
बढ्दो सहरी करणको मारमा परेर मान्छेले यस्तो स्वाद भेटेको हो । सहर नबढेको भए टेवल घडीको दिक्दार लाग्दो टिरिरिरिङ सुन्न पर्दैन थियो । टेवल घडी विस्थापित भएपछि पनि बढी मुल्य हालेर मावाइल फोनका सेट खरिद गर्नु पर्ने थिएन । यन्त्र भनेको यन्त्र नै हो जति नै महंगो फोन सेटबाट आउने अलार्म तरंग रुचीकर लाग्दै लाग्दैन । समय सिमासँग अभ्यस्त नभएकाले अर्लाम लगाउने हो मस्त निदौमा रहेको र अझै सुत्न चाहेका बेलामा आउने टकटके र टिरटिरे आवाज उठनु पर्नेलाई मन पर्ने हुँदै हुँदैन ।
यो यान्त्रिक अलार्मभन्दा प्राकृतिक अर्लाम कति रमाइला र कर्ण पि्रय हुन्थे । तिनले मनलाई नै तरंगित गर्थे । ज्यानमा उमंग ल्याउँथे । कुखुरी काँ गरेको सुनेर जागेको मान्छेको शरीरमा फुर्तीनै फुर्ती हुन्थ्यो । कुखुरासँगै चिरबिराउने अरु चराको धुनहरुसँगै निन्द्र भन्ने कुरा सजिलै परास्त हुन्थ्यो । सहरमा अचेल कुखुरा त फष्टाएका छन् तर कुखुराको डाकोमा हुने माधुर्यता हराएको छ । काँकाँ र कोँकोँको कोहला हल मच्चिन्छ ।
बाँसघारीमा डाङ्ग्रे कराएको पनि साह्रै मिठो सुनिन्थ्यो । अचेल डाँडा काटे ति चरीले । कुखुरा त बास्दो हो तर कता बास्दो हो कता । मान्छेको थाल थालमा कुखुराको मासु छुट्दैन तर कुखुराको बाणी हराएको छ नागबाट मणी हराए जस्तै । ब्रोइलर बास्नै जान्दैन कककक् कककक् मात्रै गरेर चिच्याउछ कानै खाने गरेर । मासु त मिठो हुन छाडेको छ त्यो बोइलरको अनि कताबाट राम्रो लागोस त त्यसबो बोली । सहरमा कुखुरा बढेका छन् तर कस्ता कुखुरा बढेका हुन् कुन्नी त्यति मजाको बोली हराएका कुखुराले यहाँको शोभा पनि बिगारेका छन् ।
गाउँको भालेको यी सहरवासीले सातो लिन्छन् । स्वादका पाराखीहरुलाई चखाउन सहरमा खुलेका होटलमा काटिन आएका गाउँले भालेलाई यताकाले रोक्ने गर्छन् बर्ड फ्लु लाग्छ भनेर । सहरमा आएर मर्न त नपाउने गाउँले भालेले यहाँ आएर पालिन के पाओस बिचरा । त्यसैले हराएको होला प्राकृतिक अलार्म । अनि यस्तो भएपछि बेस्वादिलो ब्रोइलरको मासु चपाएर झुसिलो डकार्दै सुतेको मान्छेलाई बिहान चाडै उठनु पर्दा दिक्दार लाग्दो अलार्मको आवाजले स्वागत नगरेर के होस त ।
सहरले ब्रोइलर बढाउदा स्वाद मात्रै हराएन निन्द्रालाई समेत राम्रोसँग भगाउन सकेन । बरु भगायो सारुलाई चिबेलाई जो आएर एक बिहानै चिरविर चिरविर गर्दथे । ब्रोइलरले खल्ती र खातामा पैसाको आकार त बढाएको होला तर आनन्द त हरेकै रहेछ । ब्रोइलर बेचेको पैसाले राम्रोभन्दा राम्रो मोवाइल सेट किन्न सकिन्छ । त्यो मोवाइल सेटमा लोकल कुखुरा बासेको साच्चै जस्तो लाग्ने आवाज पनि राख्न सकिन्छ । तर आवाज भित्रको ज्यान पटक्कै दिन सक्दैन मोवाइलको पुर्जाले । पुर्जाले भ्रम मात्रै दिने हो भ्रममा मान्छे रमाउनै सक्दैन । अनि खोजेको हुन्छ प्राकृतिक अलार्म तर पाउदै नपाउने गरेर हराउँदै छ कुखुरी काँ ।
No comments:
Post a Comment