तमसा नदी तर्दै । सिमाना पर स्वर्णभद्रा नदी भए पनि भारतीयहरु यसको आडमा बसेका छन् । |
चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने ‘वालमिकी आश्रम जाने कार्यक्रम बनाएको जाउँन है रमेशजी ।’ वालमिकी आश्रम चितवन जिल्लाकै भुभाग हो । आश्रम वरपर मगर समुदायका १२ घर छन् । उनीहरुका लागि सरकारी सेवा दौलोमा नै पुराउन प्रमुख जिल्ला अधिकारीको अगुवाइमा टोली जाने कार्यक्रममा म पनि मिसिए मिति २०७० साल असार १८ गते बिहान ।
बिहान छ बजे भरतपुरमा भेला भएर हिडियो गन्तब्य तर्फ । भरतपुरबाट नारायणगढ हुँदै हामी लाग्यौ पश्चिम नेपाल तर्फ । पुल तरेपछि राजनैतिक साँध सिमाना फरक छ । हामी मध्यमाञ्चलको नारायणी अञ्चल चितवन जिल्लाबाट पश्चिमाञ्चल क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा छौं अब । जानु छ आफ्नो जिल्लाको गर्दी गाविस वडा नं. ९ मा पर्ने भुभागमा । कुरो यति मात्रै हो र हामी त देशकै साँध सिमाना नाघेर जानु पर्नेछ त्यहाँ पुग्न ।
बर्दघाटबाट दक्षिण छिरेर बिहान आठ बजे हामी पुग्यौं गण्डक नदीको बाध बाँधेको ठाउँमा । नारायणी नदीमा बाँध बाँधेर भारतले ठुलो मात्रामा पानी आफ्नो देशमा लगेको छ । नारायणी नदीमा बाँधेको बाँधलाई गण्डक बाँध भनिन्छ । हुन त सिमानामा भएको नदीलाई साझा भनिन्छ । तर राजा महेन्द्र र पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरलाको पालामा भएको गण्डक सम्झौताबाट भारतले नेपालको भुमी हुँदै लगभग त्रिशुली नदी जत्रै पानी आफ्नो तर्फ लगेको छ । नेपालमा पानी जाने नहर अहिले ठुलो खालको कुलो भन्न सुहाउने खालको छ । गण्डक बाँध थुनिएर बिशाल भएको नदी क्षेत्रमा उभिएर नियाल्दा मन पोल्छ ।
बाँधका केही बेर बसेपछि अब हामी गनतब्य तर्फ दौडियौं । बाँधको पुलबाट भारत छिरेपछि लगभग सात किलो मिटर भारतीय वनमा हामी चढेका गाडीको लस्कर लाग्यो । चितवनबाट १२ वटा गाडी गएका थिए । चारवटा सुरक्षा निकायका प्रमुख पनि थिए । निजामती प्रशासन तर्फका १२ जना प्रमुख थिए हाम्रो टोलीमा । स्वर्णभद्रा, तमसा नदी तरेर हामीले वालमिकी आश्रम क्षेत्रमा पाइला राख्यौं । अर्थात नेपाल भुमि प्रवेश भयो हाम्रो । अर्थात मध्यमाञ्चल क्षेत्रको नारायणी अञ्चलमा पर्ने चितवन जिल्लाको गर्दी गाविस वडा नं. ९ को एउटा छेउमा पुग्यौं हामी । भरतपुरबाट हिडेको लगभग तीन घण्टापछि । यहाँ पुग्न भारत छिर्नुको विकल्प थिएन ।
वालमिकी पुग्दा पुजारी र त्यहाँको वासिन्दाले सुरुमा अरु कुरा होइन आफ्नो आडमा बसेको भारतीय सिमा सुरक्षा फैजका विषयमा कुरा राखे । सिमाना स्वर्णभद्रा नदी भए पनि भारतीय सिमा सुरक्षा फौज स्वर्णभद्रा तरेर तमसाको किनारमा आएर बसेको रहेछ । अर्थात हाम्रो साध सिमाना मिचिएको छ । सरकारी अधिकारीहरु कुरा सुन्दैनन् ।
त्यसपछि मन्दिर क्षेत्र ओझेलमा पर्दै गएको चर्चा भयो । बाल्मिकी ऋषिले रामायण लेखेको पौराणिक भुमि प्रचारमा छैन । पानी बत्तीको सुधिवा छैन । अनि त्यहाँ बस्ने सुमदायको बारेमा कुरा उठ्यो । मगर समुदायका १२ घर हेछन् । मगरको चेली बहिे गरेका एकजना घले अर्थात गुरुङ पनि त्यही बस्दा रहेछन् । ति घलेका छोरा छुट्ट भिन्न भए छन् यो पटक त्यसैले गुरुङका पनि दुई घर । विस २०२४ सालदेखि नै बस्दै आएका रहेछन् मगर हरु त्यहाँ ।
तर शिक्षा, स्वास्थ्य, रोजगार जस्ता राज्यले दिने न्युनतम आधारभुत सुविधाहरुबाट बञ्चित छन् उनीहरु । बस्ने चितवनको भुगोलमा नागरिकता नवलपरासीबाट बुझेका रहेछन् । निमेक गर्न पनि नदी तरेर नेपाल आउन सक्दा रहेनछन् उनीहरु । भारत पस्यो ज्यालामा काम गरेर कमाएको पैसाले भारतीय बजारबाटै नुन तेल किनेर गुजरा चलायो । चर्पी पनि रहेनछन् घरमा । विदेशी भुमि हुँदै जिल्ला टेक्दा जिल्लावासीको बेहाल देखेर आइयो । साच्चै राज्यले केही गर्न सक्दैन र उनीहरुको जिवन स्तर उकास्न ???????

Yo story Ali long huna sakthyo.
ReplyDeletejaha pugdaina sarkar teha pug6. patrakar....
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।