Friday, December 3, 2010

धोका दिनेलाई के भनौ र खै

राम्रा कुशन, ढाकाको कपडाको भिर्ने आकर्षक झोला यस्ता समानहरु अरु पनि छन् जस्तै पैसा राख्ना मिल्ने महिलाका पस्र, मोवाइल फोन राख्न मिल्ने व्याग, क्यामराका खोल जुन ढाकाकै हुन् यी सामानसँगै मैन बत्ती पनि छन् राम्रा खप्ने खालका यी सामान सृजना गर्ने हातहरु भने परिवारको साथ नपाएका िहंसा पिडित महिलाहरुका हुन्
उदयपुरकी एकजना युवती जो पाँच वर्षअघि मोटरसाइकल दुर्घटनामा पर्छिन् बाबुले चलाएको मोटरसाइकलको पछाडी बसेकी उनी दुर्घटनाका कारण उनको कम्मरदेखि तलको भाग स्टीलले अडाएको राम्रोसँग हिँडडुल गर्न गाह्रो हुन्छ उनलाई कसैले आशा देखायो विहे गर्छु भन्ने दुई वर्षअघि आशा देखाउनेसँग परिवारको सल्लाह बिनै उनी भागिन्
युवकले ल्याएर भक्तपुरमा राख्यो युवतीको शरीरमा केही गहना थिए अलि कति पैसा पनि साथमा थियो युवकले एक दिन उनलाई कोही आफन्त अति नै विरामी परेको सुनायो गहना पैसा माग्यो युवतीको मन पग्लियो उपकार हुने ठानेर जिम्मा लगाइन आफुसँग भएको केही चल अचल सम्पत्ती
तर युवक उपकारका लागि गएको होइन रहेछ युवतीसँग भएको त्यही गहना केही पैसा बोकेर उम्कने दाउँ मात्रै उसले गरेछ माइतीले छिर्न दिदैनन् जोसँग साथ लागेर हिँडेकी थिइन उसले तुच्छ व्यवहार देखायो बेसाहारा जस्तै बनेकी उनलाई चितवन भरतपुरको आदर्श गृहले साथ दियो हो कुशन ब्याग पस्र खोल मैन उनी जस्तैले बनाएका हुन्
भरतपुरमा महिलाहरुले चलाएको आदर्श नारी विकास केन्द्र भन्ने सामाजिक संस्था सो संस्थाले १८ महिनाअघि संचालन गरेको आदर्श गृहमा उनी जस्ता १६ जना महिला उनीहरुका आठजना बालबालिकाहरुले आश्रय पाए सवै परिवारको साथ नपाएका महिलाहरु थिए श्रीमानको िहंसाले प्रताडित थियो उनीहरुको जीवन
नारी विकास केन्द्रले १८ महिना आदर्श गृह चलाउँदा ३५ लाख रुपैयाँ खर्च भयो यो खर्च नेदरल्याणका विद्यार्थीले पुराना किताप जन्म दिनका उपहार बेचेर तथा खाजा खर्च जोगाएर आदर्श गृहका लागि जुटाइ दिएका हुन् भारत नेपालका महिलाको अवस्था अध्ययन गरेर थेसिस लेख्न नेपाल आएकी विद्यार्थी उइका विनको मन पग्लदा जन्मेको हो आदर्श गृह
आदर्श नारी विकास केन्द्रकी मिना खरेलका अनुसार पारिवारिक िहंसाले पिडित नेपालका यस्ता महिललाई केही सहयोग गर्ने इच्छा उइकाले व्यक्त गरिन् उनको प्रस्तावमा राम्रैसँग छलफल भयो केही प्रभावकारी काम गर्ने निधो भयो उइका नेदरल्याण फर्किन् त्यहाँ ११ जना अरु साथीहरुलाई समेटेर 'दिदी फाउण्डेशन' खडा गरिन
फाउण्डेशनले आदर्श गृह धान्ने आड दियो अनि त्यहाँ बस्न आए १६ जना महिला उनीहरुका आठजना बालबालिका जस मध्ये केही धनीका छोरी बुहारी थिए कानुनी उपचार नपाएर रुदै हिडेका थिए आदर्श गृहले केहीको मुद्दा लड्यो केहीका श्रीमान अरु परिवार राखेर छलफल गरायो
आएका मध्ये सातजना महिला उनीहरु मध्येका दुई बालबालिका घरपरिवारमै फर्के बाँकी नौ महिला छजान बालबालिकालाई पठाउँन सक्ने अवस्था आएन अनि सिप सिकाउने क्रम सुरु भयो सिपमा उनीहरु पारङगत भए सिलाइ कटाइ हस्तकलाको सिपबाट बनाएका सामानहरु बेच्न उनीहरुले भरतपुरको वडा नं। १० मा अदर्श व्यवसायिक केन्द्र पनि खोलेका छन् सिप , बनाएका सामान बिक्री भए जीवन सजिलै चल्छ भन्ने उनीहरुलाई लागेको
समान बिक्रीको लागि बजार खोज्न आदर्श नारी विकास केन्द्र पनि लागेको नेदरल्याणको दिदी फाउण्डेसन पनि हस्तकलालाई उतै लैजाने सोचमा जसका लागि उसले 'दिदी' लोगो समेत जुराएको आदर्श गृहमा अव नयाँ महिलाहरु आउँदैछन् पहिलो चरणमा बसेर अन्तिम समयसम्म आश्रय लिएका मध्ये केही माइतीको संरक्षण पाउने भएपछि फर्कदै छन्
केही प्रशिक्षक भएर अलि टाढै जाने आँट गर्दैछन् जस्तै विहेपछि गहना बोकेर लोग्ने भागेको अपाङता भएकी युवती आफु जस्तै अरु धेरैलाई सिप सिकाउने अभियानमा लाग्ने प्रण गरेकी छन् केहीलाई आदर्श गृहले नै प्रशिक्षक बनाएर राख्ने बोल्न नसक्ने साहारा नभएर हार खाएका महिलाहरु गृहमा आएर आँटिला भए त्यसैले आदर्श गृह पनि विदेशीको सहयोग बिना चल्ने योजनामा
पहिलो चरणमा आश्रय लिएर बसेका महिलाले जे सिप सिके त्यसको आधारमा बनाएका समान बेचेर अब आश्रय गृह चलाउने कार्यक्रमका संयोजक मिना खरेलको भनाइ सरकारले बेसाहारा महिलाका लागि १५ ठाउँमा यस्ता सेवा केन्द्र खोल्ने घोषणा गरेको हो तर कार्यन्वयन भएन नारी विकास केन्द्रले आफ्नै पहलमा धेरै गरेर देखाइ सकेको मानव हितमा आफुले गरे मध्येको यो उच्चतम काम भएको खरेल सुनाउँछिन्


1 comment:

  1. pahile pahile ta nifiri up date hune bitti kai facebook ma up date huntyo padhna payeeyeko thiyo aaj voli tyo subidha hate 6 ? kin ho sir ?

    ReplyDelete