Saturday, March 3, 2012

चितवनको खस्कदो छवी

एकाइसौ शताब्दि अर्थात सन् २००० सुरु हुन लाग्दै थियो नेपालमा ऋतिकरोषन काण्ड भयो भारतीय चलचित्र कलाकार ऋतिकरोषनले 'नेपाल मन पर्दैन' भन्ने अन्र्तवार्ता भारतकै एक टेलीभिजनलाई दिएरे भन्ने कुराको विरोधमा नेपालभर ऋतिकका विरोधमा ठुला प्रदर्शनहरु भए प्रर्दशनहरुमा सरकारले गोली चलाउने अवस्था आयो मान्छेको ज्यान समेत गयो तर पछि ऋतिकले त्यस्तो भन्दै नभनेको कुरा बाहिर आयो पत्रिकाहरुमा विना आधार समाचार निस्केर त्यस्ले उग्ररुप लिएको प्रमाणित भयो अनि त्यो उडन्ते खवर कहाँबाट सुरु भयो भनेर खोजतलाश गर्दा चितवनबाटै सुरु भएको रहेछ त्यसपछि नेपालमा पत्रकारिताको चर्चा गर्दा जहाँ पनि चितवनको यो नकारात्मक छवीको कुरा उठ्ने गर्छ
सचेत मान्छेहरु बस्ने जिल्ला भनेर चितवनले पहिचान बनाएको तर यो पहिचानमा धमीरा लाग्न थालेको अचेल एक्काइसौं शताब्दिको सुरुवातसँगै ऋतिकरोषन प्रकरण यता नकारात्मक घटनामा नाम जोडिन थालेको चितवनमा यो क्रम रोकिएको छैन कल्पना नै गर्न नसकिने खालका घटनाका सुची थपिएका छन् बरु देशमा माओवादीले सरकारका विरुद्ध १० वर्षसम्म सशस्त्र संघर्ष साचालन गर्यो यो अवधिमा भएको सवैभन्दा निन्दनीय घटना 'माडी बाँदरमुडे विष्फोट' हो यात्रु बसमा कोचाकोच गरेर बसेका ३५ सर्वसाधरण सहित ३८ को एकै चिहान भयो चितवन माडीको बाँदरमुडेमा बाँदरमुडेभन्दा अघि पनि भण्डारामा यात्रु बस रोकेर माओवादीले आगो लगाए नेपाल बन्दमा बस चलाएको विरोधमा यात्रु नओर्लिदै लगाएको आगोले पाँचजना ज्युँदै जलेर मरे
यी भए सशस्त्र संघर्षका दौरानमा भएका मानवता विरोधी ठुला अपराधहरु सशस्त्र संघर्षले विराम लिएर देशमा गणतन्त्र आए पनि चितवनमा नकारात्मक प्रकारका घटना हुन रोकिएका छैनन् चितवनलाई मेडिकल सीटीको रुपमा व्याख्या गरिन्छ तर यस्तो जिल्लामा विस २०६७ सालको जेठमा जंगली च्याउ खाएर एकै परिवारका आठजनाको ज्यान गयो जिल्लाको विकट पहाडी गाविस लोथरमा पर्ने कान्दा गाउँको यो घटना त्यत्ति प्रचारमा आएन किन भने त्यही समयमा जिल्लामा अर्को घटना भएको थियो अर्थात भरतपुरमा रहेको वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन कार्यकारी निर्देशक डा.भक्तमान अपहरित भएका थिए अपहरित भक्तमान १९ दिनपछि रिहा भएका थिए तर शान्त सुरक्षित जिल्लाका रुपमा चिनिने चितवनको छवीमा यो घटनाले निकै ठुलो दाग लगाएको
वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालसँग जोडिएर एक वर्षयता अरु घटना पनि भए जस्ले चितवनलाई दुनियाका सामु बद्नाम बनायो कार्यकारी निर्देशक को बन्ने भन्ने विवादले चिकित्सक चितवनवासीको नाक काट्यो
एकजनाकार्यकारीनिर्देशकभएरआएअर्कोपक्षलेबाटोछेक्नथाल्योविवादबढेरयतिसम्मभयोकिअस्पतालनैबन्दगरेरचिकित्सकहरुकाठमाडौंलागेयोविवादकेहीमन्थरहुँदैगएकोथियोअर्कोघटनाफेरित्यहीअस्पतालभित्रभयोगतसाउनमाघाँटीकोशल्यकि्रयागर्नुपर्नेमहिलाकोपाठेघरनिकालेरफालेपछिनेपालमामात्रैहोइनविश्वचिकित्साजगतमैतहल्कामच्चियोचीनसरकारलेबनाइदिएकोयोअस्पतालयतिसुविधासम्पन्नकिएसियाकोनमुनाअस्पतालकैरुपमायसलाईव्यख्यागरिन्छतरयोअस्पतालबाँदरकोहातमानरिवलजस्तैभएकोचितवनवासीकोगैरवहुनुपर्नेक्यान्सरअस्पतालबाटएकपछिअर्कोनकारात्मकघटनामात्रैहुनथालेको
यो भदौयता चितवन ज्यादै आक्रान्त बन्यो गोली चलेर दिन दाहडै मान्छेको ज्यान जान थाल्यो भदौमा नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा दुई परस्कर विरोधी युवा समूहबीचको झडपमा गोली नै चल्यो साजय लामा भन्ने युवा मारिए त्यसयता जे जस्ता घटना भए चितवनको लागि साह्रै नै नराम्रो भयो साजय लामा हत्या प्रकरणमा जोडिएर तरुण दल चितवनका अध्यक्ष शिव पौडेल गिरफ्तार भए कारागारमा रहेका बेला उनीमाथि आक्रमण भयो ज्यानै गयो
कारागारमा रहेको व्यक्ति मर्नु पर्ने जस्तो साह्रै नै निन्दनीय घटना भयो यो जिल्लामा शिव पौडेल मारिनु दुखद घटना थियो धेरै जिल्लावासीले शिव प्रति ठुलो साहनुभुति दर्शाए उनको पार्टीले शिवलाई सहित घोषणा गर्नु पर्ने माग राखेर आन्दोलन थाल्यो अनि यस्ले जन्मायो नयाँ विवाद जस्लाई पनि सहिद घोषणा गर्नु पर्ने उदेश लाग्दो अवस्थाको बर्णन गर्नु पर्यो भने अचेल नेपालमा शिव पौडेलको उदाहरण दिने गरिन्छ चितवन के थियो के भयो सहिदको परिभाषा विगार्ने जिल्लाको अपगाल पनि हामीले बोक्नु पर्ने अवस्था आयो
भर्खर माडी मै अर्को घटना भयो ढेगनी महतो हत्या काण्ड झाँक्रीको भनाइमा लागेर ढेगनीका आफन्तहरुले उनलाई कुटेर मारे आँगनमा ढलेको ढेगनीको लाश परालले छोपेर मट्टितेल खनाएर आगो लगाए विधवा ढेगनीमाथिका ढुंगे युगमा पनि हुन नसक्ने खालको यस्तो अत्याचार भयो बोक्सीको आरोपमा एक्काइसौ शताब्दिमा कल्पना पनि गर्न नसकिने यस्तो कुकर्म चितवनमै भयो त्यो भनि सदरमुकामभन्दा ४० किलो मिटर टाढाको घना बस्ती भएको गाउँमा बिहान सवेरै
नेपालको मध्य भागमा पर्ने सिुविधा सम्पन्न जिल्ला हो चितवन देशको हरेक ठाउँका मान्छेहरु आएर बस्ने भएकाले यसलाई हामी ७६ औं जिल्ला पनि भन्छौं हरेक राजनैतिक परिर्वतनमा महत्व पुर्ण भुमिका खेल्ने सचेत बासिन्दा बसेको जिल्ला हो भन्छौ चितवनलाई तर दश एघार वर्षयतादेखि यस जिल्लाको छवीमा लागेको कालो धब्बा पखालीनुको साटो एकपछि अर्को गर्दै थपिदै यसको कारण के हो समाधान कसरी हुन्छ सोच्नु पर्ने बेला आएको

Thursday, March 1, 2012

चाहिएकै छैन संघीयता

संघीयता नेपालको लागि आवश्यकता नै छैन संघीयता भएमा देश टुक्रन्छ नेपालमा अस्थिरता चाहने विदेशी शक्ति केन्द्रहरुले चोर दुलोबाट संघीयतालाई भित्राएका हुन् त्यसैले सतर्क बनौ भन्ने एक थारीको आवाजलाई वास्ता नै गर्दैन थियौं हामी जब चितवनलाई चार टुक्रा पारेर संघीय राज्य बनाउने टुंगो लाग्न थाल्यो अनि हामी जुर्मुराएर भन्न थाल्यौ 'चितवन टुक्राउन पाइँदैन ' चितवन यसै टुकि्रएको होइन संघीयताका कारणले यो भुमि टुक्रन थालेको हो हाम्रो जिल्ला टुक्राउने 'यो संघीयताले ढिलो चाडो देशै टुक्राउँछ' यो कुरा बुझ्न बिलम्ब गर्दै नगरौं
१) नेताहरु अझै झुटो बोल्दै छन् =चितवन टुक्राउने कुरा देश टुक्राउने संघीयताको प्रारम्भिक बिन्दु हो भनेर धेरै चितवनवासीको मनले ठहर गरी सकेको छ । संघीयता चाहिदै चाहिदैन भन्ने धेरैको मनमा लाग्न थालेको छ । नेताहरु भने अझै संघीयताको पक्षमा छन् । त्यो पनि गलत तर्कका साथ । उद्योग बाणिज्य संघमा फागुन ९ गते भएको कार्यक्रममा जिल्लाका पार्टीहरुको तर्फबाट संयुक्त अवधारणा प्रस्तुत गर्दै एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज अनिल शर्मा बिरहीलले संघीयता विश्वको सर्वोत्कृष्ट शासन प्रणाली हो भन्ने ठोकुवा पेश गरे । अनिल शर्मा अज्ञानी पक्कै छैनन् । उनी ज्ञाता हुन् तर ज्ञान हुँदा हुँदै पनि सरासर झुटो बोले ।
संघीय शासन प्रणाली आफैमा राम्रो या नराम्रो हुँदै होइन । कुन देशलाई कस्तो शासन प्रणाली चाहिने हो त्यो आवश्यकताको आधारमा संघीयता लागू गर्ने या नगर्ने भन्ने निक्र्यौल हुन्छ । विश्वमा दुई सयभन्दा बढी देशहरु छन् तर ३० वटाभन्दा पनि कम देशमा मात्रै संघीयता छ । अनि संघीयता अपनाएका सवै देशहरु सफल छैनन् । केही देशमा मात्रै संघीयताले हित गरेको छ नत्र भने जातीय मारकाट र देश विखण्डनलाई नै टेवा दिएको छ । अनिल शर्माले केन्द्रिकृत र एकात्मक शासन प्रणालीको घोर विरोध गरे । केन्द्रिकृत शासन प्रणालीको विरोध गर्नु आवश्यक छ तर एकात्मक शासन प्रणाली नराम्रो होइन । आज विकशित भनिएका जापान चीन बेलायत जस्ता देशमा एकात्मक राज्य व्यवस्था छ । केन्द्रिकृत शासन र एकात्मक शासन एउटै हो भनेर जनतालाई सुनाउनु ठुलो बेइमानी हो ।
आज एकात्मक शासन प्रणालीमा गएका देशहरुले धेरै राम्रो उन्नत्ति गरेका छन् । तर अनिल शर्मा जस्तो विद्वान नेताले एकात्म र केन्दिकृत शासन प्रणालीलाई एउटै घानमा हालेर विरोध र संघीयताको गलत तथ्यका साथ विश्लेशण र वकालत गर्नु दुख्ख लाग्दो हो । नेताहरुको यस्तै बेइमानले गर्दा हामीहरु आज ुचितवन टुक्राउन पाइदैनु भनेर आन्दोलित हुनु पर् यो । अनि चाडै नै ुसंघीयता चाहिदैन देश टुक्राउन पाइदैनु भनेर जाग्नु पर्ने अवस्था पनि आउँदै छ ।
२) चितवनमा जे हुँदै छ त्यो संघीयता विरोधी नै काम हो = चितवनमा भएको आन्दोलन प्रष्ट रुपमा संघीयताको सिद्धान्त विपरित नै छ । यहाँ नेपाललाई तीन टुक्रा होइन चार टुक्रा होइन चौध टुक्रा लगाउँदा पनि अझै टुक्राउनु पर्छ र संघ बनाउनु पर्छ भन्ने आवाज संघीताका पक्षधरहरुको छ । हामी चितवन चार टुक्रा हुन थाल्यो भनेर चित्त दुखाउँछौ । अनि अर्को अचम्म संघीयताका पक्षधरहरु टुक्राउने कुरा गरेका छन् हामी भने िसंगो चितवनलाई कायम राखेर यसमा अझै तनहुँ गोरखा धादिङ मकवानपुर पसा्र र नवलपरासीका भुभागहरु समेत जोड्ने माग गर्दै छौं । संघीयताले जोड्ने काम गर्दै गर्दैन टुक्राउने मात्र हो ।
भारतको उदाहरण हेरौं उत्तर प्रदेश टुक्रेर उत्तराखण्ड राज्य बन्यो । बाँकी रहेका उत्तरप्रदेशलाई फेरि चार टुक्रा बनाउने कुरा उठ्दैछ । टुक्रनु संघीयतको विशेषता हो । हामी यो विशेषता विपरित गएर चितवन टुक्रदा चित्त दुखाउँछौं अनि चितवनमा अरु भुभाग गाभ्नु पर्छ भन्छौं । चितवन अखण्ड राख अझै बढाउ बरु केन्द्र शासित राज्यमा राख भनेर हामी आन्दोलन गर्छौ भने हाम्रो आन्दोलनले संघीयताको प्रष्ट विरोध गरेको छ ।
अनि योभन्दा पनि महत्वपुर्ण तथ्य के हो भने यो देशमा अरुलाई भन्दा बढी जनजातिहरुलाई संघ चाहिएको छ क्षेत्रीयतावादी राजनीति गर्ने मधेसीहरुलाई राज्य चाहिएको छ । चितवन चार टुक्रा पारेर दुई खण्ड जातीय राज्य मगराँत र तामसालिङमा राख्न खोजीएको हो भने एक टुक्रा मधेसमा दिन लागिएको हो । संघीयता बिना जातजाति र मधेसीको विकास सम्भव छैन भनेर र वकालत गर्ने तर चितवन टुक्राएर उनीहरुलाई दिन गाह्रो मान्नु आफैमा संघीयताको विरोध हो । नेताहरुको यो दोहोरो चरित्र संघीताका विरोधीले पनि राम्रैसँग बुझेका छन् संघीयताका पक्षधरहरुले पनि राम्रोसँग चाल पाएका छन् ।
३) विकास र विकेन्द्रिकरण गफै मात्र रहेछ = संघीयता भनेको राज्यको माथिल्लो निकायको अधिकार जनतासम्म ल्याउने विधि हो भनेर हामीलाई भनियो । तर के रहेछ अहिले प्रष्ट भयो । चितवनलाई के गर्ने भनेर यहाँ आएर कसैले सोधे न काठमाडौंमा नै बसेर चार टुक्रा बनाइयो । दिनको संकेत बिहानीले गर्छ भन्छन् संघीयतको सिमा निर्धारण गर्दा त यहाँकालाई वास्ता गरिएन जनतालाई टेर्दै नटेर्ने हाम्रा नेताले भोलि के गर्छन् कुरा अहिल्यै छर्लङ भएको छ ।
नेपाल जस्तो अविकशित देशको विकास गर्न संघीयता चाहिएको हो भनिन्छ । संघीयताले विकास हुनछ भनेर नेताहरुले नै पत्याएनन् । जनताले त झन के पत्याउनु । चितवनलाई चार टुक्रा पार्दा विरोधमा भनियो प्रशासनिक कामका लागि पाल्पा जान गाह्रो छ जनकपुर जान सकिन्न धुलिखेल पुग्न कष्ट हुन्छ त्यसैले जे छ यही कायम गरौं । यो विकास हुँदैन भन्ने लागेर नै आएको अभिव्यक्ति हो । विकास हुने भए रेल चढेर या जाहाज चढेर अथवा राम्रो सडकमा बस जीप नै चढेर नेपालको पुर्व पश्चिम पुग्न कठिन हुँदैन ।
संघीयताले विकास हुने कुरामा विश्वस्त हुन सकेको भए हामी बरु दुई चार वर्ष कुर्न तयार हुने थियौं जनकपुर पाल्पा पुग्न आनाकानी गर्ने थिएनौं । विकास हुन्छ भन्ने केही ग्यारेण्टी छैन त्यसैले हामी पाल्पा जनकपुर र धुलिखेल जान आनाकानी गर् यौ अनि आन्दोलन गर्न त_िम्सयौं र भन्यौ 'चितवन टुक्राउन पाइँदैन ।'
४) अब के गर्ने = चितवन टुक्राउन पाइदेन भनेर हामीले संघर्ष थाल्यौ अब संघीयता खारेज गर एकात्मक राज्य व्यवस्था कामय गर भनेर आन्दोलनको उभार ल्याउन आवश्यक छ । संघीयताको विशेषता देश टुक्राउने नै हो । विकेन्द्रि करण र स्वायत्तता सहितको एकात्मक राज्य वयवस्थामा केन्द्रका अधिकार प्रदेशदेखि राज्यको तल्लो इकाइसम्म पुग्न सक्छ तर देश टुक्राउन पाउने अधिकार रहँदैन । देश टुक्राउँछु भनेर धम्की दिँदै राजनीति शक्ति बलियो बनाउने दुर्गुण संघीयताले बोकेर आउँछ । स्वायत्तता सहितको एकात्मक प्रणालीमा देश विकासका लागि काम गर्नु पर्छ देश टुक्राउँछु भनेर गफ गर्न र धम्की दिन पाइदैन ।
संघीयता हुनहुन लाग्दा त यहाँका नेताहरु देश टुक्राउँछु भन्ने धम्कि दिँदै पद र कुर्ची हड्पेर बस्छन् । अकुत सम्पति कुम्ल्याएका छन् । देशको विकास गर्ने नियत नै नभएकाहरु र भ्रष्टाचार गरेर गन्हाएकाहरुले देश टुक्राउ छु भन्ने धम्की दिदैछन् । मानि लिउँ देश टुक्राउँछु भन्ने नेतालाई 'ल लैजान त कति लैजाने हो' भनेर सोध्ने हो भने उसले भन्ने छ 'तिमीले लैजाउ भन्दैमा त्यो ठाउँ म तुरुन्तै लान्न । मलाई तिमीहरुले विकास गर्ने बजेट देउ त्यहाँ पहिला विकास होस त्यसपछि हेरौंला' भनेर बार्गेनिङ सुरु गर्छ । अर्थात देश टुक्राउने धम्की दिदै पैसामा सुत्न पाए पुग्छ नेपालका केही नेतालाई ।
र अन्त्यमा संघीयताको विरोध कसैलाई अपाच्य लाग्ला । तर नेपाल र नेपालीको हित गर्नलाई र हाम्रो देशको आवश्यकतालाई ख्याल राखेर संघीयता अपनाउन थालिएको पटक्कै होइन । यो त देश टुक्राउछु भन्ने विखण्डनकारीलाई बल दिन अपनाउन थालिएको हो । अनि नेपालीहरु सधै झगडा गरुन् एकमत बन्न नसकोस देश विकास रोकियोस भनेर विदेशीले नेपालमा छिराइ दिएको कलहको बीउ मात्रै हो । यो बीउलाई अंकुराउन नदिएकै राम्रो हुने छ ।
पत्रकार देबप्रकास त्रिपाठीले काठमाडौंबाट निस्कने घटना बिचार साप्ताहिकमा लेखेको लेखको अंश पनि हेरौंन । उनले लेखेका छन् 'संघीयढाँचामा मुलुकलाई लैजाने सोँच जे जस्तो सकारात्मक कारण र नियतले गरिएको भए पनि कालान्तरमा अरु कसैको चाहना पुरा गर्ने प्रस्थान बिन्दु मात्र बन्ने निश्चित छ । त्यसैले संघीय पद्धतिमा जाने सोचबाट फिर्ता हुन प्रचण्डलाई बिनम्र आग्रह गरिन्छ ।' संघीयता आफैमा खराव हो भनेर म भन्दिन तर नेपालमा संघीयतका सकारात्मक पाटोभन्दा नकारात्मक पक्ष हावी हुने तथ्यलाई नजर अन्दाज नगरौं ।

Wednesday, September 28, 2011

चरीमाया

फोटो हेर्दा अलि उमेर भए झै देखिन्छ, तर यी मान्छे सानै छन् शरीरले नसमाएको ह्वाङ्ल्याङ्गको हरियो ब्लाउज, आकासे रङ्को बुट्टे सारी, दाहीने नाडीमा हरियो चुरा, देब्रे नाडीमा एउटा हरियो अरु रातो चुरा, खुट्टामा नमिलेको प्लाष्टिकको कालो चप्पल, नाकमा गोलो मुन्द्री यो या बुलाँकी के हो झुण्डीएको, यस्तो पहिरनकी ति युवतीको अनुहारमा कुनै चहक छैन साह्रै नै पिर परेर टोलाएकी जस्ती, रुदा रुदै भर्खर थामिएकी बालिका जस्ती उनी बालिका होइनन् यो कुरा उमेर अरु कुराले भन्दा पनि गलामा झुण्डीएको लामो रातो पोतेले भनि रहेको
'तिम्रो नाम के हो ?' नजिकै गएर सोध्दा उनी झसङ्ग भइन उनी साच्चिकै टोलाएर बसेकी रहिछन् मेरो आवाज सुनेपछि उनको आँखा केही सल्बलाए गालामा अडाएको हात झिकिन घुँडामा पुराइन् सारीलाई घुँडाबाट केही तल सारिन् तर मेरो सोधाइको सुनुवाइ गरिनन् अनि मैले फेरि उनलाई पहिलाको प्रश्न दोहराए आडैमा एकजना युवक थिए, दाहिने हातले विस्तारै कोट्टाइन उसलाई त्यसपछि के होला भन्दै युवकले तर्फ हेरो मैले फेरि सोध्नु परो उनको नाम के हो भनेर
'उसको नाम चरी माया हो' युवकले भन्यो त्यो युवक चरीमायाको लोग्ने रहेछन् युवक पनि खाइ लाग्दो थिएन मैले सोधे चरीमाया भए तिमी को नि यसले भन्यो ' बुधराम ' यी दुवै नेपालका सिमान्तकृत आदिवासी समुदाय चेपाङको छोराछोरी हुन् चेपाङहरु चितवनको पहाडी क्षेत्रमा बस्छन् चितवनको विकट पहाडी क्षेत्र लोथर गाविसको वडा नं. कान्दाका बासिन्दा हुन् चरी बुध कान्दा जान पैदल हिड्नु पर्छ पैदल हिड्ने बानी नभएकाहरुलाई राजमार्गबाट १२ घण्टाभन्दा बढी लाग्छ कान्दा पुग्न कान्दाका बासिन्दाले या सात घण्टामा काट्छन् यो बाटो
चरीमायालाई सोध तिम्रो उमेर कति हो भनेर तर उत्तर बुधरामले नै दिए १७ भनेर बिहेबारी २० पारी भन्ने नारा त्यो कान्दामा के लागु हुनु अझ उनीहरुको बिहे भए कै पाँच वर्ष पुगे तिम्रो उमेर कति नि मैले बुधरामलाई सोध्दा उनले २१ भने अर्थात बुधराम १६ चरीमाया १२ कि हुँदा यी दुईबीच लगन गाँठो बाँधिएको रहेछ बिहेको दुई वर्षमा चरीमायाले छोरी जन्माइछन् यी चरी १४ वर्ष मै आमा बनेकी रहिछन् तर चरीको कोख अहिले रित्तै
जन्मेको १० महिना मै छोरीको मृत्यु भएको रहेछ 'घाँटी घ्यारघ्यार भइरहन्थ्यो बचाउ नै सकिएन' बुधरामले खिन्न हुँदै भने उनलाई के भएको हो गाउँको ठुलो धामीले पनि खुट्ट्याउन सकेन धामीले नसकेपछि कालले लैजाने नै भयो भन्छन् बुधराम त्यो ठाउँमा डाक्टर भने पनि भगवान बने पनि त्यही धामी नै हो 'अस्पताल ज्यादै टाढा पो है सर' बुधरामले भने टाढा भएकाले अस्पताल आँगन टेक्न पाउँदैनन् धेरैले
'कान्दा' यो नामले तपाइँहरुलाई पक्कै केही सम्झना भएकै होला यो त्यही गाउँ हो जहाँ गत वर्षको जेठमा जंगलबाट ल्याएको विषालु च्याउ पकाएर खाँदा एकै घरका आठजनाको ज्यान गएको थियो चितवन जस्तो कहलिएको सुगम जिल्लामा भइकन पनि कान्दाको कष्ट कर्णाली क्षेत्रको कुनै गाउँको जस्तो चरीमायाको पोते यसैको उदाहरण हो चरीमायाको रित्तो कोख यसैको प्रमाण हो कान्दा चितवनका सरकारी निकायको आँखा पर्न नसकेको गाउँ हो जहाँ चरीमायाको जस्तो पिडा, त्यहाँ रहेका ५६ घरमै चाडै ननिस्कने पाहुना जस्तो बास बसेको

Wednesday, September 14, 2011

देउजरकी हरिमाया

हरिमायलाई मैले साउनको अन्तिम हप्ता भरतपुर अस्पतालमा देखेको थिए उनी गर्भवती भएकी रहिछन् गर्भवती महिलाले स्वास्थ्य केन्द्रमा नियमित जाँच गराउनु पर्छ त्यसैका लगि उनी अस्पताल आएकी थिइन् नाम हरिमाया चेपाङ ठेगना सिद्धि गाविसको देउजर हो भन्ने सुनेपछि मेरा कान केही ठाडा भएका थिए सिद्धि गाविस चितवनको पहाडी गाविस हो जहाँ ८५ प्रतिशतभन्दा बढी चेपाङ बसेका छन् चेपाङहरु सिमान्तकृत वर्गमा पर्ने नेपालका आदिवासी जनजाती हुन् पहाडी पाखेरामा कष्टकर जिवन बिताइ रहेका उनीहरुको आर्थिक अवस्था कमजोर अनि शिक्षा स्वास्थ्य तथा समाजिक जागरणको क्षेत्रमा पनि पछाडी छन् भन्ने गरिन्छ
त्यस्तो ठाउँ सामाजिक अवस्थाकी हरिमाया स्वास्थ्य परीक्षणको लागि भरतपुरसम्म आइन भन्ने सुन्दा कान ठाडो हुनु स्वभाविकै हो भरतपुर आसपास कै धेरै गर्भवती महिला अत्यावश्यक नियमित स्वास्थ्य जाँचका लागि अस्पतालनआउने परिपाटी भरतपुरबाट धेरै टाढा देउजर गाउँकी हरिमाया भने आइछन् अरुले पछाडी परेको भनेर बुझ्ने गरेको चेपाङ समुदायमा स्वास्थ्यका लागि आएको गज्जबको चेतनको रुपमा लिए मैले यसलाई त्यो बेलाको कुरा थियो उनै हरिमाया हिजो भदौ २८ गते बुधबार फेरि भेट भइन्
देउजर उनको पुरानो गाउँ रहेछ केही वर्षयता भने पदमपुरको नयाँबस्तीमा बस्ने गरेकी रहछिन् त्योबस्ती भन्दा झण्डै तीन किलो मिटर पर दक्षिणमा रहेको जुटपानीको प्राथमिक स्वास्थ्य केन्द्रमा देखिएकी हुन् उनी एक महिनाअघिको भेषभुषामै थिइन उनी, त्यही पुरानो मैलो म्या_िक्स भिरेकी कपाल पनि राम्रोसँग नकोरेकी हरिमाया लौन पेट दुख्यो भन्दै स्वास्थ्य केन्द्र आएकी रहेछन् परीक्षण पछि स्वास्थकर्मीले हरिमाय सुत्केरी हुने अवस्थामा पुगेको ठहर गरे तर उनी भने घर जाने अडान राख्न थालिन्
'घरमा कोही छैन बाख्रा चराउँदा चराउदै यसो दाम्लोमा बाधेर आएको घाँस हाल्न पनि पाएको होइन' हरिमायले घर जानु पर्ने बाध्यता खोलिन् हरिमायाले योभन्द्या अघि दुईवटा बच्चा जन्माएकी छन् जेठी छोरी नौ अर्को छोरो वर्षको यी दुई बाहिर बसेर पढ्छन् घरमा लोग्ने उनी मात्रै सातवटा बाख्रा छन् घरमा कमाइको राम्रो स्रोत हो यो लोग्ने साह्रै सिधा सोझा छन् कुल्ली काममा जान्छन् बिहान बाख्रा लिएर जंगल जाँदा लोग्ने कुल्ली काममा निस्केका थिए त्यसैले घरमा बाख्रा स्याहार्ने कोही भएन भनेर हरिमाया निकै पिरोलिएकी थिइन्
पेट दुखेपछि साइकल चढेर हुत्तिदै उनी स्वास्थ्य केन्द्रमा आइपुगेकी थिइन् साइकलमा दौडिदै गएर बाख्रालाई घाँस बाँधेर फेरि आइ हाल्छु भन्ने प्रस्ताव राखिन उनले तर नस्रहरुले जाँदौ गर्दा बाटो मै बच्चा जन्मियो भने के हुन्छ भनेर हकारे यो हकराइले पनि हच्किनन् हरिमाया उनी बेडमा बस्नुको साटो दौलोमा आएर उभिन थालिन् मौका मिले साइकल टिपेर घर दौडने हुन कि भन्ने पिरलो भयो स्वास्थ्यकर्मीलाई कसैसँग खवर पठाएर श्रीमानलाई यही बोलाउ भन्ने सल्लाह दिए हरिमायालाई उनीहरुले केन्द्रमा आएको एक युवकलाई केही कुरा भनेर पठाइन उनले हरिमायाको लाग्नेलाई पनि मैले भरपुरमा भेटेको थिए देखे चिन्न सक्छु मै गएर ल्याइदिउँ क्याहो भन्ने लाग्यो तिम्रो लोग्ने कहाँ छन् भनेर सोधे उने क्ल्व चोकमा घर बनाउने काम गर्दैछन् भनिन् क्लव चोक टाढा थिएन त्यसैले मैले बाइक लिएर उनको श्रीमान खोजिदिन गए पुरा क्लव चोकका एकएक घर हेरे तर हरिमायाका श्रीमान देखा परेनन् रित्तो हात फर्के
स्वास्थ्यकेन्द्र छिर्दा मैले हरिमायाका श्रीमानलाई बेाजमा टुक्रुस्स बसेको देखे लोग्ने गएपछि हरिमाया केही ढुक्क देखिन् उनले लोग्नेलाई घर गएर बाख्रा स्याहर्न फेर्ने कपडा लिएर आउन अराइन् साइकल बोकेर हरिमायाका लोग्ने गए त्यसपछि बल्ल हरिमाया शैयामा गएर पल्टिन् जुटपानीको प्राथमिक स्वास्थ्य केन्द्रमा प्रशुति सेवा सुरु भएको एक वर्ष पुगेको रहेछ कुल ७२ जना त्यहाँ आएर सुत्केरी भएका रहेछन् हरिमाया जस्ता चेपाङ समुदायका कतिजना सुत्केरी भए छन् ? नस्रहरुले ढड्डा नै पल्टाएर खोज्न थाले ७२ मा चेपाङ महिला जम्मा दुईजना मात्रै रहेछन्




Wednesday, August 31, 2011

संविधानको लागि तपस्या

स्कुल पढ्दा हामीले नेपालका कुनै प्रचिन राजाका बारेमा घोक्ने गरेको कुरा यस्तो थियो ती राजाले गर्मीमा पंचअग्नी ताप्ने गर्दथे जाडोमा कपडा समेत नलगाएर हिमालयमा गए तपस्या गर्दथे आफ्ना मनोभावनाहरु पुरा गराउन भगवान पुर्कार्दै उनले त्यसो गर्ने गरेको हाम्रा पाठ्यपुस्तकमा बर्णन थियो ति राजाको सम्झना यो बेलामा किन भयो भन्ने लाग्न सक्छ अस्ति भदौ १३ गते मध्यान्हमा भरतपुरमा देखेको एउटा दृश्यले उहिल्यैको त्यो पढाइ याद दिलायो
भदौ महिनाको चर्को गर्मी, आकास बादल बिहीन थियो मध्य दिनको सुर्यको तापले सडकको कालोपत्रे पग्लेलाझै भएको थियो यस्तो बेलामा ६९ वर्षका एक बृद्ध प्ले कार्ड बोकेर सडकमा निस्किए चितवनको विकट पहाडी गाविस कोराकका बिर्खबहादुर चेपाङ 'समय मै संविधान देऊ' भन्ने नारा लगाउँदै खाली खुट्टा तातो पिचमा फटाफट हिँडे हामीले पढेको राजाको सम्झना गराउँदैन यो दृश्यले
नेपाल चेपाङ संघ चितवन जिल्ला कार्य समितिले भरतपुरमा आयोजना गरेको दवाव र्याली कोणसभामा भाग लिन उनी कोराकबाट आएका हुन् भरतपुरबाट उत्तर पुर्वी दिशामा रहेको कोराक ५० किलो मिटर टाढा तर २० किलो मिटर मोटर बाटोमा हिडेर अरु बाटो पैदल जानु पर्छ 'गाउँमा चप्पल लगाउने गरेको छैन' संविधान माग्न सदरमुकाम आएका बिर्खबहादुरले भने
चेपाङहरु नेपालका सिमान्तकृत आदिवासी हुन् विकड पहाडी क्षेत्रमा बस्ने हुनाले उनीहरु आर्थिक रुपमा नाजुक अवस्थामा छन् पाखो खेत बारीमा फलेको अन्नले तीन महिना पनि खान नपुग्ने चेपाङहरुको संख्या अत्याधिक 'खाने पुग्दैन चप्पल लगाउने राम्रा कपडा फेर्ने कुरा सम्भवै छैन' बिर्खबहादुरले सुनाए अरु बेला लगाएर संविधान माग्नका लागि कठोर बन्नका लागि पनि फुकालेका होइनन् उनले चप्पल उनको नियति नै यस्तो
संविधान के हो ? सरकार के हो ? अहिले प्रधानमन्त्री को ? यस्ता कुराको केही मेसो छैन उनलाई हिजो देशमा अशान्ति थियो भन्ने कुरा भने थाहा उनलाई उनको गाउँमा लुक्नका लागि माओवादी जान्थे माओवादी खोज्दै सेना पनि पुग्थे भिडन्त भएर मान्छे पनि मरे कोराकको चिप्लेटी नजिकैको वीरेन्द्रनगरमा भिडन्त भएर मान्छे मरेको उनको दिमागमा ताजै
'अब त्यस्तो लडाइ नहोस भन्ने चाहना मात्रै हो मलाई अरु धेरै कुरा थाहा भएन' बिर्खबहादुरले भने तर उनका चाहना यहाँका नेताले सुन्ने नसुन्ने ठेगान छैन गाउँका साथीहरुले जाउँ भनेकाले उनी सदरमुकाम आएका हुन् गाउँबाट भरतपुर पनि उनी कमै आउजाउ गर्छन् संविधान माग्न चितवनमा विभिन्न पहाडी गाउँबाट भरतपुर आएका चेपाङहरुमा बिर्खबहादुर जस्ता चप्पल बिहीन चेपाङ चारजना थिए
भरतपुरको केन्द्रीय बसपार्कमा भेला भएर उनीहरुले र्याली निकाले तीन् किलो मिटर तातो पिच हिडेर र्याली चितवन जिल्ला विकास समितिको कार्यलय प्राङगण भित्र छिर्यो जहाँ कोणसभा सम्पन्न भयो 'चेपाङ बहुल्य चितवन धादिङ गोरखा मकवानपुर तनहुँमा जिल्लामा हामीले र्याली निकालेका हौं' नेपाल चेपाङ संघका केन्द्रीय महासचिव यमन चेपाङले जानकारी दिए
भदौ १४ मा संविधानको मस्यौदा जारी हुनु पर्ने उनीहरुको माग थियो चेपाङ बाहुल्य क्षेत्रलाई चेपाङ स्वायत्त गणराज्य घोषणा गर्नु पर्ने उनीहरुको अर्को मुख्य माग रहेको विकट क्षेत्रमा बस्ने लोपोन्मुख अवस्थाका जाति भए पनि संविधान सभामा दुईजना चेपाङ पुगेको छन् माओवादी एमालेले समानुपातिक सिटमा एक एकजना चेपाङलाई सभासद बनाएका छन्



Sunday, August 7, 2011

खै कस्ले सुन्ला यीनका कुरा

गत वर्ष जंगली च्याउ खाँदा एकै परिवारका आठजनाको दुःखद निधन भयो यो पटक गाउँको सानो स्कुल पहिरोले भत्काइदियो भत्केको स्कुल मर्मतको कुरा पर जाओस सो स्कुलमा पढाउने शिक्षक समेत नहुने भए शिक्षकको तत्काल व्यवस्था होस भन्ने माग लिएर आइतबार जिल्ला शिक्षा कार्यालय आएका चितवनको विकट क्षेत्र कान्दाका बासिन्दा झनै निराश भएर फर्के
लोथर गाविस चितवनको विकट पहाडी गाविस हो सो गाविसको वडा नं. मा पर्ने कान्दा गाउँ लोथर गाविसकै विकट गाउँ हो कान्दा पुग्न पुर्व पश्चिम राजमार्गको वीरेन्द्रनगर या भण्डारमा झरेर १२ घण्टा पैदल हिड्नु पर्छ सो गाउँमा वि..२०५८ सालमा कान्देश्वरी राष्टिय प्रथामिक विद्यालय खुलेको
कक्षा चारसम्म स्वीकृत पाए पनि त्यहाँ पाँच कक्षासम्म पढाइ हुँदै आएको कान्दा गाउँका सयजना विद्यार्थी सो विद्यालयमा पढ्छन् 'अब भने सवैलाई एक्लैले पढाउनु पर्ने भएको ' विद्यालयका प्रधानअध्यापक बालकृष्ण थपलियाले भने प्राविसम्म पढाइ हुने विद्यालयमा कम्तीमा दुईजना दरबन्दीको शिक्षक रहनु पर्ने भए पनि त्यहाँ एकजना मात्रै छन्
चार वर्षदेखि त्यहाँ अर्का शिक्षक सहदेव पाठकले पनि बालकृष्णलाई सहयोग गर्दै आएका थिए दरबन्दीको एकजना शिक्षकले ५० जना विद्यार्थीलाई पढाउनु पर्छ त्योभन्दा बढी विद्यार्थी भए सरकारले बालकोष (पीसीएफ) मार्फत अरु शिक्षकको लागि रकम व्यवस्था गर्छ ५० भन्दा बढी विद्यार्थीका लागि आउने रकमबाट शिक्षक पाठकको तलब भुक्तान हुँदै आएको थियो
पीसीएफबाट गत वर्षसम्म विद्यालयमा ६० हजार रुपैयाँ गएको थियो यो वर्ष जम्मा नौ हजार रुपैयाँ जाने भयो 'एक वर्ष पढाएर नौ हजार रुपैयाँ लेउ भन्न सकिएन सहदेव सरले जागरि छाड्ने अवस्था आयो' प्रअ थपलियाले भने कान्दा गाउँमा चन्दा अनाज उठाएर निजी स्रोतमा शिक्षक राख्न सक्ने अवस्था छैन
त्यसैले आइतबार चितवन जिल्ला शिक्षा कार्यालयमा प्रअ थपलिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर तमाङ शिक्षक अभिभावक संघका अध्यक्षा सिताबहादुर चेपाङ सहितको टोली कुनै उपाय निस्कन्छ कि भनेर आइपुग्यो गाउँलेका कुरा सुनेपछि जिल्ला शिक्षा अधिकारी बैकुण्ठराज अर्यालले तत्काल समस्या सुल्झाउने कुनै उपाए छैन भने जवाफ दिए
यसभन्दा अघि उनीहरुले गाविसका प्रतिनिधिहरुलाई पनि भेटेका थिए 'उनीहरुले तलबका लागि भनेर पैसा दिन सकिन्न बरु हामीले केही रकम दिन्छौ त्यो लगेर अमि्रसो लगाउँ कागती खेती गर त्यही बेचेर तलबमा खर्च गर भन्ने दिर्घकालिन उपाए दिएर पठाए' प्रअ थपलियाले भने अहिले वर्षे विदा भएको स्कुल भदौ लागेपछि खोल्ने कि नखोल्ने भन्ने दोधार उत्पन्न भएको
कान्दाबाट अर्को विद्यालय यउरालीटार भन्ने ठाउँमा कान्दाबाट त्यहाँ पुग्न चार घण्टा लाग्छ पाँच कक्षा उत्तीर्ण भएपछि पनि टाढा जानको धौले धेरै विद्यार्थीले पढाइ छाड्छन् कक्षा एक पढ्नको लागि त्यहाँ पुग्ने कोही हुँदैनन् 'खान राखेको मानो काटेर स्कुल खोल्यौं अहिले आएर शिक्षकलाई तलब पनि दिन नसकेर बेहाल हुने भयो' सिताबहादुरले दुखेसो पोखे





सिमलाको श्रमदेखि गैंडा सिकारसम्म

चितवनको पहाडी गाविस कोराकको वडा नं चिप्लेटी गाउँका काजिमान चेपाङको चार पाँच वर्षअघिसम्म गाउँमा छुट्टै शान थियो गाउँदेखि धेरै टाढा रहेको भारत हिमांचल राज्यको सिमलामा श्रम गर्न उनी मात्रै जाँदैन थिए गाउँका युवाको टोली नै त्यहाँ पुर्याउँदथे सिमलाको श्रमले काजिमानको मात्रै होइन गाउँका धेरै घरको चुल्हो राम्रोसँग बल्न सहयोग पुगेको थियो
उनै काजिमान अहिले भरतपुर कारागारमा थुनिएका छन् दुर्लभ वन्यजन्तु गैंडा मारेको जघन्य अपराधमा उनी जेल परेका हुन् एउटा दुईवटा हो नौ नौवटा गैंडा मारेको अभियोग लागेको उनीमाथि परदेश पुगेर श्रममा रमाइ रहेका उनी गैंडा सिकारी कसरी भए ? काजिमान भन्छन् 'सुरुमा निकुंजले मलाई अनाहकमा गैंडा सिकारी भनेर खोज्न थाल्यो भाग्दा हिड्दा पछि त्यही काममा लागियो '
काजिमानका काका विजराम चेपाङ वडाध्यक्ष समेत भएका व्यक्तिहुन् उनी भन्छन् ' विस २०४९ सालमा पहिलो पटक सिमला पुगेको हो ' सिमलामा घर बनाउने कुल्ली काममा लागे काजिमान त्यहाँ चाहिने कामदार गाउँबाटै मगाउन थाले उनले एक पटक युवाहरुको समुहको पछि लागेर विजराम पनि सिमला पुगे
'के कस्तो रहेछ भनेर हेर्न गएको थिएँ' विजरामले भने धेरै टाढा गए पनि युवाहरुले मिहनेत गरेर दुईचार पैसा जोडेको देख्दा विजराम दंग थिए काजिमाले गाउँका केटाहरुका लागि पनि केही गरेको देख्दा उनी झनै मख्ख थिए विस २०५६ सालमा आमा बितेको खबर सुनेर काजिमान घर आए त्यसपछि भने उनी फर्केनन् गाउँ मै बसे
सिमलामा सिकेको सिप उनी गाउँ ठाउँमै लगाउन थाले 'सिमलामा घरको गाह्रो लगाउने ढुंगा बोक्ने कुल्ली काम गर्दथ्यो यहाँ घर बनाउने ठेक्का लिन थाल्यो' विजरामले सुनाए चेपाङहरु नेपालका अल्पसंख्यक आदिवासी हुन् पहाडी पखेरा नजिक बस्ने उनीहरु विपन्न छन् 'काम गरेर दुई चार पैसा जोड्नु मेरो लागि अभिसाप भयो' भरतपुर कारागारमा रहेका काजिमानले कुरा खोले
कोराकमा पहिलेदेखि नै गैंडा सिकारीको बिगबिगी थियो काजिमानको आर्थिक हैसियतमा सुधार देखिएपछि निकुंजले उनीमाथि पनि शंका गर्यो 'मलाई ६० सालबाट निकुंजका मान्छेले खोज्न थाले' काजिमानले भने 'खोजेका मान्छे समातेर निकुंजले कहिल्यै छाड्दैन थियो त्यसैले निकुंजले समात्न थुन्ने भयो भन्ने डरले लुक्दै हिड्न थाले '
काजिमान लुक्न थालेपछि निकुंजको शंका झनै झाँगिदै गयो उनी घरमा बस्नै नसक्ने हुन थाले यही मेसोमा उनको भेट कोराक कालिखोलाका राजकुमार चेपाङसँग भयो राजकुमार त्यो बेलाका नामुद गैंडा सिकारी थिए 'अब कामै नगर्दा तेरो नाम मुछियो घरमा बस्न नसक्ने भइस बरु मसँगै हिँड भनेर राजकुमारले कर गर्यो' काजिमानले पुरानो दिन सम्झिए
त्यसपछि राजकुमारको पछि लागेर काजिमान गैंडा मार्न निस्किए यो विस २०६३ सालको कुरा हो हाल ३१ वर्षका भएका काजिमान ६६ सालसम्म गैंडा मार्ने काममा लागेको स्वीकार गर्छन् तर गैंडालाई सिधै गोली हानेको भने उनले इन्कार गरे उनका अनुसार बलबहादुर प्रजा भन्नेले गोली हान्थ्यो गैंडा मरेपछि राजकुमारले खाग झिक्थ्यो
कहिले काही राजकुमारले भनेको ठाउँमा खाग पुर्याउन जान्थे रे काजिमान उनले चितवनको खुरखुरेमा गएर एकजना अपरिचतलाई खाग जिम्मा लगाएका रहेछन् अरु बेला जंगलमा गैंडा कुरेर बस्ने समुहमा मिसिएर भात पकाउने गस्ती आएको नआएको हेर्ने गर्दा रहेछन् निकुंजको जंगल भित्र गैंडा ढुकेर १२ दिनसम्म बसेका रहेछन् उनी
'नोऊ पटक काममा जाँदा साढे लाख रुपैयाँ हात पर्यो' काजिमानले कमाइका बारेमा भने थोरैमा २० हजारदेखि बढीमा एक लाख ५० हजार रुपैयाँसम्म बुझेका रहेछन् उनले पैसा राजकुमारले नै दिन्थ्यो रे उसले जे जति दियो थाप्यो हिड्यो किन थोरै भनेर प्रश्न समेत उठाउन नपाइने काजिमानले बताए
निकुंजले नामुद सिकारी भनेको राजकुमार गोरखाबाट किर्ते नागरिकता झिकेर राहदानी बनाइ विदेश गएको काजिमान बताउछन् उनी भने विस २०६७ सालको फागुन १३ गते स्याङ्जाबाट समातिए उनी मात्रै हो फुपु पर्ने एकजना सहित काजिमानका दुई श्रीमती बहिनी पनि पक्राउ परे यही अपराधको आरोपमा
गैंडा मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना पाँचदेखि १५ वर्षसम्म कैद या दुवै सजाय हुन सक्छ काजिमानलाई यो कुराको हेक्का पनि नभएको होइन तर निकुंजले त्यस्सै लखेटेपछि अन्तिममा फन्दामा परियो भन्छन् उनी पक्राउ पर्नु अघिका सातआठ वर्ष उनले लुक्दै भाग्दै बिताए कमाएको पैसाको केही ठेगान नै भएन
काजिमानको गाउँमा २२ कठ्ठा खेत पनि जो उनको पुख्र्यौली सम्पत्ति हो हातमा सिप पनि नभएको होइन त्यसैले इज्जत ज्यान जोखिममा हालेर पैसाका लागि गैंडा मार्नु पर्ने अवस्था थिएन भन्छन् उनी सिमला पुगेर भए पनि उनले पसिना बगाएर पैसा जोड्न थालेका थिए तर निकुंजजले यसैमा अनाहकमा शंक गर्दा भुमरिमा परेको हो भन्छन् काजिमान