
त्यति बेला कटवा एकीकृत माओवादीले नसुध्रेको भनेको र सो पार्टीले अहिले पनि शाही सेनानै भन्ने गरेको तर सरकरले नाम परिवर्तन गरेर भन्ने गरेको नेपाली सेनाका प्रमुख थिए । गणेस्थानमा नेपाली सेनाको एकजना जवान बस्दा रहेछन् । फोटोमा कटवाल देव्रेतर्फ छन् भने ति जवान अलि कति मुख देखाएरु दाहिने तर्फ उभिएका छन् । ति युवा सैन्य दलित परिवारका थिए । संविधान सभाको नुनाव हुन एक महिना बाँकी रहँदा कटवाल आएका थिए चितवन । अघिल्लो साँझ उनी चितवन राष्ट्रिय निकुंजको कसरामा त्यहाँको पुरानो गोरख गणको वार्षिक उत्सव कार्यक्रममा उनी सरिक भए । भोलि पल्ट बिहान भरतपुरको फष्ट रैफल गणको सानो औपचारिक कार्यक्रममा भाग लिएर उनी गणेशस्थान हानिएका थिए ।
गणेशस्थानमा रहेको सो सैनिकको सानो छाप्रोको आँगनमा उनी झण्डै पौने घण्टा बसे । परिवारका सवै सदस्यसँग भलाकुसारी गरे । केटाकेटीलाई चकलेट ल्याइदिएका रहेछन् फर्कने बेलामा त्यो पनि बाँडे । परिवारका आफ्नै सदस्य भेट्न आए जसरी बसे कटवाल त्यहाँ । फकर्ने बेलामा सैकिको परिवारका तर्फबाट अलिकति खाना खाएर जाने कि भन्ने प्रस्ताव आयो । घरको आँगन नाघि सकेका कटवाल टक्क रोकिए । उताबाट चरेसको थालमा खानकी आयो । थालमा मकै ढिडो थियो । कचौरामा लोकल कुखुराको मासुको झोल । उनले खुवै स्वादसँग खाए त्यो खानकी । फोटोमा पनि त्यो कुरा झल्कन्छ । सेनामा दलितलाई भेदभाव गरिन्छ छोएको खाइदैन भन्ने भ्रम मेटाउने काम कटवालले गरे जस्तो लाग्यो त्यति बेला ।
संविधान सभाको चुनाव नहुँदै ढिडोको गास यस्तो भज्जाले लिएका कटवालले संविधान सभापछि सत्तामा गएको माओवादीको सत्तारुपी गास पनि यही स्वादसँग खोसे कटवालले । कटवालका कारणले माओवादी सत्ताबाट बाहिरियो । अदृश्य कारणहरु अरु पनि थिए होलान जसले माओवादीलाई कुर्चीबाट धकेल्यो । तर दृश्य कारणमा कटवाललनै उभिएका छन् सवैभन्दा अगाडी । माइसंसार घुम्दै जाँदा सेवाबाट अवकास पाइसकेका कटवालको उ बेलाको चुरीफुरी सम्झना गर्ने मौका मिल्यो । त्यसो त उनको उत्साह अझै मरेको भने छैन ।
No comments:
Post a Comment