
गत वर्षको जेठ या असारका कुरा हुनु पर्छ माडीबाट साथी कृष्ण चौधरीले एउटा खवर टिपाए । सर्पले टोकेर भरतपुर ल्याउन खोजोको विरामीलाई रिउको भेल छिचोलेर एम्बुलेन्स भएको ठाउँसम्म ल्याउन पाइएन । जसका कारण खोला वारी नै बसेको विरामीको विष भने शरीर भर फैलियो अनि उसको मृत्यु भयो । यस्ता पिडा प्रशस्तै छन् माडीमा । पुल नहुँदा जिवन नै सकिन्छ । आखिर जिवन अनाहकमा गुमाउनुको जस्तो पिडा अरु के हुन्छ र । रिउसँग जोडीएको अर्को घटनाको प्रतक्ष्यदर्शी नै हुँ म । कुरा आजभन्दा चार वर्षअघि ६३ सालको दशैं सकिए लगत्तैको हो । रिपोर्टिङको सिलसिलामा माडी गएको फर्केर आउँदा ढिला भयो । रिउ आडैको बनकट्टाको तिमिल्सेना होटलमा बास बसियो ।
भोिल पल्ट बिहान एकजना महिला रुदै गरेको आवाजले निन्द्र खुल्यो । ति महिला एकोहोरो रोएको रइ गरि

हामी रिउ तरेउँ गाडामा मोटर साइकल राखेर । रिउ उर्लेकै थियो । पारि एउटा एम्बुलेन्स बसिराखेको थियो । त्यो एम्बुलेन्स त्यही बच्चालाई लिन भनेर राती नै आएको रहेछ । रिउको भेल तर्न सकेनछ र पानी घट्ने आशमा कुरेर बसेछ । त्यति बेला माडीमा मोवाइल टेलिफोन सहज थिएन । ल्याण्ड लाइन टेलिफोन पनि प्रशस्त थिएन । त्यसैले सम्पर्क गर्न सजिलो थिएन । त्यसैले एम्बुलेन्स पानी घट्ने बेला कुरेर खोला वारी बस्यो । उता पारी बच्चाको कालले धैर्य गर्दै गरेन । यता एम्बुलेन्स उता लाश यस्तो बिडम्वना देखियो ।

No comments:
Post a Comment