Saturday, August 3, 2013

गोरखा ल्याण्डको बारेमा छ वर्ष पुरानो लेख

यो लेख सन् २००७ को डिसेम्बरमा लेखिएको हो । जुन बेला सन् २०१० सम्म गोरखाल्याण ल्याएरै छाड्ने उद्घोषका साथ विमल गुरुङले आन्दोलन सुरु गरेका थिए । सन् २०१० पनि आयो गयो तर गोरखाल्याण्ड बन्न सकेन । अहिले गोरखाल्याण्ड अभियान चर्केको छ । त्यसैले यो पुरानो लेख खोजेको हुँ ।
भारतमा गोरखाल्याण्ड राज्यको माग गर्दे दार्जालिङका गोरखाली नेता सुवास घिसिङको नेतृत्वमा सन् १९८६ मा हिसांत्मक आन्दोलन चर्कियो । सन् १९८८ मा  सिमित अधिकार सहितको दार्जालिङ गोरखा पार्वत्य परिषद (दागोपाप) पाएर घिसिङले सम्झौता गरे पछि सो आन्दोलन रोकियो । तर गोरखाल्याण्ड बनाउने चर्चा बेला बेलामा उठी रहन्छ । अहिले पनि दार्जालिङका भित्ताहरुमा गोरखाल्यण्डको माग लेखिएका पोष्टरहरु छ्याप्छ्प्ती टा“सीएका छन् ।
दागोपापलाई छैठौं अनुसूचीको मान्यता दिने भारतको केन्द्र सरकारको योजना सार्वजनिक भए पछि दार्जालिङमा गोरखाल्याण्डको आन्दोलनले फेरि आकार लिन थालेको हो । तर छैठौं अनुसूचीको विपक्षमा मात्र होईन समर्थनमा पनि गोरखाली नेताहरु देखिएका छन् । घिसिङ नै छैठौं अनुसूचिको समर्थक हुन् । गोरखा लिग,गोरखा राष्ट्रिय का“ग्रेस र गोरखा जनमुक्ति मोर्चाले पश्चिम बंगाल सरकारको सशक्त विरोध गर्दै दार्जालिङ तताएका छन् । विमल गुरुङ अध्यक्ष रहेको गोरखा जनमुक्ति मोर्चा आक्रमक ढंगले अगाडी आएको छ । 
गोरखा जनमुक्ति मोर्चाले कात्तिक २१ गते अर्थात सात नोभेम्वर वुधवारका दिन दार्जालिङको चौरास्तामा सभा राखेर गोरखाल्याण्ड राज्य बनाएरै छाड्ने आन्दोलन सुरु भएको घोषणा ग¥यो । छैठौं अनुसूचीको विरोधमा १५ नोभेम्वर अर्थात कात्तिक २९ गते दार्जालिङमा सभाहरु सम्पन्न भए । त्यसको हप्ता दिन पछि २२ नोभेम्वरमा मोर्चा र गोरखा लिगले पहाड बन्द अयोजना ग¥यो । छैठौं अनुसूची समर्थकहरु पनि चुपचाप रहेनन् । मोर्चा र लिगको बन्द पछि दार्जालिङमा फेरि बन्द भयो ।
 घिसिङको संगठन गोरखा राष्ट्रिय मुक्ति मोर्चाका समर्थकहरुले २४ नोभेम्वरमा अनिश्चित बन्द राखेका थिए ।  जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई पक्रनु पर्ने मागले त्यो बन्द भएको थियो । पूर्व पार्षद केवी गुरुङ माथी विमलका समर्थकले आक्रमण गरेको अरोप लगाउ“दै यस्तो माग आयो । अनिश्चित भने पनि चार दिन पछि बन्द फिर्ता भयो । तर छैठौं अनुसूची समर्थक र विरोधी गोरखालीहरुको मत मतान्तर झडपकै तहमा पुग्नुले गोरखाल्याण्ड आन्दोलनलाई कम्जोर बनाउने पिरलो दार्जालिङका सर्वसाधरणलाई छ ।
गोरखाल्याण्ड नै हराउने चिन्ताः  घिसिङले सन् ८८ मा गोरखाल्याण्डको बदला दागोपापमा चित्त बुझाएर आन्दोलन रोके । त्यस पछि गोरखाल्याण्ड प्राप्तीको अभियान यति कम्जोर बन्यो की सन् २००० मा भारतमा तीनवटा नया“ राज्यको जन्म हुदा गोरखालीहरुको हातमा केही परेन । अहिले आएर दागोपापले छैठौं अनुसूचीको मान्यता पाए गोरखाल्यण्ड सधैको लागि गुम्छ भन्ने चिन्ताले एक थरी गोरखालीहरु आन्दोलित भएका हुन् ।
दार्जालिङ भारतको पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने नेपाली भाषीको बाहुल्यता भएको पहाडी जिल्ला हो । यो ठाउ“ सन् १८१६ को सुगौली सन्धि पछि नेपालको हातबाट फुत्केको भूभाग हो । दर्जालिङले सन् १९०७ बाटै पश्चिमबंगालबाट मुक्त हुन चाहेको हो । बंगालको उत्तरी भूभाग दार्जालिङ र डुवर्सलाई छुट्टाएर अलग राज्य दिनु पर्ने माग उठेको सय वर्ष भयो तर पहाडवासीले राज्य होईन नया“ नया“ नेता देख्न र उनीहरुको मत मतान्तर सुन्न मात्र पाएका छन् ।
सुवास घिसिङले सन् १९८० मा गोरखा राष्ट्रिय मुक्ति मोर्चा गठन गरेका हुन् । सन् १९८६ को जुलाई २२ मा पहिलो दिन मै १३ जना आन्दोलनकारीको ज्यान जाने गरि घिसिङले हिंसात्मक आन्दोलनको सुरुवात गरे । गोरखाल्याण्ड नपाएसम्म निरञ्तर आन्दोलन गर्ने पूर्व घोषणा भए पनि घिसिङले सन् १९८८ को अगष्ट २२ मा केन्द्र र बंगाल सरकारस“ग सम्झौता गरे । त्यो बेलामा १२ सय जनाले ज्यान गुमाएका छन् ।
अलग राज्यलाई थाति राखेर दार्जालिङले पाएको गोरखा पार्वत्य परिषदमा दार्जालिङ, खर्साङ र कालिम्पोङ सव डिभिजन समेटिएका छन् । दागोपापले बंगाल राज्य सरकार अन्तर्गत रहेर सातवटा विभागहरु हेर्न पाउ“छ । यो परिषद ४२ सदस्यीय हुन्छ । तर २८ सिटका लागि मात्र निर्वाचन हुन्छ अरु मान्छे राज्य सरकारले छान्छ । त्यसैले यो राज्य सरकार अन्तर्गत रहेको एउटा साह्रै शक्तिहिन संस्था भएको असन्तुष्ट गोरखालीहरु आरोप लगाउ“छन् ।
परिषदमा घिसिङकै एक छत्र राज छ ।  विगत तीन वर्षदेखि परिषदको चुनाव पनि भएको छैन । घिसिङले कार्यबहाक भएर काम गर्दै आएका छन् । परिषदमा विकास बजेटको रुपमा सन् ८८ देखि २००० सम्म सात सय २१ करोड भारतीय रपैया“ आएको थियो तर लेखा परिक्षण भएको थिएन । यो रकममा भ्रष्टाचार हुने चर्चालाई बल पुग्ने गरेर साहित्यकार ईन्द्रबहादुर राईले भनेका थिए ‘दागोपापमा करोडौं रकम अयो भन्ने सुनिन्छ तर काम भने केही भएको छैन ।’
यही परिषदलाई छैठौं अनुसूचीको मान्यता केन्द्र सरकारले दिन थालेको हो । यो सम्बन्धि विधेयकले नोभेम्बर २९ मा भारतीय लोकसभामा प्रवेश पाएको छ । विधेयक पेश हुदा घिसिङको समुह गोरखा राष्ट्रिय मुक्ति मोर्चाका दार्जालिङ शाखा अध्यक्ष दीपक गुरुङले हर्ष ब्यक्त गर्दै विधेयक पारित हु“दाको दिन पहाड भरी धुमधामस“ग खुसी मनाउने तयारी भैरहेको बताए । अखिल भारत गोरखा लीगका मदन तमाङले भने यो कुरा पहाडको निम्ति दुर्गाग्यपूर्ण भएको बताए । छैठौं अनुसूचीलाई समर्थन गर्नु बंगालको दासत्वको समर्थन गर्नु हो भन्ने नारा गोरखा लीगको छ । क्रान्तिकारी माक्र्सवादीहरुको कम्युनिष्ट पार्टी (क्रामाकपा) ले विधेयकले भारतीय गोरखाको कदर नगरेको प्रतिकृया दिएको छ ।
भारतीय संविधानमा व्यवस्था भएको छैठौं अनुसूची अनुशार कुनै क्षेत्र वा जिल्लामा विभिन्न आदिवासी समूह बस्छन् भने उनीहरुलाई स्वायत्तता दिने व्ययस्था छ । ‘यसले पहाड र मधेसको स्थायी सिमाना खडा गरिदिन्छ अनि सिलगडी र डुवर्स सधैंका लागि बंगालको कब्जामा पर्न जान्छ । यस काममा बंगाल सरकार र घिसिङ सफल भए गोरखाल्याण्डको मलामी जादा हुन्छ ।  परिषदका अहिलेका तीनवटा मुकामबाट मात्र राज्य बन्न सक्दैन । सवै भन्दा सानो मानिएका राज्य पनि यी भन्दा कम्तीमा तीन गुणा ठूला छन् ।’ सिलगडीबाट निस्कने नेपाली दैनिक सुनचरीमा डा.हर्कबहादुर क्षेत्रीले यस्तो लेखेका छन् ।
छैठौं अनुसूचीले गोरखाल्याण्ड ल्याउ“छ भन्दै घिसिङ नहिडेका होईनन् । तर सुनचरी मै कृष्णराज क्षेत्री लेख्छन् ‘दार्जालिङ गोरखा पार्वत्य परिषदलाई छैठौं अनुसूची मार्फत संविधानमा अन्तर्भुक्त गराए पछि यो बंगालको भू भाग हुन्छ अलग राज्य गोरखाल्याण्ड हुदैन भनेर मुख्यमन्त्री बुद्धदेव भट्टचार्यले भनेका छन् उनको उक्त बक्तव्यले गोरामुमो (घिसिङको संगठन) लाई लाज शरम आउनु पर्ने हो ।’ दार्जिलिङ्, खरसाङ, कालेबुङ, डुवर्स र सिलिगुडीलाई नसमेटे गोरखाल्याण्ड बन्न सक्दैन छैठौं अनुसूचिले डुबर्स र सिलिगुडीलाई अलग पार्छ भन्ने विरोधीहरुको मत थियो ।
गोरखाल्याण्ड होईन नेता मात्र जन्मेः सय वर्ष पुगेको अभियानले माग गरेको मुख्य कुरा गोरखाल्याण्ड नपाए पनि नेता भने अनेक जन्माएको छ । सनू् १९३६ मा दार्जालिङ नजिकको मिरिक मञ्चु चिया बगानमा जन्मेका सुवास घिसिङ नै अझै सम्मका प्रभावशाली गोरखाली नेता हुन् । हिसांत्मक आन्दोलनले एकाएक चर्चामा आएका उनले दागोपापमा सम्झौता गरे पछि भारत सरकारबाट ‘इन्दिरा शान्ति ’ पुरस्कार पाए । तर गोरामुमोका तत्कालिन उप महासचिव छत्रसिह सुब्बाले मोर्चाबाट विद्रोह गरेर अर्को संगठन खोले ।
घिसिङका समर्थकहरु पहिला दागोपाप नै गोरखाल्यण्डको प्रारुप हो भन्दथे भने छैठौं अनुसूचीलाई पनि उनीहरुले यसरी नै अथ्र्याई राखेका छन् । तर दागोपापमा सम्झौता गर्दा धारा २(४) मा गोरामुमो यो सम्बन्धि सवै आन्दोलन फिर्ता गर्न तयार छ भनेकाले घिसिङले लिखितरुपमै गोरखाल्याण्ड त्यागी सकेका हुन् भन्ने मत विरोधीहरुको छ । त्यसैले विहार र उत्तर प्रदेशमा नया“ राज्य जन्म हुदा बंगाल सरकारले गोरखाल्याण्ड बारे कुनै सुनुवाई नगरेको उनीहरुको मत छ ।
पश्चिमबंगालको सत्तासिन दल भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले गोरखाल्यण्डका बारेमा गलत नीति अख्तियार गरेको भनेर लोकसभामा सो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद रत्नबहादुर (आरबी) राई र राज्यसभाका सांसद तामाङ दावा लामाले सन् १९९६ मा पार्टी नीतिको विरुद्धमा नै गएर गोरखाल्यण्डमा अडान राखे । त्यती बेला क्रान्तिकारीहरुको माक्र्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) गठन भयो । आरबी राई सो पार्टीको महासचिव  भए ।
त्यती बेला नै मदन तमाङको संयोजकत्वमा गोरखाल्याण्ड पिपल्स फ्रन्ट नामक संयुक्त मोर्चा पनि गठन भएको थियो । मोर्चामा गोरखालीका १३ बटा संघ संगठन र राजनैतिक दलहरु समावेस भएका थिए । तर पनि आन्दोलनले खासै गति लिएन । नया“ राज्य जन्म हुदा आफुहरुको वास्ता नभएको कुराले जुर्मुराएका गोरखालीहरु विस्तारै सेलाए । अहिले फेरि छैठौं अनुसूचीले विमल गुरुङ र उनको संगठन गोरखा जनमुक्ति मोर्चालाई गोरखाल्याण्ड आन्दोलनको सशक्त शक्तिका रुपमा चिनाएको छ ।
थरी थरी नेताले गोरखाल्याण्डको आवाजलाई बिउ“झ्याई राखेका छन् । तर यो सपना पुरा हुने हो वा होईन भन्ने दुविधा सर्वसाधरणलाई छ । इलाम भन्दा पर नपुगे पनि नेपालको राजनैतिक घटनाक्रममा चाख राख्ने दार्जालिङ गोलबजार नजिकका एक जना पसले गोविन्द क्षेत्री भन्छन् ‘ दाजुहरुको संविधान सभा र हाम्रो गोरखाल्याण्डको ताल एउटै भएको छ ।’

Wednesday, July 17, 2013

पखला लाग्दा मर्नु पर्ने मेडिकल सिटी

अस्पताल आउँदा यस्ता थिए बाबु ।
मेडिकल सिटीको रुपमा चर्चा हुने चितवनमा एकजना विपन्न परिवारका चेपाङ बालकले पखलाका कारण ज्यान गुमाएका छन्। पखलाले सताएको तीन दिनपछि सदरमुकामा भरतपुर टेक्न पाएका बाबुले यहाँका राम्रा र सुविधा सम्पन्न अस्पतालमा भर्ना हुन पनि सास्ती खेप्नु परेको थियो। ढिलो उपचार सुरु भएका कारण बाबु चेपाङले बिरामी भएको पाँच दिनपछि प्राण त्यागे।
सरकारी अस्पतालमा चेपाङ समुदायको निःशुल्क उपचार हुन्छ। निजी अस्पतालले पनि आफ्नो अस्पतालको १० प्रतिशत शैय्या गरिव वर्गलाई छुट्याउनु पर्ने प्रवधान छ। तर चन्दा उठाएर गाउँदेखि भरतपुरसम्म आएका बाबु चेपाङले उपचार पाउन तीनवटा अस्पतालमा धाउनु परेको थियो। निःशुल्क उपचार हुने भरतपुर अस्पतालले भर्ना त लियो तर आइसीयु खाली छैन भनेर अन्त्यै पठायो।
पुर्वी चितवनको पिप्ले गाविस वडा नं। ९ मा पर्ने पहाडी गाउँ धमिलेमाका चार वर्षीय बाबु चेपाङलाई असार २५ गते पखला लाग्न सुरु भएको थियो। उनकी आमा सुन्तलीले बाबुलाई सुरुमा भण्डरा स्वास्थ्यक केन्द्रमा उपचारका लागि ल्याएकी थिइन्। तर झन्पछि झन् झाडा बान्ताले च्याप्न थालेपछि असार २८ मा भरतपुर ल्याइएको थियो।
चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइ रहेका बाबुको असार ३० गते राती नौ बजे निधन भएको हो। भरतपुर अस्पतालमा आइसीयु उपलब्ध नाएपछि उनकी आमा सुन्तली र साथमा आएकी भण्डरा डडुवा गाउँकी शर्मिला धरेलले बाबुलाई भरतपुर मेडिकल कलेजको शिक्षण अस्पताल लगे। त्यहाँ पनि आइसीयु छैन भनेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो।
चितवन मेडिकल कलेजले निःशुल्क उपचार गर्ने बचन दिएको थियो। पखलाले सिकिस्त भएकाले अस्पतालले आइसीयुमा राखेर उपचार गर्दा गर्दै पनि उनलाई बचाउन नसकेको डा. दयाराम लम्सालले बताए। 'डायरियाले थलिएर बेहोस भइसकेको थियो। दुई दिन अगाडी ल्याएको भएत बच्ने सम्भावना रहन्थ्यो' डा.लम्सालले भने।
धमिले गाउँ राजमार्गबाट साढे तीन किलो मिटर उत्तरमा छ। राजमार्गसँगै जोडिएको डडुवामा आएपछि त्यहाँका गाउँलेले दुइ सहयोग जुटाए। एकै क्षणमा १५ सय रुपैयाँ जम्मा भयो। वन समितिले एम्बुलेन्सको व्यवस्था गर्ने भयो। बिरामी र सुन्तलीसँगै डडुवाकी शर्मिला धरेल भरतपुर आइन्। धमिलेमा बस्ने सवै चेपाङ हुन्। सवै विपन्न अवस्थाका छन्।
मेडिकल सिटीको रुपमा चर्चा हुने चितवनमा एकजना विपन्न परिवारका चेपाङ बालकले पखलाका कारण ज्यान गुमाएका छन्। पखलाले सताएको तीन दिनपछि सदरमुकामा भरतपुर टेक्न पाएका बाबुले यहाँका राम्रा र सुविधा सम्पन्न अस्पतालमा भर्ना हुन पनि सास्ती खेप्नु परेको थियो। ढिलो उपचार सुरु भएका कारण बाबु चेपाङले बिरामी भएको पाँच दिनपछि प्राण त्यागे।
Laptop Bag with every nagarik
सरकारी अस्पतालमा चेपाङ समुदायको निःशुल्क उपचार हुन्छ। निजी अस्पतालले पनि आफ्नो अस्पतालको १० प्रतिशत शैय्या गरिव वर्गलाई छुट्याउनु पर्ने प्रवधान छ। तर चन्दा उठाएर गाउँदेखि भरतपुरसम्म आएका बाबु चेपाङले उपचार पाउन तीनवटा अस्पतालमा धाउनु परेको थियो। निःशुल्क उपचार हुने भरतपुर अस्पतालले भर्ना त लियो तर आइसीयु खाली छैन भनेर अन्त्यै पठायो। 
पुर्वी चितवनको पिप्ले गाविस वडा नं. ९ मा पर्ने पहाडी गाउँ धमिलेमाका चार वर्षीय बाबु चेपाङलाई असार २५ गते पखला लाग्न सुरु भएको थियो। उनकी आमा सुन्तलीले बाबुलाई सुरुमा भण्डरा स्वास्थ्यक केन्द्रमा उपचारका लागि ल्याएकी थिइन्। तर झन्पछि झन् झाडा बान्ताले च्याप्न थालेपछि असार २८ मा भरतपुर ल्याइएको थियो।
चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइ रहेका बाबुको असार ३० गते राती नौ बजे निधन भएको हो। भरतपुर अस्पतालमा आइसीयु उपलब्ध नाएपछि उनकी आमा सुन्तली र साथमा आएकी भण्डरा डडुवा गाउँकी शर्मिला धरेलले बाबुलाई भरतपुर मेडिकल कलेजको शिक्षण अस्पताल लगे। त्यहाँ पनि आइसीयु छैन भनेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो।
चितवन मेडिकल कलेजले निःशुल्क उपचार गर्ने बचन दिएको थियो। पखलाले सिकिस्त भएकाले अस्पतालले आइसीयुमा राखेर उपचार गर्दा गर्दै पनि उनलाई बचाउन नसकेको डा. दयाराम दहालले बताए। 'डायरियाले थलिएर बेहोस भइसकेको थियो। दुई दिन अगाडी ल्याएको भएत बच्ने सम्भावना रहन्थ्यो' डा.लम्सालले भने।
धमिले गाउँ राजमार्गबाट साढे तीन किलो मिटर उत्तरमा छ। राजमार्गसँगै जोडिएको डडुवामा आएपछि त्यहाँका गाउँलेले दुइ सहयोग जुटाए। एकै क्षणमा १५ सय रुपैयाँ जम्मा भयो। वन समितिले एम्बुलेन्सको व्यवस्था गर्ने भयो। बिरामी र सुन्तलीसँगै डडुवाकी शर्मिला धरेल भरतपुर आइन्। धमिलेमा बस्ने सवै चेपाङ हुन्। सवै विपन्न अवस्थाका छन्।
- See more at: http://nagariknews.com/society/nation/story/4387#sthash.qfn1Cp2z.dpuf
मेडिकल सिटीको रुपमा चर्चा हुने चितवनमा एकजना विपन्न परिवारका चेपाङ बालकले पखलाका कारण ज्यान गुमाएका छन्। पखलाले सताएको तीन दिनपछि सदरमुकामा भरतपुर टेक्न पाएका बाबुले यहाँका राम्रा र सुविधा सम्पन्न अस्पतालमा भर्ना हुन पनि सास्ती खेप्नु परेको थियो। ढिलो उपचार सुरु भएका कारण बाबु चेपाङले बिरामी भएको पाँच दिनपछि प्राण त्यागे।
Laptop Bag with every nagarik
सरकारी अस्पतालमा चेपाङ समुदायको निःशुल्क उपचार हुन्छ। निजी अस्पतालले पनि आफ्नो अस्पतालको १० प्रतिशत शैय्या गरिव वर्गलाई छुट्याउनु पर्ने प्रवधान छ। तर चन्दा उठाएर गाउँदेखि भरतपुरसम्म आएका बाबु चेपाङले उपचार पाउन तीनवटा अस्पतालमा धाउनु परेको थियो। निःशुल्क उपचार हुने भरतपुर अस्पतालले भर्ना त लियो तर आइसीयु खाली छैन भनेर अन्त्यै पठायो। 
पुर्वी चितवनको पिप्ले गाविस वडा नं. ९ मा पर्ने पहाडी गाउँ धमिलेमाका चार वर्षीय बाबु चेपाङलाई असार २५ गते पखला लाग्न सुरु भएको थियो। उनकी आमा सुन्तलीले बाबुलाई सुरुमा भण्डरा स्वास्थ्यक केन्द्रमा उपचारका लागि ल्याएकी थिइन्। तर झन्पछि झन् झाडा बान्ताले च्याप्न थालेपछि असार २८ मा भरतपुर ल्याइएको थियो।
चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइ रहेका बाबुको असार ३० गते राती नौ बजे निधन भएको हो। भरतपुर अस्पतालमा आइसीयु उपलब्ध नाएपछि उनकी आमा सुन्तली र साथमा आएकी भण्डरा डडुवा गाउँकी शर्मिला धरेलले बाबुलाई भरतपुर मेडिकल कलेजको शिक्षण अस्पताल लगे। त्यहाँ पनि आइसीयु छैन भनेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो।
चितवन मेडिकल कलेजले निःशुल्क उपचार गर्ने बचन दिएको थियो। पखलाले सिकिस्त भएकाले अस्पतालले आइसीयुमा राखेर उपचार गर्दा गर्दै पनि उनलाई बचाउन नसकेको डा. दयाराम दहालले बताए। 'डायरियाले थलिएर बेहोस भइसकेको थियो। दुई दिन अगाडी ल्याएको भएत बच्ने सम्भावना रहन्थ्यो' डा.लम्सालले भने।
धमिले गाउँ राजमार्गबाट साढे तीन किलो मिटर उत्तरमा छ। राजमार्गसँगै जोडिएको डडुवामा आएपछि त्यहाँका गाउँलेले दुइ सहयोग जुटाए। एकै क्षणमा १५ सय रुपैयाँ जम्मा भयो। वन समितिले एम्बुलेन्सको व्यवस्था गर्ने भयो। बिरामी र सुन्तलीसँगै डडुवाकी शर्मिला धरेल भरतपुर आइन्। धमिलेमा बस्ने सवै चेपाङ हुन्। सवै विपन्न अवस्थाका छन्।
- See more at: http://nagariknews.com/society/nation/story/4387#sthash.qfn1Cp2z.dpuf

Thursday, July 4, 2013

माया बाँड्न मान्छेले सिकौ यीबाट

जंगली हात्तीको छावा (दायाँ) र आफ्नो छावालाई सँगै दूध चुसाउँदै चितवनकली ।
‘धुर्बे’ को कथा सुनेकालाई हात्ती क्रुर मात्रै हुन्छ भन्ने लाग्दो हो । तर माया, ममता जनावरहरुमा पनि हुन्छ । त्यसमाथि हात्तीले गर्ने माया ममता मान्छेकोभन्दा कम हुँदैन । यो कुरा ख्याल होइन साच्चै हो । देख्नै मन लागेको छ भने भरतपुरबाट पुर्वी चितवन तर्फ लम्के हुन्छ ।
आफ्नो बथान र आमाबाट बिछोडिएको भर्खरको जंगली हात्तीको बच्चा (छावा)ले आमाको जस्तै माया र साथ पाएको छ । सौराहाको घरपालुवा ढोइ (पोथी हात्ती)ले उसलाई दूध चुसाउने गर्छे । आफ्नै र जंगली छावालाई सँगसँगै दूध चुसाएको दृश्यले सवैलाई दंग पार्छ ।
आफ्ना बच्चालाई पशुपंक्षिले पनि माया गर्छ । अर्काका बच्चालाई माया गर्न र स्याहार पु¥याउन मान्छेले मात्रै जानेको हुन्छ भन्ने बुझाई धेरैको छ । तर चितवन निकुञ्जको सौराहा हात्तीसारको जंगली छावा र घरेलु ढोइबीचको आत्मियताले यी सवै मान्यता गलत सावित गरेको छ ।
रौतहट बागमती किनारमा अलपत्र परेको जंगली छावालाई पर्सा वन्यजन्तु आरक्षका अधिकारीहरुले सौराहाको हात्तीसारमा ल्याएर बुझाएका हुन् । असार १७ गते दिउँसो सो छावा त्यहाँ आउँदा असार १४ गते राती बच्चा जन्माएको चितवनकलीको दूध चुस्ने अवसर पाएको छ ।
‘सुरु सुरुमा त नजिक जान यो छावा हिचकिचाउँथ्यो, डराउँथ्यो । अहिले त दूध चुसेको चुस्यै गरेर उल्टै माउलाई हैरान बनाउन थालेको छ’ हात्तीसारका प्रमुख विचित्रकुमार चौधरीले भने । चितवनकलीले जन्माएको छावा पोथी हो । जंगली छावा भाले हो । जंगली छावा अन्दाजी २० दिन पहिले जन्मेको हात्तीसारका कर्मचारीहरुको अनुमान छ ।
 हात्तीको बच्चाले लगभग एक वर्षसम्म आमाको दूध मात्रै खान्छ । त्यसपछि बल्ल घाँस खान थाल्छ । ‘दूध चुस्न पाएन भने त बच्चा धेरै दिन बाँच्न सक्दैन’ केन्द्र प्रमुख चौधरीले भने । भर्खर बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको सो छावाले अरु पोथी हात्तीको माया पनि उत्तिकै पाउँछ । ऐश्वर्यमाला छावा खेलाउन मरिहत्ते गर्छ ।
‘चितवनकलीसहित यहाँ छवटा अरु पोथी छन् । भर्खरकी सुत्केरी चितवनकलीलाई त बच्चा मन पर्ने नै भयो । अरु पोथी पनि उत्तिकै हुरुक्क हुन्छन् । ऐश्वर्यामाला त झन बच्चा खेलाउन सुत्केरीभन्दा पनि बढी मरिहत्तै गर्छे’ चौधरीले भने । दूध र माया पाएका कारण जंगली छावा अहिले हस्टपुस्ट हुँदै आएको छ । हात्तीसारमा ल्याउँदा हाडछाला मात्रै देखिन्थ्यो ।
पटक पटक दूध चुसेर हैरान गरेपछि बाँधेर राख्नु परेको छ । दुई छावाले दूध चुस्ने गरेपछि हात्तीलाई पौष्टिक पदार्थ थप्न हात्तीसारका कर्मचारीलाई भ्याइ नभ्याइ छ । हात्तीले जुम्ल्याहा बच्चा प्राय जन्माउँदैन । खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रमा पाँच वर्षअघि एउटा हात्तीले जुम्ल्याहा जन्माएको थियो । एउटा जन्माए पनि चितवनकलीलाई दुई बच्चा हुर्काउने जिम्मेवारी थपिएको छ ।
‘आफ्नो समूह र आमाबाट बिछोडिनु दुर्भाग्य हो । तर यहाँ भर्खर बच्चा जन्माएको हात्ती रहेको हुँदा उ बाँच्न हुर्कन सहज हुने भयो’ चितवन राष्ट्रिय निमुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने । हात्ती समूहमा मिलेर बस्ने प्राणी हो । फरक समूहका ठुला भाले हात्ती एक अर्कामा घुलमिल हुन सक्दैनन् । तर पोथी हात्तीमा यस्तो समस्या हुँदैन ।

Tuesday, July 2, 2013

भरतपुरबाट भारतहुँदै जिल्लाको छेउ टेकियो

तमसा नदी तर्दै । सिमाना पर स्वर्णभद्रा नदी भए पनि भारतीयहरु यसको आडमा बसेका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने ‘वालमिकी आश्रम जाने कार्यक्रम बनाएको जाउँन है रमेशजी ।’ वालमिकी आश्रम चितवन जिल्लाकै भुभाग हो । आश्रम वरपर मगर समुदायका १२ घर छन् । उनीहरुका लागि सरकारी सेवा दौलोमा नै पुराउन प्रमुख जिल्ला अधिकारीको अगुवाइमा टोली जाने कार्यक्रममा म पनि मिसिए मिति २०७० साल असार १८ गते बिहान ।
बिहान छ बजे भरतपुरमा भेला भएर हिडियो गन्तब्य तर्फ । भरतपुरबाट नारायणगढ हुँदै हामी लाग्यौ पश्चिम नेपाल तर्फ । पुल तरेपछि राजनैतिक साँध सिमाना फरक छ । हामी मध्यमाञ्चलको नारायणी अञ्चल चितवन जिल्लाबाट पश्चिमाञ्चल क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा छौं अब । जानु छ आफ्नो जिल्लाको गर्दी गाविस वडा नं. ९ मा पर्ने भुभागमा । कुरो यति मात्रै हो र हामी त देशकै साँध सिमाना नाघेर जानु पर्नेछ त्यहाँ पुग्न ।
बर्दघाटबाट दक्षिण छिरेर बिहान आठ बजे हामी पुग्यौं गण्डक नदीको बाध बाँधेको ठाउँमा । नारायणी नदीमा बाँध बाँधेर भारतले ठुलो मात्रामा पानी आफ्नो देशमा लगेको छ ।  नारायणी नदीमा बाँधेको बाँधलाई गण्डक बाँध भनिन्छ । हुन त सिमानामा भएको नदीलाई साझा भनिन्छ । तर राजा महेन्द्र र पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरलाको पालामा भएको गण्डक सम्झौताबाट भारतले नेपालको भुमी हुँदै लगभग त्रिशुली नदी जत्रै पानी आफ्नो तर्फ लगेको छ । नेपालमा पानी जाने नहर अहिले ठुलो खालको कुलो भन्न सुहाउने खालको छ । गण्डक बाँध थुनिएर बिशाल भएको नदी क्षेत्रमा उभिएर नियाल्दा मन पोल्छ ।
बाँधका केही बेर बसेपछि अब हामी गनतब्य तर्फ दौडियौं । बाँधको पुलबाट भारत छिरेपछि लगभग सात किलो मिटर भारतीय वनमा हामी चढेका गाडीको लस्कर लाग्यो । चितवनबाट १२ वटा गाडी गएका थिए । चारवटा सुरक्षा निकायका प्रमुख पनि थिए । निजामती प्रशासन तर्फका १२ जना प्रमुख थिए हाम्रो टोलीमा । स्वर्णभद्रा, तमसा नदी तरेर हामीले वालमिकी आश्रम क्षेत्रमा पाइला राख्यौं । अर्थात नेपाल भुमि प्रवेश भयो हाम्रो । अर्थात मध्यमाञ्चल क्षेत्रको नारायणी अञ्चलमा पर्ने चितवन जिल्लाको गर्दी गाविस वडा नं. ९ को एउटा छेउमा पुग्यौं हामी । भरतपुरबाट हिडेको लगभग तीन घण्टापछि । यहाँ पुग्न भारत छिर्नुको विकल्प थिएन ।
वालमिकी पुग्दा पुजारी र त्यहाँको वासिन्दाले सुरुमा अरु कुरा होइन आफ्नो आडमा बसेको भारतीय सिमा सुरक्षा फैजका विषयमा कुरा राखे । सिमाना स्वर्णभद्रा नदी भए पनि भारतीय सिमा सुरक्षा फौज स्वर्णभद्रा तरेर तमसाको किनारमा आएर बसेको रहेछ । अर्थात हाम्रो साध सिमाना मिचिएको छ । सरकारी अधिकारीहरु कुरा सुन्दैनन् ।
त्यसपछि मन्दिर क्षेत्र ओझेलमा पर्दै गएको चर्चा भयो । बाल्मिकी ऋषिले रामायण लेखेको पौराणिक भुमि प्रचारमा छैन । पानी बत्तीको सुधिवा छैन । अनि त्यहाँ बस्ने सुमदायको बारेमा कुरा उठ्यो । मगर समुदायका १२ घर हेछन् । मगरको चेली बहिे गरेका एकजना घले अर्थात गुरुङ पनि त्यही बस्दा रहेछन् । ति घलेका छोरा छुट्ट भिन्न भए छन् यो पटक त्यसैले गुरुङका पनि दुई घर । विस २०२४ सालदेखि नै बस्दै आएका रहेछन् मगर हरु त्यहाँ ।
तर शिक्षा, स्वास्थ्य, रोजगार जस्ता राज्यले दिने न्युनतम आधारभुत सुविधाहरुबाट बञ्चित छन् उनीहरु । बस्ने चितवनको भुगोलमा नागरिकता नवलपरासीबाट बुझेका रहेछन् । निमेक गर्न पनि नदी तरेर नेपाल आउन सक्दा रहेनछन् उनीहरु । भारत पस्यो ज्यालामा काम गरेर कमाएको पैसाले भारतीय बजारबाटै नुन तेल किनेर गुजरा चलायो । चर्पी पनि रहेनछन् घरमा । विदेशी भुमि हुँदै जिल्ला टेक्दा जिल्लावासीको बेहाल देखेर आइयो । साच्चै राज्यले केही गर्न सक्दैन र उनीहरुको जिवन स्तर उकास्न ???????

Friday, June 28, 2013

किन बढ्न लागेको हो खानेपानी महशुल, थाहा छ ????

धारामा हो र पाइप फुटेर सडकमा बढी छ्यालब्याल हुन्छ पानी ।
सरकारले सञ्चालन गरेको संस्थानले खानोपानी आपुर्ती राम्रोसँग गर्न सकेन भनेर भरतपुरमा एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नयाँ खानेपानी आयोजना सुरु भयो ।  एडीबीले सर्त राख्यो संस्थान हटाउनै पर्छ । करोडौंको आयोजना सञ्चालनमा भ्रष्टाचार पनि उत्तिकै भयो । यस्तो कमअसल पाइप राख्यो कि पाइप फुटेर खानेपानीको पानी उपभोक्ताको धारामा कम सडक चोक जताततै छ्यालब्याल हुन थाल्यो । एडीबीलाई १५ वर्ष भित्र पैसा फिर्ता चाहिएको छ । भ्रष्टचारीहरुलाई जनताको खल्ती निचर्नु छ । गाँठी कुरो नै यही हो शुल्क बढ्नु को ।
१५ वर्ष भित्र एडीबीलाई ऋण तिर्ने सर्तमा भरतपुर नगरपालिकामा सञ्चालन भएको शहरी वातावरण सुधार परियोजना अन्तर्गत सो खानेपानी आयोजना तयार भएको हो । सोही ऋण तिर्नका लागि अहिले उपभोक्ताको थाप्लोमा मुल्यबृद्धीको भार परेको हो । यो मुल्यवृद्धीलाई चुपचाप स्वीकार गरे हे नगरवासी खानेपानीको जिम्मा नै निजी क्षेत्रको हातमा जाने छ । अनि धारमा पानी आकाशको फल हुने छ ।
नगरवासीहरुलाई उपयोग गरेर नेपाल खानेपानी संस्थानलाई भरतपुरबाट हटाउन सफल भएपछि खानेपानी व्यवस्थापन बोर्ड चर्को मुल्यवृद्धीको तयारीमा जुटेको छ । नगरक्षेत्रमा खानेपानीमाथि बोर्डको एकाधिकार कायम भएको वर्ष दिन नपुग्दै मुल्य बढ्ने भएपछि उपभोक्ताहरु ‘संस्थान हटाएको पाप लाग्न सुरु भएको’ टिप्पणी गर्न थालेका छन् ।
एसियाली विकास बैंक (एडीबी) को २६ करोड २७ लाख रुपैयाँ खर्च गरेर सम्पन्न भएको खानेपानी आयोजना सुरुदेखि नै भ्रष्टाचारको अखण्डा बनेको थियो । कमअसल खालको पाइप राखेका कारण ठाउँ ठाउँमा फुटेर आहाल बन्दा पनि मर्मतमा ढिलाई गर्ने बोर्डले मुल्य बढाउन थाल्दा उपभोक्ता आक्रोशित भएका छन् ।
उपभोक्ताले पानी उपभोग गरे वापत अहिले न्युनतम ५० रुपैयाँ तिरेका छन् । १० युनिट पानी खपत गर्दा यो शुल्क तिर्नु पर्छ । अब बोर्डले ११० रुपैयाँ न्ुनतम शुल्क लगाउने तयारी गरेको छ । १० युनिटभन्दा माथि उपभोग गर्दा प्रति युनिट १५ रुपैयाँ तिर्दै आएकोमा अब १८ हुने भएको छ ।
घरायसीका साथै संस्थागत र निजी संस्थागतमा पनि शुल्क बढाउने बोर्डको योजना छ ।  बढ्न लागेको शुल्कको बारेमा बोर्डले असार १५ मा भरतपुर नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समेत राखेको छ । खानेपानी संस्थान हटाउ आन्दोलनका अगुवाहरु मुल्यवृद्धिको विरुद्ध देखिएका छैनन् ।
भरतपुर नगरपालिकामा लामो सयमदेखि नेपाल खानेपानी संस्थानले पिउने पानी आपुर्ती गर्दै आएको थियो । तर संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै एडीबीले संस्थानलाई विस्थापन गर्ने सर्तमा नगरपालिकालाई खानेपानी आयोजनामा सहयोग गरेको थियो । गत वर्षको भदौबाट संस्थान भरतपुरबाट हटेको छ
तर आयोजना सम्पन्न नभएको दुई वर्ष पुग्दा नपुग्दै पाइप फुटेर ठाउँ ठाउँमा पानीको भल नै बगेको छ । मर्मतमा बोर्डले सिन्को पनि नभाँचेको उपभोक्ताहरु बताउँछन् । बोर्डका कार्यकारी निर्देशक शालिकराम पौडेल आयोजना निर्माणमा भएको कमजोरीले यस्तो दुरावस्था आएको जिकिर गर्छन् । खानेपानी वितरणका लागि कमजोर पाइप राखेको उनको भनाइ छ ।    
 खानेपानी आपुर्ती गर्न ३५० किलो मिटर पाइप बिछ्याइएको छ । जसमध्ये तीन सय किलो मिटर पाइप पोलिथिनको छ । ‘पोलिथिनको पाइप भएको ठाउँमा नै अहिले समस्या आएको छ । सायद निर्माण गर्दा नै गलत सामग्री छनौट भएको हुनु पर्छ । पोलिथिनले पानीको दवाव झेल्न सके जस्तो देखिएन’ कार्यकारी निर्देशक पौडेलले भने ।   
विस २०६७ सालको पुसमा खानोपानी आयोजना सम्पन्न भएको थियो । तर दुई वर्ष नहुँदै ठाउँ ठाउँमा फ्ट्न थालेको छ ।     आयोजना चरणमा नै यस्तो लापरवाही हुनु र अहिले मर्मतमा चासो नदेखाइनुले बोर्डको काम संस्थानको भन्दा पनि गए गुर्जेको अवस्थामा पुगेको छ । बरु बोर्ड आएपछि जडान र महशुल चर्को भएको थियो । सुरुदेखि कै चर्को शुल्कमा थप बृद्धि हुने भएको छ ।
    
   

Thursday, June 27, 2013

गैंडा हेर्न बाघखोरमा

गैंडा हेर्न को हुँदैन हुरुकक
चितवन निकुञ्ज आसपासका गाउँमा गैंडा देखिनु नौलो कुरा हुँदैन । गैंडा हेर्न जाँदा बास बस्नु परे होटल नपाइएला भन्ने पिरलो पनि छैन । तर गैंडाका बथान, बास बस्ने ठाउँमा न्यानो स्वागत सत्कार र जिब्रोमा गढ्ने स्वादिला स्थानीय परिकार । यी सवै कुरा नवलपरासी अग्यौली गाविसको बाघखोर गाउँमा बाहेक अन्यत्र सायदै पाइएला । पछिल्लो समय ठाउँ ठाउँमा होमस्टे खुल्ने लहर नै चलेको छ । तर प्रचारमा आए जस्तो राम्रो सेवा सुविधा दिन नसकेको गुनासो पनि उत्तिकै छ । अग्यौली गाविसको वडा नं. ५ मा पर्ने बाघखोर गाउँमा खुलेका होमस्टे हेर्दा चिटिक्कका छन् । सञ्चालक मिजाशिला छन् । उनीहरुले खुवाउने खाना नास्ता रुचिकरका साजै स्वास्थ्यका लागि पनि हितकर छन् ।
पुर्व पश्चिम राजमार्गको डण्डा बजारबाट सात किलो मिटर दक्षिणमा छ बाघखोर गाउँ । गाउँको आडमा छ गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन । वनसँगै छ नारायणी नदी । नारायणी पारी छ विश्व प्रशिद्ध चितवन राष्ट्रिय निकुञ्ज । निकुञ्ज, नदी र वन दुर्लभ वन्यजन्तु, पंक्षी र जलचरको वासस्थल हो । यी हेर्न पर्यटक आउने नै भए ।
 नेपालको पहिलो जंगल लज टाइगर टप्स होटलका संचालकहरुले नै दुई दशकअघि सोही गाउँमा थारु लज खोलेका थिए । निकुञ्ज भित्र रहेका मचान होटल र टेम्पल टाइगर होटलले पनि भित्र होटल राख्न नपाउने भएपछि बाघखोरमा नै होटल बनाएका छन् । पर्यटनको सम्भावना देखेपछि सोही गाउँका थारु समुदायले होमस्टे सुरु गरेका छन् ।
आदिवासी थारु समुदायका आफ्नै पोशाक, संस्कार, संस्कृति र खानपान छ । गैंडा हेर्न बाघखोर जाँदा यी सवै कुरा देख्न भोग्न पाइन्छ । होमस्टेमा बस्ने पाहुना आउँदा सञ्चालकहरु एकै ठाउँ भेला भएर फुल अबिरले स्वागत गर्छन् । आफ्नो मौलिक पोशाक र गहनासहित स्वागतमा उपश्थित हुन्छन् उनीहरु ।
 फर्कदा विदाइ पनि त्यसरी नै गर्छन् उनीहरु । स्वागत, बिदाई र त्यसबीचमा हुने सवै खालका गतिविधि झट्ट बिर्सन सक्दैन बाघखोर आउनेले । सामुहिक स्वागतपछि घर घरमा बस्ने पाहुनाको छिनोफानो हुन्छ । घरमुलीले साथमा लैजान्छन् आफ्ना पाहुनालाई । आँगनमा रहेको खाटमा बसेर हात बुना पङ्खा हल्लाएर  हावा खाँदै गर्दा घरमुली अङ्खरा भरी धाराको चिसो पानी लिएर आउँछन् ।
 अनदी धानको चामल बाफमा पकाएर तयार गरिन्छ चिच्चर नामको परिकार । पिठोको राटी पनि वाफमा नै बफाएर पकाइन्छ । थारु समुदायका यी खास खान्की खाजा र खानाका रुपमा प्रयोग गर्न सकिन्छ । तरकारीमा हुन्छ हाँस, कुखुरा या सिद्रा र ठुला माछाका परिकार । उनीहरुको भान्सामा पाकेका घिरौला, लौका र चिचिण्डा पनि भिन्न स्वादका हुन्छन ।
‘निमिर्चा’ नुन र रातो खुर्सानी पिसेर बनाएको धुलो हो । हेर्दा सामान्य लाग्छ तर स्वाद बिछट्टैको हुन्छ । ‘हाम्रो होमस्टेमा भुटानका पाहुना आएर बस्नु भएको थियो । निमर्चा उहाँहरुले यस्तो मन पारउँनु भयो कि बस्दा सधै खानु भयो । जाँदा पनि पोको पारेर कोशेलीका रुपमा लैजानु भयो’ होमस्टे नं. १ का सञ्चालक रुपनारायण थारुले भने ।
खान खाएपछि सुत्नुअघि सवै पाहुनालाई भेला पारेर गाउँमा थारु नाँच देखाइन्छ । बोटे पनि छन् गाउँमा । उनीहरुको नाँच पनि पाहुनालाई पस्कन्छन् होमस्टे सञ्चालकहरु । होमस्टेको सुविधा पनि चर्को मुल्य तिर्ने होटल सरहको छ । एटेच ट्वाइलेट बाथ रुम भएका होमस्टे चिटिक्क र सफा छन् । भान्सामा पलेटी मारेर परिवारसँग खाना नास्ता खाँदा छुट्टै आनन्द आउँछ ।
खाँदा बस्दा मात्रै होइन डुल्दा पनि बेग्लै रमाइलो हुन्छ बाघखोर गाउँमा । थारुका डेढ सयभन्दा बढी घर छन् । गाउँको बीचबाट हात्ती या गाडामा बसेर गैंडा हेर्न वन छिर्ने गरिन्छ । ‘हाम्रो वनमा ३० वटा गैंडा छन् । एकै ठाउँमा १२ या १५ वटासम्म गैंडा देख्न सकिन्छ’ अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेमशंकर मरदनीयाले भने ।
बाघखोरमा मुसहर पनि छन् । नदी र खोलामा माछा मारेर गुजरा गर्ने समुदाय हो मुसहर । निकुञ्जका सिमाना भित्र माछा मार्न उनीहरुका लागि सहज छैन अहिले । त्यसैले गाउँमा आठवटा माछा पोखरी छन् । घुम्न आएका पाहुनाहरु तालमा आफै बल्छी थापेर माछा मार्ने र तिनै माछा होमस्टेमा पकाएर खाने बन्दोवस्ता पनि मिलाइएको छ ।
शहरको होहलाहलबाट पर गाउँमा बस्दाको आनन्द बाघखोर पुग्नेले अनुभव गर्न सक्छ । एक रात बसेको तीन सयदेखि चार सय रुपैयाँ तिरे पुग्छ । खाजाको सय रुपैयाँ पर्छ । एक छाक मांछा मासुसहितको खानाको डेढ सय रुपैयाँ पर्छ । शाकाहारी खाना ९० रुपैयाँमा नै पाइन्छ । सस्तो मुल्यमा सुविधा युक्त होमस्टेमा स्वादीला खाना आत्मिय सत्कार । बाघखोरका होमस्टेका विशेषा हो यो ।
 बाघखोरमा २० घरमा होमस्टे छन् । जहाँ ८० जनासम्म बस्न सकिन्छ । एउटा होमस्टे तयार गर्न दुई लाख रुपैयाँ खर्च लागेको छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को तराइ भूपरिधि कार्यक्रम (ताल) ले ५० हजार रुपैयाँ सहयोग गरेको छ । अरु रकम गाउँले आफैले जुटाएका हुन् । जेठ पाँच गतेबाट होमस्टे सञ्चालनमा आएका हुन् । होमस्टे सञ्चालनमा आएदेखि सवैमा गरेर ८४० जना पर्यटक बास बस्न आएका छन् । पाहुनको आवागमन सन्तोषजक देखिएपछि गाउँलेहरु निकै उत्साहित बनेका छन् ।
   
   
   
   
   

Sunday, March 17, 2013

त्यो बेलाको कान्दा


कान्दा अचेल संचारमाध्यममा धेरै आउने चितवनको एउटा विकट गाउँ हो । सो गाउँमा च्याउ खाएर आठजनाको निधन हुँदा बरु त्यत्ति चर्चामा आएको थिएन । सो गाउँमा विस २०६७ साल असार ३ गते पहिलो पटक पुगेर लेखेको समाचार हो यो । यस पटक कान्दा पुगेकी सावित्री सापकोटालाई उ बेलाको कान्दा जान्न मन लागे छ र मलाई पुरानो समाचार खोजी दिन अनुरोध गरिन । पुरानो समाचार पढ्दा म पनि दङ खाए । वास्तवमा कान्दा अहिले धेरै फेरिएको छ । 

‘खर्च नभएकाले किरिया पनि गरेको छैन’
रमेशकुमार पौडेल,
कान्दा (चितवन), असार ५ ।
दायाँ बयाँ रहेका साना छाप्रामा बाच्छी सहितको एउटा गाई र केही सँगुरहरु छन् । मान्छे बस्ने बीचको घरको दैलोमा सानो ताला झुण्डीएको छ । खानका लागि जंगलबाट खोजेर ल्याएको दुईवटा डोकोमा राखेको कन्दमुल गिठ्ठा उम्रेर डोको बाहिरै लहरा निस्केको छ । जंगली च्याउ खाएर परिवारका आठजनाको निधन भएको सो घर अहिले उराठ लाग्दो छ । 
गाडीबाट ओर्लेपछि लगातार १२ घण्टा पैदल हिडेर पुगिने चितवनको लोथर गाविस वडा नं ९ को कान्दा गाउँमा रहेको सो घरको आडैमा कान्दा खोला सुस्याएको सुनिन्छ । नजिकै उच्च पहाड छ । त्यो घरको आँगनमा बस्दा मान्छेको आवाज र अरु घरहरु देख्न मुस्किल छ । त्यहाँबाट १५ मिनेट हिडेपछि देविमाया चेपाङको घर आउँछ ।
देविमाया कान्दाका ६५ वर्षीय बाबुराम चेपाङकी तीन मध्येकी जेठी श्रीमती हुन् । बाबुराम माइली श्रीमती मतीमाया सहित दुई छोरा,दुई बुहारी, दुई नातिनी र नौ महिने एक नातीसहित देविमाया बस्नेभन्दा तलकोे घरमा छुट्टै बस्थे । उनै बाबुरामले जंगलबाट ल्याएर पकाएको च्याउ खादा सानो नाती बाहेक बाबुरामको परिवारको सवै आठजनाको निधन भयो । 
देवमाया अहिले १५ वर्ष भएको छोरो सन्त्बहादुर सहित अलग्गै भान्सा गरेर बसेको १० वर्षभन्दा बढी भयो । उनले भनिन् ‘म त तल बेसीमा बसेको थिएँ । फागुनमा बुढाले किन टाढा बस्छेर हिड् आडैमा घर बनाइ दिन्छु भनेर बैशाखमा यहाँ आए । आखिर च्याउ खाएर सवै नासिए ।’ कम्म्रमाथि आङमा कपडाको नाममा घागो पनि नलगाएकी उनले भनिन् ‘उनीहरु सवै मरेर गए । मलाई आपत थपियो । पैसा नभएकाले किरिया पनि गर्न सकिएन ।’ 
जेठ १४ गते शुक्रबार बाबुरामको परिवारले च्याउ पकाएर खाएको थियो । त्यसको हप्ता दिन भित्र जेठ २२ गते शनिबारसम्म आठजनाको ज्यान गएको हो । बाबुराम उनकी श्रीमती र कान्छी नातिनीको गाउँमै निधन भयो । भरतपुर अस्पतालमा उपचारका बेलामा बाबुरामका जेठा छोरा पूर्णबहादुर पूर्णबहादुरकी श्रीमती र उनीहरुको जेठी छोराीको मृत्यु भयो । 
बाबुरामका माइला छोरा जीतबहादुरको सवैभन्दा पछि उपचारका क्रममा काठमाडौंमा ज्यान गएको हो । जीतबहादुरकी श्रीमतीले पनि भरतपुर अस्पतालमै प्राण त्यागेकी हुन् । संगोलमै रहे पनि सानो भएकाले च्इाउ नखाएका नौ महिने बालक सन्सरबहादुर मात्रै अहिले जिवित छन् । उनलाई भरतपुरको एसओएस बालग्रामले आश्रय दिएको छ । 
पहाडी भिरालो बाटोबाट उपचारका लागि हिँडाएर भरतुरसम्म ल्याउँदा लगभग २४ घण्टा लागेको थियो । उपचारमा ढिलाई भएकाले कलेजोमा असर भएर उनीहरुलाई बचाउन नसकेको चिकित्सक डा.विजय पौडेलको भनाइ छ । काठमाडौंमा मृत्यु भएका जीतबहादुरको मात्रै आर्यघाटमा दाहसंस्कार भयो । भरतपुर र गाउँमा मरेका सवैलाई खाल्टोमा गाडियो । 
‘कान्दा खोलाको तिरमा लगेर जलाउने गर्दथ्यौं । त्यहाँ पु¥याउन दुई घण्टा लाग्दथ्यो । बोक्ने मान्छे नभएर घरभन्दा केही पर लगेर बुढाबुढीको लाशलाई नजिक नजिक खाल्डो खनेर पु¥यौं’ कान्दाका ४५ वर्षीय सिताबहादुर चेपाङले बताए । भरतपुर अस्पतालमा मृत्यु भएका चारजनालाई नारायणीको किनारमा गाडेको स्थानीय शिक्षक बालकृष्ण थपलियाले बताए । 
कान्दा गाउँमा ३८ घर छन् । नजिक नजिकमा कुनै घर छैनन् । डाडा र कोप्चेरामा अलग अलग  घर बनाएर मान्छेहरुले बस्ने बासको जोहो गरेका छन् । उपचारका लागि बिरामी बोकेर झण्डै १२ जना भरतपुर झरेपछि गाउँमा मलामीको समेत संकट परेको हो । 
किरिया उम्काउन सुँगुर काट्ने, जाँड बनाउने, पाहुना भेला गरेर मरेकाहरुले मन पराएका चिजहरु खुवाउने गर्नु पर्छ । यसका लागि चाहिने खर्च छैन भन्छिन् देविमाया । ‘नुन आफैले फुकाए्र खान थालेकी छु । किरिया उम्काउने आँट भने आएन’ उनले भनिन् । यो असरा भित्र जसरी पनि किरिया नउम्काइ हुँदैन । यो कुराले उनलाई निकै पिरोलेको छ । 
‘किरिया नगरेकाले होला साह्रै तस्राउन थालेको छ । साँझ पर्न हुँदैन बुढाले दाउरा चिरेरको र बुहारीहरुले घाँस काटेको देख्ने गरेको छु । साह्रै डर मात्रै लाग्छ अचेल’ उनले आफ्नो समस्या सुनाइन् । पहाडी पखेरोमा बस्ने गरेकाले चेपाङहरुलाई वर्षभरी खान निकै कठिन छ । आर्थिकरुपमा पनि उनीहरु निकै कमजोर छन् । चेनताको पनि अभाव छ । 
‘खाने कुराको अभावले नै च्याउ खानु परेको हो’ स्थानीय कानबहादुर चेपाङले बताए । उपचारको लागि गाउँकै धामी झाक्रीको भर पर्छन् । च्याउ खाएर थला पर्न लागेपछि उनीहरुलई कुकुरको र सुँगुरकोु दिसा पानीमा घोलेर खान दिइयो । गर्भवती आईमाई खोजेर नाध्न लगाइयो । टुमुर र खरानी घोलेर ख्वाइयो । तर अस्पताल हिडाउने विचार कसैले गरेनन् ।
‘शुक्रबार च्याउ खाएछन् आएतबार दिउँसो तीन बजेसम्म दुईजनाको ज्यान गएपछि यहाँ राखेर हुँदैन । भरतपुर जाउँ भनेर मैले निकै कर गरेपछि बल्ल उनीहरुले अस्पताल देख्न पाए’ स्थानीय शिक्षक थपलियाले बताए । उनै शिक्षकले विरामीलई काठमाडौंसम्म पु¥याए । बाँचेको एकजना बालकलाई बालग्राममा राख्न पहल गरे ।
यो बाहेक राज्यको तर्फबाट विकटका विपन्न चेपाङलाई सहयोग गर्न अझैसम्म कोही तयार छैन । घटना स्थलको मुचुल्का गर्न चितवनको भण्डाराबाट आएर प्रहरी टोली बैशाखसम्म देविमाया बस्ने गरेको बेसीको घरसम्म आएर फर्के छ । घटना स्थल त्यहाँबाट झण्डै डेढ घण्टा पर छ । ‘सर नभएको भए च्याउ खाएर यत्रा मान्छे मरेको खवर यही गाउँमै गुपचुप हुन्थ्थ्यो’ स्थानीय सीताबहादुर बताउँछन् । गाउँमा च्याउ खाएर यसरी मान्छे मरेको कसैलाई सम्झना छैन । तर अन्न सकिएर गिठ्ठा र कन्दमुलको भर पर्नु पर्ने बेलामा फेरि च्याउ टिपेर खाने सम्भावना उत्तिकै छ । त्यसैले यस्तो घटना दोहरिने हो कि भन्ने त्रास गाउँमा छ । 
अहिलेलाई अरु गाउँले भन्दा पनि बढ्ता शोकमा घर अलग बनाएर बसेकी बाबुरामकी जेठी श्रीमती देविमाया नै छन् । मरेर जाने बाबुरामकी माइली श्रीमती मतीमाया पनि देविमायाको आप्mनै बहिनी हुन् । ‘एकजना बतिलो बचेछ । अरु सवै गए । त्यो बतिलोलाई पनि कता हो राखेर रे । खै गएर भेट्न पाइँछ पाइँदैन । त्यो गाउँ कहिले आउने हो । आएको दिन भगवान नै गाउँ पसे जस्तै हुने थियो’ देविमायाले एसओसएमा आश्रय पाएको सानो नाति सम्झदै आँशु झारिन् । बाबुरामकी कान्छी श्रीमती कोपीमायाको धेरै वर्षअघि निधन भएको थियो । मर्ने छोराहरु कोपिमायाकै सन्तान हुन् । बाबुरामसँग सगै बस्ने माइली मतिमायाका कुनै सन्तान थिएनन् ।