
दुर्लभ गैंडा अजंगको जनावर हो । मुचुल्का र पोष्टमार्टम गरेपछि पुर्नलाई ठुलै खाल्टो खन्नु पर्छ । एक दुईजनाले खनेर हुन्न, धेरैलाई दिने खर्च हुँदैन । नजिकै खाल्टो खन्न मिल्ने ठाउँ भएन भने बोकेर या घकेलेर पर सार्न अर्को आपत हुन्छ । 'पहिला जाउँ क्यारे । त्यहाँको सामुदायिक वनका पदाधिकारीसँग सल्लाह गरे केही उपाए आउला" यसो भन्दै निस्किए थापा ।
अधिकृत थापा सहितको जिल्ला वन कार्यालयको टोली घटना स्थलमा पुग्दा बिहानको १० बजेको थियो । ज्यानै देख्दा भयकंर गैंडा दक्षिण टाउँको पारेर लडेको थियो । मुखबाट फिँज छुटेको, चार खुट्टा पूर्व फर्केका । नजिकै गाउँलेहरुको ठुलो घेरा थियो । उनीहरु मरेको गैंडा हेर्ने उत्सुकतामा टाढा टाढाबाट भेला भएका थिए ।
मंगलपुरको ज्ञानेश्वर सामुदायिक वनको कार्यालय आडैमा खेत पस्न लाग्दा गैंडाले करेण्ट छाडेको नांगो तार चपाए छ । 'अन्दाजी २५ वर्षको हुनु पर्छ" वनको टोलीसँग गएका चितवन निकुंजका पशु चिकित्सक डा.कमल गैरेले अनुमान लगाए । गैंडा गर्भिणी हो कि भन्ने शंका उठ्यो । पोष्टमार्टम गर्न ठाउँ खाली गर्नु पर्ने भयो । तर स्थानीय डेक चल्न मान्दैनन् ।
मरेको गैंडा समाउला झै गरेर घेरिएका सर्वसाधरणको अगाडी त्यो भिमकाय जनावरको चिरफार कसरी गर्ने अरु ठाउँमा लैजाने उपाए छैन । 'स्काभेटर ल्याउँ" वनका पदाधिकारीले सुझाव दिए । तीन हजार रुपैयाँ तिरेर स्काभेटर ल्याउने हैसियत वनको थिएन । त्यो पैसा पनि वन समुहले बेहोर्ने भयो । 'के खोज्छस काना आँखा" भने झै भयो अधिकृत थापालाई ।
झण्डै अढाई टनको पोथी गैंडा बोक्न स्काभेटरलाई कुनै गाह्रो थिएन । पछाडी स्काभेटरले गैंडा अँठ्यायो । उल्लर हुने सम्भावना भएकाले अगाडी गाउँका २५ युवा बसे । पछाडी गाउँलेको लर्को लाग्यो । कम्पाउण्ड सहितको सामुदायिक वनको कार्यालय हातामा स्काभेटर पस्यो । गेटबाट अरुलाई पस्न दिएइन ।
तर गेट बाहिरैबाट गाउँलेले हेरे गैडाको पेट चिरेको खागका लागि टाउको काटेको । आमाशयमा रहेको नपचेको घाँस गन्हाएर बान्ता नै होला जस्तो हुँदा पनि गाउँलेहरु त्यही बसे । पेटमा बच्चा भेटिएन । 'एक दुई महिना पहिले बच्चा जन्माएको हुनु पर्ने" डा. गैरेले बताए । खाग खुर झिकेर र पेट चिरेपछि स्काभेटरले खनेको खाल्डोमा गैंडा खसालियो ।
'जति अजंगको भए पनि जिनिसको फेला परेपछि के लाग्दो रहेछ र । विजुलीको एक झडृकाले मर् यो । अहिले स्काभेटरले चिलले चल्लो झुण्डाए झै ल्याएर पुर् यो" गैंडाको अन्तिम यात्राको सवै दृश्य हेरेपछि अन्तिममा मंगलपुर वडा नं. ६ का कृष्णबहादुर बानियाँले भने । गैंडा चाडै कुहियोस भनेर २० किलो नुन खाल्टोमा राखियो । अब भने वन अधिकृत निश्चिन्त थिए । राम्रोसँग नपुरे खाल्डोबाट गैंडा झिकेर मासु खाने बानी निकुंज आसपासका केही गाउँमा छ ।
No comments:
Post a Comment