Wednesday, January 12, 2011

धार्मिक पर्यटन

धर्मका लागि कतै जाने गरिन्छ भने त्यसलाई तिर्थ जाने भनिन्छ घुम्न जाने भनिदैन घुम्नु भनेको पर्यटन हो ला सायद पर्यटक भनेका घुमन्ते हुन् हाम्रा नजरमा देश देशावर घुम्ने आनन्द लिने मठ मन्दिर धाम जानेहरु पूजा पाठ स्नान गर्छन् दान गर्छन् त्यसैले तिनीहरुलाई पर्यटकभन्दा भक्त भन्नु उपयुक्त हुन्छ अव नेपाली समाज अनुकुलको शब्द खोज्दा धार्मिक पर्यटनभन्दा पनि तिर्थाटन नै राम्रो हुन्छ तर यो व्यपाररिक दुनियामा तिर्थाटन जस्तो विशुद्ध पवित्र शब्दले व्यपपारीहरुलाई आनन्द दिदैन पर्यटन पैसा कमाउने माध्यम हो हेर्न आउनेहरुलाई सन्तुष्ट बनाएर पैसा समात्ने गरिन्छ तिर्थाटन त्योभन्दा अलग हुन सक्छ
अब कता कताबाट धार्मिक पर्यटनको कुरा निकै जोड तोडका साथ उठेको यो धार्मिक पर्यटन आफैमा के हो तिर्थाटनभन्दा यो फरक हो या होइन प्रष्ट कोही छैन राइलोका लागि घुम्न जाने जो जति छन् उनीहरुलाई मन्दिर गुम्वा देखाउनु त्यस वापत शुल्क लिनु धार्मिक पर्यटन हो कि या अरु कुनै नभए चितवन निकुंज जस्तो विश्व प्रख्यात भ्रमण स्थलमा वर्ष दिनमा जम्मा एक लाखभन्दा केही बढी पर्यटक आउँछन् तर देवघाट जस्तो धार्मिक स्थलमा माघ गते नै लाखभन्दा बढी मान्छे ओइरन्छन्
तथ्यांकमा यस्तो हुँदा हुँदै पनि हामी भन्ने गर्छौ नेपालमा धार्मिक पर्यटन फष्टाएन निकुंजमा आउने पर्यटकले बुझाएको प्रवेश शुल्कबाट वर्षमा सात करोड रुपैयाँ आउँछ देवघाटमा सुको उठ्दैन त्यसैले नफष्टाएको हो यो धार्मिक पर्यटन भनिएको हो धार्मिक पर्यटन भनेर गर्न लागेको चाहि के हो बुझाउन सक्नु पर्छ यसै विषयमा पुस २८ गते बुधबार नारायाणगढमा धार्मिक पर्यटनका बारेमा गोष्ठी पनि भयो विज्ञहरुले कुरा राखे तर हामी जस्ता अबुझले केही बुझ्नै सकेनौं धार्मिक पर्यटनको कुरा भइ रहेको हो या देविभागवत सुनाइएको हो दुविधा भयो
यता देवघाटमा आउनु पर्ने मान्छे आएनन् भनेर हामी चिन्ता गर्छौ देवघाट जान मन पाराउनेमा भारतीयहरु बढी हुन सक्छन्। गाडीका गाडी भारतीयहरु यही बाटो भएर काठमाडौंको पशुपति जान्छन् देवघाट कहाँ कस्तो तिर्थ हो उनीहरुल्ाई पत्तो छैन जव कि ति धेरै गाडीहरु थुम्सीको हनुमान मिन्दर नारायणगढको हहिर मन्दिर गैरेश्वर पशुपति मन्दिर या जहाँ पानीको सुविधा त्यही खाना बनाउन रोकिने गरेका छन् भारतीय नम्बरको गाडी आयो भने बाटोमा भएको ढाटवालाहरु ट्राफिक प्रहरीहरु त्यस्ता गाडीलाई घण्टौ किच किच गराएर सय पाँच सय झार्न झण्झट मान्दैनन् तर चितवन नजिक आइसकेपछि खाना बनाउन देवघाट जाउँ त्याहाँ पानीको सुविधा मात्रै होइन प्राचिन कालदेखि नै प्रख्यात धार्मिक तिर्थ स्थल भन्ने कुराको जानकारी गराउन उनीहरुलाई त्यता लैजान कसैले सिन्को भाँच्दैन
यो सानो कामले पनि देवघाटमा नियमित आउने दर्शनार्थीको संख्या बढाउन सकिन्छ स्वदेशका होइन विदेशका नागरिकलाई त्यहाँ पुराउन पाइन्छ किन हो मनमा नराखेकॊ हामीले यो कुरा विशुद्ध तिर्थ घुम्न आएका भारतीयलाई के वास्ता गर्नु भनेर नसोचेको हो भने अनि धार्मिक पर्यटन भनेको के हो भनेर जिज्ञाशु हुनु अस्वभाविक होइन आएका मान्छे जो सुकै हुन उनीहरुलाई पाहुना ठानिएन सत्कार गरिएन भने पर्यटन फष्टाउँदै फष्टाउँदैन तिर्थाटन बरु मान्छे अनेका हण्डर कष्ट बेहोरेर पनि जान खोज्छ तिर्थ जाँदा भोग्नु पर्ने कठिनाइलाई मान्छे खासै पर्वाहा गर्दैन तर पर्यटनमा यो कुरा लागु हुँदैन पर्यटकहरुलाई रैथानेले उच्च सम्मान राम्रो सत्कार गर्नै पर्छ यो अनिवार्य कुरा हो अनि हामी धर्ममा पर्यटनको कुरा जोड्दै छौ तर कसैलाई सत्कार सम्मान दिने चाँजो पाँजो किन मिलाउँदैनौं


Tuesday, January 11, 2011

जसका अगाडी भाषणको गर्नुको कुनै अर्थ नै छैन

जसका अगाडी भाषण गरेर कुनै अर्थ नै छैन तर पनि मंचमा बसेकाहरु बोल्ने पालो आएपछि बेमतलबका कुराहरु बोलेको बोल्यै गर्छन् यो विषयमा केही महिनाअघि नै लेख्ने मनस्थिती बनाएको थिए तर त्यत्तिकै भइ रहेको थियो उबेलाको जस्तो अवस्था हिजो पनि सामना गर्नु परेकाले आज भने लेख्ने नै भए नेपालमा चाहिएका बेलमा बोल्दा पनि मेसो नपाइ नपाइ बोल्ने गर्छन् मंचमा बसेका मान्छेहरु तर बेला अवस्था परिवेशले नमागे पनि फतफताउन पाएपछि लगातार फतफत गर्छन् महानुभावहरु
अव यसो भनिसकेपछि सिधै विषय वस्तु तर्फ नै लागौं दुई महिनाअघि हो क्यो हो जिल्ला सुकुम्वासी समस्या समाधान समिति चितवनले जिल्लाका केही सुकुमवासीलाई जग्गाधनी पुर्जा दिने भएछ अध्यक्षले हामीलाई १२ बजे बोलाउनु भयो हामी एक बजे पुग्दा पनि कार्यक्रम सुरु भएको थिएन पुर्जा लिने मान्छेहरु १० बजेबाटै आएर बसेका रहेछन् पौने दुई बजे कार्यक्रम सुरु भयो दलका प्रतिनिधिलाई मंचमा बोलाइयो बोल्न पनि दिइयो
सना ठुला सवै दलका नेताले बोले सुमुकवासीका विषयमा बोलेको सुन्न पाइएन तर देशको समयसामायिक अवस्थाको बोरेमा उसले उसलाई उसले उसलाई आरोप प्रत्यारोप लगाउने काम भयो संविधान अनमिन हतियार लडाकु व्यवस्थापनका बारेमा नै कुरा गरेर नेताहरुले एकजना वृद्धले ति कुरा प्रति कुनै ध्याननै नदिए जस्तो लाग्यो यसो हेरेको मंचभन्दा तल बसेका कसैले पनि नेताले के बोलेको त्यो ख्याल नराखेको देखियो सवैजना आफ्नै धुनमा
कार्यक्रमका प्रमुख अतिथि सुकुमवासी समस्या समाधान आयोगका केन्द्रयि अध्यक्ष थिए उनी ठ्याक्कै एक घण्टा बोल्दा रहेछन् फेरि सुकुमवासीको बारेमा बोल्ने हो उनी माले पार्टीका नेता रहेछन् जगतबहादुर बोगटीदेखि प्रचण्डसम्मलाई गाली मात्रै गरे अनि भाषण सकेपछि पुर्जा बाँड्ने बेला आयो अघि दिक्क मानेर बसेका वृद्धलाई सुरुमै बोलाइयो सय वर्ष नाघेका बुढा रहेछन् कानै नसुन्ने उनलाई एउटा पुर्जा लिन १० बजे बोलाएर बेफ्वांकमा चार बजेसम्म भाषण सुनाइयो यो ठुलो अत्याचार हो कि होइन ?
अब यो दुई महिना अघिको कुरा भयो हिजोकै कुरा पनि गरि हालौं हिजो कार्यक्रम वृद्धवृद्धाकै लागि भनेर थियो युवा उमेरका हामी दुई चारजना पनि थियौं वृद्धवृद्धाको हक अधिकारका लागि भनेर छलफल राखिएको थियो दुईज्ना वृद्ध ९० कटेका थिए उनीहरु कान पटक्कै नसन्ने उता भर्खर ६० टेकेका पाकाहरु बोल्न पाएपछि बोलेको बोल्यै ९० कटेकाले कानै नसुन्ने अनि मान्छेको मुख चलि रहेको देखेर उदेक लाग्दो हो चिच्याएरै भन्थे 'खाई ठ्याम्मै केही सुनिएन ' मेरो आडैमा बसेका ९३ वर्षका अर्का एकजना वृद्धले भने ' बाबू के कुरा गरेका हुन् यीनले '
तपाइँ जस्ताको हितका कुरा गरेका हुन् बा भने मैले अव सुन्दै नसुनेपछि खै के के बोले के के भनेर निरासा व्यक्त गरे अनि ति वृद्धहरु कार्यक्रममा बसीरहन नचाहेको बताए चिया खाएर जानु होला भनेपछि मुहारमा चमक आयो तर केही बेर कुर्दा पनि चिया नआएपछि जाँ भो भन्दै बाहिरीए खास्सा वृद्धहरु कार्यक्रममा भाषण भने जारी नै रहयो दिक्क मानेर वृद्धहरु बाहिर गएको लामै समय हुँदा पनि कार्यक्रममा वृद्धवृद्धाका अधिकार अवस्था बारेमा लामै समयसम्म छलफल चलि रहयो

Sunday, January 9, 2011

चितवन महोत्सवको विशेषता ,कतै मुर्ती मान्छे जस्ता कतै मान्छे मुर्ती जस्ता

चितवन महोत्सव आइतबारबाट सुरु भएको माघ गतेसम्म चल्ने यो महोत्सवमा चितवन नियाल्न पाइन्छ चितवनका धेरै कुरा यही सामेल भएका छन् चितवन समेटिएर महोत्सव परिसरमा आइपुगेको चितवनवासीको खुवी त्यहाँ मिसिएको वि.. २०५३ सालदेखि प्रत्येक दुई दुई वर्षको फरकमा हुँदै आएको चितवन महोत्सवमा कुनै एक खास कुरा सधै रहन्छ त्यो खास कुरा व्यक्ति अनुसार फरक फरक भने हुन सक्छ किन भने खास कुरा के होला भनेर छनौट गर्न सधै अलमल पर्ने गर्छ हरेक कुरा एकसे एक हुन्छन् तसर्थ त्यस मध्येबाट एउटा कुरा छान्नु पक्कै सजिलो हुँदैन
यो वर्ष मलाई खास लागेको कुरा मात्रै भन्छु यस पटक चितवन महोत्सव हेर्न जानेहरु झुक्किने अवस्था हेर्नेहरुले सुरुमा मान्छे ठानेको कुरा मुर्ती हुने मुर्ती ठानेको कुरा साच्चिकै मान्छे हुने चितवन महोत्सवको डेरी परिसरमा आधुनिक गोठको नमुना गोठ भित्र गाई ,बाच्छो अनि दुहुँदै गरेका बाजे पनि छन् गाई, बाच्छो बाजे सुरुमा झट्ट हेर्दा साच्चिकै जस्ता देखिन्छन् अझ बाजे मुर्ती मात्रै हुन भनेर खुट्याउन निकै बेर नियाल्नु पर्छ भरतपुरको गोन्द्राङमा निकै वर्षदेखि विश्वकर्मा बाबा सरस्वती माताको मुर्ती बनाउँदै आएका दुईजनाले यो तयार पारेका रहेछन् खुवी तारिफ योग्य
डेरी परिसरबाट अगाडी बढ्दै जाँदा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको स्टल आउँछ देवीले दानवलाई भुईमा लडाएर छातीमा त्रिशुल हानेको दृश्य त्यहाँ दुरुस्त देखिन्छ सवै कुरा खाली देवीको बाघ मात्रै छुटिन्छ अघि डेरीमा गाई ग्वालाको मुर्ती जस्तै यहाँ पनि कलाकारले निकै मिहेनत गरेर मुर्ती बनाएछ भन्ने लाग्छ सवैलाई तर जव देवीकॊ आँखाको परेला चल्छ अनि मान्छे झुंग हुन्छ त्यसपछि स्वास फेरेको पनि चाल पाइन्छ तर अरु सवै कुरा स्थीर मुर्ती जस्तै
उता डेरी परिसरमा मुर्ती साच्चिकै मान्छे बनेर बसेको यता ब्रह्मकुमारीमा मान्छे मुर्ती बनेर जे जस्तो भए पनि दुवैमा मान्छेको खुवी प्रकट भएको मलाई लागेको यस पटकको महोत्सवको कुनै एक खास कुरा यही हो अरुलाई अरु लाग्न सक्छ तर समर्गमा महोत्सव परिसरमा चितवन अटाएको मुख्य गेटमै जनजातिका घरहरु छन् एउटा रमाइलो गाउँ बसेको त्यहाँ थारु दराई चेपाङ बोटे कुमाल जस्ता जातिजनजाति चितवनको आदिवासीहरु हुन् उनीहरुको बसोबास रहन सहन के हुँदो रहेछ त्यहाँ गएर सोध्दा हेर्दा धेरै जानकारी पाउँन सकिन्छ
चितवनमा के फल्छ सुन्तादेखि काउलीका स्टल महोत्स्वमा अटाएका छन् चितवन कहाँ देखि कहाँ पुग्यो त्यसको झलक पाइन्छ अनि नाँच गान दोहरी जहाँको मेला महोत्सवमा हुने नै गर्छन् यहाँ पनि महोत्सवको उद्घाटन गरेर अर्थमन्त्री सुरेन्द्र पाण्डेले उनको घर चितवनको भण्डारामा त्यसैले उनी पनि चितवनवासी चितवनवासी भएको नाताले मन्त्रीले भने घडेरीमा खण्ड खण्ड गरेर चितवनलाई विरुप नपार्नु होस मन्त्रीको कुरा माने चितवनकै कल्याण हुने अनि मेलामा जे छन् सवै राम्रा छन् उपयुक्त छन् तर त्यो बाल उद्यान परिसरमा राखेका चटकेहरुको चमक दमक भने मलाई मन पर्दैन त्यसले अनाहकमा नेपालीको पैसा भारत पसेको जिल्ला चिनाउने जिल्लाको खुवी देखाउने ठाउँमा यस्ता कुराहरु किन राखिन्छन् बुझिएको छैन

Saturday, January 8, 2011

नेताले पनि दुःख पाएको देख्न जनता उत्सुक छन्

गगन थापा नेपाली राजनीतिका आशा लाग्दा युवा नेता हुन् गगन जस्ता सय नेता नेपालमा भएको भए यो देशको प्रगतिले पनि गगनै चुम्ने थियो तर नहुँनाले जनताले सधै गोता खाइ रहनु परेको यी गगनले हिजो भरतपुरमा एउटा कुरा बोले जे बोले प्रष्ट बोले उनले भने जेठ १४ गते भित्र संविधा जारी हुँदैन
सर्व साधरण नेपालीलाई पनि यस्तै लाग्छ आउँदो जेठ १४ गते भित्र नेपालमा नयाँ संविधान बन्न सक्दै सक्दैन नेताहरु भने भन्ने गर्छन् संविधान बन्छ बनाउने काममा नै नलागेपछि संविधान बन्ने सम्भावना नै छैन तै पनि नेता भन्छन् बन्छ तर गगन त्यस्तो नेतामा परेनन् उनले साचो कुरा बोले संविधान बन्दैन
यो देशमा गएको जेठ १५ मै संविधान बन्नु पर्दथ्यो दुई वर्ष भित्र संविधान बनाउँछु भनेर नेताले भोट मागे हामीसँग तर तोकिएको समयमा संविधान बन्न सकेन अनि नेता आफै मिलेर संविधान सभाको म्याद एक वर्ष थपे यो बीचमा कस्सीएर काम गर्नु पर्दथ्यो नि तर अह नेताले त्यसो पटक्कै गरेनन् यो देशलाई चाहिने प्रधानमन्त्री चुन्न सकेनन् हाम्रा नेताले केही समयलाई चाहिने प्रधानमन्त्री चुन्न नसकेको महिना भयो नेपालमा अनि यस्ता नेताले लामो समय खप्ने संविधान देलान भनेर खै कसर आशा राख्नु
गगनले भलै साचो कुरा बोले तर राम्रो हुँदै भन्ने बोली बोलेनन् हुँद्यै भए पो राम्रो हुने भन्नु हुँदै नभएको कुरा उनले पनि के बोल्नु एउटा सामान्य नागरिक इमान्दार नेताको अवस्था यो देशमा उस्तै उस्तै देखियो नेतासँग देशलाई कसरी लैजाने भन्ने खाका हुन्छ त्यो भने सुनाउन भ्याए थापाले
उनले भने सवै दलले मै ठुलो भन्ने भावान त्यागेर सहमति गर्नु पर्छ सरकार पालै पालो चलाउने तर संविधान लेख्ने शान्ति प्रकृयालाई सफल्ता पुर्वक सक्ने काम गर्नै पर्छ नेताहरुको कुरा नमिल्नाले नै यो भद्रगोल भएको हो नेताहरु मिल्दैनन् देशमा अब झनै ठुलो भद्रगोल हुने अवस्था भनेर थापाले भनेनन् तर सामान्य नागरिकलाई यही लाग्दैछ
अनमिन प्रमुख करेन लेनग्रेनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा बुझाएको नेपाल बारेको प्रतिवेदनमा प्रष्ट भनिएको नेपालमा कि राष्ट्रपति शासन लागु हुन्छ या माओवादीले जनबिद्रोह गर्छ अथवा सेनाले कु गर्ने अवस्था अव देशमा यो भद्रगोल आउने पक्का पक्किनै नेताले केही नगरेपछि यी मध्ये केही हुन्छ हुन्छ
केही नगर्ने गफ मात्रै गर्ने अनि अरुलाई दोष दिएर आफु ठुलो हुन खोज्ने कुनै ठुलो शक्ति केन्द्रको आड लागेर ठुलो हुँ भन्ने धाक दिने नेपाली नेताको आम चरित्र रहयो यो चरित्रले देश बिगि्रयो जनताले हुनसम्म सास्ति पाए अब नेपालमा एक पटक नेताले पनि दुःख पाएको देख्न जनता उत्सुक छन्

Tuesday, January 4, 2011

उ बेलाको कुरा

राजा ज्ञानेन्द्रले ६१ माघ १९ पछि निरंकुश सत्ता चलाए त्यसका विरुद्ध आम नेपाली सर्वसाधरणसँगै पत्रकारहरु पनि आन्दोलित भए ज्ञानेन्द्रले पत्रकारहरुलाई थुने पिटे तर उनै ज्ञानेन्द्रको कृपा पनि केही पत्रकारहरुलाई भएको रहेछ ज्ञानेन्द्रले बाँडेको रकम थाप्ने पत्रकारहरुको नाम हो यो जुन १२, २००६ मा प्रख्यात ब्लग माइसंसारले निकालेको यो लिष्ट यहाँ राँखेको हो पुरानो कुरा सम्झना गराउनका लागि मात्रै
वितरित रकम विवरण
१. राष्ट्रिय पत्रकार महासंघ -जसोधा प्रधान) १,२६,०००
२. राष्ट्रिय पत्रकार महासंघ -जसोधा प्रधान) ४,९५,०००
३. राष्ट्रिय पत्रकार महासंघ -निरोधराज पाण्डे) १०,०००००
४. नेपाल केवुल टेलिभिजन संघ -हरिशरण लामिछाने) २,००,०००
५. राष्ट्रिय पत्रकार संघ काठमाडौं -यज्ञ ढकाल) २०,०००
६. रिपोटर्स क्लब -ऋषि धमला) २०,०००
७. सम्पादक/प्रकाशक महासंघ -देवेन्द्र गौतम) १,८०,०००
८. साहित्यिक पत्रकार संघ -राधेश्याम लेकाली) २,००,०००
९. नेपाल चलचित्र कलाकार संघ -रमेश बुढाथोकी) ३,००,०००
१०. राष्ट्रिय प्रेस क्लब नेपाल -रामकृष्ण कर्माचार्य) २०,०००
११. आर्थिक तथा सामाजिक सचेतनाको लागि सञ्चार
-ओजश्वी गौतम) ३०,०००
१२. सूचना विभाग १,२५,०००
१३. राष्ट्रिय समाचार समिति ६,००,०००
१४. सम्पादक समाज नेपाल -देवेन्द्र गौतम) १,८०,०००
१५. नेपाल बुद्धिजीवी एवं सम्पर्क मञ्च -श्रीकृष्ण पौडेल) ६०,०००
१६. जयन्त केसी जनकपुर १०,०००
सञ्चार राज्यमन्त्रीको निजी सचिवमार्फत
१७. मनोज सिंह जलेश्वर १०,०००
१८. रामकिसुन यादव -राजविराज) १०,०००
१९. सुमन कार्की, इटहरी १०,०००
२०. विष्णुकुमार दास १०,०००
२१. शम्भु दाहाल, रामकोट, काठमाडौं १०,०००
२२. महेन्द्र थापा, भोजपुर १३,०००
२३. मोहन श्रेष्ठ, गोरखा १७,०००
जम्मा रु. ३६,४६,०००

शान्तिको प्रसार गरी ‘योगदान पुर्‍याउने’ नाममा रकम बुझ्नेहरू
१. खगेन्द्रराज सिटौला, युग सम्वाद ६,०००
२. अनारसिंह कार्की, काठमाडौं १०,०००
३. सुरेश शर्मा, इमेज टीभी च्यानल ६,०००
४. गोकर्णदेव पाण्डे, वरिष्ठ पत्रकार १०,०००
५. केवि मरहठा, जनभावना ६,०००
६. युवराज विद्रोही, काठमाडौं १०,०००
७. शरदचन्द्र वस्ती, कान्तिपुर टिभि ८,०००
८. तीर्थ कोइराला, कान्तिपुर टिभि ८,०००
९. नरेन्द्र उपाध्याय, द. टेलिग्राफ ८,०००
१०. मोहन दाहाल, स्वतन्त्र ७,०००
११. जीवराम भण्डारी, राजधानी १०,०००
१२. रामहरि चौलागाईं, सञ्चार समूह १०,०००
१३. सूर्य खड्का, नवप्रतिपक्ष ५,०००
१४. मदनकुमार श्रेष्ठ, मध्यान्ह ५,०००
१५. शम्भू श्रेष्ठ, दृष्टि साप्ताहिक ५०,०००
१६. प्रहृलाद रिजाल, साँझको समाचार ५,०००
१७. घनश्याम अधिकारी, अन्तर्राष्ट्रिय मञ्च ४,०००
१८. सुदर्शन आचार्य, रुपरेखा ५,०००
१९. यादव देवकोटा, युग सम्वाद ५,०००
२०. पूर्ण कार्की, जनभावना ५,०००
२१. कुमार यात्रु, राजधानी ५,०००
२२. युवराज गौतम, गोरखापत्र १५,०००
२३. केदार आचार्य, स्वतन्त्र ५,०००
२४. रामचन्द्र न्यौपाने, जनसत्ता ७,०००
२५. निरोधराज पाण्डे, जनभावना १०,०००
२६. सोमनाथ घिमिरे, युग सम्वाद १०,०००
२७. प्रज्ज्वल घिमिरे, स्वतन्त्र ३,०००
२८. दीपक पाठक, मार्गदर्शन खबर ६,०००
२९. देवेन्द्र चुडाल, वानेश्वर ५,०००
३०. रेमशराज पौडेल, घटना विचार ३,०००
३१. लेखनाथ कोइराला, काठमाडौं ५,०००
३२. सुदर्शनराज पाण्डे, उत्थान साप्ताहिक, पर्सा ५,०००
३३. भद्रनाथ अधिकारी, ग्रामीण समाचार, पर्सा ५,०००
३४. गोविन्द पोखरेल, स्वतन्त्र ५,०००
३५. नरेन्द्रविलास पाण्डे, काठमाडौं ८,०००
३६. कर्णप्रखर धिताल, घटना विचार ३,०००
३७. केशव अर्याल, नेपाली पत्र ४,०००
३८. वासुदेव दाहाल, घटना विचार ३,०००
३९. सन्तोष न्यौपाने, इमेज टिभी ४,०००
४०. विश्वराज खनाल, अन्नपूर्ण पोस्ट ४,०००
४१. भगवान त्रिपाठी, काठमाडौं ५,०००
४२. झा ४,०००
४३. हरि लम्साल, काठमाडौं ५,०००
४४. डिल्लीराम निर्भिक, काठमाडौं ५,०००
४५. राजेश मिश्र, जी न्यूज ७,०००
४६. यादव थपलिया, नेपाल आवाज ५,०००
४७. मुकुन्द दाहाल, नेपाल-१ ५,०००
४८. बालकुमार नेपाल, अन्नपूर्ण पोष्ट ४,०००
४९. देवराज अर्याल, युग सम्वाद ४,०००
५०. ज्ञानहरि अधिकारी, युग सम्वाद ४,०००
५१. अर्जुन खड्का, कान्तिपुर टिभी ४,०००
५२. जसुदा प्रधान, पिपल्स रिभ्यु ५,०००
५३. पूर्णलाल चुके, बाँके ५,०००
५४. रेवतिरमण सुवेदी, श्रमजीवी ५,०००
५५. नकुल काजी, विवेचना ५,०००
५६. जगदिश शर्मा, प्रतिक दैनिक ५,०००
५७. केशव पौडेल, काठमाडौं ४,०००
५८. महेशचन्द्र गौतम, सिमाना साप्ताहिक ५,०००
५९. अनिलकुमार अनल, राजविराज ५,०००
६०. शिशुप्रसाद देवकोटा, राजविराज ५,०००
६१. हरि मण्डल, महोत्तरी ५,०००
६२. वविता बस्नेत, घटना विचार साप्ताहिक ५,०००
६३. कृष्णराज पाण्डे, स्वतन्त्र ७,०००
६४. उद्धव सिलवाल, राजधानी ३,०००
६५. दीपक पुडासैनी, जनसत्ता ५,०००
६६. विकल श्रेष्ठ, नेपाल न्यूज ५,०००
६७. कृष्ण खोजु, भक्तपुर ३,०००
६८. जयप्रसाद दाहाल, काठमाडौं ५,०००
६९. पवन थापा, हिन्दु साप्ताहिक ५,०००
७०. रमेश खड्का, धरहरा टाइम्स ५,०००
७१. मोहन श्रेष्ठ, घटना विचार ५,०००
७२. मोहन ढुंगेल, घटना विचार ४,०००
७३. नारायण न्यौपाने, काठमाडौं ४,०००
७४. यज्ञ ढकाल, साप्ताहिक आवाज ५,०००
७५. ईश्वर खनाल, हिमालय टाइम्स ४,०००
७६. पूर्णबहादुर थापा, स्वतन्त्र ३,५००
७७. विशाल खत्री, स्वतन्त्र ३,०००
७८. यदुनाथ अधिकारी, स्वतन्त्र ५,०००
७९. अम्मर भुजु, दलव साप्ताहिक ३,५००
८०. डिल्ली वसेल, च्यानल नेपाल ४,०००
८१. रामचन्द्र तिवारी, दिव्य दर्शन ५,०००
८२. श्याम निरौला, रासस २,०००
८३. विश्व वि. मोहन श्रेष्ठ, प्रेस काउन्सिल ५,०००
८४. गोपिकृष्ण खनाल, नयाँ कामना, झापा ५,०००

Sunday, January 2, 2011

क्यारेम बोर्डका गोटी

निकै पहिले भूपि शेरचनको एउटा कविता पढेको थिए त्यसको बारेमा धेरै कुरा याद नभए पनि आसय अझै दिमागबाट हटेको छैन उनले क्यारेम बोर्डको गाटीसँग तुलना गरेर जस्ले जता हुत्यायो त्यतै मिल्कने मनुवाहरुलाई कटाक्ष गर्दै लेखेका थिए त्यो कविता त्यस्ता दृश्यहरु हाम्रो समाजमा हराउन सकेका छैनन भूपि हराएको लामै समय भइ सकेको अझ लामो समयसम्म नेपाली समाजमा कायमै रहने यो प्रचलन
मैले यो कुरा यहाँ किन गर्न लागेको हो भने केही दिन यता त्यस्ता दृश्यहरु देखिएका छन् यहाँ पारस शाहको कुरा गरौं चितवनको जंगल भित्र रहेको टाइगर टप्स लजमा उनले गोली चलाए नसाको सुरमा झगडा गर्दा गोली चलेको थियो पारसले उपद्रो गरेकोमा कुनै शंका नै छैन तर त्यो पनि देश भक्तिको गौरव पुर्ण कथा बन्यो हाम्रो नेपालमा पारस समातिए चितवन प्रहरीमा ल्याइए
चितवन प्ररहीले तालिम केन्द्रमा राख्यो उनलाई त्यहाँ पारस जिन्दावाद भन्ने नारा लगाउनेहरुको हुल आयो त्यसमा युवाहरु पनि प्रशस्तै थिए धेरै युवा यहाँ मात्रै होइन अरु ठाउँमा पनि नारा लगाए जस्तो लाग्दथ्यो एक नेपालमा भरखर भरखर गणतन्त्र आएको युवाको जोशको भरमा नै हो गणतन्त्र आएको त्यसैले पुर्व युवराज जो जाँड खाएर हल्ला गरेका कारण समातिएको त्यस्ताको पक्षमा नारा लगाउन युवाहरु आउलान भनेर सोच्न पनि सकिएन तर युवा सकि्रयता पारसको पक्षमा पनि पाइयो
एकजना युवालाई मैले विषेश रुपमा ख्याल गरे उनी निकै लागेका थिए पारसको पक्षमा भएको प्रदर्शनमा बाहिरी व्यक्तित्व हेर्दा त्यस्ता आवारा केही नबुझेका बेहोसी जस्ता पनि लाग्दैनन थिए उनलाई पारस मन पारे होला मन पराउन पाइन्छ आए नारा लगाए भन्ने लागेको थियो तर उनी पनि खेतला नै रहेछन्
पारस गएको लामै समय भयो आज उनको तारेख हो क्यारे तर उनी नेपालमै छैनन् भन्ने जानकारीमा आएको त्यसैले उनी आउँदैनन् पनि होला पारस नआउँदै देउवा आए चितवन देउवा पुस १५ गते आए उनी भरतपुर विमान स्थलबाट बाइपास रोड हुँदै तीन खोले गुम्बा छिरे बाइपास रोडमै तालिम केन्द्र जहाँ दुई रात पासरले बिताएर त्यही वाइपास रोड हुँदै जिल्ला प्रशासन गएका थिए
देउवा पारसले प्रयोग गरेको बाटो मात्रै एउटै परेको होइन उनका अघिपछि लाग्ने धेरैको अनुहार पनि मिलेको थियो त्यही काँग्रेस निर्णयक भइदिदा नेपालबाट राजतन्त्र गयो त्यही काँग्रेसका कारण नै हो पारस समातिएका तर पारसको पक्षमा नारा लगाउन आउनेहरु देउवा काँग्रेस जिन्दावाद भन्न पनि आइभ्याएका छन् यो नपच्ने दृश्य नै हो दुई हप्ता बित्न नपाउँदै मान्छेको मन यसरी केस्ले परिवर्तन गरायो कति हलुका हो यो मान्छे मैले पारसको पक्षमा नारा लगाउने सुकुमार युवकलाई देउवको पक्षमा पनि त्यसरी नै नारा लगाएको देखे अव बिचारै गर्नु माओवादीका नेता प्रचण्ड आउँदा ति सुकुला सुकुमार अगाडी आउँछन् या आउँदैनन् एमालेका नेता आउँदा देखिने पो हुन कि आखिर यी क्यारेम बोर्डका गोटी होइनन् स्टाइकरले जता हुत्यायो त्यतै मिल्कने अनि त्यो स्टाइकर पनि अरु कसैको चाहनामा नाचेको हुन्छ नि बोर्डमा

Thursday, December 30, 2010

परेवाकोट गइयो

'परेवाकोट जानु पर्छ' साथी दिपेन्द्र बडुवाल केही दिनदेखि यसै भन्दै थिए 'दुवैजना जानु पर्छ है' उता पुर्वी चितवन पत्रकार मंचका अध्यक्ष केपी किरण शर्माले हामी लोग्ने स्वास्नीलाई नै निम्ता दिए रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि जाउँ भने 'सानो सानो पिकनिक जस्तो हो जाउँन रमाइलै हुन्छ' एकल सिलबालबाट थप हौसाउने काम भयो पुस १४ गते बिहान साढे चार बजे नै दिपेन्द्रको मिस कल आयो सायद जगाउनलाई होला सहिद चोक पुग्दा सवा भएको थियो दिपेन्द्रले ल्याएर आएको मिनी बसमा छिरियो पत्रकाहरु पायक पर्ने ठाउँमा पर्खेर बसेका थिए जोडी भएका पत्रकार मित्रहरु पनि क्रमशः थपिन थाले
चितवन मकवानपुरको सिमाना लोथर खोलामा पुगेपछि बस रोकियो अव सवै झरेर उकालो लाग्नु थियो परेवाकोट चितवनको पिप्ले गाविसमा पर्ने पहाडी गाउँ हो जहाँ धेरै चेपाङ केही तामाङको बसोबास कुरा यत्तिमा सिमति छैन यो पुरानो ऐतिहासिक ठाउँ पो हो अरे मैले योसम्म सुनेको छु धेरै कुरा भन्न सक्ने अवसथामा छैन तर उत्तर तर्फ हिमाल टल्केको दक्षिण तर्फ नागबेली राप्ती मैदानी इलाकाको आनन्ददायक दृश्य देख्न पाइदो रहेछ तर हामी पुग्दा कुहीरोले छोपेको थियो सवै कुरा
'रातीमा मज्जाले तारा देख्न पाइने ठाउँ हॊ यो' एकजना बुज्रुकले बयान गरे बिहानको उदाउँदो सूर्य साँझको अस्ताउँदो सूर्य हेर्न भन्दै नजिक टाढा जता पनि जान थालेका छन् नेपाली तर यो रातमा तारा हेर्न भन्दै कतै जाने कुरा भने हामीलाई उदेक नै लाग्न सक्छ तर झलमल तारा हेर्नु पनि रमाइलै हुन्छ यो कुरा विस्तारै थाहा पाउने छौं हामी लगातार तीन् घण्टा जति हिडेपछि परेवाकोट पुगियो केपी किरण अघिल्लै दिन आएर खानपानको व्यवस्था मिलाएका रहेछन् कोदोको ढिडो पनि थियो भागमा कसैले जानेर निले, कसैले नजानेर चपाए अनि कसैले शान दिनलाई चम्चाले उधिन्दै मुखमा हुले त्यसलाई
खाना खाएपछि कुराकानी सुरु भयो एकजनो भने 'पाठक थरका एकजानले महेन्द्रको पालामा पैसा नै बनाएको ठाउँ हो यो ' एकजनाले सुनाए 'अलि तल गुफा जाने हो ' साथ लागेर गए दुई चारजना साथी लैजानेलाई नै बाटोको पत्तो भएनछ थाकेका साथी आधा घण्टा हिडेपछि निरास हुँदै फर्के चर्च थियो गाउँमा परेवाकोट भनेपछि देवीको मन्दिर नहुने कुरै भएन चर्च थियो, मन्दिर थियो अनि गाउँ थियो थोरै घर भएका खाना खाएपछि हिडिहाल्ने तयारी भयो अघि तीन घण्टा लगाएर उक्लेको समयमै नहिडे अध्यारोले पिरोल्ने डर तर थाकेका साथीहरु उतै बस्ने भए वाइवाइ गर्दै बाहिरियौं हामी
गाउँदेखि केही पर आएपछि पहिला गएको बाटो त्याग्यौं हामीले तल लोथर बजार उत्तिनै खेर आइयो मोटर जाने बाटोमा हिँडेकाले पहिला जाँदा पो त्यति समय लागेको रहेछ मान्छे हिड्ने बाटो हिड्दा बेर नलाग्ने रहेछ मोटर जाने बाटोमा यस पटक मोटर चढेर जाने हिम्मत कसैले गरेन कारण त्यो बाटोमा तीन वर्षअघि ट्रयाक्टर चढेर गएका थिए धेरै तर फर्कदा पुरै फर्कन सकेनन् ट्रयाक्टर दुर्घटना भयो तीनजनाको ज्यानै गयो पत्रकार दिपेन्द्र बडुवाल लगायतका साथीहरु गम्भीर घाइते भए दुर्घटना स्थलपुग्दा उबेला परेवाकोट पुगेका धेरैका आँखा रसाए जे होस यस पटक त्यस्तो नराम्रो केही भएन बरु रमाइलै भयो पत्रकारसँगै उनका श्रीमतीहरु पनि यो रमाइलोमा मिसिए ठ्याक्कै परेवाकोट के कस्तो हो त्यसको खोजीनीति गर्न भने इमान्दार भएर भन्नु पर्दा लाग्दै लागिएन तर ठाउँ भने रमाइलो है त्यो किन भनेको भने त्यत्रो उकालो ओरालो हिडाउँदा पनि श्रीमतीबाट कुनै गुनासो आएन