Thursday, November 4, 2010

मेरो ब्लग पनि अश्लिल साइटमा परेछ

एक हप्ता यता मेरो ब्लग खुल्न साह्रै गाह्रो मान्न थालेको त्यसो हिजो चितवनको दैनिक पत्रिका पारदर्शीको साइट पनि खुल्दै खुलेन सरकारले अश्लिल साइट बन्द गर्ने घोषण गरेपछि बेहोर्न थालेको हैरानी हो यो तर हाम्रा यि बल्ग न्युज साइटहरु त्सको चपेटामा आए होलान भनेर शंका गर्न भने सकिएन एक दिन ब्लग बल्लबल्ल अपडेट गरेर फेस बुकमा िलंक गरियो तर त्यसपछि खुल्न मानेन अनि फेसबुकमा कमेण्ट आयो खुल्दै खुलेन कतै अश्लिल साइटको सुचिमा परेन
त्यसो सरकारले सरकारले ६० वटा अश्लिल साइट बन्द गरेको खवर आएको साथी संकल्प पोखरेलले पहिलो दिनमै फेसबुकमा लेखे सरकारले काम गर्न थाले तर उति बेलै मैले कमेण्ट हालेको थिए त्यो तमाइकोमा मात्रै काम गरेको देखिएको होला मैले जस दिन सक्ने। अवस्था छैन अर्थात अश्लिल साइटहरु बन्द गर्ने सरकारको घोषणा कार्यन्वयन भएछ भन्दै संकल्पले फेसबुकमा लेखेको थिए तर मैले तत्कालै केही नामी अश्लिल साइटहरुको एड्रेस टाइप गर्न नपाउँदै ति भटाभट खुले अनि मैले कसरी सरकारलाई जस दिने
प्रोनो ग्राफीका दामीदामी साइटहरु खुलिराखेका बेलामा मेरो बबुरो ब्लगलाई सरकारले अश्लिल सामाग्री ठानेर बन्द गर्ला भनेर एक रति पनि सोच्ने कुरा भएन तर आज कात्तिक १९ गते शुक्रबार कान्तिपुर दैनिकको हेल्लो शुक्रबारमा छापिएको प्रदीप बस्यालको लेख पढेपछि बल्ल ट्वाँ परे किन भने मेरो ब्लग अश्लिल साइटहरु बन्द गर्ने सरकारी चालको सिकार भएर पो राम्रोसँग खुलेको रहेनछ ब्लग स्पट सब डोमेन भएका ब्लगहरु खुल्दै नखुलेकबो कुरा प्रदिपले आफ्नो लेखमा उल्लेख गरेका छन् यसरी कताकताबाट घानमा परेको रहेछ मेरो ब्लग यसको थाहा पत्तो छैन अनि ब्लग राम्ररी नखुसल्दा अपडेट गर्ने जाँगर पनि चलेन उता खुलेको बेला हेर्दा ब्लग हेर्नेहरुको संख्या पनि ह्वात्तै घटेको पाइयो
कताकताबाट सरकारले अश्लिल साइटहरु बन्द गर्ने हौवा चलायो जसमा प्रोनो साइटहरु पर्दै नपर्ने सामाजिक मयौदालाई ख्याल राखेर चलाउने हाम्रा शुद्ध ब्लगहरु भने बन्द हुने कस्तो काम गरेको हो सरकारले यस्तो यो बारेमा सरकारलाई चाडै नझकझकाए सरकारको काम ब्यर्थै हुने भयो त्यसैले कसैको न्युज साइट ब्लगहरु खुल्दैनन भने ति अश्शिल साइट बन्द गर्ने सरकारी घोषणा कार्यन्वयनको पाइलामा कुल्चिएछन् भन्ने ठान्नलाई अवेला नगरौं साथै किन यस्तो भयो भनेर कता भन्नु पर्ने हो भनौं चुप लागेर नबसौं सरकारले प्रष्टसँग भनोस अश्लिल भए पनि नभए पनि ब्लगहरु पनि बन्द गर्न खोजेको हो भनेर ब्लगका कारण सामाजिक मर्यादा नैतिक आचरण राष्ट्रिय अखण्डतामा खलल पुग्ने यथेष्ट आधारहरु छन् भने रोक्ने दायित्व सरकारको हो हामी पनि चुप लागौंला तर लहडको भरमा बन्द गरेको हो भने गर्न पाइदैन भनेर आवाज उठाउँला
अश्लिल साइटहरु बन्द गर्ने भनेर सवै प्रकारका ब्लगहरु बन्द गर्दा ब्लगरहरुको मानमर्यादामा पनि आँच पुग्न सक्छ फलानाले अश्लिल ब्लग चलाएको रहेछ है भनेर गाइगुइ साइसुइ हुँदै टोलभरी हल्ला फैलन सक्छ बेफ्वाकमा यो टिका टिप्पणी सुन्नु पर्दा मानसिक रुपमा कति हैरानी होला सरकारले देला क्षतिपुर्ती तर यो हदसम्मको कुरा गर्नु पर्ने आवश्यकता अहिले छैन केही दिनपछि सवै ब्लग पहिलाको जस्तै खुल्लान तर भयंकर अश्लिल सामाग्रीहरुलाई नचलाएर सरकारले ब्लगलाई किन निसानामा पारेछ ? यो कुरा चाहि सधै खेलि रहने मनमा

Monday, November 1, 2010

साइरन

साइरन भनेको मान्छेलाई सतर्क गराउनका लागि बजाइने गरिन्छ तेज रफ्तारमा गुड्ने भएकाले बटुवालाई सतर्क गराउन प्रहरीको गाडी एम्बुलेन्स दमकलमा साइरन बज्ने गर्छ गाडीमा मात्रै साइरन राखिन्न अचेल बाढी आउन सक्छ है भनेर पहिल्यै जानकारी दिन पनि साइरन राखिन्छ उता पुर्वमा च्छे रोल्पा हिउँ ताल फुट्ने भन्ने अनुमानका आधारमा फुट्न थालेमा गाउँमा जानकारी फैलाउन भनेर पनि साइरन राखिएको जहाँ जसरी जेमा साइरन राखिए पनि मान्छेलाई सतर्क गराउने एकल उद्देश्य बाहेक अरु केही हुँदैन
इमरजेन्सी रुपमा कुद्नु पर्ने बाहनहरुमा साइरन रहने नै भयो तर इमरजेन्सी लाइटमा पनि साइरन राख्दो रहेछ त्यो के प्रयोजनका लागि हो कुन्नी थाहा भएन सायद केटाकेटी भुलाउन होला लोडसेडिङ मैलाएपछि हाम्रो घरमा पनि एउटा इमरजेन्सी लाइट आयो त्यसमा थियो प्वाप्वाप्वा गरेर कराउने साइरन बत्ती बाल्नु बाहेक साइरनको केही उपादेयिता थिएन कहिले काही भान्जाभान्जीहरु आएका बेला त्यो साइरन बजाएर रमाइलो गर्थे एक दिन साइरन बिगि्रयो नबज्ने भयो बत्ती भने राम्रैसँग बल्थ्यो
कमलजंग कुँवरलॆ गैंडालाई चार वर्ष भन्ने किताप निकाल किताप निकालेपछि चितवन आए किचन क्याफेमा साथीहरु जम्मा गरे आफ्ना केही कुरा राखे अनि भेला भएका जतिलाई हस्ताक्षर सहितको किताप थमाइ दिए त्यो किताप साँझ घरमा आउँदा बित्तिकै पल्टाए पढ्दै गए पढ्दै गए छाड्न मन लागेन खाना खाने बेलामा अलि बेर किताप छाडे आएपछि फेरि समाते पढ्दै जाँदा लाइन ज्याप्पै गयो दुईचार मिनेट पर्खदा पनि गएको लाइन आएन अनि त्यही इमरजेन्सी लाइट ल्याएर फेरि पढाइ जारि राखे
लामो समयसम्म पनि बत्ती आएन तर कितापका च्याप्टर झनपछि झन रोचक हुँदै जान थाले सिरानीमा इमरजेन्सी लाइट राखेर अगाडीको कितापका एकपछि अर्का अक्षर वाक्य हरफहरुमा आँखा दौडाउँदै छु कुनै सिनेमाको क्लाइमेक्सको दृश्य जस्ता रोचक प्रसंगहरु आएको कितापमा कमलजंग कुँवरको टोली गैंडा सिकारीलाई समात्न जाल बुन्दै छन् सिकारीलाई समात्न भनेर फिल्डमै गए रातको समयमा समात्न खोजको मान्छे भाग्न थाल्यो ड्याम्म गोली पड्कियो यो प्रसंग थियो कितापमा
यता यस्तो कुरा पढी रहेको बेलामा कानैमा करायो प्वाँप्वाँप्वा प्वाँप्वाप्वाँ आवाज चकमन्न रातमा किताप एक सुरले पढी रहेको रोमांचक प्रसंग आएका बेलामा एक्कासी प्वाँप्वाँ आवाज कानमा पर्दा केहो कसो हो सोच्ने सम्झन सक्नै कुरै थिएन सातो पुत्लो उड्यो मुटु हल्लन थाल्यो केको आवाज हो मेसो पाइन मुटु मुखबाट फुत्त निस्केला जस्तो भयो अहिलेसम्म त्यसरी तसे्रको सम्झना छैन केही सम्हालिदै यसो टाउको घुमएको देखियो सिरानीको आडमा राखेको त्यही इमरजेन्सी लाइटको साइरनको बजेको रहेछ लाइटमा नछोएको कुनै दवाव परेको विग्रेको साइरन त्यत्तिकै पनि करायो कानैमा पर्ने गरेर कराएको त्यो साइरनले कस्को सातो नलेला ?
यो भयो लाइटमा बेमतलवसँग राखेको तर एक चोटी बिग्रेको साइरन त्यसै कराएको प्रशंग साइरन रमाइलो गर्नका लागि राखिन्छ केटाकेटी भुलाउनका लागि राखिन्छ तर त्यसले कहिलेकाही नराम्रोसँग ठुलै मान्छेलाई पनि तसा्रउँदो रहेछ त्यस दिन बजेको साइरनले यही पाठ सिकायो यस पटक दशैंमा आएका भान्जाभान्जीले फेरि त्यस्तै साइरन भएको खेलौना कार किनी दिन कर गरे घरमा त्यस्ता तीनवटा कार आयो साइरन बजाउँदै दौडने खेलौना कार केही दिनसम्म घरमा खुवै दौडिए
दसैंपछि घर जाने बेलामा दुईजना भान्जिले खेलौना सँगै लगे भान्जाले छाडे त्यो खेलौना भान्सा कोठामा त्यसै मिल्किएको थियो कस्ले हो फ्रीजमाथि राखेको रहिछ कतै लगेर थन्काउने हेक्का पनि कसैलाई आएको थिएन अस्ति राति निन्द्रा खुल्यो कुनै आवाजले खुलेको थियो निन्द्रा अवाज थियो साइरनको त्यही प्वाँप्वाँप्वाँ कहाँबाट आयो यो आवाज ठम्म्याउन गाह्रो भाये निकै कडा थियो आवाज मध्यरातको मस्त निन्दा बिथोलिने आवाज चान चुने थिएन तर यो आवाज कहाँबाट आयो एकक्षण गम खाइयो तत्कालै माथि भान्सा कोठामा भएको फ्रीजमाथिको खेलौना कारको याद आयो तर त्यसको यस्तो कडा आवाज नआउनु पर्ने तै पनि हेरौन भनेर भान्समा गएको त्यही कार पो कराइ रहेको रहेछ
आवाजले टोलकै निन्द्रा विथोलेको रहेछ भोलिपल्ट छिमेकीहरुले पनि त्यो आवाजको प्रशंग निकाले रात बढेपछि सन्नाटा छाउँदा सानो खेलौना कारको साइरनको आवाज पनि मेघ गर्जनकै हाराहारीमा पुग्दो रहेछ इमरजेनिस् लाइटमा पनि कुनै दावव स्वीच अन नगरिकनै साइरन बजेको थियो खेलौना कारमा पनि त्यस्तै भयो रमाइलो गर्नका लागि राखिएको त्यो साइरन बेला कुबेला बजेर होस हवास निन्द्र उडाउने काम गरो


Saturday, October 30, 2010

यदी म यो देशको प्रधानमन्त्री भएको भए

सुरुमा तीनजना देखिए आखिरमा भिड्ने दुईजना मात्रै भए त्यस मध्ये एकजनाले उहील्यै छाडे ल्याउनु पर्नेभन्दा अति नै थोरै मत पाए पनि एकजनाले जिद्दि छाडेकै छैनन् नयाँ चुनिन नसकेर पद छाडेर बसेकाले काम चलाउँदै आएको चार महिना नाघ्न थाल्यो हाम्रो देशको प्रधानमन्त्रीको पदले भोगेको दुरावस्था हो यो नेपाली नेताहरुले यो पदलाई अहिले साह्रै नै हल्का बनाए अहिले प्रधानन्त्री चुनिन नसकेर हैरान पदमा पुगे पनि कम्ता दिक्दारी बेहोर्नु पर्दैन पुगेको दिनबाटै हटाउने अभियना सुरु हुन्छ अनेक लान्छाना दुरबचनहरु सुन्नु पर्छ कुनै गरिमा नै नभएको जस्तो हुन थालेको यो पद
यस्तो बेला अंग्रेजी माध्यममा पढाइ हुने राम्रो मध्येको कुनै आवासीय विद्यालयको एउटा किसोर बिद्यार्थीले प्रधानमन्त्री हुने चाहना राख्दो हो अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयलका विद्यार्थी नेपाली समाज प्रति बढी नै असन्तुष्ट हुन्छन भन्ने लाग्छ किन भने त्यहाँ नेपाली समाजको अहिलेको तहभन्दा अलि उपल्लो तहको चर्चा परिचर्चा उदाहरणहरु बढी व्यक्त हुन्छ बिग्रेको कुरा गर्नु परो भने नेपालको नाम अगाडी ल्याइन्छ बाहिरको बुझाई यस्तै त्यस कारण दुर्दशा भोगेको नेपालको प्रधानमन्त्रीको पदमा पुग्ने चाहना राख्ने केटो त्यस्ता विद्यालयमा भेटाउन सकिदैन भनेर ठान्नु गलत हुने छैन
चाहना राख्नुको परेको कुरा प्रधानमन्त्री भएको भए के गर्थे भनेर कल्पनामा आधारित रहेर लेख लेख भनेर गुरुले गृह कार्य दिए पनि कल्पना गर्दा गर्दा त्यस्ता विद्यार्थीलाई भयंकर सपना देखेर ऐठन भए जस्तो अनुभव हुदो हो होला तर त्यस्तो अलि नहुदो रहेछ चितवनको एउटा राम्रो आवासीय विद्यालयमा कक्षा मा पढ्ने किसोरले देशको वर्तमान राजनीति प्रति असन्तोष पाख्दै आफु प्रधानमन्त्री भएमा गर्ने कामो सुचि तयार गरेका छन् यो विद्यालयले उनलाई दिएको होम वर्कमा नै व्यक्त भएको कुरा हो तर कल्पनामा आधारित त्यस होमवर्कबाट एउटा किसोरको वर्तमान राजनीति प्रतिको असन्तोष दृष्टीकोण झल्कन्छ अव उसैको त्यो हामेवर्क यहाँ जस्ताको तस्तै
मानवका मनमा अनेक कुराहरु खेल्छन् चाहनाहरु खेल्छन् मेरो मनलाई पनि एक कुराले निकै चिन्तित बनाएको हाम्रो देशमा जति पनि प्रधानमन्त्री आए उनीहरुले भाषण मात्रै गरे देशको अवस्था नराम्रो बनाए केही पनि विकासका कार्यक्रमहरु गरेनन् मात्र विकास गर्ने भाषण गरे नेपाली जनतालाई अशान्ति तर्फ लगे तर नेपालीले केही गरेनन् अहिले प्रधानमन्त्री पदका लागि नेताहरु बीच खुट्टा ताना तान भएको
यदी प्रधानमन्त्री भएको भए पहिले देशको आर्थिक अवस्थालाई सुदृढ गर्थे विकासका पुर्वाधारहरु खडा गर्थे गाउँमा शहरमा बराबर विद्यालय स्वास्थ्य संस्थाहरु बनाउँथे भाषणभन्दा बढी काम गरेर देशलाई विकशित गराउँथे नेपालका हरेक ठाउँ बाटो पराइदिन्थे आर्थिक उन्नति गर्थे हरेक ठाउँमा विकासका कार्यहरु सुरुवात गर्थे नेपालको खेल जगतमा सुधार ल्याएँथे स्वास्थ्य संस्थाहरुलाई सफा सुदृढ बनाउँथे गरिव धनी पुरुष महिला तथा विभिन्न धर्महरु बीच समानता ल्याउँथे नेपाललाई नयाँ रुप दिए हरेक जनतालाई मद्दत पराउने छु युवा शक्तिलाई पनि देश विकास गराउने काममा मद्दत पराउने छु महिलाको स्तरमा बृद्धि गराउने छु हाम्रो देश असुरक्षित हुँदै गएको जसका कारण पर्यटकहरु आउन बृद्धि भएको छैन त्यसैले शान्ति सुरक्षा बढाउने छु अपराधिलाई समात्न नयाँ प्रविसधि ल्याउने छु अपराधिलाई दण्ड दिने छु पर्यटन व्यवसायलाई बलियो विकशित बनाउने छु राष्ट्रलाई शान्ति सफा बनाउने छु सम्पदाहरुको संरक्षण गर्ने छु
यहाँ रहेका हरेक कुरालाई देशको विकासका लागि प्रयोग गर्ने छु यदी नेपालको प्रधानमन्त्री भएँ भने नेपाललाई विकशित राष्ट्र बनाउने छु नेपाललाई सुन्दर शान्त विशाल बनाउने छु यहाँसम्मका बाक्यहरु ती किसोरका हुन जस्ले स्कुलको गृह कार्यका लागि कल्पनामा आधारित रहेर केही खेसा्रहरु तयार गरेको देशको साच्चिकै प्रधानमन्त्री हुन चाना राख्नेले योभन्दा बढी योजना बनाउन सक्छ कल्पना गर्न सक्छ तर यो किसोरले गरे जतिका कल्पना बनाएर साच्चिकै प्रधानमन्त्रीले ती योजनालाई कार्यन्वयन गर्ने हो भने नेपालको काया पलट हुन कुनै बेर लाग्ने छैन



Friday, October 29, 2010

जुत्ता प्रहारपछिको तरङग

संविधानसभामा सवैभन्दा ठुलो दलको हैसियत पाएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताले भारतीय राजदुत राकेश सुद चढेको गाडीमा जुत्ता हाने अहिले यो विषय निकै चर्चामा माओवादी घटनालाई जायज भन्न पछि पर्दैन जुत्ता खाने दुत भने घटनाका दोषिहरुलाई किन कारवाही नगरेको भनेर नेपाल सरकारसँग जर्कि राखेका छन् उनको देशै यो बारेमा दवाव दिदै त्यति मात्रै होर नेपालमा भएका अन्य दुतावासका दूतहरुले समेत सरकारका मन्त्रीहरुलाई भेटेर घटनामा संलग्नलाई तत्काल कारवाही हुन परो भन्ने माग राख्न थालेका छन्
अखवारमा यी प्रसंगहरुले दिन दिनै जसो ठाउँ पाएको हुन्छ खवर पढेर मान्छेले चिया पसलमा कुरा गर्ने मसला पाएका छन् काँग्रेस कम्युनिष्टले यो गफ निकाले भने माहाभारत नै चल्छ माओवादी अरु भएर कुरा सुरु गरे भने परिस्थिति नै सम्हाल्न नसक्ने अवस्थामा पुग्छ यी भए जुत्ता प्रहारको समर्थन विरोध गर्नेका कुरा हिजो बिहान अखवार पढेर एक सामान्य मान्छेले मसँग असन्तुष्टि पोखे राजनीतिमा उनलाई त्यत्ति सारो चाख छैन उनी कसैका अन्ध समर्थक हुन विरोधी तर जुत्ता प्रहारपछिको घटना क्रमका कारेमा उनले अखवार पढेर गरेको टिप्पणी मनन योग्य
भारतीय राजदूत लोकदूत राकेश सुदलाई माओवादीले जुत्ता हाने त्यो काम राम्रो या नराम्रो भन्ने कुरा आफ्नो ठाउँमा त्यही सूद बस्ने ठाउँ हो जहाँबाट केही समय अघि नेपालका एकजना निर्वाचित सभासद रामकुमार शर्मालाई फोनबाट मार्ने धम्कि आएको खवर सार्वजनिक भएको थियो उनले बकाइदा नाम नम्बर टिपाएका थिए तर त्यो प्रकरणमा कसैलाई कारवाही भएको कुरा पर जाओस छानविन गरेको समेत सुनिएन
अनि अहिले उनै भारतीय दूतमाथि हमला हुँदा धेरै चासो सकि्रयता बढेपछि एकजना सामान्य नेपालीलाई किन रिस नउठोस आफुमाथि आरोप लागेका बेला भारतीय दुतावासले स्वतन्त्र छानबिन गराएर सत्यतथ्य कुरा बाहिर ल्याउने मेसो जुराइ दिएन जव ज्यानमाथि नै हमाला भयो हमाला गर्नेहरुलाई छाड्न हुँदैन भनेर एकोहोरो लागको फोन गरेर ज्यानै मार्ने धम्कि दिनुभन्दा ठुलो कुरा चढेको गाडीमा देखाइ देखाइ जुत्ता हान्ने कुरा कदापी हुन सक्दैन सामान्य नेपालीलाई यस्तै लाग्छ सुदहरुलाई फरक लागे बेग्लै कुरा अनि आफ्नो आँङको भैसी नदेख्नेले अर्काको आङको जुम्रा देखेको जस्तै भएको सामान्य नेपालीलाई
भारतीय दुतावास कुनै एउटा घटनसँग जोडिएको छैन विभिन्न घटनाक्रमसँग जेलिएको उसले नेपालमा दादागिरी गर्छ धेरै नेपालीलाई यही लाग्छ यसबाट माथि उठ्ने चेष्टा दुतावासले कहिल्यै गरेन मलाई लाग्छ जिम्मेवार दलबाट कुटनितिक ओदाहाका व्यसिक्तलाई जुत्ता नै हान्न लाग्नु हुन्थेन अझ दलका जिम्मेवार व्यक्तिकै नेतृत्वमा माओवादीको टोली प्रदर्शनका लागि बसेको थियो तर भारतले ज्यादै दादागिरी देखाउने गरेको ठान्ने सर्वसाधरण यसरी सोच्दैनन् जसका कारण सुदले नेपालीबाट सहानुभुति नपाएका हुन् तर उनी पेलेरै जाने ध्याउन्नमा छन् आफुमाथिका आरोपहरुलाई पनि सफा गर्न पट्टी नलागे सुदहरुले कहिल्यै पाउने छैनन् सहानुभुति




Monday, October 25, 2010

एक भएर एडिस लखेटौं

नेपालीहरुले ठूला ठूला दुष्मनहरुलाई लखेट्दै आएका छन् इतिहासमा शक्तिशाली अंग्रेजहरुलाई नेपालबाट पर लखेटे वर्तमानमा सत्तामा शक्तिशाली भएर बसेका राजालाई गद्दीबाट लखेटेर नागर्जुनको जंगलमा पुराए यस्ता बहादुर नेपाली अब एडिसलाई लखेट्न एक हुनु पर्ने बेला आएको एडिस लामखुट्टेको एउटा जात हो हेर यो लामखुट्टेले पनि कस्तो बनायो नेपालीलाई भारतीय कलाकार नानापाटेकरको प्रख्यात डाइलग 'साला एक मच्छर आदमीको हिजडा बनादेता हे ' नानाको यो डाइलग अहिले नेपालको यथार्थतासँग मेल खान्छ
हिजो कात्तिक गते सोमबार बिहान नारायणगढको बेलचोकमा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा मान्छेहरु खचाखच थिए नेपालमा स्वस्फुर्त रुपमा सवै क्षेत्रका मान्छेहरु त्यसरी भेला हुने गरेको पाइदेन राजनैतिक दलको सभा बाहेक तर सिद्धार्थमा उल्लेख्य रुपमा सर्वसाधरणको जमघट भयो शक्तिमा भएको दलले राख्ने आमसभामा जस्तो मान्छे जुटे त्यहाँ यद्यपि कार्यक्रम वडा स्तरीय थियो त्यो समूहमा अगाडी बसेका अर्थात मंचमा बसेका मान्छेहरुले अरु केही भनेनन केवल लामखुट्टे मार्ने कुरा मात्रै गरे
लामखुट्टे मार्ने कुरा गर्न यत्रो जमखट हो अझ योभन्दा ठुलो जमखट गराएर कुराका साथै काम पनि नगरे उपाए छैन ज्यानलाई नै खतरा बढेको चितवनलाई अहिले डेंगे नामको रागले गाँजेको त्यसो नवलपरासी बुटवलमा पनि यो रोग नदेखिएको होइन तर त्यता रोगीको संख्या ५० पुगेको छैन यता ३५० पनि नाघि सकेको भयंकर ज्वरो आउने यो रोगले मान्छेको ज्यानै लिन्छ यसरी ज्वरो आएर चितवनका अस्पतालमा उपचार गराएका मध्ये साउन यता मात्रै १७ जनाको मृत्यु भएको
मरेका मध्ये १५ जनालाई पनि उत्पातै ज्वरो आएको थियो उनीहरुको निधन के कारणले भएको हो भनेर ठ्याक्कै घोषणा गर्न सक्ने अवस्थामा स्वास्थ्यकर्मीहरु छैनन् किन भने उनीहरुको राम्रोसँग परीक्षण नै हुन पाएन बाँकी दुई मध्ये एकजना ल्याप्टो स्पाइरोसिस भन्ने रोगबाट एकजना डेंगेबाट मरेको परीक्षणबाटै पुष्टि भएको अब कुरा लामखुट्टेमा केन्द्रित गरौं यो डेंगे यही एडिस भन्ने लामखुट्टेले फैलाउँछ अचाक्लि दुख्ने गरेर ज्वरो आउने उस्तै परे मान्छेको ज्यानै जाने यो डेंगे निर्मुल गर्ने कुनै औषधी छैन एडिस नै निर्मुल गरे मात्रै डेंगे हराएर जान्छ त्यसैले मान्छेको जोड मच्छर मार्नमा केन्द्रित भएकोहो
डेंगेले समाते असाध्यै दुःख पाइन्छ यसबाट मुक्ति पाउन मच्छर मार्नलाई भने त्यत्ति गाह्रो छैन बस एडिस जन्मने वातावरण नबानाइ दए हुन्छ यो पनि त्यस्तो भयङ्कर काम होइन केवल घर वरपर पानी जम्न नदिए हुन्छ एडिसले जमेको सफा पानीमा मात्रै फुल पार्छ त्यसैले पानी जम्नै नदिने त्यसपछि कसरी फैलन सक्छ एडिस अनि कसरी सर्छ डेंगे ठुला खाल्टोमा मात्रै होइन फुटेको चिमको टुक्रादेखि दियोसम्म टायरदेखि कुलरसम्मको पानीमा एडिसले फुल पारेको हुँदो रहेछ त्यसैले कुनै चिजमा पानी जम्न दिनु भएन
चाहिने चिजहरुमा पानी राख्नै पर्ने हुन्छ तर हप्ता हप्तामा पानी फेर्न विज्ञहरुले सुझाव दिएका छन् कुरा सुन्दा एडिस भगाउन गाह्रो जस्तो लाग्दैन त्यही अनुसारले काम मात्रै गर्न आवश्यक काम पनि के गाह्रो हो पहाड फोर्नु छैन समुन्द्र पुर्न नदी थुन्न पनि छैन खाल्टा खुल्टी सम्याउन अनावश्यक चिजहरुमा पानी जम्न नदिए पुगि हाल्दो रहेछ यो काम एक दुईजनाले गरेर भएन टोलटोलमा सवैले गर्नु पर्छ यसो भए रोग फैलियो भनेर समाचारमा सुन्नु पर्दैन ढुक्क भएर घुमफिर गर्न पर्व मानउन पाइन्छ


Saturday, October 23, 2010

प्रजातन्त्रिक समयमा चितवनको स्थानीय निकायमा चेपाङको नेतृत्व

चेपाङहरु चितवनका आदिवासी हुन् जिल्लाको नौवटा पहाडी गाविस उनीहरुको बसोवास चितवन अहिलेको स्वरुपमा आउनु अघि यहाँको पहाडी क्षेत्रमा उनीहरुको मैदानी क्षेत्रमा थारुहरुको बसोवास थियो अरु समुदायका मान्छेहरु जो अहिले जिल्लामा छपक्कै भएका छन् उनीहरु औलो जस्तो खतारनाक रोगको डरले यता छिर्न सकेका थिएनन् औलो उन्मुलन पछि भने उनीहरु आउने लहर नै चल्यो
यो लहरले धेरै कुरा उनीहरुको लागि सहज हुने तरिकाले बटुल्यो चितवनको सदर मुकाम माल अड्डा जो पहिला चेपाङहरुको बसोवास क्षेत्र नजिक उपरदाङ गढी सेरवासमा थियो त्यो भरतपुरमा सर्यो सरकारी अड्डाहरु नयाँ वस्तीमा केन्द्रित भए पछि अवसरस्रोत सेवा उपभोग गर्न चेपाङहरुलाई सजिलो पक्कै भएन यसको प्रभाव उनीहरुको सामाजिक राजनैतिक जीवनमा पनि परेको देखिन्छ
वि.. २०४६ सालको आन्दोलनले जव देशमा बहुदलीय परिपाटी पूर्न स्थापित भयो त्यस पछि राजनैतिक चेतना तल्लो वर्ग सम्म पुग्यो भन्ने सबैले सुन्दै आएको हो यो राजनैतिक परिवर्तनले चेपाङहरुमा के प्रभाव पार्यो भनेर हेर्न कुराको आधार त्यस पछि देशमा भएका स्थानीय निकायको निर्वाचनलाई मान्न सकिन्छ त्यो निर्वाचन परिणाम विश्लेषण गर्दा भने चित्त बुझ्दो अवस्था देखा पर्दैन
स्थानीय निकायको सवै भन्दा माथिल्लो तह जिल्ला विकास समिति जसलाई पंचायत कालमा जिल्ला पंचायत भनिन्थ्यो त्यसमा ३७ साल देखि चेपाङहरुले ठाउँ पाएका छन् जनमत संग्रहको घोषणा सँगै जिल्लाको केही स्थानीय निकाय विघटन हुन्छन् त्यती वेला टेकप्रसाद गुरुङको सभापतित्वमा रहेको चितवनको जिल्ला तहको स्थानीय निकाय विघटन भएर इन्द्रजंग तमाङ सभापति रहेको नयाँ समिति बन्छ सोही समितिमा झ्यापुराम प्रजा चेपाङ सदस्य रहेका थिए
उनै झ्यापुराम ३९ सालमा पनि जिल्लामा आए बहुदलीय कालमा नेपाली काँग्रेसको राजनीतिमा लागेका उनलाई ४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा विजयी भएर जिल्ला विकास समितिको सदस्य बन्ने अवसर पनि प्राप्त भयो पंचायतदेखि बहुदलसम्म उनको विकल्प खडा भएन तर ५४ को स्थानीय चुनाव पछि गठन भएको जिल्ला विकास समितिमा झ्यापुराम परेनन् त्यो समितिमा चेपाङको प्रतिनिधित्व शुन्य रहयो
सामाजिक गतिविधीमा अझै पनि सकि्रय झ्यापुराम राजनीतिमा भने विरक्तिएका छन् लोथर गाविसको विकट वस्ती स्यामराङमा बस्ने उनी उमेर छिप्दिै गए पनि धारा स्कुलका लागि भने पछि भरतपुर दौड्न गाह्रो मान्दैनन् पंचायत कालमा गाउँको लागातार प्रधानपाच बनेर बसेका उनी जिल्लामा सदस्य सम्म भए चाहे पाचायतमा होस या बहुदलकालमा त्यो पद भन्दा माथी झ्यापुरामा भन्दा अक्रो चेपाङ जिल्लामा पुग्न सकेनन्
अव जिल्ला भन्दा तल्लो निकायको अवस्था नियालौ चेपाङहरु चितवनको नौबटा पहाडी गाविसमा बसेका छन् ५८ को गणनामा उनीहरुको संख्या ५२ हजार उनीहरुको बसोवास क्षेत्र भनेको कविलासदारेचोकदाहखानीकाउले चण्डी भाज्याङ शक्तिखोरसिद्धिकोराक लोथर गाविस हुन् बहुदलीय कालमा ४९ ५४ सालमा स्थनीय निकायको चुनाव भएको ४९ साल सम्म बडामा वडाध्यक्ष मात्र रहने व्यवस्था थियो भने ५४ सालमा वडाध्यक्ष लागयत पाँच जना महिला सदस्य रहने प्रवधान कायम भयो तर यसमा वडा सदस्यहरुको संख्या नहेरेर दुवै निर्वाचनमा वडाध्यक्षमा कति चेपाङहरु निर्वाचित भए भन्ने हेरिएको
चेपाङ बाहुल गाविस भैकन पनि कविलासमा ४९ ५४ को दुवै निर्वाचनमा यो जातीबाट कोही पनि गाविस अध्यक्षउपाध्यक्ष वडाध्यक्षमा चुनिएको अवस्था छैन अरु आठवटा गाविसमा ४९ सालको चुनावमा ३३ जना चेपाङ समुदायबाट चुनिएका थिए भने ५४ सालको चुनावमा यो सँख्यामा खासै भरक आएन त्यती बेला स्थानीय निकायमा निर्वाचित हुने चेपाङहरु जम्मा ३६ जना रहे अनि जिविसमा उनीहरुको प्रतिनिधित्व शुन्य रहयो
४९ सालको चुनावमा एक जना गाविस अध्यक्षमा दुई जना उपाध्यक्षमा निर्वाचित भएका थिए ५४ सालमा पनि अध्यक्षमा एक जना मात्र आए भने उपाध्यक्ष तीन जना पुगे ४९ सालमा चेपाङलाई अध्यक्ष जिताएको लोथर गाविस ५४ सालमा उपाध्यक्षलाई मात्र ल्याउन सक्यो सिद्धिमा ४९ सालको चुनामा उपाध्यक्ष हातलागेको चेपाङलाई ५४ सालमा अध्यक्ष उपाध्यक्ष दुवैमा सफल्ता मिल्यो दुवै चुनावबाट काउले गाविसले उपाध्यक्षमा चेपाङलाई पायो
लोथर गाविसमा ४९ ५४ सालमा आठ आठ जना चेपाङ समुदायका चुनिए सिद्धिमा ४९ मा सात ५४ मा आठ जनाचण्डीभाज्याङमा ४९ मा एक जना ५४ मा पाँच जना तथा शक्तिखोरमा पनि ४९ मा एक जना ५४ मा तीन जना निर्वाचित भए दुवै चुनावमा दारेचोकमा दुई दुई दाहखानीमा एक एक जना विजयी भए भने बाँकी गाविसमा पहिलेको भन्दा प्रतिनिधित्व कम भयो काउलेमा ४९ को संख्या छबाट ५४ मा चारमा झर्यो भने कोराकमा पनि छबाट घटेर पाँच भयो
अन्य जात जातीको संख्यालाई बिचार गर्दा अरु गाविसलाई छाडेर सिद्धि लोथरमा चेपाङबाट भएको प्रतिनिधीत्वलाई सन्तोष जनक नै मान्नु पर्छ तर चेपाङ बाहुल नौबटा गाविसमा सधै एउटामा मात्र गाविस अध्यक्ष दुई तीन जना सम्म उपाध्यक्ष चुनीनु सोचनीय विषय हो त्यस माथि कुनै पनि गाविसमा चेपाङ प्रतिनिधीहरु घट्नु चिन्ता जनक चित्र हो
त्यस्तै जिविसमा जिल्लाको मुख्य आदिवासी समुदायको प्रतिनिधी संख्या पदीय तह बढाउदै लैजानुको साटो शुन्यमा झर्नु बिडम्वना पूर्ण अवस्था हो कम्जोर अवस्थाको भनेर बुझ्ने गरिएका जनताले अरुलाई भोट हाल्न पाउनु मात्र प्रजातन्त्र होईन प्रजातन्त्रको उपभोग तल्लो वर्गका जनताले समेत गरेका छन् भन्ने कुराको ग्यारेण्टी नीति निर्माण गर्ने निकायमा उनीहरुका प्रतिनिधी पनि पुग्न सके सकेनन् भन्ने कुराले गर्छ
बहुदलीय समयका दुईबटा चुनावमा चितवनका चेपाङहरुको स्थानीय निकायका भएको प्रतिनिधीत्व सम्बन्धि यो तस्वीरले नीति निर्माण तहमा उनीहरुको पहुच के खालको रहयो भन्ने छर्लड्ड हुन्छ तल्लो वर्गका समुदायलाई जुन ढंगले राज्य संचालनका अंगहरुमा ल्याउनु पर्दथ्यो त्यो रुपमा काम हुन नसकेको स्विकार्नै पर्ने यॊ तथ्याड्ढले देखाउछ अहिले विभिन्न वर्गमा असन्तोशको ज्वार बढ्नुको एउटा कारण यो हो यसलाई बुझेर राजनैतिक दलहरुले आफ्नो नीति योजना बनाएर त्यसलाई कार्यन्वयन पनि गरेमा मात्र नयाँ सम्वृद्ध नेपाल बन्न सक्छ



Thursday, October 21, 2010

बाइबाइ दसैं

'आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाइ" भन्ने नेपाली उखानै दसैंको रमझम सकियो अब ऋण ब्याजको लेखा जोखा हुन थालेको होला घरहरुमा चाड पर्वहरु बोझिला हुँदै गएका छन् चोखो कामाइमा निर्भर हुनेहरुलाई समेत पर्वले पिर मात्रै थप्ने गर्छ कमाइ नै नहुनेहरुको झन के गति होला यो बेलामा बजार भाउँ आकासिन्छ तरकारीदेखि गाडी भाडासम्म छोइन नसक्नु हुन्छ मुलाको भाउ पनि सुन्दा जिब्रो टोक्नु पर्ने यो दसैंमा मासु झनै के गरेर खानु दसैंमा समाजिक धार्मिक भावना हराएको कमाउने चाहना बढेको व्यपारिक मेला जस्तो बन्न थाल्यो दसैं Justify Full
मादक पदार्थको अत्याधिक प्रयोग हुन्छ जसका कारण हुल दंगा लडाइ झगडा पनि बेहोर्नु पर्छ चाड पर्वहरुमा दसैंको टीकाअघि सुनियो पुर्वमा मोटर साइकल चढेका पाँचजनाको मृत्यु भएको खवर सायद टीकाकै रातमा हो क्या हो नवलपरासीमा खुकुरी हानेर दाजु भाइको हत्या गरियो टीकापछि पनि तनहुँमा मोटरसाइकललाई बसले ठक्कर दियो मोटर साइकलमा चढेका दुवैजनाको मृत्यु भयो चाडवाडमा यस्ता दुखद घटना अन्यत्र पनि भएका होलान पर्वकै समयमा बढ्ने गर्छन यस्ता दुर्घटनाहरु
बाब्बा हो सडकमा मोटर साइकल पनि कति हो कति टीकाको दिन आफै मोटरसाइकल हाँकेर बुटवल जाँदा देखियो त्यो रमिता जुलुस निकाले सरी बाटै भरी थिए बाइकहरु अनि कुनै रेसमा भाग लिए जसरी हुँइकिन्थे ति यस्तो भएपछि किन नपोखियोस सडकमा जिवन मौसम पनि अनुकुल भएन यस पटकको दसैंमा बाइकमा हुइँकिएकाहरुलाई पटक पटक कुट्यो असोजको वर्षाले ठाउँ ठाउँमा ओत लाग्नु पर्ने बनायो पानीले ओत लाग्ने ठाउँठाउँमा जम्मा हुन्थे कहिल्यै भेट नभएका मान्छेहरु कुरा भने कस्सिएर गर्थे उनीहरु सुनवलबाट रौतहटको गौर जान हिडेका नव जोडिहरु कावासोतीको एउटा प्रतिक्षालयमा ओत लाग्न आए दुलही चाहिलाई माइत पुग्ने हतारो अनुहारमा झल्कान्थ्यो लोग्ने चाहि गफ चुट्न थाल्यो सवै बिसे्रर
परे साकाहारी एनजीओमा काम गर्ने गफ गर्न कस्ले भेटाउने कुरै कुरामा चाडै साकाहरीको राष्ट्रिय सम्मेलन राख्दै छु भन्ने समेत सुनायो उसले तर त्यहाँ बाहेक साकाहारी हुँ भन्ने कोही निस्केको भने थिएन दसैंमा झरी गफाडीहरुको जमघट कुरामा धेरै कुरा थपिए एउटा पाको उमेरका मान्छेले थपे यो पानीले मोटर साइकल किन्नेहरुलाई अब कार नै किन भनिरहेको धेरैले उनको कुरा समर्थन गरे सायद यस्तै यस्तै कुराले बन्छ होला योजनाहरु त्यसैले सडकैभरी देखिन्छन गाडीहरु यसरी नै हुन्छ होला अरु कुरामा खर्च अनि दुर्दसा दुर्घटनाहरु बढेको बढेइ हुन्छ
हामी चाड पर्व सामाजिक सदभाव बढाउन भन्दा पनि हैसियत देखाउन मानउन थालेका छौं धार्मिक आस्था कता हरायो कता नेपाली समाजमा धनले प्रमुखता पाएको चाड पर्व यसैका कारण बोझिलो हुन थालेका हुन दुर्गा माताले आर्शिवाद दिने भए यस्तो कुबुद्धि नष्ट होस भन्ने आर्शिवाद देउन