Saturday, December 18, 2010

एसपी साब अब पाकेटमार समातेर फोटो खिच्चन नबोलाउनु

चितवन प्रहरीले बेलाबेलामा पत्रकारहरुलाई कार्यालयमा डाक्छ माथिल्लो लाको छेउमा रहेको हलमा राख्छ अनि मिनरल वाटर टक्राउँछ पातलै भए पनि दुध हालेको चिया ओसिन नभ्याएको कोकोनट बिस्कुट पनि तेरसाउँछ यता हलमा बसेर पत्रकारहरु केही बेर हल्लिखल्लि गरेपछि कालो चस्मा लगाएका एसपी साबको सवारी हुन्छ दायाँ बाँया डीएसपी इन्सपेक्टर राखेर हलमा पसेपछि डीसपीले लगभग दुई पेजको विज्ञप्ति पढ्छन् जसमा पाकेट मारेका रक्सी खाएर हल्लाखल्ला गरेका एकाध घटना विवरणहरु हुन्छन् पत्रकारलाई यस्ता कुराले सायदै पुग्दो हो अनि अलि गम्भीर मानिएका केही अपराधसँग सम्बन्धित विवरणहरु बारे जानकारी माग्छन् त्यस्ता कुरा दिन भने आनाकानी गर्छन एसपी साब अनि तिनै पाकेटमार रक्स्याहाँहरुलाइए लहरै राखेर फोटो खिच्न पत्रकारहरुलाई आग्रह गर्छन्
प्रहरीको यो सनातन कर्म हो जुन सुकै एसपी आओस यसै गर्छन् सूचना दिएको भनेर साखुल्ले हुन खोज्छन् सूचना दिन बोलाएपछि दौडेर पुग्नै परो पत्रकार प्रहरीको हलमा प्रहरीले मात्रै कति बोलाइ बोलाई सूचना दिनु प्रहरीले नबोलाए पनि सूचना चाहिएकै हुन्छ पत्रकारलाई अनि फोन लगाउने गर्छन एसपी या प्रवक्ता भनिएका डीएसपीका मोवाइलमा कार्यालयमा फोन गर्दा अधिकृतहरु नभेटिने सम्भावान ९९ प्रतिशत रहने गर्छ त्यसैले मोवाइल फोन डायल नगरी सुखै छैन यो हप्ता चितवनका एसपी डीएसपीको मोवाइल असंख्य पटक बज्यो होला धेरैको नम्बरबाट फोन आएको होला कतिका उठाए उठाएनन् थाहा भएन तर पत्रकार भनेर चिनिएका नम्बरबाट आएका फोन कसैका पनि उठाएनन्
फोन नै नउठाउने व्यस्तता थियो भने अफ गरेर राखेको भए हामी पनि चित्त बुझाउँथ्यौ तर पत्रकारका फोन नउठाउने नीति बनाएर बसेपछि हामीले के ठान्ने यहाँका अधिकारीलाई प्रवक्ता भनिएका डीएसपीको बल्ल बल्ल फोन उठ्छ तर सोधेको कुरा पटक्कै चुहाउँदैनन् उनी यो मंसिर २५ गतेको मध्यरातमा चितवनको टाइगर टप्स होटलमा दुईजना व्यक्तिहरु बाजाबाज गरेछन् एउटा ' शक्तिशाली हुँ' भन्ने अहम पालेको व्यक्ति अर्को भर्खर शक्ति गुमाए पनि त्यो स्वीकार गर्न तयार नभएको व्यक्ति दुईजनाले जव नसाको सुरुमा वार्ता सुरु गरे नहुनु अनहोनी हुनु नै थियो, एउटाले गाली मात्रै गर्नेलाई गोलीपड्काइ हाले
गोली पड्क्को हो भनेर सोध्यो जिल्लाका सवै कुरा जान्ने ठानिएका प्रमुख जिल्ला अधिकारी खै प्रष्ट केही जानकारी छैन भन्छन् प्रहरीका एसपी सम्पर्कमै छैनन् सम्पर्कमा आएका डीएसपी त्यस्तो केही भएको नै होइन भनेर सरासर झुट बोल्छन् पत्रकार भनेर सूचना माग्दा यस्तो जवाफ दिने अधिकारीहरुलाई खै के भन्ने के जनताले आन्दोलन गरेर गद्दीबाट पछारका ज्ञानेन्द्र जसलाई अब पुर्वराजा भनिन्छ उनका छोरा पारस जसलाई सुरु देखिनै उद्दण्ड भनेर जताततै चिनिएको हो तिनै पारसले टाइगर टप्समा गोली चलाएछन् सवैले त्यो गोलीका आवाज सुने तर हाम्रा जिल्लाका जिम्मेवार अधिकारीहरु सुने पनि नसुने झै गर्न थाले पारसलाई राजतन्त्र भन्ने भ्रम भए जस्तै यहाँका अकिारीहरुलाई पनि नै भन्ने परेको पो हो कि भन्ने ठान्नु के गलत हुन्छ
यो देशमा राजा उनका परिवारको सवै मानपदवी इतिहास भइसक्यो त्यसैका कारण गोली चलाएपछि पारसलाई समात्नु परो उनी समातिए समातिन लागेका पारसका बारेमा मागेको विवरण पनि दिन चाहेनन् प्रहरी अधिकृतहरुले एसपी साबको फोन उठ्दै नउठ्ने डीएसपी साबले बल्ल बल्ल फोन उठाए तर भने यो विशिष्ट खालको केश परेकाले अरुको जस्तो यो केशको प्रवक्ता होइन त्यसैले मलाई कही नसोध्नु
यताका प्रहरी अधिकृतहरुले यसरी पुच्छर लुकाए तर कास्कीका प्रहरी अधिकारी जहाँबाट पारसलाई समातिएको थियो उनीहरु भने हाका हाकी सवै विवरण दिइ रहेका थिए त्यसपछि विरालोले दिसा लुकाए जसरी यहाँका प्रहरी अधिकृतले सूचना लुकाउनुको कारण बाह्य केही दवार निर्देशन रहेनछ यहीकै अधिकारीहरुको मनको रन्कोले जे भन्यो त्यो अनुसार गरेको प्रष्ट भयो मुद्दामामिलाको प्रकृयासँग सम्बिन्धित सूचना माग्दा पनि पटक्कै केही दिएनन् यहाँका प्रहरी अधिकृतहरुले हामीले पारसलॆ के खाए कस्ता कपडा ल्याएका थिए जस्ता निधीखुदी खोजन लागेकै थिएनौ उनलाई कुन आरोपमा समातिएको हो जस्ता आधिकारिक कुरा पनि दिन तयार भएनन् यहाँका प्रहरी
पारसलाई भरतपुर एयरपोर्ट या तालिम केन्द्र ल्याउने हल्ला चले पनि अन्तमा उनी तालिम केन्द्र भित्र झरे हेलीकोप्टर कति बेला झरेको हो भनेर सोध्दा समेत बताएन प्रहरीले तालिम केन्द्र भोलिपल्टदेखि पारसका भक्तहरुको कब्जामा गयो ति भक्तमा यस्ता अनुहार पनि देखिन्थे जो हाम्रो प्रहरीले पत्रकारलाई बोलाएर अभियुक्त भनि फोटो खिच्न लगाएको थियो हो उनै हावि थिए त्यहाँ 'पत्रकार पछिहट्' भन्दै थर्काँदै अगाडी आएर पारसलाई माला लगाउन खोज्न तम्सनेहरुका अनुहार मैले नियाले हो ति उनीहरुनै थिए जसको फोटो जिप्रका भित्रको चौरमा मेरो क्यामराले खिचेको थियो
जव पारस तालिम केन्द्रबाट गाडीमा बसेर निस्के प्रहरी गेटमा बसेका हुल्याहा केटालाई छेक्दैन बरु फोटो खिच्न पर्ने पत्रकारहरुलाई सकेसम्मको वल लगाएर हुत्याउँछ चितवन प्रहरीले पारस प्रकरणमा सूचना दिन पुर्ण रुपमा असहयोग गरो फोटो खिच्ने बेलामा पनि उत्तिकै अवरोध गरो फोटो खिच्न खोज्यो धकेल्छ मात्रै यही धकेला धकेलमा पत्रकार एकल सिलवाल घाइते भए प्रहरीले लडाएकाले एकलको खुट्टा पारसको गाडीमा ठोक्कियो एसपी साबले पाकेटमार समात्न पक्कै छाड्दैनन् समाति राख तिमी पाकेटमार तर चाहिएको सूचना जुन सूचना मैले घर लगेर रोटी पकाएर खाने कुरा पनि होइन जनमानसमा सार्वजनिक गर्न आधिकारिक तवरमा मात्रै लिन खोजेको कुरा थियो त्यो बेलामा पुर्णरुपमा असहयोग भयो अनि यस्तो ब्यबहार गर्नेले एउटा समान्य पाकेटमारका फोटो खिच्न किन बोलाउने ?




4 comments:

  1. ramro lagao news.thanks ramesh ji keep it up.

    ReplyDelete
  2. प्रहरीको यो सनातन कर्म हो ।

    ReplyDelete
  3. patrakar maha sang le prasan ra prahari ma gyapn patra dina paryo sir

    ReplyDelete
  4. very fine analysis. keep it up. yastai hun6a ramesh ji kaanuni raaj navaye samma.

    hold the patience as well.

    ReplyDelete