Thursday, November 11, 2010

किसानको करामत

चितवनका बिष्णुहरी बर्तौला हेर्दा नेपालका अरु सामान्य किसानभन्दा फरक छैनन् तर उनको करामत सवैकोभन्दा पृथक खेती किसानी बाहेक केही नरेका बर्तौलाले यसैबाट नाम पाए, दाम पनि कमाए नेपालमा एक हेक्टरमा कति धान फल्छ ? सरकार भन्छ दुई दशमलव नौ टन मात्रै फल्छ तर बर्तौलाले यसको झण्डै चार गुणा धान फलाउँछन् आफ्नो खेतमा धेरै दरमा धान फलाए वापत उनी दुई पटकसम्म देशकै सर्वोत्कृष्ट किसान घोषित भएर पुरस्कार पाए पुरस्कार सरकारले नै दिएको हो उनले यो वर्ष एक हेक्टरमा साढे आठ टन धान फलाए एक हेक्टर भनेको डेढ विघा हो एक टनमा १० क्वीण्टल हुन्छ उनले डेढ विघा खेतमा ८५ क्वीण्टल धान फलाएछन् यो करामत गरे वापत यो कात्तिक १० गते परेको ३० औं विश्व खाद्य दिवसमा उनले खुमलटारमा पुरस्कार थापे कृषि विभागले राखेको कार्यक्रममा उनले १० रुपैयाँ सहित प्रमाण पत्र पाए
बर्तौलाको घरमा यस्ता प्रमाणपत्रको खातै यसअघि २८ औं विश्व खाद्य दिवसमा पनि नेपालमै बढी धान फलाउने किसानको घोषित भएर उनले खुमलटार गएरै पुरस्कार थापेका थिए त्यति बेला पुरस्कारको राशी अहिलेकोभन्दा आधा मात्रै थियो जिल्लामा उत्कृष्ट हुन थालेको उनी ६४ सालबाटै हो त्यो वर्ष जिल्लामा उनी तेस्रो भए अर्को वर्ष पहिलो भए त्यसै वर्ष नेपालमै पहिलो भए बर्तौलाका बुवा काका वि..२०३० सालमा मकवानपुरको भार्ताबाट चितवनको कुमरोज झरेका थिए उनीहरुले त्यति बेला विघा खेत किने बुबा काकाको अंश बण्डा हुँदा तीन विघामा झर्यो विष्णुहरीको दाजुभाइका बीच अंश हुँदा त्यो पनि आधा आधा भएर डेढ विघामा सिमित भयो
त्यही डेढ विघामा पसिना बगाउन थालेका हुन् बिष्णुहरीले कक्षा १० सम्म मात्रै पढेका उनले सुरुमा दुई वर्ष जति पढाएका पनि हुन् तर पछि त्यो छाडेर पशुपालन खेतीमै लागे डेढ विघामा जे मिहेनत गरे त्यसको आयस्ताले खैरहनीमा पाँच कठ्ठा खेत किने कुमरोज राजमार्गबाट निकै टाढा पर्छ खैरहनी आडैमा दुई वर्षदेखि उनी कुमरोज छाडेर खैरहनीमै बस्दै आएका छन् त्यही पाँच कठ्ठामा पक्की घर बनाएका छन् जे दियो कुमरोजको डेढ विघाको आम्दानीले नै दियो उनलाई अहिले घर परिवारलाई खान खैरहनीको उब्जनीले पुग्छ कहिले काँही त्यहाँ पनि नगदेबाली लगाउँछन् उनी जस्तै गत वर्ष धान काटेपछि एक कठ्ठामा केराउ लगाए लगाएको ४० दिनमा बेच्दा केराउबाट खर्च कटाएर नौ हजार रुपैयाँ आम्दानी भयो कुमरोजमा जे फल्छ सवै बेच्ने हुन बर्तौलाले उनले फलाएको धान एग्रोभेटले बीउका लागि लैजान्छन्
'रासायनिक मलको कम प्रयोग गोबर मल प्राङगारिक मलमा जोड' धान बढी फल्नुको कारण बताए बर्तौलाले यस बाहेक केही प्राविधिक कुरा पनि उनले हेक्का राख्दा रहेछन् जसले गर्दा अब्बल हुन सघाएको रहेछ जस्तै बी राखेको २८ या ३० दिन भित्र रोपि हाल्दा रहेछन् धान एक गाँजमा तीनवटा मात्रै बीउ लगातार तीन वर्षभन्दा बढी एउटै बीउ प्रयोग नगर्ने तीन वर्षपछि बीउ फेरि हाल्ने विदेशी हाइबि्रड छुदा रहेनछन् यिनी जसले गर्दा धान खेतीले धन पनि दियो ख्याती पनि कमाए बर्तौलाले खेती गरेर उनी खिन्न छैनन् पेशा प्रति गर्व गर्छन् केही कुरा ख्याल राख्दै तरिका मिलाएर काम गर्नाले उनले यो सफल्ता पाएका हुन् धेरै पढेर तालिम लिएर होइन

Sunday, November 7, 2010

बुढो रुख

टोलमा अहिलेको जस्तो टन्नै घर थिएनन् धारा भन्ने देख्नै पाइँदैन थियो इनार दुईवटाभन्दा बढी थिएनन् सानो खडेरीले पनि इनारको मुल सुक्थ्यो हुर्केको गाउँको कथा हो यो पिउने पानीको भरपर्दो स्रोत थियो जंगलको किनारमा रहेको सानो कुवा दुई गाउँका गाउँलेहरु पानी भर्न त्यहासम्म आउँथे बस्तीको सुरुको घर कुवाको दुरी झण्डै डेढ किलो मिटर चुवाडीको कुवा भन्थे सवैले पानीमा हल्का अमिलो स्वाद आउँथ्यो इनारमा पानी भए पनि चिसो मिठो पानीका लागि गाउँलेहरु चुवाडी नै पुग्थे अहिले टोलमा घर पनि प्रशस्तै छन् दैलोदैलोमा धार पुगेको चुहाडी जानु झण्झटिलो काम हो तर स्वादीलो पानी चुहाडीकै पनि गाउँ पुगे भने त्यहाँ पुग्ने इच्छा रहरिहन्छ
यस पटक तिहारको भाइ टीकाको दिन घरमा टीका लगाएपछि फुस्रदिलो भइयो त्यस कारण हुँइकियो गाउँ तर्फ चुवाडीको पानीले तिर्खा मेटाउने निधो भयो दिनेससँगै लागियो त्यता कुवाको छानो फेरिएको रहेछ टिन लगाएका रहेछ पर्खाल प्लास्टर गरेको सफा सुघ्र देखियो कुवा पानी पनि अलि धेरै जम्मा भए जस्तो लाग्यो कालो पाइपबाट पानी बाहिर निस्किरहेको थियो अंजुलीमा भरेर खाइयो स्वाद मानी मानी पानी मुखमा परेपछि पुराना दिनहरु फनफनी घुम्छन् आँखा अगाडी
अरु बेला होइन बैशाख जेठको गर्मीमा भिड लाग्दथ्यो चुवाडीको आडमा कुवाभन्दा अगाडी दक्षिण पुर्वमा देविथान थियो देविथानको अगाडी बरपिपलको चौतारो स्वमीको रुख थियो कुवाको ठिक अगाडी झण्डै १०० मिटर पर पनि स्वमीको ठुलो रुखथियो आडैमा खोला बग्ने गर्मीमा सितल ताप्ने राम्रो जक्सन थियो चुवाडी सितल स्वादीले चिसो पानीका कारण जस्तै गर्मीमा पनि आनन्दको वातावरण हुन्थ्यो चुवाडीमा चुवाडीमा यो बाहेक पनि थियो एउटा कुरा अझै पनि चुवाडीमा धेरै कुरा पहिलाको जस्तै तर एउटा कुरा छैन हो मैले त्यसैको चर्चा गर्न लागेको हो
कुवाभन्दा पाँच मिटर अगाडी थिए आँपको दुईवटा बडेमानका रुख हाँगा विँगा फैलिएका अग्लो रुख छहारी पनि राम्रै निन्थे ढकमक्क फूल लाग्थ्यो डालै नुघ्ने गरेर फल फल्थे लटरम्म फूलबाट बतिलो निस्कना साथ केटकेटी झुम्मिन्थे झटारो हान्थे रुख अजंगका भए पनि चढ्न अफ्ठेरो थिएन केही ठुला केटाहरु फटाफट चढ्थे, आँप टिप्थे अलि छिप्पिएका आँप हुन्थे लाहोरो जत्रो ठुलो एउटा रुखको आँप केही सानो हुन्थ्यो त्यो अमिलो पनि उत्तिकै हुन्थ्यो अर्को एउटा रुखको आँप ठुलो गुलियो हुन्थ्यो
कुवाको अगाडीको आँप रुखमा लागेको फल त्यसै नासिएर जाँदैन थियो बतिलो लाग्न थालेपछि मुखिया थारु भन्ने एकजना आएर पहरा दिन्थे मुखिया थारुलाई गाउँलेहरु भन्थे 'मुख्खे थारु ' कुवाभन्दा सिधा दुई सय मिटर पर थियो उनको घर एका बिहानै आउँथे मुख्खे थारु रुख तलै बस्थे खाना खान्थे साँझ अबेला फर्कन्थे भन्थे 'आमाबाबुले रोपेको रुख यो ' उनी सकेसम्म झटारो हान्न दिदैन थिए रुखमा उक्लन रोक्थे तर मुख्खे थारुको आँखा छलेर झटारो हान्नेहरु , रुख चढ्नेहरु पनि थिए गाली गर्दथे लखेट्दथे उनी सम्झाउथे पनि 'ठुलो भएपछि खान राम्रो हुन्छ सानैमा नास नगर खाएमा रगत मासी पर्छ पखला चल्छ ' यो उपदेशले केहीलाई छुन्थ्यो केहीलाई केही नकेही
सधै रुंगेर बस्न झ्याउ पनि लाग्दो हो अलिअलि छिप्पिन थालेपछि मुख्खे थारुले भन्थे ' अब आँप झार्ने ' ठुलो मेला लाग्दथ्यो आँप झार्ने दिन बुटै भरी मान्छे हुन्थे आँप बटुल्ने उत्तिनै हुन्थे मुख्खे थारुको मुहारमा पनि एक प्रकारको चमक देखिन्थ्यो आँप झार्ने दिन
आँप झारेपछि सवैले भाग पाउँथे त्यसपछि मुख्खे थारुको पहरा हट्थ्यो झटारो हान्ने पनि बिलाउँथे छुटेका केही आँप पाकेपछि झर्थे, फ्यात्त निकै गुलियो हुन्थे पाकेको आँप तर कसैलाई पनि पाकेपछि टिप्दा राम्रो भन्ने बुद्धि कहिल्यै आएन अहिले कुवाको आडमा आँपको रुख छैन ढुंगा मिलाएर चिनेको चौतारो देखिदैन एउटा रुखको कुनै अस्तित्व नै देखिदैन एउटा रुखको अस्थिपंजर मात्रै मोटो मोटो रुखको मुख्य भागबाट केही मोटा हाँगा विगा छन् िठंग तर कुहिदै छन् ति पनि आडैको हरियो वन उस्तै कुवको पानी उस्तै देविथान अगाडीको चौतारो समीको रुख अनि कुवा अगाडीको झ्यापुल्लो समीको रुख सवै दुरुस्तै छन् तर आँपको भने अस्तित्व बचेन
सुकेर जिर्ण बनेको आँपको रुखको अवशेषको फोटो खिचेको पछाडीको हरियो बनले सुकेको रुख फोटोमा प्रष्टसँग देखिन गाह्रो हुँदो रहेछ ओहो कुनै बेला कुवाकै सान थियो यो रुख अहिले खिइएर खिन्न भएछ किन यस्तो भयो यो रुख अनि ति थारु कता छन् मेरो मनले मुख्खे थारुलाई सम्झ्यो मुख्खे ज्युँदै रहेछन् मुख्खेनी बितिछन् सोधखोज गर्दा यस्तो जानकारी पाइयो बुढो भएर अब उनी पनि डाँडोको घाम जस्तै भएका रहेछन् आँपको रुखको जस्तै नियतीमा पुगेछन् मुख्खे थारु एउटा नामेट भइसक्यो, अर्को सिद्धिने अवस्थामा पुगेको






Saturday, November 6, 2010

पतलो पार्टी

नेपालमा पार्टीको कमी छैन संविधान सभाको चुनावका बेला ५० भन्दा बढी पार्टी जन्मिए ति मध्ये आधा पार्टीले संविधान सभामा प्रतिनिधि पठाउन सफल भए संविधानसभामा २५ दल पुगेका थिए तर कहिले जुट्छन् कहिले पुट्छन दलको संख्या कहिले चौविसमा झर्छ कहिले २५ नै पुग्छ हुँदा हुँदा अहिले २७ भएका छन् रे एउटा मात्र सदस्य भएको पार्टी पनि फुटेर हैरन नेपालमा पार्टीको कमी छैन जति भाँडो उति चुर्बुको भने झै धेरै पार्टी भए पनि देशको समस्या समाधान हुन सकेको छैन तर पार्टी जुट्नेभन्दा फुट्ने क्रम फैलदौ यति मात्रै होइन नयाँ पार्टी जन्मने प्रकि्रया पनि रोकिएको छैन
नयाँ पार्टी जन्मदैमा नयाँ आशा उमंग थपिने पनि होइन तै पनि जन्म हुदो रहेछ पार्टीको मुलुक बनाउने उद्घोष गर्दै नेपालमा सशस्त्र पार्टी बनाउने होडनै चलेको फोस्र, मोर्चा जस्ता शब्द बीचमा या पुछारमा राखेर पार्टी बनाउँछन् चन्दा मात्रै असुल्ने उद्देश्य राखेर हतियार बोकेको घोषण गर्न नडराउने परिपाटी हुर्केको यही क्रममा खुलेको 'पतलो' पार्टी नाम सुन्दा पनि एक प्रकारले धेरैलाई हाँसो उठ्दो हो
अस्ती एउटा पसलमा विधान फेला परो पार्टीको नाम रहेछ पहाड तराई लोकतान्त्रिक पार्टी नेपाल ओहो पातलो पार्टी जन्मेछ फेरि भनेर केही बेर हाँसो ठट्टा गरियो विधान सरसर्ती हेरेको पार्टीको नाम छोटकरीमा 'पतलो' रहने भनेर उल्लेख नै गरेको रहेछ तराईका नाममा सशस्त्र समूह जन्मेका छन्, पुर्वी पहाड पनि सशस्त्र समुहको नाममा पार्टी गठनको लागि उर्बर भुमि मानिन थालेको यस्तो बेलामा पहाड तराइको नाम राखेर पार्टी जन्मेको विधान हेर्दा सशस्त्र संघर्षलाई इनकार गरेको
पार्टी खुलेको एक वर्ष जति भएछ चिनेको नाम भएका मान्छे छैनन पाटी खोल्नेमा त्यस्तो कुनै गतिविधि गरेको पनि पाइएको छैन हुनत नेपालमा बम पड्काउने प्रायस गर्ने पार्टीको मात्रै चर्चा हुन्छ राखेको बम नक्कली भए पनि पडकदै नपड्के पनि राखेपछि चौविस घण्टे समकाचार च्यानलहरुलाई खवरको राम्रो मसला पुग्छ विचारको खेती गर्ने समुहलाई छाँयामा पारिन्छ अब यो पतलो पार्टीले कार्यक्रमहरु नगरेरै चर्चा नभएको हो या छाँयामा पारिएको हो त्यो थाहा भएन बोलि चालि अभिवादनको शब्द जय मातृभुमि राखेको यो पार्टीले मुख्य नारामै संघीयताको विरोध गरको रहेछ
संघीयताको समर्थन एकताका जल्दो बल्दो राजनैतिक मसला हुन्थ्यो अहिले संघीयता विरोधले पनि मार्केट लिन थालेको हिमाल, पहाड, तराईका लागि त्यस्तै नाम राखेर संघीयताका लागि हतियार युद्ध चलाउने पार्टी खोल्ने बाढी आएको बेलामा 'पतलो' पार्टी विपरित धारमा चल्न खोजेको रहेछ नेपालीमा 'हात्ती आयो हात्ती आयो फुस्सा' भन्ने उखान हात्ती आउँदा केही लछार पाटो नलाग्ने यो देशमा नामै 'पतलो' भएको यो पार्टीले कुनै पातालो भए पनि प्रभाव पार्ला भनेर विश्वास गर्न सकिने कुनै आधार छैन तर नेपालमा पार्टी खौलने खेती त्यो खेतीलाई मौलाउन केही मलजलका उपाएहरु प्रशस्त रहेछन् भन्ने भने देखियो खेती गर्न जल जमिन बीउ मलको आवश्यकता पर्छ यी सवै भएर मात्रै पनि हुँदैन त्यसलाई मिलाएर छर्न जान्ने कुशल कर्मीको पनि उत्तिकै आवश्यकता पर्छ नेपालमा त्यस्ता कुशलकर्मी पटक्कै छैनन् समस्या यही हो पार्टी खुल्यो भनेर आशा गर्ने अवस्था यस कारण नआएको हो

Thursday, November 4, 2010

मेरो ब्लग पनि अश्लिल साइटमा परेछ

एक हप्ता यता मेरो ब्लग खुल्न साह्रै गाह्रो मान्न थालेको त्यसो हिजो चितवनको दैनिक पत्रिका पारदर्शीको साइट पनि खुल्दै खुलेन सरकारले अश्लिल साइट बन्द गर्ने घोषण गरेपछि बेहोर्न थालेको हैरानी हो यो तर हाम्रा यि बल्ग न्युज साइटहरु त्सको चपेटामा आए होलान भनेर शंका गर्न भने सकिएन एक दिन ब्लग बल्लबल्ल अपडेट गरेर फेस बुकमा िलंक गरियो तर त्यसपछि खुल्न मानेन अनि फेसबुकमा कमेण्ट आयो खुल्दै खुलेन कतै अश्लिल साइटको सुचिमा परेन
त्यसो सरकारले सरकारले ६० वटा अश्लिल साइट बन्द गरेको खवर आएको साथी संकल्प पोखरेलले पहिलो दिनमै फेसबुकमा लेखे सरकारले काम गर्न थाले तर उति बेलै मैले कमेण्ट हालेको थिए त्यो तमाइकोमा मात्रै काम गरेको देखिएको होला मैले जस दिन सक्ने। अवस्था छैन अर्थात अश्लिल साइटहरु बन्द गर्ने सरकारको घोषणा कार्यन्वयन भएछ भन्दै संकल्पले फेसबुकमा लेखेको थिए तर मैले तत्कालै केही नामी अश्लिल साइटहरुको एड्रेस टाइप गर्न नपाउँदै ति भटाभट खुले अनि मैले कसरी सरकारलाई जस दिने
प्रोनो ग्राफीका दामीदामी साइटहरु खुलिराखेका बेलामा मेरो बबुरो ब्लगलाई सरकारले अश्लिल सामाग्री ठानेर बन्द गर्ला भनेर एक रति पनि सोच्ने कुरा भएन तर आज कात्तिक १९ गते शुक्रबार कान्तिपुर दैनिकको हेल्लो शुक्रबारमा छापिएको प्रदीप बस्यालको लेख पढेपछि बल्ल ट्वाँ परे किन भने मेरो ब्लग अश्लिल साइटहरु बन्द गर्ने सरकारी चालको सिकार भएर पो राम्रोसँग खुलेको रहेनछ ब्लग स्पट सब डोमेन भएका ब्लगहरु खुल्दै नखुलेकबो कुरा प्रदिपले आफ्नो लेखमा उल्लेख गरेका छन् यसरी कताकताबाट घानमा परेको रहेछ मेरो ब्लग यसको थाहा पत्तो छैन अनि ब्लग राम्ररी नखुसल्दा अपडेट गर्ने जाँगर पनि चलेन उता खुलेको बेला हेर्दा ब्लग हेर्नेहरुको संख्या पनि ह्वात्तै घटेको पाइयो
कताकताबाट सरकारले अश्लिल साइटहरु बन्द गर्ने हौवा चलायो जसमा प्रोनो साइटहरु पर्दै नपर्ने सामाजिक मयौदालाई ख्याल राखेर चलाउने हाम्रा शुद्ध ब्लगहरु भने बन्द हुने कस्तो काम गरेको हो सरकारले यस्तो यो बारेमा सरकारलाई चाडै नझकझकाए सरकारको काम ब्यर्थै हुने भयो त्यसैले कसैको न्युज साइट ब्लगहरु खुल्दैनन भने ति अश्शिल साइट बन्द गर्ने सरकारी घोषणा कार्यन्वयनको पाइलामा कुल्चिएछन् भन्ने ठान्नलाई अवेला नगरौं साथै किन यस्तो भयो भनेर कता भन्नु पर्ने हो भनौं चुप लागेर नबसौं सरकारले प्रष्टसँग भनोस अश्लिल भए पनि नभए पनि ब्लगहरु पनि बन्द गर्न खोजेको हो भनेर ब्लगका कारण सामाजिक मर्यादा नैतिक आचरण राष्ट्रिय अखण्डतामा खलल पुग्ने यथेष्ट आधारहरु छन् भने रोक्ने दायित्व सरकारको हो हामी पनि चुप लागौंला तर लहडको भरमा बन्द गरेको हो भने गर्न पाइदैन भनेर आवाज उठाउँला
अश्लिल साइटहरु बन्द गर्ने भनेर सवै प्रकारका ब्लगहरु बन्द गर्दा ब्लगरहरुको मानमर्यादामा पनि आँच पुग्न सक्छ फलानाले अश्लिल ब्लग चलाएको रहेछ है भनेर गाइगुइ साइसुइ हुँदै टोलभरी हल्ला फैलन सक्छ बेफ्वाकमा यो टिका टिप्पणी सुन्नु पर्दा मानसिक रुपमा कति हैरानी होला सरकारले देला क्षतिपुर्ती तर यो हदसम्मको कुरा गर्नु पर्ने आवश्यकता अहिले छैन केही दिनपछि सवै ब्लग पहिलाको जस्तै खुल्लान तर भयंकर अश्लिल सामाग्रीहरुलाई नचलाएर सरकारले ब्लगलाई किन निसानामा पारेछ ? यो कुरा चाहि सधै खेलि रहने मनमा

Monday, November 1, 2010

साइरन

साइरन भनेको मान्छेलाई सतर्क गराउनका लागि बजाइने गरिन्छ तेज रफ्तारमा गुड्ने भएकाले बटुवालाई सतर्क गराउन प्रहरीको गाडी एम्बुलेन्स दमकलमा साइरन बज्ने गर्छ गाडीमा मात्रै साइरन राखिन्न अचेल बाढी आउन सक्छ है भनेर पहिल्यै जानकारी दिन पनि साइरन राखिन्छ उता पुर्वमा च्छे रोल्पा हिउँ ताल फुट्ने भन्ने अनुमानका आधारमा फुट्न थालेमा गाउँमा जानकारी फैलाउन भनेर पनि साइरन राखिएको जहाँ जसरी जेमा साइरन राखिए पनि मान्छेलाई सतर्क गराउने एकल उद्देश्य बाहेक अरु केही हुँदैन
इमरजेन्सी रुपमा कुद्नु पर्ने बाहनहरुमा साइरन रहने नै भयो तर इमरजेन्सी लाइटमा पनि साइरन राख्दो रहेछ त्यो के प्रयोजनका लागि हो कुन्नी थाहा भएन सायद केटाकेटी भुलाउन होला लोडसेडिङ मैलाएपछि हाम्रो घरमा पनि एउटा इमरजेन्सी लाइट आयो त्यसमा थियो प्वाप्वाप्वा गरेर कराउने साइरन बत्ती बाल्नु बाहेक साइरनको केही उपादेयिता थिएन कहिले काही भान्जाभान्जीहरु आएका बेला त्यो साइरन बजाएर रमाइलो गर्थे एक दिन साइरन बिगि्रयो नबज्ने भयो बत्ती भने राम्रैसँग बल्थ्यो
कमलजंग कुँवरलॆ गैंडालाई चार वर्ष भन्ने किताप निकाल किताप निकालेपछि चितवन आए किचन क्याफेमा साथीहरु जम्मा गरे आफ्ना केही कुरा राखे अनि भेला भएका जतिलाई हस्ताक्षर सहितको किताप थमाइ दिए त्यो किताप साँझ घरमा आउँदा बित्तिकै पल्टाए पढ्दै गए पढ्दै गए छाड्न मन लागेन खाना खाने बेलामा अलि बेर किताप छाडे आएपछि फेरि समाते पढ्दै जाँदा लाइन ज्याप्पै गयो दुईचार मिनेट पर्खदा पनि गएको लाइन आएन अनि त्यही इमरजेन्सी लाइट ल्याएर फेरि पढाइ जारि राखे
लामो समयसम्म पनि बत्ती आएन तर कितापका च्याप्टर झनपछि झन रोचक हुँदै जान थाले सिरानीमा इमरजेन्सी लाइट राखेर अगाडीको कितापका एकपछि अर्का अक्षर वाक्य हरफहरुमा आँखा दौडाउँदै छु कुनै सिनेमाको क्लाइमेक्सको दृश्य जस्ता रोचक प्रसंगहरु आएको कितापमा कमलजंग कुँवरको टोली गैंडा सिकारीलाई समात्न जाल बुन्दै छन् सिकारीलाई समात्न भनेर फिल्डमै गए रातको समयमा समात्न खोजको मान्छे भाग्न थाल्यो ड्याम्म गोली पड्कियो यो प्रसंग थियो कितापमा
यता यस्तो कुरा पढी रहेको बेलामा कानैमा करायो प्वाँप्वाँप्वा प्वाँप्वाप्वाँ आवाज चकमन्न रातमा किताप एक सुरले पढी रहेको रोमांचक प्रसंग आएका बेलामा एक्कासी प्वाँप्वाँ आवाज कानमा पर्दा केहो कसो हो सोच्ने सम्झन सक्नै कुरै थिएन सातो पुत्लो उड्यो मुटु हल्लन थाल्यो केको आवाज हो मेसो पाइन मुटु मुखबाट फुत्त निस्केला जस्तो भयो अहिलेसम्म त्यसरी तसे्रको सम्झना छैन केही सम्हालिदै यसो टाउको घुमएको देखियो सिरानीको आडमा राखेको त्यही इमरजेन्सी लाइटको साइरनको बजेको रहेछ लाइटमा नछोएको कुनै दवाव परेको विग्रेको साइरन त्यत्तिकै पनि करायो कानैमा पर्ने गरेर कराएको त्यो साइरनले कस्को सातो नलेला ?
यो भयो लाइटमा बेमतलवसँग राखेको तर एक चोटी बिग्रेको साइरन त्यसै कराएको प्रशंग साइरन रमाइलो गर्नका लागि राखिन्छ केटाकेटी भुलाउनका लागि राखिन्छ तर त्यसले कहिलेकाही नराम्रोसँग ठुलै मान्छेलाई पनि तसा्रउँदो रहेछ त्यस दिन बजेको साइरनले यही पाठ सिकायो यस पटक दशैंमा आएका भान्जाभान्जीले फेरि त्यस्तै साइरन भएको खेलौना कार किनी दिन कर गरे घरमा त्यस्ता तीनवटा कार आयो साइरन बजाउँदै दौडने खेलौना कार केही दिनसम्म घरमा खुवै दौडिए
दसैंपछि घर जाने बेलामा दुईजना भान्जिले खेलौना सँगै लगे भान्जाले छाडे त्यो खेलौना भान्सा कोठामा त्यसै मिल्किएको थियो कस्ले हो फ्रीजमाथि राखेको रहिछ कतै लगेर थन्काउने हेक्का पनि कसैलाई आएको थिएन अस्ति राति निन्द्रा खुल्यो कुनै आवाजले खुलेको थियो निन्द्रा अवाज थियो साइरनको त्यही प्वाँप्वाँप्वाँ कहाँबाट आयो यो आवाज ठम्म्याउन गाह्रो भाये निकै कडा थियो आवाज मध्यरातको मस्त निन्दा बिथोलिने आवाज चान चुने थिएन तर यो आवाज कहाँबाट आयो एकक्षण गम खाइयो तत्कालै माथि भान्सा कोठामा भएको फ्रीजमाथिको खेलौना कारको याद आयो तर त्यसको यस्तो कडा आवाज नआउनु पर्ने तै पनि हेरौन भनेर भान्समा गएको त्यही कार पो कराइ रहेको रहेछ
आवाजले टोलकै निन्द्रा विथोलेको रहेछ भोलिपल्ट छिमेकीहरुले पनि त्यो आवाजको प्रशंग निकाले रात बढेपछि सन्नाटा छाउँदा सानो खेलौना कारको साइरनको आवाज पनि मेघ गर्जनकै हाराहारीमा पुग्दो रहेछ इमरजेनिस् लाइटमा पनि कुनै दावव स्वीच अन नगरिकनै साइरन बजेको थियो खेलौना कारमा पनि त्यस्तै भयो रमाइलो गर्नका लागि राखिएको त्यो साइरन बेला कुबेला बजेर होस हवास निन्द्र उडाउने काम गरो


Saturday, October 30, 2010

यदी म यो देशको प्रधानमन्त्री भएको भए

सुरुमा तीनजना देखिए आखिरमा भिड्ने दुईजना मात्रै भए त्यस मध्ये एकजनाले उहील्यै छाडे ल्याउनु पर्नेभन्दा अति नै थोरै मत पाए पनि एकजनाले जिद्दि छाडेकै छैनन् नयाँ चुनिन नसकेर पद छाडेर बसेकाले काम चलाउँदै आएको चार महिना नाघ्न थाल्यो हाम्रो देशको प्रधानमन्त्रीको पदले भोगेको दुरावस्था हो यो नेपाली नेताहरुले यो पदलाई अहिले साह्रै नै हल्का बनाए अहिले प्रधानन्त्री चुनिन नसकेर हैरान पदमा पुगे पनि कम्ता दिक्दारी बेहोर्नु पर्दैन पुगेको दिनबाटै हटाउने अभियना सुरु हुन्छ अनेक लान्छाना दुरबचनहरु सुन्नु पर्छ कुनै गरिमा नै नभएको जस्तो हुन थालेको यो पद
यस्तो बेला अंग्रेजी माध्यममा पढाइ हुने राम्रो मध्येको कुनै आवासीय विद्यालयको एउटा किसोर बिद्यार्थीले प्रधानमन्त्री हुने चाहना राख्दो हो अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयलका विद्यार्थी नेपाली समाज प्रति बढी नै असन्तुष्ट हुन्छन भन्ने लाग्छ किन भने त्यहाँ नेपाली समाजको अहिलेको तहभन्दा अलि उपल्लो तहको चर्चा परिचर्चा उदाहरणहरु बढी व्यक्त हुन्छ बिग्रेको कुरा गर्नु परो भने नेपालको नाम अगाडी ल्याइन्छ बाहिरको बुझाई यस्तै त्यस कारण दुर्दशा भोगेको नेपालको प्रधानमन्त्रीको पदमा पुग्ने चाहना राख्ने केटो त्यस्ता विद्यालयमा भेटाउन सकिदैन भनेर ठान्नु गलत हुने छैन
चाहना राख्नुको परेको कुरा प्रधानमन्त्री भएको भए के गर्थे भनेर कल्पनामा आधारित रहेर लेख लेख भनेर गुरुले गृह कार्य दिए पनि कल्पना गर्दा गर्दा त्यस्ता विद्यार्थीलाई भयंकर सपना देखेर ऐठन भए जस्तो अनुभव हुदो हो होला तर त्यस्तो अलि नहुदो रहेछ चितवनको एउटा राम्रो आवासीय विद्यालयमा कक्षा मा पढ्ने किसोरले देशको वर्तमान राजनीति प्रति असन्तोष पाख्दै आफु प्रधानमन्त्री भएमा गर्ने कामो सुचि तयार गरेका छन् यो विद्यालयले उनलाई दिएको होम वर्कमा नै व्यक्त भएको कुरा हो तर कल्पनामा आधारित त्यस होमवर्कबाट एउटा किसोरको वर्तमान राजनीति प्रतिको असन्तोष दृष्टीकोण झल्कन्छ अव उसैको त्यो हामेवर्क यहाँ जस्ताको तस्तै
मानवका मनमा अनेक कुराहरु खेल्छन् चाहनाहरु खेल्छन् मेरो मनलाई पनि एक कुराले निकै चिन्तित बनाएको हाम्रो देशमा जति पनि प्रधानमन्त्री आए उनीहरुले भाषण मात्रै गरे देशको अवस्था नराम्रो बनाए केही पनि विकासका कार्यक्रमहरु गरेनन् मात्र विकास गर्ने भाषण गरे नेपाली जनतालाई अशान्ति तर्फ लगे तर नेपालीले केही गरेनन् अहिले प्रधानमन्त्री पदका लागि नेताहरु बीच खुट्टा ताना तान भएको
यदी प्रधानमन्त्री भएको भए पहिले देशको आर्थिक अवस्थालाई सुदृढ गर्थे विकासका पुर्वाधारहरु खडा गर्थे गाउँमा शहरमा बराबर विद्यालय स्वास्थ्य संस्थाहरु बनाउँथे भाषणभन्दा बढी काम गरेर देशलाई विकशित गराउँथे नेपालका हरेक ठाउँ बाटो पराइदिन्थे आर्थिक उन्नति गर्थे हरेक ठाउँमा विकासका कार्यहरु सुरुवात गर्थे नेपालको खेल जगतमा सुधार ल्याएँथे स्वास्थ्य संस्थाहरुलाई सफा सुदृढ बनाउँथे गरिव धनी पुरुष महिला तथा विभिन्न धर्महरु बीच समानता ल्याउँथे नेपाललाई नयाँ रुप दिए हरेक जनतालाई मद्दत पराउने छु युवा शक्तिलाई पनि देश विकास गराउने काममा मद्दत पराउने छु महिलाको स्तरमा बृद्धि गराउने छु हाम्रो देश असुरक्षित हुँदै गएको जसका कारण पर्यटकहरु आउन बृद्धि भएको छैन त्यसैले शान्ति सुरक्षा बढाउने छु अपराधिलाई समात्न नयाँ प्रविसधि ल्याउने छु अपराधिलाई दण्ड दिने छु पर्यटन व्यवसायलाई बलियो विकशित बनाउने छु राष्ट्रलाई शान्ति सफा बनाउने छु सम्पदाहरुको संरक्षण गर्ने छु
यहाँ रहेका हरेक कुरालाई देशको विकासका लागि प्रयोग गर्ने छु यदी नेपालको प्रधानमन्त्री भएँ भने नेपाललाई विकशित राष्ट्र बनाउने छु नेपाललाई सुन्दर शान्त विशाल बनाउने छु यहाँसम्मका बाक्यहरु ती किसोरका हुन जस्ले स्कुलको गृह कार्यका लागि कल्पनामा आधारित रहेर केही खेसा्रहरु तयार गरेको देशको साच्चिकै प्रधानमन्त्री हुन चाना राख्नेले योभन्दा बढी योजना बनाउन सक्छ कल्पना गर्न सक्छ तर यो किसोरले गरे जतिका कल्पना बनाएर साच्चिकै प्रधानमन्त्रीले ती योजनालाई कार्यन्वयन गर्ने हो भने नेपालको काया पलट हुन कुनै बेर लाग्ने छैन



Friday, October 29, 2010

जुत्ता प्रहारपछिको तरङग

संविधानसभामा सवैभन्दा ठुलो दलको हैसियत पाएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताले भारतीय राजदुत राकेश सुद चढेको गाडीमा जुत्ता हाने अहिले यो विषय निकै चर्चामा माओवादी घटनालाई जायज भन्न पछि पर्दैन जुत्ता खाने दुत भने घटनाका दोषिहरुलाई किन कारवाही नगरेको भनेर नेपाल सरकारसँग जर्कि राखेका छन् उनको देशै यो बारेमा दवाव दिदै त्यति मात्रै होर नेपालमा भएका अन्य दुतावासका दूतहरुले समेत सरकारका मन्त्रीहरुलाई भेटेर घटनामा संलग्नलाई तत्काल कारवाही हुन परो भन्ने माग राख्न थालेका छन्
अखवारमा यी प्रसंगहरुले दिन दिनै जसो ठाउँ पाएको हुन्छ खवर पढेर मान्छेले चिया पसलमा कुरा गर्ने मसला पाएका छन् काँग्रेस कम्युनिष्टले यो गफ निकाले भने माहाभारत नै चल्छ माओवादी अरु भएर कुरा सुरु गरे भने परिस्थिति नै सम्हाल्न नसक्ने अवस्थामा पुग्छ यी भए जुत्ता प्रहारको समर्थन विरोध गर्नेका कुरा हिजो बिहान अखवार पढेर एक सामान्य मान्छेले मसँग असन्तुष्टि पोखे राजनीतिमा उनलाई त्यत्ति सारो चाख छैन उनी कसैका अन्ध समर्थक हुन विरोधी तर जुत्ता प्रहारपछिको घटना क्रमका कारेमा उनले अखवार पढेर गरेको टिप्पणी मनन योग्य
भारतीय राजदूत लोकदूत राकेश सुदलाई माओवादीले जुत्ता हाने त्यो काम राम्रो या नराम्रो भन्ने कुरा आफ्नो ठाउँमा त्यही सूद बस्ने ठाउँ हो जहाँबाट केही समय अघि नेपालका एकजना निर्वाचित सभासद रामकुमार शर्मालाई फोनबाट मार्ने धम्कि आएको खवर सार्वजनिक भएको थियो उनले बकाइदा नाम नम्बर टिपाएका थिए तर त्यो प्रकरणमा कसैलाई कारवाही भएको कुरा पर जाओस छानविन गरेको समेत सुनिएन
अनि अहिले उनै भारतीय दूतमाथि हमला हुँदा धेरै चासो सकि्रयता बढेपछि एकजना सामान्य नेपालीलाई किन रिस नउठोस आफुमाथि आरोप लागेका बेला भारतीय दुतावासले स्वतन्त्र छानबिन गराएर सत्यतथ्य कुरा बाहिर ल्याउने मेसो जुराइ दिएन जव ज्यानमाथि नै हमाला भयो हमाला गर्नेहरुलाई छाड्न हुँदैन भनेर एकोहोरो लागको फोन गरेर ज्यानै मार्ने धम्कि दिनुभन्दा ठुलो कुरा चढेको गाडीमा देखाइ देखाइ जुत्ता हान्ने कुरा कदापी हुन सक्दैन सामान्य नेपालीलाई यस्तै लाग्छ सुदहरुलाई फरक लागे बेग्लै कुरा अनि आफ्नो आँङको भैसी नदेख्नेले अर्काको आङको जुम्रा देखेको जस्तै भएको सामान्य नेपालीलाई
भारतीय दुतावास कुनै एउटा घटनसँग जोडिएको छैन विभिन्न घटनाक्रमसँग जेलिएको उसले नेपालमा दादागिरी गर्छ धेरै नेपालीलाई यही लाग्छ यसबाट माथि उठ्ने चेष्टा दुतावासले कहिल्यै गरेन मलाई लाग्छ जिम्मेवार दलबाट कुटनितिक ओदाहाका व्यसिक्तलाई जुत्ता नै हान्न लाग्नु हुन्थेन अझ दलका जिम्मेवार व्यक्तिकै नेतृत्वमा माओवादीको टोली प्रदर्शनका लागि बसेको थियो तर भारतले ज्यादै दादागिरी देखाउने गरेको ठान्ने सर्वसाधरण यसरी सोच्दैनन् जसका कारण सुदले नेपालीबाट सहानुभुति नपाएका हुन् तर उनी पेलेरै जाने ध्याउन्नमा छन् आफुमाथिका आरोपहरुलाई पनि सफा गर्न पट्टी नलागे सुदहरुले कहिल्यै पाउने छैनन् सहानुभुति