा हिडेर घर फर्केको हुँदा ज्यान थकाइले चुरचुर भएको थियो पाँच गते मध्यान्ह मोटरसाइकलमा १३५ किमि कुदेर उनको घर पुग्दा मेरो अवस्था कस्तो थियो सवैले अन्दाज लगाउन सक्छन् यस्तो हालतमा एक पटक हेराहेर भएपछि दोहर्याएर भेटने सम्भावना हुनेछैन भन्ने मेरो ठम्याइ थियो तर त्यो क्षण भेट भएकी शुष्मा ज्ञवालीले मेरो यस्तो ठहरलाई गलत सावित गरिदिइन्
ज्यान मात्रै थाकेको हो मन पनि केही आत्तालिएको थियो यस्त्ो बेला गरेको झण्डै १५ मिनेटको वार्तालापले सम्बन्ध जोड्न प्रेरित पो गर्यो बुटबलबाट २० किलो मिटर पश्चिम बाँसगढी गाउँमा रहेको उनको घरमा त्यस दिन झण्डै ४५ मिनेट बिताएर फर्कदा यो घरमा अब पटक पटक आउनु पर्ने हुन्छ भन्ने लागेको थियो जुन साँचो भयो बिहे गर्ने उमेर कट्न लाग्यो भनेर कचकच गरिरहेका अभिभावकहरुले कमसे कम एक पटक भए पनि केटी हेर भनेर धेरै नै कर गरेपछि बाँसगढी हानिएको उतै तानिए एकै पटकमा बिहेका लागि राजी होला भनेर कसैले चिताएका थिएनन् त्यसैले धेरै विकल्पहरु राखेर बलाई पश्चिम बोलाइएको थियो तर शुष्मासँगको १५ मिनेटको कुराकानीले मलाई तत्कालै निर्णय लिन सजिलो बनायो
५० वर्षसँगै बिताउने विषयमा तपाइले १५ मिनेट कुरा गरेर निर्णय लिनु भयो भन्दै विदेशमा भएको भाइले केही अनौठो मान्यो तर त्यो छोटो वार्ताले पनि केही अधारभूत कुराहरुको सफ चित्र दिएकाले मलाई निर्णय लिन थप समय नलागेको हो अभिभावकहरुका तर्फबाट धेरै कुराहरु बुझ्ने काम भएकाले मैले लामो समय लिनु पर्ने आवश्यकता पनि थिएन त्यसैले छोटो लागेको १५ मिनेट थाति रहदै आएको बिहेको निर्णय भयो त्यस दिन त्यसको दुई दिनपछि टिकाटालो १२ दिनपछि बिहे भएपछि जिन्दगीको एउटा अध्याय सकिएको त्यसैले असार पाँच गते महत्वपुर्ण समय भयो मेरा लागि
त्यो दिन मध्यान्हपछि घरबाट निस्केको थिए मेरो यात्रा पश्चिम तर्फ भएकाले टाउको माथिबाट पार भएको घामलाई पछ्याइ रहेको जस्तो लाग्दथ्यो सुस्त रफ्तारमा बाइक चलाउँदै आफन्तको घरमा पस्दै बाँसगढी पुग्दा घाम मलिन भइ सकेको थियो शुष्मा हामी बसेको कोठामा छिर्दा घाम डुवेको थियो साँझ मौलाउने तर्खर गर्दै थियो कुराकानी सकेर बाहिर निस्कदाँ वातावरण एक दमै गोधिली मय थियो दुई दिनपछि टीकाटालो गरेर घर आएपछि मैले कोरेका तीन पंक्ति यहाँ राख्दै आजलाई विदा

घाम पछ्याउँदै जाँदा भयो भेट तिमीसँग,
गोधुली साँझको शितल बेलामा थियो त्यो,
नयाँ बिहानीको आशामा साइनो जोडे तिमीसँग ।



Monday, July 19, 2010

खुलम खुल्ला प्यार

हिजो साउन महिनाको पहिलो सोमबार देवघाटमा बढी नै भिडभाड थियो बोलबमधाममा चढाउने जल लिन देवघाट आउनेहरुका कारण यस्तो घुइचो लागेको हो बोलबममा जल चढाउनु शिवको आरधना गर्नु हो शिवको आरधनाले पार्वतीलाई जस्तो सुख मिल्छ भन्ने अभिलाशा नारीहरुले राखेका हुन्छन् पार्वतीले के कस्ता सुख पाइएकी छन् धर्म ग्रन्थहरुमा कुनै विस्तृत वर्णन छैन शिव जस्तो श्रीमान पाउनु नै उनका लागि ठूलो खुसीको कुरा हो भन्ने झलक पुराणहरुमा पाइन्छ महिलाहरु पार्वतीले शिव पाए जस्तै आफुले पनि मनले चिताएको श्रीमान पाउन सकौं भन्ने कामनाले साउनको सोमबार ब्रत बस्ने बोलबमधाम जाने नदीहरुमा नुहाउने गर्छन् तर सोमबारे ब्रतको भित्री रहस्य महत्व अनेक होलान भए पनि त्यसमा पस्ने बुझ्ने जाँगर धेरैलाई छैन
गत वर्ष पनि साउनको पहिलो सोमबार देवघाट गएको हो त्यति बेला तन्नेरी तिर्थालुहरुको राम्रै जमघट थियो यस पटक अलि अबेला पुगे पनि किसोर किसोरीहरुको भिड नियाल्न पाउने अवसर भने छुटेन देवघाटमा अरु बेला बृद्धबृद्धाहरुको भिड हुन्छ बुढेस काल बिताउन आउने ठाउँ हो देवघाट यहाँ माघे संक्रान्तिमा ठूलो मेला लाग्छ त्यो बेलामा पनि प्रौढहरुकै बाहुल्यता हुन्छ तर यो साउने सोमबारमा देवघाटमा किसोर किसोरी युवा युवतीको लर्को लामै हुन्छ युगल एकल रुपमा देखा पर्छन उनीहरु एकलमा किसोर युवकभन्दा किसोरी युवती आएका हुन्छन् जोडी बनाएर आएका युवक युवती किसोर किसोरी नारीएरै हिड्छन्
नारीएर हिड्दा युवक युवतीको जोडीमा युवती अलि लजाए जस्तो देखिन्छ युवतीको मुखाकृति हेर्दा यो मोरोले हात छाडिदिए पनि हुन्थ्यो भने जस्तो लाग्छ युवतीले शंकोच माने जस्तो लागे पनि युवक निशंकोच भएको पाइन्छ खुलम खुल्ला मायाको प्रर्दशन गर्न लालायित युवकभन्दा कम हुँदैनन् किसोरहरु किसोर किसोरीको जोडीमा मायालाई सार्वजनिक गर्न दुवै कम नहुने होडबाजी चले जस्तो लाग्छ युवतीको जस्तो अफ्ठ्यारो मानेर किसोरीहरु हिडेका हुँदेनन् किसोर जसरी छिल्लिन्छ त्यसरी नै छिल्लिन्छन् किसोरीहरु साउने सोमबार देवघाट क्षेत्र मायाको मैदान जस्तो लाग्ने गर्छ जहाँ परेड खेल्न आएका हुन्छन युवक किसोरहरु जोडी समेत लिएर जोडी विनाका युवक किसोरहरु कमै भेटिन्छन् यो बेलामा
युवती किसोरीहरु जोडी नभए पनि आएका हुन्छन् अझ बढी समर्पण देखिन्छ उनीहरुमा जस्तो खाली खुट्टा हुन्छन ध्यान सिधा बाटोमा बाहेक अन्यत्र हुँदैन विवाहित जोडी पनि नदेखिने होइनन् तर उनीहरु एक आर्काको नजिक पर्नै बिसे्रका जस्तो लाग्छ उनीहरुको अनुहारमा तनावका रेखाहरु दौडिरहेका हुन्छन् यस्ता तनावले नै मान्छेलाई देवघाटसम्म ल्याउने हो त्यसैले देवघाटको वातावरण शान्त यो शान्ती कहिले काही गहिरो रहस्य बोकेको गम्भीर प्रकृतीको लाग्छ त्यसलाई चिर्ने काम किसोर किसोरीको रसिक व्यवहारले गर्छ साउनका चार दिन देख्न पाइने यो चहल पहलले देवघाटको आफ्नै विशेषतालाई खतरामा भने नपारोस भन्ने कामना सहित बोलबम

Sunday, July 18, 2010

यो झरीमा रुझीयो बेस्सरी

वर्षायाममा नरुझ्ने कमै हुन्छन् मानो खाएर मुरी उब्जाउने ध्याउन्नमा रहेका नेपालका किसानहरु झरीमा मज्जाले भिज्छन् किसानै किसानले भरीएको नेपालमा यो झरीमा रुझीयो बेस्सरी भनेर गफ गरिहाल्नु पर्छ जस्तो लाग्दैन नयाँ नौलो काम पो गफको विषय बन्छ किसानको छोरो भएर रुझेको विषयमा कुरा गर्न थाल्नु अनावश्यक पनि हो तर पनि यो वर्षाको एउटा रुझाइ यहाँ राख्नै पर्ला जस्तो लागेर केही लेख्ने जमर्को गर्दै छु
कुरा सुखद भने होइन अस्ती असार ३० गते बिहानै हेटौंडा गइयो नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष कृष्ण गिरीले जाउँ भनेपछि त्यहाँ भएको राष्ट्रियता सम्बन्धि बहसमा भाग लिइयो राष्ट्रियताका बारेमा सीके लाल खगेन्द्र संग्रौलाले तानेको बहसको रेखालाई सहभागिहरुले चाक्लो बनाउने मेसो गर्दा कार्यक्रम लम्बियो दिउँसो दुई बजे सकिने भनेको कार्यक्रम चार बजे बल्ल बिस्रजन भयो
हिड्न लाग्दा हामील्ाई हेटौंडा ल्याउने अगुवा कृष्ण गिरी देखापरेनन् कता गए छन् भनेर सोधी खोजी गर्दा उनी दुई बजे नै हेटौडाबाट हिडेको मानवअधिकारकर्मी मुकुन्द दहालले बताए खै विषेश काम आइलाग्यो भनेर हिड्नु भएको हो भन्ने मुकुन्द जीको जवाफ आएपछि के किन भनेर बढी निधीखुदी गर्ने काम भएन कृष्ण जी गएको हो भन्ने थाहा पाएपछि बाँकी रहेकाहरु भेला भएर खुरुक्क हिडियो घर पुग्ने हतारोमा थिए सवै
भरतपुर आएपछि गाडीबाट नझर्दै एउटा फोन आयो जस्ले कृष्ण जी हतारिएर दौड्नुको कारण संकेत गर्यो घर आइपुग्दा आएको अर्को फोनले कृष्ण जी हतारिएर किन हिड्नु परेको हो प्रष्ट गर्यो कृष्ण जीको बुबाको निधन भएको खवर पछिल्लो फोनबाट थाहा भयो यो खवर थाहा पाउदा झण्डै सात बजेको थियो दाहसंस्कारका लागि सवै देवघाट पुगेको जानकारी पनि पाइयो उता जाने होला नी भनेर रामबाबु सुवेदीको फोन आयो जाने भन्ने निधो मैले दिए
ठिक्क जान लागेको पानी वर्ष सुरु भयो हाफ पाइन्ट टि सर्टमाथि रेन कोर्ट लगाएकाले पानीले नरुझाउला भनेर वाइकमा हिडियो देवघाट तर्फ रामबाबुलाई भेट्न चितवन पोष्ट दैनिकको कार्यालय नजिक पुग्दा पानी झनै दर्कियो पानी आए पनि चाडै जाउँ भन्दै दुवै हिडियो छुट्टा छुट्टै वाइकमा सहिद चोक नकाट्दै पानी पर्ने क्रम निकै तेज भयो मोटरसाइकलको हेडलाइटले नछिचोल्ने अध्यारोले घेर्न थाल्यो नगरपालिकाले गरेको वर्षे विकासले सडक सडक नभएर आहाल बनेको थियो बेला बेलामा वाइक त्यही आहालमा चोबलिन पुग्दथ्यो पोखरा बसपार्क नजिक पुग्दा पानी अति नै दर्कियो आहालको संख्या पनि त्यता अत्याधिक रहेछ निकै जोगिदा पनि दुईवटा खाल्डोमा परेर झण्डै पछारिएको
वाइक एक नम्वर गिएरमा धेरै पानी पर्यो भने बुढा पाकाहरु आरीबाट खनाए जसरी पानी आयो भन्थे त्यस्तै तरिकाले वर्षियो आकास त्यो साँझ सडक खोला जस्ता भए जव वाइक देवघाट तर्फ मोडियो पानीको चुटाइ माथि जंगलको एकान्तमा देखा पर्ने अनेक थरि चित्र विचित्रका छाँयाको सन्त्रास थपियो रुखमा टाँगिएका संकेत बोर्डहरु वाइकको हेडलाईट परेर टल्कदा मान्छे या जंगली जनावरको झल्को दिन्थे ती बोर्डहरु भूत पिचास जस्ता लाग्थे तीन किलो मिटर लामो त्यो जंगलमा लुटपाटका घटनाहरु पनि बेलाबेलामा हुने गर्दथे लुटेराहरु नै हुन कि भनेर डर मान्नु पर्ने पनि भएको थियो देवघाटको बाटोमा खोल्साहरु पनि छन् पिच पार गर्दै त्यो खाल्सामा पानी अटेस मटेस गरेर बगेको थियो त्यहाँबाट वाइक पार लगाउनु अर्को सकस थियो घरबाट हिडेको झण्डै पौने घण्टामा बल्ल पुगियो देवघाट
यो सव हुँदा रेनकोर्टले पानी छेक्न सकेकै थिएन शरिरको सवै भाग निर्थुक्क भिजेको थियो देवघाटको नदी छेउमा बनाएको चितामाथि कृष्ण जीको बुवाको शव थिएन पानीले दाहसंस्कार कार्यमा पनि बाधा दिएको रहेछ रोपाइ गर्न छाडेपछि पानीमा भिज्ने कुरा छुट्दै आएको थियो पानी दर्केका बेलामा कोठामा बसेर झ्यालबाट बाहिर हेरेर आनन्द लिन थालिएको थियो झण्डै आठ १० वर्ष यता झरीले नछोएको ज्यान यस पटक भने जोगिएन

Monday, July 12, 2010

त्यो गुण्डा मात्रै भएको भए

मैले उसलाई आवार केटाको रुपमा चिन्दै आएको थिए गुण्डागर्दी गर्ने लफडा झिक्ने आवारा केटो थियो दोस्रो जनआन्दोलन सफल भएपछि माओवादी खुला राज्नीतिमा आयो उसको अरु चालचलन उस्तै थियो तर टाउकोमा लगाउने टोपी केही परिवर्तन गर्यो क्यापको अघिल्लो भागमा रातो रंगको सानो हसिया हथौडाको चिन्ह राख्न थाल्यो उसले क्रान्तिकारी युवक चे ग्वेभाराको चित्र अंकित टिसर्ट लगाएरु वाइक हुइक्याउथ्यो
व्यहॊरा उही भए पनि पोशाकमा पक्का कमरेड देखिन थाल्यो माओवादीहरु सार रुपको कुरा धेरै गर्छन् रुप भनेको देखावटी आवरण मात्रै हो भनॆ सार भनेका भित्रि यथार्थ यो हिसावले सारमा गुण्डा नै थियो तर रुपमा क्रान्तिकारी कामरेड भइसकेको थियो माओवादी हुँ भनेपछि सारमा जे सुकै भए पनि क्रान्तिकारी नै ठहरिन्छ रुप सारको धेरै वकालत गर्ने माओवादी आफुलाई पर्दा यस्ता कुरा आँखा चिम्लन्छ
यसलाई मैले प्राय बजारका चोक टिकट काउण्टरहरुमा देख्ने गर्दथे एक दिन फरक ठाउँमा पनि फेला पारे पहिला त्यही हो अरु नै हो ठम्याउन अलि गाह्रो पर्यो मलाई पहिलाकोभन्दा केही दुब्लाएको रहेछ शरीरको ख्याल पनि त्यत्ति नगरेको काट्ने बेला भएको कपाल नकाटेको मात्रै होइन कोर्न पनि छाडको थियो उसले उसको फोटो हेरेर भाइले पनि चिनेपछि मेरो मनमा खेलेको दुविधा अन्त्य भएको थियो
उसलाई मैले टेण्डर रोक्ने भिडको अघिल्लो पंक्तिमा उभिएको बेलामा भेटेको हुँ करोडौंको एउटा आयोजनाका लागि कामरेडहरुले मनपराएका बाहेक अरुलाई टेण्डर हाल्न नदिने योजना कार्यन्वन गराउनु उसको दायित्व थियो यो जिम्मेवारी पुरा गर्न अरु टेण्डर बालाहरुलाई रोक्नका लागि अग्रभागमा बसेको हुनाले क्यामरामा धेरै पटक कैद भयो यो कुरा सायद उसलाई मन परेको थिएन नजिकै आएर मोवाइल झिकेर केही झोक्किदै यसले भन्यो कत्ति मेरो मात्रै फोटो खिचेको मेरो मात्रै किन खिच्छस तेरो पनि खिचेर राख्छु केही रिसाए जस्तो गरेर मोवाइल तर्फ देखाएर फोटो खिच्यो पनि अनि पत्रकारका विषयमा केही नकारात्मक टिप्पणी गर्यो
यसका कुराको केही पर्वा नगरेर आफ्नै काममा मात्रै लागि राखेको थिए कुनै बेला डरलाग्दो गरेर हेथ्र्यो तर्फ तै पनि मेरो कुनै प्रतिकि्रया हुदैन थियो मलाई नजिकै पाएका बेलामा यसले अनुरोधको शैलीमा भन्यो दाइ जे जस्तो भए पनि मेरो फोटो नछापिदिनु होला मैले हेरौला मात्रै भने मसँगै रहेकी पत्रकार प्रतिमा सिलवालले प्रति अलि बढी नै चासो राखिन उसको परिचय समेत मागिन उसले माओवादीको दर्ता वाला छापामार समेत भएको खुलासा प्रतिमासँग गर्यो अह्राएको काममा आएको हुनाले फोटो छापेर अफ्ठेरोमा नपारिदिनु होला भन्ने आग्रह उसले दोहर्यायो
हुन सक्छ उसले अनरोध नै गरेको हो यो धम्कि पनि दिदै तर शैली भने नम्र नै थियो मलाई छापामार हो भन्नेमा विश्वसा लागेन तर शैली हेर्दा हुन पनि सक्छ जस्तो लाग्यो एउटा पुर्ण आवार केटाले आफुलाई जे मन लाग्यो त्यही गर्दथ्यो हिड्थ्यो तर छापामार भएपछि केही नकेही अनुशासनमा बस्नै पर्छ अनुशासनले अलिकति भए पनि नम्रता मान्छेमा भर्छ सारमा नभए पनि रुपमा उसमा नम्रता झल्कि रहेको थियो त्यसैले मनमा यो छापामार हुन पनि सक्छ भन्ने छाप पर्यो
विशुद्ध आवारा ठानिरहेको एउटा युवकले आफुलाई छापामार बताइ रहेको थियो छापामार नै भए पनि आवार गुण्डाहरुले गर्ने टेण्डर रोक्ने काममा अग्रसर थियो यो कस्तो राजनीति देशका लागि कस्तो विडम्बना

Sunday, July 11, 2010

मन त उतै

साथै हिडे पनि सवै ठाउँमा सँगै लान नसकिदो रहेछ । सँगै नभएपछि गुमाउनु पर्ने डरले मन थिरमा रहदो रहेनछ । केही साथीहरुले गुमाइ सकेकाले अचेल म बढी सजग हुन परेको छ । घरसम्म सँगै भए पनि ढोका भित्र लैजान नमिल्ने भएकाले बाटामा छाडेर हिड्नु पर्ने बाध्यता छ । बाटो भरोसा गर्न लायकको ठाउँ हुँदै होइन । त्यसैले त्यहाँ छाडेको चिज के भयो होला भन्ने चिन्ताले घर भित्र मलाई पनि चैइनसँग बस्न दिदैन । आफ्नै घरको सामुन्ने पाउँदा तुलनात्मक रुपमा मन धेरै ढुक्क हुन्छ । तर यस्तो सधै हुँदैन । कहिले कहाँ कहिले कहाँ भइन्छ । अनि आफु भित्र उ बाहिर । यस्तोमा आफ्नो शरीर मात्रै भित्र हुन्छ मन जति सवै बाहिर । त्यसलाई जहाँ छाडेर आएको हुँ बाहिर निस्कदा सोही ठाउँमा पाउने छु भन्नेमा ढुक्क नभएकाले यस्तो त हुने नै भयो । साथी सूर्यप्रकास कँडेलले यस्को समाधान खोजी सक्नु भएछ । उहाँ अब ढुक्क । त्यसैले यो समाधान गर्न त्यत्ति गाह्रो मान्नु पर्ने विषय पनि होइन । तर आज आज भोलि भोलि भन्दा भन्दै समाधानको साधन जुटाउन बेर भइरहेको छ । जति अबेला गर् यो गुमााउने खतरा बढ्दै जान्छ भन्नु हुन्छ सूर्य जी । लापरवाही नगर्नु होस है भन्ने सल्लाह हिजो जिल्ला जनस्वास्थ्य कार्यालयमा भॆट हुदा सूर्य जीबाट पाएको हो । तर साधान जुटाउने जाँगर अझै गरिएन । त्यत्ति महंगो होइन जम्मा पाँच सय रुपैयाँ पर्ने दाम्लो बाधेपछि धेरै ढुक्क हुने अनुभव राख्नु भयो सूर्य जीले । त्यो दाम्लो नभए के हुन्छ चिनेका दुई तीनजना साथीहरुको जे अवस्था अहिले छ मेरो पनि त्यस्तै हुने खतरा कायम रहन्छ । गुमाउने बेला आउँदा घर बाहिर भित्र जहाँ भए पनि गुम्दो रहेछ । त्यसैले कहिले काही घरमै भए पनि पिर चिन्ता बाहिर हुँदा जस्तो हुन्थ्यो घरमा हुँदा पनि उस्तै ।साथी दिपेन्द्र बडुवालले घर बाहिरबाट गुमाएका हुन् । दिनेशकुमार थपलियाले भित्रैबाट त्रिवेणी एफएमका साथीले कहाँबाट गुमाए त्यस्को भने हेक्का भएन । तर गुम्ने बेलामा घर भित्र बाहिर जहाँबाट पनि गुम्दो रहेछ । अचेल किन हो पत्रकारहरु नै बढी निसानामा परेकाले मन झनै आत्तिएको हो । धेरै थरीको निसानामा परेका पत्रकारहरु अचेल बाइक चोरको निसानमा पनि परेका छन् । त्यसैले सावधानी अपनाउन आवश्यक भएको हो । यहाँ नाम उल्लेख भएका मध्ये सूर्यजीले बाइक गुम्न नदिने दह्रो व्यवस्था गर्नु भएको छ भने नाम उल्लेख भएका अरु साथीले राम्रा राम्रा र दामी बाइक गुमाइ सक्नु भएको छ । बाइक जोगाउने दह्रो व्यवस्था गर्न नभ्याएका म जस्ता केहीको मन सधै धुक्चुक धुकचुक हुने गरेको छ । खाजा खान होटल भित्र पस्दा आँखाले देखिने ठाउँमा राखेर हिड्ने गरिन्छ । कार्यक्रमहरुमा छिद्रा देख्न मिल्ने ठाउँमा राख्न पाइएन भने कार्यक्रम नै बहिस्कार । लक छ ह्याण्डिल लक हुन्छ यति हुँदा पनि बाइकको पिर गर्नु पर्ने अवस्था छ । अब दाम्लो किनेर चक्कामा नकस्दासम्म ढुक्क हुने अवस्था छैन । गुडेर गयो बाइक बाहिर राख्यो आफु भित्र छिर् यो । शरीर भित्र छिरे पनि मन त बाइकमै ।