
जोडी नम्बर एक रहेछन् उमेरमा ३० कटेका । महिला सपरिवार विदेश जान ठिक्क परेकी । विदेश पनि लारेलुरे हो र राम्रै ठाउँ । श्रीमान घरमा समानहरु मिलाउने सुटकेश कस्ने तयारी गर्दै थिए होलान । श्रीमती केटा साथीसँग छिरिछन् पिस गेष्ट हाउस । केटा पनि बिवाहित । यो कस्तो प्यास हो कुन्नि ? मरुभुमिमा भएको भए त तिर्खाले लखतरान परिन्छ । समुन्द्रमै भए पनि समस्या हुन्छ, तिर्खाले सताएर । तर घरमा सित्तल र निर्मल पानी आउने धारा हुँदा हुँदै तिर्खा लागे पधेरो धाउने कष्ट किन गर्दा हुन महानुभावहरु ।
जोडी नम्वर दुई तीसभन्दा तलका परेछन् । केटाको पनि दुलही अर्कै । केटीको पनि दुलहा अर्कै । टाढाका पनि परेनछन् यतै बजार वरपरका । पढेलेखेका पेशा पनि राम्रै । समाजले भाउ दिने पेशा अँगालेका पैसा पनि मनग्गे कमाइ हुने । पेशा दुवै अलग अलग भए पनि भेट भने कसरी भयो त्यो बुझ्ने तर्फ लागिएन । इज्जतिलो पेशामा बसेका ति दुईलाई एउटा सामान्य स्तरको होटलमा छिरेर यौनको आवेग मार्ने योजना किन बनाए होलान कुन्नि । घरमा मज्जाको फ्रीज छ, गुलकोज छ र सर्वत बनाउने अरु राम्रा समान पनि छन् तर गर्मीको प्यास मेटाउन बाहिरी सरकारी घाराको पानी मैलो जगमा पिए सरहको काम गरे छ यो जोडीले ।
जोडी नम्बर तीन अलि उमेरमा अलि बेमेल खालका परेछन् । लाग्नेमान्छेको उमेर धेरै नै भएको रहेछ । युवतीलाई छोरी नै भन्नु पर्ने । मैले पालेको छोरी हो भन्दै थिए । यो जोडी बे जिल्लाको परे छ । बे जिल्लामा पनि अलि टाढाको जिल्लाको परेछ । मान्छे भातीय सेनाका अवकास प्राप्त हवल्दार । त्यसैले जो पायो त्यसैलाई गन्दै नगन्ने । बुढाकी श्रीमती रोगले थला परेकी रहेछन् । उपचारका लागि पालेको छोरी साथ लगाएर श्रीमतीलाई चितवन ल्याएका रहेछन् । श्रीमती अस्पतालको ओछ्यानमा रहदा उनी यता लजको ओछ्यानमा भेटिए ।
बुढाले घरको धारो राम्रोसँग काम नगर्ने गरेर बिग्रेको ठाने जस्तो छ । त्यसैले प्रवन्ध अन्यत्रै गरेका । पुरानो धारोको मर्मतसँगै नयाँ धारो पनि जडान गरेर पाको काम गरे जस्तो लाग्यो यी बुढाले । तर सरकारी धारा नियम नपुराई घरमा राख्न पाइदैन । एक दिन न एक दिन समातिनै पर्छ । आखिरमा बाजे पिस गेष्ट हाउसमा समातिए । यी तीन जोडी समातिन त सामातिए तर केही बेरपछि छाडिए पनि ।
अब कारवाही पनि के गर्ने । प्यास लागेकाको तिर्खा मेटाउनु नेपालीहरु धर्म नै ठान्छन् । तर धारोमा जथाभावी नगरिदिनु होला है भन्दै छाड्दै गर्नु बाहेक प्रहरीसँग विकल्प पनि थिएन । जथाभावी गर्दा पानी धमिलिन्छ अनि रोग फैलन्छ । यस्ता कुरा त पानी खानले हेक्का राख्नै पर्छ । हेक्का नराखे डायरिया हुन्छ हैजा चल्छ । जण्डिस टाइफाइड हुन्छ । रोग लागेपछि कारण खोतल्नै पर्छ तयसो गर्दा भेद खुल्छ । प्रहरीले यसरी सम्झाएर छाड्यो ति तीन् जोडीलाई । उनीहरु छुट्दै गर्दा अरु सयौं जोडी जथाभावी गर्दै थियो होला प्यास मेटाउन ।
तिर्खा लाग्यो पानी खाए, उनले के विराए ?? धेरै करकापमा पार्न भएन है साथी अरुलाई । फेरि आफै फन्दामा परिएला नि ।
ReplyDeletekura manasib nai ho
ReplyDelete