
केन्द्रभन्दा जिल्ला के पृथक रहला । काँग्रेसको पदाधिकारी बन्न पैसा भएको हुनु पर्छ । गाउँको नेता बन्न पनि केन्द्रसम्म पहुँच हुनु पर्छ भन्ने मान्यता सर्व साधरणमा छ । डाको चर्को गर्न नसक्ने काँग्रेसमा अगाडी जानै सक्दैन । मुडकी बजार्न पछाडी हट्नेले कुनै उन्नति गर्दैन भनेर काँग्रेसको राजनीतिलाई बुझ्नेहरु धेरै छन् । बाध्यताले मात्रै विधानमा काँग्रेसले अल्पसंख्यकहरुलाईठाउँ दिन खोजेको हो । किन भने समावेशीको आवाज चर्कदै गएको बेलामा यति पनि नगर्ने हो भने काँग्रेसलाई कार्यकर्ता जोगाउनै सकस पर्दथ्यो भनेर अथ्र्याउनेहरुको पनि यहाँ कमि छैन ।
नभए अल्पसंख्यकहरुलाई माथि उठाउन काग्रेसले के गर् यो त खै । चितवन चेपाङ र थारुहरुको भुमि हो । क्षेत्रीय चुनावसम्म आइ पुग्दा क्षेत्र नम्बर पाँचमा एकजना थारु क्षेत्रीय सभापति चुनुए । चेपाङ कता चेपियो कता । के नेतृत्व लिन नसकेर यस्तो भएको हो र कदापि होइन होला । किन कि यी समुदायबाट हिजो अफ््ठ्यारो काल खण्डमा पनि काँग्रेसले साथ पाएको थियो । चितवनको सवैभन्दा विकट क्षेत्र लोथर गाविस हो । त्यहाँका चन्द्रबहादुर चेपाङ र भीमबहादुर चेपाङ काँग्रसेले वि।स। २०१८ सालमा चलाएको सशस्त्र संघर्षमा भाग लिएर शहादतसम्म पाएका थिए । पंचायती कालरात्रीमा पनि काँग्रेसका लागि ज्यान दिने चेपाङहरुलाई काँग्रेसले भने सधै गँवार ठान्यो । राजनैतिकरुपमा एक दमै चेतनशिल लोथरका बृद्ध झ्यापुराम चेपाङ काँग्रेसको यस्तै चालाले होला राजनीतिदेखि नै विरक्तिएका छन् ।
यस्तै तालले हो काँग्रेस निरन्तर ओरालो लाग्दै छ । समावेशीको मागलाई बुझ्न नसक्दा त्यसको फाइदा अतिवादीहरुले उठाइ रहेका छन् । देश जातीय संघर्षको भुङग्रोमा जाकिने खतरा त्यसै आएको होइन । समस्या काँग्रेसका शैली र चिन्तनमा छ । त्यसो समस्यालाई यो बेलामा पनि सम्बोधन नभएको स्थानीयदेखि क्षेत्रसम्मका चुनाव र गठन भएका कार्य समितिको स्वरुपले देखाइ सकेको छ । अव जिल्ला अधिवेशन पनि त्यस्तै हुने छ र केन्द्रीय अधिवेशन पनि ठालुहरुको लागि पदको छिनोफानो गर्दै सकिने छ । काग्रेसमा अहिले युवाको संख्या भने बढेको चर्चा चरम चुलिमा छ । नेतृत्वमा युवाले पकड जमाउने हल्ल्ा व्यापक छ ।
साउन २७ गते हुने भनिएको जिल्ला अधिवेशनमा चितवनमा पनि पाका र युवाबीच नेतृत्वका लागि घम्साघम्सी हुने देखिएको छ । जिल्ला सभापतिमा उठ्ने चाहना धेरैले राखेका होला न तर उठ्ने बेलामा अहिलेका सभापति रामकृष्ण घिमिरे र विकास कोइरला भने पक्कै उठ्ने छन् । त्यसैले उहाँ युवा र पाका बीचमा टक्कर पर्न थालेको छ । रामकृष्णले केही गर्न सकेनन् भन्ने निरासा एक तर्फ छ भने विकास कोइरला अव म गर्छु भनेर काँग्रेसी माझ दौडिएका छन् । युवा नेतलाई ल्याउन पाए केही गर्छ कि भन्ने ठानेकाहरुले विसकालाई हौसाइ राखेका पनि छन् त्यसैले आफ्नो जितप्रति विकास ढुक्क देखिन्छन ।
तर विपक्षी माझ विकासको छवि जति धमिलो छ अहिले काँग्रेस भीत्र पनि उनको त्यही हालत भएको छ । उनी विचारकोभन्दा पनि बाहुबलको आधारमा राजनीति गर्छन भन्ने आरोप हिजो विपक्षीहरु लगाउथे आज काँग्रेस भित्रैबाट त्यो कुरा बढी सुन्न पाइन्छ । त्यसैले चुनावमा विकासले सोचेकै नतिजा आउछ भन्ने छैन । ल केही गरेर विकास नै चुनिए रे तर उनले काँग्रेस भित्र बढेको शैली र समस्यालाई चिर्न सक्ने खुवी राख्लान । उनी विपक्षी प्रति बढी आक्रमक हुन्छन । त्यो सवैेले जाने बुझेकै कुरा हो । नेपालमा अहिले माओवादी बढी उदण्ड हुँदै गएको छ । विपक्षि प्रति उसले चरम प्रकारको फाँसीवादी व्यवहार देखाइ रहेको छ । त्यसको प्रतिवाद गर्न नसके उ झनै मोलाउ छ तर प्रतिवाद विचारबाट भयो भने प्रभावकारी हुन्छ लोकतन्त्र मजबुद हुन्छ । विकासबाट यस्तो आशा धेरैले राख्दैनन् ।
विकाशले विरोधीको प्रतिवाद त गर्छन तर विचारले होइन बाहुबलले भन्ने अरुको ठहरलाई स्वयम विकासले चिर्न सकेका छैनन् अझसम्म । र अरुको प्रतिवाद गरेर मत्रै राजनीति र आफ्नो संगठन मजबुद हुँदन । पार्टीलाई व्यवस्थित गरेर लैजान सक्नु पर्छ नेताले । पुरानो पुस्तालाई दोष दिने विकासले यी कुरुा बुझेका छन् भने र चुनाव जितेर नेतृत्वमा बस्न सके भने विकासले साच्चै केही गर्ने छन् । नभए पाकाहरुले केही गर्न सकेनन् र विरोधीहरुलाई तह लगाउछु भनेर मात्रै पार्टीलाई बलियो बनाउन सकिदैन ।
No comments:
Post a Comment