
चितवन निकुंज भित्र रहेको टाइगर टप्स होटल सदरमुकाम भरतपुरबाट झण्डै ३५ किलो मिटर टाढा छ । त्यस्तो अनकन्टार ठाउँमा उनले गोली चलाएको कुरा सयद बाहिर नआउन पनि सक्थ्यो यदी त्यो प्रहार कोइरलापुत्री, काँग्रेसकी नेतृ तथा वर्तमान काम चलाउ सरकारको उपप्रधानमन्त्री सुजता कोइरलाका ज्वाई रुवेल चौधरी प्रति लक्षित हुदैन थियो भने । ठुला मान्छेका आफन्तलाई प्रहार गर्दा पारस प्रहरीको खोरमा पुग्नु परो । अनि सुजता जस्तो नेपाली राजनीतिको अरुचिकर पात्रको नातेदार रहेका र विवादस्पद कि्रयाकलापमा मुछिएका रुवेल लक्षित गतिविधि भने पारसलाई मात्रै होइन मसानघाटमा पुगेको राजतन्त्रका लागि समेत संजिवनी जस्तो देखिन पो थाल्यो ।
राजखानदानमा जन्मेको आडमा सधै उदण्ड भएर हिड्ने व्यक्तिमाथि पहिलो पटक राज्यले कारवाही गर्न थाल्यो भनेर यो घटनालाई हेर्नेहरु कमै छन् । बर राजतन्त्र समर्थकहरुले यसलाई राजनैतिक रंग दिएर राजनीति गर्न उद्धत हुँदैछन् । पारसको समर्थनमा सडकमा जुलुस निस्केको छ । उनलाई राखिएको तालिम केन्द्र अगाडी मान्छेहरु जम्मा भएर राजा आउ देश बचाउ भने । हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ र हिन्दु अधिराज्य कामय गर जस्ता नारा पनि सुन्न पाइयो । यद्यपि त्यो नारा लगाउने भाडामा ल्याइएका कुण्डले र झ्यापुल्लेहरु थिए तर समर्थकको भिड जुटाएर माहौल आफ्नो पक्षमा पार्न पारश सफल देखिए ।

पारसलाई राष्ट्रवादी नायक बनाएर राजावादीहरु बौरीन थाल्दैछन् । गुण्डागर्दी गरेर समातिएपछि यस्तो पनि वाइवाइती पाउँदा पारस मख्ख छन् । हिजो राजाको जगजगीका बेलामा राजतन्त्र मुर्दावाद भनेर हिरासतमा बसेपछिद्ध निस्केका गगन थापा र गुरुराज घिमिरेको जसरी जय जयकार भएको छ पारसको । ओ हो यो त साह्रो विडम्बना पो भएको छ नेपालीका लागि । पारस तर्फ ढल्केको जतमतले गणतन्त्रलाई कति कम्जोर बनाउला या नबनाउला त्यो अलि परको कुरा हो । तर सरकारले यस घटनापछि चर्चामा आएका रुवेल चौधरीको विवादस्पद कि्रयाकलापलाई अनुसन्धानको दायरामा ल्याएन भने चितवन घटना राजतन्त्र चाहनेहरुका लागि मात्रै फलदायी हुने पक्का छ ।
No comments:
Post a Comment