
आज नेपाल बन्द भएको छ । नेपाली मिडियाका कारण सवैभन्दा बढी फष्टाएको बन्द कार्यक्रम हो । बन्द संस्कृति मौलाउनुमा मिडियाको हात छ । प्रजातान्त्रिक देशमा बन्द गर्न नपाइने होइन पाइन्छ तर गैर जिम्मेवार भएर बन्द गर्न हुदैन । राज्य गैर जिम्मेवार भयो भन्दै बन्द राखेर आयोजकहरुले सर्वसाधरणलाई हैरान र मुलुकलाई बर्बाद बनाएका छन् । बन्द आयोजकहरुले आफ्नो बल बुँतामा सफल पार्नु पर्छ । बन्दको पर्चा छरुन । बाल पेन्टिङ गरुन । घर दैलो गरुन् । जुलुस निकालुन । माइकिङ गरुन । बन्द गर्न आह्वान गरुन । यति गर्दा पनि कसैले खोल्न चाहन्छ, गाडी दौडाउन खोज्छ भने त्यसलाई जवर्जस्ती नगरुन् । बन्दको काइदा यो हो । प्रजातन्त्रिक मुलुकमा जिम्मेवार संगठनले गर्ने बन्द यस्तो हुन्छ ।
तर नेपालमा बन्दको चरित्र यस्तो हुन्छ र ? के को हुने हुँदै हुदैन । तोडफोड आगजनी र आतंकको बलमा बन्द गर्ने परिपाटी छ यहाँ । त्यसता राजनैतिक दल या बन्द गर्ने संघसंगठनलाई जिम्मेवार बनाउने दायित्व मिडियाको हो तर मिडिया यो दायित्वमा चुकेको छ । उनै गैरजिम्मेवारहरुको पक्षमा नेपाली मिडियाको ठुलो तप्का लागेको छ । सवै लागेका छन् भनेर एउटै घानमा हाल्न नमिल्ला तर बन्द संस्कृतिलाइ नकार्ने र कम्तिमा पनि बन्दका बेला आयोजकहरुलाई जिम्मेवार बन्न अभिप्रेरित गर्ने नेपाली मिडिया अल्पमतमा छन् । यहाँ मिडियाकै बलमा बन्द गर्ने परिपाटी छ । कार्यकर्ता परिचाल र आफ्नै तर्फबाट प्रचारप्रसार गर्नुको साटो मिडियामा विज्ञप्ति पठायो त्यो पनि अचानक । कसैले अस्विकार गरेर होइन कि थाहा नपाएरै गाडी चलाएको, पसल खोलेको छ भने तोडफोड आगजनी गरो अनि मिडियामा लाइभ दियो । नेपालमा यसरी गरिन्छ धेरै बन्द । धेरै मात्र हो र लगभग सवै बन्द यही तालमा हुन्छ । मुख्य पार्टीदेखि साना संघ संस्थाले गर्ने बन्दको प्रकृया यही हो ।
बन्दले राज्या या सरकार पक्षँलाई कुनै दवाव पुराउनै छाड्यो । कुनै ऐजेण्डा स्थापित हुन पनि सक्दैन । केवल सर्वसाधरणलाई सास्ति र मिडियालाई खवर बाहेक बन्दले यो मुलुकलाई केही दिएको छैन । तै पनि हप्ता दिन नबित्दै दुई दुईवटा बन्द बेहोर्नु पर्छ नेपालीले । मिडिया यसैलाई बढवा दिन्छ । पिलली लाइभ सिनेमामा हगुरेको पछाडी दौडे जस्तो ताल छ यहाँका मिडियाको । अस्ती साउन ३० गते आइतबार जनजाति महासंघले बन्द राख्यो । आज बुधबार भदौ २ गते फेरि बन्द छ । संघीय लोकतान्तित्रक राष्ट्रिय मंच पार्टी भन्नेले बन्द डाकेको रहेछ । माओवादीबाट विद्रोह गरेर थारु संगठन खोलेर मधेसीको विरोधमा आन्दोलन चर्काएर, त्यही मधेसीको पार्टीमा विलय भएर अनि त्यहाँबाट पनि निस्केका लक्षमण थारुको पार्टी रहेछ यो । यस्तो दगुरे लक्षमणले संविधानसभाको एउटा पार्टी समेत फुटाएका रहेछन् । त्यो पार्टीका दुई सभासद् रहेछन् एउटालाई लक्षमणले तानेछन् अर्को उतै बसेछन् । अनि यो पार्टीमा गुण्डाको डन अनेकौ अपराधमा सजाय भोगेका दिपक मनांगॆ पनि रहिछन् ।
भकुरे र दगुरे अर्थात अस्थिर चरित्र भएकाहरुको पार्टी रहेछ यो । आज नेपालीले दीपक मनांगॆ जस्तो गुण्डाको पार्टीले गरेको बन्द बेहोर्नु पर्दैछ हरे कस्तो बिडम्बना ? कस्तो लोकतन्त्र ? अनि मिडियाको ताल यस्ता दगुरेहरुकै पछिपछि दौडेका छन् । हिजो साँझ पार्टीले बन्दको प्रचार गर्न टायर बालेर प्रदुषण बढाउँदै मसाल जुलुस निकाल्यो । त्योभन्दा अघि बन्दको बारेमा कसैलाई केही जानकारी थिएन । त्यसो त आज बिहान पनि धेरैलाई बन्द हो भन्ने थाहा नै भएको छैन । आयोजकले सर्वसाधरणलाई तसा्रउन हिजो निकालेको मसाल जुलुसको पछिपछि चितवनका मिडियाहरु लागेछन् । एउटा एफएमले पुलचोकमा भएको कोणसभाको लाइभ रिपोर्टिङ गरो । आयोजक मध्येको एउटा निकै कुरा भटभटाउँदै थियो । एफएमको पत्रकारले अर्को नेतालाई पनि लाइभमा ल्यायो ।
'तपाइँलाई यो एफएममा स्वागत छ । " एफएमको स्वागत पाइसकेको नेता अकमकिदै भन्छ' के भन्यो के ?" विचरा त्यही नेतालाई नै पत्रकार आएको थाहा रहेनछ तर पत्रकार पिछा लागेको छ उसको । क्या हविगत पत्रकारको, अनि सोध्छ बन्दको बारेमा । किन ठाउँ दिएको होला यसरी । पिपली लाइभमा हगुरेको पछि दौडने पत्रकारको हालत जस्तै भयो यो कि होइन ? हगुरेको पछि मिडिया दौडिएको देखायो । सिनेमा थियो केही काल्पनिक हुन्छ । उसले संकेत मात्रै गर्न खोजेको हो । तर नेपालका मिडिया अरुलाई भकुर्दै हिड्ने दादा र दगुरे टाइपमा नेताको पछि लागेर सिनेमामा हगुरेको पछि दौडने पत्रकार जस्ता भएका छन् । यहाँका पत्रकारले पिपली लाइभ हेरे केही सिक्थे कि । तर मिडिया मालिकको दास जस्ता भएकाहरुले सिक्ने क्षमता पनि के राख्थे र खै ?
No comments:
Post a Comment