Saturday, May 28, 2011

म प्रतिगामी

झगडा गर्नेलाई हत्कडी लगाइन्छ,
तर यहाँ माला पहिराइन्छ ।
झगड्याहरु जरिवाना तिर्छन्,
यहाँ उल्टै उनैलाई भत्ता दिलाइन्छ ।

जो बढी झगडा गर्न सक्छ,
उ नै यहाँ महान कहलिन्छ ।
जसले बढी घुर्की लगाउँछ,
त्यो नै क्रान्तिकारी ठहरिन्छ ।

ब_िक्सङको अखडा बन्यो संसद,
जसले हान्यो उसैले जान्यो भएको छ ।
लड्नुको मजा कति ? भत्ताको मोह अति,
त्यसैले त संविधानसभाको म्याद पटक पटक थपिन्छ ।

Wednesday, May 25, 2011

कामरेडलाई क्या फसाद

कामरेडहरुले युद्धकालमा संस्कृत शिक्षाको दोहलो काढेकै हुन् । अस्ति भर्खर पनि कता हो सँस्कृत पढाइ हुने गुरुकुलमा पनि जाईलागे भन्ने सुनिएको थियो । तर कामरेड मन्त्रीले हिजो अर्थात जेठ ११ गते बुधबार मध्यान्ह चितवनको दासढुंगामा तिनै संस्कृत गुरुकुलमका विद्यार्थीको अगाडी जानु पर्यो । मन्त्री कामरेड थिए भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेका टोपबहादुर रायमाझी । यी टोपबहादुरसँग मेरो एउटा पुरानो सम्झाना पनि छ । उहील्यै भर्खर बहुदल आएका बखतमा रायमाझी नवलपरासीको भैसाखोरी भन्ने गाउँमा प्रशिक्षण शिविर चलाउन पुगेका थिए । उनी त्यो बेला मोहनविक्रम िसंहको मसाल पार्टीमा थिए । शिविर गाउँभन्दा बाहिर जंगलको आडमा छाप्रो बनाएर संचालन भएको थियो ।
रायमाझीले भनेको एउटा कुरा अझै पनि मेरो दिमागमा छ । उनले भनेका थिए 'गाई खाने अंग्रेजहरु चन्दामामा पुगेर आए । हामी त्यही गाईको मुत खाएर चन्द्रमालाई ढोगछौं । हामी पछाडी परेको यसै कारणले हो ।' हाम्रो संस्कारलाई र धर्मलाई गिज्यार बोलेका थिए । तर सानैमा सुनेको रायमाझीको यो बचन मलाई नराम्रो होइन राम्रै लागेको हो त्यो बेला । कामरेड कहाँबाट कहाँ पुगे । म भने हिजो मात्रै कामरेडको सामुन्ने परे । अनि मेरॊ कामरेड सामुन्न संस्कृत पढेका एक हुल बटुकहरु पनि थिए । मसाल छाडेर अहिल्यै माओवादी भएका रायमझीलाई दासढुंगामा थुप्रै चैते माओवादी युवाहरुले घेरेका थिए । त्यसो त माओवादी कुनै बेला पुल पुलेसा भत्काउँदै हिडेको हो । अब सरकारमा गएका हुँनाले कामरेडको जिम्मा पुलहरुको सिलान्यास र उद्घाटन गर्नु पनि रहेको छ । हिजो उनी दासढुंगामा पक्की पुलको शिलान्यास गर्न आएका थिए ।
चैते माओवादीले झण्डा हल्लाउँदै घेरेका थिए रायमाझीलाई । त्यसो त राम्रा भन्न मिल्ने माओवादीहरुको पनि राम्रै जमघट थियो त्यो बेलामा । चैते माओवादीहरु झण्डा हल्लाउँदै पुगे शिलान्यास स्थल । शिलान्यास गर्ने खाल्डो अगाडी मन्त्री उभिदा झण्डै उनको पछाडी पर् यो । अनि दाहिने तर्फ पिताम्बर बस्त्र लगाएका बटुकहरु । खाँटी माओवादी अर्थात चितवन जिल्ला कमिटिका सेक्रेटरी अमर परे देब्रे तर्फ । अमर एकाएक तनाबमा देखिए । कारण थियो मन्त्री खाल्डो नजिक पुगेर उभिना साथ बटुकहरुले स्वस्ति बाचन सुरु गरे । 'हैन यो रोक्नु होस' अमरले मुल पुरोहितलाई गाग्रह गरे । मुल पुरोहित पनि अक्कनबक्क भए ।
मन्त्रले पिकअप लिइ सक्यो । मन्त्री रायमझी सुने नसुने झै गर्न थाले । अमर लैन लै भनेको भन्यै गर्न थाले । सायद पुरा नहुँदै रोकियो ऋचा पाठ । तर खाल्डो भित्र पसेर मन्त्री कामरेडले शिला पुजा गरे पुरोहितको अरन खटनमा । यो खासै ठुला कुरा हुँदै होइन । तर उ बेला मसालको नेताको रुपमा रायमाझीले दिएको क्लास र यो बेला माओवादी मन्त्री रायमाझीले गरेको कर्म भने अलि कति भए पनि फरक त छ नि होइन र ?

फोटोमा पनि देख्न सकिन्छ । माला लगाएका मन्त्री कतै हेर्दैछन् । अमरले रोकौं भनेको र पुरोहितले बटुकहरुलाई रोक रोक भनेर गरेको इसार मन्त्रीले नियालेका हुन ।




Monday, May 23, 2011

चोरी कैद भएको भिडियो

केही समयअघि चितवन नारायणगढको एटुजेड मोवाइल हाउसमा चोरी भयो । एका बिहानै अर्थात पाँच बजे चोर पसलमा छिरेको रहेछ । पसलमा सीसी क्यामरा जडान भएको रहेछ । पसलमा चोरको सवै चाल सीसी क्यामरामा कैद भयो । पसलवाला कति हुस्सु रहेछ क्यामराको दृश्यमा चोरको हरकत हेर्दा थाहा हुन्छ । मुल्यवान समानहरु राखेको पसलको कुनै घर्रा लक गरिएको छैन । करिव ३५ लाख रुपैयाँ बराबरको समान चोरी भएको अन्दाज छ । अनि सवैभन्दा ठुलो विडम्बना चोरको यो स्वरुप देखापरे पनि प्रहरीले यसलाई फेला पार्न सकेको छैन । भएन त हरिविजोग ।

Saturday, May 21, 2011

गिद्धलाई राम्रो हुँदै छ

प्राकृतिक कुचीकार अर्थात गिद्ध जोगाउँने उद्देश्यले डाईक्लोफेनेक औषधिमाथि लागेको प्रतिबन्धले असर देखाउन थालेको अनुसन्धानहरुले पुष्टि गरेको छ । पशुहरुलाई दुखाइ कम गर्न दिइने औषधि डाइक्लोफेनेकले गिद्धलाई नास गर्ने काम गर् यो । गिद्धले मरेको पशुको सिनो खाने गर्छ । मरेको पशुमा डाइक्लोफेनेक औषधीको मात्रा रहेमा त्यस्तो सिनो खाने गिद्ध मृगौलामा समस्या आएर तत्कालै मर्ने पंक्षी विज्ञहरुको भनाइ छ ।
नेपाल पंक्षी संरक्षण संघ चितवनमा आवद्ध हेम सुवेदी नेपालमा १० वर्ष अघिको तुलनामा गिद्धको संख्या निकै कम भएको बताउँछन् । नेपालमा हाडफोर सेतो गिद्ध डंगर गिद्ध सानो खैरो गिद्ध हिमाली गिद्ध खैरो गिद्ध राज गिद्ध र सुन गिद्ध गरेर आठ प्रकारका गिद्ध पाईने गर्छन् । त्यस मध्ये डंगर र सानो खैरो गिद्ध लोप हुने अवस्थामा पुगेको छ । डाईक्लोफेनेकको साटो मेलो_िक्सक्याम नामक औषधी प्रयोग गर्ने अभियान सुरु भएपछि भने गिद्धलाई केही राहत भएको चरा संरक्षणकर्मीहरुले जनाएका छन ।
पीएलओएस पत्रिकामा छापिएको एक अनुसन्धान प्रतिवेदनलाई उल्लेख गर्दै वीवीसीले दिएको समाचार अनुसार डाइक्लोफेनेमा लागेको प्रतिवन्धले गिद्ध मर्न कम भएको छ । नेपाल सहित भारत र पाकिस्तानको सरकारले सन् २००६ देखि डाइक्लोफेनेकको प्रयोग गर्न छाडेको वीवीसीले जनाएको छ । समाचारमा उल्लेख भए अनुसार अनुसन्धानकर्ताहरुले मरेका पाँच हजार घरपालुवा पशुको कलेजोको नमुना लिएका थिए । उनीहरुले केही नमुना डाइक्लोफेनेकमा प्रतिवन्ध लाग्नुभन्दा एक वर्ष पहिला लिएका थिए भने केही प्रतिबन्ध लागे लगत्तै र केही नमुना सन् २००६ र सन् २००८ को बीचमा लिएका थिए ।
सन् २००६ र २००८ को बीचमा लिएको नमुनामा डाइक्लोफेनेकको मात्रा ४० प्रतिशतसम्म कम पाइएको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न प्रोफेसर रीस गी्रनको जोड केमा छ भने डाइक्लोफेनेकको प्रयोगमा रोक लागेर केही असर देखिन सुरु भएको छ तर गिद्ध संरक्षणको काम भने अझै अधुरो छ । डाइक्लोफेनेक जे जति उत्पादन भयो त्यसलाई पुरै नष्ट गर्नु पर्ने उनको भनाइ रहदै आएको छ ।
आशंका के पनि गरिएको छ भने मान्छेमा प्रयोग हुने डाइक्लोफेनेक घरपालुवा जनावरमा पनि उपयोग हुने गरेको छ । त्यसैले अनुसन्धानकर्ताहरुले गिद्ध संरक्षण अभियानमा धेरै काम बाँकी छ भनेका हुन् । मेलो_िक्सक्यामको प्रयोग बढेका त छ तर डाइक्लोफेनेकको खपत जुन परिमाणमा हुन्थ्यो त्यो विन्दुमा यसको प्रयोग पुगेको छैन । त्यसैले भित्रभित्रै डाइक्लोफेनेकको प्रयोग जारी रहेको शंका गर्ने ठाउँ रहेको हो ।
धेरै नेपालीले अपसकुनको रुपमा गिद्धलाई मान्ने गरेका छन् । यो साह्रै नै फोहरी चरा हो भन्ने मानसिकता हामीमा छ । आखिर यस्तो चराको संरक्ष्ण किन गर्नु पर् यो भन्ने धेरैलाई लाग्दो हो । तर देख्द सुन्दाको जस्तो छैन गिद्ध । यो त बडो हितकारी चरा पो हो त । मरेको जनावर र कुहेका पदार्थ खाएर यसले वातावरणलाई सफा राख्न निकै ठूलो भूमिका खेलेको छ । त्यसैले यसलाई नासिन नदिन विश्व व्यापीरुपमा पहल भएको हो । यसको आहार सिनो मात्र हुने भएकाले दुर्गन्ध फैलाउने वस्तुहरुलाई यसले सिनित्तै पार्छ । त्यसैले यो पंंक्षीलाई गुणकारी मानिएको हो र प्राकृतिक कुचीकार भनिएको हो । गिद्ध नहुँदा सिनो र फोहर वस्तु यत्र तत्र छरिएर रहन्छन् । मान्छेले देख्ने ठाउँमा भए त्यस्ता वस्तु फ्याकिने सम्भावना रहन्छ । नदेखिएने ठाउँमा भए दुर्गन्ध परपरसम्म फैलिनुका साथै रोग मौलाउन सक्ने खतरा समेत आउँछ ।
यस्तो पंक्षीलाई जोगाउन डाइक्लोफेनेकको प्रयोगमा प्रतिवन्ध मात्रै लागेको होइन नेपालमा अरु धेरै खाले अभियान पनि चलेका छन् । यो चरा सम्पूर्ण रुपमा मासिएर जाने खतरा बढेकाले राष्ट्रिय निकुाज तथा बन्यजन्तु संरक्षण बिभागको संयोजनमा चितवन राष्ट्रिय निकुाजको मुख्यालय कसरामा प्रजनन् केन्द्र खुलेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंक्षी संरक्षण संघले यसमा सहयोग गरेका छन् ।
नेपालमा गिद्ध संरक्षणका लागि केही काम यस पहिले पनि भएका छन् । नवलपरासीको रजहर र सुनवल नजिकका चौरहरुमा गिद्धका लागि मरेको पशु टकारेर उनीहरुलाई उचित आहारको व्यवस्था गर्ने काम हुदै आएको छ । जसलाई गिद्ध रेष्टुरेण्ट समेत भन्ने गरिन्छ । डाईक्लोफेनेक नपरेका बुढा भएका गाई गोरु किनेर राख्ने र त्यस्ता पशु मरेमा गिद्धका लागि छाड्ने कामको संयोजन पंक्षी संरक्षण संघले गरेको छ ।
मुनिर विरानी जस्ले दक्षिण एसियामा घट्दै गरेको गिद्धको संख्याको अनुसन्धान कार्यमा सहयोग गरेका छन् उनले संरक्षण अभियानले उत्साहबर्धक परिणाम ल्याएको टिप्पणी गरेका छन् । तर गिद्धको संख्या बढेको छ भनेर अहिले नै ठोकुवा गर्नु पनि उचित नहुने उनको धारणा रहेको छ ।


Friday, May 13, 2011

माया, ममता

भरतीय राजनीतिको केन्द्रमा छन् अहिले माया र ममता । त्यसमाथि पनि ममताको चर्चा अहिले चुलीमा छ । ममता बनर्जी भारतकी रेल मन्त्री पनि हुन् । योभन्द्या पनि ठुलो कुरा उनले भारतको पश्चिम बंगाल राज्यमा ३४ वर्षदेखि चल्दै आएको वामपन्थीहरुलाई सत्ताबाट हटाएकी छन् भोटको माध्यमबाट । ममता बबनजीको पार्टी रहेछ तृणमूल काँग्रेस । चुनावको माध्यमबाट सत्तामा आएर लगातार धेरै समयसम्म सासन गर्ने विश्व रेकर्ड कायम गरेको पश्चिम वंगालको कम्युनिष्ट सरकारलाई यी बनर्जीले पाखा लगाइन् । चुनावको नतिजा हिजो बैशाख ३० गते मात्रै सार्वजनिक भएको हो । ३४ वर्ष सासन गरेका वामपन्थीहरुले यो चुनावमा २९४ सिटमा लगभग ६० सिट मात्रै प्राप्त भएछ । ममताले निकै निर्म्रम तरिकाले वामपन्थीहरुलाई पछारिन् बंगालमा ।
हिजोको विजय उत्सव नै फरक खालको थियो । ममतामा मान्छेहरुले हरियो अविर लगाएर विजय उत्सव मनाए । रातो अर्थात कम्युनिष्टलाई परास्त गरेको खुसीमा रातो रंग पनि लगाएनन् । त्यसो त िसंगो भारतमा अहिले महिला राजनीतिकर्मीहरुको बोलबाला छ । तर ममताको कुरै फरक छ रे । भारतीय मिडिया भन्छन् अरु जस्ती ममता होइनन् र किन भने भारतका अरु महिला राजनीतिज्ञको कुरा गर्दा उनीहरको पछाडी कसैको हात देखा पर्छ रे । जस्तै इन्दिराको पछाडी नेहरु । सोनीयाको पछाडी िसंगो गान्धि परिवार । मायावतीको पछाडी बाबु काशीराम । तर ममतासँग् यस्तो केही छैन उनी आफ्नै बलमा अगाडी आएर शिखरमा पुगेकी हुन् भनिन्छ ।
अब यी ममताको कुरै यही छाडौं । माथि मायावतीको कुरा आयो । ममता जस्तै मायावती भारत उत्तरप्रदेशकी मुख्यमन्त्री हुन् । उनको पार्टी बहुजन समाजवादी पार्टी हो । यीनका बाबु काशिराम भारतका ठुलै नेता थिए । दलित समुदायबाट राजनीतिमा आएकी मायावतीको मुख्यमन्त्रीको समयअवधी अब सकिन लाग्दै छ । उत्तरप्रदेशमा चुनाव आउँदै छ । अनि चुनावका लागि पार्टीहरुबीचमा रस्साकस्सी सुरु भइसकेको छ । भट्टा पसा्रवल अहिले मिडियामा छाएको छ । उत्तरप्रदेशको यो गाउँका किसानहरुलाई मायावती सरकारले अत्याचार गर् यो भनेर सवै दल मायावतीमाथि खनिएका छन् । वंगालमा ममताको प्रवेश भएको छ उत्तरप्रदेशमा मायाको जादु कायम हुने हो या होइन परीक्षण हुँदै छ ।
भारतमा माया र ममता मात्रै होइन धेरै महिलाहरुको राज छ । अब यस पटकको चुनावकै कुरा गरांैन । मुख्यमन्त्री सहितको राज्यका मन्त्री र सभासद्हरु छान्नका लागि पाँचवटा राज्यमा चुनाव एको थियो । जसमा दुई राज्यमा महिला मुख्यमन्त्री बनने पक्का भएको छ । पश्चिम बंगालपछि तामिलनाडुमा जय ललिताको जयजय भएको छ यस पटकको चुनावमा । जय ललिताको पार्टीले तीन चौथाई सिटमा विजय हात पारेको खवर छ । जयललिता मद्रास फिल्म उद्योगकी सफल नायिका हुन् अरे । अनि राजनीतिमा पनि यीनको जादु चल्यो । तर भ्रष्टाचारको मामिलामा यीनी चोखि रहिनन् । सत्ताबाट बाहिर हुँदा जयललितामाथि भ्रष्टाचारको मुद्दा चल्थ्यो । अनि सत्तामा हुँदा ललिताले विरोधीहरुलाई पनि भ्रष्टाचारको डण्डा लगाइन् । करुणानिधीलाई झ्याइँकुटी पारेर झ्यालखाना लगेको दृश्य धेरैले याद गरेकै हुनु पर्छ । ललिताले तिनै करुणानिधीलाई यस पटक मात दिइन् । करुणानिधी यस पटक भ्रष्टाचारको संगिन आरोपमा मुछिएका छन् । केन्द्रको सरकार समेत हल्लिएको छ निधिका कारणले ।
ममता, माया र ललितामा मात्रै अन्त्य हुँदैन भारतीय राजनीतिमा महिलाको कथा । त्यो देशको प्रमुख पद अर्थात राष्ट्रपतिको कुर्चीमा महिला नै विराजमान छिन् । सवैलाई थाहा भएकै कुरा हो उनको नाम प्रतिभादेवी पाटिल हो । प्रधानमन्त्री मनमोहन िसंह छन् तर भन्ने गरिन्छ काँग्रेस अध्यक्ष सोनिया गान्धीको संकेत बिना उनी केही गर्नै सक्दैनन् । सोनिया भारतको मुख्य पार्टी काँग्रेस आईकी राष्ट्रिय अध्यक्ष मात्रै होइन संयुक्त प्रगतिशिल गठबन्धन युपीए की अध्यक्ष समेत हुन् । यही गठबन्धनको बलमा भारतको अहिलेको केन्द्रीय सरकार टिकेको छ । त्यसो त सोनिया प्रधानमन्त्रीको पद नै त्यागेर बसेकी नेता हुन् ।
यस्तै शिला दिक्षित दिल्ली राज्यकी मुख्यमन्त्री हुन् । त्यस्तै भारतको केन्द्रीय संसद लोकसभाको अध्यक्ष पनि महिला नै छन् मिराकुमार हो उनको नाम । उमा भारती मेनका गान्धी जस्ता िदंगज महिला नेतृ पनि छन् भारतमा । नेपालमा नेतृत्वमा नै पुगेका महिलाहरु छैनन् । र अनि भारत र नेपालका महिला नेतृहरुमा फरक भारतमा जनताको समस्या सुनेर महिलाहरु राजनीति गर्छन् । अनि नेपालमा एनजीऒले महिलाका कुरा सुनाउँछन् । तिनै एनजीओले समाधानका विधिहरु पनि देखाउँछन् । एनजीओमा लागेका महिलाहरु राजनीतिमा पनि सकि्रय हुन्छन् ।

Tuesday, May 10, 2011

सोध्न पनि नपाउँनु

सँगै हिडेका पाइलाको डोब नमेटिदै,
किन छाड्यौ यात्रा, लक्ष्य नभेटिदै ?
पहिलो खुड्किलो लोकतन्त्र दोस्रो गणतन्त्र ।
मतभेद किन बढायौ संविधान नलेखिदै ?

एकताहो आवश्यकता वैरीहरु भगाउन ।
आपसी बेमेलले, सक्छ वैरीलाई जगाउन ।
यात्रा थियो लामो थाक्यौ लक्ष्य नभेटिदै ।
सँगै हिडेका पाइलाको डोब नमेटिदै ।

पायौं खुसी जे जति, धेरै पाउँन बाँकी छ ।
पाएको खुसी जोगाउने मुख्य काम नै थाँती छ ।
लोकतन्त्र, गणतन्त्रले पुर्ण आकार नलिदै ।
सहयात्रा किन छाड्यौ लक्ष्य नभेटिदै ?

Sunday, May 8, 2011

जेण्डर इक्वालिटी

'जेण्डर' अनि जेण्डर वायस र जेण्डर इक्वालिटीको व्याख्या आवश्कतामा यो लेख केन्द्रित नभएको पहिल्यै प्रष्ट पार्न चाहन्छु । प्राकृतिक रुपमा मान्छेको पुरुष र महिला भन्ने लिङ्ग हुन्छ । अचेलत अझै तेस्रोलिङ्गी भन्ने अवधारणा पनि आएको छ । कोही कुनै लिङ्गी भएकै आधारमा सवल हुने अनि कोही दुर्वल हुने भन्ने मानसिकता राख्नु हुँदैन । सवै सक्षम र समान छन् भन्ने अवधारणा राखेर बोली र व्यवहारमा पनि त्यो मान्यतालाई आत्मसात गरियो भने जेण्डर इक्वालिटी भनेको मैले बुझे अनुसार यही नै हो । यो प्रतिकुलका काम कुरालाई जेण्डर वायस भनिन्छ होला । यसभन्दा अरु केही हो या थप केही प्रष्ट्याउनु पर्ने आवश्यकता हो भने कोही विज्ञले मलाई सहयोग गर्न सक्नु हुने छ ।
हामी यस सभाका सभापति भन्छा भने त्यो जेण्डर वायस झल्कने शब्द हो । पति भनेको पुरुष मात्रै हुन्छ । अनि सभाको मुखिया लोग्ने मान्छे मात्रै हुन सक्छ भन्ने मानसिकताले हामीले सभापति शब्द प्रचलनमा ल्यौं । अब त्यसलाई बदल्नु परेको छ र हामी भन्छौं सभाका अध्यक्ष महोदय । यस्ता अनेक शब्दहरु आएका छन् अचेल । शबद मात्रै हो र कदम कदममा होस पुराउन थालिएको छ । कहि कतै वायस भएको आास नमिलोस हेक्का राख्ने गरिएको छ ।
यो चित्र हेरउ त यहाँ तपाइँलाईहरु भगवान राधा र कृष्ण देख्नु हुन्छ । अनि अरु धेरै कुराहरु पनि देख्नु होला म भने जेण्डर इक्वालिटी पनि देख्छु । राधार कृष्णकी प्रेमीका हुन् तर बिहे गर्ने बेलामा कृष्णले मिरालाई गरे । धर्म शास्त्रमा यही वर्णन छ । यो कुरा पनि चटक्क यही छाडौं अहिलेलाई । कृष्णको कुरा चल्द राधाको प्रशंग आइ हाल्छ । अनि कृष्णको तस्विरसँगै राधा उभिएको देखिएकै छ । त्यत्रो महाभारतको युद्धमा कृष्णले अर्जुनको रथ चलाए यो तस्विर पनि देखेकै हो हामीले । तर कृष्णसँगै राधा उभिएको तस्विर धेरै नै छ ।
सवै तस्विर अर्थात चित्रहरुमा कृष्णले बाँसुरी बजाएको र राधा कृष्णसँगै उभिएको देखिन्छ । मैले गुगलमा धेरै खोजे प्रयाय यस्तै चित्रहरु छन् । अनि एक दुईवटा चित्रमा राधाले कृष्णको बाँसुरीसम्म समाएको भेटियो । तर गहिरिएर हेरौं त यो चित्र त धेरै भिन्न छ । यहाँ त राधाले कृष्णको समानान्तर उभिएर कृष्णले जस्तै बाँसुरी नै बजाएकी छन् । सामान्यतया महिलाले बाँसुरी बजाएको देखिएको छैन । र बजाउन सक्दै नसक्ने भन्ने त होइन नि । सवै गर्न सक्छन् भने बाँसुरी बजाउनु कुन ठुलो कुरा हो र ।
अनि कृष्णले बाँसुरी बजाएर राधा मन्त्रमुग्ध भइ आड लगाएको चित्र मात्रै किन हेर्ने । कृष्णकै हाराहारीमा उभिएर उनले पनि बाँसुरी बजाएको चित्र बनाएर के बिग्रन्छ र । बिग्रने होइन बरु सन्देश नै जान्छ । जेण्डर इक्वालिटीको भावानालाई फैलाउन बल दिन्छ । यही उद्देश्यले यो चित्र तयार पारेको हो या होइन त्यो भने मलाई थाहा छैन । तर चित्र हेर्दा यसै गर्न खोजेको झै लाग्छ । तपाइँलाई के लाग्यो कुन्नी ?