
पहिलो इण्डियन आइडल नेपालीले हल्लै हल्लामा भए पनि हेरे । कस्तो हुँदो हरेछ भन्ने कौतुहल्ताले पनि हेर्न लालायित बनायो नेपालीलाई । दोस्रो इण्डियन आइडल को भयो, के भयो धेरैलाई पत्तो भएन । तेस्रो इण्डियन आइडलको भने कुरै अर्कै छ । नेपाली भाषा बोल्ने प्रशान्त तामाङको प्रवेशले इण्डियन आइडल भनेपछि नेपालका नेपालीहरु पनि भुतुक्कै भए । प्रशान्त तमाङलाई भोट हाल्नका लागि टोल टोलमा पैसा उठाइयो । यता पैसा उठाएर बोर्डर काटेर भोटिङ गर्नेहरुको ताँती लाग्यो । पूर्वदेखि पश्चिमसम्मका नेपालीले अपुर्व एकता देखाए त्यति बेला । यसैका प्रभावले हुनु पर्छ भोट पाएका आधारमा जितिने इण्डियन आइडलको उपाधि भारत दार्जिलिङका नेपाली बोल्ने प्रशान्त तमाङको पोल्टामा आयॊ ।
नेपाली बोल्ने भारतीय ठिटो प्रशान्त तमाङले इण्डियन आइडल मार्फत विश्वमा फैलिएका नेपाली बोल्नेहरुलाई जोड्ने काम गरे । त्यसैले त्यो इण्डियन आइडल विशुद्ध भारतीय व्यवसायिक टिभी च्यानलको व्यवसायिक कार्यक्रम मात्रै रहेन । नेपालबाट हराउँदै गएको ढाका टोपीले पुर्न जिवन पायो । कारण विजेता घोषणा भए लगत्तै प्रशान्तलाई उनकी आमाले ढाका टोपी लगाइ दिएकी थिइन । यता नेपालमा ढाका टोपी जलाउने अभियान चलेका बेला उता ढाका टोपीले त्यस्तो प्रमुखता पाएको थियो । यो कुराले पनि नेपाली नेपालीको भावाना जोडिन पुगेको थियो । प्रशान्तलाई उनकी आमाले ढाका टोपी लगाइ दिएको क्षण टिभी हेर्दै गरेका धेरै नेपालीले आँशु झारेका थिए । प्रशान्त अहिले नेपाली संगितमा चम्केका छन् ।
तेस्रोपछि चौथो इण्डियन आइडल पनि केही महत्वपुर्ण नै रहयो । यो बेलामा पनि नेपाली बोल्ने भारत देहरादुनका कपिल थापा गाउन आए । उनले गर्दा इण्डियन आइडलले त्यस पटक पनि नेपाली दर्शकको साथ पायो । नेपालबाटै भोटिङ गर्न पाउने व्यवस्था आयोजकहरुले मिलाए । तर प्रशान्त तमाङको पक्षँमा जस्तो माहौल कपिलको लागि बनेन । प्रशान्तका बेलामा नेपालीहरु उनलाई जिताउन पागलपनको हद नै पार गरेका थिए तर कपिलको पक्षँमा त्यस्तो समर्थन उर्लेन । तै पनि कपिल दोस्रो भए । अहिले कपिल के गर्दैछन् कसैलाई पत्तो छैन । यस्तो बेलामा इण्डियन आइडल पाँचौ सुरु भयो । यसमा नेपाली बोल्ने मात्रै होइन नेपाली जस्ता लाग्ने पनि कोही देखिएनन् । अनि पुरै नेपालमा इण्डियन आइडल ओझेलमा परो । विश्व कप फुटबलको रापले पनि हराएको होला इण्डियन आइडलको रौनक । या जाति र भाषाको लगावले दुईवटा इण्डियन आइडलमा नेपालमा उर्लेको दर्शकको संख्या यस पटक नेपाली जस्तो लाग्ने कोही नहुँदा सेलाएको पनि होला । आखिर कला र गलाभन्दा पनि अरु केही हो यस्ता कार्यक्रमहरु ।
No comments:
Post a Comment